BK Murli 1 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 1 August  2017 Nepali

    २०७४ श्रावण १७ मंगलबार १-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी हौ ईश्वरका एडप्टेड बच्चाहरू, तिमीले पावन बनेर पावन दुनियाँको वर्सा लिनु छ। यो अन्तिम समय हो त्यसैले पवित्र अवश्य बन्नु पर्छ।”  

    प्रश्न:

    यस समयका मनुष्यहरूलाई ऊँट-पंक्षीको टाइटल दिन सकिन्छ, किन?

    उत्तर:

    किनकि ऊँट-पंक्षीलाई उड भनेमा उसले भन्छ पखेटा छैन, म ऊँट हुँ। फेरि भन– ठीक छ सामान उठाऊ, तब भन्छ म पंक्षी हुँ। त्यस्तै आजका मनुष्यहरूको हालत छ। जब उनलाई सोधिन्छ– तपाईले आफूलाई देवताको बदलामा हिन्दु किन भन्नु हुन्छ, तब भन्छन्– देवता त पावन हुन्छन्, हामी पतित छौं। फेरि भन– ठिक छ, अब पतितबाट पावन बन्नुहोस्। भन्छन् फुर्सद छैन। मायाले पवित्रताको पखेटा नै काटिदिएको छ। त्यसैले जसले भन्छन्– हामीलाई फुर्सद छैन, उनीहरू हुन् ऊटपंक्षी। तिमी बच्चाहरू ऊँटपंक्षी बन्नु हुँदैन।

    गीत:–

    ओम् नमो शिवाए..........

    ओम् शान्ति।

    ओम् शान्ति। यो कसले भन्यो? आफूसँग प्रश्न सोध्नु पर्छ। ओम्‌को अर्थ मनुष्यहरूले अनेक प्रकार लगाएका छन्। बाबा भन्नासाथ एक सेकेन्डमा वर्साको अधिकारी बन्छन्। बच्चा पैदा भयो भने भन्छन् वारिस पैदा भयो। फेरि नाबालीगबाट बालिग हुन्छन्। यहाँ पनि त्यस्तै हो। बाबालाई जाने, चिने अनि वर्साको मालिक बने। यहाँ त तिमी ठूलो छौ। आत्मालाई बाबाको परिचय मिल्यो, सेकेन्डमा बाबाको वर्सा मिल्यो। बच्चा पैदा हुने बितिकै सम्झन्छन्– पिताको सम्पत्तिको वर्सा पाउँछु। यहाँ हुनुहुन्छ बेहदका बाबा। भन्नु हुन्छ– हे प्यारा बच्चाहरू! आत्माले जान्यो– बाबा आउनु भएको छ। तिमी बच्चाहरूलाई थाहा छ– हामी बाबासँग कल्प-कल्प राजधानी लिन्छौं, मानौं तिमी विश्वको मालिक बन्छौ। ओम् अर्थात् अहम्, म आत्मा यो मेरो शरीर। म आत्मा कसको बच्चा हुँ? परमात्माको। बाबा पनि भन्नु हुन्छ– म ओम् परमात्मा हुँ। मेरो आफ्नो शरीर छैन। कति सहज कुरा छ। उनले सम्झन्छन् ओम् अर्थात् भगवान्। त्यसैले सबै भगवान् भए। भगवान् त हुनुहुन्छ नै एक। उहाँ भन्नु हुन्छ– म तिम्रो बाबा हुँ। परम आत्मा अर्थात् परमात्मा जसलाई सारा दुनियाँले पुकार्छन्– हे पतित-पावन आउनुहोस्। यस्तो कसैले पनि भन्दैनन्– परमपिता परमात्माको आत्मा मद्वारा तिमीलाई राजयोग सिकाउनु हुन्छ। कसैलाई थाहा छैन, नचिनेका हुनाले कृष्ण भगवान्‌ नाम लेखिदिएका छन्। उनले राजयोग सिकाएका हुन् वा पतित-पावन उनलाई भन्न सकिँदैन। उनी त हुन् स्वर्गको पहिलो बच्चा। जो पहिला थिए, उनी अन्त्यमा पनि हुन्छन्, त्यसैले उनलाई श्याम-सुन्दर भन्दछन्। पहिलो नम्बरमा हुन् कृष्ण फेरि ८४ जन्मपछि उनको नाम ब्रह्मा राखिन्छ। बाबा आएर बच्चाहरूलाई एडप्ट गर्नु हुन्छ। तिमी हौ एडप्टेड बच्चाहरू, ईश्वरका बच्चाहरू। तिम्रो माता पनि छन्, पिता पनि छन्, प्रजापिता पनि छन्। फेरि बाबा भन्नु हुन्छ यिनको मुखबाट भन्दछु– तिमी मेरा बच्चाहरू हौ। तिमीहरूले भन्दछौ– बाबा हामी हजुरका हौं, हजुरसँग वर्सा लिन आएका हौं। बुद्धिले पनि भन्छ– बाबा अवश्य आउनु हुन्छ। कहिले आउनु हुन्छ– यो पनि विचारको कुरा हो। भन्दछन् पतित-पावन आनुहोस्, अवश्य जब पतित दुनियाँको अन्त्य हुन्छ तब त आउँछु नि। यसलाई भनिन्छ कल्पको आदि र अन्त्यको संगम। अन्त्यमा सबै पतित छन्, आदिमा हुन्छन् सबै पावन। अन्त्यमा पतित दुनियाँको विनाश हुन्छ, पावन दुनियाँको स्थापना हुन्छ। फेरि वृद्धि हुँदै जान्छ। गायन पनि छ– ब्रह्माद्वारा स्थापना। यी हुन् त्रिमूर्ति। 

    तिमीलाई थाहा छ– शिवबाबाका बच्चाहरू सबै भाइ-भाइ हुन्। फेरि जब रचना हुन्छ अनि भाइ-बहिनी बन्छन्। माता-पिता किन भन्दछौ? भविष्य वर्साको लागि। लौकिक वर्सा भएर पनि पारलौकिक वर्सा पाउने पुरुषार्थ गर्छौ। यो हो कलियुग मृत्युलोक। सत्ययुगलाई अमरलोक भनिन्छ। यहाँ त मनुष्य अकालमा मर्छन्। सत्ययुग हो दैवी दुनियाँ। आदि सनातन देवी-देवता धर्म रहन्छ। हिन्दु धर्म त कुनै छैन। जब जनगणना गरिन्छ, त्यतिबेला सोध्छन्– तपाईं कुन धर्मको हुनुहुन्छ? हामीले भन्दछौं– हामी ब्राह्मण धर्मका हौं, फेरि उनीहरूले हिन्दु धर्ममा लगाइदिन्छन् किनकि ती ब्राह्मण पनि हिन्दु धर्ममा आउँछन्। आर्य समाजी जो छन् उनलाई पनि हिन्दु धर्ममा लगाइदिएका छन्। वास्तवमा हिन्दु धर्म त कुनै छैन। यूरोपमा रहनेलाई यूरोप धर्म कहाँ भनिन्छ र। धर्म त क्रिश्चियन हो नि। क्राइस्टले क्रिश्चियन धर्म स्थापना गरे। ठिक छ, हिन्दु धर्म कसले स्थापना गर्यो ? बिचराहरू अलमलमा पर्छन्। भन्छन् गीताद्वारा स्थापना भयो। त्यसैले सम्झाइन्छ– गीताद्वारा त आदि सनातन देवी-देवता धर्मको स्थापना भयो। तपाई त देवता धर्मको हुनुहुन्छ। भन्छन्– देवता त धेरै पवित्र थिए, हामी त पतित छौं। हामीले आफूलाई देवी-देवता कसरी कहलाउने? तब सम्झाइन्छ ठिक छ पवित्र बन्नुहोस्। फेरि देवी-देवता धर्ममा आउनुहोस्, भन्छन् फुर्सद कहाँ छ र। तपाईंको यी नयाँ कुरा छन्। अवश्य हामी आदि सनातन देवी-देवता धर्मका हौं। हिन्दुहरूले देवी-देवताहरूलाई नै पुज्दछन्। जसरी क्रिश्चियनहरूले क्राइस्टलाई पुज्छन्। तर पतित हुनाले आफूलाई देवता कहलाउन सक्दैनन्। ठिक छ आएर पावन बन्नुहोस् भनेमा फुर्सद छैन भन्छन्। बाबा भन्नु हुन्छ– तिमी त ऊँटपंक्षी हौ। सोधिन्छ– तिमी देवता किन कहलाउँदैनौ, तब भन्छन् हामी पतित हौं। ठिक छ, पतितबाट पावन बन्नुहोस् तब भन्छन् फुर्सद छैन। ऊँटपंक्षीलाई भन– ऊड, तब भन्छ पखेटा छैन, ऊँट हुँ। भन, ठिक छ सामान उठाऊ, तब भन्छ– म त पंक्षी हुँ। त्यसैले बाबा भन्नु हुन्छ– मायाले तिम्रो पवित्रताका पँखेटा काटिदिन्छ। 

    अब श्रावणको महिनामा शिवको पूजा गर्छन्, व्रत राख्छन्। तिम्रो लागि श्रावण महिना हो ज्ञान वर्सातको। तिमी पवित्र बनेर पवित्र दुनियाँको मालिक बन्छौ। मनुष्य व्रत राख्छन् भोजन नखाने। बाबा भन्नु हुन्छ– विष नखाऊ। यसमा पनि सम्झाउनु पर्छ। शिवलाई धेरै पुज्छन्, अब शिवबाबा भन्नु हुन्छ– पवित्रताको व्रत राख। म आएको छुँ पवित्र देवी-देवता धर्म स्थापना गर्न। यहाँ त पावन कोही छैनन्। पवित्र देवी-देवता हुन्छन् नै सत्ययुगमा। उनीहरू विषबाट पैदा हुँदैनन्। नत्र उनलाई सम्पूर्ण निर्विकारी किन भन्दछन्? लक्ष्मी-नारायण, राधा-कृष्ण आदिलाई भन्छन् सम्पूर्ण निर्विकारी। यहाँ त सबै पतित छन्, जसमा कुनै गुण छैन। स्वयं भन्छन्– हामी पतित, नीच हौं। बाबा भन्नु हुन्छ– मेरो मतमा चलेर तिमी निर्विकारी बन, तब तिमी यी लक्ष्मी-नारायण जस्तो मालिक बन्छौ। तिम्रो पढाइ कति उच्च छ, मनुष्यबाट देवता बन्ने पुरुषार्थ गर। विश्वको मालिक बन्नु छ। सत्ययुगमा देवी-देवताको राज्य थियो नि। अब फेरि देवी-देवता धर्मको स्थापना भइरहेको छ। तिमी पवित्र बनेर स्वर्गको वर्सा लिन्छौ। स्व अर्थात् आत्मा। आत्मालाई राजाई मिल्छ। त्यसलाई स्वराज्य भनिन्छ। मनुष्य त देह-अभिमानी छन्। देह-अभिमानले भन्छन् हाम्रो राज्य। यहाँ तिमीले भन्दछौ– हामी आत्मा हौं, यस शरीरको मालिक हौं। हामी महाराजा बन्छौं। हामीलाई सत्ययुगमा पवित्र शरीर मिल्छ। अहिले त पतित छ। जस्तो आत्मा त्यस्तै शरीर। आत्मामा म परेको छ। आत्मा पहिले सच्चा सुन थियो। गोल्डन एज भनिन्थ्यो। फेरि त्रेता आयो अनि सिल्वरको मैला पर्योर, फेरि द्वापरमा तामा पर्योे। यस समय आत्मा झुटो भएकाले शरीर पनि झुटो छ। यसलाई भनिन्छ झुटखण्ड। अब बाबाको साथमा योग लगायौ भने मैला निस्केर जान्छ, यसलाई योग अग्नि भनिन्छ। गहनाबाट फोहर निकाल्नको लागि आगोमा राख्नु पर्छ। यो पनि योग अग्नि हो, जसमा मैला भस्म भएर हामी सच्चा सुन बनेर बाबाको साथमा जान्छौं। बाबा भन्नु हुन्छ– तिमी मेरो साथमा जान्छौ। सत्ययुगमा सच्चा सुन मिल्छ। अहिले कृष्णलाई कालो किन भनिन्छ? कृष्णको नाम रूप बदलिन्छ। अहिले बाबाले सम्झाउनु हुन्छ– तिमी गोरो थियौ, तिमीमा मैला परेको छ। अहिले बिलकुल आइरन एजेड बनेका छौ। म सुनार पनि हुँ, बच्चाहरूलाई भट्ठीमा राख्छु। दुनियाँलाई आगो लाग्नेछ। सबैको शरीर खतम हुन्छन्। आत्मा त अविनाशी हो। एक त योग अग्निबाट पवित्र बनिन्छ, बाँकी सबै सजाय खाएर हिसाब-किताब चुक्ता गरेर जान्छन्। यो ईश्वरको भट्ठी हो– सबैलाई पावन बनाउनको लागि। उहाँ हुनुहुन्छ ज्ञानका सागर, उहाँबाट तिमी ज्ञान गंगाहरू निस्केका हौ। फेरि मनुष्यहरूले त्यस पानीको गंगालाई सम्झे। त्यहाँ देवताको मूर्ति पनि राखिएको छ। वास्तवमा तिमी हौ भगवान्‌का बच्चाहरू, ज्ञान गंगाहरू, जो फेरि देवता बन्छौ। जब स्वर्गमा आउँछौ, तब तिमीलाई देवता भनिन्छ। त्यहाँ आत्मा र शरीर दुवै पवित्र हुन्छन्। अहिले त पतित छन्। पहिले गोल्डन एजेड थियो फेरि सिल्वर, कपर, आइरन एजेड बनेको हो फेरि गोल्डन एजमा बाबाले लिएर जाँदै हुनुहुन्छ। तिम्रो आत्मा र शरीर दुवै पवित्र हुन्छन्। बाबा भन्नु हुन्छ– म धोबी पनि हुँ। तिम्रो आत्मालाई सफा गर्न आउँछु। केवल बाबालाई नै याद गर्नु छ। योगमा रहनाले नै तिमी विश्वको मालिक बन्न सक्छौ। बाहुबल वाला विश्वको मालिक बन्न सक्दैनन्। हो, उनीहरूमा यति तागत छ, यदि क्रिश्चियन दुई भाइहरू आपसमा मिले भने विश्वको मालिक बन्न सक्छन्। तर नियम छैन। कहानी पनि छ दुई बिराला आपसमा लडे, मख्खन बाँदरले खायो। त्यसैले उनीहरू दुई लड्छन्, बीचमा मख्खन तिमीलाई मिल्छ। यसमा पनि नम्बरवन हुन् श्रीकृष्ण त्यसैले कृष्णको मुखमा गोला देखाइन्छ। त्यो मख्खन होइन, यो स्वर्गको राज्य भाग्य श्रीकृष्णलाई मिल्यो। बाबा सम्झाउनु हुन्छ– सबै विनाश हुन्छ फेरि तिमी मालिक बन्छौ। त्यस भन्दा पहिले बाबाको श्रीमतमा अवश्य चल्नु पर्छ। श्रीमतबाट श्रेष्ठ, आसुरी मतबाट भ्रष्ट बन्छौ। यो हो आसुरी पतित दुनियाँ। एउटा पनि पावन छैनन्। पावन दुनियाँमा एउटा पनि पतित हुँदैनन्। अहिले त सबै पतित छन्। गायन पनि गर्छन्– पतित-पावन सीताराम, हामी सीताहरू रावणको जेलमा परेका छौं। पुकार्छन्– हे राम आएर छुटाउनुहोस्, पावन दुनियाँमा लिएर जानुहोस्। गाउँछन् तर केही पनि जानेका छैनन्। जे आयो त्यो भनिरहन्छन्। रावणले बिलकुल सुताइदिएको छ। अब बाबा आएर जगाउनु हुन्छ। परमपिता परमात्मा, पतित-पावन जो सृष्टिका रचयिता हुनुहुन्छ, उहाँको जीवन कहानीलाई हामीले जान्दछौं। ब्रह्मा, विष्णु, शंकर र लक्ष्मी-नारायणको जीवन कहानीलाई पनि हामीलाई थाहा छ। लक्ष्मी-नारायणको ८४ जन्मलाई पनि हामीले जान्दछौं। त्यसैले नलेजफुल भयौ नि। तिमी कृष्णको मन्दिरमा गयौ भने सम्झन्छौ– यिनी सत्ययुगका पहिलो राजकुमार हुन्। अहिले अन्तिम ८४ जन्ममा ब्रह्मा बनेका छन्। यो पनि धेरै बुझ्नु पर्ने कुरा हो। 

    बाबाले बच्चाहरूलाई सम्झाउनु हुन्छ– प्यारा बच्चाहरू! खबरदार रहने गर, कसैलाई दु:ख नदेऊ। बाबा त दु:ख-हर्ता, सुख- कर्ता हुनुहुन्छ नि। तिमीले पनि ५ विकारको दान दिन्छौ। दान दियो भने ग्रहण छुट्छ। ग्रहण लाग्यो भने भिखारीहरूले भन्छन् दान देऊ। अब बाबा भन्नु हुन्छ– मेरा प्यारा बच्चाहरू! विकारको दान दियौ भने सर्वगुण सम्पन्न बनेर देवता बन्छौ। दु:खको ग्रहण छुट्छ। तिमी सुखधामको मालिक बन्छौ, त्यसैले ५ विकारको दान लिइन्छ। यो त राम्रो हो नि। अहिले तिमीमाथि विकारको ग्रहण लाग्नाले एकदम कालो बनेका छौ। मैले तिमीहरूबाट विकार मात्र माग्छु, अरू केही पनि माग्दिनँ। बाबा सम्झाउनु हुन्छ– अब तिमी बच्चाहरू आत्म-अभिमानी बन्नु पर्छ। म आत्मा हुँ, परमात्मालाई याद गर्नु छ। वर्सा उहाँबाट लिनु छ, त्यसैले देही-अभिमानी बन। देवताहरू आत्म-अभिमानी बन्छन्। अब म बाबालाई याद गर्नाले नै तिम्रो पाप भस्म हुन्छन्। म रक्षा गर्नेछु, तिमीले मलाई याद नै गर्दैनौ भने के रक्षा गरूँ। बाबा कति सम्झाउनु हुन्छ यी कुरा कुनै शास्त्रमा छैनन्। ती हुन् भक्तिमार्गका सामग्री। बाबा त तिमीलाई सद्गेतिमा लैजानको लागि पढाउनु हुन्छ। म यस शरीरद्वारा तिमीलाई सम्झाउँछु। यो मेरो शरीर होइन। यो त यिनको पुरानो जुत्ता हो, सापट लिएको हुँ। म यिनमा प्रवेश गर्छु, फेरि पावन बनाउँछु। कति राम्ररी सम्झाउनु हुन्छ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) बाबाको श्रीमतमा चलेर सम्पूर्ण निर्विकारी बन। पढाइबाट विश्वको राजाई लिनु छ। आत्मामा जुन मैला चढेको छ, त्यसलाई योग अग्निद्वारा निकाल।

    २) आत्म-अभिमानी बनेर बाबालाई याद गर। जति यादमा रहन्छौ त्यति बाबाले रक्षा गर्नु हुन्छ।

    वरदान:

    सर्व प्राप्तिलाई सामुन्ने राखेर श्रेष्ठ शानमा रहने मास्टर सर्वशक्तिमान् भव   

    हामी सर्वश्रेष्ठ आत्मा हौं, सर्वोच्च भगवान्‌का बच्चाहरू हौं– यो शान सर्वश्रेष्ठ शान हो। जो यस श्रेष्ठ शानको सीटमा रहन्छ, ऊ कहिल्यै पनि दु:खी हुन सक्दैन। देवताहरूको शान भन्दा पनि उच्च यो ब्राह्मणको शान हो। सर्व प्राप्तिहरूको लिस्ट सामुन्ने राख्यौ भने आफ्नो श्रेष्ठ शान सदा स्मृतिमा रहन्छ र यही गीत गाउँछौ– जे पाउनु थियो, त्यो पाएँ... सर्व प्राप्तिको स्मृतिद्वारा मास्टर सर्वशक्तिमान्‌को स्थिति सहज बन्छ।

    स्लोगन:

    योगी र पवित्र जीवन नै सर्व प्राप्तिको आधार हो।   



    ***OM SHANTI***