BK Murli 10 July 2017 Nepali

BK Murli 10 July 2017 Nepali

२०७४ आषाढ २६ सोमबार १०-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

मीठे बच्चे– तिमीले कर्म सन्यास होइन विकर्मको सन्यास गर्नुपर्छ, कुनै पनि विकर्म अर्थात् पाप कर्म गर्नु हुँदैन।”  

प्रश्न:

तिमी बच्चाहरूले कुन अभ्यासद्वारा गहन शान्तिको अनुभव गर्न सक्छौ? सबै दु:खबाट छुट्ने सहज विधि के हो?

उत्तर:

अशरीरी बन्ने अभ्यास गर। एक बाबा सिवाय अरू कुनै पनि याद नआओस्। शरीरसँग मानौं मरिसकेका छौ। यसै अभ्यासद्वारा आत्माले गहन शान्तिको अनुभूति गर्न सक्छ। ड्रामालाई राम्रोसँग बुद्धिमा राख। हरेक पार्टधारीलाई साक्षी भएर हेर्यौग भने दु:खबाट छुट्छौ। कहिल्यै कुनै कुरामा आघात हुँदैन।

गीत:–

ओम् नमो शिवाए....

ओम् शान्ति।

यो जुन गीतमा अक्षर छन् शिवाए नम:, यो भक्तिको वचन हुन्। हे शिवबाबा हजुरलाई हामी नमस्कार गर्छौं। तर भक्तहरूले जानेकै छैनन्– शिवबाबा को हुनुहुन्छ? शिवको कुनै भक्तले पनि शिवलाई चिनेका छैनन्। शिवबाबा बिल्कुल साधारण अक्षर हो। शिवाए नम: भन्नु पनि भक्तिको अंश हो। अब तिमीले के भन्नुपर्छ? तिमीले अरूलाई कहिल्यै यस्तो भन्दैनौ– शिवाए नम: भन्नुहोस्। वास्तवमा भन्ने पनि आवश्यकता रहँदैन। बच्चाहरूलाई घरी-घरी भनिदैन– पितालाई याद गर। त्यो त सानो बच्चाहरूलाई सिकाइन्छ वा अल्फ, बे पढाइन्छ। वास्तवमा यसमा भन्नु पनि केही पर्दैन। मनमनाभव पनि भन्नु पर्दैन, यो पनि संस्कृत अक्षर हो। तिमीलाई त कहिल्यै संस्कृतमा सम्झाइएको छैन। बच्चाहरूलाई थाहा छ– हामीले त बाबालाई नै याद गर्नु छ। आत्मा स्वयंले जान्दछ– बाबाले परिचय दिनु भएको छ। प्यारा बच्चाहरू! अब मलाई याद गर्यौर भने तिम्रो विकर्म विनाश हुन्छ। त्यसैले याद गर्नु बच्चाहरूको कर्तव्य भयो। जब यहाँ आएर बस्छौ, बाबाको यादमा अशरीरी भएर बस्नु छ। ज्ञान पनि बुद्धिमा बस्छ। हामी आत्माहरूले बाबालाई याद गर्छौं। यो शरीर त अंगहरू हुन्, यसको के मूल्य छ र। बाजा जति नै फस्टक्लास होस्, यदि मनुष्यले ठीक बजाउँदैन भने बाजा के कामको? यसैगरी मुख्य आत्मा हो। आत्मालाई थाहा छ– मलाई यी अंगहरू मिलेका छन्, कर्म गर्नको लागि। हामी कर्मयोगी हौं, कर्म संन्यासी हुन सक्दैनौं। यो त काइदाको विरूद्ध हुन्छ। विकर्मको सन्यास गरिन्छ– हामीबाट कुनै विकर्म नहोस्, पाप नहोस्। सबैभन्दा ठूलो विकार हो कामको। संन्यासहरूले विकारलाई धेरै पाप अथवा दुस्मन मान्छन्। त्यसैले ड्रामा अनुसार उनीहरूको धर्म नै हो जंगलमा जानु। घरबारको सन्यास गर्नु, यो पनि ड्रामामा निश्चित छ। उनीहरूलाई यो गर्नु नै पर्छ। त्यो धर्म नै अलग हो। उनलाई कुनै आदि सनातन धर्म भनिँदैन। आदि सनातन हो नै देवी-देवता धर्म। बाँकी त अनगिन्ती धर्महरू छन्। संन्यासीहरूको पनि एक धर्म छ, जुन मनुष्यले नै स्थापना गर्छन्। भगवान्‌ले स्थापना गर्नुहुन्न। बाबाले सम्झाउनु भएको छ– कुनै पनि धर्म एकपछि अर्कोले स्थापना गर्छन्। तिमीले यस्तो भन्दैनौ– परमपिता परमात्माले कुनै क्रिश्चियन धर्म स्थापना गर्नुभयो वा संन्यासीहरूको निवृत्ति मार्गको धर्म स्थापना गर्नुभयो। गायन गरिएको छ– परमपिता परमात्माले ब्राह्मण, देवता, क्षत्रिय धर्म स्थापना गर्नुहुन्छ। अरू कुनै पनि धर्म भगवान्‌ले स्थापना गर्नुहुन्न। ड्रामा अनुसार हरेकले आ-आफ्नो धर्म स्थापना गर्छन्। यस्तो पनि होइन– परमात्माले कसैलाई भन्नुहुन्छ फलानो जाऊ, गएर धर्म स्थापना गर। यो बनिबनाउ ड्रामा हो। हर एकले आफ्नो समयमा आएर आफ्नो धर्म स्थापना गर्नु छ किनकि पवित्र आत्मा हुन्। पवित्र आत्मा विना कुनैले कहिल्यै धर्म स्थापना गर्न सक्दैन, नियम छैन। आत्मा आएर धर्म स्थापना गर्छ र पवित्र रहन्छ। अरू सबै धर्म मनुष्यले स्थापना गर्छन्। यो एक देवी-देवता धर्म बाबाले स्थापना गर्नुहुन्छ किनकि उहाँलाई भनिन्छ– हे पतित-पावन आएर नयाँ दुनियाँ बनाउनुहोस्। बुद्धिले भन्छ– दुनियाँ पहिले पावन थियो, अहिले पतित छ, त्यसैले पुकार्छन्। पावन दुनियाँमा त कसैले पुकार्दैनन्। मनुष्यलाई त थाहा नै छैन– पावन दुनियाँ कहिले हुन्छ? पुकारि रहन्छन्, अन्त्यसम्म पुकारि रहनेछन्। याद गरिरहन्छन्। उनीहरूले यी कुरालाई बुझ्दैनन्, जति तिमीले बुझेका छौ। तिम्रो यो पढाइ हो। यो पाठशाला हो परमपिता परमात्माको। यो पनि प्रश्न बनाएर बोर्डमा लेख– गीताको भगवान्‌ को हुनुहुन्छ? एकातिर लेख बाबाको महिमा। उहाँ मनुष्य सृष्टिको बीजरूप सत् हुनुहुन्छ, चैतन्य हुनुहुन्छ, ज्ञानको सागर हुनुहुन्छ। तिमीले कृष्णलाई पवित्रताको सागर भन्न सक्दैनौ किनकि उनी जन्म मरणमा आउँछन्। श्रीकृष्णको पनि महिमा लेख– सर्वगुण सम्पन्न...। यी कुरालाई मनुष्यले त एकदम भुलेका छन्, रावणले भुलाइदिएको छ। गीताको भगवान्‌ नै सृष्टिको रचयिता हुनुहुन्छ, उहाँलाई बिर्सिएका छन्। पहिलो नम्बरको एकज भूल यो हो। गीताको भगवान्‌ सिद्ध भएपछि सर्वव्यापीको कुरा पनि निस्किएर जान्छ। भगवान्‌ले कहिल्यै यस्तो भन्न सक्नुहुन्न– म सर्वव्यापी हुँ। बाबा भन्नुहुन्छ– म पतित-पावन हुँ, फेरि म सर्वव्यापी कसरी हुन सक्छु? एक एकलाई कति मेहनत गर्नुपर्छ। बच्चाहरूलाई बुझाइएको छ– यहाँ बस्दा एक बाबा सिवाय अरू कुनैलाई याद नगर। तर जसको प्राक्टिस छैन, सारा दिन सर्भिसमा रहन्छन्, उनले निरन्तर शिवबाबालाई याद गरोस्, यो धेरै मुश्किल छ। याद नगर्नाले डेड साइलेन्स हुन सक्दैन। तिमी अशरीरी बन्छौ, मतलब शरीरबाट मर्छौ। मर्छ शरीर, आत्मा कहाँ मर्छ र। आत्माले भन्छ– म शरीर छोड्छु। म मर्छु, यो अक्षर भन्नु गलत हो। आत्माले शरीर छोड्यो– यो राइट अक्षर हो। यो बुझ्ने कुरा हो, आत्माले एक शरीर छोडेर अर्को लिएर पार्ट खेल्छ। पार्टधारी त सबै हुन् नि। आत्माले पार्ट खेलिरहन्छ। अहिले तिमी बच्चाहरूलाई यो ज्ञान मिल्छ। ड्रामा प्लान अनुसार उसले अर्को शरीर लिएर फेरि पार्ट खेल्नु छ। यसमा हामी दु:खी किन हुने? यस ड्रामामा हामी कलाकार हौं। यो कुरा बिर्सिन्छ। ड्रामालाई बुझेपछि दु:ख कहिल्यै हुन सक्दैन। तिमीले ड्रामाको आदि मध्य अन्त्यलाई जानेर भन्छौ– फलानो आत्माले शरीर छोड्यो, गएर अर्को शरीर लियो। हरेकले आफ्नो पार्ट खेलिरहेका छन्। हुन त तिमीलाई ज्ञान मिलेको छ तापनि जबसम्म परिपक्क अवस्था हुँदैन तबसम्म केही आघात हुन्छ। रावण राज्यमा जडसमान भएका छौ नि। त्यसैले झट्ट आघात हुन्छ। सत्ययुगमा कहिल्यै आघात हुँदैन। वहाँ त बसी-बसी शरीर छोडिदिन्छन्। अब गएर नयाँ शरीर लिनु छ। सर्पको उदाहरण...। यहाँ त धेरै रुन्छन्। कहाँ-कहाँबाट आएर शोक मनाउँछन्। सत्ययुगमा यो कुरा हुँदैन। तिमीले संगमयुगमा नै राम राज्य, रावण राज्यको रसम-रिवाजलाई जान्दछौ। राम राज्यमा तिमीले रावण राज्यलाई जान्दैनौं। रावण राज्यमा तिमीले राम राज्यलाई जान्दैनौ। संगममा तिमीले दुवैलाई जान्दछौ। बाबा आएर सारा ड्रामाको आदि मध्य अन्त्यको रहस्य बुझाउनु हुन्छ। महसुस हुनुपर्छ– वास्तवमा यो कुरा ठीक हो। जबसम्म तिमी ब्राह्मण थिएनौ, तबसम्म केही जानेका थिएनौ। ज्ञान विना मनुष्य त मानौं जंगली हुन्। सरकारले पनि भन्छ– मनुष्यलाई पढाइ अवश्य चाहिन्छ। गाउँलेहरूले पढ्दैनन्। आफ्नो खेतीबारीमा नै लागिरहन्छन्। त्यसैले विदेशीले भन्छन्– यी त जंगली हुन्। हामीलाई त अहिले बाबा बसेर पढाउनुहुन्छ। हामी गार्डेनका फूल बन्छौं। उनीहरू हुन् जंगलका काँडा। तिमीलाई थाहा छ त्यसैले बुझ्न सक्छौ। दुनियाँमा सबैभन्दा उच्च गुरुलाई मानिन्छ किनकि सम्झन्छन्– उनले सद्‌गति गर्छन्। तर बाबाले सम्झाउनु भएको छ– यिनले त भक्तिमा फँसाउँछन्। भक्तिको धुनमा झुमिरहन्छन्। तिमीलाई झुम्ने आवश्यकता छैन। यहाँ त बाबाबाट वर्सा लिनु छ। बच्चा ठूलो भएपछि सम्झन्छ– पितासँग मलाई वर्सा मिल्नु छ। सानो बच्चाको अंगहरू पनि साना हुन्छन्। तिमीले त बुझ्न सक्छौ– मैले आफ्नो जीवन कसरी उच्च बनाउनु छ। वास्तवमा दुनियाँ हीरा जस्तो थियो। गीतामा यदि परमपिता परमात्माको नाम भए सबैले बुझ्ने थिए। परमपिता परमात्मा नै सर्वका सद्‌गति दाता हुनुहुन्छ। उहाँको शिव जयन्ती पनि भारत खण्डमा नै मनाइन्छ। वास्तवमा भारत त सबैभन्दा ठूलो तीर्थ हो। सबैको सद्‌गति गर्नेवाला जो बाबा हुनुहुन्छ, उहाँको जन्म यहाँ भारतमा हुन्छ। अहिले तिमीलाई थाहा भएको छ– बाबा कसरी भारत देशमा आउनुहुन्छ। अब कुनचाहिँ तीर्थ स्थान उच्च मानिन्छ? अवश्य भारतलाई नै मान्नुपर्छ। शिवको मन्दिर त जहाँतहाँ छन्। सबै धर्मका मानिसहरू जहाँ शिवको मन्दिर देख्छन्, गएर शिवमाथि हार चढाउँछन्। शिवबाबा नै हुनुहुन्छ, जसले हामी सबैको सद्‌गति गर्नु भएको हो– यदि यो बुझे भने भड्किनबाट छुट्छन्। भारतलाई नै अविनाशी सत्यखण्ड भनिन्छ। भारतखण्ड कहिल्यै विनाश हुँदैन। यो पनि तिमीलाई थाहा छ। यहाँ जब देवी-देवता धर्म थिए, त्यतिबेला अरू धर्म वा खण्ड थिएनन्। 

तिमी बच्चाहरूलाई थाहा छ– बाबा अहिले यहाँ परिवार सहित बस्नु भएको छ। यो ईश्वरीय परिवार हो र त्यो हो आसुरी परिवार। तिमीहरूमा पनि कुनै-कुनै छन्, जसले राम्रोसँग बुझेका छन्, शुद्ध अहंकारमा रहन्छन्। देह-अभिमान हो अशुद्ध अंहकार। देवताहरूको अनुहारमा कति हर्षितपना रहन्छ। तिम्रो शुद्ध अहंकार गुप्त छ। आत्मालाई धेरै खुशी हुन्छ। ओहो! कल्पपछि फेरि बाबा मिलेको छ। हामीलाई राज्य भाग्यको वर्सा दिन लायक बनाइरहनु भएको छ। धेरै खुशी रहनुपर्छ। तिम्रो विरुद्धमा धेरै छन्। तिम्रो पहिलो कुरा छ– ईश्वर सर्वव्यापी हुनुहुन्न र दोस्रो कुरा छ– गीताको भगवान्‌ कृष्ण होइनन्। यी हुन् मुख्य २ भूल। बाबा भन्नुहुन्छ– पहिला सुरुमा सोध परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? र, यो पनि सोध– गीताको भगवान्‌ को हुनुहुन्छ? निर्णय गर्नुहोस्– यस पहेलीलाई। यसलाई हल गरियो भने सेकेन्डमा जीवनमुक्ति पाउन सक्छौं। जनकले जस्तै सेकेन्डमा जीवनमुक्ति पाउन सकिन्छ। यो त प्रसिद्ध छ। उनले भने को छ, जसले मलाई सेकेन्डमा ब्रह्म ज्ञान दिन सक्छ? यो ब्रह्मा ज्ञान हो नि, जुन ब्राह्मण ब्राह्मणीहरूले दिन्छन्। उनलाई ज्ञान दिनेवाला ज्ञानको सागर शिव हुनुहुन्छ। यी कुरालाई त उनीहरूले बुझ्दैनन्। ब्रह्म ज्ञान भनिदिन्छन्। ब्रह्मा भोजनलाई ब्रह्म भोजन भनिदिन्छन्। ब्रह्म तत्त्व हो। ब्रह्मा त हुन् बाबा। उनको पिता हुनुहुन्छ शिव। यो कुरा मनुष्यले बिल्कुल जानेका छैनन्। पहिला तिमीले यो कुरा कहाँ बुझेका थियौ र। पहिला त तिमी बच्चाहरू साना थियौ, अहिले बालिग भएका छौ। बाबा भन्नुहुन्छ– आज तिमीलाई गहन कुरा सम्झाउँछु। कुरा बिल्कुल सहज छ– मनमनाभव। जस्तै बीज र वृक्षको विस्तार कति लामो छ। सम्झाइरहनु हुन्छ। अहिले हामी त्रिकालदर्शी बनेका छौं। रचयिता र रचनाको आदि मध्य अन्तलाई जानेका छौं। यस समय तिमीहरू बाहेक अरू कसैले सृष्टिको आदि मध्य अन्त्यलाई जान्दैनन्। हामीले पनि जानेका थिएनौं। अहिले तिमीले बुझेका छौ– जबदेखि भक्ति सुरु भयो, हाम्रो उतरती कला हुँदै आयो। चढ्ती कला भएपछि सबैको भलो हुन्छ। उतरती कलामा कसैको भलो हुन्छ र? यो सबै बुझ्ने कुरा हुन्। यो पनि ड्रामामा निश्चित छ। यो धेरै राम्रो टपिक हो– गीताको भगवान्‌ को हुनुहुन्छ? यस पहेलीलाई हल गरेमा तिमीले बाबाको वर्सा पाएर विश्वको मालिक बन्न सक्छौ। मनुष्य विश्वको मालिक निराकारलाई सम्झन्छन् तर विश्व त सृष्टिलाई भनिन्छ। बाबा विश्वको मालिक बन्नुहुन्न। 

बाबा भन्नुहुन्छ– म निष्काम सेवाधारी हुँ। तिमी मोस्ट बिलवेड चिल्ड्रेन हौ। म तिम्रो आज्ञाकारी सेवक हुँ। तिमीहरूले पुकार्छौ– हे पतित-पावन आएर पावन बनाउनुहोस्। हाजिर सरकार, आएको छु। पिता बच्चाहरूको सेवक नै हुन्छन्। फेरि कुनै कपूत पनि निस्किन्छन्। बाबालाई त निराकारी, निरंहकारी गायन गरिएको छ। उच्च भन्दा उच्च भगवान्‌, अनि फेरि यो रथ। कति बच्चाहरूले भन्छन्– हामी शिवबाबाको रथको लागि कपडा पठाइदिन्छौं। रथको त हामी खातिरी गर्न सक्छौं नि। शिवबाबाले त खानुहुन्न। कसको खातिरी गर्ने! यिनको ड्रेस त उही चल्दै आइरहेको छ। कुनै अंहकार छैन, कुनै चेन्ज छैन। यिनलाई देखेर सम्झन्छन्– यी त जौहरी थिए। यी कसरी प्रजापिता हुन सक्छन्? अरे यसमा अलमिलने के कुरा छ, आएर बुझ्नुहोस्। हामी ब्रह्मा मुखद्वारा वंशावली बनेका छौं। हाम्रो हक लाग्छ विश्वको मालिक बन्ने। अच्छा! 


धारणाको लागि मुख्य सारः

१) अशुद्धतालाई छोडेर शुद्ध अहंकारमा रहनु पर्छ। यो अनुहार देवताहरूको जस्तो सदा हर्षित राख्नको लागि अपार खुशीमा रहने गर।

२) बापदादा समान निरंहकारी बन। सेवाधारी बनेर सबूत देऊ, कहिल्यै कपूत बन्नु हुँदैन।

वरदान:

एकको यादमा मनलाई एकाग्र गरेर मन्मनाभव रहने एवररेडी सम्पूर्ण भव   

सदैव स्मृतिमा राख– हर समय एवररेडी रहनु छ। कुनै पनि समय कुनै पनि परिस्थिति आओस्, तर मलाई एवररेडी रहनु छ। भोलि नै विनाश भए पनि म तयार छु। एवररेडी अर्थात् सम्पूर्ण। सम्पूर्ण बन्नको लागि एक बाबा दोस्रो न कोही– यो तयारी चाहिन्छ। मन सदा एक बाबातर्फ मन्मनाभव छ भने एवररेडी बन्छौ। एवररेडी भएर सेवा गर्यौभ भने सेवामा पनि सहयोग मिल्छ, सफलता पनि मिल्छ।

स्लोगन:

बाबाको हजार गुणा मदतको पात्र बन्नु छ भने हिम्मतको कदम अगाडि बढाऊ।   



***OM SHANTI***

Google+ Followers