BK Murli 11 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 July 2017 Nepali

    २०७४ आषाढ २७ मंगलबार ११-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी रूहानी सेना हौ, तिमी बाहेक रावणबाट सारा विश्वको रक्षा कसैले पनि गर्न सक्दैन, यसै शुद्ध नशामा रहनुपर्छ।”  

    प्रश्न:

    बापदादाले कुन बच्चाहरूको बलिहारीको गायन गर्नुहुन्छ?

    उत्तर:

    बाबा भन्नुहुन्छ– बलिहारी ती बाँधेली बच्चीहरू (अबलाहरू) को छ, जसले कुटाइ खाएर पनि शिवबाबालाई याद गर्छन्। कुटाइ खानाले अझै नष्टोमोहा बन्दै जान्छन्, जसबाट उनको पद अझै उच्च हुन जान्छ। बाबा यस्ता बच्चाहरूलाई सान्त्वना (धैर्य) दिनुहुन्छ– प्यारा बच्चाहरू! तिमीले आफूलाई आत्मा सम्झ, यो देह तिम्रो होइन। तिमी बाबाको बनिसकेका छौ त्यसैले अवस्था पक्का हुँदै जान्छ। सच्चा दिलमा साहेब राजी हुनुहुन्छ।

    गीत:-

    तुम्हें पाके ...

    ओम् शान्ति।

    प्यारा बच्चाहरू सामुन्ने बसेका छन्। थाहा छ– हामी सेना हौं। कसका सेना हौ? ईश्वरका। के गरिरहेका छौ? हामीले रावण माथि विजय पाइरहेका छौं। अर्थात् यस सारा सृष्टिलाई रावण राज्यबाट छुटाएर आफ्नो राज्यको स्थापना गरिरहेका छौं। हेर कसरी साधारण रूपमा बसेका छौं। कुनै हात पाउ चलाउँदैनौं तर हौं एकदम शक्तिशाली सेना। तिमी सहयोगी हौ ईश्वरको। ईश्वर पनि गुप्त हुनुहुन्छ, तिमी पनि गुप्त छौ। उहाँलाई शाहनशाह पनि भनिन्छ। तिम्रो युद्ध यति बेजोडको र गुप्त छ, जसबाट तिमीले विकारमाथि जित पाएर सारा विश्वमाथि विजय पाउँछौ। तिमीलाई महसुस हुन्छ– जसरी ती सेना छन्, त्यस्तै हामी पनि रूहानी सेना हौं। बुझेका छौ– देशको सारा आधार सेनामाथि हुन्छ। हामी सेना नभएको भए अरूले जित पाउँथे। त्यस सेनामा त कहिले-कहिले राजा आदिलाई पनि भगाएर मिलेट्रीको राज्य गर्छन्। मिलेट्रीले सम्झन्छन्– हामी विना कसैले पनि देशको रक्षा गर्न सक्दैनन्। तिमीलाई पनि शुद्ध अहंकार छ। हामी ईश्वरीय सेना बाहेक रावणबाट कसैले पनि रक्षा गर्न सक्दैन। अब ती मिलेट्रीलाई पनि हेर अनि यसलाई पनि हेर। तिमी जस्तो छौ त्यस्तै छौ। तिम्रो पासमा कुनै पनि ड्रेस वा हात-हतियार छैन। उनीहरूले त कति ड्रेस लगाउँछन्। जसरी गुडिया बनाउँछन्। होलीमा पनि गुडिया बनाउँछन्। रामको पनि सेना देखाउँछन्। उनको मुख बाँदरको देखाइएको हुन्छ। उनीहरू त केवल गुडियाको खेल गर्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– हामी रावणरूपी ५ विकारको जेलबाट छुट्कारा पाइरहेका छौं। एक त रावणको जेल र अर्को फेरि रावणको मतमा चल्नेहरूको जेल। भक्तिको पनि जंजीर, गुरुहरूको जंजीर फेरि पतिको पनि जंजीर। रावणको मतमा तिमी कति दुःखी हुन्छौ। कति पुकार्छौ। रावणले हामीलाई धेरै सताउँछ। 

    तिमीलाई थाहा छ– जति-जति हामी योगमा रहन्छौं, त्यति हाम्रो आत्मा दु:खबाट छुट्छ। अबलाहरू माथि अत्याचार त धेरै हुन्छ। धेरै कुटाइ खान्छन्। अबलाहरूले पुकार्छन्– अब हामीले के गरौं? बाबा फेरि धैर्य दिनुहुन्छ। यो त सम्झाइएको छ– तिमीले आफूलाई आत्मा सम्झ। यो देह तिम्रो होइन। तिमी मरिसकेका छौ। बाबाको बनिसकेका छौ, अरू कुनै उपाय छैन। तिमी त शिवबाबाका हौ। जो सच्चा बच्चा हुन्छन्, उनको अवस्था पक्का रहन्छ। अलिकति पनि विकारतर्फ ख्याल जानु हुँदैन। यस्ता बच्चामा यदि कसैले जबरदस्ती गर्छन् भने त्यसको पाप चढ्दैन। पुकार्छन् बाबा हामी त हजुरका हौं। शरीर त मुर्दा जस्तै हो। यस्ता निश्चय बुद्धिवाला जो छन्, उनीहरूले पनि धेरै उच्च पद पाउँछन्। यदि सच्चा दिल छ भने। यस्तो सच्चा दिलमा अवश्य साहेब राजी हुनुहुन्छ। यहाँ पनि बच्चीहरूले त्यति याद गर्दैनन्, जति जसले कुटाइ खान्छन्, उनीहरूले याद गर्छन्। बाबाको पासमा पुकार आउँछ, बन्धन छ। बाबा बन्धनबाट छुटाउनुहोस्। जो बन्धनमुक्त छन्, उनीहरूले पनि त्यति याद गर्दैनन् जति बाँधेलीहरूले याद गर्छन्। शिवबाबाको यादबाट नै बेडा पार हुन्छ। कसैले भन्छन्– बाबा हामीलाई मुरली पनि पढ्न दिदैनन्। अरे! तिमी बाबालाई याद गर्दै गर। मुरलीमा पनि सधैं यही सम्झाइन्छ। मूल कुरा हो यादको चार्ट राख। मैले बाबालाई कति समय याद गर्छु। यो मेहनत धेरैबाट हुँदैन। घरी-घरी याद बिर्सिन्छ, बाँधेली बच्चीहरूले पिटाइ खाँदा-खाँदा अझै धेरै याद गर्छन्। बलिहारी ती अबलाहरूको छ, जो कुटाइ खाएर पनि याद गर्छन्। बाबा भन्नुहुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्दै गर। जति धेरै पिट्छन्, त्यति तिमी नष्टोमोहा हुँदै जान्छौ। कुटाइले पनि राम्रो पद दिलाउँछ। बाबालाई यस्ता-यस्ता बच्चीहरू याद आउँछन्। हो कोही धेरै राम्रा महारथी पनि छन्, जसले धेरैको सेवा गर्छन्, योगी बनाउँछन्। योगको धेरै महिमा छ। तिमीले त सबैमाथि दया गर्नुपर्छ। 

    तिमी बच्चाहरूले गीतालाई रेफर गर्छौ, उनीहरूको बुद्धिमा केवल यो छ– कृष्ण भगवान्‌ले राजयोग सिकाउनु भयो। तिमीले भन्छौ– परमपिता परमात्माले राजयोग सिकाउनु भयो। यो सिद्ध गर्नको लागि नै तिमीले सोध्छौ– परमपिता परमात्मासँग तपाईको के सम्बन्ध छ? पिता भन्नुहुन्छ नि। पिताको नै आज्ञा छ– मसँग योग लगायौ भने तिम्रो विकर्म विनाश हुन्छन्। कुनै मनुष्यसँग योग लगाउनु छैन। यदि सिकाउनेवाला नै मनुष्य छ भने तिम्रो कल्याण हुँदैन। गीतामा पनि नाम देहधारीको राखिएको छ। हामी भन्छौं– हामीलाई निराकार परमपिता परमात्माले योग सिकाउनुहुन्छ। तिमी कसैको पनि निन्दा गर्दैनौ। तिमीले त बाबाको महिमा गर्छौ। तर सम्झाउनेहरू बडो तीक्ष्ण र समझदार हुनुपर्छ किनकि त्यहाँ ठूला-ठूला विद्वान्, पण्डित पनि धेरै आउँछन्। संन्यासीहरूको पनि सेना छ नि। सबैका हेडहरू आउँछन्। तिमी बच्चाहरू यस्तो चतुर हुनुपर्छ, कुरा धेरै कम गर तर एकदम तीर लागोस्। धेरै बोल्ने आवश्यकता नै छैन किनकि उनीहरू क्रोधी पनि धेरै हुन्छन्। उनको पनि धेरै सेना हुन्छ। कहींबाट निमन्त्रण आयो भने तिमी जान सक्छौ। तिमी बच्चाहरू पनि बुझ्न सक्छौ– हामीहरू मध्ये पनि कस-कसले राम्ररी ललकार गर्न सक्छन्? एक अल्फको नै अर्थ सम्झाउनु पर्छ। दुई चीज छन्, पुग्यो। बाबा अल्फले भन्नुहुन्छ– मलाई याद गर्यौक भने तिमी विश्वको मालिक बन्छौ। यो त अल्फ भगवान्‌ले नै भन्न सक्नु हुन्छ, जो रचयिता हुनुहुन्छ। हेवनली गड फादर हुनुहुन्छ। उहाँले भन्नुहुन्छ– मलाई याद गर्यौव भने तिम्रो विकर्म विनाश हुन्छ। श्रीकृष्णलाई याद गर्नाले विकर्म विनाश हुँदैन। कृष्ण अहिले कहाँ छन्? उनले त एक शरीर छोडेर अर्को लिए। निराकार त अविनाशी हुनुहुन्छ। सारा ज्ञान यस कुरामा दिनुहुन्छ। कति ठूलो भूल गरिएको छ। भगवानुवाच– म तिमीलाई विश्वको वर्सा दिन्छु। कृष्णले कसरी सबैलाई वर्सा दिन्छन्। कृष्ण त यहाँका हुन्। पतित त सारा दुनियाँ छ। सबैका पतित-पावन त एकै निराकार हुनुहुन्छ। तिम्रो बुद्धिमा यी सबै कुरा छन्। भक्तिको पार्टको पनि ज्ञान छ। पहिले-पहिले हुन्छ शिवको पूजा। सोमनाथको मन्दिर बनेको छ। यति ठूलो सोमनाथको मन्दिर कसले बनायो? अरू कसैको तागत छैन। अवश्य त्यतिबेला यति धनवान थिए, जसले यस्तो मन्दिर बनाए। तिमी बच्चाहरूमा अहिले समझ छ। अवश्य हामी कति धनवान थियौं। यति ठूलो सोमनाथको मन्दिर बनाइएको छ, अवश्य महाराजा होलान्। देवी-देवताहरू स्वयं नै पूज्य थिए, उनीहरू नै पुजारी बने। फेरि उनैले पूजाको लागि मन्दिर बनाए। यस्तो होइन कुनै एक सोमनाथको मन्दिर बनाउँछन्। एकले सुरु गरे फेरि धेरैले बनाए। फेरि धेरै मन्दिरहरूलाई लुटेको हुनुपर्छ। एक मन्दिरबाट नै यति सामान निस्क्यो, जुन उँट भरेर लिएर गए। जब चढाइ गर्छन् भने कोसिस गर्छन् क्यापिटललाई पनि हातमा लिऔं। फेरि उनको विजय भयो। अब तिम्रो बुद्धिमा छ अवश्य यो दिल्ली परिस्थान थियो। धर्मराजले स्थापना गर्नु भएको थियो। दिल्ली फेरि परिस्थान बन्ने छ। त्यसको लागि हामीले राजयोग सिकिरहेका छौं। अहिले तिमीले सुन्दा बुद्धिमा नशा चढ्छ। सम्झन्छौ– हाम्रो राज्य स्थापना भइरहेको छ। हाम्रो नाम प्रसिद्ध छ। भनिन्छ अहिंसक गुप्त सेना। यसरी अर्थ कसैले पनि बुझ्दैनन्। तिमीले न त कुनै स्थूल हतियार उठाउँछौ, न काम कटारी चलाउँछौ। तिमी नै अहिंसक शक्ति सेना हौ, जसले योगबलबाट राज्य पाउँछौ। विश्वको मालिक बन्नको लागि श्रीमतमा हामीले एक बाबालाई याद गर्छौं। थाहा छ– अब यो नाटक पूरा हुँदैछ। फेरि नयाँ सुरु हुन्छ। यो अविनाशी नाटक हो। यो कहिल्यै विनाश हुँदैन। बाँकी यति अवश्य हो– जब नयाँ दुनियाँ हुन्छ, पुरानो दुनियाँ खतम हुन्छ। चक्र त घुमिरहन्छ। यो अनादि ड्रामा हो। जसरी भगवान्‌को लागि भन्छन्– हाजिर-नाजिर हुनुहुन्छ, त्यस्तै यो ड्रामा चक्कर लागिरहन्छ। यस ड्रामामा सबै कलाकारहरू छँदै छन्। तिमीलाई थाहा छ– मूलवतन र सूक्ष्मवतन छँदै छ। सत्ययुग, त्रेता चक्र लगाएर फेरि रिपीट हुन्छ। यो अविनाशी ड्रामा हो। हामी कलाकारहरू पनि ड्रामामा छँदै छौं। सुरु देखि अन्त्य सम्म सबैको पार्ट छँदै छ। त्यो छोटो ड्रामा हुन्छ, जुन पुरानो हुन्छ। यो कहिल्यै पुरानो हुँदैन। यो अविनाशी ड्रामा कहिल्यै पुरानो हुन्छ र? हुँदैन। बाँकी हामी पार्टमा आउँछौं। नयाँबाट पुरानो भएर फेरि पुरानोबाट नयाँ हुन्छ। तिमीलाई थाहा छ– अवश्य हामी राजा-रानी थियौं। अहिले रंक बनेका छौं। रंकबाट फेरि राजा बन्छौं। रंक अर्थात् फकीर। बाबा आएर सबैलाई बाटो बताउनुहुन्छ। तिमीलाई धेरै नशा हुनुपर्छ। यो नयाँ ज्ञान तिमीलाई मिल्छ र मिल्छ पनि एकै पटक। यो बुझेका छौ– हामी डाइरेक्शन अनुसार यस सृष्टिमा आफ्नो बादशाही स्थापना गरिरहेका छौं। बाबा भन्नुहुन्छ– मलाई याद गर अनि बादशाहीलाई याद गर। बाँकी यो अत्याचार त हुन्छ नै। अत्याचार पनि कर्मभोग हो। पुरुषले स्त्रीलाई पिट्छ, यसै कसैले पिट्न सक्छ र? तिमीले पनि उसलाई पिटेको हुनुपर्छ। त्यही हिसाब-किताब चुक्ता भइरहेको छ। यो सबै कर्मको हिसाब-किताब हो। अब तिमी श्रीमत अनुसार श्रेष्ठ कर्म गरिरहेका छौ। अब कुनै भ्रष्ट कर्म नगर। सबैभन्दा श्रेष्ठ कर्म हो सबैलाई बाबाको परिचय दिनु। बाबाको आज्ञा मिलेको छ मामेकम् याद गर। सबैले बाबालाई नै भुलेका छन्। शिवको पूजा गर्छन्। तर केही पनि बुझेका छैनन्। अमरनाथमा पनि ठूलो लिङ्ग बनाएर राखेका छन्। यति ठूलो बाबाको रूप छ र? केही पनि थाहा छैन। अब तिमी बच्चाहरूले यी सबै कुरालाई यथार्थ रूपमा बुझेका छौ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) श्रीमतमा सदा श्रेष्ठ कर्म गर्नुपर्छ। कुनै पनि भ्रष्ट कर्म नहोस्, यसको ध्यान राख्नुपर्छ। धेरैलाई योगी बनाउने सेवा गर।

    २) सच्चा दिल राख, शरीर त मानौं मुर्दा हो– यसको अभिमान छोड्नु पर्छ। पूरा-पूरा नष्टोमोहा बन।

    वरदान:

    याद र सेवाद्वारा आफ्नो भाग्यको रेखा श्रेष्ठ भन्दा श्रेष्ठ बनाउने भाग्यवान भव   

    ब्राह्मणको जन्म-पत्रीमा तीनै काल एकदम राम्रो छ। जे भयो त्यो पनि राम्रो र जे भइरहेको छ, त्यो अझ राम्रो अनि जो हुनेछ त्यो झन् राम्रो। सबैको निधारमा श्रेष्ठ भाग्यको रेखा खिचिएको छ, केवल याद र सेवामा व्यस्त बन। यी दुवै यस्तो स्वाभाविक होस्, जसरी शरीरमा श्वास स्वाभाविक हुन्छ। भाग्य विधाता बाबाले याद र सेवाको यो विधि यस्तो दिनु भएको छ, जसले जति चाहन्छ त्यति आफ्नो श्रेष्ठ भाग्य बनाउन सक्छ।

    स्लोगन:

    सन्तुष्टताको सीटमा बसेर परिस्थितिको खेल नै सन्तुष्टमणि बन्नु हो।  



    ***OM SHANTI***