BK Murli 13 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 13 July 2017 Nepali

    २०७४ आषाढ २९ बिहीबार १३-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– अब दु:खको बन्धनहरूबाट छुटेर सुखको सम्बन्धमा जानु छ, त्यसैले पुरानो कर्मबन्धनको हिसाब-किताब सबै चुक्ता गर।”  

    प्रश्न:

    यस युद्धस्थलमा बेहदको बक्सिंग कुनचाहिँ हो? बक्सिंगमा विजयको आधार के हो?

    उत्तर:

    माया रावणसँग तिमी बच्चाहरूको बेहदको बक्सिंग छ, यसलाई नै मल्लयुद्ध भनिन्छ। यस बक्सिंगमा विजयी बन्नको लागि बुद्धिमा रहोस्– हामी कल्प-कल्प विजयी बनेका छौं। माया रावणमाथि जित प्राप्त गर्नको लागि ५ भूतहरूलाई दान देऊ। दानमा दिएर फेरि कहिल्यै फिर्ता लिनु हुँदैन। यदि दान दिएर फिर्ता लियौ, काम क्रोधको वश भयौ भने सबै भूतले फेरि सताउन थाल्छन्।

    गीत:–

    एक तू जो मिला सारा दुनियाँ मिली....

    ओम् शान्ति।

    यो रिकर्ड हो, जो बन्धनबाट मुक्त भएर सम्बन्धमा आएका छन्। यस समय छ मायाको बन्धन, यसलाई नै आसुरी बन्धन भनिन्छ। अहिले तिम्रो छ ईश्वरीय सम्बन्ध। बन्धनमा हुन्छ दु:ख, सम्बन्धमा हुन्छ सुख। त्यसैले भन्दछन्– दु:खको बन्धन काटेर हामीलाई सुखको सम्बन्धमा ल्याउनुहोस्। भक्ति मार्गमा भक्तहरूको पुकार हुन्छ। भगत अर्थात् भगवान्‌लाई याद गर्नेवाला। तर दुनियाँमा एउटा पनि भक्त छैन, जसलाई भगवान्‌को बारेमा थाहा होस्। त्यसैले आधाकल्प देखि भक्तिमार्ग चल्दै आउँछ। साधुहरूले पनि साधना गर्छन्। भगवान्‌ सँग मिल्नको लागि बंदगी गर्छन्। भगवान्‌ त एक हुनुहुन्छ, उहाँबाट वर्सा मिल्छ। हदको बाबाको वर्सा त छ, फेरि पनि बेहदका बाबालाई याद गर्छन् किनकि हदको वर्सामा दु:ख छ। बेहदको वर्सामा सुख छ। यो पनि तिमीलाई थाहा छ। तिम्रो बन्धन काट्नको लागि बाबा सम्मुख बस्नु भएको छ। गायन पनि गरिन्छ– दु:ख हर्ता सुख कर्ता। दु:ख हर्ता शान्ति कर्ता भनिँदैन। सबै शान्तिमा गए भने फेरि त सृष्टि नै रहँदैन, त्यसैले दु:ख हर्ता सुख कर्ता भनिन्छ। सबैलाई सुख दिनुहुन्छ। मुक्ति पाउँछन्, जीवनमुक्ति पाउनको लागि। केवल मुक्ति भन्यो भने फेरि मोक्ष हुनुपर्छ। मुक्तिको साथ जीवनमुक्ति अवश्य हुन्छ। जीवनमुक्ति हो सुखको सम्बन्ध, त्यतिबेला आत्माहरू सतोप्रधान हुन्छन्। यहाँ तिमी आएका छौ दु:खको बन्धनबाट छुट्नको लागि। अर्कातिर सुखको सम्बन्धमा जुट्दै गइरहेका छौ। कर्मबन्धनको हिसाब-किताब चुक्ता गर्नु पर्छ। नयाँ दुनियाँमा दु:ख छँदै छैन। पहिला सुरुमा हुन्छ सुखको सम्बन्ध, पछि फेरि दु:खको बन्धन सुरु हुन्छ। सुख दु:ख सबै खेलको लागि हुन्छ। तिमीले धेरै सुख र धेरै दु:ख पनि देख्छौ। उनले थोरै दु:ख अनि थोरै सुख देख्छन्। दुनियाँ जो स्वर्ग सम्पन्न थियो, अहिले नर्क विपन्न छ। सबैभन्दा नयाँ थियो। अहिले सबैभन्दा पुरानो छ, धेरै दु:ख देखेका छौ। अहिले पनि धेरै दु:ख छ। यस दु:खबाट छुट्नको लागि नै बाबालाई पुकार्छन्, उहाँलाई पिया भनिन्छ। उनीहरूले हदको पियालाई पुकार्छन्। अहिले तिमीले बुझेका छौ– उनलाई दु:ख छ, त्यसैले त पुकार्छन्। अहिले श्रीमतमा तिमीले पुरुषार्थ गरिरहेका छौ, सुखधाममा जानको लागि। बाबा भन्नुहुन्छ– हर ५ हजार वर्षपछि आउँछु। तिम्रो बुद्धिमा अहिले ज्ञान भरिएको छ– आदिदेखि अन्त्यसम्म, त्यसैले त्रिकालदर्शी भयौ नि। तिमीले तीन लोकलाई जान्दछौ। मूलवतनमा हामी आत्माहरू शान्तिमा रहन्छौं। हामी वास्तवमा त्यस निर्वाणधामका निवासी हौं फेरि प्रवृत्ति धर्ममा आएर यी अंगहरूद्वारा पार्ट खेल्छौं। तिमीले सुख र दु:खको पार्ट खेल्छौ– आदि देखि अन्त्यसम्म। तिमी अलराउन्डर हौ। तिमीले नै ८४ जन्म लिन्छौ। तिमीलाई अहिले प्रकाश मिलेको छ। ८४ लाख जन्म त हुन सक्दैन। मनुष्यले ८४ जन्म लिन्छन्। बाँकी भेराइटी योनीहरू त धेरै छन्। गन्ती गर्नेवाला त कोही छैन। यसै गफ लगाइदिन्छन्। 

    अब तिमीलाई थाहा छ– कसले ८४ जन्म कसरी लिन्छन्। सिक्खहरू वा आर्य समाजी, बौद्धी आदिले ८४ जन्म लिँदैनन्। तिमीले बाबालाई चिनेका छौ त्यसैले भन्छौ– गीताको भगवान्‌ को हुनुहुन्छ? ज्ञान सागर, पतित-पावन हेविनली गड फादर या सर्वगुण सम्पन्न... स्वर्गका पहिलो राजकुमार, श्रीकृष्ण। यो पहेली त धेरै सहज छ त्यसैले बाबाले यस्तो-यस्तो पहेली छपाइरहनु भएको छ, जसबाट मनुष्यहरूको बुद्धिमा बसोस्। अब जज गर्नुहोस्– गीताको भगवान्‌ को हुनुहुन्छ? हेविनली गड फादर हुनुहुन्छ स्वर्ग स्थापना गर्नेवाला। पतितहरूलाई पावन बनाउन कति समय लाग्छ। मुख्य कुरा हो पवित्र रहने। एकसँग नै बुद्धि लगाउनु छ। घरबार छोड्नु छैन। ती हदका संन्यासीले त छोड्छन्। तिम्रो छ बेहदको सन्यास। उनीहरू फेरि पनि पुरानो दुनियाँमा रहन्छन्। तिमीले सारा दुनियाँलाई भुल्नु पर्ने हुन्छ। हामी हदबाट बेहदमा जानु छ। त्यो हो शान्तिधाम। वहाँ शान्ति नै शान्ति हुन्छ। बाँकी हद र बेहदको सुख यहाँ हुन्छ। तिमी हद र बेहद भन्दा पार जानु छ। शान्तिधाम हामी आत्माहरूको घर हो। वहाँ कुनै पार्ट आत्माले खेल्दैन। अंगहरू हुँदैनन् फेरि ड्रामा अनुसार तिम्रो सत्ययुगको पार्ट इमर्ज हुन्छ। जो तिमीले पार्ट खेल्यौ, कल्प-कल्प उही पार्ट खेल्छौ। यो कुरा तिमी सिवाए कसैले बताउन सक्दैन। सुखको सम्बन्ध र दु:खको बन्धन तिमीलाई नै थाहा छ। तिमी रहनु छ पनि आसुरी सम्बन्धमा किनकि तिमी अहिले ईश्वरीय सम्बन्धमा रहन सक्दैनौ, यतिका सबै कहाँ रहने? फेरि त संन्यासी जस्तै हुने भयो। कुटुम्बलाई कहाँ लिएर आउँछौ। बच्चाहरू वृद्धि भइरहन्छन्। पहिला सुरुमा सानो घर थियो। ३ पाइला पृथ्वी थियो। तिमीहरू सानो कोठामा आउँथ्यौ। जसरी बाबा भन्नुहुन्छ– घरमा गीता पाठशाला खोल, त्यस्तै नै थियो। सोध्छन्– सुरु कसरी भयो? बाबा बताउनुहुन्छ– सुरु यसरी भएको थियो। पहिले ३ पाइला पृथ्वी लिइयो फेरि पछि ठूलो भवन लिइयो। बच्चाहरू पनि धेरै आए, भठ्ठी बन्यो। मोटर, बस आदि पनि राखियो। बाबा बच्चाहरूलाई भन्नुहुन्छ– ३ पाइला पृथ्वी लिएर पाठशाला खोल फेरि त तिमी सारा विश्वको मालिक बन्छौ। गाउँछन्– ईश्वर विश्वको मालिक हुनुहुन्छ। तर तिमीलाई थाहा छ– विश्व सृष्टिलाई भनिन्छ। बाबा त मालिक बन्नुहुन्न। बाबा त आउनुहुन्छ सेवा गर्न, जब सारा युनिवर्स दु:खी हुन्छ। यो गडको युनिभर्सिटी सारा युनिवर्सको लागि हो। कलेज पनि हो। सबैलाई सद्‌गति मिल्छ। दुर्गतिमा पनि जान्छन् नि। सूक्ष्मवतन, मूलवतनमा त दुर्गतिमा जाँदैनन्। युनिभर्सिटीद्वारा सारा युनिवर्सको कल्याण हुन्छ। यो कुरा कुनै शास्त्रमा छैन। सबैको गति सद्‌गतिको लागि मलाई आउनु पर्छ, नत्र पावन कसरी बन्छन्? रावण पनि कति समर्थ छ। तिमी म तिर आउँछौ, रावणले फेरि खिचेर लिन्छ। माया धेरै दुष्ट छ। मायाले तिमीलाई दु:खमा लैजान्छ। यो खेल हो, बक्सिंगमा दुवै नै समर्थ हुन्छन्। आधाकल्प हार, आधाकल्प जित हुन्छ। यो बक्सिंग बेहदको हो, यसलाई युद्धस्थल भनिन्छ। यसमा माया रावणलाई जित्नु पर्ने हुन्छ। कल्प पहिले पनि तिमीले जितेका थियौ। तिमीले देखिरहेका छौ– को को निक्लिरहेका छन्। 

    कुनैले भन्छन् बाबा क्रोध आउँछ। अरे यो त भूत हो। दानमा दिएर फेरि फिर्ता लियौ भने धेरै सताउँछ। तिमीले ५ विकार दानमा दियौ, यिनको सन्यास गर्नु छ। बाँकी घरबार छोडेर भाग्नु कायरता हो। बाबा सम्झाउनु हुन्छ– ६३ जन्म तिमीले गोता खाएका छौ। अहिले एक जन्म पवित्र बन, यसमा आमदानी धेरै छ। धेरै प्राप्ति छ। दुस्मन सामुन्ने खडा छ। मल्लयुद्ध हुन्छ नि। कंस र कृष्णको मल्लयुद्ध शास्त्रहरूमा देखाइएको छ। यो त माया रावणको कुरा हो। कृष्णको आत्मा अन्तिम जन्ममा छ। मायासँग युद्ध गरेर फेरि कृष्ण बन्छ। अब समझदार बन्नु छ। भारतवर्ष कति सिरताज थियो। सूर्यवंशीको दरबार हेर, कति हीरा जुहारतका महल थिए। यहाँ पनि दरबार छन्, आपसमा राजकुमार मिल्छन्। नम्बरवार बस्छन्। बुद्धिबाट काम लेऊ– वहाँ आपसमा कसरी मिल्छन् होला! उनीहरूको दरबार कस्तो हुन्छ! राती बत्ती देखिँदैन, प्रकाशै प्रकाश हुन्छ। विज्ञान काममा आउँछ, लोप हुँदैन। तिमी विश्वलाई स्वर्ग बनाउनको लागि निमित्त बन्छौ। स्वर्गको द्वार खोल्छौ। त्यहाँ शंकराचार्य, यहाँ शिवाचार्य। बाबा भन्नुहुन्छ– म ज्ञानको उच्चारण गर्छु। गीतमा सुन्यौ– हजुर मिल्यो, सारा दुनियाँ मिल्यो। उहाँ भन्दा उच्च कोही छैन। सबै मनोकामना पूरा हुन्छन् स्वर्गमा। सबै सुख मिल्छ। पहिले टेलीफोन, बिजुली, मोटर आदि कहाँ थिए, अहिले बनेका हुन्। वहाँ त विज्ञानले धेरै काम दिन्छ। अहिले पनि बेलायतमा ७ दिनमा भवन तयार गरेर दिन्छन्। यहाँका मनुष्यहरूको बुद्धि तमोप्रधान छ। यहाँको तुलनामा उनीहरूको रजोप्रधान भनिन्छ। 

    तिमी बच्चाहरूले यो सबै जानेका छौ, दुनियाँ बदलिन्छ, त्यसैले यो महाभारत लडाई हुन्छ। तिम्रो बुद्धि खुलेको छ। कसरी युद्धको मैदानमा खडा छौ, मायाले सामना गर्छ। बाबा भन्नुहुन्छ– पूरा योग लगाऊ। तिमी पनि निवार्णधामका निवासी हौ। जस्तो बाबा त्यस्तै तिमी। बाबाले तिमीलाई विश्वको राज्य दिनुहुन्छ। त्यसको बदला दिव्य दृष्टिको चाबी आफूसँग राख्नुहुन्छ। भन्नुहुन्छ– यो मेरो कामको चीज हो। भक्ति मार्गमा तिमीलाई खुशी गर्छु। बाँकी कसैलाई दिन्नँ। तिमीलाई विश्वको बादशाही दिन्छु, यो कुनै कम कुरा हो र। दिव्य दृष्टिको चाबी पनि कुनै कम कहाँ हो र। खेल कस्तो छ, जसले राम्रोसँग बुझ्छन्, भित्र खुशीमा रहन्छन्। जन्माष्टमीमा पनि बुझायौ। कृष्णको जयन्ती होइन, यो परमपिता परमात्माको नै जयन्ती गायन गरिन्छ। पहिले कृष्ण जयन्ती मनाउँछन्। शिव जयन्ती कहाँ गयो? पहिले शिवजयन्ती हुन्छ अनि फेरि कृष्णको जन्म हुन्छ। शिव जयन्ती पछि हुन्छ कृष्णको जयन्ती। शिवबाबाले नै विश्वलाई स्वर्ग बनाउनुहुन्छ। भन्नुहुन्छ– कल्पको संगममा आएर राजयोग सिकाउँछु। महाभारतको लडाई होस्, तब नर्कको विनाश स्वर्गको स्थापना हुन्छ। शिवबाबाले शिवालय स्थापना गर्नुहुन्छ। रावणले वेश्यालय बनाउँछ। जसबाट श्रीकृष्णले पद पाए, उसको बारेमा कसैलाई थाहै छैन। वास्तवमा शिव जयन्ती नै मुख्य हो। बाँकी त मनुष्यले जन्म लिइरहन्छन्। जो पूज्य देवताहरू थिए, उनै फेरि पुजारी बन्छन्। तिम्रो बुद्धिमा सारा रहस्य छ, त्यो पनि नम्बरवार पुरुषार्थ अनुसार। बाबाले तिमीलाई सम्झाउनु हुन्छ, तिमीले फेरि अरूलाई सम्झाउँछौ। प्रिन्सिपल आदिलाई पनि सम्झाउनुपर्छ। यो जुन विद्यालमा इतिहास-भूगोल पढाइन्छ, यो त अधुरो ज्ञान हो। मूलवतन, सूक्ष्मवतन, स्थूलवतन– यी सबैको रहस्य सम्झाउनुपर्छ, यसलाई जानेका छैनन्। बाँकी अंग्रेज, मुसलमान आदिको इतिहास-भूगोल लिएर बसेका छन्। बेहदको इतिहास-भूगोल बाबाले नै सम्झाउनु हुन्छ। हामी मनुष्यबाट देवता बनिरहेका छौं। स्वर्गको राजकुमार राजकुमारी कसरी बनिन्छ, आउनुहोस् हामी तपाईलाई बताउँछौं। स्वर्गको राजकुमार राजकुमारी बन्नु छ। उनलाई यो वर्सा कसरी मिल्यो? यो सूर्यवंशी राजाई कसरी स्थापना भयो? यो ज्ञान छैन भने केको फिलोसफर हुनुभयो? सम्झाउने युक्ति चाहिन्छ। यिनीहरूले के न्याय गर्छन्। धर्मराज बाबा त बिल्कुल एक्युरेट हुनुहुन्छ, उहाँ भन्दा माथि त कोही छँदै छैन। यहाँ त एउटाको माथि अर्को हुन्छ। सच्चा-सच्चा धर्मराज त केवल एक हुनुहुन्छ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) बुद्धिलाई हद र बेहद भन्दा पार आफ्नो शान्तिधाममा लिएर जाऊ। दु:खको बन्धनहरूबाट छुट्नको लागि ईश्वरीय सम्बन्धमा रहनु छ।

    २) सारा विश्वको सेवाको लागि ३ पाइला पृथ्वीमा रूहानी युनिभर्सिटी खोल। बेहदको भूगोल-इतिहास पढ र पढाऊ।

    वरदान:

    अटेन्शनको विधिद्वारा मायाको छायाबाट स्वयंलाई सेफ राख्ने हलचलमा अचल भव   

    वर्तमान समय प्रकृतिको तमोगुणी शक्ति र मायाको सूक्ष्म रोयल समझदारीको शक्तिले आफ्नो कार्य तीव्रगति सँग गरिरहेको छ। बच्चाहरूले प्रकृतिको विकराल रूपलाई चिन्छन् तर मायाको अति सूक्ष्म स्वरूपलाई चिन्नमा धोका खान्छन् किनकि मायाले गलतलाई पनि सही अनुभव गराउँछ, महसुसताको शक्तिलाई समाप्त गरिदिन्छ, झुटलाई सच सिद्ध गर्नमा होसियार बनाइदिन्छ। त्यसैले “अटेन्शन” शब्दलाई अन्डरलाइन गरेर मायाको छायाँबाट स्वयंलाई सेफ राख र हलचलमा पनि अचल बन।

    स्लोगन:

    हर संकल्पमा उमंग-उत्साह भयो भने संकल्पको सिद्धि अवश्य हुन्छ।  



    ***OM SHANTI***