BK Murli 14 July 2017 Nepali

BK Murli 14 July 2017 Nepali

२०७४ आषाढ ३० शुक्रबार १४-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– वारिस बन्नु छ भने सदा सावधानी राख, कुनै पनि काम श्रीमत विरुद्ध नहोस्‌”  

प्रश्न:

बाबाको पासमा कुनचाहिँ दुई प्रकारका वारिस बच्चाहरू छन्?

उत्तर:

एक त समर्पित बच्चा छन्‌, जसले माता-पिताको डाइरेक्ट पालना लिइरहेका छन्, तर उनीहरूको कर्मको गति गहन छ। दोस्रो– जो घर-गृहस्थमा रहेर पवित्र र निमित्त छन्, उनीहरूलाई सम्पूर्ण ट्रस्टी बन्न मेहनत अवश्य लाग्छ तर यदि पूरा निमित्त बने, सबैबाट ममत्व निस्कियो भने पूरा वर्साको अधिकारी बन्न सक्छन्।

गीतः–

हमारे तीर्थ न्यारे है...

ओम् शान्ति।

मीठा-प्यारा बच्चाहरूले गीत सुन्यौ, जसको अर्थ पनि नम्बरवार पुरुषार्थ अनुसार बच्चाहरूले जान्यौ। बुझेका छौ फेरि पनि बाबाले विस्तारमा सम्झाउनुहुन्छ। दुनियाँमा अरू कसैले जान्दैनन्। परमपिता परमात्मा जो पतित-पावन हुनुहुन्छ, उहाँको महिमा धेरै छ। तर उहाँको महिमालाई कसैले यथार्थ रीतिले जान्दैनन्। उनीहरूले त उल्टै सर्वव्यापी भनिदिन्छन्। फेरि गायन पनि गर्छन् पतित-पावन.... उहाँ त अवश्य एक हुनुहुन्छ नि, जसले सबैलाई आएर पावन बनाउनुहुन्छ, त्यसैले उहाँलाई सर्वव्यापी भन्न सकिँदैन। उहाँलाई त भन्छन्, पतित-पावन आउनुहोस्। यो कसैको बुद्धिमा आउँदैन। दुनियाँ पावन थियो, अहिले पतित छ। तिमी पावन दुनियाँका मालिक थियौ, अहिले पतित दुनियाँमा छौ। जान्दछौ– हामीलाई बाबाले फेरि पावन दुनियाँको मालिक बनाउनुहुन्छ। जसले मालिक बनाउनुहुन्छ, उहाँ नै आउनु भएको छ। यो हो तिम्रो चैतन्य यात्रा, जसको यादगारमा भक्तिमार्गमा त्यो यात्रा चल्दै आउँछ। तिमी बच्चाहरूलाई थाहा छ– अहिले उनै पूज्य देवी-देवताहरू, जो पुजारी बनेका छन्, उनै फेरि ब्राह्मण बनेका छन् फेरि देवता बन्छन्। बाबा नै बसेर कर्म-अकर्म-विकर्मको गहन गति सम्झाउनुहुन्छ। भविष्य नयाँ दुनियाँमा तिम्रो कर्म अकर्म हुन्छ। यथा राजा-रानी तथा प्रजा... बाँकी सबै शान्तिधाममा हुन्छन्। यो त धेरै सहज कुरा छ– दुनियाँ सुखधाम थियो। सम्पूर्ण निर्विकारी थिए, देवी-देवता नाम प्रख्यात छ। अर्को कुनै नाम लिँदैनन्। लक्ष्मी-नारायण सूर्यवंशी फेरि राम- सीता चन्द्रवंशी थिए। फेरि उनीहरूको वंश भनिन्छ। यति अरू कसैको वंश चल्दैन। क्रिश्चियनको पनि केही समय चल्छ, पहिला बादशाही हुँदैन। आधा समयपछि जब प्रजा वृद्धि हुन्छन्‌ अनि राजाई चल्छ। एडवर्ड, जर्ज आदि फेरिइरहन्छन्। थोरै-थोरै समयमा बदलिँदै जान्छन्। यो एउटै वंश हो जुन १२५० वर्ष चल्छ, यसमा फेर-बदल हुँदैन। सूर्यवंशी, चन्द्रवंशीहरूको नै नाम चल्छ। थाहा हुन्छ– भिन्न नाम, रूप, देश कालका हुन्छन्। लम्बा-चौडा वंश चल्छ। बदली हुँदैन। यतिबेला तिमी बच्चाहरूलाई बाबा बसेर राम्रो कर्म गर्न सिकाउनुहुन्छ। तिमी बच्चाहरूले कहिल्यै कसैलाई दु:ख दिनु हुँदैन। यहाँ तिमी सबै पढ्नको लागि बसेका छौ। आ-आफ्नो घरमा पनि धेरै रहन्छन्। घरमा रहेर पनि हकदार बन्न सक्छौ। यहाँ माता-पिताले पालना गर्नुहुन्छ, उनीहरूको पनि कर्मको गति अलग छ। बाँकी जो बाहिर रहन्छन्, सबैथोक बाबाको मानेर निमित्त बनेर रहन्छन्। उनीहरू पनि मानौं हकदार भए। हो, मुश्किल अवश्य हुन्छ। जब सबैसँग ममत्व टुट्छ र पूरा निश्चय हुन्छ, हामीले सबैथोक उहाँमा अर्पण गर्छौ, जीवन छँदै हामी उहाँको सम्पत्तिको ट्रस्टी हौं। यस्तो कोही जीवन छँदै बन्दैनन्। जब मर्ने समय हुन्छ तब ट्रस्टी बनाएर जान्छन्। यहाँ समर्पण गर्छन्। 

बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! निमित्त भएर रहने गर। यो त भक्तिमार्गमा पनि भन्दै आएका छौ– भगवान्‌ले सबैथोक दिनु भएको हो। अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यहाँ तिमी सम्मुख बसेका छौ। अब देह सहित जे जति पनि तिम्रो छ, त्यसबाट ममत्व निकाल्नु छ। जसको लागि भन्दै आएका छौ, सबैथोक ईश्वरले दिनु भएको हो। जब उहाँ आउनुहुन्छ, उहाँमाथि बलिहार जान्छु, उहाँलाई सबैथोक सुम्पिन्छु। यहाँ त उहाँलाई धन-सम्पत्ति आदि बनाउनु छैन। उहाँ कुनै लिनेवाला हुनुहुन्न, दिनेवाला हुनुहुन्छ। भन्नुहुन्छ– निमित्त बनेर सोध्दै रहनु छ, किनकि भूल-चूक जतिबेला पनि हुन सक्छ। पक्का ट्रस्टी बन्न समय त लाग्छ। बाबाले जान्नुहुन्छ– समय लाग्छ। ट्रस्टी भएर नै हकदार बन्छन्। यहाँ रहनेहरू पनि ट्रस्टी बन्छन्। बाबा भन्नुहुन्छ– मैले बदलामा वैकुण्ठको बादशाही दिन्छु। तिमीले अर्को जन्म अमरलोकमा लिनु छ। ट्रस्टी भएर फेरि सावधान पनि रहनु छ। खास गरीबहरू नै ट्रस्टी बन्छन् उच्च पद पाउन। हकदार बन्छन्, कोही फेरि पछि गएर चन्द्रवंशीमा गएर मालिक बन्छन्, तबसम्म ठूलाको अगाडि सेवा गरिरहन्छन्। अहिले पनि कति यस्ता छन्, जसले कहिल्यै उन्नति गर्दैनन्। फेरि बुझिन्छ– उसको तकदिरमा सायद केही पनि छैन। सेवा गर्दागर्दै पछि कुनै पद पाउँछन्। त्यो पनि रहिरहे भने। निस्किए भने प्रजामा पनि सबैभन्दा कम पद पाउँछन्। धेरै छन् जो जहाँका त्यहीँ छन्। उन्नति नै गर्दैनन्। केही पनि बुझ्दैनन्। कर्म, विकर्मको गति बाबाले नै सम्झाउनुहुन्छ। यहाँ केही पनि राम्रो कर्म गरेनौ भने विकर्म बढ्दै जान्छ। तिमीले पनि भन्छौ– यो त ड्रामाको पार्ट भयो नि। यो पनि चाहिन्छ अवश्य। जो राजाई भित्र रहेर नोकरी आदि गरिरहन्छन्। नोकरले फेरि उन्नति गर्दै पछि राजाई पाउँछन्। ईश्वरको पासमा रहेर यस्तो कर्म गर्छन् फेरि सजाय पनि धेरै खान्छन्। पद पनि कम मिल्छ, त्यसैले सम्झाइन्छ– यस्तो-यस्तो कर्म नगर। नत्र वृद्धि हुँदै जान्छ। सेवा केही गर्दैनौ, खाइरहन्छौ, पढ्दैनौ, यो कर्मको गति हेर कस्तो छ? बाबाले यस्तो कर्म सिकाउनुहुन्छ, जसबाट स्वर्गको राजाई पाउन सक्छौ। श्रीमतमा यस्तो कर्म गर्नु छ। आसुरी कर्म पनि देख्छौ। कति गरीब फेरि पापी अजामिल जस्तो बन्छन्। यहाँ पनि त्यस्तै बन्छन्। कोही त बादशाह बन्छन् फेरि कोही दास- दासी बनेर अन्त्यमा केही पद पाउँछन्। यस्ता पनि छन्– बाबाले राम्रोसँग जान्नुहुन्छ। यहाँ रहेर पनि राम्रो कर्म गर्दैनौ भने नशा पनि रहँदैन। कर्मको गति बाबा बसेर सम्झाउनुहुन्छ।

बाबा भन्नुहुन्छ– म हुँ नै गरीब-निवाज, मलाई गरीबको पाई-पाईबाट स्थापना गर्नु छ, म साहूकार निवाज त होइन। खास गरेर माताहरू गरीब हुन्छन्। उनीहरूको हातमा केही पनि रहँदैन। उनीहरू कुनै हाफ पार्टनर हुँदैनन्। नत्र खोज्यो भने आधा हिस्सा त उनीहरूले पाउँथे। घरको त बच्चाहरू नै हकदार हुन्छन्। हुन त सरकारले आजकल नियम निकालेको छ। तिमीलाई थाहा छ– अहिले दुनियाँ बिलकुल नै गरीब छ। कुमारीहरू खास गरेर गरीब हुन्छन्, जब पतिको घर जान्छन् विकारको लेनदेन हुन्छ तब पाउँछन्। यो हो नै विकारी दुनियाँ। निर्विकारीले कहिल्यै कसैको अगाडि हात जोड्दैनन्। यो कसैलाई थाहा छैन– जो निर्विकारी हुन्छन् उनीहरू नै फेरि विकारमा गिर्छन्। भक्तहरूले त सम्झन्छन्– कृष्ण हाजिर छन्। भगवान्‌ कहिल्यै मर्नुहुन्न, पुनर्जन्म लिनुहुन्न। तिमीलाई अहिले ज्ञान छ। जान्दछौ– लक्ष्मी-नारायण सबै भन्दा उच्च स्वर्गको मालिक थिए। सीता-रामलाई स्वर्गका मालिक भनिँदैन। यो पनि अहिले बुझेका छौ। बाबा सम्झाउनुहुन्छ– अहिले सद्गति हुँदैछ भने दुर्गतिको कुनै पनि कर्तव्य गर्नु हुँदैन। सबैभन्दा पहिला त देह-अभिमान छोड्नु छ। सबैभन्दा राम्रो कर्म हो एक बाबालाई याद गर्नु, देही-अभिमानी भएर रहनु। आफ्नो जाँच गरिरहनु छ। कुनै विकार त आएन? लोभ पनि गर्नु छैन। सबैथोक ईश्वरको हो भने हामीले लोभ किन गर्ने? हामी त जे बाबाले भन्नुहुन्छ त्यो गर्छौं। बाबाले त हरेक बच्चाको चलन राम्रोसँग देख्नुहुन्छ नि। पोतामेल पनि हेर्नुहुन्छ। कोही धेरै गरीब छ भने केही न केही १५-२० रुपैया बचाएर पनि दिन्छन्। आफ्नो भविष्य बनाउँछन्। बाबाले सल्लाह पनि दिनुहुन्छ। अलिअलि आफ्नो बैंकमा राख। ५ देऊ, १० बैंकमा राख। श्रीमत मिल्यो नि। पेट बाँधेर पनि शिवबाबालाई दिन्छन्। शिवबाबाले यिनीद्वारा नै तिम्रो बस्ने, गर्ने ‌व्यवस्थामा लगाउनुहुन्छ। यी ब्रह्माबाबा पनि शिवबाबाका बच्चा हुन्। यिनले एक्लै किन गर्ने? यिनले पनि आफ्नो सबैथोक माताहरूको सेवामा लगाएका छन्। सबैथोक दिएका छन्। यी बच्चीहरूले फेरि २१ जन्मको लागि वर्सा पाउँछन्। तिमीलाई थाहा छ– हाम्रो देवी-देवताहरूको गृहस्थ धर्म पवित्र थियो। अहिले त पतित बनेका छौ। त्यसैले बाबाले सम्झाउनुहुन्छ– यिनी पनि ट्रस्टी भए नि। तिमी माताहरूलाई ट्रस्टी बनाए। तिमीले यो सम्हाल, अनि ममत्व टुट्छ। बाबाले साक्षात्कार गराउनुभयो– तिमी विश्वको मालिक बन्छौ। विनाशको तयारी पनि देखिरहेका छौ। तर यो कसैले बुझ्दैनन्– विनाश गराउनेवाला को हो? कोही प्रेरक अवश्य छ। सम्झन्छन् पनि– विनाश हुनेवाला छ, अवश्य भगवान् पनि हुनुहुन्छ। तर कुन रूपमा हुनुहुन्छ? कृष्ण कसरी आउँछन्? बनाउन त कृष्णको रूप धेरै बनाउँछन्, तर ती त बनावटी हुन्छन्। धेरै छन् जसले कृष्णको रूप बनाएर ठग्छन्। 

कसैको फेरि जडमूर्तिमा भावना बस्छ। अनि त्यस्तै साक्षात्कार हुन्छ, गएर उनलाई चुम्छन् किनकि कृष्ण हुन् अति प्यारा बालक, स्वर्गका। उनमा आकर्षण धेरै छ। बाबाबाट धेरै ठूलो वर्सा लिनु छ। बाबा बसेर सम्झाउनुहुन्छ, कर्मको बारेमा। बाबासँग यदि कसैले सोध्यो भने बाबाले तुरुन्तै बताउन सक्नुहुन्छ– यिनले केही बुझ्दैनन्। कर्म यस्तो गर्छन् जुन विकर्म नै हुन्छ। देह-अभिमान धेरै रहन्छ। भन्न त शिवबाबा भनिरहन्छन्, त्यसो त शिवबाबाका भक्त धेरै छन्, काशीमा भक्त बसेका छन्। उनीहरूको यो मन्त्र छ शिवकाशी विश्वनाथ गंगा। अर्थ केही पनि बुझ्दैनन्– सम्झन्छन्– गंगा यिनीबाट निस्किएकी हुन्, त्यसैले गंगाको मुहानमा गएर बस्छन्। सम्झन्छन्– हामी त्यहाँ मुक्त हुन्छौं। शिव काशी, शिव काशी उच्चारण गर्छन्। फेरि देखाउँछन् भागीरथले गंगा ल्याए। के गंगाद्वारा पतितबाट पावन हुन्छन्? पतित-पावनलाई त पुकार्छन् नि। उहाँ को हुनुहुन्छ? कसरी सहज राजयोग सिकाउनुहुन्छ? यो कसैले जान्दैनन्। शिवबाबालाई कसरी याद गरिन्छ? यो पनि तिमीले बुझेका छौ। तिम्रो हो यादको यात्रा। तिम्रो शारीरिक यात्रा पूरा भयो। त्यो हो शारीरिक यात्रा, यो हो रूहानी यात्रा। बाबा भनिरहनुहुन्छ– प्यारा बच्चाहरू! घरलाई याद गर। यो फोहोरी दुनियाँ, फोहोरी पुरानो शरीर हो। म तिम्रो पिता हुँ। तिमीलाई वापस लैजान्छु। यो महाभारतको लडाईंमा कति खतम हुनेवाला छन्। यति करोडौं मनुष्य छन्, तिनको आत्मा कहाँ जान्छ? आ-आफ्नो धर्मको सेक्शनमा तारा जस्तै गएर रहन्छन्। त्यसलाई भनिन्छ नै निराकारी दुनियाँ। विश्व त्यसलाई भनिन्छ, जहाँ धेरै रहन्छन्। यदि ब्रह्ममा लीन हुने भए त विश्व भएन। गायन गरिन्छ निराकारी दुनियाँ, जहाँ आत्मा रहन्छन्, जहाँबाट फेरि पार्ट खेल्न आउनुपर्छ। यो अविनाशी ड्रामा हो। प्रलय त कहिल्यै हुँदैन। सत्ययुगदेखि कलियुगसम्म मनुष्यहरूको वृद्धि हुँदै जान्छ। त्यहाँ अरू कुनै धर्म हुँदैन। यहाँ तिमीलाई ज्ञान थाहा छ। वहाँ सत्ययुगमा ज्ञान रहँदैन। यस समय त बाबाले आफू समान त्रिकालदर्शी बनाउनुहुन्छ। अच्छा!


धारणाको लागि मुख्य सारः

१) जीवन छँदै देह सहित सबैसँग ममत्व निकालेर ट्रस्टी बनेर रहनु छ। श्रेष्ठ कर्म गर्नु छ। कहिल्यै पनि कसैलाई दु:ख दिनु हुँदैन।

२) कुनै पनि चीजमा लोभ राख्नु हुँदैन। सधैं आफ्नो खाता हेर– ममा कुनै विकार त छैन? देह-अभिमान छोडेर एक बाबालाई याद गर्ने श्रेष्ठ कर्म गर।

वरदान:

एक बिन्दु शब्दको स्मृतिले मन-बुद्धिलाई नेगेटिभको प्रभावबाट बचाउने नम्बरवन विजयी भव   

वर्तमान समय विशेष मायाको प्रभाव मनमा नेगेटिभ भाव र भावना पैदा गर्ने वा यथार्थ अनुभवलाई समाप्त गर्ने चलिरहेको छ। त्यसैले पहिले नै बचावको साधन अपनाऊ। यसको विशेष साधन हो केवल एक बिन्दु शब्द। कुनै पनि संकल्प, बोली वा कर्म व्यर्थ छ भने त्यसलाई बिन्दु लगाइदेऊ, तब नम्बरवन विजयी बन्न सक्छौ। मायाको स्वरूपलाई चिन, सीजनलाई चिन र स्वयंलाई सुरक्षित बनाऊ।

स्लोगन:

संगममा जसलाई सेवाको श्रेष्ठ भाग्य प्राप्त हुन्छ, उही पद्‌मापद्‌म भाग्यवान हो।  



***OM SHANTI***

Google+ Followers