BK Murli 15 July 2017 Nepali
२०७४ आषाढ ३१ शनिबार १५-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन
“मीठे बच्चे– पवित्रताको कंगन बाँध्यौ भने तिमीलाई राजतिलक मिल्छ, त्यसैले पावन बन्ने प्रतिज्ञा गर।”
प्रश्न:
तिमी बच्चाहरू अहिले कुन बन्धनमा बाँधिनु पर्छ? भक्तिमार्गको फेसन के हो?
उत्तर:
बाबालाई याद गर्ने बन्धन। यस बन्धनमा बाँधिनाले तिम्रा सबै विकर्म विनाश हुन्छन् र विकर्म गर्नबाट बच्छौ। आत्मा पावन बन्छ। बर्थ डे, जयन्ती आदि मनाउनु– यो भक्ति मार्गको फेसन हो। यसबाट फाइदा केही पनि छैन किनकि जसको जयन्ती मनाउँछन्, उसलाई यथार्थ रूपमा जान्दैनन्।
गीत:–
तू प्यार का सागर है……
ओम् शान्ति।
अहिले गीत बच्चाहरूले सुने, यो जे जति बनाइएको छ– भक्ति मार्गवालाले नै बनाएका हुन्। जब भारत श्रेष्ठाचारी पूज्य थियो तब कुनै पनि भक्तिमार्गको चिह्न थिएन। न वेद शास्त्र, न तप तीर्थ, दान पुण्य, केही पनि हुँदैनथ्यो। यी सबै भक्तिमार्गमा निस्केका हुन्। गीतमा पहिले-पहिले भन्छन्– तू प्यार का सागर है। जब एक थोपो पियाउनुहुन्छ तब हामी यहाँबाट पावन दुनियाँमा जान्छौं। तर प्यार पियाइँदैन, प्यार गरिन्छ। ज्ञान अमृत पियाउँछन्। बाबा हुनुहुन्छ पनि ज्ञानको सागर। यति नदीहरू जुन निस्कन्छन् तिनीहरूका रचयिता को हुनुहुन्छ? अवश्य भन्छन् सागर हुनुहुन्छ, उहाँबाट नै सबै नदीहरू निस्कन्छन्। त्यसैले ज्ञानको सागर परमपिता परमात्मा ठहरिनुभयो। उहाँबाट तिमी ज्ञान गंगाहरू निस्कन्छौ। हुन त उहाँको महिमा छ उहाँ प्रेमको सागर, सुखको सागर हुनुहुन्छ। जब हजुरले ज्ञान पिलाउनुहुन्छ तब हामी स्वर्गमा जान्छौं। सद्गति पाउँछौं। बाबा भन्नुहुन्छ म ज्ञान सागरलाई याद गर्यौु भने तिमीहरूको विकर्म विनाश हुन्छ। पावन बन्छौ। यो पहिले-पहिले कसले सुन्छ? यो गुप्त कुरा भयो नि। गाउँछन् पनि– तिमी माता पिता… पिता त हुनुहुन्छ तर उहाँलाई माता किन भनिन्छ? पिता त ठीक छ हुनुहुन्छ अब माता कसलाई भन्ने? पहिले ज्ञान अमृत कसले पिउँछ? उहाँ आएर प्रवेश गर्नुहुन्छ। ज्ञान सुनाउनुहुन्छ भने पहिले कसले सुन्छ? अवश्य यिनले। त्यसैले यिनी माता भइन्– यिनका कानले पहिले सुन्छन्। वास्तवमा शरीर माताको होइन, अब माता कहाँबाट ल्याउने? यसैले गाइएको छ– जगदम्बा सरस्वती। सरस्वतीलाई सितारा दिइएको छ, उनी हुन् ब्रह्माकुमारी। कुमारीको महिमा धेरै छ। ब्रह्माको यति महिमा छैन, यिनको यति मेला लाग्दैन जति जगदम्बाका मेला लाग्छन्। जो ज्ञान- ज्ञानेश्वरी छन् उसैमा ज्ञानको कलश राख्छन्। ज्ञानसागर उहाँ हुनुहुन्छ, उहाँलाई नै पतित-पावन भनिन्छ। पतित हो किलयुगी दुनयाँ, पावन हो सत्ययुगी दुनियाँ। सत्ययुगमा हुन्छ लक्ष्मी- नारायणको राज्य। अब उनलाई यो राजाईंको तिलक कसरी मिल्छ? गाइन्छ– ज्ञान -सागर जब आउनुहुन्छ तब पवित्रताको कंगन बाँध्नुहुन्छ। बहिनीलाई मुख्य गनिन्छ। जो बसेर भाइ- बहिनीलाई राखी बाँध्छिन्। पतित-पावन बाबा भन्नुहुन्छ– तिमी पवित्र बन्यौ भने तिमीलाई राजतिलक मिल्छ। यो कुरा हो संगमको। जब मनुष्यले पुकार्छन् पतित-पावन आउनुहोस्। यहाँ त राजाईं छैन। बाबा भन्नुहुन्छ– तिमी पतित भ्रष्टाचारीबाट पावन श्रेष्ठाचारी बन्यौ भने राजाईंको तिलक तिमीलाई मिल्छ। तिलक कुनै दिइने कुरा होइन, यो त सम्झाइने कुरा हो। पतित दुनियाँमा त हुन्छ नै पतितको पतितमाथि राज्य। अब पावन बन्ने प्रतिज्ञा गर। प्रतिज्ञा अक्षर पनि बोलाइमा आउँछ, तर यो हो ज्ञानको कुरा। बच्चाहरूले जान्दछन्– हामी पतित-पावन, ज्ञानसागर बाबाका बच्चा बनेका छौं त्यसैले हामीले अवश्य पावन बन्नुपर्छ। बाँकी त रक्षाबन्धनको दिन राखी बाँध्ने वा तिलक दिने प्रसंग उठ्दैन। तिमीले तिलक कहाँ दिन्छौ र? भक्तिमार्गमा परम्परा निकालिदिएका छन्, अर्थ त केही पनि बुझ्दैनन्। राजतिलक कहिले र कसलाई मिल्यो। यहाँ त सारा ज्ञानको कुरा छ। त्यसैले तिमीहरूले गएर सम्झाउनु छ। यो तिमी ब्राह्मणहरूको काम हो। उनीहरू जसले भाइ-बहिनीलाई राखी बाँध्छन्, तर उनीहरू स्वयं त पवित्र कहाँ रहन्छन् र। पहिले कुमारी छिन् भने त पावन छिन् फेरि पतित बन्छिन्। माताहरू, कन्याहरू दुवैले राखी बाँध्न जान्छन् भने के दुवै पवित्र छन्? माता हुन्छन् नै अपवित्र त्यसैले अपवित्रलाई अपवित्रले राखी बाँध्यो, त्यसमा फाइदा केही पनि हुँदैन। यथार्थमा जो हुन्छन् त्यसको फेरि यादगार मनाइन्छ। जसरी कृष्ण जयन्ती भयो फेरि पछि बसेर मनाउँछन्, यादगार अथवा बर्थ डे मनाउनु यो त एउटा फेसन भएको छ। यसमा त केही फाइदा छैन, केवल खर्च। शिवजयन्ती मनाउँछन् अर्थात् बर्थ डे बनाउँछन्, तर उनीहरूलाई त केही थाहा छैन– शिवरात्रि वा शिवजयन्ती वास्तवमा कहिले भएको थियो वास्तविकताबाट फाइदा हुन्छ, अवास्तविकबाट नोक्सान नै हुन्छ। यो हो नै झुटो दुनियाँ। राखी उत्सव पनि झुटो मनाउँछन्। वास्तवमा हो पवित्रताको कुरा। पवित्रताको नै प्रतिज्ञा गरिन्छ। यो त अहिले सुरु भएको छ पहिले त यो पनि जान्दैनथ्यौ– पतित-पावन को हुनुहुन्छ, उहाँ कसरी आएर राखी बाँध्नुहुन्छ। अब तिमी कहिल्यै पतित बन्नु छैन। तिमीले पनि सबैलाई यही भन्दछौ– आजबाट प्रतिज्ञा गर्नुहोस्– हामीलाई पावन बनाउनेवाला बाबाबाट स्वर्गको स्वराज्य लिनेछु। पावन अवश्य बन्नेछु। पतित बनाउनेवाला रावणको सेनाले बडो तंग गर्छ।
बाबा भन्नुहुन्छ– अब तिमी मेरो यादबाट पावन बन्दै जान्छौ, विकर्म भस्म हुन्छ। भगवानुवाच मामेकम् याद गर्यौु भने यस योग अग्निद्वारा तिमी पवित्र बन्छौ। यसमा त राखीको कुनै कुरा नै छैन। पतित-पावन बाबा भन्नुहुन्छ– मलाई याद गर्नाले तिमीहरूको पहिलेको विकर्म विनाश हुन्छ र पछि पनि कुनै विकर्म हुँदैनन् किनकि तिमी पवित्र नै रहन्छौ। तिमी कति राम्रोसँग सम्झाउँछौ। ब्रह्माकुमार अथवा कुमारी, पुरुष पनि त ब्रह्माकुमार हुन् नि। महिमा मातालाई दिइएको छ। माता गुरु त एउटै हुन पनि सक्दैन। यो प्रवृत्तिको मार्ग हो। पर्व जुन मनाउँछन्, त्यो अन्ध-श्रद्धावश गर्छन्, पैसा कमाउनको लागि। पहिले ब्राह्मणहरू त एकै किसिमको राखी लिएर जान्थे। मेल फिमेल सबैलाई बाँध्दथे। एक पैसा मिल्थ्यो। कोही धनवानले आना दुई आना दिन्थे। कुनै ठूलो धनवान भयोभने एक रूपयाँ दिन्थ्यो। अहिले के गरिदिएका छन्। बहिनीले राखी बाँधेर तिलक दिन्छिन् फेरि भाइले बहिनीलाई राम्रो खर्च दिन्छन्। असर्फि पनि दिन्छन्। ५० रूपयाँ पनि दिन्छन्। रसम पनि बदलियो। हुन त ब्राह्मणको काम हो। तिमी त हौ सच्चा ब्राह्मण मुख वंशावली। ती हुन् कोख वंशावली। तिमी ब्राह्मण नै देवता बन्छौ। ब्राह्मण बनेर फेरि पावन बन्न सुरु गर्छौ। पतित-पावन हुनुहुन्छ नै एक बाबा। अब कन्या राखी बाँध्न जान्छिन् फेरि यदि गएर अपवित्र बन्छिन् भने तिलक त गुम हुन्छ। राजाईं मिल्दैन। यहाँ त परमपिता परमात्माले आदेश दिनुहुन्छ– जो पवित्र बन्छन् उनीहरू पवित्र दुनियाँको मालिक बन्छन्। पावन त केवल तिमी बन्छौ।
त्यसैले तिमीले पहिले-पहिले यो सम्झाउनुपर्छ– राखी बन्धन हो नै पवित्रताको नशानी। तिमीले यस काम शत्रुलाई जित्यौ भने पवित्र बन्छौ। मलाई याद गरिराख। यादको बन्धन बडो कडा छ किनकि जन्म-जन्मान्तरको पापको बोझ शिरमा छ। यो बाबाले नै सम्झाउनुहुन्छ– सत्ययुगबाट त्रेतासम्म तिमी पवित्र थियौ, पवित्र स्वराज्य थियो। त्यो स्वराज्य कसरी पाइयो– यो ड्रामाको चक्र यसरी फिर्दछ। पतित-पावन बाबाले आएर सबैलाई भन्नुभयो– पवित्र बन। जो ब्रह्मामुख वंशावली छन् कमल फूल समान गृहस्थ व्यवहारमा रहेर पवित्र बनेर बाबालाई याद गर्छन्, उनीहरूले नै उच्च पद पाउँछन्। ५ हजार वर्ष पहिले पनि यस्तो भएको थियो, अहिले पनि हुनु छ। आजकलको दुनियाँ हेर कस्तो छ, गीत पनि त छ नि– आजको मानिस के भएको छ। कहाँ नयाँ भारत स्वर्ग र कहाँ पुरानो भारत नर्क। वहाँ सबैले एक अर्कालाई प्यार गर्दथे किनकि सुखधाम थियो। यो हो दुःखधाम। रावणले राज्य छिन्यो। राम र रावणको कहानी बनाउनुपर्छ। ५ हजार वर्ष पहिले रामराज्य थियो, स्वराज्य थियो। अब बाबा भन्नुहुन्छ– मामेकम् याद गर। गृहस्थ व्यवहारमा रहँदै कमल फूल समान बन। तब नै पवित्र दुनियाँको राजतिलक मिल्छ। हामी राजयोग सिक्छौं। यो हो नै स्वराज्य पाउने पढाइ। त्यो तिलक ब्राह्मणले दिन्छन्। यो स्वराज्य तिलक हो। राजाई तिमी बच्चाहरूलाई मिल्छ, यदि तिमी बच्चाहरू बाबाको आदेश मान्छौ भने, त्यसैले सोधिन्छ– पारलौकिक परमपिता परमात्मासँग तपाईंको के सम्बन्ध छ? बाबा एक उहाँमात्र पतित-पावन हुनुहुन्छ। भन्नुहुन्छ– पवित्र बनेर पवित्र दुनियाँको मालिक बन। बाबाले पावन बनाउनुहुन्छ संगममा। अहिले संगम हो, मृत्यु सामुन्ने खडा छ, त्यसैले भन्नुहुन्छ– बाबाको बन। सल्लाह दिनुहुन्छ– यो बुझ्नुपर्ने कुरा हो। भगवान्का हामी रचना हौं भने बाबाको वर्सा हो नै स्वर्ग। वास्तवमा स्वर्ग थियो। तिमीहरूले भन्छौ पनि–भक्तहरूलाई भगवान् आएर आफ्नो धाम लिएर जानुहुन्छ। धाम छन् नै दुई– मुक्ति र जीवनमुक्ति। भारत जीवनमुक्त थियो तब अन्य आत्माहरू शान्तिधाममा थिए। जब सुखधाम थियो तब दुःखधाम नै थएन। अहिले त्यो सुखधाम फेरि दुःखधाम बनेको छ। यो चक्र रिपीट हुन्छ, कलियुगपछि सत्ययुग आउँछ। सत्ययुग स्थापना गर्नेवाला एकै बाबा हुनुहुन्छ, उहाँ नै पतित-पावन हुनुहुन्छ। कलियुगी पतित दुनियाँबाट पावन दुनियाँ बन्छ। रामराज्य सुरु हुन्छ। भगवान्को महावाक्य छ– कमल फूल समान पवित्र बन। काम महाशत्रुलाई जित। बाँकी ती ब्राह्मण पनि, भाइ- बहिनी पनि सबै पतित छन्। पतितले, पतितलाई राखी बाँध्छन्। यो त यस संगममा नै बाबा आएर पवित्रताको प्रतिज्ञा गराउनुहुन्छ। जबसम्म पतित-पावन बाबा आउनुहुन्न तबसम्म स्वराज्य कहाँ। बाबाले ज्ञान दिनुहुन्छ– कसरी कसलाई सम्झाउने। भन– पहिले तपाईं भन्ने गर्नुहुन्थ्यो पतित-पावन आउनुहोस्– यो कसलाई भन्नुभएको? गाउँछन् पनि– तुम मात पिता… यो कसको महिमा गर्नुभएको हो? अवश्य भगवान् नै हुनुहुन्छ। उहाँलाई नै पतित-पावन भनिन्छ। जब उहाँ आउनुहुन्छ तब पवित्रताको प्रतिज्ञा गराउनुहुन्छ। अर्को कुरा– तिमीहरूमाथि जन्म-जन्मान्तरको बोझ छ। आधाकल्पदेखि रावण राज्य हुन्छ। दिन- प्रतिदिन दुःखी पतित हुँदा-हुँदै एकदम भ्रष्टाचारी भएका छौ। आयु पनि छोटो भएको छ। अकालमा मृत्यु पनि भइरहन्छ। भोगी पनि बनेका छौ। सत्ययुगमा योगी थिए– घर गृहस्थमा रहँदा रहँदै, उनीहरूलाई सर्वगुण सम्पन्न... निर्विकारी विश्व भनिन्छ। प्रवृत्ति मार्ग त हो नि। राज्य गर्दा हुन्। ववाह आदि पनि हुँदो हो। त्यो हो पावन राज्य। पतित-पावन बाबाले पतित दुनियाँलाई पावन कसरी बनाउनुहुन्छ, त्यो बसेर बुझ्नुहोस्। राखी पनि पवित्रताको बाधिन्छ। वन्दे मातरम् भनिन्छ नि। कन्या पनि माता बन्छिन्। यहाँ कन्या, माता, पुरुष सबै पतितबाट पावन बन्छन्। पतित-पावन बाबा आएर पवित्रताको प्रतिज्ञा गराउनुहुन्छ– मनमनाभव। पवित्र बन र मलाई याद गर। तिमीहरूको विकर्म विनाश हुने अरू कुनै उपाय छैन। सजाय खायौ भने राजाईं पद पनि मिल्दैन। जो योगमा रहेर विकर्माजित बन्छ ऊ नै विकर्माजित राजा बन्छ। विकर्माजितको सम्वत एकबाट २५०० वर्षसम्म फेरि बिक्रम राजाको सम्बत् २५०० वर्षदेखि ५००० सम्म। मनुष्यले सम्बतलाई जान्दैनन्। विकर्माजितको बादशाही सत्युग-त्रेतामा चल्छ, त्यसलाई लाखौं वर्ष दिएका छन्। र विक्रम सम्वतलाई २ हजार वर्ष दिएका छन्। वास्तवमा आधा यिनीहरूको आधा उनीहरूको हुनुपर्ने हो। यी सबै बुझ्नुपर्ने कुरा छन्। पहिलो-पहिलो कुरा हो पतित-पावन को हो। पतित मनुष्यले नै उहाँलाई याद गर्छन्। पावनले याद गर्दैनन्। उहाँ हुन्छ नै सुख त्यसैले याद गर्दैनन्। अच्छा!
धारणाको लागि मुख्य सारः
१) योगमा रहेर विकर्माजित बन। विकर्ममाथि जित प्राप्त गरेपछि नै विकर्माजित राजा बन्छौ। स्वयंलाई स्वयंले नै स्वराज्य तिलक दिनु छ।
२) पवित्र बनेर पवित्रताको राखी सबैलाई बाँध्नु छ। कमल फूल समान रहनु छ।
वरदान:
संकल्पबाट पनि मेरोपनको मैलालाई समाप्त गरेर बोझबाट हल्का रहने फरिश्ता भव
मेरोपनको विस्तार नै बोझ हो। कुनै पनि मेरोपन– मेरो स्वभाव, मेरो संस्कार, मेरो नेचर, केही पनि मेरो छ भने बोझ हो र बोझवाला उड्न सक्दैन, फरिश्ता बन्न सक्दैन। संकल्पमा पनि मेरोपनको भान आयो भने सम्झ मैलो भयो। कुनै पनि चीजमा मैलो चढ्यो भने मैलाको बोझ भयो। त्यसैले सबै बोझ बाबालाई अर्पण गरेर मेरोपनको मैलालाई समाप्त गर तब फरिश्ता बन्छौ।
स्लोगन:
हर परिस्थितिमा फुल पास हुनेवाला नै मास्टर सर्वशक्तिमान् हो।