BK Murli 16 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 July 2017 Nepali

    २०७४ श्रावण १ आइतबार १६-०७-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २६-०४-८२ मधुबन

    बापदादाको दिलतख्तनशीन बन्ने सबैलाई समान अधिकार


    आज ज्ञान गंगा र ज्ञान सागरको मिलन मेला हो, जुन मेलामा सबै बच्चाहरू बाबासँग रूहानी मिलनको अनुभव गर्छन्। बाबा पनि रूहानी बच्चाहरूलाई देखेर हर्षित हुनुहुन्छ र बच्चाहरू पनि रूहानी बाबासँग मिलेर हर्षित हुन्छन् किनकि कल्प-कल्पको पहचान भएका रूहानी रूहले जब आफ्नो बुद्धियोगद्वारा जान्दछ– म पनि उही कल्प पहिलेवाला आत्मा हुँ, उही बाबालाई फेरि पाएको छु। ऊ त्यसै आनन्द, सुखको, प्रेमको, खुशीको झूलामा झुलेको अनुभव गर्छ। यस्तो अनुभव कल्प पहिलेका बच्चाहरूले फेरि गरिरहेका छन्। उही पुरानो परिचय फेरि स्मृतिमा आएको छ। यस्ता स्मृति स्वरूप स्नेही आत्माहरूले, यस स्नेहको सागरमा समाहित लवलीन आत्माहरूले नै यस विशेष अनुभवलाई जान्न सक्छन्। स्नेही आत्मा त सबै बच्चाहरू छन्, स्नेहको शुद्ध सम्बन्धले यहाँसम्म आइपुगेका छौ। फेरि पनि स्नेहमा पनि नम्बरवार छन्, कुनै स्नेहमा समाहित आत्माहरू छन् र कुनै मिलनको अनुभवलाई यथाशक्ति अनुभव गर्नेवाला छन्। त्यस्तै कुनै यस रूहानी मिलन मेलाको आनन्दलाई बुझ्ने प्रयत्नमा लागेका छन्। फेरि पनि सबैलाई भनिन्छ स्नेही आत्मा। स्नेहको सम्बन्धको आधारमा अगाडि बढ्ने समाहित आत्माहरू स्वरूपसम्म पनि पुग्नेछन्। जिज्ञासा समाप्त भएर समाहित स्वरूपको अनुभव भइ नै हाल्छ किनकि समाहित आत्माहरू समान आत्मा हुन्। समान बन्नु अर्थात् स्नेहमा समाहित हुनु। त्यसैले आफूले आफैलाई जान्न सक्छौ– कहाँसम्म बाबा समान बनेको छु! बाबाको संकल्प के हो? त्यसै संकल्प समान म लवलीन आत्माको संकल्प छ? यस्तो वाणी, कर्म, सेवा, सम्बन्ध सबैमा बाबा समान बनेका छौ? वा अहिलेसम्म महान् अन्तर छ वा थोरै मात्र अन्तर छ? अन्तर समाप्त हुनु नै मनमनाभवको महामन्त्र हो। यस महामन्त्रलाई हर संकल्प र सेकेन्डमा स्वरूपमा ल्याउनु, यसलाई नै समान र समाहित आत्मा भनिन्छ। बेहदको बाबा, बेहदको संकल्प राख्नेवाला हुनुहुन्छ– सबै बच्चाहरू बाबा समान बनून्। यस्तो होइन म गुरु बनूँ र यी शिष्य बनून्। होइन, बाबा समान बनेर बाबाको दिलतख्तनशीन बनून्। यहाँ कुनै गद्दी नशीन बन्नु छैन। त्यहाँ त एक-दुई जना बन्छन् तर बेहदका बाबाले बेहदको दिलतख्तनशीन बनाउनुहुन्छ, सबै बच्चाहरू अधिकारी बन्न सक्छन्। सबैलाई समान गोल्डेन चान्स छ। चाहे आदिमा आएका हुन्, चाहे मध्यमा वा अहिले आएका हुन्। सबैलाई पूरा अधिकार छ समान बन्ने अर्थात् दिलतख्तनशीन बन्ने। यस्तो होइन पछि आउनेहरू अगाडि जान सक्दैनन्। कोही पनि अगाडि जान सक्छ किनकि यो बेहदको प्रोपर्टी हो। यस्तो होइन पहिले आउनेहरूले लिइसके त्यसैले समाप्त भयो। यति अखुट सम्पत्ति छ, जो अझै पछि आउनेहरूले पनि लिन चाहे भने लिन सक्छन्। तर अधिकार लिने माथि निर्भर छ किनकि अधिकार लिनुको साथ-साथै अधीनताको संस्कारलाई छोड्नुपर्छ। केही पनि छैन केवल अधीनता छ तर जब छोड्ने कुरा आयो भने आफ्नो कमजोरीको कारण यस कुरामा रहन जान्छन् र भन्छन्– छुट्दैन। दोष संस्कारलाई दिन्छन्– संस्कार छुट्दैन, तर स्वयंले छोड्दैनन् किनकि चैतन्य शक्तिशाली स्वयं आत्मा हो वा संस्कार हो? संस्कारले आत्मालाई धारण गर्छ वा आत्माले संस्कारलाई धारण गरेको हो? आत्माको चैतन्य शक्ति संस्कार हो वा संस्कारको शक्ति आत्मा हो? जब धारण गर्नेवाला आत्मा हो भने छोड्नु पनि आत्माले नै छ, न कि संस्कार स्वयं छुट्छ। फेरि भिन्न-भिन्न नाम दिन्छन्– संस्कार, स्वभाव, बानी वा नेचर। तर भन्नेवाला शक्ति कुनचाहिँ हो? बानीले बोल्छ वा आत्माले बोल्छ? मालिक हौ या गुलाम हौ? अधिकारलाई अर्थात् मालिकपनलाई धारण गर्नु यसमा बेहदको चान्स भएर पनि यथाशक्ति लिनेवाला बन्छन्। कारण के भयो? भन्छन्– मेरो बानी, मेरो संस्कार, मेरो नेचर। तर मेरो भनेर पनि मालिकपन छैन। यदि मेरो हो भने स्वयं मालिक भयौ नि। मालिक भएर पनि जे चाह्यो त्यो गर्न सक्दैन, परिवर्तन गर्न सक्दैन, अधिकार राख्न सक्दैन भने उसलाई के भन्ने? के यस्तो कमजोर आत्मालाई अधिकारी आत्मा भनिन्छ? खुल्ला चान्स भएर पनि बाबाले नम्बरवार दिनुहुन्न तर स्वयं बनाइदिन्छन्। बाबाको दिलतख्त यति बेहदको विशाल छ, जसमा सारा विश्वका आत्माहरू पनि रहन सक्छन्। यति विराट स्वरूप छ तर बस्ने हिम्मत राख्ने कति बन्छन्! किनकि दिलतख्तनशीन बन्नको लागि दिलको सौदा गर्नु पर्छ। त्यसैले बाबाको नाम दिलवाला रहेको छ। दिल लिनु पनि हुन्छ, दिल दिनु पनि हुन्छ। जब सौदा गर्छन्, चलाखी धेरै गर्छन्। पूरा सौदा गर्दैनन्, थोरै राख्छन् फेरि के भन्छन्? बिस्तारै बिस्तारै गरेर दिंदै जानेछु। किश्तामा सौदा गर्न मन पराउँछन्। एक धकले सौदा गर्नेवाला एकको भएकाले सदा एकरस रहन्छन् र सबैमा नम्बरवन बन्छन्। बाँकी जो थोरै थोरै गरेर सौदा गर्छन्, जो एउटामा मात्र पाउ नराखेर दुई नाउमा पाउ राख्नेवाला छन्, सदा कुनै न कुनै उलझनको हलचलमा एकरस बन्दैनन्। त्यसैले सौदा गर्नु छ भने सेकेन्डमा गर। दिललाई टुक्रा-टुक्रा नगर। आज आफूबाट दिल हटाएर बाबासँग लगायो, एक टुक्रा दियो अर्थात् एक किश्ता दियो। फेरि भोलि सम्बन्धीहरूबाट दिल हटाएर बाबालाई दियो, अर्को किश्ता दियो, अर्को टुक्रा दियो, यसबाट के हुन्छ? बाबाको प्रोपर्टीको अधिकारको पनि टुक्राको हकदार बन्छौ। प्राप्तिको अनुभवमा सर्व अनुभूतिको अनुभवलाई प्राप्त गर्न सक्दैनौ। थोरै थोरै अनुभव गरेर यसबाट सदा सम्पन्न, सदा सन्तुष्ट हुँदैनौ। त्यसैले कति बच्चाहरू अहिलेसम्म पनि यस्तो वर्णन गर्छन्– जति, जस्तो हुनु पर्ने त्यो छैन। कसैले भन्छन् पूरा अनुभव हुँदैन, थोरै हुन्छ। कुनैले भन्छन्– हुन्छ तर सदा हुँदैन किनकि फुल सौदा नगर्नाले अनुभव पनि फुल हुँदैन। एकसँग सौदाको संकल्प गरेनन्। कहिलेकाहीँ गर्छन् भने अनुभव पनि कहिलेकाहीँ हुन्छ। सदा हुँदैन। त्यसो त सौदा कति श्रेष्ठ प्राप्तिवाला छ। भड्किएको दिल दिनु र दिलाराम बाबाको दिलतख्तमा आरामसँग अधिकार पाउनु। फेरि पनि सौदा गर्ने हिम्मत छैन। जानेर पनि, भन्दछन् पनि तर फेरि पनि हिम्मतहीनले भाग्य प्राप्त गर्न सक्दैन। सस्तो सौदा छ या मुश्किल लाग्छ? भन्न त सबैले भन्छन्– सस्तो छ। जब गर्न थाल्छन्, तब मुश्किल बनाइदिन्छन्। वास्तवमा दिनु, दिनु होइन। फलाम दिएर हीरा लिनु, यो दिनु भयो वा लिनु भयो? लिने पनि हिम्मत छैन? त्यसैले भनेँ– बेहदका बाबाले सबैलाई एकनाश दिनुहुन्छ तर लिनेवाला खुला चान्स भएर पनि नम्बरवार बन्छन्। चान्स लिन चाहन्छौ भने लेऊ फेरि यो गुनासो पनि कसैले सुन्ने छैन– म गर्न सक्थें तर यो कारण भयो। पहिले आएको भए अगाडि जाने थिएँ। यो परिस्थिति नभएको भए अघि जान्थेँ। यो गुनासो स्वयंको कमजोरीको कुरा हो। स्व-स्थितिको अगाडि परिस्थितिले केही गर्न सक्दैन। विघ्न-विनाशक आत्माहरूको अगाडि विघ्नले पुरुषार्थमा रोकावट गर्न सक्दैन। समयको हिसाबले रफ्तारको हिसाब छैन। दुई सालको अघि जान सक्छ, दुई महिनाको जान सक्दैन, यो हिसाब छैन। यहाँ त सेकेन्डको सौदा छ। दुई महिना पनि धेरै हो। तर जबदेखि आयौ, तीव्रगति छ? सदा तीव्र गतिवाला अलबेलामा रहने आत्माहरू भन्दा अघि जान सक्छ। त्यसैले वर्तमान समयलाई र मास्टर सर्वशक्तिमान् आत्मालाई यो वरदान छ– जो आफ्नो लागि चाह्यो, जति अघि बढ्न चाह्यो, जति अधिकारी बन्न चाह्यो त्यति सहज बन्न सक्छौ किनकि वरदानी समय हो। वरदानी बाबाका वरदानी आत्मा हौ। बुझ्यौ! वरदानी बन्नु छ भने अहिले बब, फेरि वरदानको समय पनि समाप्त हुन्छ। फेरि मेहनत गरेर पनि केही पाउन सक्दैनौ। त्यसैले जे पाउनु छ त्यो अहिले प्राप्त गर। जे गर्नु छ अहिले नै गरिहाल। नसोच, जो गर्नु छ त्यो दृढ संकल्पले गरिहाल अनि सफलता प्राप्त गर। अच्छा! 

    यस्ता सर्व अधिकारी, सेकेण्डमा सौदा गर्ने अर्थात् जे सोच्यो त्यो गर्योच– यस्ता हिम्मतवान श्रेष्ठ आत्माहरू, सदा मालिक बनेर परिवर्तनको शक्तिद्वारा कमजोरीलाई मेटाउने, जुन श्रेष्ठ कर्म गर्न चाह्यो त्यो गर्ने, यस्ता मास्टर सर्वशक्तिमान्, दिलतख्तनशीन, अधिकारी बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    टिचरहरूसँग:– आफूलाई सदा सेवाधारी सम्झेर सेवामा उपस्थित रहन्छौ हैन? सेवाको सफलताको आधार सेवाधारीको लागि विशेष के हो, जान्दछौ? सेवाधारीले सदा यही चाहन्छन्– सफलता होस् तर सफल हुने आधार के हो? आजकल विशेष कुनचाहिँ कुरामा अटेन्शन दिलाइरहेको छु? (त्यागमा) विना त्याग र तपस्या सफलता हुँदैन। त्यसैले सेवाधारी अर्थात् त्यागमूर्त र तपस्वी मूर्त। तपस्या के हो? एक बाबा दोस्रो न कोही– यो हो हर समयको तपस्या। अनि त्याग कुनचाहिँ हो? त्यसको बारेमा त धेरै सुनाएको छु तर सार रूपमा सेवाधारीको त्याग– जस्तो समय, जस्तो समस्या, जस्तो व्यक्ति त्यस्तै स्वयंलाई मोल्ड गरेर स्व कल्याण र अरूको कल्याण गर्नमा सदा बिजी रहनु। जस्तो परिस्थिति होस् अर्थात् कहीँ आफ्नो नामको त्याग गर्नु परोस्, कहीँ संस्कारको, कहीँ व्यर्थ संकल्पको, कहीँ स्थूल अल्पकालको साधनहरूको... त्यस परिस्थिति र समय अनुसार आफ्नो श्रेष्ठ स्थिति बनाउन सकियोस्, जस्तोसुकै त्याग गर्नु परे पनि गर, आफूलाई मोल्ड गरिहाल। यसलाई भनिन्छ त्यागमूर्त। त्याग, तपस्या फेरि सेवा। त्याग र तपस्या नै सेवाको सफलताको आधार हो। त्यसैले यस्तो त्यागी बन, जुन त्यागको पनि अभिमान नआओस् कि मैले त्याग गरें। यदि यो संकल्प आउँछ भने पनि यो पनि त्याग भएन।

    सेवाधारी अर्थात् ठूलोको डाइरेक्शनलाई तुरुन्तै व्यवहारमा ल्याउनेवाला। लोक संग्रह अर्थ कुनै डाइरेक्शन मिल्छ भने पनि सिद्ध गर्नु हुँदैन– म ठीक छु। ठीकै छ राइट छौ तर लोकसंग्रह अर्थ निमित्त आत्माको डाइरेक्शन मिल्छ भने सदा– ‘हुन्छ हजुर’, ‘हजुर हाजिर भएँ’, गर्नु– यही सेवाधारीको विशेषता हो। यो झुक्नु होइन, तल पर्नु होइन, उच्च जानु हो। कहिलेकाहीँ कसैले सम्झन्छन्– यदि मैले गरें भने म तल पर्छु, मेरो नाम कम हुन जान्छ, मेरो पर्सनालिटी कम हुन्छ, तर होइन। मान्नु अर्थात् माननीय बन्नु, ठूलोलाई मान दिनु अर्थात् स्वमान लिनु। त्यसैले यस्तो सेवाधारी बन– आफ्नो मान, शानको पनि त्याग गरिदेऊ। अल्पकालको मान र शान के गर्छौ। आज्ञाकारी बन्नु नै सदाकालको मान र शान लिनु हो। त्यसैले अविनाशी लिनेवाला हौ वा अहिले भर्खरै लिनेवाला हौ! त्यसैले सेवाधारी अर्थात् यी सबै कुराको त्यागमा सदा एवररेडी। ठूलाले भन्नासाथ गर्योह। यस्ता विशेष सेवाधारी सबैको अनि बाबाको प्रिय हुन्छन्। झुक्नु अर्थात् सफलताको फलदायक बन्नु। यो झुक्नु सानो बन्नु होइन, सफलताको फल सम्पन्न बन्नु हो। त्यो समय ठीकै छ जस्तो लाग्छ। मेरो नाम तल गइरहेको छ, ऊ ठूलो बनिहाल्यो, म सानो बनिहालें। मलाई तल गरे, उसलाई माथि गरे। तर हुन्छ सेकेण्डको खेल। सेकेण्डमा हार हुन जान्छ र सेकेण्डमा जित हुन जान्छ। सेकेण्डको हार सदाको हार हो, जुन चन्द्रवंशी कमानधारी बनाइदिन्छ र सेकेन्डको जितले सदा खुशी प्राप्त गराउँछ, जसको निशानी श्री कृष्णलाई मुरली बजाएको देखाइएको छ। त्यसैले कहाँ चन्द्रवंशी कमानधारी अनि कहाँ मुरली बजाउनेवाला। त्यसैले सेकेण्डको कुरा होइन। सदाको आधार सेकेण्ड हो। त्यसैले यस रहस्यलाई बुझेर सदा अगाडि बढिराख। ब्रह्मा बाबालाई देख्यौ– ब्रह्मा बाबाले आफूलाई कति तल पारे, यति निर्माण बनेर सेवाधारी बने, उनले बच्चाहरूको पाउ दबाउनको लागि पनि तयार रहे। बच्चा मभन्दा अगाडि छन्, बच्चा मभन्दा अगाडि छन्, बच्चा मभन्दा पनि राम्रो भाषण गर्न सक्छन्। ‘पहिला म’ कहिल्यै भनेनन्। अगाडि बच्चा, पहिला बच्चा, ठूलो बच्चा भने, त्यसैले स्वयंलाई तल पार्नु तल हुनु होइन, उच्च जानु हो। यसलाई भनिन्छ सच्चा नम्बरवन योग्य सेवाधारी। लक्ष्य त सबैको यस्तै छ हैन? गुजरातबाट धेरै सेवाधारी निस्केका छन् तर गुजरातका नदीहरू गुजरातमा नै बगिरहेका छन्, गुजरात कल्याणकारी होइन, विश्व कल्याणकारी बन। सदा एवररेडी बन। आज कुनै पनि डाइरेक्शन मिल्यो भने हुन्छ हजुर भन। के होला, कसरी होला– ट्रष्टीले के, कसरी सोच्नु छैन। सदा आफ्नो अफर गर्यौ् भने उपराम रहन्छौ। लगाव, झुकावबाट किनारा हुन जान्छ। आज यहाँ छौ भोलि जहाँ गए तापनि उपराम हुन्छौ। यदि सम्झन्छौ यहाँ नै रहनु छ भने फेरि अलिकति बनाउनु छ, बन्नु छ... यो रहनेछ। आज यहाँ भोलि वहाँ। पंछी हौ आज एक डालीमा, भोलि अर्को डालीमा, तब स्थिति उपराम रहन्छ, त्यसैले मनको स्थिति सदा उपराम चाहिन्छ। चाहे कहीँ २० वर्ष बस तर स्वयं सदा एवररेडी रहने गर। स्वयं नसोच– कसरी होला? यसलाई भनिन्छ महात्यागी। अच्छा!


    वरदान:

    संगमयुगको समयको महत्त्व जानेर परमात्मा आशीर्वादले झोली भर्ने मायाजित भव  

    संगमयुगको एक सेकेण्ड अरू युगको एक वर्षभन्दा पनि बढी हुन्छ, यस समय एक सेकेण्ड गुमायौ भने पनि सेकेण्ड होइन धेरै कुरा गुमाउँछौ। यति महत्त्व सदा याद रह्यो भने हर सेकेण्ड परमात्मा आशीर्वाद प्राप्त गरिरहन्छौ र जसको झोली परमात्मा आशीर्वादले सदा भरपुर हुन्छ, उसको पासमा कहिल्यै पनि माया आउन सक्दैन। टाढाबाटै भागिहाल्छ। त्यसैले समयलाई बचाउनु– यही तीव्र पुरुषार्थ हो। तीव्र पुरुषार्थ अर्थात् सदा मायाजित।

    स्लोगन:

    जो आज्ञाकारी छ, उही बाबाको र परिवारको आशीर्वादको पात्र हुन्छ ।  



    ***OM SHANTI***