BK Murli 2 July 2017 Nepali
२०७४ आषाढ १८ आइतबार २-०७-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १६-०४-८२ मधुबन
संगमयुगी स्वराज्य दरबार नै सर्वश्रेष्ठ दरबार
आज बापदादा कुन दरबारमा आउनु भएको छ? आजको यस दरबारमा बापदादा आफ्नो विश्वका राज्य स्थापनाको कार्यमा राज्य सहयोगी आत्माहरूलाई अर्थात् आफ्नो राज्य कारोबारी राज्य अधिकारी बच्चाहरूलाई देखिरहनु भएको छ। संगमयुगी स्वराज्य दरबार देखिरहनु भएको छ। स्वराज्य दरबारमा सबै प्रकारका सहयोगी आत्माहरू चारैतिरका देखिरहनु भएको छ। यस स्वराज्य दरबारको विशेष शिरोमणी रत्नहरू बापदादाको सम्मुख साकार रूपमा टाढा भएर पनि मालाको रूपमा राज्य अधिकारी सिंहासनमा सामुन्ने देखिइरहेका छन्। हरेक राज्य अधिकारी सहयोगी आत्माहरू आ-आफ्नो विशेषताहरूको चमकद्वारा चम्किइरहेका छन्। हरेक भिन्न-भिन्न गुणहरूको गहनाहरूद्वारा सजिसजाउ छन्। सिंहासनको राज्य निशानी कुनचाहिँ हुन्छ? सबै दरबारमा बसेका छौ हैन! कुनै अगाडि छौ, कुनै पछाडि तर छौ दरबारमा। सिंहासनको राज्य निशानी छत्रछाया रूपी छत्र धेरै राम्रो चम्किइरहेको छ। हरेक डबल छत्रधारी हौ। एक लाइटको क्राउन अर्थात् फरिश्ता स्वरूपको निशानी, साथ-साथै विश्व कल्याणको बेहद सेवाको ताजधारी। ताज त सबैमाथि छ तर नम्बरवार छ। कुनैको दुवै ताज समान छन्। कुनैको एउटा सानो छ भने अर्को ठूलो छ र कुनैको दुवै साना छन्। साथ-साथै हरेक राज्य अधिकारीको प्युरिटीको पर्सनालिटी पनि आ-आफ्नो छ। रूहानियतको रोयल्टी आ-आफ्नो नम्बरवार देखिइरहेको छ। यस्तो स्वराज्य अधिकारी सहयोगी आत्माहरूको दरबार देखिरहनु भएको छ। संगमयुगी श्रेष्ठ दरबार भविष्यको राज्य दरबार दुवैमा कति अन्तर छ! अहिलेको दरबार जन्म-जन्मानतरको दरबारको फाउन्डेशन हो। अहिलेको दरबारको रूप रेखाले भविष्य दरबारको रूपरेखा बनाउँछ। आफूले आफैंलाई हेर्न सक्छौ– अहिलेको राज्य अधिकारी सहयोगी दरबारमा हाम्रो स्थान कहाँ छ! चेक गर्ने यन्त्र सबैको पासमा छ? जब वैज्ञाननिकहरूले नयाँ-नयाँ यन्त्रद्वारा जमीनदेखि माथि आकाश मण्डलको चित्र खिच्न सक्छन्, वहाँको वायुमण्डलको समाचार दिन सक्छन्, इनएडवांस प्रकृतिको तत्त्वहरूको हलचलको समाचार दिन सक्छन् भने तिमी सर्वशक्ति सम्पन्न बाबाको अथोरिटीवाला श्रेष्ठ आत्माहरूले आफ्नो दिव्य बुद्धिको यन्त्रद्वारा तीनै कालको ज्ञानको आधारमा आफ्नो वर्तमान काल र भविष्य काल जान्न सक्दैनौ! यन्त्र त सबैसँग छ हैन! दिव्य बुद्धि त सबैलाई प्राप्त छ। यस दिव्य बुद्धि रूपी यन्त्रलाई कसरी प्रयोग गर्ने, कुन स्थानमा अर्थात् कुन स्थितिमा स्थित भएर प्रयोग गर्ने? यो पनि जानेका छौ! त्रिकालदर्शी-पनको स्थितिको स्थानमा स्थित भएर तीनै कालको ज्ञानको आधारमा यन्त्रलाई प्रयोग गर! प्रयोग गर्न आउँछ? पहिला त स्थानमा स्थित हुन आउँछ अर्थात् स्थितिमा स्थित हुन आउँछ? यसै यन्त्रद्वारा आफूले आफैंलाई हेर– मेरो नम्बर कुनचाहिँ हो? बुझ्यौ!
आज सर्वस्व त्यागीको कुरा बताइरहेको छैन। अब लास्ट कोर्स बाँकी छ। आज बापदादा आफ्नो राज्य दरबारवासी साथीहरूलाई देखिरहनु भएको थियो। सबै यहाँ आइपुगेका छौ। आजको सभामा विशेष स्नेही आत्माहरू धेरै छन्, त्यसैले स्नेही आत्माहरूलाई बापदादा पनि स्नेहको रिटर्नमा स्नेह दिनको लागि स्नेही दरबारमा आउनु भएको छ। मिलन मेला मनाउने उमंग-उत्साहवाला आत्माहरू छन्। बापदादा पनि मिलन मनाउनको लागि बच्चाहरूको उत्साह भरि उत्सवमा आउनु भएको छ। यो पनि स्नेहको सागर र नदीहरूको मेला हो। मेला मनाउनु अर्थात् उत्सव मनाउनु। आज बापदादा पनि मेलाहरूको उत्सवमा आउनु भएको छ। बापदादा मेला मनाउने, स्नेह प्राप्त गर्ने भाग्यशाली आत्माहरूलाई देखेर हर्षित भइरहनु भएको छ। यति सारा विशाल विश्वमा अथाह संख्याको बीचमा कस्ता कस्ता आत्माहरूले मिलनको भाग्य लिएका छन्! विश्वको अगाडि निराश आत्माहरूले आफ्नो सर्व आशा पूर्ण गर्ने भाग्य लिएका छन्। जो विश्वको अगाडि प्रसिद्ध उम्मीदवार आत्माहरू छन्, उनीहरू सोच्दैमा र खोज्दैमा रहन पुगे। खोजी गर्दै-गर्दै खोजमा नै हराए। तर तिमी स्नेही आत्माहरूले स्नेहको आधारमा प्राप्त गर्यौर। त्यसैले श्रेष्ठ को भयो? कोही शास्त्रार्थ गर्दै शास्त्रमा नै रहन पुगे। कोही महात्मा बनेर आत्मा र परमात्माको भ्रान्तिमा आफ्नो भाग्यबाट बञ्चित रहन पुगे। बच्चा बनेर बाबाको अधिकारबाट बञ्चित रहे। ठूला-ठूला वैज्ञानिक खोज गर्दै त्यसैमा हराए। राजनीतिज्ञ योजना बनाउँदा-बनाउँदै रहन पुगे। भोला भक्त कण-कणमा खोज्दै रहन पुगे। तर पायो कसले? भोलेनाथका भोला बच्चाहरूले। बढी दिमाग हुनेले पाएनन् तर सच्चा दिल हुनेले पाए। कहावत छ– सच्चा दिलमा साहेब राजी। सबै सच्चा दिलदेखि दिल तख्तनशीन बन्न सक्छौ। सच्चा दिलले दिलाराम बाबालाई आफ्नो बनाउन सक्छौ। दिलाराम बाबा सच्चा दिल सिवाए सेकेण्ड पनि यादको रूपमा टिक्न सक्नुहुन्न। सच्चा दिलवालाको सर्वश्रेष्ठ संकल्प रूपी आशा सहज सम्पन्न हुन्छ। सच्चा दिलवाला सदा बाबासँग साकार, आकार, निराकार तीनै रूपमा सदा साथको अनुभव गर्छन्। अच्छा!
यस्ता सदा स्नेहको सागरसँग मिलन मनाउने बहती गंगाहरू, सदा स्नेहको आधारमा बापदादालाई सर्व सम्बन्धमा आफ्नो अनुभव गर्ने, भोलेनाथ बाबासँग सदाको सौदा गर्ने, यस्ता स्नेही सच्चा दिलवाला श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
टिचरहरूसँग:–
१) सेवाधारीहरूको सदा बुद्धिमा के याद रहन्छ? केवल सेवा या याद र सेवा? जब याद र सेवा दुवैको ब्यालेन्स भयो भने वृद्धि स्वत: भइरहन्छ। वृद्धिको सहज उपाय नै हो– ब्यालेन्स। वर्तमान समयको हिसाबले सबै आत्माहरूलाई सबैभन्दा बढी शान्तिको चाहना छ। जहाँ पनि हेर सेवा वृद्धि भएको छैन, जस्ताको त्यस्तै छ, त्यहाँ आफ्नो सेवाकेन्द्रको वातावरणलाई यस्तो बनाऊ मानौं शान्ति कुण्ड हो। एउटा कोठा विशेष यस वायुमण्डल र रूपरेखाको बनाऊ। जस्तो बाबाको कोठा बनाउँछौ त्यस्तै ढंगले बनाऊ, जसमा घमसानको बीचमा शान्तिको स्थान देखियोस्। यस्तो वायुमण्डल बनाउनाले, शान्तिको अनुभूति गराउनाले वृद्धि सहज हुन्छ। म्युजियम ठीक छ, तर यो सुन्ने र देख्ने साधन हो। सुन्ने र जान्ने वालाको लागि म्युजियम ठीक छ, तर जो सुनी-सुनी थाकिसकेका छन्, उनीहरूको लागि शान्तिको स्थान बनाऊ। धेरैजसो अहिले यही भन्छन्– तपाईको सबैकुरा सुनिसक्यौं, सबै देखिसक्यौं। तर ‘पाइसक्यौं’ यस्तो कसैले भन्दैन। अनुभव गरेँ, पाएँ– यो अहिले भनेका छैनन्। त्यसैले अनुभव गराउने साधन हो– यादमा बसाऊ, शान्तिको अनुभव गराऊ। दुई मिनेट भए पनि शान्तिको अनुभव गरे भने छोड्न सक्दैनन्। त्यसैले दुवै साधन बनाउनु पर्छ। केवल म्युजियम मात्र होइन, शान्ति कुण्डको स्थान पनि। जस्तै आबूमा म्युजियम पनि राम्रो छ तर शान्तिको स्थान पनि आकर्षणवाला छ। यदि चित्रहरूद्वारा बुझेनन् भने पनि दुई घडी यादमा बसाउनाले इम्प्रेशन बदलिन्छ, इच्छा बदलिन्छ। सम्झन्छन्– केही मिल्न सक्छ। प्राप्ति हुन सक्छ। जहाँ पाउने इच्छा उत्पन्न हुन्छ, वहाँ आउनको लागि पनि कदम उठाउन सहज हुन्छ। त्यसैले यस्तो वृद्धिको साधन अपनाऊ।
बाँकी सेवाधारी जब स्वसँग र सबैसँग सन्तुष्ट हुन्छन् भने सेवाको, सहयोगको उमंग-उत्साह स्वत: हुन्छ। भन्नु, गर्नु पर्दैन, सन्तुष्टता सहज नै उमंग-उल्लासमा ल्याउँछ। सेवाधारीको विशेष यही लक्ष्य होस्– सन्तुष्ट रहनु छ र गर्नु छ।
२) सदा सागरको कण्ठमा रहने होलीहंस हौ? हंस सदा सागरको कण्ठमा रहन्छन् र सदा सागरको लहरहरू सँग खेलिरहन्छन्। आफूलाई यस्तो होलीहंस अनुभव गर्छौ? सदा ज्ञान रत्न ग्रहण गर्नेवाला अर्थात् धारण गर्ने, सदा बुद्धिमा ज्ञान रत्नले भरपुर। बाँकी जति पनि व्यर्थ कुरा, व्यर्थ दृश्य... छन्, यो सबै पत्थर हुन्। हंसले कहिल्यै पत्थर लिँदैनन्, सदा रत्नहरूलाई धारण गर्छन्। त्यसैले कहिल्यै पनि कुनै पनि व्यर्थ कुराको प्रभाव नहोस्। यदि प्रभावमा आयौ भने पनि त्यही मनन र त्यही वर्णन हुन्छ। वर्णन, मननद्वारा वायुमण्डल पनि त्यस्तै बन्न पुग्छ। कुरा केही हुँदैन तर वायुमण्डल यस्तो बन्छ, मानौं ठूलो पहाड नै खस्यो। यदि आफ्नो मनमा मनन चल्छ या मुखबाट वर्णन हुन्छ भने सानो कुरा पनि पहाड बन्छ किनकि वायुमण्डलमा फैलिन्छ। यदि त्यस कुरालाई समाहित गरिदियौ, साक्षी भएर पार गर्यौ् भने त्यो कुरा रायो हुन्छ। त्यसैले सदा होलीहंस र सदा सागरको कण्ठमा रहनेवाला बन। सदा यसै स्वरूपको स्मृतिमा रहने गर। सेवाधारीहरूलाई सदा सफलता स्वरूप रहनको लागि बाबा समान बन्नु छ। एकै शब्द याद रहोस्– फलो फादर। जति पनि कर्म गर्छौ, चेक गर– यो बाबाको कार्य हो? यदि बाबाको हो भने मेरो पनि हो, बाबाको होइन भने मेरो पनि होइन। यो चेकिंगको कसौटी सदा साथ रहोस्। त्यसैले फलो फादर गर्नेवाला अर्थात् जो बाबाको संकल्प त्यही मेरो संकल्प, जो बाबाको बोल त्यही मेरो। यसबाट के हुनेछ? जसरी बाबा सदा सफलता स्वरूप हुनुहुन्छ, त्यसैगरी स्वयं पनि सदा सफलता स्वरूप हुन्छौ। त्यसैले बाबाको कदममा कदम राख्दै जाऊ। कोही हिँडिरहेको छ, उसको पछि-पछि गइरह्यौ भने सजिलै पुग्छौ नि। फलो फादर गर्नेहरू मेहनतबाट छुट्छन् र सदा सहज प्राप्तिको अनुभूति भइरहन्छ।
कुमारीहरूसँग:–
१) कुमारीहरूको लक्ष्य के हो? सेवा गर्नको लागि पहिले स्वयंमा सर्व प्राप्तिको अनुभव गरिरहेका छौ? किनकि जति खजाना आफूसँग हुन्छ, त्यति अरूलाई दिन सक्छौ। सधैं यस अलौकिक पढाइमा अटेन्शन दिन्छौ? पढ्नुको साथ-साथै सेवाको पनि चान्स लिन्छौ। सदा आफूलाई गड्ली विद्यार्थी सम्झिएर स्टडीतर्फ अटेन्शन। जति स्वयं स्टडीतर्फ अटेन्शन राख्छौ, त्यति अरूलाई पनि अनुभवी बनेर स्टडी गराउन सक्छौ। यस समयको हिसाबले गृहस्थी जीवन के हो? त्यसलाई पनि देखिरहेका छौ नि! गृहस्थी जीवन मतलब यस बेहदको जेलमा फँस्नु। अहिले फ्री छौ नि! कति बन्धनहरूबाट मुक्त छौ। त्यसैले सदा यस्तो बन्धनमुक्त, जीवनमुक्त स्थितिमा स्थित रहने गर। कहिल्यै पनि यो संकल्प नआओस्– गृहस्थी जीवनको पनि अनुभव गरेर हेरौं। धेरै भाग्यवान हौ, जो कुमारी जीवनमा बाबाको बन्यौ। त्यसैले राइट हेन्ड बन, लेफ्ट हेन्ड होइन।
२) सबै कुमारीहरूले बाबासँग पक्का सौदा गरेका छौ? के सौदा गरेका छौ? तिमीले भन्यौ– बाबा म हजुरको हुँ र बाबाले भन्नुभयो– तिमी मेरो, यो पक्का सौदा गर्यौी? अरू सौदा त गर्दैनौ हैन? दुई नाउमा पाउ राख्नेहरूको के हालत होला! न यहाँको, न वहाँको। सौदा गर्नमा होसियार छौ नि! हेर, दिन्छौ के? पुरानो शरीर, जसलाई सियोले सिलाई गरिरहन्छन्, कमजोर मन जसमा कुनै शक्ति छैन र कालो धन... र लिन्छौ के? २१ जन्मको ग्यारेन्टीको राज्य। यस्तो सौदा त सारा कल्पमा कहिल्यै पनि गरेका छैनौ। त्यसोभए पक्का सौदा गर्यौो? एग्रीमेन्ट लेखिसक्यौ? बापदादालाई कुमारीहरू धेरै प्रिय लाग्छ किनकि कुमारी सरेन्डर भएर टिचर बन्छन्। कुमार सरेन्डर भए पनि टिचर भनिँदैन, सेवाधारी भनिन्छ। कुमारीलाई टिचरको सीट मिल्छ। आज कुमारी, भोलि उनलाई सबैले बाबा समान निमित्त शिक्षकको नजरले हेर्छन्। त्यसैले श्रेष्ठ भयौ नि! कुमारी जीवनमा श्रेष्ठ बन्यौ भने उल्टो सिँढी चढ्नबाट बच्छौ। तिमीहरूलाई न चढ्ने, उत्रिने मेहनत छ। प्रवृत्तिलाई मेहनत गर्नुपर्छ। त्यसैले सदा विश्व कल्याणकारी कुमारी। बापदादा सबैलाई सफलता स्वरूप सम्झनुहुन्छ। एक अर्को भन्दा अगाडि जाऊ। रेस गर, रिस नगर। हरेकको विशेषतालाई देखेर विशेष आत्मा बन। अच्छा!
३) कुमारी वा सेवाधारी सम्झिनुको सट्टा आफूलाई शक्ति स्वरूप सम्झ। सदा आफ्नो शिव शक्ति स्वरूप स्मृतिमा रहन्छ? शक्ति स्वरूप सम्झिनाले सेवामा पनि सदा शक्तिशाली आत्माहरूको वृद्धि हुँदै जान्छ। जस्तो धरनी हुन्छ, त्यस्तै फल निक्लिन्छ। त्यसैले जति आफ्नो स्वयंको शक्तिशाली स्टेज बनाउँछौ, वायुमण्डललाई शक्ति स्वरूप बनाउँछौ, आत्माहरू पनि त्यस्तै आउँछन्। नत्र कमजोर आत्माहरू आउँछन् र उनको लागि धेरै मेहनत गर्नुपर्छ। त्यसैले सदा आफ्नो शिव शक्ति स्वरूप स्मृति भव। कुमारी होइन, सेवाधारी होइन– शिव शक्ति। सेवाधारी त धेरै छन्, यो टाइटल त आजकल धेरैलाई मिल्छ तर तिम्रो विशेषता हो– शिव शक्ति कम्बाइन्ड। यसै विशेषतालाई याद राख्यौ भने सेवाको वृद्धिमा सहज र श्रेष्ठ अनुभव भइरहन्छ। सेवा गर्ने लिफ्टको गिफ्ट जो मिलेको छ, त्यसको रिटर्न दिनु छ। रिटर्न के हो? शक्तिशाली सफलता मूर्त। अच्छा! ओम् शान्ति।
वरदान:
स्वमानमा स्थित रहेर हदको इच्छाहरूलाई समाप्त गर्ने इच्छा मात्रम् अविद्या भव:-
जो स्वमानमा स्थित रहन्छ, उसलाई कहिल्यै पनि हदको मान प्राप्त गर्ने इच्छा हुँदैन। एक स्वमानमा सर्व हदको इच्छा समाहित हुन्छ, माग्ने आवश्यकता रहँदैन। हदको इच्छा कहिल्यै पनि पूर्ण हुँदैन। एक हदको इच्छाले अनेक इच्छाहरूलाई उत्पन्न गर्छ र स्वमानले सर्व इच्छाहरूलाई सहज नै सम्पन्न गरिदिन्छ। त्यसैले स्वमानधारी बन्यौ भने सर्वप्राप्ति स्वरूप बन्छौ, अप्राप्ति वा इच्छाहरूको अविद्या हुन्छ।
स्लोगन:
हर परिस्थितिमा स्वयंलाई मोल्ड गर्नेवाला नै वास्तविक गोल्ड हो।