BK Murli 20 July 2017 Nepali

BK Murli 20 July 2017 Nepali

२०७४ श्रावण ५ बिहीबार २०-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमी पढाइमा कहिल्यै थाक्नु हुँदैन, अथक बन। अथक बन्नु अर्थात् कर्मातीत अवस्थालाई प्राप्त गर्नु। ”  

प्रश्न:

तिमी बच्चाहरूले अहिले कुनचाहिँ प्रतिज्ञा गरेका छौ र किन? कुन बच्चाहरूको पालना यज्ञबाट हुन्छ?

उत्तर:

तिमीले प्रतिज्ञा गरेका छौ– कसैलाई पनि दु:ख दिने छैन। सबैलाई सुखको बाटो बताउनेछु। जसले आफूलाई ट्रस्टी सम्झन्छन् अर्थात् पूरा दिलदेखि सबैथोक समपर्ण गर्छन्। उनीहरू गृहस्थ व्यवहारमा नै रहन्छन्, धन्धा पनि गर्छन् तर ट्रस्टी हुन्छन्। उनीहरू मानौं शिवबाबाको खजानाबाट खान्छन्।

गीत:–

तुम्हीं हो माता...

ओम् शान्ति।

तिमी बच्चाहरूलाई बाबा मिलेको छ, अहिले अनुभवले भन्छौ– वास्तवमा काँडाबाट फूल अरू कसैले बनाउन सक्दैन। दुनियाँ दैवी फूलहरूको परिस्तान थियो। अहिले काँडाको जंगल छ। तिमी बच्चाहरू अहिले जे सुन्छौ, त्यो महावाक्य सुन्छौ। यो सुनाउनेवाला सर्वोच्च बाबा हुनुहुन्छ नि। उहाँको हरेक कुरा महान् छन्। महान् सुखको सागर हुनुहुन्छ। महान् ज्ञानको सागर हुनुहुन्छ। महान् शान्तिको सागर हुनुहुन्छ। बच्चाहरूले राम्रोसँग बुझिसकेका छन्– पहिले हर कुरामा काँडा थियौं। हर कर्मेन्द्रियहरूद्वारा एक अर्कालाई दु:ख नै दिन्थ्यौं। अहिले हामी स्वयं नै कर्मेन्द्रियहरूद्वारा कसैलाई दु:ख नदिने प्रतिज्ञा गर्छौं। जसरी बाबा दु:ख हर्ता सुख कर्ता हुनुहुन्छ, त्यसैगरी बच्चाहरू पनि बन्नुपर्छ। कसैलाई पनि दु:ख दिनु हुँदैन, हर एकलाई सुखधामको नै बाटो बताउनु छ। यी सबै ब्रह्माकुमार कुमारीहरू कसको मतमा चल्छन्? श्रीमतमा। ब्रह्माको मत गाइएको छ। हुन त सबैलाई भनिदिन्छन्– गुरु ब्रह्मा, गुरु विष्णु, तर गुरुलाई फेरि भगवान्‌ भनिदैन। उनीहरूलाई देवता भनिन्छ। माता-पिता पनि उनलाई भन्न सकिँदैन। बाबाले सम्झाउनु भएको छ– लौकिक माता-पिताबाट त अल्पकाल सुखको वर्सा मिल्छ। त्यो मिलेर पनि फेरि पारलौकिक माता-पितालाई याद गर्छन्। ब्रह्मा विष्णु शंकरलाई त याद गर्दैनन्। उनलाई माता-पिता भनिँदैन। उनीहरू त सूक्ष्मवतनवासी हुन् नि। उनलाई ब्रह्मा देवताए नम:, विष्णु देवताए नम: भन्दछन्। यतिका सबै बच्चाहरूले कसैलाई माता-पिता भन्न सक्दैनन्। स्वर्गमा लक्ष्मी नारायणलाई पनि सबैले माता-पिता भन्न सक्दैनन्। यो पारलौकिक माता-पिताको लागि गाउँछन्। तिमी माता-पिता हामी बालक तिम्रो... धेरैजसो आशीर्वाद, कृपा धेरै माग्छन्। अब तिमी बच्चाहरूलाई थाहा छ– बेहदका बाबाले कसरी आशीर्वाद अथवा कृपा गर्नुहुन्छ। यस्तो त भनिदैन आयुष्मान भव, चिरञ्जीवी भव। बाबा त आएर सहज राजयोग र ज्ञानको शिक्षा दिनुहुन्छ। आशीर्वाद वा कृपा भक्तिमार्गमा धेरै दिन्छन् एक अर्कालाई। राम्रो दृष्टि राख्नु, दया दृष्टि राख्नु– यो त परमपिता परमात्मा सिवाय कसैले राख्न सक्दैन। यस्तो होइन कसैलाई हेर्नाले देवता बन्छन्। होइन, यहाँ त यो पाठशाला हो। पाठशालामा पढ्नु पर्ने हुन्छ। 

अहिले तिमीलाई थाहा छ– उही निराकार यस साकार तनमा आउनु भएको छ। मम्मा, बाबा, दादा यो कुटुम्ब भयो नि, ईश्वरीय परिवार। यति ठूलो पाठशाला थोरै शहरबाट टाढा हुनुपर्छ। यहाँ पनि हेर शहरदेखि कति टाढा छ। कति सन्नाटा छ किनकि हामीलाई चाहिन्छ नै शान्ति। हामीलाई जानु छ शान्तिधाम। शान्तिधाम केलाई भनिन्छ, यो अहिले तिमीले बुझेका छौ। आत्मा त हो नै शान्त स्वरूप। मनलाई शान्ति चाहियो, यस्तो भन्न सक्दैनौ। आत्मामा नै मन-बुद्धि छ नि। आत्मा र शरीर अलग-अलग हुन्। नाक, कान आदिलाई शान्ति चाहिँदैन। शान्ति चाहिन्छ आत्मालाई। आत्मामा नै सारा पार्ट भरिएको छ, त्यो इमर्ज तब हुन्छ, जब शरीर मिल्छ। आत्मामा नै सारा खेल भरिएको छ। यति सानो आत्मामा कति पार्ट छ। शरीर मिलेपछि नै त्यो पार्ट खेल्छ। यो पनि अहिले तिमीलाई थाहा छ। वास्तवमा देवी-देवता धर्मको आत्मामा नै ८४ जन्मको पार्ट छ। यो अहिले तिमीले जान्दछौ, सत्ययुगमा जान्दैनौ। यस समय नै गायन गरिन्छ– हीरा जस्तो जन्म अमोलक... किनकि तिमी अहिले ईश्वरीय सन्तान बनेका छौ। मम्मा बाबा भन्छौ नि। अज्ञानकालमा जो गायन गर्थ्यौ– तिमी माता-पिता... यो कसको महिमा हो? यो पनि जानेका थिएनौ। तिमी यथार्थमा अहिले अपार सुखको वर्सा लिइरहेका छौ। अहिले बुझेका छौ– जन्म-जन्मान्तर शास्त्र पढ्दा-पढ्दै पनि तल नै झर्दै आयौं। यो पनि ड्रामामा निश्चित छ। भक्ति गर्नु नै छ, न भक्ति बदल्नु छ, न ज्ञान बदल्नु छ। भक्तिका धेरै सामग्री छन्। वेद शास्त्र अथाह छन्। लिस्ट निकाल्यौ भने लामो हुन्छ। सारा दुनियाँमा के-के गरिरहेका छन्! कति मेला आदि हुन्छन्। अहिले बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! आधाकल्प भक्ति गर्दै-गर्दै थाकिसकेका छौ। यस पढाइमा त थाक्ने कुरा नै छैन, यसमा त अझै खुशी हुन्छ किनकि यहाँ छ कमाई। कमाईमा कहिल्यै आलस्य वा झुट्का आउनु हुँदैन। धारणा कच्चा छ, ज्ञानको महत्त्व थाहा छैन भने सुस्ती आउँछ। बाबाको यादमा बस्दा पनि धेरै कमाई हुन्छ। यसमा थाक्नु छैन। विवेकले भन्छ– तिमी अथक अवश्य बन्नु छ। पुरुषार्थ गर्दै अथक अर्थात् कर्मातीत अवस्थालाई पाउनु छ। अब जसले जति पुरुषार्थ गर्छ। माला कति छोटो छ। प्रजा त धेरै बन्छन्। बाबाले त पुरुषार्थ गराइरहनु हुन्छ। भन्नुहुन्छ– फलो फादर मदर। बच्चाहरू त धेरै छन् नि। प्रजापिता ब्रह्माका पनि एडाप्टेड बच्चाहरू हुन् नि। शिवबाबाका एडाप्टेड बच्चाहरू भनिँदैन। शिवबाबाका बच्चाहरू अर्थात् आत्माहरू त हुन् नै। अज्ञान कालमा पनि शिवबाबा भनिरहन्छन्। तर शिवबाबा को हुनुहुन्छ? उहाँको के पार्ट छ? यो कसैलाई पनि थाहा छैन। शिवबाबा भन्नुहुन्छ– मेरो पनि ड्रामामा पार्ट निश्चित छ। यस्तो होइन जे चाह्यो त्यो गर्छु। मेरो पनि जे पार्ट छ त्यही चल्छ नि। यसमा कृपा वा आशीर्वाद माग्ने कुरा नै छैन। बाबालाई थाहा छ, बच्चाहरूको पालना कसरी गर्नु छ– ज्ञान र योगद्वारा। तिम्रो पालना हो नै ज्ञान र योगको। मलाई भन्छन् नै बाबा किनकि रचयिता हुँ नि। त्यसैले अवश्य बाबा भनिन्छ। लौकिक माता-पिता हुँदा हुँदै पनि पारलौकिक बाबालाई याद गर्छन्। अहिले तिमीलाई थाहा छ– पारलौकिक माता-पिता यसरी हुनुहुन्छ। हामीलाई राजयोग सिकाइरहनु भएको छ। हो, शरीर निर्वाह त सबैले गर्नु नै पर्छ। परहेजको लागि यो सम्झाइन्छ। अपवित्र कुनै वस्तु खानु छैन। बाँकी घरमा त रहनु नै छ। समर्पित भयौ नि, बाबा यो सबैथोक हजुरको हो। बाबाको सबैथोक सम्झेर चल्यौ भने जे खान्छौ, त्यो यज्ञको नै हुन्छ। हामी ट्रस्टी हौं। हामी यज्ञको खान्छौं, त्यो त सतोगुणी नै हुन्छ। यदि अर्पणमय छैनौ, आफूलाई ट्रस्टी मान्दैनौ भने फेरि त्यो यज्ञको भएन। पहिला त आफूलाई ट्रस्टी सम्झनु छ। मनुष्यले भन्दछन् पनि– ईश्वर नै सबैलाई दिनेवाला हुनुहुन्छ। देवताहरूको पूजा गर्छन्। सम्झन्छन्– उनीहरूद्वारा मिल्छ। गुरुबाट मिल्छ, यस्तो पनि सम्झन्छन् तर दिनेवाला सबैलाई एकै बाबा हुनुहुन्छ। सबैका दाता एक हुनुहुन्छ। भक्तिमार्गमा हरेक ईश्वरको पासमा नै बीमा गर्छन्। सम्झन्छन्– अर्को जन्ममा मिल्छ। तिमीले पनि सबैथोक बाबाको पासमा बीमा गर्छौ। यो शिक्षा मिल्छ, अर्को जन्मको लागि। राम्रो कर्मको फल मिल्छ। ईश्वर अर्पणम् गर्छन्। ईश्वरलाई अर्पण अर्थात् इनश्योर गर्छन्। त्यो हो इनडाइरेक्ट र यो हो डाइरेक्ट। उनीहरूले परमपिता परमात्मालाई चिनेका छैनन् त्यसैले सबैथोक अर्पण गर्न सक्दैनन्। यहाँ त सबैथोक अर्पण गरिन्छ। बाबा भन्नुहुन्छ– आफूलाई ट्रस्टी सम्झ। तिमीले जे खान्छौ, सम्झ हामी शिवबाबाको यज्ञबाट खान्छौ। सम्हाल पनि गर्नु पर्ने हुन्छ। कुनै तमोगुणी भोग लगाउन सक्दैनौ। मन्दिरमा पनि शुद्ध भोग लाग्छ। त्यहाँ वैष्णव नै रहन्छन्। विकारी त सबै छन्। निर्विकारी श्रेष्ठ शरीर यहाँ आओस् कहाँबाट? लक्ष्मी-नारायणको श्रेष्ठ शरीर हुन्छ नि। भ्रष्टाचारी विकारीलाई भनिन्छ। अहिले तिमी बच्चाहरूले बुझेका छौ– हामी माता-पिताको सम्मुख बसेका छौं, जसलाई आधाकल्प पुकार्यौअ। आधाकल्प भक्ति गर्नेवाला नै यहाँ आउँछन्। धेरै तेज भक्ति गर्छन्। तिमी बच्चाहरूले फेरि तेज ज्ञान उठाउनु छ। थोरैमा नै राजी हुनु छैन। कति प्वाइन्टहरू दिइन्छ बुझाउनको लागि। वृद्ध माताहरूले त यति बुझ्न सक्दैनन्। उनलाई फेरि बाबा भन्नुहुन्छ– तिमीले कसैलाई केवल यो सम्झाऊ– पारलौकिक बाबाको परिचय छ भने उहाँ बाबालाई याद गर। तिमी भक्त हौ, उहाँ भगवान्‌ हुनुहुन्छ। भगवानुवाच– तिमीले मलाई याद गर्‍यौ भने तिमी मेरो मुक्तिधाममा आउँछौ। कृष्णले भन्छन्– मेरो वैकुण्ठधाममा आउँछौ। पहिला त निर्वाणधाममा जानु छ, त्यसैले अवश्य निराकारी बाबालाई याद गर्नुपर्छ। कृष्ण पनि देहधारी हुन्, उनलाई याद गर्नु मतलब ५ तत्त्वहरूको विनाशी शरीरलाई याद गर्नु। यो त भक्तिमार्ग भयो। अहिले तिमी बच्चाहरूले बुझिसकेका छौ– भक्तिको कति विस्तार छ। सेकेन्डमा यस ज्ञानद्वारा स्वर्गको वर्सा मिल्छ। दिनपछि रात र रातपछि दिन। भक्ति हो रात। ठक्कर खान्छन् नि यसैले नाम नै राखेका छन् अँध्यारो रात। जानेका पनि छन् ब्रह्माको दिन, ब्रह्माको रात। विष्णुको लागि किन भनिँदैन? यो ज्ञान अहिले मिल्छ नै तिमी ब्राह्मणलाई, त्यसैले ब्रह्माको लागि गायन गरिएको छ। ब्रह्माले नै दिन र रातलाई जान्दछन्। ब्रह्माले जान्दछन्– अब रात पूरा भयो, दिन हुनु छ। ब्राह्मणहरूको दिन र रात। यो बुझ्ने कुरा हो नि। विष्णुको लागि यस्तो भनिदैन– रात र दिन। तिमीले भन्न सक्छौ– यस ज्ञानद्वारा नै हामी यति उच्च प्रारब्ध पाउँछौं, फेरि यो ज्ञान लोप हुन्छ। ड्रामामा यो शास्त्र आदि पनि निश्चित छ। फेरि उही शास्त्र बन्छन्, जसको लागि भन्दछन् परम्परादेखि चल्दै आउँछ। यस्तो होइन धर्तीबाट शास्त्र निक्लेर आउँछन्। बाबा आएर सत्य बताउनुहुन्छ। यो भक्ति मार्गको सामग्री फेरि उही निस्कनेछन्। बूढी माताहरूलाई यो पनि याद गराइदेऊ– उच्च भन्दा उच्च हुनुहुन्छ शिवबाबा, जो परमधाममा रहनुहुन्छ। जहाँ आत्माहरू रहन्छन्, त्यो हो उँचा ठाउँ मूलवतन फेरि सूक्ष्मवतनमा छन् ब्रह्मा विष्णु शंकर। फेरि स्थूल वतनमा आयौ भने पहिले लक्ष्मी-नारायणको राज्य हुन्छ, जो नयाँ रचना बाबाले रचिरहनु भएको छ, पतितहरूलाई पावन बनाइरहनु भएको छ। भन्दछन् पनि– पतित-पावन आउनुहोस्। अवश्य सारा सृष्टि पतितहरूको हो, आएर उनीहरूलाई पावन बनाउनुहुन्छ। जो मेहनत गर्छन्, उही पावन दुनियाँमा आउँछन्। मूल कुरा हो आफ्नो बाबा र घरलाई याद गर्नु। सबैलाई यही भन– हे आत्माहरू! अब घर जानु छ, तिमी आत्माहरूलाई लिएर जान्छु। शरीर त सबैको खतम भएर जान्छ। आत्माको नाताले सबै भाइ-भाइ हुन्। भाइ-भाइ हुन् फेरि शरीरको नाताले भाइ-बहिनी हुन्। धेरै मीठो-मीठो कुरा छन्। 

तिमी यहाँ होस्टेलमा बसेका छौ। तिमी यहाँका निवासी हौ। होस्टेलमा यसैले राखिन्छ– बाहिरको खराब सङ्ग नलागोस्। यहाँ तिमीलाई निर्विकारीहरूको सङ्ग छ। अच्छा! आज त ब्रह्माभोजन छ। शिवबाबाले त खानुहुन्न। उहाँ त अभोक्ता हुनुहुन्छ। देवताहरूलाई ब्राह्मणहरूको भोजन मन पर्छ किनकि यस ब्राह्मणहरूको भोजनद्वारा देवता बनेका हुन्। त्यसैले ब्राह्मणहरूको भोजनको कति महत्त्व छ। यसको धेरै असर पर्छ। तिमीलाई पक्का योगीको भोजन मिल्यो भने बुद्धि धेरै राम्रो हुन्छ। सारा दिन शिवबाबाको यादमा रहेर कुनैले स्वदर्शन चक्र फिराउँदै भोजन बनाओस्, यस्तो योगी चाहिन्छ। पवित्र त धेरै हुन्छन्। विधवा माता अथवा कुमारीहरू पनि पवित्र हुन्छन्। तर योगिन पनि हुनुपर्छ। योगिनको भोजन मिल्यो भने तिम्रो धेरै उन्नति हुन्छ। ५-७ यस्तो चाहिन्छ। पछि गएर तिम्रो यस्तो अवस्था हुन्छ। योगमा धेरै मदत मिल्छ। यस्ता बच्चाहरू होऊन्, जो योगमा रहेर भोजन बनाउँछन्। अच्छा! 


धारणाको लागि मुख्य सारः

१) माता-पितालाई अनुसरण गर्दै ज्ञान-योगद्वारा सबैको पालना गर। यसै पालनामा रहनु छ। ज्ञान योगमा तेज जानु छ।

२) पवित्र र योगिनको हातको भोजन खाऊ। बुद्धिलाई शुद्ध बनाउनको लागि भोजनको धेरै परहेज राख्नु पर्छ।

वरदान:

त्रिकालदर्शी स्थितिमा रहेर ड्रामाको हर समयको पार्टलाई देख्ने मास्टर नलेजफुल भव   

त्रिकालदर्शी स्थितिमा स्थित रहेर हेर– हामी के थियौं, के हौं र के हुन्छौं... यस ड्रामामा हाम्रो विशेष पार्ट पूर्व निर्धारित छ। यति स्पष्ट अनुभव होस्– हिजो हामी देवता थियौं र फेरि भोलि बन्नेवाला छौं। हामीलाई तीनै कालको ज्ञान मिल्यो। जस्तै कुनै पनि देशमा जब टप प्वाइन्टमा उभिएर सारा शहरलाई हेर्योे भने मज्जा आउँछ। यसैगरी संगमयुग टप प्वाइन्ट हो, यसमा उभिएर नलेजफुल बनेर हर पार्टलाई हेर्यो भने धेरै मज्जा आउँछ।

स्लोगन:

जो सदा योगयुक्त छन्, उनलाई सबैको सहयोग स्वत: प्राप्त हुन्छ।   



***OM SHANTI***

Google+ Followers