BK Murli 21 July 2017 Nepali

BK Murli 21 July 2017 Nepali

२०७४ श्रावण ६ शुक्रबार २१-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– यो पुरानो दुनियाँ, पुरानो शरीरमा केही आनन्द छैन, त्यसैले यसबाट जीवन छँदै मरेर बाबाको बन, सच्चा पुतली बन।”  

प्रश्न:

संगमयुगको फेशन कुनचाहिँ हो?कुन विधिले गरीबी वा दुःखलाई सहजै बिर्सन सक्छौ?

उत्तर:

यो संगममा नै तिमी बच्चाहरू यहाँ बसी-बसी आफ्नो घर वैकुण्ठको घुमफिर गरेर आउँछौ। यो संगमयुगको नै फेशन हो। सूक्ष्मवतनको रहस्य पनि अहिले नै खुल्छ। अशरीरी बन्ने अभ्यास गर्यौछ भने गरीबी वा दुःख सबै बिर्सिन्छौ। गरीब बच्चाहरूको पासमा नै बाबा आउनुहुन्छ धनवान बनाउन। गरीब बच्चाले नै बाबाको गोद लिन्छन्।

गीत:–

महफिल में जल उठी शमा....

ओम् शान्ति।

आत्माहरूको प्रीत बन्छ आफ्नो पारलौकिक पिता परमपिता परमात्मासँग। जान्दछन्– बाबाले हामीलाई यहाँबाट लैजानुहुन्छ। कसैको आत्माले शरीर छोडेर जान लागेमा बचाउने कोसिस गर्छन्। जसरी सावित्री सत्यवानको कथा बताउँछन्, उनी आत्माको पछि कति लागिन् फेरि शरीरमा आओस् भनेर। तर उनमा ज्ञान त थिएन। तिमीमा ज्ञान छ, हामी हरेकको प्रीत पनि छ उहाँ परमपिता परमात्मासँग। प्रीत किन बनेको छ? मर्नको लागि। यो प्रीत त धेरै राम्रो छ बाबासँग। आत्माहरूले आधा कल्प भक्तिमार्गमा ठक्कर खान्छन्– हामी आफ्नो शान्तिधाम घरमा जाऔं भनेर। हो पनि अवश्य। बाबा पनि भन्नुहुन्छ– अशरीरी बन, मर। आत्मा शरीरबाट अलग भयो भने त्यसलाई मरेको भनिन्छ। बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यो दुनियाँ अथवा यो बन्धनबाट मर अर्थात् मेरो बन। यो पुरानो दुनियाँ, पुरानो शरीरमा कुनै आनन्द छैन। यो त धेरै फोहोरी दुनियाँ हो। वास्तवमा रौरव नर्क हो। तिमी बच्चाहरूलाई भन्नुहुन्छ– अब मेरो बन। म आएको छु सुखधाममा लैजान, जहाँ दु:खको नाम रहँदैन त्यसैले खुशीले पुतली बन। पुतलीहरू खुशीले आउँछन् नि– उड्दै-उड्दै। कुनै यस्ता पुतली हुन्छन् दीपक बलेपछि जन्मिन्छन्, दीपक निभ्छ अनि मर्छन्। दीपमालामा थुप्रै साना-साना पुतली हरियो रंगका आउँछन्। बत्तीमाथि आसक्त हुन्छन्। बत्तीमा जानासाथ मर्छन्। अब बाबा त महाज्योति हुनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी पनि पुतली जस्तै आसक्त बन। तिमी त चैतन्य मनुष्य हौ, जति पनि देहका बन्धन छन्, तिनलाई जीवन छँदै छोड। आफूलाई आत्मा सम्झिएर मसँग योग लगाऊ। खुशीमा रह्यौ भने यो शरीरको भान छुट्छ। म आत्मा यो दुनियाँलाई छोडेर आफ्नो घर जान्छु। यो दुनियाँ अब कुनै कामको छैन, यससँग दिल नलगाऊ। यो दुनियाँमा धेरै गरीब छन्। गरीब नै दु:खी हुन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब अशरीरी बन। हामी आत्मा वहाँ शान्तिधाममा रहनेवाला हौं। अहिले त त्यो शान्तिधाममा कोही जान सक्दैन, जबसम्म पवित्र बन्दैनन्। यतिबेला सबैका पखेटा भाँचिएका छन्। सबैभन्दा बढी उनीहरूको भाँचिएको छ, जसले आफूलाई भगवान् मानेर बसेका छन्। त्यसैले उनीहरूले कहाँ लैजान्छन्‌? स्वयं नै जान सक्दैनन् भने तिम्रो सद्गति कसरी गर्छन्। त्यसैले भगवान्‌ले भन्नु भएको छ– यी साधुहरूको पनि मैले उद्धार गर्नु छ। केवल उनीहरूले सम्झन्छन् कृष्ण भगवानुवाच, तर हो शिव भगवानुवाच। शिव हुनुहुन्छ नै अशरीरी। अवश्य प्रजापिता ब्रह्माको मुखद्वारा नै सम्झाउनुहुन्छ। मनुष्यहरूको रचना प्रजापिता ब्रह्माद्वारा हुन्छ। यो त सबैले मान्दछन्। कसैसँग पनि सोध, उनीहरूलाई महसुस होस्– वास्तवमा पिताले बच्चाहरूलाई किन रच्छन्? पिताले रच्छन् वर्सा दिनको लागि। ब्रह्माद्वारा ब्राह्मणहरूलाई रच्नु भएको छ। तिमीलाई थाहा छ– बाबाले हामीलाई पढाउनुहुन्छ, राजयोग सिकाउनुहुन्छ स्वर्गको मालिक बनाउनको लागि। बाबा आउनुहुन्छ दुनियाँलाई बदल्न। नर्कलाई स्वर्ग बनाउन। मनुष्य सृष्ठिलाई दैवी सृष्ठि बनाउन। त्यही सुख दिन आउनुहुन्छ नि। हुन त मनुष्य यहाँ पदमपति छन्, महल आदि छन्, तर तिमीले जुन पढाइ पढ्छौ त्यसबाट तिमीले उच्च पद पाउँछौ। शारीरिक पढाइ पढ्नेले सम्झन्छन्– हामी वकिल बन्छौं। हामी आई. ए. एस. बन्छौं। तिम्रो बुद्धिमा छ– हामीलाई शिवबाबाले पढाउनुहुन्छ विश्वको मालिक बनाउनको लागि। कति उच्च पद छ। त्यो पनि २१ जन्म कहिल्यै रोगी बन्दैनौ। अकाले मृत्यु हुँदैन। तर कसको? जुन पुतलीले बाबालाई आफ्नो बनाउँछन्। बाबाको गोद लिन्छन्। धनवानले त गरीबको गोद लिँदैनन्। गरीबका बच्चाले धनवानको गोद लिन्छन्। अहिले त सबै बिलकुल गरीब छन्। तिमीलाई थाहा छ– यी महल आदि सबै खतम हुन्छन्, माटोमा मिल्छन्। हामी नै विश्वको मालिक बन्नेछौं। मालिक थियौं, अहिले छैनौं फेरि बन्छौं। सारा सृष्टिको मालिक अरू कोही बन्दैन। 

तिमी सारा विश्वको मालिक बन्छौ २१ जन्मको लागि। सुख त सबैको लागि हुन्छ। यहाँ त अल्प आयुमा नै मर्छन्। धेरै यस्ता पनि हुन्छन् जो राजाकहाँ जन्म लिनासाथ मर्छन्। राजाई मानौं जन्म लिँदासम्म मात्र मिल्यो। अहिले तिमी बच्चाहरूलाई थाहा छ– यहाँ हामी बसेका छौं बेहद बाबाको सम्मुख। आत्माले शरीर धारण गरेर पार्ट खेलिरहन्छ। अहिले जान्दछौं– हाम्रो आत्माका बाबा आउनु भएको छ। पुरानो बन्धनबाट छुटाएर नयाँ सम्बन्धमा जोड्नको लागि। यथार्थमा तिमी सूक्ष्मवतन, वैकुण्ठ आदिमा जान्छौ, मिल्छौ, झुल्छौ। तिम्रो सम्बन्ध भएको छ बेहदको। यो कस्तो राम्रो फेशन छ। आफ्नो घर जान सक्छौ। मीराको पनि वैकुण्ठ घर थियो नि। चाहन्थिन् वैकुण्ठजाऊँ। यहाँको घर होइन। यहाँ त बिलकुल गरीब छन्। केही पनि तिम्रो पासमा छैन। विष्णुपुरी हाम्रो धेरै उच्च देश हो। सुनको विश्व थियो, अहिले छैन। जब थियो त्यसको महिमा गर्छन्। अहिले त सुनको के हालत भएको छ। गहना आदि सबै लैजान्छन्। बिचराहरूले लुकाएर राख्छन्, कतै डाँकुले नलुटोस् भनेर। वहाँ त अथाहा सुन हुन्छ। निशानीहरू पनि छन्। सोमनाथको मन्दिरमा निशानीहरू छन्। मुसलमानहरूले लगेर मणि आदि चिहानमा लगाए। अंग्रेजहरूले पनि लगे। निशानीहरू छन्। त्यसैले हामी कति धनवान थियौं। अहिले हेर हाम्रो के हालत छ। अहिले तिमी बच्चाहरूलाई थाहा छ– बाबाको बनेका छौं स्वर्गको मालिक बन्न। बाबा आउनु भएको छ। पहिले पनि आउनु भएको थियो। शिवरात्रि मनाउँछन्। रात्रि त कृष्णको पनि भन्छन्। शिवको रात्रि पनि भन्छन्। थोरै मात्र फरक छ। यो कुरालाई अहिले तिमी बच्चाहरूले नै जान्दछौ, कृष्णको जन्म त दिनमा होस् वा रातमा होस्– यसमा के नै फरक पर्छ? रात्रि कृष्णको मान्नु वास्तवमा गलत हो, रात्रि हो शिवको। तर यो हो बेहदको कुरा हो, शिव भगवानुवाच। उनीहरूले शिवलाई भुलेर कृष्णको रात्रि लेखिदिएका छन्। जब रात पूरा हुन्छ, तब दिन सुरु हुन्छ। बाबा आउनुहुन्छ नै बेहदको दिन बनाउन। ब्रह्माको दिन, ब्रह्माको रात हुन्छ। ब्रह्मा कहाँबाट आए? गर्भबाट त निस्किएनन्। ब्रह्माका माता-पिता को हुन्? कति विचित्र कुरा छ। बाबाले आफ्नो बनाउनुहुन्छ। यिनलाई आमा पनि बनाउनुहुन्छ, बच्चा पनि बनाउनुहुन्छ। माताले नै आफ्नो बनाउँछिन् त्यसैले गायन गरिन्छ तिमी माता पिता... हामी सबै आत्माहरू हजुरका बच्चा हौं। आत्माले नै पढ्छ, यी कर्मेन्द्रियद्वारा सुन्छ। बच्चाहरूले यो याद बिर्सिन्छन्। देह-अभिमानमा आउँछन्। बाबाले सम्झाउनुहुन्छ– तिमी आत्मा अविनाशी हौ। शरीर विनाशी हो। बाबाले सम्झाउनु भएको छ– मलाई याद गर। यो तिम्रो अन्तिम जन्म हो, जुन हीरा तुल्य छ। जो बाबाको बन्छन्, उनीहरूको हीरा तुल्य जीवन हुन्छ। तिम्रो आत्मा शरीरको साथ परमपिता परमात्माको बनेको छ। अब आत्मा हीरा जस्तो बन्छ अर्थात् सक्कली सुन बन्छ, २४ केरेटको। अहिले त कुनै केरेट रहेको छैन। अहिले तिमी बच्चाहरूलाई सम्मुख बसेर सुन्दा मधुबनको भासना आउँछ। यहाँ नै मुरली चल्छ। भन्न त बाबा पनि भन्छौ तर यति मजा आउँदैन, किनकि मुरली सुनेर फेरि मित्र-सम्बन्धी आदि मायाको राज्यमा जान्छौ। यहाँ त भट्ठीमा रहन्छौ। यहाँ त राजाईको प्राप्तिको लागि पढिरहेका छौ। यो तिम्रो रहनको लागि होस्टेल हो। घरमा पनि र बाहिरका पनि कति आएर रहन्छन्। यहाँ तिमी स्कूलमा बसेका छौ। गोरखधन्दा आदि केही पनि छैन। आपसमा नै कुराकानी गरिरहन्छन्। एकातिर छ सारा दुनियाँ, अर्कोतिर तिमी छौ। 

बाबा बसेर सम्झाउनुहुन्छ तिमी आत्माहरूको प्रीतम एक हुनुहुन्छ। आत्माले नै उहाँलाई याद गर्छ। भक्तिमा कति भट्किन्छन् निराकार बाबासँग मिल्नको लागि, किनकि दु:खी छन्। सत्ययुगमा भट्किँदैनन्। अहिले त कति धेरै चित्र बनाएका छन्, जसलाई जे आयो त्यही चित्र बनाए। गुरुहरूको कति मान छ। सम्झन्छन् जसरी ती गुरुहरू छन्, त्यस्तै यहाँ पनि यी गुरु हुन्। जसरी साधु वासवानी पहिला टिचर थिए, पछि साधु बने। गरीबहरूको सेवा गरे। अहिले उनको पासमा कति लाखौं रुपैया आउँछ। मनुष्यले सम्झन्छन् जसरी अरू आश्रम छन्, त्यस्तै यो पनि आश्रम हो। तर तिमीलाई थाहा छ– यहाँ बाबा आउनुहुन्छ नै ब्रह्माको तनमा। अवश्य ब्रह्माकुमार-कुमारीहरू चाहिन्छन्। ब्रह्माको मुख वंशावली चाहियो नि, जसद्वारा रुद्रयज्ञ रचियोस्‌। यो हो रुद्र शिवबाबाको यज्ञ। अब एकलाई नै याद गर्नु छ। यहाँ त मनुष्यबाट देवता बन्ने कुरा छ। यस्तो कुनै सतसंग छैन जहाँ यस्तो कुरा होस्– मनुष्यबाट देवता बन्नु छ। तिमीलाई नै स्वर्गको बादशाही मिल्छ। तिम्रो कुराले मनुष्य हाँस्छन्– यो कसरी हुन सक्छ? फेरि जब पूरा बुझ्दछन् फेरि भन्छन्– कुरा त सही हो। वास्तवमा भगवान्‌ पिता हुनुहुन्छ नि। बाबाबाट वर्सा मिल्छ। हामी विश्वको मालिक थियौं। अहिले हेर के हालत छ। कसैलाई पनि भन उहाँ बाबा हुनुहुन्छ, स्वर्ग रचयिता हुनुहुन्छ फेरि हामी स्वर्गको मालिक किन बन्दैनौं? नर्कमा किन बसेका छौं? अहिले त रावण राज्य छ, सत्ययुगमा रावण हुँदैन। अहिंसा परमो धर्म हुन्छ। त्यसलाई विष्णुपुरी भनिन्छ। तर जान्दैनन् विष्णुपुरी अर्थात् स्वर्गपुरी हो। तिमी बच्चाहरूलाई थाहा छ– विष्णुपुरीमा लैजानको लागि बाबा आएर पढाउनुहुन्छ। भन्नुहुन्छ– म एकलाई याद गर। परमपिता परमात्मा आएर ब्रह्मा विष्णु शंकरद्वारा आफ्नो कर्तव्य गराउनुहुन्छ। स्पष्ट लेखिएको छ। विष्णुपुरी भन वा कृष्णपुरी भन कुरा एउटै हो। लक्ष्मी-नारायण बचपनमा राधा-कृष्ण हुन्छन्। यी प्रजापिता ब्रह्मा त साकारी हुन् नि। सूक्ष्मवतनमा त प्रजापिता भनिँदैन। प्रजापिता ब्रह्माद्वारा एडप्सन हुन्छ। बाबाले आफ्नो बनाउनुहुन्छ। कति सहज कुरा छ। केवल त्रिमूर्तिको चित्र आफ्नो घरमा राख। त्यसमा लेखिएको पनि होस्। गायन पनि छ– ब्रह्माद्वारा स्थापना... तर त्रिमूर्ति ब्रह्मा भनेर बाबा शिवलाई गुम गरिदिएका छन्‌। अहिले तिमीले जान्दछौ– उहाँ हुनुहुन्छ निराकार परमपिता परमात्मा, यिनी हुन् प्रजापिता ब्रह्मा। ब्रह्मालाई देवता पनि भनिन्छ। देवता तब भनिन्छ, जब सम्पूर्ण फरिश्ता बन्छन्। तिमीलाई अहिले देवता भनिँदैन। देवताहरू हुन्छन् सत्ययुगमा। तिम्रो हो दैवी धर्म। ब्रह्मा विष्णु शंकर देवताए नम: भन्छन्, न कि ब्रह्मा परमात्माए नम: भन्छन्। जब यिनीहरूलाई नै देवता भन्छन् फेरि आफूलाई परमात्मा किन भन्छन्‌? सबै परमात्माका रूप हुन्, यस्तो कसरी हुन सक्छ? यो पनि ड्रामामा निश्चित छ। उनीहरूको पनि कुनै दोष छैन। अब उनीहरूलाई बाटो कसरी देखाउने? भक्तहरू सबैले भुलेका छन्। किसिम-किसिमका अनगिन्ती बाटो बताउँछन्। अब बाबा सम्झाउनुहुन्छ– मृत्यु सामुन्ने खडा छ। वर्सा लिनु छ भने ब्रह्मा विना शिवबाबासँग वर्सा मिल्न सक्दैन। सबैले उहाँ एक प्रीतमलाई बोलाउँछन्। म कल्प-कल्प यो संगममा आउँछु। म हुँ पनि बिन्दु। हेर मलाई कसरी तुलना गर्छन्! कति सानो आत्मामा अविनाशी पार्ट छ। यो भावी हो। अच्छा! 


धारणाको लागि मुख्य सारः

१) आफूलाई आत्मा सम्झिएर दिलको प्रीत एक बाबासँग लगाउनु छ। यो दुनियाँ कुनै कामको छैन त्यसैले यसलाई बुद्धिद्वारा भुल।

२) आफ्नो जीवनलाई हीरा तुल्य बनाउनको लागि एक बाबामा पूरा-पूरा आसक्त हुनु छ। मेरो त एक शिवबाबा दोस्रो न कोही– यो पाठ पक्का गर्नु छ।

वरदान:

संगमयुगमा हर समय, हर संकल्प, हर सेकेन्डलाई समर्थ बनाउने ज्ञान स्वरूप भव   

ज्ञान सुन्नु र सुनाउनुको साथ-साथै ज्ञानलाई स्वरूपमा ल्याऊ। ज्ञान स्वरूप उही हो जसको हरेक संकल्प, बोल र कर्म समर्थ हुन्छ। सबै भन्दा मुख्य कुरा– संकल्प रूपी बीजलाई समर्थ बनाउनु हो। यदि संकल्प रूपी बीज समर्थ छ भने वाणी, कर्म, सम्बन्ध सहजै समर्थ हुन्छ। ज्ञान स्वरूप अर्थात् हरेक समय, हरेक संकल्प, हरेक सेकेण्ड समर्थ होस्। जसरी प्रकाश हुँदा अँध्यारो हुँदैन। त्यस्तै समर्थ छ भने व्यर्थ हुन सक्दैन।

स्लोगन:

सेवामा सदा हुन्छ हजुर गर्नु – यही प्यारको सच्चा सबूत हो।   



***OM SHANTI***

Google+ Followers