BK Murli 22 July 2017 Nepali

BK Murli 22 July 2017 Nepali

२०७४ श्रावण ७ शनिबार २२-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे–‌ तिमी मास्टर प्यारको सागर बन्नु छ, कहिल्यै पनि कसैलाई दुःख दिनु हुँदैन, एक अर्कासँग धेरै प्यारसँग रहनु छ।”  

प्रश्न:

मायाले चल्दा चल्दै कुन बच्चाहरूको गला एकदम दबाइदिन्छ?

उत्तर:

जो साना कुरामा पनि संशय गर्छन्, काम वा क्रोधको ग्रहचारी बस्छ, मायाले उनीहरूको गला दबाइदिन्छ। उनीहरूमाथि फेरि यस्तै ग्रहचारी बस्छ जसकारण पढाइ नै छोडिदिन्छन्। बुद्धिमा नै आउँदैन–‌ जुन पढ्थें पढाउँथें त्यो सबै कसरी भुलियो। बुद्धिको ताला नै बन्द हुन जान्छ।

गीत:–

तू प्यार का सागर है……

ओम् शान्ति।

यो बाबाको महिमा हो। बच्चाहरूले जानेका छन्–‌ भक्तहरूले त यत्तिकै गीत गाउँछन्। तिमी बच्चाहरूलाई थाहा छ–‌ बाबा कति प्यारको सागर हुनुहुन्छ। सबै पतितलाई पावन बनाउनुहुन्छ। सबै बच्चाहरूलाई सुखधामको वर्सा दिनुहुन्छ। तिमीले बुझ्दछौ हामीले वर्सा लिइरहेका छौं। आधाकल्प मायाको राज्य हुँदा यस्तो प्यारो बाबा हुनुहुन्न। बेहदको बाबा प्यारको सागर हुनुहुन्छ। प्यारको, शान्तिको, सुखको सागर कसरी हुनुहुन्छ, यो तिमीले अहिले जान्दछौ। प्राक्टिकलमा तिमी बच्चाहरूलाई सबै कुरा मिलिरहेको छ। भक्तहरूलाई मिल्दैन। उनीहरूले केवल गाउँछन्, याद गर्छन्। अहिले त्यो याद पूरा हुन्छ। बच्चाहरू सम्मुख बसेका छन्। सम्झन्छन्–‌ बेहदको बाबाको नै वास्तविक गायन छ। अवश्य उहाँ बाबाले यति प्यार दिएर जानु भएको हुनुपर्छ। सत्ययुगमा पनि हरेकले एक अर्कालाई धेरै प्यार गर्छन्। जनावरमा पनि एक आपसमा प्यार हुन्छ। यहाँ त त्यो छैन। उहाँ यस्ता कुनै जनावर हुँदैनन् जो आपसमा प्यारसँग नरहून्। तिमी बच्चाहरूलाई पनि सिकाइन्छ, यहाँ प्यारको मास्टर सागर बन्यौ भने त्यो संस्कार तिमीहरूको अविनाशी बन्छ। यहाँ सबै एक आपसमा दुश्मन छन् किनकि रावण राज्य हो। बाबा भन्नुहुन्छ– कल्प पहिलेजस्तै हुबहु तिमीलाई धेरै प्यारो बनाउँछु। कहिल्यै कसैको आवाज सुनिन्छ–‌ यसले रिस गर्छ भने बाबा शिक्षा दिनुहुन्छ–‌ बच्चाहरू रिस गर्नु ठीक होइन, यसबाट तिमी पनि दुःखी हुन्छौ भने अर्कोलाई पनि दुःखी बनाउँछौ। जसरी लौकिक बाबाले पनि बच्चाहरूलाई शिक्षा दिनुहुन्छ, उनीहरू हुन्छन् हदका सुख दिनेवाला। यी बाबा हुनुहुन्छ बेहदको र सदाकालको सुख दिनेवाला। त्यसैले तिमी बच्चाहरूलाई एकले अर्कालाई दुःख दिनु हुँदैन। आधाकल्प धेरै दुःख दिएका छौ। रावणले धेरै बिगारेको छ। जो जसमाथि चढ्छ उसलाई लुट्दछन्। अहिले तिमीलाई प्रकाश मिल्छ। यो ड्रामाको चक्र घुमिरहन्छ। यदि तिमी ज्ञानको विस्तारलाई बुझ्दैनौ भने दुई अक्षर मात्र याद गर। बेहदको बाबाबाट हामीलाई यो वर्सा मिल्छ। जति जो बाबालाई याद गरेर कमल फूलसमान पवित्र रहन्छौ अर्थात् विकारमाथि जित पाउँछौ त्यति वर्साको अधिकारी बन्छौ। विकार पनि अनेक प्रकारका हुन्छन्। श्रीमतमा नचल्नु, त्यो पनि विकार हो। श्रीमतमा चल्नाले तिमी निर्विकारी बन्छौ। मामेकम् याद गर्नु छ अरू कसैलाई याद गर्नु हुँदैन। बाबा यिनीद्वारा भन्नुहुन्छ–‌ हे बच्चाहरू म आएको छु, सबैलाई लिएर जानेवाला हुँ। हरेक धर्ममा नम्बरवार छन्। पोपको कति मान छ। यस समय त सबै अन्धश्रद्धामा छन्। तिमी सिवाय एक बाबाको र कसैलाई मान दिन सक्दैनन्। सबै मानव निर्मित हुन्। यस समय सबै पुनर्जन्म लिदै- लिदै पतित बनेका छन्। जति पनि मनुष्यमात्र छन् उनीहरूलाई अन्त्यमा पूरै पतित बन्नु नै छ। पतित- पावन नाम भन्छन् तर डिटेलमा बुझ्दैनन्। यो पतित दुनियाँ हो भने त्यसको के मान हुन्छ। जसरी पोप फस्ट, सेकेन्ड, थर्डमा हुँदै आएका छन्, उत्रँदै आएका छन्। उनीहरूलाई नम्बरवार देखाउँछन् फेरि पनि त्यो नम्बरवार नै आफ्नो पद लिन्छन्। यस चक्रलाई तिमीहरूले राम्रोसँग जान्दछौ। यहाँ आउने बित्तिकै बेहदका बाबाको पासमा, जसबाट वर्सा लिनु छ। साकार विना त वर्सा मिल्दैन। 

बाबा भन्नुहुन्छ– देहधारीलाई याद नगर। उच्चभन्दा उच्च एक बाबालाई नै याद गर्नु छ। कति ठूलो आदेश छ–‌ बच्चाहरू मामेकम् याद गर। देहधारीलाई याद गर्यौ भने उनको यादका कारण फेरि पुनर्जन्म लिनुपर्छ। तिमीहरूको यादको यात्रा रोकिन्छ। विकर्म विनाश हुँदैन। धेरै घाटा पर्छ। धन्दामा फाइदा पनि हुन्छ, घाटा पनि हुन्छ। निराकार बाबालाई जादुगर, सौदागर पनि भनिन्छ। तिमीहरूले जान्दछौ– दिव्य दृष्टिको चाबी बाबाको हातमा छ। अच्छा जे जति देख्छौ, कृष्णको साक्षात्कार गर्यौि, यसबाट के फाइदा छ? केही पनि छैन। यो त ड्रामा चक्रलाई जान्नु पढाइ हो नि। जति बाबालाई याद गर्छौ, चक्रलाई फिराउँछौ त्यति उच्च पद पाउँछौ। अहिले तिमी मेरो बच्चा बनेका छौ। याद आउँछ नि, म हजुरको थिएँ। हामी आत्मा परमधाममा रहन्थ्यौं। वहाँ भन्ने पनि कुरा रहँदैन। ड्रामा आफैं चलिरहन्छ। जसरी एउटा माछाको खेलौना देखाउँछन् नि। त्यसमा तारमा माछालाई उनेको हुन्छ। यसो गर्दा बिस्तारै-बिस्तारै तल उत्रिन्छ। त्यसरी नै जति पनि आत्माहरू छन् सबै ड्रामाको तारमा बाँधिएका छन्। चक्र लगाइरहन्छन्। अहिले चढ्छ फेरि उत्रन थाल्दछ। तिमीलाई थाहा छ– अहिले हाम्रो चढ्ती कला हो। ज्ञानसागर बाबा आउनु भएको छ–‌ चढ्ती कला फेरि उत्रिने कलालाई तिमीहरूले जानेका छौ। कति सहज छ। उत्रने कलाले कति समय लिन्छ। फेरि कसरी चढ्ती कला हुन्छ। तिमीहरू जान्दछौ–‌ बाबा आएर पल्टाइदिनुहुन्छ। पहिले-‌पहिले हुन्छ आदि सनातन देवी- देवता धर्म फेरि अरू धर्म आइरहन्छन्। तिमी बच्चाहरूले जानेका छौ–‌ हाम्रो चढ्ती कला छ। उत्रने कला पूरा भयो। तमोप्रधान दुनियाँमा धेरै दुःख छ। यो तूफान आदि त केही पनि होइन। तूफान त यस्तो लाग्नेछ जसकारण ठूला-‌ठूला महल गिर्नेछन्। धेरै दुःखको समय आउनेवाला छ। यो विनाशको समय हो। हाय-‌हाय त्राहि- त्राहि गरिरहन्छन्। सबैको मुखबाट हाय राममात्र निस्कने छ। भगवान्‌लाई मात्र याद गर्नेछन्। फाँसीमा चढ्दा पनि पादरी आदिले भन्छन्–‌ गड फादरलाई याद गर्नुहोस्। तर जान्दैनन्। आत्मालाई पनि यथार्थसँग चिन्दैनन्। म आत्मा के चीज हुँ? के पार्ट खेल्छु? केही जान्दैनन्। आत्मा कति सानो छ। भन्छन्– ताराजस्तै सानो छ। आत्माको साक्षात्कार धेरैलाई हुन्छ। धेरै सानो लाइट छ। बिन्दुजस्तै सेतो लाइट छ। त्यसलाई दिव्य दृष्टि विना कसैले देख्न सक्दैन। यदि देखिहाल्यो भने पनि कसैको समझमा आउँदैन। ज्ञान सिवाय केही पनि समझमा आउँदैन। साक्षात्कार त धेरै हुन्छन्। यो कुनै ठूलो कुरा होइन। यहाँ त बुद्धिद्वारा बुझ्न सक्छौ। बाबा यथार्थसँग नै सम्झाउनुहुन्छ अरू कसैका बुद्धिमा यो कुरा छैन–‌ हाम्रो आत्मामा ८४ जन्मको पार्ट निश्चित भएको छ। जो ब्राह्मण बच्चा बन्छन्, उनीहरूलाई मात्र बाबाले सम्झाउनुहुन्छ र उनीहरूको नै ८४ जन्म हुन्छ। अरू कसैका बुद्धिमा बस्दैन। तिमीले एक्युरेट बुझेका छौ–‌ ८४ जन्मको चक्र छ। पहिले-पहिले गायन छ ब्राह्मणहरूको, मुख वंशावली ब्राह्मण हुन् नि। यो अरू कसैले जान्दैन। ब्रह्माकुमार- कुमारी सामान्य कुरा भएको छ। कसैले पनि बुझ्दैन–‌ यो संस्था के हो? यो नाम किन राखिएको हो। प्रजापिता ब्रह्मा नाम राख्नाले फेरि कसैलाई प्रश्न उठ्छ। तिमीले भन्न सक्छौ–‌ शिवबाबाका बच्चाहरू सबै भाइ-‌भाइ हुन्। फेरि प्रजापिता ब्रह्माका बच्चा भाइ- बहिनी हुन्। यो बुझेपछि फेरि प्रश्न उठ्दैन। बुझ्नेछन् नयाँ दुनियाँ स्थापना हुन्छ। वास्तवमा ब्रह्माद्वारा तिमी पतितबाट पावन बनिरहेका छौ। यो जुन रक्षा-‌बन्धन आदि मनाइन्छ, यो पुरानो चलन चल्दै आउँछ। अहिले तिमी अर्थलाई बुझ्दछौ जति पनि यादगार छन्, सबैको तिमीलाई यस समयमा ज्ञान मिल्छ। सत्ययुगमा कहाँ रामनवमी मनाइन्छ र! वहाँ मनाउने कुरा नै रहँदैन। वहाँ त ज्ञान नै रहँदैन यो पनि थाहा हुँदैन–‌ हाम्रो उतरती कला हो। सुखमा जन्म लिइरहन्छन्। वहाँ हुन्छ नै योगबलबाट जन्म। विकारको नाम नै हुँदैन किनकि रावणको राज्य नै छैन। वहाँ त सम्पूर्ण निर्विकारी छन्। पहिलेबाटै साक्षात्कार हुन्छ। नत्र भने कसरी सिद्ध हुन्छ–‌ एक पुरानो शरीर छोडेर अर्को नयाँ लिन्छन्। यहाँबाट तिमीहरू पहिले शान्तिधाम जान्छौ। बच्चाहरूलाई थाहा छ–‌ त्यो हाम्रो घर हो–‌ त्यसलाई नै शान्तिधाम भनिन्छ। त्यो त हाम्रो अथवा बाबाको घर हो। जुन बाबालाई याद गर्छन्। बाबादेखि नै बिछोडिएका हुन् यसैले याद गर्छन्। सुखमा त बाबाको याद पनि आउँदैन। हो नै सुखको दुनियाँ। बाबा आफ्नो धाममा रहनुहुन्छ, जस्तो कि वानप्रस्थमा जानुहुन्छ। दुनियाँमा त जब बूढा हुन्छन् तब वानप्रस्थ लिन्छन्। तर परमपिता परमात्मालाई बूढो कहाँ भनिन्छ र! बूढो वा जवान शरीर हुन्छ। आत्मा त उही हो। आत्मामा मायाको परछायाँ पर्छ। तिमीले सबै कुरा जानेका छौ, पहिले जान्दैनथ्यौ। रचयिता रचनाको राज बाबाले सम्झाउनु भएको छ। 

तिमी बच्चाहरू सामुन्ने बसेका छौ। उनीहरूको महिमा धेरै छ। राष्ट्रपति राष्ट्रपति हो। प्रधान मन्त्री, प्रधान मन्त्री हो। सबैलाई आ-‌‌आफ्नो पार्ट मिलेको छ। बाबालाई उच्चभन्दा उच्च भनेर गाइन्छ। त्यसैले अवश्य हामीलाई उच्चभन्दा उच्च वर्सा मिल्नुपर्छ नि। कति बुझ्नुपर्ने कुरा छ। जसरी बाबाले सम्झाउनुहुन्छ बच्चाहरूले पनि सम्झाउनु छ। पहिले बाबाको परिचय दिनु छ, वर्सा पनि बाबाबाट मिल्छ। तिमीहरूको हो प्रवृत्ति मार्ग त्यसैले बुद्धिमा चक्र घुम्नुपर्छ। सेवा अवश्य गर्नुपर्छ। दिन- प्रतिदिन धेरै सहज हुँदै जान्छ, तब त प्रजाको वृद्धि हुन्छ नि। सहज मिल्यो भने निश्चय हुन्छ। नयाँ–नयाँहरूले राम्रो उन्नति गरिरहेका छन्, पूरा निश्चय बस्छ। नम्बरवार पुरुषार्थ अनुसार सबैको पार्ट चलिरहेको छ। हर एकले सच्चा कमाई गर्ने पुरुषार्थ गरिरहेका छन्। सच्चा र झुटो कमाईमा फरक त छ नि। सच्चा रत्न टाढाबाट नै चम्कन्छ। आजकल मनुष्यलाई पैसा राख्न कति गार्होब छ। कहाँ लुकाउने, कहाँ राख्ने। धन हुन्छ, समय यस्तो आउँछ जतिखेर केही गर्न सकिँदैन। तिमी बच्चाहरूको पनि नम्बरवार बुद्धिको ताला खुल्दै जान्छ। कहीँ न कहीँ ग्रहचारी बस्यो भने संशय आइहाल्छ। पढाइ नै छोडिदिन्छन्– समझमा नै आउँदैन। म त पढ्थेँ, पढाउँथेँ, अहिले के भएको छ। थोरैमात्र पनि संशय आयो भने गला नै रोकिन्छ। बाबामा संशय भयो, विकारमा गयो भने एकदम गिर्न पुग्छ। काम र क्रोध सबैभन्दा ठूला दुश्मन हुन्। मोह पनि कम छैन। यस्तो होइन– संन्यासीलाई आफ्नो जीवनको स्मृति नरहँदो हो। सबै स्मृति रहन्छ। ज्ञानी आत्मा बच्चाले इसाराले नै बुझ्दछन्। कसरी भोग लगाउँछन्। को आउँछ, के हुन्छ? सेकेन्ड बाइ सेकेन्ड ड्रामा चलिरहन्छ। ड्रामामा निश्चित छ– कल्प पहिले जे भएको थियो, त्यही गर्नेछन्, इमर्ज हुन्छ। ड्रामाको पार्ट सेकेन्ड बाइ सेकेन्ड खुल्दै जान्छ। मुख्य हो बाबाको याद जसबाट विकर्म विनाश हुन्छ। जति बाबाको यादमा लागिरहन्छौ त्यति विकर्म विनाश भइरहन्छ। नत्र भने बाबाले धर्मराज रूपमा साक्षात्कार गराउनुहुन्छ। अहिले पनि धेरै छन् जसले चल्दा चल्दै अनेक भूल गरिरहन्छन्। बताउँदैनन्। नाम धेरै राम्रा- राम्रा छन्, तर बाबा जान्नुहुन्छ– कति कम पद हुन्छ। कति ग्रहचारी रहन्छ। उल्टा विकर्म गरेर बाबासँग छिपाइरहन्छन्। सत्यको अगाडि कुनै कुरा छिप्न सक्दैन। तिमीहरूको सबै कुरामाथि निश्चित गरिन्छ। अन्तर्यामी बाबा त उहाँ हुनुहुन्छ नि। बुझ्नुपर्यो मैले छिपाएर विकर्म गर्छु भने धेरै सजाय खानुपर्छ। हामी ब्राह्मण निमित्त बनेका छौं सम्हाल्नको लागि। हामीमा नै यो आदत छ भने ठीक हुँदैन। स्कूलमा शिक्षकको रिपोर्ट मिल्यो भने प्रिन्सिपलले ठूलो सभा बीचमा उसलाई निकालिदिन्छ। त्यसैले धेरै डर राख्नुपर्छ। तिमीले याद एक शिवबाबालाई गर्नु छ। बाबा भन्नुहुन्छ– मामेकम् याद गर। तिमीले त बाबाको पासमा जानु छ। उहाँलाई याद गर्नु छ र स्वदर्शन चक्र फिराउनु छ, अरू कसैलाई याद गर्यौग भने तिमीहरूको रूहानी यात्रा बन्द हुन्छ। अच्छा! 


धारणाको लागि मुख्य सारः

१) मायाको ग्रहचारीबाट बच्नको लागि सच्चा बाबासँग सदा सच्चा रहनु छ। कुनै पनि भूल गरेर छिपाउनु छैन। उल्टा कर्मबाट बचेर रहनु छ।

२) श्रीमतमा नचल्नु पनि विकार हो यसैले कहिल्यै पनि श्रीमतको उल्लंघन गर्नु छैन। सम्पूर्ण निर्विकारी बन्नु छ।

वरदान:

साधन वा सुविधाको प्रभावमा आउनुको सट्टा प्रकृतिलाई दासी बनाउने विजयी भव   

कहिल्यै पनि योगी पुरुष वा पुरुषोत्तम आत्माहरू प्रकृतिको प्रभावमा आउन सक्दैनन्। तिमी ब्राह्मण आत्माहरू पुरुषोत्तम र योगी आत्माहरू हौ, प्रकृति तिमी मालिकहरूको दासी हो। त्यसैले प्रकृतिको कुनै पनि साधन वा सुविधाले तिमीलाई आफ्नो प्रभावमा प्रभावित नपारोस्। साधन साधनाको आधार नबनोस् बरु साधनाले साधनलाई आधार बनाओस् तब भनिन्छ– प्रकृतिजित, विजयी आत्मा।

स्लोगन:

एभररेडी उही हो जसले हर घडीलाई अन्तिम घडी सम्झिएर चल्छ।   



***OM SHANTI***

Google+ Followers