BK Murli 24 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 24 July 2017 Nepali

    २०७४ श्रावण ९ सोमबार २४-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– मायाको प्रभावबाट बच्नको लागि तिमीले घरी-घरी आफ्नो सच्चा प्रियतमलाई याद गर। प्रियतम आउनु भएको छ तिमी सबै प्रियतमाहरूलाई आफूसँगै वापस लैजान।”  

    प्रश्न:

    कुनचाहिँ रहस्य जानेका हुनाले तिमी बच्चाहरूले शान्ति वा सुख माग्दैनौ?

    उत्तर:

    तिमीले ड्रामाको रहस्यलाई जान्दछौ। तिमीलाई थाहा छ– यो नाटक पूरा हुन्छ। हामी पहिला शान्तिमा जान्छौं फेरि सुखमा आउँछौ‚ त्यसैले शान्ति वा सुख माग्दैनौं‚ आफ्नो शान्त स्वरूपमा स्थित हुन्छौ। मनुष्यले त आफ्नो स्वधर्मलाई पनि जान्दैनन् र ड्रामाको रहस्यलाई पनि जान्दैनन् त्यसैले भन्छन् मेरो मनलाई शान्ति दिनुहोस्। तर शान्ति त वास्तवमा आत्मालाई चाहिन्छ‚ न कि मनलाई।

    गीत:–

    प्रीतम आन मिलो...

    ओम् शान्ति।

    जसरी शास्त्रहरूमा कुनै-कुनै कुरा समझमा आउँछ‚ त्यसमा पनि गीतामा कुनै कुनै कुरा ठीक‚ राइट छ। त्यस्तै गीतमा पनि छ। अब प्रियतम शब्द त ठीक भनेका छन् तर शरीरले त बोलाउँदैन। जीवमा रहने आत्माले बोलाउँछ किनकि आत्मा दुःखी छ। पतित आत्मा भनिन्छ नि। आत्मामा नै खाद पर्छ। आत्मा नै सतोप्रधान‚ आत्मा नै तमोप्रधान बन्छ। सच्चा सुन नै झुटो सुन बन्छ। यस्तो कहिल्यै नसम्झ आत्मा निर्लेप छ। मनुष्यले सम्झन्छन्– आत्मा नै परमात्मा हो त्यसैले निर्लेप भनिदिन्छ्न्‚ धेरै अल्मलिएका छ्न्। यो कसको मत हो? रावणको मत। ईश्वरको लागि जे जति पनि गर्छन्, भक्ति आदि सबै ईश्वरसँग मिलन गर्नको लागि गर्छन्। सबैको चाहना नै यही रहन्छ ईश्वरसँग कसरी मिलन गरौं? यसको लागि यज्ञ तप दान पुण्य आदि गर्छन्। तैपनि ईश्वर त मिल्दैन। यदि ईश्वर मिलेको भए तीर्थमा जाँदैनथे। मानौं, कसैलाई मूर्तिको साक्षात्कार हुन्छ। तर त्यो पनि ईश्वर त मिलेन नि। ईश्वरलाई सबैले पुकार्छन्– हे पतित-पावन‚ हे प्रियतम आउनुहोस् किनकि आत्मालाई दुःख हुन्छ। शरीरलाई चोट लाग्यो भने आत्मालाई दुःख महसुस हुन्छ। आत्मा शरीरबाट निस्कन्छ फेरि शरीरलाई जेसुकै गर तैपनि आत्मालाई केही लाग्छ? आत्मा र शरीर कम्बाइन्ड हुँदा आत्मालाई पनि महसुस हुन्छ। तिमी बच्चाहरूलाई थाहा छ– सत्ययुगमा कुनै दुःख हुँदैन किनकि वहाँ त मायाको राज्यै हुँदैन। तिमीले पुरुषार्थ गर्छौ स्वर्गमा जाने‚ जहाँ माया हुँदैन। यो मायाको राज्य पूरा हुनेवाला छ। बिचारा मनुष्यले त केही पनि जान्दैनन्। भन्छन् मनमा शान्ति छैन। यो भन्दैनन् आत्मालाई शान्ति छैन। मनको लागि भनिदिन्छन्। आत्मामा नै मन-बुद्धि हुन्छ‚ आत्माले भन्छ मलाई शान्ति चाहियो। यस्तो होइन मनलाई शान्ति चाहियो। आत्माले शान्ति चाहन्छ। यो पनि सम्झन्छन्– हामी आत्माहरू परमधामबाट आउँछौं। यस शरीरमा आत्मालाई अंगहरू मिल्छन्। आत्माले भन्छ– प्रितम आन मिलो। शरीर दुःखी छ। जीव र मनमा कति फरक छ। मन र बुद्धि आत्माका शक्ति हुन् र यो शरीर अंग हो। यी कुरालाई अरू कसैले जान्दैनन्। वास्तवमा आत्माको नाम लिनुपर्छ। शान्ति आत्मालाई चाहिन्छ। अहिले आत्माले अंगद्वारा विकर्म माथि विजय पाइरहेको छ। यस्तो होइन मन माथि विजय पाइरहेको छ। होइन‚ मायामाथि विजय पाउँछ‚ परमपिता परमात्माको श्रीमतबाट। बाँकी मनलाई शान्ति चाहियो– यो भन्नु पनि गलत हो। यस्तो होइन मनलाई सुख चाहियो। आत्माले शान्ति माग्छ किनकि उसलाई आफ्नो शान्तिधाम याद आउँछ। 

    अहिले तिमी बच्चाहरूले आत्मा र परमात्माको भेदलाई बुझेका छौ। बाबा भन्नुहुन्छ– हे प्रियतमाहरू! आफ्नो प्रियतमलाई घरी-घरी याद गरिराख। प्रियतमले पनि जान्नुहुन्छ– यिनीहरूमाथि मायाको धेरै युद्ध छ। घरी-घरी मायाले भुलाएर देह-अभिमानमा ल्याउँछ। आत्मालाई पहिचान मिल्छ– म शान्त स्वरूप हुँ। आत्माको स्वधर्म हो नै शान्ति। स्वधर्मलाई भुलेर आत्मा दुःखी भएर पुकार्छ– मलाई शान्ति चाहियो‚ मुक्ति चाहियो। शान्ति पछि फेरि हुन्छ सुख। संन्यासीले त ड्रामाको रहस्यलाई जान्दैनन्। शान्ति देशलाई पनि जान्दैनन्। तिमीलाई पक्का-पक्का निश्चय छ– हामी आत्मा परमधामको निवासी हौं। हामीले ८४ जन्मको पार्ट खेलेका छौं। अब पार्ट पूरा हुन्छ। यो आत्माले भन्छ– मलाई प्रियतम मिलेको छ। भक्तिमार्गमा सबैले प्रियतमलाई याद गर्छन्। सच्चा प्रियतम एक हुनुहुन्छ। एकको नै नाम लिन्छन्। तिमीहरू सबैले सम्झन्छौ– हामीलाई प्रियतम मिलेको छ। अहिले यस साधारण तनमा बस्नु भएको छ यिनको नाम ब्रह्मा हो। तिमी ब्रह्माकुमार-ब्रह्माकुमारी हो। सबैलाई यो कुरा बुझाऊ। ब्रह्माकुमार-ब्रह्माकुमारीको अघि प्रजापिता शब्द नआउँदा अल्मलिन्छन्। प्रजापिता शब्द नहुँदा मनुष्यले बुझ्न सक्दैनन्। प्रजापितालाई त सबैले जानेका छन्। ब्रह्मालाई फेरि सूक्ष्मवतनवासी सम्झन्छन्। तिमीले प्रजापिता ब्रह्मा भन्यौ भने बुझ्दछन् प्रजापिता ब्रह्माकुमार-कुमारीहरू अवश्य छन् त्यसैले सोधिन्छ प्रजापितासँग के सम्बन्ध छ? पिता शब्द त पहिल्यै छ नै। शिवलाई परमपिता परमात्मा भन्छन्। अहिले तिमीले बुझेका छौ– एक हुनुहुन्छ पारलौकिक पिता‚ अर्का हुनुहुन्छ प्रजापिता ब्रह्मा। लौकिक पितालाई त जान्दछन् नै। तिमीले अहिले तीन पितालाई जानेका छौ, दुनियाँमा अरू कसैले जान्दैन। सत्ययुगमा पनि पारलौकिक पितालाई जान्दैनन्। वहाँ उनीहरूको एक पिता हुन्छन्। अहिले यस संगममा तिम्रो ३ पिता हुनुहुन्छ। तिनै पिताहरू संगममा हुन सक्छ। फेरि कहिल्यै हुन सक्दैन। एक हुनुहुन्छ सबैभन्दा उच्च बाबा‚ जसद्वारा वर्सा मिल्छ, अर्का बच्चा ब्रह्मा जसद्वारा बच्चाहरूलाई गोदमा लिन्छु। ब्रह्मा मुखवंशावली गायन गरिन्छ। ती ब्राह्मणहरूले केवल भन्छन् हामी ब्रह्माका सन्तान हौं। तर यो सम्झदैनन् हामी ब्रह्माका मुखवंशावली हौं। ती त हुन् नै कोख वंशावली। मुख वंशावली केवल यतिबेला नै हुन्छन्। शिवको लागि मुख वंशावली भनिँदैन। उहाँलाई सबैले फादर मान्छन्‚ तीन पिताहरू हुनुहुन्छ‚ शिवबाबाका र प्रजापिता ब्रह्माका सबै सन्तान हुन्। लौकिकमा त हुन्छ नै। त्यसैले यो पक्का याद रहनु पर्छ। फेरि सम्झाइन्छ– परमपिता परमात्मा शिवबाबाका कुनै बाबा टिचर छैनन्। यिनले पनि उहाँ पितालाई याद गर्छन्। उहाँ नै परमपिता पनि हुनुहुन्छ‚ परम शिक्षक पनि हुनुहुन्छ। दिनहुँ शिक्षा दिइरहनु भएको छ‚ भिन्न-भिन प्रकारको। तिमीलाई थाहा छ– प्रियतमले हामी प्रियतमाहरूसँग बसेर सम्झाउनुहुन्छ। उहाँ नै पतित-पावन हुनुहुन्छ। हामीलाई लिएर जानको लागि आउनु भएको छ‚ दुःखबाट छुटाउनुहुन्छ। तिमीलाई थाहा छ– अब यो दुःखको नगरी बदलिएर सुखको हुन्छ। रावण राज्य समाप्त हुनु छ। आखिरमा मृत्यु त अवश्य नै आउँछ। रावणको पुतला पनि यहाँ नै बनाउँछन्। रामराज्य र रावणराज्य। बाबा आएर सम्झाउनुहुन्छ– यस रावणले नै तिम्रो राज्य छिनेको छ। हार र जित तिमीहरूको नै हुन्छ। रावण आउनाले तिमी वाममार्गमा जान्छौ। रजो तमो हुँदा-हुँदा तमोप्रधान हुन्छौ। रावणलाई तिमीले यहाँ जलाउँछौ। अवश्य रावण छ। बाँकी सीता आदिलाई हरण गर्ने कुनै कुरा होइन। यो त राज्य नै रावणको हो। सबै मनुष्य रावणको राज्यमा छन्। रावणराज्यमा दुःख छ‚ रामराज्यमा हुन्छ सुख। राम भगवान्‌लाई नै भनिन्छ। तिम्रो बुद्धि वहाँ जान्छ, अरू कसैको बुद्धिमा यी कुरा छैनन्। बाबा नै आएर पारसबुद्धि बनाउनुहुन्छ। अवश्य नाम राखिन्छ पारसनाथ। वहाँ विष्णुका दुई रूप हुन्छन्। बुझाउन कति कठिन छ। बाबा बसेर विस्तारमा सम्झाउनुहुन्छ। 

    तिमी गीतको एक अक्षर सुनेपछि नै जाग्छौ। कुनै-कुनै गीत राम्रा छन्। तिमी अहिले यात्रामा गइरहेका छौ। जानेका छौ– हामीले नै रूहानी यात्रा गर्छौं। अवश्य हामी सबै आत्माहरूका पण्डा एउटै हुनुहुन्छ। अहिले तिमीलाई दुःखबाट मुक्त गरेर लैजानुहुन्छ। सबैका गाइड उहाँ एउटै हुनुहुन्छ। सबैलाई वापस मुक्तिधाम लैजान स्वयं आउनुहुन्छ‚ किनकि उहाँलाई सबैको सद्गति गर्न आउनै पर्छ। अवश्य कुनै रूपमा आउनुहुन्छ नि! उहाँलाई अवश्य आउनु पर्छ। शिवरात्रिको महिमा गायन गरिन्छ। कसैसँग पनि सोध– शिव निराकार हुनुहुन्छ भने उहाँको रात्रि कसरी हुन्छ? जसको नाम रूप छैन फेरि उहाँको रात्रि कसरी हुन्छ? लिंग पनि देखाउँछन्‚ उहाँको नाम पनि छ, रूप पनि छ‚ देश पनि छ‚ समय पनि छ। उहाँको महिमा पनि गाउँछन् सुखका सागर‚ त्यसैले अवश्य सुख दिनुहुन्छ नि! अहिले सबै पतित छन्। जो गुणवान छन् उनको अगाडि गएर गाउँछन्– हामी भित्र केही गुण छैन। हामी काला छौं। यो कालो दुनियाँ हो नि। कालो भण्टामा कुनै गुण हुँदैन। कालो अर्थात् पतित मानिसमा कुनै गुण हुँदैन। गुण त जो पावन छन् उनीहरूमा नै हुन्छ। तिमीले एक बाबाद्वारा सुन्छौ, अरू कुनै कुरा सुन्दैनौ। एक अर्कालाई यिनै ज्ञानका प्वाइन्टहरू सुनाऊ। दोहोर्‍याऊ। तिमीलाई यहाँ जुन सुख मिल्छ‚ यहाँ जुन धारणा हुन्छ त्यो धेरै राम्रो छ। यहाँ थोरै दिनको लागि आउँछौ‚ कोही ४ दिन‚ कोही ६-८ दिनको लागि आउँछन्। उनीहरू बसेर बाबाद्वारा सुनिरहन्छन्। यो निश्चय होस्– हामी माता-पिताको साथ घरमा बसेका छौं। यो ईश्वरीय घर हो। द्वार भन वा घर भन कुरा एउटै हो। द्वारमा आयौ अर्थात् घरमा पनि आयौ। द्वारमा आयौ भने घरमा पनि आयौ। त्यसैले यो ईश्वरीय घर हो‚ भाइ बहिनी हुन् त्यसैले यसलाई इन्द्रप्रस्थ पनि भनिन्छ। यी ज्ञान सब्ज परीहरू हुन्‚ नम्बरवार नाम राखिदिएका छन्। यो हो शिव बाबाको दरबार। यहाँबाट तिमी बाहिर गयौ भने तिमीहरूको अवस्थामा रात-दिनको फरक पर्छ। सेवामा जानेहरूको बुद्धिमा सेवा गरौं भन्ने हुन्छ। ड्रामा चक्रको बारेमा पनि बुझाउन धेरै सहज छ। हामीले अहिले तयारी गरिरहेका छौं‚ बाबा हामीलाई लिनको लागि आउनु भएको छ। सबै सामान तयार गर्नुपर्छ। बाबालाई पुरानो कखपन दिन्छौ। बाबाले बदलामा सुन दिनुहुन्छ। ज्ञान मान-सरोवरमा तिमीले डुबुल्की लगाउँछौ। यो हो पढाइको कुरा‚ जसबाट तिमी स्वर्गकी परी बन्छौ। बाँकी परी अरू कुनै चीज होइन‚ पंखेटा आदि छैनन्। वहाँका महल गहना आदि कति राम्रा होलान्। अहिले मायाले पंखेटा भाँचिदिएको छ‚ उड्न सक्दैनन्। यो बुझ्ने कुरा हो। सम्झाइन्छ– आत्मा रकेट जस्तै हो। रकेट माथि गयो भने सम्झन्छन् खुदाको नजिक जान्छ। तर खुदा वहाँ कोही बस्नु भएको छ र? यी आत्माहरूको पल्टन जान्छ। बुद्धिमा आउनुपर्छ– बाबा हाम्रो पण्डा हुनुहुन्छ। धेरै भन्दा धेरै आत्माहरूलाई लैजानुहुन्छ। बाबा भन्नुहुन्छ मेरो कामै यो हो। मैले सहज राजयोग र ज्ञान सिकाउँछु। म ज्ञानको सागर हुँ। म आउँछु नि‚ यिनमा बसेर तिमीहरूलाई आफ्नो परिचय दिन्छु। जसरी तिम्रो आत्मामा ८४ जन्मको पार्ट छ त्यस्तै मेरो पनि पार्ट छ‚ जुन मैले दोहोर्‍याउँछु। तिम्रो पार्ट धेरै छ। म त आधाकल्पको लागि वानप्रस्थमा बस्छु। तिम्रो अलराउण्ड पार्ट छ। भन्छन् भगवान्‌लाई सृष्टि रचना प्रेरणा आयो‚ बुझ्दैनन्। बाबा भन्नुहुन्छ– मेरो पार्ट आएपछि म यस साधारण तनमा आएर तिमीलाई राजयोग सिकाउँछु। म गर्भमा त आउँदिनँ। अवश्य मनुष्य तनमै आएर राजयोग सिकाउँछु या कछुवा माछामा आउँछु? मैले त पतितलाई पावन कसरी बनाउँछु– यो पनि तिमीलाई थाहा छ। बसेर शिक्षा दिन्छु। परमपिता परमात्मा आएर सहज राजयोग र ज्ञान सिकाएर विश्वको मालिक बनाउनुहुन्छ‚ उहाँलाई जादूगर पनि भन्छन् किनकि नर्कलाई स्वर्ग बनाइदिनुहुन्छ। तिमीलाई सबै रहस्य राम्ररी सम्झाइरहनुहुन्छ। सृष्टिको विनाश कसरी हुन्छ? यिनीहरू आपसमा कसरी लड्छन्? रगतका नदीहरू कसरी बग्छन्। फेरि दूध घिउका नदीहरू बग्छन्। यो कुरा बाबा बसेर सम्झाउनुहुन्छ। पाण्डवहरू लड्छन् र? बाबा भन्नुहुन्छ देह-अभिमान छोडेर म एकलाई याद गर। त्यसपछि अन्त मति सो गति हुन्छ, तत्त्व योगीहरूले सम्झन्छन् हामी ब्रह्ममा लीन हुन्छौं। तर ब्रह्ममा लीन अथवा ज्योति ज्योतिमा कोही समाहित हुँदैनन्। बाबा भन्नुहुन्छ मनमनाभव। शिरमा धेरै बोझ छ, यादद्वारा नै विकर्म विनाश हुन्छ। नत्र धर्मराजद्वारा धेरै सजाय खानुपर्छ। हामी त एक शिवबाबाको यादमा जानु पर्छ। यदि धेरै समय देखि नगर्ने हो भने अन्त्यमा यो अवस्था रहदैन। धेरै सन्यासीहरू पनि त्यस्तै बस्दा बस्दै जान्छन्। भक्तहरूको महिमा पनि कुनै कम छैन। तैपनि उनीहरूले पुनर्जन्म त लिनै पर्छ। अहिले बाबाले बताउनुहुन्छ मैले सबै आत्माहरूलाई साथै लिएर जान्छु। रात-दिन यही चिन्ता रहोस् कसरी बाबाको परिचय दिऊँ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) एक बाबासँग नै सुन, अरू कसैसँग कुनै कुरा सुन्नु छैन। मुखबाट ज्ञान नै रिभाइज गर अनि गराऊ।

    २) बाबासँग फर्केर जानको लागि पुरानो कखपन दिएर सबैथोक ट्रान्सफर गरिदेऊ। सबैलाई बाबाको परिचय मिलोस्– यही एक चिन्ता गर्नु छ।

    वरदान:

    ब्राह्मण जीवनमा याद र सेवाको आधारद्वारा शक्तिशाली बन्ने मायाजित भव  

    ब्राह्मण जीवनको आधार हो याद र सेवा। यदि याद र सेवाको आधार कमजोर भयो भने ब्राह्मण जीवन कहिले तेज चल्छ, कहिले सुस्त चल्छ। कुनै सहयोग मिल्यो, कुनै साथ मिल्यो, कुनै परिस्थिति मिल्यो भने चल्छन् नत्र सुस्त हुन्छन्। त्यसैले याद र सेवा दुवैमा तीव्रगति चाहिन्छ। याद र नि:स्वार्थ सेवा छ भने मायाजित बन्न धेरै सहज छ फेरि हर कर्ममा विजय देखिन्छ।

    स्लोगन:

    विघ्न-विनाशक उही बन्छ, जो सर्व शक्तिहरूबाट सम्पन्न छ।   



    ***OM SHANTI***