BK Murli 25 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 25 July 2017 Nepali

    २०७४ श्रावण १० मंगलबार २५-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबा आउनु भएको छ तिमीलाई सौभाग्यशाली बनाउन, सौभाग्यशाली अर्थात् स्वर्गको मालिक। तिम्रो पनि कर्तव्य हो सबैलाई आफू समान बनाउनु।”   

    प्रश्न:

    सबैभन्दा नम्बरवन सम्मेलन (कन्फ्रेन्स) कहिले र कुनचाहिँ हुन्छ? यसबाट प्राप्ति के हुन्छ?

    उत्तर:

    संगममा आत्मा र परमात्माको मिलन नै नम्बरवन सम्मेलन हो। जब यो सम्मेलन हुन्छ, तब आत्माहरूलाई परमात्माबाट मुक्ति वा जीवनमुक्तिको वर्सा मिल्छ। यसलाई नै सच्चा-सच्चा कुम्भ पनि भनिन्छ। यो कुम्भको मेला फस्टक्लास सम्मेलन हो। यसपछि फेरि कुनै सम्मेलन, यज्ञ तप आदि हुँदैनन्। सबै बन्द हुन्छन्।

    गीत:–

    माता ओ माता...........

    ओम् शान्ति।

    बच्चाहरूले महिमाको गीत सुन्यौ। बच्चाहरूलाई थाहा छ– भक्तिमार्गमा महिमा हुँदै आएको छ। जो पास्ट भएका छन्, उनको नै महिमा हुन्छ। जगत् अम्बाको महिमा गाउँछन्– तू हो भाग्य विधाता। अब यो भयो भक्ति र महिमा। तिमीले भक्ति र महिमा गर्न सक्दैनौ। तिमीलाई थाहा छ– सौभाग्य विधाता एकै बाबा हुनुहुन्छ। भाग्य विधाता वा सौभाग्य विधाता हुनुहुन्छ नै एक, दोस्रो न कोही। यो यस समय नै तिमीलाई थाहा छ। उनीहरूले केवल भक्ति गर्छन्, महिमा गाउँछन्। अब हामी भक्त त होइनौ। हामी हौं भगवान्‌का बच्चा। कसरी भाग्य अथवा सौभाग्य बनाउँछौं, कसरी आफूलाई भाग्यशाली अथवा सौभाग्यशाली श्रीमतमा बनाउँछन्, त्यो हरेकको पुरुषार्थमा भर पर्छ। यस समय तिमी पुरुषार्थी हौ बाबाबाट वर्सा लिनको लागि। यो जान्दछौ– सबै बच्चाहरूले एक बाबाबाट वर्सा लिनुपर्छ। भाग्यशाली वा सौभाग्यशाली अथवा सौभाग्य विधाता तिमी हौ किनकि माता-पिताका बच्चाहरू हौ। तिम्रो पनि यो कर्तव्य हो– हरेक मनुष्यलाई भाग्यशाली, सौभाग्यशाली बनाउनु। सौभाग्यशाली अर्थात् स्वर्गको मालिक बनून्। १०० प्रतिशत भाग्यशाली जो छन्, उनीहरू स्वर्गको मालिक बन्छन्। उनहरूमा पनि फेरि नम्बरवार छन्। सूर्यवंशीलाई नै सौभाग्यशाली भनिन्छ। त्रेतामा दुई कला कम हुन जान्छ, त्यसैले त्यसलाई स्वर्ग भनिँदैन। उनलाई सूर्यवंशी भनिदैन। बच्चाहरूलाई थाहा छ– हामी त १०० प्रतिशत सौभाग्यशाली बन्नु छ। सूर्यवंशीमा पनि प्रिन्स-प्रिन्सेज बन्नु छ। यो ईश्वरीय कलेज हो नि। ईश्वर हुनुहुन्छ विश्वका रचयिता। यो हो नै विश्वको मालिक बन्ने कलेज। ईश्वरले पढाउनुहुन्छ, भन्नुहुन्छ– म तिमीलाई पढाउँछु। महाराजाहरूका महाराजा बनाउँछु। यो तिम्रो पढाइमा निर्भर छ, जसले जति पढ्छ उसले अरूलाई पनि त्यस्तै पढाउँछ। यस्तै सौभाग्यशाली बनाउँछन्। तिमी बच्चाहरूको धन्धा नै यो हो। शिवबाबा हुनुहुन्छ सिकाउनेवाला। बाँकी सबै, ब्रह्मा सरस्वती ब्राह्मण बच्चाहरू सबैले सिक्छन्। ब्राह्मण-ब्राह्मणीहरूलाई बुझेका छन्– हामी फेरि देवता बन्छौं। यस समय भारतवर्षको कुनै धर्म छैन। देवता धर्मलाई मान्दैनन्। धर्मलाई नजान्नु अर्थात् अधर्म हो। धर्ममा तागत हुन्छ, देवी-देवता धर्म जब सत्ययुगमा थियो, अथाह सुख थियो। अहिले त हो कलियुग। पुरुषार्थ गरेर सत्ययुगमा आउनु छ। जीवनमुक्त बन्नु छ। जीवनबन्धलाई त्याग गर्नु छ। स्वर्गलाई याद गर्नु छ। याद भन वा योग भन, कुरा एकै हो। योगलाई नै भनिन्छ कम्यूनियन (मिलाप) तिम्रो योग छ नै एक बाबासँग। अरूसँग योग छैन, केवल एक शिवबाबासँग छ। उहाँलाई नै याद गर। बाबा हजुर कति मीठो हुनुहुन्छ। न मन, न चित्तमा थियो, हजुरले त कति कमाल गर्नुभयो, हामीलाई स्वर्गको बादशाही दिनुहुन्छ। कुनै पनि हालतमा बाबालाई याद गर्नुपर्छ अथवा योग गर्नुपर्छ। बाबालाई याद गर्छौ, बाबासँग बोल्छौ। उहाँको साथमा सबैको कम्यूनियन छ। जब आपद-विपद आउँछ तब भन्दछन्– हे भगवान् यिनको आयु लामो गर्नुहोस्, अर्जी (निवेदन) हाम्रो मर्जी बाबा हजुरको। त्यसैले यो कम्यूनियन भयो नि। यो यादको यात्रा हुन्छ एक पटक जबकि बाबा आएर सिकाउनुहुन्छ। अरू सबै कम्यूनियन मनुष्यले मनुष्यलाई सिकाउँछन्। गुरुको पासमा जान्छन्, कृपा, क्षमा गर, यो आपद मेटाउनुहोस्। अहिले तिमी बाबाको पासमा बसेका छौ। बाबालाई याद गर्न सक्छौ, बाबा यस हालतमा हामी के गरौं? बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! यो ड्रामा अनुसार दुःख-सुख हुन्छ। तिम्रो कम्यूनियन छ नै बाबासँग। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! यो तिम्रो कर्मभोग हो। अहिले म तिम्रो कर्मातीत अवस्था बनाउन आएको छु। कर्मभोग त भोग्नु नै पर्छ। अहिले म तिमीलाई यस्तो उच्च कर्म सिकाउँछु। यो कम्यूनियन हुन्छ नै आत्माहरूको परमात्मासँग। परमात्मा बसेर आत्माहरूसँग कम्यूनियन गर्नुहुन्छ अन्त कहीँ पनि परमात्माले आत्माहरूसँग कम्युनियन गरून् वा आत्माहरूले परमात्मासँग गरून्, यो हुन सक्दैन। त्यो त न आत्माले आफूलाई जान्दछ, न परमात्मालाई नै जान्दछ। केवल गफ मात्र लगाउँछन्। यो कहिले सुनेका छौ– परमात्मा तारा हुनुहुन्छ, उहाँमा सारा अविनाशी पार्ट भरिएको छ? कहिल्यै यस्तो सुन्यौ? उनीहरूको कम्यूनियन कहिल्यै हुँदैन। कुराकानी हुँदैन। उनीहरू त केवल ब्रह्मलाई याद गर्छन्। ब्रह्मसँग त कुनै कुराकानी हुन सक्दैन। कुराकानी त हुन्छ आत्माहरूसँग। आकाशसँग त के कुराकानी गर्छन्। आत्माहरू जो महत्तत्त्वमा रहन्छन्, उनीहरू यहाँ पार्ट खेल्न आउँछन्, बाँकी निर्वाणधाममा के कम्यूनियन गर्छन्। त्यो त तत्त्व हो नि। कम्यूनियन हुन्छ परमात्मासँग। आत्माले नै बोल्छ, सुन्छ यी अर्गनहरूद्वारा। आत्मा विना त शरीरले केही पनि काम गर्न सक्दैन। यो आत्माहरूको परमात्मासँग कम्यूनियन एकै पटक हुन्छ। जसको नै महिमा छ– आत्माये और परमात्मा अलग रहे बहुकाल...। अहिले कम्यूनियन हुन्छ। फेरि कहिल्यै हुँदैन। के देवताहरूको कम्यूनियन हुन्छ र? उनीहरूले त कहिल्यै याद पनि गर्दैनन्। अहिले तिमी बच्चाहरूलाई थाहा छ– हामी आत्माहरूको सम्बन्ध छ नै बाबासँग। बाबालाई नै सबैले याद गर्दछन्– हे पतित-पावन आउनुहोस्। आत्माले भन्यो परमपिता परमात्मालाई, जो यस समय यस शरीरमा प्रवेश हुनुहुन्छ। उहाँलाई भनिन्छ शान्ति दिने दाता। हामी फेरि शान्तिधाममा कसरी आउने? बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! म सुख-शान्तिको वर्सा दिन कल्प-कल्प आउनुपर्छ। याद पनि गर्छन् पतित-पावन आउनुहोस्। बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! अब मेरो पासमा आउनुपर्छ। आत्मा माथि पापको बोझ धेरै छ। आत्माले नै भोग्नुपर्छ। शरीर धारण गराएर सजाय दिइन्छ। तब त आत्मालाई फील हुन्छ नि। शरीरलाई चोट लाग्यो भने आत्मालाई दुःख हुन्छ नि। पुण्य आत्मा, पाप आत्मा भनिन्छ। तर मनुष्यमा यो ज्ञान नै छैन, म आत्मा हुँ। कम्यूनियन सबै आत्माहरूको आत्माहरूसँग हुन्छ। आत्माले नै सारा खेल गर्छ। आत्माले शरीरको साथमा भन्दछ– मेरा ७ बच्चाहरू छन्। परमपिता परमात्मा निराकार हुनुहुन्छ। भन्नुहुन्छ– म यस शरीरमा आएको छु, मेरा यति बच्चाहरू छन्। कति बच्चाहरूको बाबा बन्छु। हिसाब गर्नुपर्छ। परमपिता परमात्माले ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ। ठीक छ, ब्रह्मा कसका बच्चा? शिवबाबाको। यो बुद्धिमा रहन्छ– परमपिता ब्रह्माद्वारा सृष्टि रच्नुहुन्छ। ब्रह्मा क्रियटर होइनन्। क्रियटर निराकार शिव परमात्मालाई नै भनिन्छ। उहाँ नै आएर प्रजापिता ब्रह्माद्वारा एडप्ट गर्नुहुन्छ। बच्चा-बच्चा भनिरहनु हुन्छ। अहिले यी कुराहरू तिमीले बुझ्दछौ। त्यो पनि सबैको बुद्धिमा एकरस बस्दैन। बाबाले नै वर्सा दिनुहुन्छ, लायक बनाउनुहुन्छ। बाबालाई याद गर। यसलाई नै भारतवर्षको प्राचीन योग भनिन्छ, यसबाट नै विकर्म विनाश हुन्छ। फेरि अन्त मति सो गति हुनेछ। यादबाट नै निरोगी बन्छौ। आयु लामो हुन्छ। पुरुषार्थबाट प्रारब्ध मिलेको हो। सत्ययुगको मालिक उनीहरू कसरी बने? यो कसैले पनि जान्दैनन्। महिमा गाइरहन्छन्। अर्थ केही पनि बुझ्दैनन्। कति पूजा गर्छन्, यात्रा गर्छन्। यहाँ त बिलकुल शान्ति छ। हुन त बाबा ज्ञानका सागर हुनुहुन्छ तर भन्नुहुन्छ यो त सेकेन्डको कुरा हो। केवल मलाई याद गर्यौग भने वर्सा तिम्रो हुन्छ। मनमनाभव, मध्याजी भव। बाँकी हो विस्तारको ज्ञान। त्यो पनि कति समयदेखि दिइरहनु भएको छ। उनीहरूले कति सम्मेलन गरिरहन्छन्। धार्मिक सम्मेलन बोलाउँछन्। सबै फाल्तु हो। सेकेन्डमा जीवनमुक्ति दिनेवाला हुनुहुन्छ नै एक बाबा। आत्मा र परमात्माको जब सम्मेलन हुन्छ, तब आत्माहरूलाई परमात्माबाट मुक्ति मिल्दछ। गायन पनि गरिन्छ– आत्मा परमात्मा अलग रहे बहुकाल... सुन्दर मेला कर दिया जब सतगुरु मिला दलाल। बाबा नै आएर नयाँ दुनियाँ रच्नुहुन्छ, लायक बनाउनुहुन्छ। सबैभन्दा नम्बरवन सम्मेलन यो हो। यसलाई कुम्भको मेला भनिन्छ। कुम्भ संगमलाई भनिन्छ। यो संगमको मेला फस्टक्लास सम्मेलन हो, जबकि आत्माहरूसँग परमात्मा आएर मिल्नुहुन्छ। सेकेन्डमा जीवनमुक्ति मिल्छ। यसपछि फेरि कुनै सम्मेलन यज्ञ तप आदि केही हुँदैन, सबै बन्द हुन्छन्। तिम्रो सम्मेलन कस्तो नम्बरवन छ, आत्माहरू र परमात्माको। आत्मा जीवमा प्रवेश गर्नाले जीवात्मा बन्छ। भन्नुहुन्छ– म यिनमा प्रवेश गरिनँ भने आफ्नो परिचय कसरी दिन सक्छु र त्रिकालदर्शी र स्वदर्शन चक्रधारी कसरी बनाउन सक्छु? तिमी भन्दछौ हामी स्वदर्शन चक्रधारी बन्छौं। मनुष्यहरूले बुझ्दैनन्। विष्णुको साथमा कृष्णलाई पनि चक्र दिन्छन्। गीतामा कृष्णको नाम राखिदिएका छन्। नत्र चक्रको कुरै हुँदैन। तिमीहरूलाई बसेर सृष्टिको आदि-मध्य-अन्त्यको रहस्य सम्झाउनुहुन्छ। यो सम्मेलन कति फस्टक्लास छ। अरू जो पनि सम्मेलन गर्छन् वेस्ट अफ टाइम हो। सबैभन्दा राम्रो सम्मेलन यो हो। जीव आत्माहरू र परमात्माको। जीव आत्माले याद गर्छन् परमात्मालाई, अवश्य जीवमा आउनुहुन्छ। नत्र कसरी बोल्नुहुन्छ? यो सम्मेलन सबैभन्दा राम्रो हो। जो परमपिता परमात्मा आएर सर्वलाई सद्ग ति दिनुहुन्छ। पतित आत्माहरूसँग अवश्य पतित-पावनको नै सम्मेलन हुन्छ, तब त पावन बनाउनुहुन्छ। कति सहज बुझ्ने कुरा हो। उत्तमभन्दा उत्तम योग हो आत्माहरूको परमात्मासँग। त्यो पनि परमात्मा स्वयं आएर सिकाउनुहुन्छ मामेकम् याद गर। हे जीवका आत्माहरू! म आफ्नो पारलौकिक बाबाको साथमा योग राख्यौ भने तिम्रा सारा विकर्म विनाश हुन्छन्। जबकि आत्माहरू सबै परमात्मासँग मिल्छन्, अवश्य परमात्मा आएर वर्सा दिनुहुन्छ। सर्वका सद्गाति दाता जीवनमुक्ति दाता उहाँ बाबा हुनुहुन्छ। यस्ता कुरा अरू कसैले पनि सुनाउँदैनन्। तिमीले सुनायौ भने भन्छन्– अरू कसैसँग पनि यस्ता कुरा सुनेनौ। तिमीले त धेरै राम्रो सम्झाउँछौ। यी कुरा त शास्त्रमा पनि छैनन्। तर शास्त्रमा कहाँबाट आउँछन्? बाबा भन्नुहुन्छ– सेकेन्डमा जीवनमुक्ति। शास्त्रबाट के सिक्छन्? बाबा हुनुहुन्छ कालहरूका पनि काल। बच्चाहरूलाई लिएर जानुहुन्छ। अवश्य आउनुहुन्छ, तब त पावन बनाएर लिएर जानुहुन्छ। तिमीलाई पावन बनाइरहनु भएको छ। सत्ययुगमा सबै पावन हुन्छन्। अवश्य संगममा आउनु भएको थियो पावन बनाउन। अब तिमी बच्चाहरूलाई थाहा छ– यो कल्पको संगम हो। बाबा आउनु भएको छ तिम्रो कम्यूनियन आफ्नो साथमा गराउनुहुन्छ। भन्नुहुन्छ– म साधारण ब्रह्मा तनमा आएको छु। यी दादा कुनै ब्रह्मा थिएनन्। हुन त वास्तवमा ब्राह्मण थिए तर त्यसलाई छोडिदिए। अब ब्रह्माद्वारा रचना रच्नुपर्छ त्यसैले ब्रह्मा चाहिन्छ। स्वयं भन्नुहुन्छ– म ब्रह्माको तनमा आउँछु। नम्बरवन पावन नै नम्बरवन पतित, ८४ जन्म पूरा लिए त पावन बन्छन् नि। फेरि फरिश्ता बन्छन् तत्त्वउम्। ब्राह्मण नै देवता बन्छन्। जसको धेरै पुरुषार्थ चल्छ, उनीहरूले धेरै उच्च पद पाउँछन्। तिमी सबै कल्याणकारी हौ नि। एक बाबाले मात्र कहाँ गर्नुहुन्छ र। ईश्वरीय सेवाधारी त धेरै चाहिन्छ नि। तिमी गड फादरली सर्भिसमा छौ। अंग्रेजी अक्षर धेरै राम्रा छन्। हुन त उनीहरू स्वर्गमा जाँदैनन्, तर गायन गर्छन्– स्थापनाकर्ता हेभनली गड फादर हुनुहुन्छ। मुसलमानले बहिश्त भन्दछन्। स्वयं बहिश्तमा कहाँ जान्छन् र! यो त बुद्धिको कुरा हो। स्वर्ग भारतवर्ष थियो, अहिले नर्क छ। स्वर्ग स्थापना गर्ने बाबा सिवाय कोही पनि हुन सक्दैन। नर्कको अन्त्य आयो भने बाबा आएर स्वर्गमा लिएर जानुहुन्छ। नर्कमा नै बाबाले आउनुपर्छ, स्वर्गको मालिक बनाउन। अहिले तिमी नर्क र स्वर्गको बीचमा बसेका छौ, अरू त सबै छन् नै नर्कमा। केवल तिमी बच्चाहरू नै आफ्नो पुरुषार्थबाट स्वर्गमा जान्छौ, त्यसैले तिमीलाई धेरै खुशी हुनुपर्छ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) एक बाबासँग नै सच्चा योग राख। बाबासँग नै दिलको वार्तालाप गर। बाबाको सामुन्ने नै आफ्नो कुरा राख्नु पर्छ, कुनै देहधारीको सामुन्नेमा होइन।

    २) ईश्वरीय सेवाधारी बनेर सबैलाई स्वर्गमा जाने बाटो बताऊ। सबैको कल्याणकारी बन।

    वरदान:

    सर्व शक्तिको अनुभव गर्दै समयमा सिद्धि प्राप्त गर्ने निश्चित विजयी भव   

    सर्व शक्तिबाट सम्पन्न निश्चयबुद्धि बच्चाहरूको विजय निश्चित हुन्छ। जसरी कसैको पासमा धनको, बुद्धिको वा सम्बन्ध-सम्पर्कको शक्ति छ भने उसलाई निश्चय रहन्छ– यो कुनचाहिँ ठूलो कुरा हो र! तिम्रो पासमा सर्व शक्तिहरू छन्। सबैभन्दा ठूलो धन, अविनाशी धन सदा साथमा छ। त्यसैले धनको पनि शक्ति छ, बुद्धि र पोजिसनको पनि शक्ति छ। यिनीहरूलाई केवल प्रयोग गर, स्वप्रति कार्यमा लगाऊ, तब नै समयमा विद्धिद्वारा सिद्धि प्राप्त हुन्छ।

    स्लोगन:

    व्यर्थ देख्ने वा सुन्ने बोझ समाप्त गर्नु नै डबल लाइट बन्नु हो।   



    ***OM SHANTI***