BK Murli 26 July 2017 Nepali

BK Murli 26 July 2017 Nepali

२०७४ श्रावण ११ बुधबार २६-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– अमृतबेला उठेर बाबाको यादको घिउ सधैं थप्यौ भने आत्मा रूपी ज्योति सदा बलिरहन्छ।”  

प्रश्न:

कुनचाहिँ एउटा कर्तव्य बच्चाहरूको हो, बाबाको होइन?

उत्तर:

बच्चाहरूले भन्छन्– बाबा फलाना सम्बन्धीको बुद्धिको ताला खोलि दिनुहोस्... बाबा भन्नुहुन्छ– यो धन्दा मेरो होइन। यो त तिमी बच्चाहरूको कर्तव्य हो। तिम्रो बुद्धिको ताला खुलेको छ। तिमीले अरूको पनि ताला खोलेर स्वर्गमा जानको लागि लायक बनाऊ अर्थात् सबैलाई मुक्ति र जीवनमुक्तिको बाटो बताऊ।

गीत:–

जाग सजनियां जाग‌........

ओम् शान्ति।

तिमी जागेका बच्चा बसेका छौ फेरि अरूलाई जगाउनु छ। अज्ञान निद्राबाट जगाउनु छ। तिमीहरू जागेका छौ, त्यो पनि नम्बरवार किनकि घरी-घरी भुल्छौ। जगाउनेवाला भन्नुहुन्छ– प्यारा सजनीहरू नभुल। यो यादको घिउ हो। मनुष्य मर्योघ भने दियो ननिभोस् भनेर दियोमा घिउ थपिराख्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! याद गर्दै गर। यो याद गर्नको लागि, घिउ थप्नको लागि सबेरैको समय धेरै राम्रो हुन्छ। सबेरै याद गर्यौ भने त्यो याद धेरै समय कायम रहन्छ। तिम्रो दियो निभेको छ। अब यादबाट आफ्नो दियो जगाउँछौ। तिम्रो दियो बलिरहन्छ। सत्ययुग देखि त्रेतासम्म बलिरहन्छ, यसलाई दीपमाला भनिन्छ। रुद्रमाला र दीपमाला कुरा एउटै हो। याद त शिवबाबालाई नै गर्नु छ नि। तिमी वास्तवमा रुद्रमालाका मोती त हौ नि अर्थात् निर्वाणधाममा रहनेवाला हौ। त्यसलाई शिवबाबाको धाम, रुद्रधाम पनि भन्न सकिन्छ। बच्चाहरूलाई थाहा छ– बाबाको पास हामीलाई जानु छ। यादबाट दीपक बलिरहन्छ। यो श्री अर्थात् श्रेष्ठ मत मिल्छ। गाइएको पनि छ– श्रीमत मिलेको थियो, श्रेष्ठ सत्य धर्मको स्थापना भएको थियो। अहिले तिम्रो ठूलो समूह छ। नम्बरवार जति जाग्छन् त्यति जगाउन सक्छन्। दियोलाई बाल्नको लागि सबेरै उठ्नुपर्छ। घिउ हाल्नुपर्छ, यसमा कुनै मुश्किल छैन। बाबालाई याद गर्नु यही घिउ थपिरहनु हो। आत्मा पावन हुँदै जान्छ। आत्मा पहिला पतित थियो अर्थात् आत्माको ज्योति निभेको थियो। अब बाबालाई याद गर्नाले ज्योति बल्छ अनि विकर्म विनाश हुँदै रहन्छ अर्थात् पावन बन्दै रहन्छौ। अहिले आत्मामा अज्ञानको छायाँ परेको छ। बाबा नै सबै भन्दा ठूलो सर्जन पनि हुनुहुन्छ। कुनै स्थूल दबाई आदि खानको लागि दिनुहुन्न। केवल भन्नुहुन्छ म एकलाई याद गर। यसै यादमा सबै दबाईहरू आउँछन्। यादबाट नै तन्दुररुस्त बन्छौ भविष्य जन्म-जन्मान्तरको लागि। उनीहरूले योग त धेरै किसिम-किसिमको सिकाउँछन्, त्यसबाट धेरै पहलवान पनि बन्छन्। मेहनत गर्छन्।

अहिले तिमी महावीर बन्छौ। पवित्रतालाई नै महावीरता भनिन्छ। यसबाट आयु पनि धेरै लामो हुन जान्छ। बाबाको यादबाट तागत मिल्दै जान्छ। बाबा सम्झाउनुहुन्छ– तिमीलाई पवित्र दुनियाँको मालिक बन्नु छ त्यसैले यो अन्तिम जन्म पवित्र बन। संन्यासीले पनि ५ विकारहरूको संन्यास गर्छन्। तर उनीहरू त धेरै टाढा जंगलमा जान्छन्। यहाँ तिमी गृहस्थ व्यवहारमा रहेर ५ विकारहरूको संन्यास गर्नु छ। तिमीलाई थाहा छ– यस संन्यासबाट प्राप्ति धेरै ठूलो छ। उनीहरूलाई त केही पनि थाहा छैन– हामीलाई मुक्ति मिल्छ वा के हुन्छ? पुनर्जन्ममा त उनीहरूलाई आउनु नै छ। तिमीलाई त यस मृत्युलोकमा आउनु नै छैन। तिमीलाई जानु छ अमरपुरीमा। फरक भयो नि। हुन त संन्यासीहरूले जति नै हठयोग आदि गरून् फेरि पनि उनीहरूलाई मृत्युलोकमा रहनु नै छ। तिमी बच्चाहरूलाई यस मृत्युलोकबाट जानु छ अमरलोकमा। त्यसैले मेहनत गर्नुपर्छ, जुन मेहनतदेखि उनीहरू डराउँछन्। सम्झन्छन्– गृहस्थ व्यवहारमा रहेर हामी योगी बन्न सक्दैनौं। उनीहरूलाई केही थाहा नै छैन, संन्यासबाट के मिल्छ? कुनै लक्ष्य-उद्देश्य नै छैन। तिम्रो पास लक्ष्य-उद्देश्य छ। उनीहरूले कहाँ भन्छन् हामी नयाँ दुनियाँमा जान्छौं। उनीहरू त मुक्तिधाममा जान्छन् तर उनीहरूलाई थाहै छैन। तिमीले त राजाईमा उच्च पद पाउनको लागि पुरुषार्थ गर्छौ। यसमा पुरुषार्थ पूरा गर्नु छ। आशीर्वाद वा कृपाको कुरा नै छैन। यस्तो होइन– हाम्रो पतिको बुद्धिको ताला खुलोस्, आशीर्वाद गर्नुहोस्। के मैले सबैको ताला खोलूँ? तिमी बच्चाहरूको बुद्धिको ताला खुल्छ फेरि पनि मेहनत तिमीले गर्नु छ। बाबाले कसैको ताला खोल्नुहुन्न। ड्रामानुसार जुन बच्चाहरूलाई शूद्रबाट ब्राह्मण बन्नु छ, उनीहरूलाई आउनु नै छ। जसको कल्प पहिला ताला खुलेको थियो, उसको नै खुल्छ। हो शुभचिन्तक भएर राय दिइन्छ। दया त लाग्छ नि– यी पनि साहूकार बनुन्। ताला खुल्यो भने स्वर्गमा जान्छन्। यी पनि स्वर्गको मालिक बनून्। यो तिम्रो धन्दा हो। उनीहरूको हो हदको संन्यास। तिम्रो हो बेहदको संन्यास। तिमीले बेहदको राज्य माग्छौ। उनीहरूले बेहदको मुक्ति माग्छन्। त्यो मुक्ति पनि यस्तो छ, जसरी तिम्रो जीवनमुक्ति हुन्छ। सधैंको लागि मुक्ति त हुन सक्दैन। पुनर्जन्म लिनु नै छ। तिमी बच्चाहरूलाई थाहा छ– पहिला जब वहाँबाट आउँछन् पुनर्जन्ममा, फेरि पनि राम्रो सतोप्रधान मिल्छ फेरि रजो तमोमा आउँछन्। तिमी सबै भन्दा उच्च खलकका हौ। पहिला-पहिला आदि सनातन देवी-देवता धर्मको वंशावली हुन्छ। फेरि अनेक प्रकारको धर्मका स्तम्भ निक्लिन्छन्। ती सबै पछाडि आउँछन्। तिम्रो बुद्धिमा यी सबै कुरा रहनुपर्छ। हामी ब्राह्मण हौं, उनीहरू शूद्र हुन्। हामीले शिक्षा पाएर तमोप्रधानबाट सतोप्रधान भइरहेका छौं। कसले बनाउँछ? जो सदा सतोप्रधान हुनुहुन्छ, वहाँ कहिल्यै रजो तमोमा आउनुहुन्न। हामीलाई बनाइरहनु भएको छ। हरेकले मेहनत गर्नु छ। तिम्रो मेहनतबाट स्वतः नै तिमीलाई नै उच्च पद मिल्छ। हरेकले आफ्नो राजधानीलाई सम्हाल्छौ। तिमीलाई मदत दिनेवाला एक नै बेहदको बाबा हुनुहुन्छ। वहाँले सहज युक्ति बताउनुहुन्छ। यसको नाम नै हो सहज राजयोग, जसबाट दैवी स्वराज्य मिल्छ। स्व अर्थात् आत्मालाई नै राज्य मिल्छ। आत्माले भन्छ– अहिले म बेगर शरीरमा छु। फेरि प्रिन्सको शरीर मिल्छ। तिमी आत्माहरू यहाँ बसेका छौ, जसको पास जानु छ, उहाँलाई नै याद गर्नु छ। गुरुहरू मन्त्र दिइरहन्छन्। यहाँ बाबाको मन्त्र अरू कसैले दिनेवाला छैन। बाबाले एउटै मन्त्र दिनुहुन्छ, म तिम्रो निराकार बाबा हुँ। तिम्रो टिचर पनि हुँ, पतित-पावन गुरु पनि हुँ। हुँ त निराकार, यो पनि निश्चय हुनुपर्छ। हाम्रो बाबा पतित-पावन निराकार ज्ञानका सागर हुनुहुन्छ। राजयोगबाट हामीलाई महाराजा-महारानी बनाउनुहुन्छ। बेहदको वर्सा दिनुहुन्छ। १०० प्रतिशत सम्पत्तिवान भव, आयुष्मान् भव। देवताहरूको जति आयु कसैको हुँदैन। पुत्रवान भव, तिम्रो कुल चल्छ। तिमीलाई थाहा छ– वहाँ विकार हुन सक्दैन। आत्मालाई आफ्नो ज्ञान छ। 

हामी अब गएर बच्चा बन्छौं, फेरि जवान भएर बुढो बन्छौं। फेरि अर्को शरीर लिन्छौं। वहाँको रसम-रिवाज अर्कै, यहाँको रसम-रिवाज अर्कै हुन्छ। बाबाले नै सम्झाउन सक्नुहुन्छ। दिनहुँ भन्नुहुन्छ– प्यारा बच्चाहरू, जीवका आत्माहरू, शरीर बेगर सुनाऊँ कसरी? यो याद राख्नु छ। हामी आत्माहरूलाई परमपिता परमात्माले सम्झाइरहनु भएको छ। तर यो पनि भुल्छन्। अहिले तिमी प्राक्टिकलमा बसेका छौ। यो पनि जान्दछौ– जन्म-जन्मान्तर फाल्तु कथाहरू सुन्दै आयौ। कति गीता पुस्तकहरू सुन्दै आयौ। अहिले हो संगमयुग। संगमयुगको अर्थ नै हो पुरानो दुनियाँको विनाश, नयाँ दुनियाँको स्थापना। त्यसैले यसलाई कल्याणकारी संगमयुग भनिन्छ। संगमयुगलाई भुल्नाले आफ्नो राजधानीलाई बिर्सिन्छौ। हुन त तिमीले प्रदर्शनी आदि राख्छौ, फेरि पनि कसैको बुद्धिमा बस्दैन। यति भन्दछन्– यहाँ ईश्वरलाई पाउने ज्ञान धेरै राम्रो हुन्छ। पुग्यो। यो बुझेका छैनन्– भगवान्‌ले पढाउनुहुन्छ। कुनै विरलैलाई निश्चय बस्छ, जसले भन्छ– वास्तवमा ठीक हो। हामीले पनि सम्झन्छौं– पढाउनेवाला परमपिता परमात्मा हुनुहुन्छ। जसरी भीष्म पितामह आदिले पछि मानेका छन्– परमात्माले यिनीहरूलाई पढाउनुहुन्छ। पछि यो ज्ञान आउँछ। हुन त प्रदर्शनीमा हजारौं आउँछन् तर यो कसैलाई पनि समझमा आउँदैन– तिमीलाई निराकार परमपिता परमात्माले पढाउनुहुन्छ। भन्दछन्– यी कुरा हामीलाई समझमा आउँदैन। निराकारले कसरी पढाउनुहुन्छ? हुन्छ हामी आएर बुझौंला। यसो भनेर फेरि आउँदैनन्। यस्ता पनि हुन्छन्। कति तिमीले सम्झाउँछौ, आउनुहोस्– हामीले स्वर्गको बादशाही मिल्छ तापनि मान्दैनन्। कलमी लाग्छ। बाबाले सम्झाउनुहुन्छ– तिमीले भक्तहरूलाई सम्झाउन सहज हुन्छ। तपाईले सर्वव्यापी भन्नुहुन्छ भने किन पूजा गर्नुहुन्छ? यो त जड हो, तपाई त चैतन्य हुनुहन्छ। तपाई ठूलो हुनुभयो नि। सम्झाउनु छ बेहदको बाबा त एकै हुनुहुन्छ। उहाँको नै महिमा छ। वहाँ मनुष्य सृष्टिको बीजरूप पतित पावन हुनुहुन्छ। दुनियाँ पतित छ, उनीहरूलाई पतितबाट पावन बनाउने एकै बाबा हुनुहुन्छ। अवश्य संगममा नै आउनुहुन्छ। अहिले आउनु भएको छ। भन्नुहुन्छ– मलाई याद गर्यौह भने तिम्रो विकर्म विनाश हुन्छ। गीतामा अक्षर छ तर कृष्णको नाम लेख्नाले बुद्धि टिक्दैन। तिमीलाई थाहा छ– यो ज्ञान छ धेरै सहज, तर विघ्न परिरहन्छन्। मित्र-सम्बन्धी आदि सबैले विघ्न पार्छन्। हामीले यसतर्फ खिच्छौं, उनीहरू फेरि त्यसतर्फ खिच्छन्। मोटो जंजीर छ। बाबा सम्झाउनुहुन्छ– यो कसरी हुन सक्छ? शिवबाबा त ज्ञानको सागर, सुखको सागर हुनुहुन्छ। केही त गर्नुभयो होला नि। स्वर्ग स्थापना गर्नेवाला हुनुहुन्छ। केवल भन्नुहुन्छ मलाई याद गर। कृष्णले त भन्न सक्दैनन्। बुझाउनको लागि धेरै मेहनत चाहिन्छ। थाक्नु हुँदैन। धेरैबाट मेहनत पुग्दैन। बहाना धेरै बनाउँछन्। बाबाले कुनै कष्ट दिनुहुन्न। ठीक छ बच्चाहरूलाई सम्हाल, भोजन बनाऊ। 

केवल शिवबाबाको यादमा बस। दिनमा समय मिलेन भने अमृतबेला त याद गर। भन्दछन्– राम सिमर प्रभात मोरे मन। आत्माले भन्छ– प्रभातमा आफ्नो बाबालाई याद गर। बाबाले पनि यही भन्नुहुन्छ– निद्रा पनि समयमा गर्नुपर्छ। पूरा चार्ट राख्नु छ। सबेरै उठ्न सक्छौ। यसमा एक कहावत पनि सिन्धीमा छ– सवेरे सोना, सवेरे उठना... अहिले तिमी बुद्धिमान् बन्छौ। सारा चक्र बुद्धिमा छ। तिमीलाई कुनै पनि दुःख मिल्न सक्दैन। कति तिमी शाहहरूका शाह बन्छौ। पैसाको कहिल्यै कुनै अभाव हुँदैन र हेल्दी पनि बन्छौ। यी सबै गुण अहिले तिमीले शिवबाबाबाट पाउँछौ। वास्तवमा तिमी हेल्दी वेल्दी र हेप्पी बन्छौ। यो पनि तिमीलाई थाहा छ– होली, दीपावली आदि यी सबै अहिलेका कुरा हुन्, जुन यादगारमा आउँछन्। सबेरै उठेर बाबालाई याद गर्नु धेरै राम्रो हुन्छ। यादलाई बढाउँदै जाऊ। 

बच्चाहरूले गीत पनि सुन्यौ– जाग अनि जगाऊ, अज्ञान निद्राबाट। गृहस्थ व्यवहारमा रहेर कसैलाई बाबाको परिचय देऊ। उसले फेरि लेखोस् पनि– बाबा, फलानाद्वारा मैले हजुरलाई चिनेँ। अब त म हजुरको नै भएर रहन्छु, हजुरबाट वर्सा अवश्य लिन्छु। हजुरको नै थिएँ, यस्तो पत्र आओस् तब सर्विसको सबुत मिल्छ। पत्र देखेर बाबा खुशी हुनुहुन्छ। बाँकी सीधै क्लास गरेर आउनु यो त पुरानो चाल भयो। जसरी अरू सत्संगमा नियम अनुसार जान्छन्। तिमीले त एक-एकलाई राम्रोसँग बुझाउनु पर्छ। यो धेरै उच्च पढाइ हो। यहाँ ज्ञान सागरबाट कति राम्रो ज्ञान मिल्छ। मेहनत चाहिन्छ, बुझाउनको लागि। अच्छा!


धारणाको लागि मुख्य सारः

१) यादको अभ्यास बढाउनु छ। यस यात्रामा कहिल्यै थाक्नु वा बहाना गर्नु हुँदैन। यादको पूरा-पूरा चार्ट राख्नु पर्छ। भोजन पनि शिवबाबाको यादमा बनाउनु वा खानु पर्छ।

२) बुद्धिबाट बेहदको संन्यास गर। यस फोहोरी दुनियाँलाई बुद्धिबाट त्यागिदेऊ। बाबाद्वारा जो मन्त्र मिलेको छ, त्यही सबैलाई दिनु छ। जागेका छौ भने जगाउनु पनि छ।

वरदान:

महानताको साथ-साथै निर्मानतालाई धारण गरेर सबैको मान प्राप्त गर्ने सुखदायी भव  

महानताको निशानी निर्मानता हो। जति महान् त्यति निर्मान किनकि सदा भरपुर छौ। जसरी वृक्ष जति भरपुर हुन्छ त्यति झुकेको हुन्छ। निर्मानताले नै सेवा गर्छ। र जो निर्मान रहन्छ, उसले सबैबाट मान पाउँछ। जो अभिमानमा रहन्छ, उसलाई कसैले मान दिंदैन, ऊ देखि टाढा रहन्छन्। जो निर्मान छ ऊ जहाँ जान्छ, जे पनि गर्छ ऊ सुखदायी हुन्छ। उसबाट सबैले सुखको अनुभूति गर्छन्।

स्लोगन:

उदासीलाई छोड्नको लागि खुशीको खजाना सदा साथमा राख।  



***OM SHANTI***

Google+ Followers