BK Murli 29 July 2017 Nepali

BK Murli 29 July 2017 Nepali

२०७४ श्रावण १४ शनिबार २९-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– व्यर्थ कुरामा तिमीले आफ्नो अमूल्य समय बर्बाद गर्नु छैन, बाबाको यादबाट आबाद हुनु छ।”  

प्रश्न:

बापदादा दुवै निरहंकारी बनेर बच्चाहरूको कल्याणको लागि कुनचाहिँ राय दिनुहुन्छ?

उत्तर:

प्यारा बच्चाहरू! सदैव सम्झ– हामीलाई शिवबाबाले पढाउनुहुन्छ। हुन त ब्रह्मा बाबाले पनि तिमीलाई पढाउन सक्छन् तर शिवबाबालाई याद गर्नुमा नै तिमीहरूको कल्याण छ। त्यसैले यी दादा निरहंकारी बनेर भन्छन्– मैले तिमीलाई पढाउँदिनँ। पढाउनेवाला एक बाबा हुनुहुन्छ, उहाँलाई नै याद गर। उहाँको यादद्वारा नै तिमी विकर्माजित बन्छौ, विकर्म विनाश हुन्छ। मेरो यादले हुँदैन।

ओम् शान्ति।

अहिले बच्चाहरू सामुन्नेमा बसेका छन्, बच्चाहरूको बुद्धिमा अवश्य छ– पतित-‌पावन परमपिता परमात्मा, जो ज्ञानका सागर हुनुहुन्छ, उहाँले यस ब्रह्मा तनद्वारा हामीलाई पढाइरहनु भएको छ। बुद्धि त पहिले आफ्नो शान्तिधाममा जान्छ फेरि यहाँ आउँछ। शिवबाबा आउनु भएको छ यस ब्रह्मा तनमा, हामीलाई राजयोग सिकाउन। विद्यार्थीको बुद्धिमा यो हुन्छ– हामीलाई कसले पढाउँछ? स्कूलमा जाँदा सम्झन्छन्– फलानो शिक्षकले हामीलाई पढाउनुहुन्छ। उनको नाम पनि बुद्धिमा रहन्छ। आँखाले देखिन्छ पनि। सत्संग पनि किसिम-किसिमका हुन्छन्। त्यहाँ भन्छन्– फलानो महात्माले हामीलाई फलानो शास्त्र सुनाउनुहुन्छ। भिन्न-‌भिन्न अनेकानेक शास्त्र सुनाउँछन्। जन्म-‌जन्मान्तर यस्तो सुन्दै आएका छौ। अहिले तिमी यहाँ बसी-‌बसी शिवबाबाको याद गर्छौ। तिमीले सम्झन्छौ– हाम्रो बाबा पतित-पावन शिव हुनुहुन्छ। उहाँ नै आएर ब्रह्माद्वारा हामीलाई पढाउनुहुन्छ। यी ब्रह्माले पनि पढाउँछन्। ब्रह्माकुमार-कुमारीले पनि पढाउँछन् भने के ब्रह्माले पढाउन सक्दैनन्? फेरि पनि तिमी यस्तो सम्झ– हामीलाई शिवबाबाले नै पढाउनुहुन्छ, न कि ब्रह्माले। यसमा तिमीहरूको धेरै फाइदा हुन्छ। यसलाई नै निरहंकारीपना भनिन्छ। बाबा र दादा दुवै नै निरहंकारी हुनुहुन्छ। यिनले स्वयं भन्छन्– पढाउन त मैले पनि पढाउँछु तर सम्झ– शिवबाबाले पढाउनुहुन्छ। जति शिवबाबालाई याद गर्छौ त्यति विकर्माजित बन्दै जान्छौ। सदैव सम्झ– शिवबाबा पतित-‌पावन ज्ञानका सागरले हामीलाई पढाउनुहुन्छ। जति हुन सक्छ शिवबाबालाई भुल्नु छैन। वर्सा पनि उहाँबाट नै पाउनु छ। शिवबाबा भन्नुहुन्छ– निरन्तर मलाई याद गर। ब्रह्माको आत्मालाई पनि भन्नुहुन्छ– तिमी मेरो पासमा आउनु छ। उठ्दा बस्दा मलाई याद गर्ने पुरुषार्थ गर, यसमा कमाई धेरै छ। स्वास्थ्य पनि धेरै राम्रो मिल्नेछ। कहिल्यै समय खेर नफाल। नराम्रो नसुन, नराम्रो नबोल... ज्ञान र योग सिवाय कुनै पनि व्यर्थ कुरा गर्नु छैन। जसमा ज्ञानको कमी छ, ऊ त अवश्य अज्ञानी नै भयो। परचिन्तनको कुरा गरिरहन्छ। यस्तो कुरा कहिल्यै सुन्नु छैन। जब यस्तो देख्छौ कसैले यस्तो फाल्तु कुरा सुनाउँछ, सम्झ यो मेरो दुस्मन हो। फाल्तु कुरा सुनाएर समय बर्बाद गर्छन्। बाबा भन्नुहुन्छ– यस्ता व्यर्थ कुरा नसुन। कसैको ग्लानि गर्छन्, कसैको लागि केही बोल्छन्। भन्नुहुन्छ– यस्तो कुरा कहिल्यै नसुन्नु, न कहिल्यै सुनाउनु छ। जसमा ज्ञान हुँदैन, उसले नै यस्तो कुरा सुनाएर अझै नोक्सान गरिरहन्छन्। त्यसैले बारम्बार सम्झाइन्छ– सेवामा तत्पर भइराख। यी चित्रमा जति अरूलाई सम्झाउँछौ, त्यति धारणा पनि हुन्छ। यहाँ बसेर चित्र हेर, यो विचार गर– उहाँ शिवबाबा हुनुहुन्छ, उहाँ दादा हुनुहुन्छ। यहाँद्वारा हामीलाई वर्सा मिल्छ। फेरि यस पतित दुनयाँको विनाश हुन्छ। यस्ता-‌यस्ता कुरा गरेर आफूलाई पनि बहलाउन सक्छौ। त्यो राम्रो हुन्छ। परचिन्तनको कुरा गर्योश भने त पाप आत्मा बन्छौ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! पाप आत्मा बन्नु छैन। दुनियाँको समाचार, फलानो यस्तो छ, उसले यसो गर्योब, यस्ता कुरा जसले सुन्छ र सुनाउँछ उसले व्यर्थमा समय बर्बाद गर्छ। तिमी त धेरै भरपुर भइरहेका छौ। विश्वको मालिक बनिरहेका छौ। वास्तवमा भारतवर्ष आबाद थियो। अहिले बर्बाद छ। बाबाद्वारा आबाद भइरहेका छौ। बाबा र सृष्टिचक्रलाई याद गर्नु यो त बडो सहज छ। यो संगमका बारेमा कसैलाई थाहा छैन। कलियुगमा सबै पतित छन्, सत्ययुगमा सबै पावन थिए। बाबा भन्नुहुन्छ– म कल्प-‌कल्पको संगमयुगमा आउँछु, पतितलाई पावन बनाउन। अजामिल जस्तो पापी पनि छन्। यो हो नै पापको दुनियाँ, यसमा कुनै चैन छैन। त्यो पुण्य आत्माहरूको चैन पाउने दुनियाँ हो। यो कुरा कसैले सम्झाउन सक्दैन। कसैको पनि बुद्धिमा छैन– चैन कहाँ पाइन्छ। यो तिमीले सम्झाउँछौ– सुखधाममा सुख मिल्छ। यो हो दुःखधाम। हुन त ठूला-‌ठूला महल बनाएर बसेका छौ तर मार्ग सारा पतित बनाउने जस्तै छ। नत्र यति उतरती कला किन हुन्छ? चढ्ती कला बनाउनेवाला एकै बाबा हुनुहुन्छ। बाँकी सबै गिराउनेवाला हुन्, यो बुझ्ने कुरा हो। अन्धश्रद्धाको कुनै कुरा छैन। शिक्षकले भन्छन्– तिमीलाई बी. ए. पढाउँछौं, त्यो कहाँ झूटो हुन सक्छ र। यहाँ बेहदका बाबाले पनि भन्नुहुन्छ– म तिमीलाई सहज राजयोग सिकाएर राजाहरूको राजा बनाउँछु। स्वर्गको राजा बनाउँछु। स्वर्गको राजा र नर्कको राजा बन्नमा रात दिनको फरक छ। नर्कमा जो राजा-रानी बन्छन्, उनीहरू दान-पुण्यले बन्छन्। अल्पकालको सुख मिल्छ। र स्वर्गका राजा-रानी बन्छन् पढाइद्वारा। यो पनि तिमीलाई थाहा छ– बाबाको के योजना चलिरहेको छ। सारा सृष्टि जुन दुःखधाम छ, त्यसलाई सुखधाम, शान्तिधाम बनाउनु छ। जान्दछौ– पहिले सुखधाम थियो। बाँकी सबै आत्माहरू शान्तिधाममा थिए। अहिले त सबै दुःखधाममा छन्। 

फेरि शान्तिधाम, सुखधाममा जानु छ। जसले राजयोग सिक्छन् उनीहरू नै सुखधाममा आउँछन्, बाँकी हिसाब-‌किताब चुक्ता गरेर शान्तिधाममा जान्छन्। शान्तिधाम-‌सुखधाम के हो, यो दुनियाँ कसैलाई थाहा छैन। यी बाबाले पनि भन्छन्–‌ मैले जान्दैनथेँ। जो स्वयं मालिक थिए उनले नै भुलेपछि बाँकी मनुष्यले के जानून्। ड्रामाअनुसार सबै गिर्नु नै छ। अहिले फेरि चढ्ने समय हो। बाबा भन्नुहुन्छ– म आएको छु नै सबैलाई सुखधाम, शान्तिधाममा लिएर जान। तिमीहरूको पासमा धेरै आउनछन्, भन्नेछन्– मनलाई शान्ति चाहियो। सुखधामको वार्तालाप त कसैले गर्दैन। संन्यासी त निवृत्ति मार्गवाला हुन्, उनीहरूले कहिल्यै सुखको मार्ग बताउन सक्दैनन्। जसरी बाबालाई दया लाग्छ– यिनीहरूलाई सुखधाम शान्तिधाममा लिएर जाऊँ। बच्चाहरूलाई पनि आउनुपर्छ– बाबाको परिचय दिनु छ। बाबाबाट अवश्य वर्सा मिल्नुपर्छ। हामी नर्कमा किन छौं, हामी नै स्वर्गमा थियौं। अहिले नर्कमा छौं। तर यी कुरालाई बिलकुल बुझ्न सक्दैनन्। मायाले बुद्धिको ताला बिलकुलै बन्द गरिदिएको छ, जसकारण यति सहज कुरा पनि बुझ्न सक्दैनन्। भगवान् स्वर्गको रचयिता हुनुहुन्छ भने अवश्य हामी स्वर्गको मालिक हुनु पर्ने हो। अहिले छैनौं किनकि रावणराज्य छ। यस रावणराज्यको विनाश त अहिले हुनु नै छ। त्यसको लागि उही महाभारत लडाईं सामुन्ने खडा छ। बडो सहज छ। तर जब कसैको बुद्धिमा बसोस्। बुद्धिमा नबस्नाले आपसमा व्यर्थ कुरा धेरै गर्छन्। समय बर्बाद गर्छन्। यस्ता कुरा कानबाट कहिल्यै नसुन। तिमी आफ्नो पढाइमा तत्पर भइराख, तब नै पद मिल्छ। पाठशालामा जो विद्यार्थी राम्रा हुन्छन्, उनीहरूले धेरै राम्रोसँग पढ्छन्। परीक्षाको दिनमा फेल नहुन भनेर खास एकान्तमा गएर पढ्छन्। फेल हुनेले ठक्कर खाइरहन्छन्। बाबा भन्नुहुन्छ– जति हुन सक्छ एक बाबाको यादमा बस। सजनीको साजनसँग मगनी भयो मतलब छाप लाग्यो। ठीक छ आज विवाह गर्योब भोलि पति मर्यो्। सारा आयु उसैको याद गरिरहन्छन्। अब ऊ त पतित बनाउनेवाला हो, बाबा भन्नुहुन्छ– म तिमीलाई स्वर्गको मालिक बनाउँछु। त्यसैले यस्तो बाबालाई कति याद गर्नुपर्छ। मायाले तिम्रो योग तोड्ने धेरै कोसिस गर्छ, तर तिमीले बहादुर रहनु छ। संकल्पमा धेरै तुफान ल्याउँछ। जति अज्ञान कालमा पनि आउँदैनथ्यो, जसरी वैद्यहरूले भन्छन्– यसबाट डराउनु हुँदैन। यस्तो होइन डराएर अर्को औषधि गर। बाबा पनि भन्नुहुन्छ– डराउनु हुँदैन। मनसामा तुफान धेरै आउँछन् तर कर्मेन्द्रियबाट कुनै विकर्म गर्नु छैन। अरूलाई पनि ज्ञान सुनाएर कल्याण गर्नु छ। बाबाले धेरै सम्झाउनुहुन्छ– तिमी आफ्नो मस्तीमा मस्त भइराख। घरमा गीता पाठशाला खोल। चेरिटी बिगिन्स एट होम। बच्चाहरूलाई पनि स्वर्गको मालिक बनाऊ। पिताले स्त्रीलाई, बच्चाहरूलाई रच्दछन्, सुखको लागि। तिमीले पनि जान्दछौ– हामी भविष्यको लागि कमाई गर्छौं। त्यसैले किन स्त्री बच्चाहरूलाई पनि नगराउने। उनीहरूलाई घरी घरी भन– घर-धन्धा गरे पनि, केवल बाबालाई याद गरिराख। यो प्राक्टिस यस्तो परोस् जुन अन्तिममा विनाशको समय एक बाबाको नै याद रहोस्। 

बाबा भन्नुहुन्छ– तिमी सबै अहिले वानप्रस्थ अवस्थामा छौ। सबै मेरो पासमा आउनु छ। म आएको छु, लिएर जानको लागि। तिम्रा पंख टुटेका छन्। संन्यासीले त ब्रह्मतत्त्वलाई याद गर्छन्, उनीहरूले बाबालाई याद गर्न सक्दैनन्। जो देवता धर्मको हो उसले मान्छ र शिवबाबालाई याद गर्न थाल्छ। ब्राह्मण नबनी देवता बन्न सकिँदैन। वर्णको बाजोली हो नि। शूद्र वर्णका थिए। अहिले ब्रह्माद्वारा ब्राह्मण बनेर शिवबाबाको वर्सा पाइरहेका छन्। शूद्रबाट ब्राह्मण बनेका छन्। फेरि हामी नयाँ दुनियाँको मालिक बन्नेछौं। ब्राह्मण हुन् सबैभन्दा उच्च। ब्राह्मणको चोटी छ नि। हामी बाजोली खेल्छौं। यसमा ८४ जन्मको ज्ञान सेकेन्डमा मिल्छ। जसरी बाजोली खेल्दै तीर्थहरूमा जान्छन्, यति महत्त्व रहन्छ। बडो भावनाले जान्छन्। आजकल त तीर्थमा पनि रक्सी आदि पिउँछन्। आदत छ भने लुकाएर बोतल लिएर जान्छन्। बाबा सबै कुराको अनुभवी छन्। रथ पनि बाबाले पूरा अनुभवी लिनु भएको छ। यिनलाई पनि बाबा भन्नुहुन्छ– तिमीले धेरै गुरु बनाएका छौ, सत्संग गरेका छौ। तर अब ती सबैलाई भुल्दै जाऊ। अहिले जो मैले सुनाउँछु, त्यसलाई सुन। भगवान्‌ले अर्जुनलाई भन्नुभयो, रथ त वास्तवमा यो हो। रथमा रथी शिवबाबा हुनुहुन्छ। तिमी सबै अर्जुन भयौ। बाँकी घोडा गाडीको त कुरै होइन। न सेनाको कुनै कुरा हो। त्यो हो भक्तिमार्ग। यो हो ज्ञानमार्ग। भक्तिको डिपार्ट नै अलग छ। ज्ञान दिनेवाला एकै बाबा हुनुहुन्छ, बाँकी त सबै भक्तहरू हुन्। सारा दुनियाँका जति पनि मनुष्य छन् सबैको आत्माले भन्छ– ओ गड फादर। आत्माले सम्झन्छ– उहाँ नै आत्माहरूको बाबा हुनुहुन्छ। जान्दछन् पनि– हाम्रो लौकिक पिता पनि हुनुहुन्छ। फेरि किन ईश्वरीय परमपितालाई याद गर्छन्? किन दुःखको समयमा मात्र याद गर्छन्? बाबा भन्नुहुन्छ– म यति सुख शान्ति दिन्छु, जसकारण फेरि दुःखमा मलाई नै याद गर्छौ। त्यसैले आपसमा तिमीलाई यो ज्ञानको कुरा गर्नु छ। मित्र सम्बन्धीको पासमा अथवा अफिसरहरूको पासमा पनि जानु छ, सबैसँग सम्बन्ध राख्नु छ। बडो युक्तिले उहाँको ज्ञान रत्नको दान पनि दिनु छ। विवाहमा जान्छौ भने पनि सेवा अर्थ। तिमी गुप्त अहिंसक सेना हौ, तिमीले कुनै पनि प्रकारको हिंसा गर्नु हुँदैन। दुःख दिनु हुँदैन। अच्छा!


धारणाको लागि मुख्य सारः

१) उच्च पद पाउनको लागि पढाइमा तत्पर रहनु छ। परचिन्तनको व्यर्थ कुरा सुन्नु हुँदैन। आफ्नो समय व्यर्थ नगुमाऊ।

२) अरूलाई पनि ज्ञान सुनाएर कल्याण गर्नु छ। कहिल्यै पनि मनसा तुफानको वश भएर कर्मेन्द्रियद्वारा कुनै विकर्म गर्नु हुँदैन।

वरदान:

स्वयंलाई विशेष पार्टधारी सम्झिएर साधारणतालाई समाप्त गर्ने परम वा श्रेष्ठ भव  

जसरी बाबा परम आत्मा हुनुहुन्छ, त्यसैगरी पार्ट खेल्ने बच्चा पनि हर कुरामा परम अर्थात् श्रेष्ठ हौ। केवल चल्दा-फिर्दा, खाँदा पिउँदा विशेष पार्टधारी सम्झिएर ड्रामाको स्टेजमा पार्ट खेल। हर समय आफ्नो कर्म अर्थात् पार्टमा अटेन्सन रहोस्। विशेष पार्टधारी कहिल्यै सुस्त बन्न सक्दैन। यदि हीरो एक्टरले साधारण एक्ट गर्छ भने सबै हाँस्छन्। त्यसैले हर कदम, हर संकल्प, हर समय विशेष होस्, साधारणता नहोस्।

स्लोगन:

आफ्नो वृत्तिलाई पावरफुल बनायौ भने सेवामा वृद्धि स्वतः हुन्छ।   



***OM SHANTI***

Google+ Followers