BK Murli 30 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 30 July 2017 Nepali

    २०७४ श्रावण १५ आइतबार ३०-०७-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ३०-०४-८२ मधुबन

    विस्तारलाई बिन्दुमा समाहित गर

    बापदादा यस साकारी देह र दुनियाँमा आउनुहुन्छ सबैलाई यस देह र दुनियाँबाट दूर लिएर जानको लागि। दूर-देश वासी सबैलाई दूर-देश निवासी बनाउनको लागि आउनुहुन्छ। दूर-देशमा यो देह जाँदैन। पावन आत्मा आफ्नो देशमा बाबाको साथ-साथ जान्छ। जानको लागि तयार भएका छौ वा अझै केही कुरा समेट्न बाँकी रहेको छ? एक स्थानबाट अर्को स्थानमा जाँदा विस्तारलाई समेटेर परिवर्तन गर्छौ। त्यस्तै दूर-देश वा आफ्नो स्वीट होममा जानको लागि के तयारी गर्नुपर्छ? सर्व विस्तारलाई बिन्दुमा समाहित गर्नुपर्छ। त्यति समाहित गर्ने शक्ति, समेट्ने शक्ति धारण गरिसक्यौ? समय प्रमाण बापदादाको डाइरेक्शन प्राप्त भयो सेकेन्डमा अब साथमा हिंड त्यसबेला सेकेन्डमा विस्तारलाई समाहित गर्न सक्छौ? शरीरको प्रवृत्ति, लौकिक प्रवृत्ति, सेवाको प्रवृत्ति, आफ्ना बाँकी रहेका कमजोरीको संकल्प र संस्कारको प्रवृत्ति, सर्व प्रकारका प्रवृत्तिबाट न्यारा र बाबाको साथमा जानको लागि प्यारा बन्न सक्छौ? वा कुनै प्रवृत्तिले आफूतिर आकर्षित गर्छ? सबै तर्फबाट सर्व प्रवृत्तिका किनारालाई छोडिसकेका छौ वा कुनै पनि किनाराले अल्पकालका सहारा बनेर बाबाको सहारा वा साथबाट दूर गरिदिन्छ? संकल्प गर्यौि जानु छ, डाइरेक्शन मिल्यो अब जानु छ, अब डबल लाइटको उड्ने आसनमा स्थित भएर उडेर जान्छौ? यस्तो तयारी छ? वा सोच्छौ अझै यो गर्नु छ, ऊ गर्नु छ? समेट्ने शक्ति अब कार्यमा ल्याउन सक्छौ वा मेरो सेवा, मेरो सेन्टर, मेरा जिज्ञासु, मेरो लौकिक परिवार, वा लौकिक कार्य– यो विस्तार त याद आउँदैन? यो संकल्प त आउँदैन? जसरी तिमीहरूले एक ड्रामा देखाउँछौ, यस प्रकार संकल्प गर्नु छ, अनि वापस जानेछु... यसैगरी ड्रामा अनुसार साथमा जाने सीटको अधिकारबाट वञ्चित त रहँदैनौ? अहिले त खुब विस्तारमा गइरहेका छौ, तर विस्तारको निशानी के हुन्छ? वृक्ष पनि जब अति विस्तारमा पुग्छ अनि विस्तार पछि बीजमा समाहित हुन्छ। त्यसैले अहिले सेवाको विस्तार धेरै तीव्र रूपमा बढिरहेको छ र बढ्नु नै छ तर जति विस्तारले वृद्धि भइरहेको छ, त्यति विस्तारले न्यारा र साथमा जानको लागि प्यारा, यो कुरालाई नभुल्नु। कुनै पनि किनारामा लगावको डोरी नरहोस्। किनाराका डोरी सदा छुटेको होस् अर्थात् सबैबाट छुट्टी लिइराख। जसरी आजकाल यहाँ पहिले देखि नै मरण मनाउँछन् अर्थात् छुट्टी लिन्छन् नि। त्यस्तै सबै प्रवृत्तिका बन्धनबाट पहिले देखि नै बिदाई लिइहाल। समाप्ति-समारोह मनाइहाल। उड्ती कलाको उड्ने आसन सदा तयार होस्। जसरी आजकालको संसारमा पनि जब लडाईं सुरु हुन्छ, त्यहाँका राजा हुन् वा राष्ट्रपति हुन्, उनीहरूको लागि पहिले देखि नै देशबाट निस्किने साधन तयार हुन्छन्। त्यस समय यो तयार गर, यस्तो अर्डर गर्ने पनि मार्जिन हुँदैन। लडाईंको इशारा मिल्नासाथ भाग्यो। नत्र के हुन्छ? राष्ट्रपति वा राजाको बदलामा जेल बर्ड बन्नेछन्। आजकालका निमित्त बनेका अल्पकालको अधिकारी आत्माहरू पनि पहिलेदेखि नै आफ्नो तयारी राख्छन्। तिमीहरू त को हौ? यस संगमयुगको हीरो पार्टधारी अर्थात् विशेष आत्माहरू। त्यसैले तिमीहरू सबैको पनि पहिलेदेखि नै तयारी हुनुपर्छ न कि त्यस समय। मार्जिन नै सेकेन्डको मिल्छ फेरि के गर्छौ? सोच्ने पनि मार्जिन मिल्दैन। गरूँ, न गरूँ, यो गरूँ, त्यो गरूँ, यस्तो सोच्नेवाला साथीको बदला बरियाँत बन्छन् त्यसैले अन्तःवाहक स्थिति अर्थात् कर्मबन्धन मुक्त, कर्मातीत– यस्तो कर्मातीत स्थितिका वाहन अर्थात् अन्तिम वाहन, जसद्वारा नै सेकेन्डमा साथमा उड्नेछौ। वाहन तयार छ? वा समयलाई गन्ती गरिरहेका छौ? अब यो हुनु छ, यो हुनु छ, त्यसपछि हुनेछ, यस्तो त साच्दैनौ? तयारी सबै गर। सेवाका साधन पनि सबै अपनाऊ। नयाँ-नयाँ प्लान पनि बनाऊ। तर किनारामा डोरी बाँधेर नछोड। प्रवृत्तिमा आउँदा कमल बन्न नभुल। फर्केर जाने तयारी नभुल। सदा आफ्नो अन्तिम स्थितिको वाहन– न्यारा र प्यारा बन्ने श्रेष्ठ साधन सेवाको साधनमा नभुल। खुब सेवा गर तर न्यारापनको खुबीलाई नछोड। अब यस अभ्यासको आवश्यकता छ। या त बिलकुल न्यारा बन्छौ, या त बिलकुल प्यारा बन्छौ, त्यसैले न्यारा र प्यारापनको सन्तुलन राख। सेवा गर तर मेरोपनबाट न्यारा भएर गर। बुझ्यौ के गर्नु छ? अझै नयाँ-नयाँ डोरी पनि तयार गरिरहेका छन्। पुरानो टुटिरहेको छ। सम्झिन्छन्– नयाँ डोरी बाँधिरहेका छौं किनकि चम्किलो डोरी छ। त्यसैले यस वर्ष के गर्नु छ? बापदादा साक्षी भएर बच्चाहरूको खेल देख्नुहुन्छ। डोरीमा बाँधिने रेसमा एक अर्को भन्दा धेरै अगाडि गइरहेका छन्, त्यसैले सदा विस्तारमा गएर पनि सार रूपमा रहनु छ। 

    वर्तमान समय सेवाको रिजल्टमा क्वान्टिटी धेरै राम्रो छ तर अब त्यस क्वान्टिटीमा क्वालिटी भर। क्वान्टिटीको पनि स्थापनाको कार्यमा आवश्यकता छ। तर वृक्षका पात धेरै छ, विस्तार छ तर फल छैन भने मन पराउँछन्? पात पनि छन्, फल पनि छन् वा केवल पात छन्? पात वृक्षका शृंगार हुन् तर फल सदाकालको जीवनको स्रोत हो। त्यसैले हरेक आत्मालाई प्रत्यक्षफल स्वरूप बनाऊ अर्थात् विशेष गुणको, शक्तिको अनुभवी मूर्त बनाऊ। वृद्धि राम्रो छ तर सदा विघ्न-विनाशक, शक्तिशाली आत्मा बन्ने विधि सिकाउनको लागि विशेष ध्यान देऊ। वृद्धिको साथ-साथै विधि सिकाउने, सिद्धि स्वरूप बनाउनमा पनि विशेष अटेन्शन। स्नेही, सहयोगी त यथाशक्ति बन्नु नै छ तर शक्तिशाली आत्मा, जो विघ्नको, पुराना संस्कारको सामना गरेर महावीर बनून्, यसमा अझै विशेष अटेन्शन। स्वराज्य अधिकारी सो विश्व राज्य अधिकारी, यस्ता वारिस क्वालिटीलाई बढाऊ। सेवाधारी धेरै बनेका छौ तर सर्व शक्तिधारी यस्तो विशेषता सम्पन्न आत्माहरूलाई विश्वको स्टेजमा ल्याऊ। 

    यस वर्ष हरेक आत्माप्रति विशेष अनुभवी मूर्त बनेर, विशेष अनुभवको खानी बनेर, अनुभवी मूर्त बनाउने महादान गर, यसबाट हरेक आत्मा अनुभवको आधारमा अंगद समान बनून्। चलिरहेका छौं, गरिरहेका छौं, सुनिरहेका छौं, सुनाइरहेका छौं– यस्तो होइन। तर अनुभवको खजाना पाइसकेँ– यस्तो गीत गाउँदै खुशीको झुलामा झुलिरहून्। 

    यस वर्ष– सेवाको उत्सवको साथ-साथै उड्ती कलाको उत्साह बढिरहोस्। सेवाको उत्सवको साथ-साथै उत्साह अविनाशी रहोस्, यस्तो उत्सव पनि मनाऊ। बुझ्यौ? सदा उड्ती कलाको उत्साहमा रहनु छ र सबैको उत्साह बढाउनु छ। 

    यस वर्ष– हरेकले यो लक्ष्य राख, हरेकले भिन्न-भिन्न वर्गका आत्माहरूको सेवा गरेर भेराइटी वर्गका हर आत्मालाई बाबाका बनाएर भेराइटी वर्गको गुलदस्ता तयार गरेर बाबाको अगाडि ल्याउनु छ। तर सबै हुनुपर्छ रूहानी रूहे गुलाब। वृक्ष भेराइटी होस्, भी.आइ.पी.पनि होस्, बेग्ला-बेग्लै पेशावाला पनि होस्, साधारण पनि होस्, गाउँका पनि होस् तर सबैलाई अनुभवको खानीद्वारा अनुभवी मूर्त बनाएर, प्राप्तिस्वरूप बनाएर सामुन्ने ल्याऊ– यसलाई भनिन्छ रूहानी रूहे गुलाब। गुलदस्ता बनाऊ तर मेरोपन नल्याऊ। मेरो गुलदस्ता सबैभन्दा राम्रो छ, यस्तो सम्झिएमा रूहे गुलाब बन्न सक्दैनन्। “मेरोपन ल्यायो गुलदस्ता ओइलायो” त्यसैले सम्झ– सबै बाबाका बच्चा हुन्। मेरा हुन्, यसलाई भुल। यदि आफ्नो बनायौ भने ती आत्माहरूलाई पनि बेहदको अधिकारबाट दूर गरिदिन्छौ। आत्मा चाहे जति धेरै महान् हुन् तर सर्वज्ञ भन्न सकिँदैन। सागर भनिदैन त्यसैले कुनै पनि आत्मालाई बेहदको वर्साबाट वञ्चित नगर। नत्र तिनै आत्माले पछि गएर दोष दिनेछन्, मलाई वञ्चित किन गरियो! उनीहरूको विलाप त्यसबेला सहन गर्न सक्दैनौ। यति दुःखमय दिलको विलाप हुनेछ त्यसैले यस विशेष कुरालाई विशेष ध्यान देऊ। ठीक छ विशेष सेवा गर। तनको शक्ति, मनको शक्ति, धनको शक्ति, सहयोग दिने शक्ति– जति पनि शक्ति छन्, समयको पनि शक्ति छ– यी सबैलाई समर्थ कार्यमा लगाऊ। पछिको लागि नसोच। जति लगायो त्यति जम्मा भयो। त्यसैले बुझ्यौ के गर्नु छ! सर्व शक्तिहरूलाई लगाऊ। स्वयंलाई सदा उड्ती कलामा उडाऊ र अरूलाई पनि उड्ती कलामा लिएर जाऊ। उत्साहको स्लोगन पनि मिल्यो नि!

    यस वर्ष डबल उत्सव मनाऊ र रूहानी रूहको गुलदस्ता हरेकले तयार गर। आज आएका पनि भेराइटी गुलदस्ता नै छन्। चारैतिरका आएका छन् नि। देश-विदेशका भेराइटी गुलदस्ता भए नि! डबल विदेशीहरूले पनि लास्ट डुब्कीमा भाग लिए। बापदादा पनि आएकोमा बधाई दिनुहुन्छ। बधाई पनि सबैलाई मिल्यो अनि मिलन पनि भयो नि! सबै मिलिसक्यौ! बधाई लिइसक्यौ। बाँकी के रह्यो? टोली। त्यसोभए लाइन लगाएर आऊ अनि टोली लिएर जाऊ। यस्तै समय आउनेवाला छ। जब यति ठूलो हल बनाइरहेका छौ भने बताऊ के हाल होला? सदा एकै रसम त चल्दैन नि! यस पटक त विशेष भारतवासी बच्चाहरूको गुनासो पूरा भयो। हर सिजनको आ-आफ्नो रीति-रिवाज हुन्छ। अर्को वर्ष के हुन्छ त्यो हेर्दै जाऊ। अहिले नै बतायो भने मजा आउँदैन। सबै गुलदस्ता सहित आउने छौ नि। क्वालिटी बनाएर ल्याऊ किनकि नम्बर त क्वालिटी (गुण) सहित क्वान्टिटी (संख्या)लाई मिल्नेछ। यसो त भीड जम्मा गर्न नेताहरू पनि होसियार हुन्छन्। क्वान्टिटी होस तर क्वालिटी सहित। यस्तो गुलदस्ता ल्याउनेछौ। केवल पातहरूको गुलदस्ता होइन। अच्छा! 

    यस्ता सदा अन्तिम वाहनका एभररेडी, सर्व आत्माहरूलाई अनुभवी मूर्त बनाउने महादानी, सदा वरदाता, विधाता, बेहदका बाबाबाट बेहदको वर्सा दिलाउन निमित्त बन्ने आत्माहरू, सदा सेवाधारीको साथ-साथै शक्तिशाली आत्मा बनाउने, वृद्धिको साथै विधिद्वारा सिद्धि प्राप्त गर्ने– यस्ता बाबा समान सेवा गर्दा सेवाबाट न्यारा र बाबाको साथमा चल्नेवाला प्यारा, यस्ता समीप र समान आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 

    सेवाधारीहरूसँगः–

    एउटा ग्रुप छ– आत्माहरूलाई बाबाको परिचय दिएर बाबाको अधिकारी बनाउने निमित्त सेवाधारी र दोस्रो छ– यज्ञ सेवाधारीहरू। यस समय तिमीहरू सबै यज्ञ सेवाको पार्ट खेल्नेवाला हौ। यज्ञ सेवाको महत्त्व कति धेरै छ– त्यसलाई राम्ररी जान्दछौ। यज्ञको एक-एक कणको कति महत्त्व छ? एक-एक कण असर्फी समान छ। यदि कसैले एक कण जति पनि सेवा गर्यो। भने असर्फी समान कमाई जम्मा हुन जान्छ। त्यसैले सेवा मात्र गर्दैनन्, कमाई जम्मा गर्छन्। सेवाधारीलाई वर्तमान समय एक मधुबन वरदान भूमिमा रहने चान्सको भाग्य मिल्यो, दोस्रो सदा श्रेष्ठ वातावरण त्यसको भाग्य र तेस्रो सदा कमाई जम्मा गर्ने भाग्य। त्यसैले कति प्रकारको भाग्य सेवाधारीलाई स्वतः प्राप्त हुन्छ। यति भाग्यवान सेवाधारी आत्मा सम्झेर सेवा गर्छौ? यति रूहानी नशा स्मृतिमा रहन्छ वा सेवा गर्दा-गर्दा भुल्छौ? सेवाधारी आफ्नो श्रेष्ठ भाग्यद्वारा अरूलाई पनि उमंग-उत्साह दिलाउन निमित्त बन्न सक्छन्। सबै सेवाधारी जति समय जुन पनि सेवामा रहन्छन्– निर्विघ्न रहून्! मनसामा पनि निर्विघ्न। कुनै पनि प्रकारको कहिल्यै पनि विघ्न वा हलचल नआओस् यसलाई भनिन्छ सेवामा सफलतामूर्त। चाहे जतिसुकै संस्कार वा परिस्थिति तल-माथि होस् तर जो सदा बाबाको साथमा छन्, फलो फादर गर्छन्, सदा सी फादर गर्छन्, उनीहरू सदा निर्विघ्न रहन्छन्। यदि कहीँ पनि कुनै आत्मालाई हेर्छन्, आत्मालाई फलो गर्छन् भने हलचलमा आउँछन्। त्यसैले सेवाधारीको लागि सेवामा सफलता पाउने आधार हो– सी फादर वा फलो फादर। त्यसैले सबैले सच्चा दिलले सेवा गर्यौा नि ? सेवा गर्दा यादको चार्ट कस्तो रह्यो! आफ्नो श्रेष्ठ भाग्य बनाइसक्यौ। रिजल्ट राम्रो छ। बडो भाग्यवान आत्मा हौ, यज्ञ सेवाको भाग्य मिल्यो। त्यसैले यस्तो कर्तव्य गरेर जाऊ, जुन तिम्रो यादगार बनोस् र फेरि जब आवश्यकता पर्योो भने तिमीलाई नै बोलाऊन्। अथक भएर जसले सेवा गर्छन्, त्यसको फल वर्तमान र भविष्य दुवै जम्मा हुन जान्छ। त्यसैले सबैले आ-आफ्नो राम्रो पार्ट खेलेका छौ। अच्छा! 


    वरदान:

    सदा विजयको स्मृतिद्वारा खुशी रहने र सबैलाई खुशी दिलाउने आकर्षण मूर्त भव   

    हामी कल्प-कल्पका विजयी आत्मा हौं, विजयको तिलक निधारमा सधैं चम्किइरह्यो भने यो विजयको तिलकले अरूलाई पनि खुशी दिलाउँछ किनकि विजयी आत्माको चेहरा सदा हर्षित रहन्छ। हर्षित चेहरालाई देखेर खुशीमा सबै आकर्षित हुन्छन्। जब अन्त्यमा कसैको पासमा सुन्ने समय हुँदैन, तिम्रो आकर्षक हर्षित चेहराले नै अनेक आत्माहरूको सेवा गर्नेछ।

    स्लोगन:

    अव्यक्त स्थितिको लाइट चारैतिर फैलाउनु नै लाइट हाउस बन्नु हो।   



    ***OM SHANTI***