BK Murli 6 July 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 6 July 2017 Nepali

    २०७४ आषाढ २२ बिहीबार ६-०७-२०१७ ओम् शान्ति प्रातः मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिम्रो सच्चा तीर्थ हो शान्तिधाम र सुखधाम, रूहानी पण्डा तिमीलाई सच्चा तीर्थ गराउन आउनु भएको छ, तिमीले राजाई र घरलाई याद गर।”  

    प्रश्न:

    तिम्रो कुन मेहनतलाई बाबाले नै जान्नुहुन्छ? बाबाले त्यस मेहनतबाट छुट्ने कुनचाहिँ युक्ति बताउनु भएको छ?

    उत्तर:

    बाबा जान्नुहुन्छ– बच्चाहरूले आधाकल्प भक्तिमार्गमा द्वार-द्वार भड्किएर धेरै ठक्कर खाएका छन्। धेरै मेहनत गरेर पनि प्राप्ति अल्पकाल क्षण-भंगुरको मिल्यो। एकदम जंगलमा फँसे। विकार रूपी डाँकुहरूले लुटे। अब बाबाले यस मेहनतबाट छुट्ने युक्ति बताउनुहुन्छ– प्यारा बच्चाहरू! केवल मलाई याद गर। मसँग नै सच्चा सम्बन्ध राख, यस बेहदको सम्बन्धमा नै आनन्द छ। देह-अभिमान रूपी ठूलो डाँकुबाट बच्नको लागि आफूलाई यस देह देखि भिन्न आत्मा सम्झ।

    गीत:–

    ओम् नमो शिवाय....

    ओम् शान्ति।

    बच्चाहरूलाई रिफ्रेश गर्नको लागि रिकर्ड पनि काफी हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– अरू फर्निचर आदि त घरमा ल्याउँछौ, ५-७ रिकर्ड पनि घरमा राख। बाल-बच्चाहरूले पनि रिकर्ड सुने भने नशा चढ्छ, महिमा त सारा एक बाबाको छ नि। तर यस समय कसैले उहाँलाई चिनेकै छैनन्। अरूले त मनुष्यहरूको धेरै महिमा गर्छन्। विदेशको कुनै मानिस आउँछ भने उसको दर्शन गर्नको लागि जान्छन्। बाबालाई केवल बच्चाहरूले नै चिनेका छन्। एकै बाबा हुनुहुन्छ, जसले पतित दुनियाँबाट पावन दुनियाँमा लैजानुहुन्छ। पतित दुनियाँ हो विषय सागर, पावन दुनियाँ हो क्षीरसागर। प्यारा बच्चाहरूले यो पनि निश्चय गर्छौ– हामीलाई अहिले श्रीमत मिलेको छ। रूहानी पण्डा मिलेको छ। जिस्मानी पण्डाले जिस्मानी यात्रा गराउँछन्। मनुष्यहरू कति यज्ञ तीर्थ आदि गर्दै आएका छन्। तर फाइदा त केही छैन। तिमी बच्चाहरूको बुद्धिमा यो ज्ञान रहनुपर्छ, जसबाट खुशी रहोस्। जन्म-जन्मान्तर कति तीर्थ गरेका छौ, तर सच्चा तीर्थ एउटै छ अथवा दुई वटा पनि भन्न सक्छौ। र, गराउनेवाला हुनुहुन्छ बाबा। उनीहरूले सम्झन्छन्– यज्ञ तप तीर्थ गर्नाले भगवान्‌ मिल्छ। ठीक छ, उहाँले कहाँ लिएर जानुहुन्छ? अवश्य आफ्नो घरमा नै लिएर जानुहुन्छ। वास्तवमा सच्चा सच्चा तीर्थ हो सुखधाम र शान्तिधाम। तिमी बच्चाहरूको बुद्धिमा छ– हामीले सच्चा-सच्चा तीर्थलाई नै याद गर्नु छ, यही मनमनाभव हो। बच्चाहरूलाई थाहा छ– हामी अहिले तीर्थमा गइरहेका छौं। बाबा भन्नुहुन्छ– आफ्नो घरलाई र राजाईलाई याद गर। स्वर्गको रचयिता एक बाबा नै हुनुहुन्छ। उहाँलाई हेविनली गड फादर भनिन्छ। त्यसैले सोधिन्छ– हेविनली गड फादरसँग तपाईंको के सम्बन्ध छ? यदि केवल तिमीले सोध– गड फादरलाई तपाईंले चिन्नु भएको छ? झट्ट भनिदिन्छन्– थाहा छ उहाँ सर्वव्यापी हुनुहुन्छ। त्यसैले यो सम्झाउने युक्ति रचिन्छ जसबाट बच्चाहरूलाई सहज होस्। मेहनत त धेरै गरेका छौ नि। आधाकल्प ६३ जन्म तिमी आसुरी मतमा चल्यौ। पुरुषार्थ त गरिन्छ राम्रो प्रारब्ध पाउनको लागि। तर तिमीलाई थाहा छ– हाम्रो चढ्ती कला त भएन, अझै गिर्दै आयौं। कति मेहनत गरिरहन्छन्। भक्तिमार्गमा कति मेहनत गर्यौह। द्वार-द्वार भड्कियौ। बाबा जान्नुहुन्छ– बच्चाहरूले धेरै मेहनत गरेका छन्। धेरै दु:ख पाएका छन्। ६३ जन्म धेरै धक्का खाएका छन्। जस्तै संन्यासीहरूले भन्छन्– यस दुनियाँमा काग विष्टा समान सुख छ। त्यस्तै तिमीले जो यति मेहनत गर्यौ , थोरै अल्पकालको सुख मिल्यो किनकि साक्षात्कार भयो, थोरै सुख मिल्यो। 

    अहिले त बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले धेरै ठक्कर खाएका छौ। एकदम जंगलमा फँसेका थियौ। जंगलमा डाँकु रहन्छन्। यस जंगलमा पनि तिमीलाई लुट्ने कति डाँकु मिल्छन्। सबैभन्दा पहिला आउँछ देह-अभिमान, यसको साथी कति ठूलो डाँकु छ। यो हो आदि-मध्य-अन्त्य दु:ख दिनेवाला नम्बरवन डाँकु। यो कसैलाई थाहा छैन। तिमीले भन्छौ– यो ठूलो भन्दा ठूलो डाँकु हो। मनुष्यले भन्छन्– यो डाँकापना (विकार) अवश्य चाहिन्छ। बाबा भन्नुहुन्छ– यी डाँकुहरूले तिम्रो के हालत गरिदिएका छन्। एक अर्कालाई काम कटारीद्वारा मार्छन्। कति खर्च गर्छन्! धक्का खाँदा-खाँदा अहिले के हालत भएको छ। अब यो त बेहदको कुरा हो। हो, आज बच्चा जन्मियो, खुशी भयो, भोलि मर्योअ भने रुन थाल्छन्। दुनियाँको हालत हेर अहिले के छ! 

    अब तिमीलाई थाहा छ– बाबा आउनु भएको छ, उहाँ नै सतगुरु हुनुहुन्छ, ती गुरुहरू त अनेक प्रकारका हुन्छन्, बाटो बताउँछन्– जप, तप, दान, पुण्य आदि गर्नाले भगवान्‌ मिल्छ। त्यसमा कति खर्च लाग्छ। यहाँ कुनै खर्च छैन। केवल भन्नुहुन्छ बाबालाई याद गर। यो सच्चा मगनी हो। कन्याको मगनी हुन्छ नि, उनलाई के थाहा कोसँग मगनी हुँदै छ? यो पनि भन्छन्– भगवान्‌ साजन आउनुहुन्छ अवश्य, तर जानेका छैनन्। त्यो हो हदको कुरा, यस बेहदको सम्बन्धमा कति आनन्द छ। बाबा भन्नुहुन्छ– म तिमीलाई श्रीमत दिन्छु, यसमा सबै चल्नुपर्छ। तिमीलाई थाहा छ– कल्प-कल्प श्रीमतद्वारा विश्व श्रेष्ठ बन्छ। त्यस विश्वलाई नै स्वर्ग भनिन्छ। समझदार जो छन्, उनले सम्झन्छन्– वास्तवमा स्वर्ग यहाँ नै थियो। यहाँ नै देवी-देवताको राज्य थियो। तिमीले उनीहरूलाई सम्झाउन सक्छौ– यहाँ जब स्वर्ग थियो, त्यतिबेला अरू कुनै राष्ट्र थिएनन्। कुनै राष्ट्रियता थिएन। देवी-देवताको राज्य थियो। कृष्णलाई पनि कहिले लर्ड, कहिले गड भनिदिन्छन्। श्रीकृष्णको नै मान छ। लर्ड किन भन्छन्? किनकि उनलाई भगवान्‌ सम्झन्छन्। गीताको भगवान्‌ले सबैलाई सद्‌गति दिनु भएको हो, तर नाम कृष्णको राखिएको छ, त्यसैले कृष्णको धेरै मान छ। भन्छन्– कृष्ण कालो, कृष्ण गोरो, श्याम सुन्दर। कस्तो कस्तो कालो चित्र बनाउँछन्। काली माता बनाएका छन् कलकत्तामा। आस-पास जहाँ-तहाँ कालीका नै मन्दिर छन्। जगत् अम्बाको चित्र पनि किसिम-किसिमको बनाउँछन्। अब तिम्रो बुद्धि खुलेको छ– यो को बसेर सम्झाउनु हुन्छ? सतगुरु, सत् बाबा, सत् शिक्षक। उहाँको नाम नै छ सत्। सत्य बोल्नेवाला, सत्य जान्नेवाला। ग्रन्थ सुखमनीमा उहाँको धेरै महिमा छ। उहाँ आएर सचखण्डको स्थापना गर्नुहुन्छ र मनुष्यहरूलाई यस्तो सच्चा बनाउनुहुन्छ। तिमीले सबैलाई सत्य बताउँछौ। सिक्खहरूलाई बुझाउन त धेरै सहज छ। उनीहरूले अकाल तख्तलाई मान्छन्। सत् श्री अकालको तख्त छ यहाँ। बिचराहरूलाई केही पनि थाहा छैन– सत् श्री अकाल कुन तख्तमा बस्नुहुन्छ? आत्मा शरीर रूपी तख्तमा बस्छ। कति ठूलो तख्त छ। बाबा आएर यस तख्तमा बस्नुहुन्छ। यो हो अकाल तख्त। ज्ञानसागर बाबा यसमा बसेर हामीलाई मुक्ति-जीवनमुक्तिको बाटो देखाइरहनु भएको छ। ब्रह्माण्ड, सृष्टिको आदि मध्य अन्त्यको सबै कुरा सम्झाउनुहुन्छ, जुन कुरालाई कसैले जानेका छैनन्। सबै आ-आफ्नो बडाइँमा मस्त छन्। तिम्रो मस्ती हेर कस्तो छ! तिमी मानौं मास्टर ज्ञानसागर बनेका छौ। अहिले तिमीलाई सारा ज्ञान मिलेको छ। जान्दछौ– टिचरले पढाउनुहुन्छ, साथमा यही आशीर्वाद पनि हुन्छ। माग्ने आवश्यकता रहँदैन। टिचरको काम हो पढाउनु, तिम्रो काम हो पढ्नु। तिम्रो बुद्धिमा यो ज्ञान फुल हुनुपर्छ। नाटकमा सबै कलाकारहरूको बुद्धिमा रहन्छ नि। यस बेहदको नाटकको पनि मुख्य कलाकारहरूलाई हेर। बाबा पनि कसरी आउनुहुन्छ, कसरी ज्ञान सुनाउनुहुन्छ। कति विघ्न पर्छन्। अबलाहरूमाथि अत्याचार हुन्छन्। कुनै पतिले आफ्नो स्त्रीको लागि धन छोडेर जान्छन्, तर बच्चा नालायक निस्कियो भने आमालाई पनि दु:खी बनाउँछ। बाबा त अनुभवी छन्। बाबाले रथ पनि अनुभवी लिनु भएको छ। गाउँलेका छोरा थिए। कृष्ण त विश्वको मालिक थिए। उनलाई कहाँ गाउँलेका छोरा भनिन्छ र। उनी त गोरा थिए, वैकुण्ठको मालिक थिए। जब कालो बन्छन् अनि गाउँमा रहन्छन्। 

    कृष्ण नै अन्तिम जन्ममा गाउँलेका छोरा कसरी बनेका हुन्, यो तिमीलाई थाहा छ। बाबा स्वयं पनि आश्चर्य मान्छन्– म के थिएँ! अहिले बाबालाई थाहा भएको छ– श्रीमतद्वारा, तिमीलाई पनि थाहा भयो। आश्चर्य छ नि। कति ठूलो मालिक, फेरि कति तल आउँछन्। काम चितामाथि चढेपछि फेरि गिर्दै आए। अहिले तिमीले बुझेका छौ– कृष्णलाई गाउँलेका छोरा किन भनिन्छ। स्वयं बाबा बताउँछन्– पहिले के थिएँ, अहिले के बनेको छु, तत्त्वाम्। अब तिमीले बुझेका छौ– कहाँको कुरा कहाँ लगेका छन्। श्याम सुन्दरको अर्थ पनि अहिले बुझेका छौं। हामी पनि यस्तै थियौं। हामीले पनि ८४ जन्मको चक्र लगाएका छौं। अब नाटक पूरा हुन्छ। अब जान्छौं आफ्नो घर। धेरै सहज कुरा छ। बाबा भन्नुहुन्छ– म एकलाई याद गरिराख र वर्सालाई याद गर, सबैलाई बाटो बताऊ। ज्ञान-अजंन सतगुरु दिया, अज्ञान अन्धेर विनाश। गायन पनि कति राम्रो छ। अन्धकारपछि फेरि उज्यालो हुन्छ। ब्रह्माको दिन र ब्रह्माको रात। तिम्रो बुद्धिमा अहिले सारा रहस्य आएको छ। बुझेका छौ– अहिले हामी संगमयुगमा बसेका छौं। सबै अब आफ्नो घर जाने बेला भएको छ। बाबा सम्मुख बसेर बच्चे-बच्चे भन्नुहुन्छ, ब्रह्मा मुखद्वारा। यस रथमा बस्नु भएको छ। उहाँ नै ज्ञानको सागर हुनुहुन्छ। यी ब्रह्मा फेरि हुन् मास्टर ज्ञानको सागर। ज्ञानसागर पतित-पावन यस तनमा हुनुहुन्छ। स्वयं पनि भन्नुहुन्छ– म यस तनमा आउँछु। नत्र कसको तनमा आऊँ, ब्राह्मण पनि बनाऊँ र ज्ञान पनि दिऊँ? के बयलमा आउँछु होला! आजकल बयलको मस्तकमा पनि शिवलिंग बनाउँछन्। ब्राह्मण पनि अवश्य चाहिन्छ। त्यसोभए ब्राह्मण कहाँबाट आउने? अवश्य एडाप्ट गर्नुपर्छ ब्राह्मणहरूलाई। अहिले तिमी ब्राह्मण बनेका छौ फेरि देवता क्षत्रिय बन्छौ। जिस्मानी ब्राह्मणहरूको कुरा होइन। ती हुन् कोख वंशावली। तिमी ब्राह्मण हौ मुख वंशावली, तिमीले राम्रोसँग बुझाउन सक्छौ– ब्रह्माद्वारा स्वर्गको स्थापना। ती ब्राह्मणले त यो जानेका नै छैनन्– उनले यो ज्ञान कहाँबाट ल्याउने? बाबाले राम्रोसँग सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! जति हुन सक्छ, परिचिन्तनको कुरा छोडिदेऊ। शरीर निर्वाह अर्थ धन्धा आदि पनि गर्नु नै छ। बाँकी जति समय मिल्छ, परमप्रिय बाबालाई याद गर्नु छ। यिनले पनि बच्चाहरूलाई यति नै प्यार गर्छन्। मित्र सम्बन्धी आदि धेरै थिए। तर ती सबैबाट बुद्धियोग हटाएर नयाँ सम्बन्धमा कति लव रहन्छ, सेवाधारी बच्चाहरूलाई छातीमा लगाऊँ। धेरै बच्चाहरू सपूत छन्, धेरै राम्रो सेवा गर्छन्। अन्धाहरूको लठ्ठी बन्छन्। दु:खीहरूलाई सुखधामको मालिक बनाइरहेका छन्। त्यसैले बाबा यस्ता बच्चाहरूमाथि बलिहार जानुहुन्छ। स्वयं सुख लिनुहुन्न। भन्नुहुन्छ– तिमीले नै सुख लेऊ। म त मुक्तिधाममा जान्छु। ड्रामामा पार्ट तिम्रो नै छ। वैकुण्ठको मालिक मलाई बन्नु छैन। वैकुण्ठको मालिक तिमी बन्छौ। त्यतिबेला तिमी गोरो हुन्छौ फेरि राज्य गुमाउँछौ, कालो बन्छौ। श्याम र सुन्दरको अर्थ कति राम्रो छ। बाबाले चित्र पनि यस्तो बनाउनु भएको छ– श्याम र सुन्दर। ८४ जन्म कसरी लिन्छन्, फेरि बाबाद्वारा राजयोग कसरी सिक्छन्? मानिसहरूले त कृष्णलाई जन्म-मरण रहित भनिदिन्छन्। 

    तिमी कृष्णको ८४ जन्मलाई सिद्ध गरेर बताउँछौ। त्यसैले उनले काटेर केवल चित्र राखिदिन्छन्। अनौठो छ मनुष्यहरूको बुद्धि। कति पल्टाउनु पर्छ बुद्धिलाई। अब तिम्रो बुद्धि पल्टिएको छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– यस दुनियाँको अन्त्य छ। तिमीले भन्न सक्छौ– यी बम आदिबाट सृष्टिको विनाश भएको थियो। फेरि तपाईंहरूले यो के गरिरहनु भएको छ? वेस्ट अफ टाइम गरिरहनु भएको छ। बच्ने जति नै प्रबन्ध गरून् तर मर्नु त अवश्य नै छ। बम आदि कति खतरनाक बनाएका छन्। दुनियाँको हालत हेर के छ? बाँकी थोरै समय छ, मृत्यु आउनै लाग्यो। कल्प पहिले जसरी सबैको शरीर, धन-दौलत आदि सबै माटोमा मिल्नेछ। बाँकी हामी सबै आत्माहरू बाबाको पासमा पुग्छौं, फेरि आफ्नो राजधानीमा आएर डान्स गर्छौं। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) आफ्नो बुद्धिलाई ज्ञानले सदा भरपुर राख्नु छ। बाबासँग आशीर्वाद वा कृपा माग्नुको सट्टा पढाइमा पूरा ध्यान दिएर आफूमाथि आफैंले कृपा गर।

    २) दु:खीलाई सुखधामको मालिक बनाउने सेवा गर। यस्तो सपूत सेवाधारी बन, जसबाट बाबा पनि बलिहार जानुहुन्छ।

    वरदान:

    बाबालाई कम्बाइन्ड रूपमा अनुभव गर्ने स्मृति स्वरूप भव:-   

    कैयौं बच्चाहरूले बाबालाई आफ्नो साथी त बनाएका छन् तर साथीलाई कम्बाइन्ड रूपमा अनुभव गर, अलग हुनै सक्दैनौ। कसैको तागत छैन, जसले मेरो कम्बाइन्ड रूपलाई अलग गर्न सकोस्। यस्तो अनुभव बारम्बार स्मृतिमा ल्याइरह्यौ भने स्मृति स्वरूप बन्छौ। जति कम्बाइन्ड रूपको अनुभव बढाउँदै जान्छौ, त्यति ब्राह्मण जीवन धेरै प्रिय, मनोरञ्जक अनुभव हुन्छ।

    स्लोगन:

    दृढ संकल्पको बेल्ट बाँधिरह्यौ भने सीटबाट अपसेट हुँदैनौ।  



    ***OM SHANTI***