BK Murli 7 July 2017 Nepali

BK Murli 7 July 2017 Nepali

२०७४ आषाढ २३ शुक्रबार ७-०७-२०१७

“मीठे बच्चे– बाबा समान पतितहरूलाई पावन बनाउने धन्दा गर, तब नै बाबाको दिलमा चढ्छौ।”  

प्रश्न:

कुन बच्चाहरूमा गुणहरूको धारणा सहजै हुन्छ, उनको निशानी के हुन्छ?

उत्तर:

जो बच्चाहरू पुराना मित्र-सम्बन्धीहरूबाट, पुरानो दुनियाँबाट बुद्धियोग निकालेर नष्टोमोहा बन्छन्, उनमा सबै गुणहरूको धारणा सहजै हुन्छ। उनीहरूले कहिल्यै कसैको निन्दा गरेर एक अर्काको दिल खराब गर्दैनन्। बाबालाई पूरा-पूरा अनुसरण गर्छन्। कालोलाई गोरो, नमीठोलाई मीठो र पतितहरूलाई पावन बनाउने सेवाको सबूत दिन्छन्। सदा हर्षित रहन्छन्।

गीत:

किसने यह सब खेल रचाया...

ओम् शान्ति।

तिमी बच्चाहरूलाई थाहा छ– हामी अहिले ईश्वरीय सन्तान अथवा सम्प्रदाय हौं, यस भन्दा पहिले हामी आसुरी सम्प्रदाय थियौं। अहिले हामीलाई ईश्वरीय मत मिल्छ। ईश्वरीय मतले के सिकाउँछ? पतितहरूलाई पावन बनाउन। अब हरेकले आफ्नो दिलसँग सोध– हामी पतित-पावनका सन्तान हौं भने हामीले बाबाको धन्दा गर्छौं वा गर्दैनौं? दुनियाँमा त पिताको धन्दा अलग र बच्चाको धन्दा अलग-अलग हुन्छ। अनेक प्रकारका धन्दा छन्। अनेक प्रकारका मतहरू छन्। पिताको मत अलग अनि बच्चाहरूको मत अलग। यो फेरि हो ईश्वरीय मत। तिमीले बाबालाई चिनेका छौ। दुनियाँले केवल गायन गर्छन्। जान्दैनन्– कसरी पतित-पावन बाबा आएर पावन बनाउनुहुन्छ? तिमीलाई थाहा छ– पतित-पावन बाबाले हामीलाई पावन बनाएर पावन स्वर्गको मालिक बनाउँदै हुनुहुन्छ। यहाँ तिमीहरूको छ नै एक मत। सबै भन्दा श्रेष्ठ मत बाबाले नै आएर दिनुहुन्छ। जसले आफूलाई ईश्वरीय सन्तान भएको निश्चय गर्छन्, उनीहरूले आफ्नो दिलसँग सोध्नु छ। जसले निश्चय गर्दैनन्, उनीहरूबाट यो धन्दा हुन पनि सक्दैन। जो बाबाको बनेको नै छैन, उसले यो धन्दा गर्न सक्दैन। बच्चाहरूले सम्झन्छन्– हाम्रो लक्ष्य-उद्देश्य नै हो पावन बन्नु। चित्र पनि सामुन्ने राखिएको छ। नरबाट नारायण र नारीबाट लक्ष्मी बन्नु छ। लक्ष्मी-नारायणको घरानाको हामी बनौं। बाबा आउनुभएको छ– हामीलाई पावन बनाउन, त्यसैले आफूलाई हेर्नु छ– हामीले बाबाको कर्तव्य गरिरहेका छौं या छैनौं? बाबाले के गर्नुभयो? यो हस्पिटल वा युनिभर्सिटी खोल्नुभयो। बच्चाहरूको पनि यही काम हो। सुरु-सुरुमा जब बाबा आउनुभयो, घर त सानो नै थियो। मम्माको कोठा भन्दा पनि सानो थियो। त्यसैमा आएर परमपिता परमात्माले हस्पिटल अथवा युनिभर्सिटी खोल्नुभयो, फेरि बिस्तारै-बिस्तारै घर आदि बन्दै गए। पहिला त एउटा सानो गल्लीमा घर थियो। बिस्तारै-बिस्तारै बढ्दै गयो। बच्चाहरूको पनि यही कर्तव्य हो। फेरि शिक्षा पनि दिनुपर्छ। पढे-लेखेकाले नै युनिभर्सिटी खोल्छन् नि। हो, नपढेकाले पनि खोल्न सक्छन्। खोल्छन् अनि जसले पढ्न पढाउन जानेका हुन्छन्, उनीहरूलाई दिन्छन्। भन्छन्– तपाईं प्रिन्सिपल भएर चलाउनुहोस्, धेरैको कल्याण हुन्छ। 

बाबा पनि भन्नुहुन्छ– तिमी ब्राह्मणहरूको धन्दा नै हो पतितलाई पावन बनाउनु, कुनै पतित कार्य नगर्नु, कहिल्यै विकारमा नजानु। अरूलाई पनि भन– पवित्र बन्नुहोस्, यो धेरै राम्रो हो। सम्झाइन्छ– पवित्रको अगाडि अपवित्रले टाउकाले त टेक्छन् नै। पहिला पहिला जब भक्तिमार्ग सुरु भयो, संन्यासी थिएनन्। उनीहरू त पछि आएका हुन्, त्यस समयमा संन्यासीले कुनै ज्ञान दिँदैनथे। यो त पछि सर्वव्यापीको ज्ञान निक्लिएको हो। पहिला त भन्थे– हामीले ईश्वर र ईश्वरको रचनालाई जान्दैनौं। न सम्झन्थे– उहाँ पिता हुनुहुन्छ। पिता फेरि सर्वव्यापी कसरी हुन सक्नुहुन्छ? अहिले बाबाले तिमी बच्चाहरूलाई सम्झाइरहनु हुन्छ। सर्वव्यापीको ज्ञानले नै सबैलाई कंगाल, बेमुख, नास्तिक र अनाथ बनाइदिएको छ। अहिले तिमी सनाथ बनेका छौ, फेरि अरू अनाथलाई सनाथ बनाउने पुरुषार्थ गर। जो पण्डा बन्छन्, अरूलाई सनाथ बनाएर स्वामीको पासमा लैजान्छन् नि। उनीहरूलाई पनि खुशी हुन्छ– वास्तवमा स्वामी बेहदका बाबाद्वारा हामीलाई बेहदको वर्सा मिल्छ। बेहदको वर्सा हो– बेहद स्वर्गको बादशाही। हदको वर्सा हो नर्क। नर्कमा दुःख छ, त्यसैले यसलाई बादशाही भनिँदैन, गधाई भनिन्छ। अब बच्चाहरूले बाबाको सेवा गर्नु छ। पतितहरूलाई पावन बनाउनु छ। सारा दिन यही धन्दा गर्नुपर्छ– पतितहरूलाई पावन कसरी बनाऊँ। पहिला सोध्नु छ– म स्वयं पावन बनेको छु? म भित्र कुनै विकार त छैन? मेरो परमपिता परमात्मासँग कति प्यार छ? यदि प्यार छ भने प्यारको सबूत छ त? सबूत हो पतितहरूलाई पावन बनाउने धन्दामा रहनु। यो धन्दा गर्दैनौ भने न स्वयं पावन बनेका छौ, न बनाउन सक्छौ। यो धन्दा गर्दैनौ भने उच्च पद पाउन सक्दैनौ। कल्प-कल्पान्तर यही हुन्छ। थाहा हुन्छ– यिनको तकदिरमा छैन। ईश्वरलाई पाएर फेरि पनि यो धन्दा सिकेनौ। बाबाको दिलमा उही चढ्छ, जसले पावन बनाउने धन्दा गर्छ। मनुष्यहरूलाई कौडीबाट हीरा जस्तो देवता बनाउने पुरुषार्थ गर्नु पर्छ। बाबा मम्माले पनि त्यही पुरुषार्थ गर्छन्। बाबा पनि सेवामा जानुहुन्छ, कुनै बच्चाहरूको तनमा विराजमान भएर पतितहरूलाई पावन बनाउने बाटो बताउनुहुन्छ। त्यसैले आफूलाई हेर्नु पर्छ– मैले उहाँहरूले जस्तो सेवा गर्छु? यदि गर्दैनौ भने दिलमा चढ्न सक्दैनौ। कति त मोहमा फँसिरहेका हुन्छन्। बाबासँग त एकरस प्यार हुनु पर्छ नि। अरू सबैसँग नष्टोमोहा भएर देखाउनु छ। पुराना मित्र सम्बन्धीहरू, पुरानो दुनियाँसँग मोह निक्लिनु पर्छ। जब मोह निक्लन्छ, तब गुण धारण हुन्छ। कति बच्चाहरू त सारा दिन के के गरिरहन्छन्। एक अर्काको दिल खराब गर्छन्, निन्दा गरिरहन्छन्। फलानो यस्तो छ, यो यस्तो छ। पहिला त आफूलाई हेर्नु छ, मैले के गर्छु? बाबालाई अनुसरण गरिरहन्छु? अनुसरण गर्‍यौ भने खुशीको पारा चढ्छ। 

सेवा गर्नेहरू सदैव खुशीमा हर्षित रहन्छन्। नाम त निस्किन्छ नि। बाबा भन्नुहुन्छ– तिमीहरू त वनवाहमा रहनु छ। ८ ठाउँमा च्यात्तिएको कपडा लगाउनु पर्छ। यस्तो समय पनि आउनु छ। यस्तो दुःख हुन्छ, जहाँ पुरानो कपडा पनि मुस्किलले मिल्छ– लगाउनको लागि। त्यसैले यी सबैसँग ममत्व मेटाउनु पर्छ। जति पनि आसुरी मित्र सम्बन्धी आदि छन्, उनीहरूसँग बुद्धियोग हटाउनु छ। आफ्नो चढ्ती कला छ, यसको पनि सबूत हुनुपर्छ नि। जो पण्डा बन्छन्, उनीहरूले सबूत दिन्छन्। सेवाको लायक बन्नु छ। यस्तो होइन– अवज्ञा गरौं, नमिलेर आपसमा नै झगडा गरिराखौं। अवज्ञा गर्नेको पद भ्रष्ट हुन्छ। मनुष्य मनुष्य कति मिल्दैनन्। कुरै नगर। तिम्रो धन्दा हो, उनीहरूलाई धेरै मीठो बनाउनु। कुनै फेरि यस्ता नमिल्ने पनि भेटिन्छन्, भनिन्छ भावी। यो पनि सहन गर्नु छ। हामीले फेरि पनि प्यारले नमिल्नेलाई परिवर्तन गरेर मिल्ने बनाउनु छ। हेर सूर्यमा कति तागत छ, जसले नुनिलो सागरबाट पानी खिँचेर मीठो बनाइदिन्छ। यो पनि उसको सेवा हो नि, त्यसैले इन्द्र देवता भन्छन्, वर्षा बर्साउँछ। त्यसैले बच्चाहरूमा पनि यति तागत हुनुपर्छ। यस्तो होइन– अझै नुनिलो बनाइदिऊँ। कसै-कसैले त नुनिलो पनि बनाइदिन्छन्। उनीहरूको अनुहार नै प्रत्यक्ष हुन्छ। नुनिलोको अनुहार कालो, मीठोको अनुहार गोरो। तिमीले त स्वयं गोरो बनेर कालोलाई पनि गोरो बनाउनु छ। बाबाले कति टाढाबाट आएर यो सेवा सिकाउनुहुन्छ। बाबाको सेवा नै यही हो, पतितहरूलाई पावन बनाउनु। धेरैलाई पावन बनायौ भने बाबाले इनाम पनि दिनुहुन्छ। दिलमा सोध्नु छ– मैले कतिलाई गोरो बनाउँछु। यदि बनाउँदैनौ भने अवश्य कुनै कुकर्म गर्छौ। बाबाको मतमा चल्दैनौ भने कुकर्म नै गर्छौ। फेरि पावन बनाउनेको अगाडि भारी बोक्नुपर्छ। जसमा तागत हुन्छ, उनीहरूले भन्छन्– बाबा हामीलाई जहाँ पठाइदिनुहोस्। हस्पिटल त धेरै खुल्न सक्छन्, तर डक्टर पनि राम्रो चाहिन्छ नि। कुनै यस्ता पनि डक्टर हुन्छन् जसले उल्टो-सुल्टो दवाई दिएर मारि पनि दिन्छन्। यहाँ त यो ईश्वरीय दरबार हो। सबैको खाता बाबासँग छ। उहाँ त अन्तर्यामी हुनुहुन्छ नि। सबै बच्चाहरूको मनको कुरा जान्नुहुन्छ। यिनी त बाहरयामी हुन्। यिनले पनि अरूलाई पावन बनाउने पुरुषार्थ गरिरहन्छन्। जो पावन बन्दैनन्, उनले सजाय भोगेर आ-आफ्नो सेक्शनमा जान्छन्। सबैले आ-आफ्नो पार्ट खेल्नु छ। नम्बरवार आउनु छ। अघि वा पछि आउँछन् नि। बीचबाट त निक्लिएर आउँदैनन्। जस्तो वृक्ष हुन्छ, त्यस्तै फल लाग्छ, त्यसमा फरक पर्न सक्दैन। अहिले वृक्ष छरिएको छ। को-को कुन-कुन धर्ममा परिवर्तन भएका छन्। हरेक देशको सख्या कति छ? बुझ्न सकिँदैन। हरेकको रसम-रिवाज आ-आफ्नो छ। तिमीलाई थाहा छ– हामी मूलवतनमा थियौं। नम्बरवार पुरुषार्थ अनुसार हिसाब-किताब चुक्ता गरेर वहाँ गएर सबैलाई रहनु छ। माथि निराकार आत्माहरूको वृक्ष छ। 

कति ठाउँ लिन्छन् होला। धेरै थोरै हुन्छ। जसरी पोलार आकाश तत्त्व त धेरै लामो छ। मनुष्यहरू कति सानो ठाउँमा रहन्छन्। थाहा पाइन्छ– यहाँसम्म मनुष्य छन्। सागरमा त मनुष्य रहँदैनन्। धर्तीमा नै मनुष्य छन्। सागरको त अन्त्य लिन सकिँदैन। असम्भव छ। माथि जाने कोशिश गर्छन्। तर छ नै बेअन्त। बाबालाई बोलाउँछन्– आएर पतितबाट पावन बनाउनुहोस्। यस्तो होइन– हामी त्यहाँ गएर आकाश तत्त्वको अन्त्य लिन्छौं। हामी आत्माहरू माथि रहन्छौं। त्यही पनि ठाउँ थोरै लिन्छौं। आकाश तत्त्व त ठूलो छ। यस्तो होइन, ईश्वर त्यहाँ बसेर हेर्नुहुन्छ– आकाश तत्त्व कति लामो छ? यो कहिल्यै बुद्धिमा ख्याल पनि आउन सक्दैन। उहाँको बुद्धिमा छ नै पार्ट खेल्ने। यस्तो होइन– महतत्त्वलाई पत्ता लगाउनु पर्छ। यहाँबाट जानु भयो र आफ्नो ठाउँमा रहनु भयो। त्यहाँ कोशिश केही पनि गर्नुहुन्न। बाबा भन्नुहुन्छ– मैले कहाँ यो कोशिश गर्छु? यो त बेअन्त्य छ। अच्छा, अन्त्य पाएर फाइदा नै के हुन्छ? केही पनि फाइदा छैन। फाइदा छ नै पतितलाई पावन बनाउनमा। आत्माहरू निर्वाणधामबाट आएर यहाँ पार्ट खेल्छन्। बाबाले पनि आएर पार्ट खेल्नुहुन्छ। त्यो हो शान्तिधाम। त्यहाँ यी कुनै संकल्प आउँदैनन्– यो हेरौं, त्यो हेरौं। यहाँ मनुष्यले के-के गर्छन्। कति दुःख गरेर अन्त्य पाउन जान्छन्। बच्चाहरूलाई थाहा छ– समय धेरै थोरै छ। लडाईं सुरु हुन्छ फेरि उनीहरूको आवाज आदि सबै बन्द हुन्छ। माथि आउन-जान बन्द हुन्छ। यिनीहरू सबैले पैसा बर्बाद गरिरहेका छन्। फाइदा केही पनि छैन। मान कोही जान्छ, आएर के पो बताउँछन्, यसमा समयको बर्बाद, पैसाको बर्बाद, शक्तिको बर्बाद मात्र हुन्छ। सबैको यही हाल छ, सिवाय तिमी बच्चाहरूको। त्यो पनि जसले पुरुषार्थ गरिरहन्छन्– हामी गएर बाबाको परिचय दिऊँ, अनि बाबाबाट वर्सा लिऊँ। बाबाको ड्रामामा उच्च पार्ट छ, नयाँ दुनियाँको स्थापना गरेर त्यसको लायक बनाउने। अब त सृष्टिको अन्त्य आएको छ। कत्ति मानिसहरूले टाउको दुखाइरहन्छन्। समय खेर फाल्छन्। मानौं सगरमाथामा गएर उभिन्छन्, फेरि पनि फाइदा के भयो? मुक्ति-जीवनमुक्ति त मिल्दैन। दुनियाँमा त दु:खै-दु:ख छ। तिम्रो बुद्धि अब स्वच्छ भएको छ। तिमीले पुरुषार्थ गर्छौ, अरूलाई आफू समान बनाउने। स्कूलका टीचर प्रिन्सिपललाई पनि यही सम्झाऊ। बेहदको इतिहास-भूगोल त सिकाउँदैनन्। सत्ययुगदेखि त्रेता, द्वापर कलियुग कसरी हुन्छ? यो हो बेहदको इतिहास-भूगोल, यसलाई जान्नाले तिमी चक्रवर्ती बन्छौ। हामीले यो विश्वको इतिहास-भूगोल सम्झाउँछौं। सृष्टिको चक्र कसरी घुम्छ? आउनुहोस् अनि हामीले तपाईंलाई परमपिता परमात्माको परिचय दिन्छौं। जसलाई निराकार भन्छन्, उहाँको परिचय सुनाउँछौं। ब्रह्मयोगीले त ब्रह्मको नै ज्ञान दिन्छन्। फेरि भन्छन्– ब्रह्म त सर्वव्यापी छ। परमात्मा त ज्ञानका सागर हुनुहुन्छ। तत्त्वलाई ज्ञानको सागर कहाँ भनिन्छ? बाबाले त बच्चाहरूलाई पनि आफू समान ज्ञानको सागर बनाउनुहुन्छ। त्यो तत्त्वले कसरी आफू समान बनाउँछ? अच्छा!

धारणाको लागि मुख्य सारः

1. चढ्ती कलाको सबूत दिनु छ। सबैबाट मोह निकालेर सेवा लायक बन्नु छ। आफूले आफैंलाई हेर्नु छ। अरूलाई निन्दा गरेर अरूको दिल खराब गर्नु छैन। कुनै पनि कुकर्म गर्नु हुँदैन।

2. बाबा समान दयावान बन्नु छ। कौडीबाट हीरा जस्तो बनाउने पुरुषार्थ गर्नु छ। नुनिलो अर्थात् नमीठोलाई मीठो बनाउने सेवा गर्नु छ।

वरदान:

मास्टर दाता बनेर खुशीको खजाना बाँड्ने सबैको आशीर्वादको पात्र भव  

वर्तमान समयमा सबैलाई अविनाशी खुशीको आवश्यकता छ, सबै खुशीका भिखारी छन्। तिमी दाताका बच्चा हौ। दाताको बच्चाको काम हो दिनु। जो पनि सम्बन्ध-सम्पर्कमा आउँछन्, उनीहरूलाई खुशी दिँदै जाऊ। कोही खाली नजाओस्, यति भरिपूर्ण बन। हरेक समय हेर– मास्टर दाता बनेर केही दिइरहेको छु या केवल आफूमा नै खुशी छु! जति अरूलाई दिन्छौ, त्यति नै सबैको आशीर्वादको पात्र बन्छौ र यो आशीर्वादले सहज पुरुषार्थी बनाउँछ।

स्लोगन:

संगमको प्राप्तिहरूलाई याद राख्यौ भने दु:ख अथवा समस्याको कुरा याद आउँदैन।  



***OM SHANTI***

Google+ Followers