BK Murli 2 August 2017 Nepali

BK Murli 2 August  2017 Nepali

२०७४ श्रावण १८ बुधबार २-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

“मीठे बच्चे– तिमीले पवित्र रहने व्रत लिनु छ, बाँकी निर्जल रहने, भोक-हड्ताल आदि गर्ने आवश्यक छैन। पवित्र बन्यौ भने विश्वको मालिक बन्छौ।”  

प्रश्न:

यस समय दुनियाँमा सबै भन्दा राम्रो को हुन् र कसरी?

उत्तर:

यस दुनियाँमा अहिले सबै भन्दा राम्रो गरिब हुन् किनकि गरिबहरूलाई नै बाबा आएर मिल्नु हुन्छ। धनवानले त यस ज्ञानलाई सुन्दा पनि सुन्दैनन्। बाबा हुनुहुन्छ नै गरिब निवाज। गरिबहरूलाई नै धनवान बनाउनु हुन्छ।

गीत:–

आज के इंसान को....

ओम् शान्ति।

ओम् शान्ति। बच्चाहरूले गीत सुन्यौ। त्यो दैवी प्यार हो, जसलाई ईश्वरीय प्यार भनिन्छ। अहिले ईश्वरले प्यार सिकाउनु हुन्छ– कसरी एक-अर्कालाई प्यार गर्नु पर्छ। यहाँ कति सच्चा प्यार थियो, जतिबेला सचखण्ड थियो। सचखण्ड कसले बनाएको थियो? सतगुरु, सत बाबा, सत टिचरले। अहिले तिमी कसको अगाडि बसेका छौ? सत्य बाबा अर्थात् जो सच्चा सुख दिनेवाला हुनुहुन्छ, सच्चा प्यार सिकाउनेवाला हुनुहुन्छ। सच्चा ज्ञान दिनु हुन्छ, उहाँको सम्मुख बसेका छौं। झूट खण्डमा त सबै झूट छन्। गाइएको पनि छ– सत्यको संगत गर। सत्य त एउटै नै हुनुहुन्छ। असत्य अनेक छन्। जुन बाबाले स्वर्ग बनाउनु हुन्छ, बेहदको वर्सा दिनु हुन्छ, तिमी उही बेहद बाबाको सम्मुख बसेका छौ, जसले फेरि हामीलाई बेहदको बादशाही दिन आउनु भएको छ। सत्य बाबा एउटै नै हुनुहुन्छ, जसको संगतले तिमी विश्वको मालिक बन्छौ। भक्तिमा पहिला-पहिला एक मात्र शिवबाबाको सच्चा-सच्चा भक्ति हुन्छ। त्यसलाई नै सच्चा अव्यभिचारी भक्ति भनिन्छ। बाबाले बसेर तिमी बच्चाहरूलाई सारा चक्रको ज्ञान सुनाउनु हुन्छ। पहिला-पहिला एक शिवबाबाको भक्ति थियो, जसलाई अव्यभिचारी भक्ति भनिन्छ, फेरि अहिले ज्ञान पनि तिमीलाई सच्चा सुनाउनु हुन्छ। झूटो भक्तिबाट छुटाउनु हुन्छ। सच्चा बाबाद्वारा तिमीले ज्ञान सुनिरहेका छौ। तिमीलाई थाहा छ– यो सत्यको संगले हामीलाई स्वर्गमा लैजान्छ। सच्चा ज्ञानबाट नै बेडा पार हुन्छ र जसले झूटो ज्ञान सुनाउँछ त्यसबाट बेडा डुब्छ। त्यसलाई अज्ञान भनिन्छ। सच्चा ज्ञान केवल बाबाले नै सुनाउनु हुन्छ। तिमी बच्चाहरूले सारा चक्रको इतिहास-भूगोललाई जानेका छौ। उहाँ सच्चा-सच्चा बाबा, सच्चा-सच्चा टिचर हुनुहुन्छ। सत्ययुगमा पनि सच्चा बाबा भनिन्छ किनकि वहाँ झूट हुँदै हुँदैन। ईश्वरलाई सर्वव्यापी भनिंदैन। झूट त तब सुरु हुन्छ, जब झूट बनाउनेवाला ५ विकार आउँछन्। 

अहिले तिमी बच्चाहरूको बुद्धिमा छ– हामी बेहदको निराकार बाबाको सम्मुख बसेका छौं। यी बाबाले पनि भन्छन्– म वहाँ बाबाको सम्मुख बसेको छु। वहाँलाई याद गर्छु। घरी-घरी याद गर्छु। बाबाको बच्चा हुँ नि। तिमीले त यस साकारलाई छोडेर वहाँलाई याद गर्नु छ। मेरो लागि त एकै बाबा हुनुहुन्छ। तिमीहरूको लागि अलि अलमल छ, मलाई अलमल पर्दैन। तिम्रो नजर यसमा जान्छ, मेरो नजर कसमा जान्छ र? मेरो त डाइरेक्ट शिवबाबासँग कनेक्शन हुन्छ। तिमीले शिवबाबालाई याद गर्नु पर्छ। यस साकारलाई क्रस गर्नु पर्छ– यिनको याद नआओस्, मेरो लागि त एक शिवबाबा नै हुनुहुन्छ। तिम्रो अगाडि दुई बस्नु भएको छ। मेरो सामुन्ने त केवल एकै हुनुहुन्छ। म उहाँको बच्चा हुँ। फेरि पनि निरन्तर याद गर्न सक्दिनँ किनकि बाबाले भन्नु हुन्छ– तिमी कर्मयोगी हौ। तिम्रो बुद्धिमा सारा चक्र घुमिरहन्छ। सत्ययुग त्रेतामा यति जन्म पास गर्यौंन फेरि यति जन्म लिंदै-लिंदै ८४ जन्मको चक्र पूरा गर्यौं्। हिसाब छ नि। अब कलियुगको अन्त्य आयो फेरि नयाँ चक्र सुरु हुन्छ। इतिहास-भूगोल फेरि दोहोरिन्छ। सत्ययुगमा को थियो, कहाँ राज्य गर्थे? यो पनि तिमीलाई थाहा छ– सारा विश्वमा देवताहरूले नै राज्य गर्थे। अहिले त भन्छन्– तिमी हाम्रो इलाकामा नआऊ, हाम्रो पानी नलेऊ। बाबा त बेहदको मालिक हुनुहुन्छ। बाबा भन्नु हुन्छ– मलाई याद गर। यी बाबाले भन्दैनन्। यिनीद्वारा निराकार बाबाले तिमी आत्माहरूलाई भन्नु हुन्छ– मलाई याद गर, तिमी कहिल्यै रोगी हुँदैनौ। यहाँ त पिताले बच्चाहरूलाई पैदा गरेर ठूलो बनाउँछन् फेरि अचानक यदि ऊ मर्योक भने सबै कति दु:खी हुन्छन्। फेरि शरीर निर्वाह अर्थ आफैंले नोकरी गर्नु पर्छ। यो त हो नै दु:खधाम। बाबाले त तिमीलाई कुनै दु:ख दिनुहुन्न। केवल भन्नु हुन्छ– मलाई याद गर्यौर भने विकर्म विनाश हुन्छ। बाबा र वर्सालाई याद गर। बच्चाहरूलाई थाहा हुन्छ– बाबाबाट हामीलाई वर्सा मिल्छ तापनि आफ्नो कामकाज जरुर सिक्छन्। वर्साको लागि त बस्नु पर्दैन। बाँकी जसले केवल राजाई घरानामा जन्म लिन्छ, ऊ वर्साको लागि बस्छ। धेरै दान-पुण्य गर्नाले राजाई घरमा जन्म मिल्छ। राजाई सम्हाल्नु पर्छ। त्यो राजाई त पतित हो। अब तिमीले पावन राजाहरूको पासमा जन्म लिनु छ। लक्ष्मी-नारायणको घरमा वा सूर्यवंशीको राजाईमा जन्म लिनु छ। वहाँ कुनै प्रकारको दु:ख हुँदैन। सबै दु:खबाट छुट्छौ। बाबा आएर धैर्य दिनु हुन्छ। अब यो अन्तिम जन्म हो। तिम्रो त जन्म-जन्मान्तर देखि यस्तो हालत हुँदै आएको छ। बच्चाहरू गिर्दै आएका छन् दु:खधाममा, सुखधाम कहाँबाट आओस्। यहाँ त दु:ख धेरै छ, सुख अल्पकालको मिल्छ। हुन त ठूला-ठूला मानिसहरू छन्, उनीहरूलाई पनि दु:खै छ। यस समय जो गरिब छन्, ती सबै भन्दा ठीक छन्। बाबा आउनु भएको नै छ गरिबहरूलाई धनवान् बनाउन। दान पनि गरिबहरूलाई नै दिइन्छ। सबै साधारण छन् नि। बाँकी जो लखपति छन्, जसको पासमा करोडौं रुपियाँ छ, जति पनि उनीहरूलाई सम्झाऊ फेरि पनि आफ्नो धनको कति अभिमान रहन्छ। बाबा भन्नु हुन्छ– यस्तालाई के धन दिनु छ। म त हुँ नै गरिब निवाज। यस्ता कन्या माताहरूले नै ज्ञान लिन्छन्। कन्याको कति मान छ, सबैले उनीहरूलाई पुज्छन्। फेरि विवाह गरेपछि पुजारी बन्छन्। हामी आधाकल्प पूज्य फेरि आधाकल्प पुजारी बन्यौं। कन्या त यस जन्ममा नै पुजारी बन्छन्। कति पावन छन्, विवाह गर्नाले नै पुजारी पतित बन्छन्। पतिलाई परमेश्वर सम्झेर शिर निहुराइरहन्छन्। उसको अगाडि दासी बनेर रहन्छन्। बाबा आएर दासीपनाबाट छुटाउनु हुन्छ। बच्चाहरूको वृद्धि भइरहन्छ। तिमीले सम्झाउन सक्छौ– हामी प्रजापिता ब्रह्माको बच्चा शिवबाबाको नाति-नातिना हौं। उहाँको सम्पत्तिमा हाम्रो हक लाग्छ। उहाँको सम्पत्ति छ बेहदको। विश्वको मालिक बनाउनु हुन्छ। बाबाको आदेश छ– म एकलाई याद गर्यौउ भने मैले सत्य भन्छु, तिमी नारीबाट लक्ष्मी बन्छौ। यसमा कुनै व्रत उपवास गर्नु, भोकै रहनु पर्दैन। पहिले तिमीले धेरै व्रत उपवास राख्थ्यौ। ७ दिन खाना खाँदैनथ्यौ। सम्झन्छन्– व्रत उपवास राख्नाले कृष्णपुरीमा जान्छौं। वास्तवमा सच्चा व्रत हो पवित्र रहने। उनीहरू त हठले भोकै रहन्छन्। तिमी बच्चाले कुनै पनि भोक हड्ताल आदि गर्नु छैन। हो, तिमीले पावन बन्ने हडताल गर्नु छ। मैले सबैलाई पावन बनाउँछु। तिम्रो धन्दा नै यही हो। बाँकी निर्जल रहनु, खाना नखानु– यसबाट केही हुँदैन। तिमीले केवल पवित्रताको प्रतिज्ञा गर। माताहरूलाई पति मरेमा धेरै दु:ख हुन्छ। उनीहरूलाई गएर सम्झाउनु पर्छ– अहिले पतिहरूको पति आउनु भएको छ। वहाँले भन्नु हुन्छ– केवल मलाई याद गर्यौ् भने स्वर्गको मालिक बन्छौ। वहाँ त पतिहरूका पति पिताहरूका बाबा हुनुहुन्छ। पति मरेका स्त्रीलाई ज्ञान सम्झाएर शिवबाबासँग सम्बन्ध जुटाउनु पर्छ। सम्झाउनु छ– तपाई किन रुनु हुन्छ? सत्ययुगमा त कोही पनि रुँदैनन्। यहाँ हेर सबै रोइरहन्छन्। यहाँ सच्चा-सच्चा देवताहरूको राज्य थियो। अहिले त एक-अर्कालाई मार्ने कुट्ने गर्छन्। आसुरी राज्य हो नि। लक्ष्मी-नारायणको चित्र धेरै राम्रो छ। यसमा सारा सेट छ। त्रिमूर्ति, लक्ष्मी-नारायण, राधा-कृष्ण पनि छन्। यी चित्र पनि कसैले देख्यो भने याद रहोस्– शिवबाबाले हामीलाई ब्रह्माद्वारा यस्तो बनाइरहनु भएको छ। घरमा साना-साना बोर्ड बनाएर लेख। बेहदका बाबालाई जान्नाले तपाईंले२१ जन्मको लागि स्वराज्य पद पाउन सक्नु हुन्छ। बिस्तारै-बिस्तारै धेरै मानिस बोर्ड देखेर तिम्रो पासमा आउनेछन्। 

तिमी रूहानी अविनाशी सर्जन हौ। रूहानी सर्जरीको कोर्स पास गरिरहेका छौ, बोर्ड लगाउनु पर्छ। भन– वहाँ बाबालाई याद गर्नाले हामीलाई बेहदको बादशाही मिल्छ। बाबाले प्रश्न धेरै राम्रो लेख्नु भएको छ। बाबाका कति रूहानी बच्चाहरू छन्? बाल-बच्चा वाला हुन् नि। यसमा भाइ-बहिनी दुवै आउँछन्। बाबाको पासमा आए भने सम्झाउँछु– कति बी.के. छन्? कति धेरै बाल-बच्चा छन्। बच्चा वृद्धि भइरहन्छन्। तिमीले सम्झाउन सक्छौ– हामी भाइ-बहिनी हौं, विकारको दृष्टि जान सक्दैन। बाबा भन्नु हुन्छ– देह सहित देहका झूटो सम्बन्ध छोडेर मलाई याद गर्यौस भने तिमी पावन बन्छौ। तिमीले प्रतिज्ञा पनि गर्दै आएका छौ– मेरो त एक शिवबाबा दोस्रो न कोही। बूढी माताहरूले पनि यी दुई अक्षर याद गरे भने धेरै कल्याण हुन सक्छ। हामीले ८४ जन्म लियौं। अहिले हामी ब्राह्मण बनेका छौं, फेरि देवता, क्षत्रिय, वैश्य, शूद्र बन्छौं। ब्राह्मण अवश्य बन्नु छ र बन्छौं पनि कल्प पहिला अनुसार। धेरै बन्छन्। अहिले ब्राह्मण बच्चाहरू जुन वेलायत आदि तर्फ छन्, उनीहरू पनि आउँछन्। याद त गरिरहन्छन्। बाबा भन्नु हुन्छ– आफ्नो कुटुम्ब परिवारमा रहेर आफूलाई आत्मा सम्झ। शिवबाबाको बच्चा आफूलाई सम्झ। हामी ब्राह्मण सो देवता बन्छौं। कलियुगमा मानिस छौं, सत्ययुगमा बन्छौं देवता। कलियुगमा सबै आसुरी मानिस छन्। अहिले तिमी दैवी सम्प्रदायको बनिरहेका छौ। यो बाबाले नै बताउनु हुन्छ। अरू कसैले बताउन सक्दैन। यी वर्णहरूलाई कसैले जान्दैनन्। तिमी ब्राह्मणले नै ज्ञान सम्झाउन सक्छौ। जबसम्म कसैले तिमी बी.के.द्वारा ज्ञान लिदैन, तबसम्म बुझ्न सक्दैन। तिमीले नै दिन सक्छौ, यसमा दिल धेरै साफ चाहिन्छ, दिल साफ मुराद हाँसिल। कसै-कसैको दिल साफ हुँदैन। सच्चा दिलदेखि सच्चा बाबाको सेवामा लाग्नु पर्छ। सौख हुनु पर्छ। हाम्रो काम हो सम्झाउनु। यो पनि जान्दछौ– १०८ लाई सम्झायो भने कुनै एकको बुद्धिमा बस्छ। एक दुई जना निक्लिन्छन्, जो कल्प पहिला निक्लेका थिए, बी.के. बनेको भए उही आउँछ। थाक्नु छैन। तिमीले मेहनत गरिराख। कुनै न कुनै निक्लिन्छन्। जहाँ पनि जाऊ, मित्र-सम्बन्धीको पासमा जाऊ, विवाह आदिमा जाऊ– हरेकको कर्म अनुसार राय दिनु छ। मुख्य हो पवित्र रहने कुरा। कहीँ बाहिर पनि खानु पर्ने हुन्छ। प्यारा बच्चाहरू! शिवबाबाको यादमा रह्यौ भने मायाको असर हुँदैन। बाबाले सबैलाई छुट्टी दिनुहुन्न। लाचारी हालतमा भन्नु पर्छ। नत्र नोकरी छुट्छ। हरेकलाई अलग-अलग राय दिइन्छ। दुनियाँ धेरै खराब छ। धेरैको साथमा रहनु पर्ने हुन्छ। एउटा कहानी पनि छ। गुरुले शिष्यलाई भन्यो– बाघको गुफामा बस। वेश्याको पासमा बस.... परीक्षा लिन पठायो। वास्तवमा त्यो कुनै परीक्षा होइन। यो तिमी बच्चाहरूको लागि हो। तिमीलाई बाघको पासमा त पठाउँदिनँ। बाबाले त सम्झाउनु हुन्छ– कुनै पनि होस्, उनीहरूलाई बाबाको परिचय देऊ। दिन-प्रतिदिन बुद्धिको ताला खुल्दै जान्छ। वृक्ष त बढ्नु छ नि, अनि विनाश पनि सुरु हुन्छ। त्यो भन्दा पहिला त विनाश हुन सक्दैन। यहाँ त राजधानी स्थापना भइरहेको छ। बाबाले त भन्नु हुन्छ– केवल मलाई याद गर। अच्छा!


धारणाको लागि मुख्य सारः

१) ज्ञानलाई धारण गर्नको लागि दिल धेरै सफा राख्नुपर्छ। सच्चा दिलबाट बाबाको सेवामा लाग्नुपर्छ। सेवामा कहिल्यै पनि थाक्नु हुँदैन।

२) प्रतिज्ञा गर– मेरो त एक शिवबाबा, दोस्रो न कोही। देह सहित देहका सबै झुटो सम्बन्ध छोडेर एकसँग सर्व सम्बन्ध जोड। गरिबहरूलाई ज्ञान धनको दान देऊ।

वरदान:

कन्ट्रोलिंग पावरद्वारा गलतलाई सहीमा परिवर्तन गर्ने श्रेष्ठ पुरुषार्थी भव   

श्रेष्ठ पुरुषार्थी उही हो, जसले सेकेन्डमा कन्ट्रोलिंग पावरद्वारा गलतलाई सहीमा परिवर्तन गर्छ। यस्तो होइन व्यर्थलाई कन्ट्रोल त गर्न चाहन्छन्, सम्झन्छन् पनि यो गल्ती हो तर आधा घण्टासम्म त्यही चलिरहोस्। यसलाई भनिन्छ अलि अलि अधीन र अलि अलि अधिकारी। जब सम्झन्छौ– यो सत्य होइन, अयथार्थ वा व्यर्थ हो, त्यसै समय ब्रेक लगाऊ– यही श्रेष्ठ पुरुषार्थ हो। कन्ट्रोलिंग पावरको अर्थ यो होइन– ब्रेक लगायो यहाँ अनि रोकियोस् पर।

स्लोगन:

आफ्नो स्वभावलाई सरल बनायौ भने समय व्यर्थ जाँदैन।   



***OM SHANTI***

Google+ Followers