BK Murli 20 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 August  2017 Nepali

    २०७४ भाद्र ४ आइतबार २०-०८-२०१७ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज २५-१२-८२ मधुबन

    विधि, विधान र वरदान


    आज सर्व स्नेही बच्चाहरूको स्नेहको रेस्पोन्ड दिनको लागि बापदादालाई पनि मिल्न आउनु परेको छ। सारा विश्वका बच्चाहरूको स्नेहको, यादको आवाज बाप-दादाको वतनमा मीठो-मीठो साजको रूपमा पुग्यो। जसरी बच्चाहरूले स्नेहको गीत गाउँछन्, बापदादा पनि बच्चाहरूको गुणहरूको गीत गाउनु हुन्छ। जसरी बच्चाहरूले भन्छन्– यस्तो बाप-दादा कल्पमा मिल्दैन, बाप-दादा पनि बच्चाहरूलाई देखेर भन्नुहुन्छ– यस्ता बच्चाहरू पनि कल्पमा मिल्दैनन्। यस्तो मीठो-मीठो कुराकानी बाबा र बच्चाहरूको सदा सुनिरहन्छौ? बाबा र तिमी कम्बाइन्ड रूप हौ नि। यसै स्वरूपलाई नै सहजयोगी भनिन्छ। योग लगाउनेवाला होइन, सदा कम्बाइन्ड अर्थात् साथ रहनेवाला। यस्तो स्टेज अनुभव गर्छौ वा धेरै मेहनत गर्नुपर्छ? बचपनमा प्रतिज्ञा के गर्यौत? साथ रहनेछु, साथ जिउनेछु, साथ जानेछु। यो प्रतिज्ञा गरेका छौ हैन! पक्का? साकारको पालनाको अधिकारी आत्माहरू हौ। आफ्नो भाग्यलाई राम्रोसँग सोच र जान। 

    (बापदादाको सामुन्ने दादाराम र सावित्री दिदीको लौकिक परिवार बसेको छ) यसरी करोडौंमा कुनै भाग्य विधाताको सम्मुख सम्पर्कमा आउँछन्। अब समय आउँदा यो आफ्नो भाग्य स्मृतिमा आउनेछ। आदि पितालाई पाउनु, यो हो भाग्यको श्रेष्ठ निशानी। सदा साथ रहने निरन्तर योगी, सदा सहजयोगी, उड्ती कलामा जाने, सदा फरिश्ता स्वरूप हौ? 

    आज बडा दिन मनाउनको लागि बोलाएका छौ। सबैभन्दा बडा बाबासँग बडा दिन र मिलन मनाइरहेका छौ। बडा दिन अर्थात् उत्सवको दिन। जब बडा दिन मनाउँछन्, नराम्रो दिन समाप्त हुन्छन्। केवल आजको दिन मात्र मनाउनु छैन, सदा मनाउनु अर्थात् उमंग-उत्साहमा सदा रहनु छ। अविनाशी बाबा, अविनाशी दिन, अविनाशी उत्सव। बडा दिन मनाउनु अर्थात् स्वयंलाई सदाको लागि बडा बनाउनु। केवल मनाउनु छैन, बन्नु र बनाउनु पनि छ। सर्व आत्माहरूलाई बडा दिनको गिफ्ट कुनचाहिँ दिन्छौ? जति पनि आत्माहरू सम्पर्कमा आउँछन्, उनलाई ईश्वरीय अलौकिक स्नेह, शक्ति गुण, सबैलाई सहयोगको लिफ्टको गिफ्ट देऊ। जसबाट यस्तो सम्पन्न आत्मा बनून्, उनले कुनै पनि अप्राप्ति अनुभव नगरून्। यस्तो गिफ्ट दिन सक्छौ? स्वयं सम्पन्न छौ? अरूलाई दिनको लागि पहिले आफ्नो पासमा जम्मा छ भने त दिन सक्छौ नि। ठीक छ, आज त गिफ्ट दिन र गिफ्ट लिन आएको छु नि। केवल लिन्छौ वा दिन्छौ पनि? शक्ति सेनाले गर्छौ? लिन र दिनमा मज्जा आउँछ वा केवल लिनमा? दातालाई दिइन्छ या लिइन्छ? बाबा पनि लिनुहुन्छ, केको लागि? पदमगुणा परिवर्तन गरेर दिनको लागि। बाबालाई आवश्यकता छ र? बाबाको पासमा हुन्छ नै बच्चाहरूलाई दिनको लागि। त्यसैले बाबा दाता पनि हुनुहुन्छ, विधाता पनि हुनुहुन्छ, वरदाता पनि हुनुहुन्छ। जति बाबाले बच्चाहरूको भाग्यलाई जान्नुहुन्छ, त्यति बच्चाहरूले आफ्नो भाग्यलाई जान्दैनन्। यो भाग्यको दिन सदा समर्थ बनाउने दिनको रूपमा सदा याद राख। यो सारा नै लक्की परिवार हो किनकि यस परिवारको निमित्त बीजको कारण वृक्ष अघि बढिरहेको छ र बढि नै रहन्छ। उस आत्माको श्रेष्ठ कामना सारा परिवारलाई लिफ्टको गिफ्टको रूपमा मिलेको छ किनकि पवित्र शुद्ध आत्मा थियो। त्यसैले पवित्रताको जल प्रत्यक्ष फल दिइरहेको छ, बुझ्यौ? साकार रूपमा निमित्त माता गुरु (सावित्री) पनि बसेकी छन्। माता गुरु बनिन् र पिताले लिफ्टको गिफ्ट दिए। अब यस परिवारले के गर्नु छ? फलो फादर गर्नु छ नि। यसमा केही छोड्नु पर्दैन। नडाऊ। अच्छा! 

    डबल विदेशी बच्चाहरू पनि आइपुगेका छन्। बाप-दादा पनि अहिले विदेशी हुनुहुन्छ, ब्रह्मा बाबा पनि त विदेशी हुनुहुन्छ नि। विदेशी विदेशी सँग मिल्दा कति धेरै राम्रो कुरा हुन्छ। बाप-दादालाई सबै बच्चाहरूको, त्यसमा पनि विशेष निमित्त डबल विदेशी बच्चाहरूको एक विशेष कुरा देखेर हर्ष हुन्छ। त्यो कुनचाहिँ? विदेशी बच्चाहरूको विशेष मिलनको लगन बापदादाको पासमा आज विशेष रूपमा पुग्यो। साकारी दुनियाँको हिसाबले पनि आजको दिन विशेष विदेशीहरूले मानेको दिन हो। टोली, मिठाई खायौ वा अब खानु छ? बाप-दादाले मिठाई खुवाउँदै मीठो बनाउनुहुन्छ, स्वयं त मीठो बन्यौ हैन? चारैतिरका बच्चाहरूलाई, मधुबन निवासी बच्चाहरूलाई बापदादा स्नेहको रिटर्नमा सदा कम्बाइन्ड अर्थात् सदा साथ रहने वरदान र वर्सा दिइरहनु भएको छ। डबल अधिकारी हौ। वर्सा पनि मिल्छ र वरदान पनि। जहाँ कुनै मुश्किल अनुभव हुन्छ, त्यतिबेला वरदाताको रूपमा स्मृतिमा ल्याऊ। वरदाताद्वारा वरदान प्राप्ति हुनाले मुश्किल पनि सहज हुन्छ र प्रत्यक्ष प्राप्तिको अनुभूति हुन्छ। 

    आजको दिनको विशेष स्लोगन सदा स्मृतिमा राख। ३ शब्द याद राख– विधि, विधान र वरदान। विधिद्वारा सहज सिद्धि स्वरूप हुन्छ। विधानद्वारा विश्व निर्माता, वरदानद्वारा वरदानी मूर्त बन्छौ। यही ३ शब्दले सदा समर्थ बनाइरहन्छ। अच्छा! 

    चारैतिरका सर्व सिकीलधे, बडा बाबाका बडा बच्चाहरू, सबैलाई सम्पन्न बनाउने, यस्ता मास्टर विधाता, वरदानी बच्चाहरूलाई मायालाई बिदाई दिएकोमा बधाई छ। यस बधाईको साथ-साथै आज विशेष रूपमा बच्चाहरूलाई उमंग-उत्साहको पनि बधाई छ। सबैलाई, जो आकार वा साकारमा सम्मुख छन्, यस्ता सम्मुख रहने सबै बच्चाहरूलाई धेरै याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    दीदी-दादी सँग:– 

    तिमीहरू दुवैलाई देखेर बापदादालाई के याद आउँछ? जहानको नूर त हौ नै तर पहिले बाबाको नयनको नूर हौ। कहावत छ– नूर छैन भने जहान छैन। त्यसैले बापदादा पनि नूरे रत्नहरूलाई यसैगरी स्थापनाको कार्यमा विशेष आत्मा देख्नुहुन्छ। गराउनेले त गरिरहनु भएको छ, तर गर्नको लागि निमित्त बच्चाहरूलाई बनाउनु हुन्छ। गर्ने-गराउनेवाला, यस शब्दमा पनि बाबा र बच्चाहरू दुवै कम्बाइन्ड छन् नि। हात बच्चाहरूको र काम बाबाको। हात बढाउने गोल्डेन चान्स बच्चाहरूलाई नै मिलेको छ। एकदम ठूलो कार्य पनि कस्तो लाग्छ? अनुभव हुन्छ नि– गराउनेले गराइरहनु भएको छ। निमित्त बनाएर चलाइरहनु भएको छ। यही आवाज सदा मनदेखि निस्कन्छ। बापदादा पनि सदा बच्चाहरूको हर कर्ममा गराउनेवालाको रूपमा साथी हुनुहुन्छ। साथ हुनुहुन्छ वा जानुभयो? लुकामारीको खेल खेल्नु भएको छ। खेल पनि बच्चाहरू सँग नै गर्नुहुन्छ नि। खेलमा के हुन्छ? ताली बजायो, खेल सुरु भयो। यो पनि ड्रामाको ताली बज्यो, लुकामारीको खेल सुरु भयो। 

    अब स्वीट होमको गेट कहिले खोल्छौ? जस्तै कन्फ्रेन्सको डेट फिक्स गरेका छौ, हल बनाउने डेट फिक्स गर्यौे, त्यस्तै यसको प्रोग्राम बनाएनौ? गेट खोल्नु भन्दा पहिला सामग्री त तिमीले तयार गर्छौ वा त्यो पनि बाबाले गर्नु हुन्छ– त्यो तयार छ? ब्रह्मा बाबा त एवररेडी हुनुहुन्छ नै। अब साथी पनि, एवररेडी हुनुपर्छ नि। 

    ८ को माला बनाउन सक्छौ? अहिले बन्न सक्छ? पहिला ८ को माला तयार भएपछि फेरि अरू पछाडिवाला तयार भइ नै हाल्छन्। ८ एवररेडी छन्? नाम लेखेर पठाऊ। सबैले प्रमाणित गर्नेछन्। यसलाई भनिन्छ एवररेडी। बाबा पसन्द, ब्राह्मण परिवार पसन्द र विश्वको सेवा पसन्द। यी तीन विशेषता जब हुन्छन्, तब भनिन्छ एवररेडी छौ। पहिले कंगन तयार हुन्छ, फेरि लामो माला तयार हुन्छ। अच्छा!

    सावित्री दिदी सँग:– आफ्नो गुप्त वरदानहरूलाई प्रत्यक्ष रूपमा देखिरहेकी छौ? अब जानेकी छौ– म को हुँ? सेवाधारीको लिस्टमा आफ्नो नम्बर अगाडि सम्झन्छौ नि। सेवाको प्रत्यक्ष फलको निमित्त बन्यौ। निमित्त त फेरि पनि बीज भनिन्छ नि। सेवाधारीको लिस्टमा धेरै अगाडि छौ, केवल कहिलेकाहिँ आफूलाई बिर्सिन्छौ। जब बापदादाले स्वीकार गरिरहनु भएको छ भने बाँकी के चाहियो। सबैको सेवा उस्तै हुँदैन। भेराइटी आत्माहरू छन्, भेराइटी सेवाको तरीका छ। ज्यादा सोचेर मात्र हुँदैन, स्वत: हुन्छ। आफूलाई सदा बाबाको समीप रत्न सम्झ, अधिकारी जन्मदेखि नै हौ। जन्म देखि नै फास्ट गयौ नि। समीप रहने वरदान जन्मिने बित्तिकै मिल्यो। साकारमा समीप रहने वरदान कतिलाई मिल्यो। गन्ती गर्यौ् भने यस्तो वरदानी आत्मा खोजेर पनि मुश्किल मिल्नेछन्। त्यसैले बाबाको समीप सम्झेर अघि बढिराख। जे हुन्छ, जस्तो हुन्छ कल्याणकारी। नसोच, नि:संकल्प होऊ। बाबाको प्रतिज्ञा छ, बाबाले सदा साथ दिइरहनु हुनेछ। आफ्नो संकल्प पनि बाबामाथि छोडिदेऊ। सेवा बढ्छ या बढ्दैन, त्यो बाबा जान्नुहुन्छ। बढेन भने पनि बाबा जिम्मेवार हुनुहुन्छ, तिमी होइनौ। यति निश्चिन्त रहने गर। तिमीले त बाबाको अगाडि आफ्नो संकल्प राखिदियौ नि। त्यसैले जिम्मेवार को? सिकीलधे हौ– कति समय देखि बाबाले खोज्नुभयो। पहिला पहिला सेवाको रत्न सारा विश्वबाट चुन्नुभयो, त्यसैले नबिर्स। अच्छा! 

    सावित्री बहिनीको लौकिक परिवार सँग:– 

    सबै डबल वर्साको अधिकारी हौ नि। लौकिक पिताको पनि श्रेष्ठ संकल्पको खजाना मिल्यो र पारलौकिक पिताको पनि वर्सा मिल्यो। अलौकिकको पनि वर्सा मिल्यो। तीनैको वर्सा साथ-साथै मिल्यो। तीन बाबाको आशाको दीपक हौ। त्यसै पनि बच्चालाई कुलको दीपक भनिन्छ। कुलको दीपक त बन्यौ तर साथ-साथ विश्वको दीपक बन। सदा मस्तकमा भाग्यको सितारा चम्किइरहेको छ, बापदादा पनि यस्ता हिम्मत राख्ने बच्चाहरूलाई सदा मदत गर्नुहुन्छ। जब संकल्प गर्छौ, बाबा हाजिर। बाबालाई सारा कार्य छोडिदियौ भने बाबा जान्नुहुन्छ। स्वयं सदा डबल लाइट फरिश्ता, ट्रस्टी बनेर रहनाले सदा हल्का रहन्छौ। साफ दिल मुराद हाँसिल। श्रेष्ठ संकल्पको सफलता अवश्य हुन्छ, एक श्रेष्ठ संकल्प बच्चाहरूको, हजार श्रेष्ठ संकल्पको फल बाबाद्वारा प्राप्त हुन्छ। एकको हजार गुणा मिल्छ। अहिले जो खजाना बाबाको मिलेको छ, त्यसलाई बाँड्दै जाऊ। महादानी बन। सदैव जो आए पनि तिम्रो भण्डाराबाट खाली नजाओस्। ज्ञानको फाउन्डेशन परेको छ, त्यही बीज अब फल दिन्छ। अच्छा! 

    बिदाईको समयमा बापदादाले सबै बच्चाहरूप्रति टेपमा याद-प्यार भर्नुभयो:–

    चारैतिरका सबै स्नेही बच्चाहरूलाई याद-प्यार एवं बधाई छ। बापदादाको साथ सबै बच्चाहरू दिलतख्तनशीन छन्। जो दिलमा छ, त्यो भूल कसरी सकिन्छ। त्यसैले सदा बच्चाहरू साथ छन् र साथ नै रहनेछन्, साथ नै जानेछन्। बापदादा सर्व बच्चाहरूको दिलको उमंग-उत्साह र सेवामा वृद्धि अनि मायाजीत बन्ने समाचार पनि सुनिरहनु हुन्छ। हरेक बच्चा महावीर छन्, महावीर बनेर विजयको झण्डा लहराइरहेका छन्। त्यसैले बापदादा सबैलाई विजयको बधाई दिनुहुन्छ। बधाई दिइरहनु भएको छ। सदा बडा बाबासँग बडा दिन उमंग-उत्साहले बिताइरहेका छौ र सदा नै बडा दिन मनाइरहने छौ। हरेक बच्चा यही सम्झ– विशेष मेरो नामले यादप्यार आएको छ। हरेक बच्चालाई नाम सहित बापदादा सामुन्ने देख्दै, मिलन मनाउँदै याद-प्यार दिइरहनु भएको छ। अच्छा! 

    प्रश्न:– एयरकन्डीशनको सीट बुक गराउने तरीका के हो? 

    उत्तर:– एयरकन्डीशनको सीट बुक गर्नको लागि बाबाले जति पनि कन्डीशन्स बताउनु भएको छ, त्यसमा सदा चलिराख। यदि कुनै पनि कन्डीशनलाई व्यवहारमा ल्याएनौ भने एयरकन्डीशनको सीट मिल्न सक्दैन। जसले भन्छन् कोसिस गर्नेछु– यस्तो कोसिस गर्नेहरूलाई यो सीट मिल्न सक्दैन। 

    प्रश्न:– कुनचाहिँ एक गुणले परमार्थ र व्यवहार दुवैमा सबैको प्रिय बनाइदिन्छ?

    उत्तर:– एक अर्कालाई अगाडि बढाउने गुण अर्थात् “पहिला हजुर” को गुणले परमार्थ र व्यवहार दुवैमा सबैको प्रिय बनाइदिन्छ। बाबामा पनि यही मुख्य गुण छ। बाबा भन्नुहुन्छ– “बच्चे पहिला तिमी।” यसै गुणमा फलो फादर। अच्छा! 


    वरदान:

    बेहदको वैराग्य वृत्तिद्वारा मेरोपनको रोयल रूपलाई समाप्त गर्ने न्यारा-प्यारा भव :-  

    समयको समीपता प्रमाण वर्तमान समयको वायुमण्डलमा बेहदको वैराग्य प्रत्यक्ष रूपमा हुनु आवश्यक छ। यथार्थ वैराग्य वृत्तिको अर्थ हो– सबैको सम्बन्ध-सम्पर्कमा जति न्यारा, त्यति प्यारा। जो न्यारा-प्यारा हुन्छ, ऊ निमित्त र निर्मान हुन्छ, उसमा मेरोपनको भान आउन सक्दैन। वर्तमान समय मेरोपन रोयल रूपले बढेको छ। भन्छन्– यो मेरो काम हो, मेरो स्थान हो, मलाई यो सबै साधन भाग्य अनुसार मिलेको हो... अब यस्तो रोयल रूपको मेरोपनलाई समाप्त गर।

    स्लोगन:

    परचिन्तनको प्रभावबाट मुक्त हुनको लागि शुभचिन्तन गरेर शुभ-चिन्तक बन।  



    ***OM SHANTI***