BK Murli 3 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 3 August  2017 Nepali

    २०७४ श्रावण १९ बिहीबार ३-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमी अब लाइट हाउस बन्नु छ। तिम्रो एउटा आँखामा मुक्तिधाम, अर्को आँखामा जीवन मुक्तिधाम छ, तिमीले सबैलाई बाटो बताउँदै गर।”  

    प्रश्न:

    अविनाशी पदको खाता जम्मा भइरहोस्, यसको विधि के हो?

    उत्तर:

    सदा बुद्धिमा स्वदर्शन चक्र घुमिरहोस्। घुम्दा-फिर्दा आफ्नो शान्तिधाम र सुखधाम याद रह्यो भने एकातिर विकर्म विनाश हुन्छन्, अर्कातिर अविनाशी पदको खाता पनि जम्मा हुँदै जान्छ। बाबा भन्नुहुन्छ– तिमी लाइट हाउस बन। एउटा आँखामा शान्तिधाम, अर्को आँखामा सुखधाम रहोस्।

    गीत:–

    जाग सजनीयाँ जाग...

    ओम् शान्ति।

    ओम् शान्ति। मीठा-प्यारा बच्चाहरूले मीठो गीत सुन्यौ। यो जुन गीत छ, त्यो त अवश्य कुनै फिल्मको होला। ज्ञानको बारेमा, देवताहरूको बारेमा वा परमात्माको बारेमा जे जति पनि गाउँछन्, त्यो उल्टो नै गाउँछन्। यसलाई भनिन्छ नै उल्टो दुनियाँ। अल्लाह बसेर सम्झाउनु हुन्छ– तिमी त मायाको फाँसीमा लट्किएको छौ। मायाले सबै बच्चाहरूलाई उल्लू बनाइदिएको छ। उल्टो लट्काइ दिएको छ। बाबा आएर बच्चाहरूलाई सुल्टो बनाउनु हुन्छ। गीत कति राम्रो छ। यो कसले भन्छ– जाग सजनीहरू..... अरू त कसैले भन्न सक्दैन– सारा दुनियाँका सजनीहरूको लागि, जाग सजनीहरू अब नवयुग आयो। दुनियाँमा कुनै यस्तो मनुष्य छैन, जसले यो जानेको होस्। माया यस्तो छ, जसकारण जति सम्झाए पनि बुझ्दैनन्। तिमी बच्चाहरूलाई थाहा छ– अहिले नयाँ युग, नयाँ देवताहरूको बादशाही स्थापना भइरहेको छ। यो पनि बुझेका छौ– कलियुगपछि अवश्य सत्ययुग आउनु छ। यसबाट सिद्ध हुन्छ– भगवान्‌ भक्तहरूको पासमा आउनै पर्छ। भक्तहरू चाहन्छन् पनि भगवान्‌सँग मिलौं। त्यसैले बुझ्नु पर्छ– भगवान्‌ वास्तवमा आउनु हुन्छ। आधाकल्प भक्तहरू तड्पिन्छन् भने केही त दिनु हुन्छ नि। भक्तहरूलाई थाहा छ– भगवान्‌ले जीवनमुक्ति दिनु हुन्छ। उहाँ पतित-पावनले नै सबैलाई पावन बनाउनु हुन्छ। तिमी बच्चाहरूले बुझिसकेका छौ– सबै आत्माहरू पावन कहिले बन्छन्? सत्ययुगमा तिमी पावन रहन्छौ। बाँकी सबै आत्माहरू निर्वाणधाममा रहन्छन्। तिमी पावन युगमा आउँछौ, निर्वाणधामलाई युग भनिँदैन। त्यो त यी युगहरू भन्दा पार छ। यस्तो-यस्तो कुरा तिमी बच्चाहरूको बुद्धिमा छ। वास्तवमा हामी परमधाममा रहन्छौं। युग यहाँ हुन्छन् सत्ययुग त्रेता... यो नाम नै यहाँका हुन्। विनाश पनि गायन गरिएको छ। त्रिमूर्ति पनि देखाउँछन्। उनीहरूले त्रिमूर्तिको तल लेख्छन्– सत्य मेव जयते... यो रूहानी सरकार हो नि। अहिंसक शक्ति सेना पनि गायन गरिएको छ। तर केवल नाम मात्र। तिम्रो पनि कोट अफ आर्म (लोगो) हुनु पर्छ। तिमीले ब्रह्मा, विष्णु, शंकरको तल लेख्न सक्छौ– सत्य मेव जयते। बच्चाहरूको बुद्धिमा आउनु पर्छ– हामी पाण्डव सरकारका बच्चाहरू हौं। प्रजाले आफूलाई बच्चा नै सम्झन्छन्। यो बुद्धिमा आउनु पर्छ– कसरी कोट अफ आर्म बनाउने। यो हो नै अन्ध-विश्वासको दुनियाँ, जसलाई देखिरहेका छौ, सबैलाई भगवान्‌ भनिरहन्छन्। त्यसैले अन्धश्रद्धा भयो नि। कण कणमा भगवान्‌ भनिदिन्छन्। वास्तवमा जति पनि मनुष्य मात्र छन्, सबैको पार्ट अलग-अलग छ। आत्माले शरीर धारण गरेर पार्ट खेल्छ। यस्तो कहाँ भनिन्छ र– सबै भगवान्‌ नै भगवान्‌ हुनुहुन्छ। के भगवान्‌ले पनि लडाइँ-झगडा गरिरहनु हुन्छ? यो त हो १०० प्रतिशत अन्धश्रद्धा। नयाँ भवनलाई भनिन्छ १०० प्रतिशत नयाँ। 

    पुरानोलाई भनिन्छ १०० प्रतिशत पुरानो। नयाँ थियो, अहिले त पुरानो दुनियाँ हो। कति अनेक धर्म छन्। रात-दिनको फरक छ नि। अवश्य सत्ययुगमा सुखै सुख थियो, देवताहरूले राज्य गर्थे। अहिले त यस पुरानो दुनियाँमा दु:खै दु:ख छ । अझै कति दु:ख हुन्छ, त्यो तिमीले पछि गएर देख्नेछौ। गायन गरिएको छ– मिरूआ मौत मलूका शिकार... उनीहरूले केवल लेखिदिएका छन्। तर केही पनि बुझेका छैनन्। मनुष्यहरूलाई मार्दा पनि कसैलाई दया कहाँ आउँछ र। यस्तो गर्नेलाई पुलिस केस गरिदिनु पर्छ। हेर कति बम आदि बनाएर एक अर्कालाई मारिरहन्छन्, सधैं लेखिरहन्छन्– फलानो-फलानो स्थानमा यति मरे। उनीहरूमाथि केस गरौं, यो कसैको बुद्धिमा पनि आउँदैन। 

    अहिले तिमीलाई थाहा छ– यो हो पुरानो पापको दुनियाँ। सत्ययुग हो नयाँ दुनियाँ। सत्ययुग त्रेतामा कसैले कसैलाई दु:ख दिँदैन। नाम नै छ स्वर्ग, हेविन, बहिश्त... इतिहासमा पनि पढ्छन्। वहाँ त अथाह धन थियो, जहाँ मन्दिरहरूबाट पनि लुटेर लिएर गए। त्यसैले जसले मन्दिर बनाए, उनीहरू कति धनवान होलान्। सुनको द्वारिका देखाउँछन् नि। भन्छन् समुद्रको तल गयो। यो त तिमीले बुझेका छौ– ड्रामाको चक्र कसरी घुम्छ। सत्ययुग तल गएर कलियुग माथि आउँछ। यो चक्र घुम्छ। चक्रको ज्ञान पनि तिमीलाई छ। चक्र पनि धेरैले बनाउँछन्। तर आयुको बारेमा कसैलाई थाहा छैन। वास्तविक चक्र त कसैले बताउन सक्दैन। तिम्रो बुद्धिमा सारा चक्र छ। त्यसैले भनिन्छ– स्वदर्शन चक्र घुमाइरह्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। यो हो ज्ञानको कुरा। तिमीलाई थाहा छ– हामीले स्वदर्शन चक्र घुमाइरहन्छौं, यसबाट हाम्रो विकर्म विनाश हुँदै जान्छ र अर्कोतिर अविनाशी पदको खाता जम्मा हुँदै जान्छ। फेरि पनि भन्छन्– हामी स्वदर्शन चक्र फिराउन भुल्छौं। बाबा भन्नु हुन्छ– तिमी लाइट हाउस बन्नु पर्छ, लाइट हाउसले बाटो देखाउँछ नि। तिम्रो एउटा आँखामा शान्तिधाम र अर्को आँखामा सुखधाम छ। दु:खधाममा त बसेका छौ। तिमी लाइट हाउस हौ नि। तिम्रो मन्त्र नै छ मनमनाभव, मध्याजी भव, शान्तिधाम र सुखधाम। अरूलाई पनि बाटो बताउँछौ। यो चक्र फिराउँदै गर। घुम्दा-फिर्दा यही बुद्धिमा रहोस्– शान्तिधाम र सुखधाम। यस्तो अवस्थामा बसी-बसी कसैलाई साक्षात्कार हुन सक्छ। कोही सामुन्ने आउनासाथ साक्षात्कार गर्न सक्छ। हाम्रो काम नै छ यहाँ। वहाँ त केही हुँदै हुँदैन। तिमी बच्चाहरूले अब यो प्राक्टिस गर, हामी बाटो बताउनेवाला लाइट हाउस हौं। अहिले रहेका छौं दु:खधाममा। यो त सहज छ नि। लाइट हाउस वा स्वदर्शन चक्र कुरा त एकै हो। तर यस चक्रमा विस्तार छ। यसमा केवल दुई कुरा छन् सुखधाम र शान्तिधाम। अल्फ– मुक्तिधाम। बे– जीवनमुक्तिधाम। कति सहज छ। जहाँ देखि हामी आत्माहरू आउँछौ, त्यो हो शान्तिधाम। विज्ञानलाई जान्ने या नेचरलाई मान्नेहरूले यी कुरालाई बुझ्दैनन्। बाँकी देवताहरूलाई मान्नेले बुझ्नेछन्। लक्ष्मी-नारायणको मन्दिरमा जानु त धेरै राम्रो हो। हेर, यी सुखधाम सत्ययुगको मालिक थिए नि। अहिले त हो कलियुग। हुन त ती पनि मनुष्य नै थिए। लक्ष्मी-नारायणको राज्य थियो नि। कहिल्यै गीता सुनेका छौ? लक्ष्मी-नारायणको वा राधा कृष्णको मन्दिरमा जो आउँछन्, उनीहरूले गीता पनि सुनेका होलान्। जसको कृष्णमा प्यार हुन्छ, उनीहरूको गीतामा पनि प्यार हुन्छ। लक्ष्मी-नारायणको मन्दिरमा जानेहरूलाई गीता यति ख्यालमा आउँदैन। लक्ष्मी-नारायणको लागि सम्झन्छन्– यिनीहरू त वैकुण्ठमा थिए। अहिले त नर्क हो। बाबा आउनु हुन्छ नै नर्कमा, आएर स्वर्गको स्थापना गर्नु हुन्छ। बाबा भन्नु हुन्छ– मलाई याद गरेर सुखधाम-शान्तिधामलाई याद गर्यौ भने बेडा पार हुन्छ। पहिला त अवश्य घर जानु छ। ठीक छ कुनैले श्रीकृष्णलाई मान्छ, उसलाई भन– कृष्ण त सत्ययुगमा हुनुहुन्थ्यो नि। नयाँ दुनियाँलाई याद गर्नुहोस्। यस पुरानो दुनियाँसँग नाता तोड्नुहोस्। पवित्र पनि अवश्य बन्नु छ। वहाँ कोही अपवित्र हुँदैन। कुनै पनि प्रकारको युक्तिहरू रच्नु पर्छ। 

    बच्चाहरूले लेख्छन्– सेवा कम छ, सुस्ती छ। बाबा भन्नु हुन्छ– सुस्ती बच्चाहरूको हो, सेवा त धेरै हुन सक्छ। मन्दिर कति धेरै छन्। बाबा भन्नु हुन्छ– मेरो भक्तहरूलाई ज्ञान देऊ। तिमी पनि भक्त थियौ नि। अब श्रीकृष्णपुरीको मालिक बन्छौ। कृष्णपुरी वैकुण्ठलाई याद गर्छौ, वैकुण्ठ राम राज्यलाई भनिँदैन। लक्ष्मी-नारायणको राज्यलाई नै वैकुण्ठ भनिन्छ। तिमीले सम्झायौ भने भन्छन् कुरा त ठीक हो। तिम्रा यी चित्रहरूमा धेरै ज्ञान भरिएको छ। जसले ध्यान पूर्वक यी चित्रहरूलाई हेर्छन्, उनले झट्ट नमस्कार गर्छन्। तिमीलाई गर्दैनन्। वास्तवमा नमस्कार गर्नु पर्छ तिमीलाई किनकि तिमी नै यस्तो बन्नेवाला छौ। त्यसैले ब्राह्मण कुल उत्तम हो। तिमी मेहनत गरेर यस्तो देवता बन्छौ। पहिला हुन्छौ ईश्वरीय सन्तान। गायन पनि यस समयको हो। मनुष्य बुद्धिमान्‌ भए त लक्ष्मी-नारायणको बर्थ डे मनाउँथे। उनीहरूलाई थाहै छैन, केवल लक्ष्मीसँग गएर धन माग्छन्। अरे उनको जन्मपत्रीलाई त जान। उनी कहिले आएका थिए, उनलाई यो पनि थाहा छैन। विष्णुका ४ भुजा देखाउँछन् अर्थात् लक्ष्मी-नारायणको कम्बाइन्ड रूप हो। लक्ष्मी-नारायणको पूजा गर्छन् तर उनको जीवन कथालाई त जानेका छैनन्। उनीहरू कहाँका मालिक थिए। सूक्ष्मवतनको मालिक त होइनन्, त्यसलाई विष्णुपुरी भनिँदैन। सूक्ष्मवतनमा पुरी छँदै छैन। लक्ष्मीनारायणको राज्यलाई पुरी भनिन्छ फेरि राम सीताको पुरी, बाँकी राधा कृष्णको केही देखाउँदैनन्। द्वापरमा त इस्लामी, बौद्धी आदि आउँछन्। तिमी बच्चाहरूले विस्तारमा बुझ्नु पर्छ। स्वर्गलाई पनि याद गर्छन्। कुनै ठूलो मानिस मर्योष भने भन्छन् वैकुण्ठ जानुभयो। त्यसोभए अवश्य नर्कमा थिए तब त स्वर्गमा गए। यस समय सबै नर्कवासी पतित छन्। नशा कति रहन्छ! देखाउँछन् हामी करोडपति हौं। तर हुन् त सबै नर्कवासी। नर्कवासीले स्वर्गवासीलाई ढोग्छन्। तिमी बच्चाहरूले नै यथार्थ बुझाउन सक्छौ। तिमी पनि जानी-जाननहारका बच्चा हौ। तिम्रो बुद्धिमा सारा चक्र विस्तारमा घुमिरहन्छ। घरमा गएपछि, सम्बन्धीहरूको मुख देखेपछि सबैथोक बिर्सिन्छौ। त्यसैले कलेजको साथ-साथै होस्टेल रहन्छ। तिम्रो यहाँ होस्टेल पनि छ। यहाँ तिमी पढाइमा रहन्छौ, बुद्धि अन्त गोरखधन्धामा जाँदैन। विद्यार्थीको बुद्धिमा ज्ञानको कुरा हुन्छ। होस्टेलमा रहनाले धेरै फरक पर्छ। बाबाको पासमा त चाँडै चाँडै रिफ्रेश हुनको लागि आउनु पर्छ। यस्तो नसम्झ दक्षिणा दिनु पर्छ। यस्तोलाई हामी मूर्ख सम्झन्छौं, बाबा त दाता हुनुहुन्छ। दिने ख्याल कहिल्यै गर्नु हुँदैन। यहाँ सेवाधारी बच्चाहरू नै रिफ्रेश हुनु छ। तिमी बच्चाहरू आउँछौ बाबाको पासमा। यस्तो होइन, कुनै साधु महात्माको पासमा आउँछौ, दक्षिणा दिनु छ, कहिल्यै यस्तो ख्याल नगर। बच्चीहरू आउँछन्, उनीहरूको पासमा पैसा के हुन्छ र! उनलाई सबैथोक सेवा स्थानबाट मिल्छ। जसलाई आफ्नो भाग्य बनाउनु छ, उनले आफ्नो पुरुषार्थ गर्छन्। बाँकी त सबै हुन् बहाना– नोकरी छ, यो छ। तर छुट्टी मिल्न सक्छ। कुनै पनि कारण बताएर छुट्टी लिन सक्छौ। यो कुनै झुटो कहाँ हुन्छ र। बाबा जस्तो सत्य त कोही छँदै छैन। तर बाबाको लागि यति कदर छैन। कति भारी खजाना मिल्छ। बाबा त कुनै टाढा हुनुहुन्न। जहाँ रहे पनि आफ्नो उन्नतिको लागि रिफ्रेश हुन आउनु पर्छ। रिफ्रेश हुनाले धेरैको कल्याण गर्न सक्छौ। तिमीले त सेवा गर्नु छ। यो हो बुद्धियोग बल। त्यो हो बाहुबल। यहाँ हतियार आदि केही छैनन्। कसैलाई दु:ख दिनु हुँदैन। सबैलाई सुखको बाटो देखाऊ। सत्ययुग र कलियुगमा रात-दिनको फरक छ। आधाकल्प लाग्छ रावण राज्यलाई। तिमी बच्चाहरू सुखधामको स्थापना गर्नेवाला हौ। कहिल्यै कुनै कडा शब्द बोल्नु हुँदैन। सुनेको नसुन्यै गरिदिनु पर्छ। सुनेपछि फेरि बोल्न पनि थाल्छन्। क्रोधको अंशले पनि धेरै नोक्सान गरिदिन्छ। कसैसँग रिसाउनु– यो पनि दु:ख दिनु हो। बाबा भन्नु हुन्छ– दु:ख दियौ भने दु:खी भएर मर्छौ, धेरै सजाय खानु पर्छ। अच्छा! 


    धारणाको लागि मुख्य सारः

    १) बाबाको र पढाइको कदर गर्नु पर्छ। समय समयमा स्वयंलाई रिफ्रेश गर्ने युक्तिहरू निकाल्नु पर्छ। धेरैको कल्याणको निमित्त बन्नु छ।

    २) आपसमा ज्ञानको नै कुरा गर्नु पर्छ। क्रोधको अंश पनि निकालिदेऊ। कसैले कडा शब्द बोल्यो भने सुनेको नसुन्यै गरिदेऊ।

    वरदान:

    आफ्नो चेहरा र चलनबाट रूहानी रोयल्टीको अनुभव गराउने सम्पूर्ण पवित्र भव   

    रूहानी रोयल्टीको फाउण्डेशन सम्पूर्ण पवित्रता हो। सम्पूर्ण पवित्रता नै रोयल्टी हो। यस रूहानी रोयल्टीको झलक पवित्र आत्माको स्वरूपबाट देखिन्छ। यो चमक कहिल्यै छिप्न सक्दैन। कुनैले जति नै स्वयंलाई गुप्त राखोस् तर उसको बोली, उसको सम्बन्ध सम्पर्क, रूहानी व्यवहारको प्रभावले उसलाई प्रत्यक्ष गर्छ। त्यसैले हरेकले ज्ञानको दर्पणमा हेर– मेरो चेहरामा, चलनमा त्यो रोयल्टी देखिन्छ वा साधारण चेहरा, साधारण चलन छ?

    स्लोगन:

    सदा परमात्म पालनामा रहनु नै भाग्यवान बन्नु हो।   



    ***OM SHANTI***