BK Murli 4 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 4 August  2017 Nepali

    २०७४ श्रावण २० शुक्रबार ४-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– तिमीले यस बेहद लीलारूपी नाटकलाई जान्दछौ, तिमी हौ हीरो पार्टधारी। तिमीलाई बाबाले आएर अहिले जागृत गर्नु भएको छ।”  

    प्रश्न:

    बाबाको कुनचाहिँ आदेश छ, जसलाई पालन गर्नाले विकारहरूको पीडाबाट बच्न सकिन्छ?

    उत्तर:

    बाबाको आदेश छ– पहिला ७ दिन भट्ठीमा बस। तिमी बच्चाहरूको पासमा यदि कुनै आत्मा ५ विकारहरूबाट पीडित भएर आयो भने उसलाई भन– ७ दिनको समय चाहिन्छ। कम्तीमा ७ दिन दिनुहोस्, तपाईलाई हामीले बुझाउँछौ– ५ विकारहरूको बिमारी कसरी दूर हुन सक्छ। धेरै प्रश्न-उत्तर गर्नेलाई तिमीले भन्न सक्छौ– पहिला ७ दिनको कोर्स गर्नुहोस्।

    गीतः–

    ओम् नमो शिवाए...

    ओम् शान्ति।

    ओम् शान्ति। बच्चाहरूले बाबाको महिमा सुन्यौ। यो जुन बेहदको लीलारूपी नाटक छ, यसको लीलाको आदि मध्य अन्त्यलाई तिमीले बुझेका छौ। उनीहरूले सम्झन्छन्– ईश्वरको माया अपरमअपार छ। अहिले तिम्रो बुद्धिमा जागृति आएको छ र तिमीले सारा बेहदको लीलालाई जानिसकेका छौ। तर यथार्थसँग जसरी बाबाले सम्झाइरहनु भएको छ, त्यसरी बच्चाहरूले नम्बरवार पुरुषार्थ अनुसार नै सम्झाउन सक्छन्। मनुष्यहरू ती कलाकारलाई हेर्नको लागि उनीहरूको पछाडि दौडिन्छन्। तिमीलाई थाहा छ– यो बेहदको ड्रामा हो, जसलाई दुनियाँका मनुष्यले जान्दैनन्। गायन छ– मनुष्य कुम्भकर्णको आसुरी निद्रामा सुतिरहेका छन्। अहिले ज्ञान मिलेको छ, तिमी जागेका छौ। यिनले पनि भन्छन्– हामी सबै सुतेका थियौं। अब तिमीले पुरुषार्थ गर्नु छ। उनीहरूले त भनिदिन्छन्– ईश्वर सर्वव्यापी हुनुहुन्छ। उनीहरूले आफूसँग यस्ता कुरा गर्न सक्दैनन्। आफूसँग तिमीले कुरा गर्नु छ। हामी आत्माहरू बाबासँग मिलेका छौं, बाबाले कति जागृत गर्नु भएको छ। यो बेहदको लीला हो। यसमा मुख्य कलाकार, निर्देशक, रचनाकार को हुन्? त्यो जान्दछौ। त्यसैले तिमीले सोध्दछौ– यस नाटकमा कुन-कुन मुख्य कलाकार हुन्? शास्त्रहरूमा लेखिदिएका छन्– कौरव सेनामा को-को ठूला हुन्? पाण्डव सेनामा को-को ठूला हुन्? यहाँ फेरि छ बेहदको कुरा। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको आदि मध्य अन्त्यलाई जान्नु छ। ब्रह्मा र विष्णुको पार्ट यहाँ चल्छ। विष्णुको रूप हो लक्ष्य-उदेश्य। यो पद पाउनु छ। गाउँछन् पनि– ब्रह्मा देवता नम:। फेरि भन्छन् शिव परमात्माए नम:, उहाँलाई निराकार नै भन्छन्। परमपिता परमात्मा भन्छन् त्यसैले पिता हुनुभयो नि! केवल परमात्मा भनिदिनाले पिता शब्द आउँदैन। सर्वव्यापी भनिदिन्छन् त्यसैले मनुष्यहरूलाई केही समझमा आउँदैन, जसरी तिमीले पनि जान्दैनथ्यौ। बाबा आएर पतितलाई पावन बनाउनु हुन्छ, यो कसैलाई थाहा छैन। तिमी बच्चाहरू अहिले कति समझदार बनेका छौ। आदि देखि लिएर अन्त्यसम्म तिमीले सबैथोक जानिसकेका छौ। ड्रामा हेर्न जो पहिला जान्छन्, अवश्य आदि मध्य अन्त्य सारा हेर्छन् र बुद्धिमा रहन्छ हामीले यो-यो देख्यौं। फेरि पनि हेर्ने चाहना भएमा हेर्न सक्छन्। त्यो त भयो हदको नाटक। तिमीले त बेहदको नाटकलाई जानेका छौ। सत्ययुगमा गएर प्रारब्ध पाउँछौ। फेरि यो नाटक भुल्छौ। फेरि समयमा यो ज्ञान मिल्छ। त्यसैले यो पनि बुझ्नु पर्ने कुरा हो। कुनै पनि कुरामा प्रश्न-उत्तर गर्ने आवश्यकता रहँदैन। ७ दिन भट्ठीको लागि भनिन्छ। तर ७ दिन बस्न पनि धेरै मुश्किल हुन्छ। सुन्नासाथ नै आत्तिन्छन्। सम्झाइन्छ– यो किन भनिन्छ? किनकि आधाकल्प देखि तिमी रोगी बनेका छौ। ५ विकार रूपी भूत लागेको छ, त्यसबाट तिमी पीडित छौ। तिमीलाई युक्ति बताइन्छ– कसरी यी पीडाबाट छुट्न सक्छौ। बाबालाई याद गर्नु छ, जसबाट तिम्रो पीडा सधैंको लागि समाप्त हुन्छ। बाबाको आदेश छ– ७ दिन भट्ठीमा बस्नु छ। गीता भागवतको पाठ राख्छन् त्यहाँ पनि ७ दिन बसाउँछन्। यो भट्ठी हो। सबै त बस्न सक्दैनन्। कोही कहाँ कोही कहाँ छन्। पछि गएर धेरै वृद्धि हुन्छन्। यी सबै हुन् रुद्र ज्ञान यज्ञका शाखाहरू। जसरी बाबाको धेरै नाम राखेका छन्, त्यसरी यस रुद्र ज्ञान यज्ञको पनि धेरै नाम राखिदिएका छन्। रुद्र भनिन्छ परमपिता परमात्मालाई, त्यो त तिमीलाई थाहा छ। राजस्व अश्वमेध अर्थात् यो रथ यस यज्ञमा स्वाहा गर्नु छ। बाँकी गएर आत्माहरू रहन्छन्। सबैको शरीर स्वाहा हुनु छ। होलिका हुन्छ नि। विनाशको समयमा सबैको शरीर यस यज्ञमा स्वाहा हुन्छ। सबैको शरीरको आहुति पर्नु छ। तर तिमीले बाबासँग पहिला वर्सा लिन्छौ। जानु त सबैलाई छ। रावणको धेरै ठूलो परिवार छ। तिम्रो छ केवल दैवी परिवार सानो। आसुरी परिवार त कति ठूलो छ। उनीहरू कुनै देवता बन्नेवाला होइनन्। जो अरू धर्ममा परिवर्तन भएका छन् उनीहरू निक्लिएर आउँछन्। परमपिता परमात्माले ब्रह्मा मुखद्वारा मुख वंशावली रच्नु हुन्छ। बाबाले सम्झाउनु भएको छ– पहिला स्त्रीलाई आफ्नो बनाउँछन्‌, फेरि रचना रच्दछन्। त्यो त भयो कोख वंशावली। यो सारा रचना हो मुख वंशावली। तिमी उत्तम ठहरियौ किनकि तिमी श्रेष्ठाचारी बन्छौ। तिमीले केवल बाबालाई याद गर्नु छ, किनकि ब्राह्मणहरूलाई बाबाको पासमा नै जानु छ।

    तिमीलाई थाहा छ– वापस घर गएर फेरि सत्ययुगमा आएर पार्ट खेल्नु छ, सुखको। धेरैले बुझ्दछन् पनि फेरि पनि ७ दिन दिँदैनन्। थाहा हुन्छ यिनीहरू यस घरानाका अनन्य होइनन्। अनन्य भए त उनीहरूलाई धेरै राम्रो लाग्छ। कति ५-८-१५ दिन पनि रहन्छन्। फेरि सँगत नमिल्नाको कारणले गुम हुन्छन्। विनाश नजिक आउँछ अनि सबैलाई यहाँ आउनु नै छ। राजधानी स्थापना हुनु नै छ। नम्बरवार जसरी कल्प पहिला पुरुषार्थ गरेको छ, उसले अहिले पनि गर्छ। तिम्रो बुद्धिमा छ– हामीले बाबाबाट वर्सा लिइरहेका छौं, पुरुषार्थ अनुसार। जति हामीले याद गर्छौं, कर्मातीत बन्छौं, त्यति उच्च पद पाउँछौं। पहिला सुरुमा सृष्टि सतोप्रधान थियो। अहिले त तमोप्रधान छ। यसलाई नै प्राचीन भनिन्छ। तिमीलाई थाहा छ– हामी नै देवता थियौं फेरि ८४ जन्म बितायौं। अहिले फेरि बाबासँग आएका छौं वर्सा लिन। बाबा आउनु भएको छ, पावन बनाउन। पतित बनाउँछ रावणले। हामी बेहदका मुख्य अलराउण्डर पार्टधारी हौं। सूर्यवंशी, चन्द्रवंशी... चक्र लगाएर अहिले सूर्यवंशीबाट फेरि ब्राह्मण वर्णमा आएका छौं। ब्राह्मण त अवश्य चाहिन्छ नि। ब्राह्मण हुन् चोटी। ब्राह्मणले टुपी राख्छन्। देवता धर्म पनि महान् छ। यो त बुद्धिमा छ नि। हामी बेहद ड्रामामा अलराउण्ड पार्ट खेल्नेवाला हौं। यो वर्णको हाम्रो लागि नै गायन गरिएको हो। विशेष गरेर विष्णुलाई नै देखाउँछन्। त्यसमा शिवबाबा र ब्राह्मणहरूलाई उडाइदिएका छन्। त्यो देखाउँदैनन्। अहिले तिम्रो बुद्धिमा ८४ जन्मको अर्थ बसेको छ। तिमीले कति जन्म लिन्छौ, अरू धर्मकाहरूले कति जन्म लिन्छन्। एकनाश जन्म त लिन सक्दैनन्। पछि आउनेको जन्म कम हुन्छ। पहिला सुरुमा आउनेको नै ८४ जन्म भनिन्छ। सबै कहाँ सूर्यवंशीमा आउँछन् र? यसको पनि हिसाब छ, यसलाई विस्तार भनिन्छ। धेरै बच्चाहरूले बिर्सिन्छन्। स्कूलमा पनि पहिलो, दोस्रो तह त रहन्छ नि। पहिला दृष्टि शिक्षकको पहिलो हुने तर्फ नै जान्छ। तिम्रो बुद्धिमा सारा ज्ञान छ। बाँकी एक-एकको विस्तारमा त जान सकिँदैन। मुख्य धर्महरूको बारेमा सम्झाइन्छ। सारा ड्रामाको लीलालाई बुद्धिमा राखेर फेरि पनि तिमीले सम्झन्छौ– हामी अब फर्केर जानु छ। जब हामीले कर्मातीत अवस्थालाई प्राप्त गर्छौ, तब नै सत्ययुगको लायक बन्छौं। बाबालाई याद गर्नाले हाम्रो आत्मा पवित्र बन्छ, फेरि चोला पनि पवित्र मिल्छ। बाबालाई याद गर्दै-गर्दै हामी सत्ययुगमा जान्छौं। आफ्नो तापक्रम हेर्नु पर्छ, जति उच्च जान्छौं, त्यति खुशीको पारा चढ्छ। तल उत्रिनाले खुशीको पारा पनि तल उत्रिन्छ। सतोप्रधानबाट तल उत्रिँदा-उत्रिँदा अहिले बिलकुल नै तमोप्रधान बनेका छौ। अहिले बाबाले सम्झाइरहनु भएको छ, फेरि पनि मायाले घरी-घरी भुलाइदिन्छ। यो हो मायासँग युद्ध। धेरै मायाको अधीन हुन्छन्। बाबा भन्नु हुन्छ– सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। कति अबलाहरू बाबाको यादमा सच्चा दिलले रहन्छन्। प्रतिज्ञा गरेका छन्– हामी विकारमा कहिल्यै जाँदैनौं। विघ्न त धेरै पर्छन्। प्रदर्शनी आदिमा कति विघ्न पार्छन्। धेरै धाक देखाउँदै आउँछन्, त्यसैले सम्हाल पनि धेरै गर्नु पर्छ। मनुष्यहरूको वृत्ति धेरै खराब रहन्छ। पंचायती राज्य हो नि। फेरि सत्ययुगमा हुन्छ १०० प्रतिशत धार्मिक, सच्चा, मर्यादित, पवित्र दैवी राज्य। त्यसैले तिमी बच्चाहरूले धेरै मेहनत गर्नु छ। चित्र पनि धेरै बन्दै जान्छन्। यति ठूलो चित्र होस्, जुन मनुष्यहरूले टाढाबाट नै पढ्न सकून्। यो बुझ्ने र बुझाउने कुरा हो, जसबाट मनुष्यहरूले थाहा पाऊन्– यथार्थमा हामी स्वर्गवासी थियौं, अहिले नर्कवासी बनेका छौं, फेरि पावन बन्नु छ। ड्रामाको रहस्य पनि सम्झाउनु छ। यो चक्र कसरी फिर्छ, कति समय लाग्छ। हामी नै विश्वको मालिक थियौं, आज त एकदम कंगाल बनेका छौं। रात-दिनको फरक छ। यो पनि आफ्नो विकर्मको फल हो जुन भोग्नै पर्छ। अहिले बाबा कर्मातीत अवस्था बनाउन आउनु भएको छ। विश्व के थियो, अहिले कस्तो छ। अब यो युद्धमा सारा दुनियाँ स्वाहा हुनु छ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ। बाबा भन्नु हुन्छ– धेरै पुरुषार्थ गरेर महाराजा-महारानी बनेर देखाऊ। चित्रहरूमा धेरै राम्रोसँग सम्झाउनु छ। बुद्धिमा यही याद रहोस्– हामी कति उच्च थियौं फेरि कति तल गिरेका छौं। गिरेका त धेरै तिम्रो पासमा आउँछन्। गणिकाहरू, अहिल्याहरूलाई पनि उठाउनु छ। उनीहरूलाई जब तिमीले उठाउँछौ, तब नै तिम्रो नाम प्रख्यात हुन्छ। अहिलेसम्म कसैको बुद्धिमा बसेको छैन। दिल्लीबाट आवाज निक्लनु पर्छ, त्यहाँ तुरुन्तै नाम हुन्छ। तर अझै समय भएको छैन। अबलाहरूको, गणिकाहरूको बाबाले कति उच्च उठाउनु हुन्छ। तिमीले यस्ताको जब उद्धार गर्छौ, तब नाम प्रख्यात हुन्छ। बाबाले भन्नु हुन्छ नि– अहिलेसम्म आत्मा रजोसम्म पुगेको छ, अब सतोसम्म आउनु छ। बाबाले त भन्नु हुन्छ– केही गरेर देखाऊ। तिमी बच्चाहरूले त धेरै सेवा गर्नु छ। तर चल्दा-चल्दा कुनै न कुनै ग्रहचारी बस्छ। कमाईमा ग्रहचारी हुन्छ नि। माया बिरालोले बेहोस गरिदिन्छ। गुल-बकावलीको खेल हुन्छ नि। बच्चाहरूले त स्वयं बुझ्न सक्छन् बापदादाको दिलमा को चढ्न सक्छ। संशयको कुनै कुरा छैन। कतिले प्रश्न सोध्छन्– यो कसरी हुन सक्छ? अरे तिमीले साक्षी भएर हेर। ड्रामामा जे निश्चित छ, त्यो पार्ट चल्नु नै छ। ड्रामाको लिकबाट गिर्छन्। जसको बुद्धिमा आउँछ उनीहरू गिर्दैनन्। तिमी किन गिर्छौ? ड्रामामा जे निश्चित छ त्यही हुन्छ नि। यहाँ हजारौंलाई साक्षात्कार हुन्छ। यो के हो? यतिका आत्मा निक्लिएर आउँछन् र? यो सबै ड्रामाको खेल बुझ्नु पर्ने हुन्छ, यसमा संशयको कुरा हुन सक्दैन। कतिले संशयमा आएर पढाइ छोडिदिन्छन्। आफ्नै भाग्य बिगारिदिन्छन्। कुनै पनि हालतमा संशयबुद्धि बन्नु छैन। बाबालाई चिनेर फेरि बाबामा संशय आउन सक्छ र? बच्चाहरूलाई थाहा छ– हामी पतित-पावन बाबाको पासमा जान्छौं, पावन बनेर। त्यसैले गायन गरिएको छ– पतित-पावनलाई आउनु छ र पतितलाई पावन बनाउनु छ। जो बन्छन् उनै पवित्र दुनियाँमा जान्छन् र अमर बन्छन्। बाँकी जो पवित्र बन्दैनन् उनीहरू अमर हुँदैनन्। तिमी अमर दुनियाँको मालिक बन्छौ। बाबाले कति उच्च वर्सा दिनु हुन्छ। पवित्र यस्तो बन्छौ जुन २१ जन्म पवित्र रहन्छौ। संन्यासीले त फेरि पनि विकारबाट जन्म लिन्छन्। अमरपुरीको लायक बन्दैनन्। अमरपुरीको लायक बाबाले बनाउनु हुन्छ। यो अमरकथा पार्वतीहरूलाई अमरनाथ बाबा शिवले नै सुनाइरहनु भएको छ। बच्चाहरू आएका छन् बेहद बाबाको पासमा, वर्सा त लिनु नै छ नि। यहाँ सागरको पासमा आउँछौ नै रिफ्रेश हुनको लागि। फेरि गएर आफू समान बनाउनु छ। त्यसैले बच्चाहरूको पनि यही धन्दा भयो। अच्छा!


    धारणाको लागि मुख्य सारः

    १) कुनै पनि कुरामा संशय गर्नु हुँदैन। ड्रामालाई साक्षी भएर हेर्नु छ। कहिल्यै पनि आफ्नो रजिस्टर बिगार्नु हुँदैन।

    २) कर्मातीत अवस्थासम्म पुग्नको लागि यादमा रहने पूरा पुरुषार्थ गर्नु छ। सच्चा दिलले बाबालार्इ याद गर्नु छ। आफ्नो स्थितिको तापक्रम आफैंले हेर्नु छ।

    वरदान:

    सम्पन्नताको आधारमा सन्तुष्टताको अनुभव गर्ने सदा तृप्त आत्मा भव  

    जो सदा भरिपूर्ण वा सम्पन्न रहन्छ, ऊ तृप्त हुन्छ। चाहे कसैले जतिसुकै असन्तुष्ट गर्ने परिस्थितिहरू उसको अगाडि ल्याओस् तर सम्पन्न, तृप्त आत्माले असन्तुष्ट गर्नेलाई पनि सन्तुष्टताको गुण सहयोगको रूपमा दिन्छ। यस्ता आत्माले नै दयावान बनेर शुभ भावना र शुभकामनाद्वारा उसलाई पनि परिवर्तन गर्ने प्रयत्न गर्छन्। रूहानी रोयल आत्माको यही श्रेष्ठ कर्म हो।

    स्लोगन:

    याद र सेवाको डबल लक लगायौ भने माया आउन सक्दैन।  



    ***OM SHANTI***