BK Murli 5 August 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 5 August  2017 Nepali

    २०७४ श्रावण २१ शनिबार ५-०८-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– बाबाले तिमीलाई बेहदको समाचार सुनाउनु हुन्छ, तिमी अहिले स्वदर्शन चक्रधारी बनेका छौ। तिमीले ८४ जन्मको स्मृतिमा रहेर सबैलाई यही स्मृति दिलाउनु छ।”  

    प्रश्न:

    शिवबाबाको पहिलो बच्चा ब्रह्मालाई भनिन्छ, विष्णुलाई भनिदैन– किन?

    उत्तर:

    किनकि शिवबाबाले ब्रह्माद्वारा ब्राह्मण सम्प्रदाय रच्नु हुन्छ। यदि विष्णुलाई बच्चा भन्ने हो भने उनीबाट पनि सम्प्रदाय पैदा हुनु पर्ने। तर उनीबाट कुनै सम्प्रदाय हुँदैन। विष्णुलाई कसैले माता-पिता पनि भन्दैनन्। उनी जब लक्ष्मी-नारायणको रूपमा महाराजा-महारानी हुन्छन्, तब उनका आफ्ना बच्चाले मात्र माता-पिता भन्छन्। ब्रह्माद्वारा त ब्राह्मण सम्प्रदाय पैदा हुन्छ।

    गीत:–

    तुम्हीं हो माता पिता……

    ओम् शान्ति।

    ओम् शान्ति। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। कुनै गुरु गोसाईंले यस्तो भन्न सक्दैनन्– बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ। बाबाले बच्चाहरूलाई के सम्झाउनु हुन्छ? कुनचाहिँ बाबा? यो त केवल तिमीलाई थाहा छ, अरू कुनै सत्संगमा यस्तो भन्न सक्दैनन्। भन्न त साईं बाबा, मेहर बाबा भन्छन् तर जे बोल्छन् उनीहरूले त केही पनि बुझ्दैनन्। तिमीलाई थाहा छ– उहाँ बेहदको बाबा हुनुहुन्छ, बेहदको समाचार सुनाउनु हुन्छ। एउटा हुन्छ हदको समाचार, अर्को हुन्छ बेहदको समाचार। यस दुनियाँमा कसैले ‌जानेका छैनन्। बाबा भन्नु हुन्छ– तिमीलाई बेहदको समाचार सुनाउँछु, तिमीलाई सृष्टिको आदि मध्य अन्त्यको ज्ञान बुद्धिमा आउँछ। तिमीलाई थाहा छ– वास्तवमा बाबाले आफ्नो परिचय दिनु भएको छ र सृष्टि कसरी घुम्छ, त्यो पनि यथार्थसँग सम्झाउनु भएको छ। त्यसलाई बुझेर हामी अरूलाई बुझाउँछौं। बीजलाई परमपिता परमात्मा वा बाबा भनिन्छ, हामी उहाँका बच्चा आत्माहरू हौं। तिमी बच्चाहरूको बुद्धिमा छ– हामी आत्मा परमात्माका सन्तान हौं। परमपिता परमात्मा परमधाममा रहनेवाला हुनुहुन्छ। उहाँले मूलवतनको समाचार सुनाउनु भएको छ। कसरी यो सारा माला बन्छ। पहिले-‌पहिले बाबा सम्झाउनु हुन्छ– म तिम्रो बाबा हुँ र म परमधाममा रहन्छु। मलाई नै ज्ञानको सागर, आनन्दको सागर भनिन्छ। म आएर तिमी आत्माहरूलाई पवित्रता सुख‌ शान्तिको वर्सा दिन्छु। बच्चाहरूको बुद्धिमा यो घुमिरहन्छ। हामी वास्तवमा कहाँका रहनेवाला हौं। हामी सबै आत्माले पनि पार्ट खेल्नु छ। पार्टको रहस्य कसैले पनि बुझ्न सक्दैन, केवल भन्छन् मात्र– पुनर्जन्म लिन्छ, आत्माले यति जन्म लिन्छ। कसैले ८४ लाख जन्म भन्छन्। कसैलाई सम्झायो भने सम्झन्छन्– ८४ जन्म ठीक हो। ८४ जन्म कसरी लिन्छ, यो बुद्धिमा हुनु पर्छ। वास्तवमा हामी सतोप्रधान थियौं फेरि सतो, रजो, तमोमा आएका हौं। अहिले फेरि संगममा हामी सतोप्रधान बनिरहेका छौं। यो अवश्य तिमी बच्चाहरूको बुद्धिमा हुनु पर्छ, तब त तिमीलाई स्वदर्शन चक्रधारी भनिन्छ। यो कुरा त धेरै सहज छ जुन बूढी माताहरूले पनि सम्झाउन सक्छन्– वास्तवमा हामीले ८४ जन्म लिएका हौं, अरू कुनै धर्मवाला मनुष्यले लिँदैनन्। यो पनि बुझाउनु पर्छ– अहिले हामी ब्राह्मण छौं फेरि देवता, क्षेत्रिय, वैश्य, शूद्र बन्छौं। सबै भन्दा उच्च हुनुहुन्छ शिवबाबा। यो अहिले तिम्रो बुद्धिमा छ। यसरी हामी पुनर्जन्म लिन्छौं। पुनर्जन्मलाई त अवश्य मान्नु पर्छ। अहिले तिमीलाई आफ्नो ८४ जन्मको पार्टको स्मृति आएको छ। बूढी माताहरूको लागि पनि यो ज्ञान धेरै सजिलो छ। तिमीलाई कुनै किताब आदि पढ्ने जरुरी छैन। बाबाले सम्झाउनु भएको छ– तिमीले ८४ जन्म कसरी लिन्छौ। तिमी नै देवी-देवता थियौ फेरि ८ जन्म सत्ययुगमा, १२ जन्म त्रेतामा, ६३ जन्म द्वापर कलियुगमा लियौ अनि यो एउटा जन्म हो सबै भन्दा उच्च। त्यसैले सहजै बुझ्दछौ नि। कुरुक्षेत्रका बूढी माताहरूले पनि बुझेका छौ हैन! कुरुक्षेत्रको नाम प्रसिद्ध छ। वास्तवमा यो सारा कर्मक्षेत्र हो। त्यो कुरुक्षेत्र त एउटा गाउँ हो, यो सारा कर्म गर्ने क्षेत्र हो, यसमा अहिले लडाईं आदि लागेको छैन। तिमीले यस सारा कुरुक्षेत्रलाई जान्दछौ। बस्न त एक ठाउँमा बसिन्छ।

    बाबाले बताउनु भएको छ– यस सारा कर्मक्षेत्रमा रावणको राज्य छ। यहाँ रावणलाई जलाउँछन् पनि। रावणको जन्म पनि यहाँ हुन्छ। यहाँ नै शिवबाबाको जन्म हुन्छ। यहाँ नै देवी-‌देवता थिए। फेरि उनीहरू नै पहिले-‌पहिले वाममार्ग जान्छन्। बाबा पनि यहाँ भारतमा नै आउनु हुन्छ। भारतको धेरै महिमा छ। बाबा पनि यहाँ नै बसेर सम्झाउनु हुन्छ। प्यारा बच्चा तिमीहरू! ५ हजार वर्ष पहिले आदि सनातन देवी-देवता धर्मका थियौ, राज्य गर्थ्यौ, त्यसमा पहिलो नम्बरका लक्ष्मी-नारायणले विश्वमा राज्य गर्थे। त्यो ५ हजार वर्ष भयो। उनीहरूलाई विश्व महाराजन, विश्व महारानी भनिन्थ्यो। वहाँ अन्य कुनै धर्म त हुँदैन। त्यसैले पनि जति पनि राजाहरू हुन्छन्, उनीहरू विश्वका महाराजन नै भनिन्छ। फेरि यो फलानो गाउँको, यो फलानो गाउँको भनिन्छ। तिमीलाई थाहा छ– हामी विश्वको राज्य लिन्छौं। बाबाले सम्झाउनु भएको छ– तिमीले जमुनाको किनारमा राज्य गर्छौ। त्यसैले बुद्धिमा यो याद राख्नु छ– ४ युग र ४ वर्ण छन्। पाँचौं यो धर्माउ युग हो, जसलाई कसैले जान्दैनन्। मुख्य हो ब्राह्मण धर्म। ब्रह्मा मुखवंशावली ब्राह्मण। ब्रह्मा कहिले आए? अवश्य जब बाबाले सृष्टि रच्नु हुन्छ, तब पहिला ब्राह्मण चाहिन्छ। यो हो डाइरेक्ट ब्रह्माको मुखवंशावली। ब्रह्मा हुन् शिवबाबाका पहिलो बच्चा। के विष्णुलाई पनि बच्चा भनिन्छ? भनिँदैन। यदि बच्चा हुने हो भने उनीबाट पनि सम्प्रदाय पैदा हुनु पर्छ। तर उनीबाट सम्प्रदाय पैदा हुँदैन। न उनलाई माता-पिता भन्छन्। उनी त महाराजा-महारानीका आफ्नै एउटा बच्चा हुन्। यो हो कर्मभूमि, परमपिता परमात्मालाई पनि आएर कर्म गर्नु पर्छ, नत्र आएर के गर्ने, त्यसैले यति धेरै महिमा हुन्छ। 

    तिमीले देखेका छौ, शिवजयन्ती पनि गाइएको छ। लेख्न त शिव पुराण लेखिएको छ तर त्यसमा कुनै कुरा समझमा आउँदैन। मुख्य हो नै गीता। तिमीले राम्रोसँग बुझेका छौ– कसरी शिवबाबा आउनु हुन्छ। ब्रह्मा पनि अवश्य चाहिन्छ। अब ब्रह्मा कहाँबाट आऊन्? सूक्ष्म वतनमा त सम्पूर्ण ब्रह्मा छन्। यस कुरामा नै मानिस अलमलिन्छन्। ब्रह्माको कर्तव्य के हो? सूक्ष्मवतनमा रहेर के गर्छन् होला? बाबा सम्झाउनु हुन्छ– जब यी व्यक्त रूपमा हुन्छन्, तब यिनीद्वारा ज्ञान दिनु हुन्छ। फेरि यिनै ज्ञान लिंदा लिंदै फरिस्ता बन्छन्। त्यो हो सम्पूर्ण रूप। त्यस्तै मम्माको पनि छ, तिमीहरूको पनि यस्तै सम्पूर्ण रूप बन्छ। बूढी-‌बूढी माताहरूले केवल यति धारण गरुन्– हामीले ८४ जन्म कसरी लिन्छौं, यो पनि सम्झाइन्छ– बाबाले कर्मक्षेत्रमा पार्ट खेल्न पठाइदिनु हुन्छ। मुखले केही बोल्नुहुन्न। यो ड्रामा पनि बनेको छ। ड्रामा अनुसार हर एक आ-‌आफ्नो समयमा आउनु छ। बाबा बसेर सम्झाउनु हुन्छ– सृष्टिको आदिमा पहिले-‌पहिले को थिए, फेरि अन्त्यमा को थिए। अन्त्यमा सारा सम्प्रदाय जीर्ण अवस्थामा पुग्छ। बाँकी यस्तो होइन– प्रलय हुन्छ फेरि श्रीकृष्ण औंला चुस्दै आउँछन्। बाबाले ब्रह्माद्वारा नयाँ सम्प्रदायको स्थापना गर्नु हुन्छ। परमपिता परमात्माले यस दैवी सृष्टिको रचना कसरी गर्नु हुन्छ यो त तिमीलाई थाहा छ। उनीहरूले त कृष्णलाई सम्झिएर बसेका छन्। तिमीलाई थाहा छ– बाबा नै पतित-‌पावन हुनुहुन्छ। अन्त्यमा नै आउनु हुन्छ पावन बनाउन। जो कल्प पहिले पावन बनेका थिए, उनीहरू नै आउँछन्। आएर ब्रह्माको मुख वंशावली बन्छन् र पुरुषार्थ गरेर शिवबाबाबाट आफ्नो वर्सा लिन्छन्। रचयिता ज्ञानको सागर उहाँ हुनुहुन्छ नि! वर्सा बाबाबाट नै मिल्न सक्छ। दादालाई पनि उहाँबाट मिल्छ। उहाँको नै महिमा गाइन्छ। त्वमेव माताश्च पिता... वास्तवमा सच्चा सुख दिनेवाला उहाँ हुनुहुन्छ। यो पनि तिमीलाई थाहा छ। दुनियाँले जान्दैन। जब रावण राज्य सुरु हुन्छ, तब नै दु:ख सुरु हुन्छ। रावणले बेसमझ बनाइदिन्छ। बालकमा जबसम्म विकारको प्रवेशता हुँदैन, उसलाई महात्मा समान भन्छन्। जब युवा हुन्छ अनि लौकिक सम्बन्धीले उसलाई दु:खको मार्ग बताउँछन्। पहिलो मार्ग बताउँछन्– तिमीले विवाह गर्नु पर्छ। लक्ष्मी-नारायण र राम-सीताले के विवाह गरेनन्? तर उनीहरूलाई त थाहा नै छैन– उनीहरूको पवित्र प्रवृत्ति मार्ग थियो। यो अपवित्र प्रवृत्ति मार्ग हो। उनीहरू त पवित्र स्वर्गको मालिक थिए। हामी त पतित नर्कको मालिक हौं। यो विचार बुद्धिमा आउँदैन। तिमीले महिमा सुनाउँछौ– के यो भुल्नुभयो? यहाँ स्वर्ग थियो, आदि सनातन देवी-‌देवता धर्म थियो, पवित्र थियो। तब त अपवित्र मानिसहरू उनको अगाडि गएर शिर निहुराउँछन्। पतित-‌पावन बाबाले नै पावन दुनियाँको स्थापना गर्नु हुन्छ। वास्तवमा पावन थियो अहिले त भन्छन् हामी पतित छौं। कुनै लडाईं आदि भयो भने यज्ञ रच्दछन्, शान्तिको लागि। मन्त्र पनि यसरी जप्छन्। तर शान्तिको अर्थ बुझ्दैनन्। छ पनि धेरै सहज छ। गड फादर भन्छन् त्यसैले बच्चा ठहरिए नि। उहाँ हामी सबैका पिता हुनुहुन्छ त्यसैले भाइ-‌भाइ ठहरियौं नि! वास्तवमा हामी प्रजापिता ब्रह्माका मुख वंशावली बहिनी-‌भाइ ठहरियौं। सत्ययुगमा त मुख वंशावली हुँदैनन्। केवल संगममा नै मुख वंशावली हुने भएकाले बहिनी-‌भाइ कहलाइन्छ। बाबा भन्नु हुन्छ– म कल्प-‌कल्प, कल्पको संगमयुगमा साधारण वृद्ध तनमा प्रवेश गर्छु, जसको नाम फेरि ब्रह्मा राख्छु। जो फेरि ज्ञानलाई धारण गरेर अव्यक्त सम्पूर्ण ब्रह्मा बन्छन्। हुन त उनै हुन्, अरू कोही होइन। ब्राह्मण नै फेरि देवता बन्छन्, चक्र लगाएर अन्त्यमा आएर शूद्र बन्छन् फेरि ब्रह्माद्वारा ब्राह्मण रच्नु हुन्छ। बूढी माताहरूको लागि पनि ब्राह्मणीले मेहनत गर्नु पर्छ। हामीले ८४ जन्म पूरा गर्यौं , यो त बुझ्न सक्छन् नि। बाबा भन्नु हुन्छ– मलाई याद गर। यस योग अग्निबाट नै विकर्म विनाश हुन्छ। सबै आत्माहरूलाई भन्नु हुन्छ– म एकलाई याद गर। शिवबाबा भन्नु हुन्छ– लक्की सिताराहरू! हे शालिग्रामहरू! तिमी आत्माहरूको बुद्धिमा यो ज्ञान राख्नु छ। आत्माले सुन्छ, परमात्मा बाबाले सुनाउनु हुन्छ ब्रह्मा मुखद्वारा। ब्रह्माद्वारा स्थापना, त्यसैले अवश्य मनुष्य नै हुनु पर्छ अनि वृद्ध पनि होला। ब्रह्मालाई पनि हमेशा वृद्ध देखाउँछन्। कृष्णलाई सानो सम्झन्छन्, ब्रह्मालाई कहिल्यै सानो बच्चा भनिदैन। उनको सानो रूप बनाउँदैनन्। जसरी लक्ष्मी नारायणको सानो रूप देखाउँदैनन्, त्यसरी नै ब्रह्माको पनि देखाउँदैनन्। बाबा स्वयं भन्नु हुन्छ– म वृद्ध तनमा आउँछु। तिमी बच्चाहरूलाई पनि यही मन्त्र सुनाइरहनु भएको छ। शिवबाबा भन्नु हुन्छ– म एकलाई याद गर। शिवलाई, ब्रह्मालाई बाबा भन्छन्, शंकरलाई कहिल्यै बाबा भन्दैनन्। उनीहरूले त शिव शंकरलाई मिलाइदिएका छन्। त्यसैले यो पनि बुद्धिमा बसाउनु पर्छ। आत्माहरूको बाबा अहिले परमपिता परमात्मा आउनु भएको छ। त्यसैले यस्ता-‌यस्ता सहज कुरा बूढी माताहरूलाई सम्झाउनु पर्छ। 

    बाबा प्रश्न सोध्नु हुन्छ– पहिले तिमीलाई के बनाएको थिएँ, स्वदर्शन चक्रधारी बनेका थियौं। बाबालाई र चक्रलाई याद गर्नाले तिमी रूहानी बेलायतमा जानेछौ। त्यो विदेश त दूरदेश हो नि। हामी आत्माहरू सबै दूरदेशमा रहनेवाला हौं। हेर हाम्रो घर कहाँ छ, सूर्य चन्द्रमा भन्दा पनि पार। जहाँ कुनै चिन्ता छैन। अहिले तिमी आत्मालाई घरको याद आएको छ। हामी वहाँ अशरीरी रहन्थ्यौं, शरीर थिएन। यो खुशी हुनु पर्छ। अहिले हामी आफ्नो घर जान्छौं। बाबाको घर नै आफ्नो घर हो। बाबाले भन्नु भएको छ– मलाई याद गर अनि आफ्नो मुक्तिधामलाई याद गर। साइन्स घमण्डीले त परमात्मालाई बिलकुल जान्दैनन्। बाबालाई दया आउँछ– उनीहरूका कानमा पनि केही परिरहोस् जसकारण शिवबाबालाई याद गरून्। देह अभिमान टुटोस्, नरबाट नारायाण बन्ने यो सत्य कथा हो। सच्चा बाबालाई याद गर्यौन भने सच्चखण्डको मालिक बन्छौ। सच्चा बाबाले नै स्वर्ग स्थापना गर्नु हुन्छ। भन्नु हुन्छ– अरूसँग बुद्धियोग हटाऊ। सरकारी नोकरी ८ घण्टा गर्छौ, त्यो भन्दा पनि यो उच्च कमाई हो। जहाँ भए पनि, बुद्धिद्वारा यो याद गरिरहनु छ। तिमी कर्मयोगी हौ। कति सहजै सम्झाउनु हुन्छ। 

    वृद्ध माताहरूलाई देखेर म धेरै खुशी हुन्छु किनकि फेरि पनि म समान छन्। म मालिक बनूँ, साथी समान बनेनन् भने यो पनि ठीक भएन। बाबा अविनाशी सर्जन हुनुहुन्छ। ज्ञान इन्जेक्सन सद्‌गुरुले दिएपछि अज्ञान अँध्यारो विनाश हुन्छ। तिमीहरूको अज्ञान दूर भएको छ। बुद्धिमा ज्ञान आएको छ। सबै कुरा जानेका छौ। अच्छा!‌ 


    धारणाको लागि मुख्य सारः

    १) उच्च कमाई गर्नको लागि बुद्धिको योग अरू सबै तिरबाट हटाएर एक बाबासँग जोड्नु पर्छ। सच्चा बाबालाई याद गरेर सचखण्डको मालिक बन्नु छ।

    २) जसरी ब्रह्मा बाबा ज्ञानलाई धारण गरेर सम्पूर्ण बन्छन्, त्यसैगरी बाबा समान सम्पूर्ण बन्नु छ।

    वरदान:

    रूहानियतद्वारा वृत्ति, दृष्टि, बोली र कर्मलाई रोयल बनाउने ब्रह्माबाबा समान भव  

    ब्रह्मा बाबाको बोली-‌चाली, चेहरा र चलनमा जुन रोयलटी देख्यौ, त्यसलाई फलो गर। जसरी ब्रह्मा बाबाले कहिल्यै साना-‌साना कुरामा आफ्नो बुद्धि वा समय दिएनन्। उनको मुखबाट कहिल्यै साधारण बोली निस्किएन, हर बोली युक्तियुक्त अर्थात् व्यर्थ भाव भन्दा पर अव्यक्त भाव र भावनावाला रह्यो। उनको वृत्तिमा हर आत्माप्रति सदा शुभ भावना, शुभकामना रह्यो, दृष्टिद्वारा सबैलाई फरिस्ता रूपमा देखे। कर्मबाट सदा सुख दिए र सुख लिए। यसैगरी फलो गर तब भनिन्छ ब्रह्माबाबा समान।

    स्लोगन:

    मेहनतको सट्टा प्यारको झूलामा झुल्नु नै श्रेष्ठ भाग्यवानको निशानी हो।   

      

    ***OM SHANTI***