BK Murli 23 September 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 23 September 2017 Nepali

    २०७४ असोज ७ शनिबार २३-०९-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन

    “मीठे बच्चे– शरीरको कुनै भरोसा छैन त्यसैले जुन शुभकार्य गर्नु छ त्यो आज गर, भोलिलाई नछोड।”  

    प्रश्न:

    आफ्नो जीवन आबाद गर्ने अर्थात् मालामाल बनाउने युक्ति के हो?

    उत्तर:

    शिवबाबालाई आफ्नो बच्चा बनाइदेऊ तब उहाँले तिमीलाई २१ जन्मको लागि मालामाल गरिदिनुहुन्छ। उहाँ एउटै हुनुहुन्छ जो सबैको बच्चा बनेर जीवन आबाद गरिदिनुहुन्छ। तर कोही डराउँछन्, सम्झन्छन् सायद सबै कुरा दिनु पर्छ। बाबा भन्नुहुन्छ– डराउने कुरा छैन। तिमीले आफ्नो बच्चाहरूलाई सम्हाल गर। उनीहरूको पालना गर तर याद यस बच्चालाई गर्यौड भने तिमीलाई सम्पन्न गराइदिन्छन्। यदि यी बच्चामाथि बली चढ्यौ भने तिम्रो धेरै सेवा गर्छन्।

    ओम् शान्ति।

    यस समयमा सबै सेवाकेन्द्रमा जति पनि बच्चाहरू बसेका छन्, उनीहरूले अवश्य सम्झन्छन्– हामी शिवबाबाको महावाक्य सुन्छौं। अरू कुनै यस्तो संस्था छैन किनकि शाखाहरू त धेरैका छन् नि। हुन त उनीहरूले टेप आदि पनि भरिरहन्छन् जहाँ उनको हेड अफिस हुन्छ, जहाँ उनीहरूका गुरु रहन्छन्, उनलाई नै याद गरिरहन्छन्। निराकार परमपिता परमात्मालाई तिमीहरू सिवाय कसैले पनि याद गर्दैनन्। यस संगम समयमा नै पारलौकिक बाबा आउनुहुन्छ, बच्चाहरूलाई बसेर परिचय दिनुहुन्छ र बच्चाहरू निश्चयबुद्धि भएर त्यही धुनमा रहन्छन्। परमपिता परमात्माले यस समय नै मुरली चलाउनुहुन्छ। शास्त्रमा पनि छ– कृष्णले मधुवनमा मुरली बजाउँछन्। मधुवन त मुख्य छ नै एउटा, बाँकी सबै ठाउँमा मुरली जान्छ। मनुष्यको बुद्धिमा छ– कृष्णले मुरली बजाउँछन्। शिवबाबा मुरली चलाउनुहुन्छ– यो कसैको बुद्धिमा कहिल्यै आउन सक्दैन। यो कसैलाई थाहा छैन। जहाँ जहाँ तिमीहरूका सेन्टर खुल्छन्, सबैले यो सम्झन्छन् शिवबाबाको मुरली बज्दछ, ब्रह्माद्वारा। जो फेरि सबै ज्ञान गंगाहरूले सुनेर अरूलाई सुनाउँछन्। बुद्धिमा त शिवबाबाको याद छ नि। शिवबाबा जसलाई भगवान् भनिन्छ। शिवबाबाले मुरली सुनाउनुहुन्छ, यो कुनै पनि शास्त्रमा छैन। तिमी बच्चाहरू जहाँ भए पनि सम्झन्छौ यो मुरली जुन छापिएर आएको छ, शिवबाबाको नै आएको हो। शिवबाबा विना कसैले सिकाउन सक्दैन। बाबा नै भन्नुहुन्छ– मलाई याद गर्यौु भने म वर्सा दिन्छु। बाबा बच्चाहरूलाई सम्झाइरहनु हुन्छ– म एकलाई याद गर, अरू कुनै पनि नाम रूपलाई याद नगर। साकार मनुष्यको फोटो आदि त जन्म-‌जन्मान्तर एकत्र गर्दै आएका छौ। उपासना गर्दै आएका छौ। तिम्रो देवता आदिका चित्र राख्नु– यो सबै छुटेर जान्छ। भक्तिमार्गमा आत्माहरूले बाबालाई याद गर्छन्। शरीरलाई त तब याद गर्छन्, जब देह-अभिमानी बन्छन्। बाबा घरी-‌घरी भन्नुहुन्छ– आफूलाई आत्मा सम्झिएर बाबालाई याद गरिराख। आत्मा नै पतित दु:खी बनेको छ। आत्माले भन्छ– म महाराजा थिएँ, अहिले रंक बनेको छु। तिमीलाई अहिले स्मृति आएको छ, हामी बाबाका बच्चा हौं। बाबाबाट हामीले वर्सा पाएका थियौं। अब बाबा भन्नुहुन्छ– सबैलाई बाबाको परिचय देऊ। यो जस्तो शुभ कार्य कुनै छैन। यस शुभ कार्यमा ढिलो गर्नु हुँदैन। शरीरको त भरोसा छैन। न जवान, न बूढा। त्यसैले जे जति गर्नु छ त्यो आजै गर्नुपर्छ। आज भोलि गर्दा गर्दै कालले खाइदिन्छ। बाबाले कति ठूलो हस्पिटल एवं युनिवर्सिटी खोल्नु भएको छ, जसबाट स्वास्थ्य सम्पत्ति खुशी मिल्छ। स्वास्थ्य-‌सम्पत्ति छ भने खुशी भइहाल्छ। निरोगी काया छ, धन छ भने मनुष्य सुखी हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– जसलाई शुभ कार्य गर्नु छ, गर। केवल ३ पाइला पृथ्वी लिएर यो हस्पिटल खोल। सबैलाई बाबाको परिचय देऊ। बाबा स्वर्गको रचयिता हुनुहुन्छ। त्यसैले अवश्य बाबाबाट स्वर्गको वर्सा मिल्नुपर्छ। वर्सा मिलेको थियो नि। यी कुरालाई सहज बुझ्न सक्छौ। भगवान्‌लाई खोज्नको लागि मन्दिर छन्। आर्यसमाजीहरूले त देवताहरूलाई मान्दैनन् त्यसैले सम्झन्छन्– यी चित्र आदि जो बनाइएको छ सबै पाखण्ड हुन्। विघ्न त धेरै परिरहन्छन्। बुझाउन त धेरै सजिलो छ। बाबाको आदेश छ– म सँग सम्बन्ध जोड, अनि मात्रै वर्साको हकदार बन्न सक्छौ। 

    बाबा रूहानी सर्जन हुनुहुन्छ, तिमी उहाँका बच्चा कहलाउँछौ, त्यसैले तिमी पनि सर्जन ठहरियौ। अवश्य आत्मालाई ज्ञान इन्जेक्सन लगाउनुपर्छ। मनमनाभव। यो सबैभन्दा ठूलो इन्जेक्सन हो। बाबाको यादद्वारा नै सबै दु:ख दूर हुन्छ। योगद्वारा पुण्य आत्मा बन्छौ। यो एउटै औषधी हो योगको। बच्चा जन्मिन्छ, बाबाको काखमा जान्छ र वर्साको मालिक बन्छ। तिमीलाई अहिले थाहा भएको छ– हामी बेहदको बाबाबाट वर्सा लिन्छौं यादद्वारा। यादमा नै अनेक प्रकारका विघ्न पर्छन्, त्यसैले यादलाई पक्का गर्दै जाऊ। केवल ३ पाइला पृथ्वी लिएर यो हस्पिटल खोल। यो पनि ३ पाइला हो नि! नत्र यस्तो उच्च कलेजको लागि त ५०-‌६० एकड जमिन हुनुपर्छ, जहाँ धेरै मनुष्य आएर बसून्। ज्ञान इन्जेक्सन लगाउँदै जाऊन्। गायन पनि छ– ३ पाइला पृथ्वी मिलेको थिएन, फेरि पनि विश्वको मालिक बने। तिमी विश्वको मालिक बन्छौ नि। ३ पाइला पृथ्वी कुनै ठूलो कुरा होइन, फेरि बिस्तारै बिस्तारै बढ्दै जान्छ। फाउन्डेसन लगाएपछि कति सेन्टर खोलिए। कति कौडी समानबाट हीरासमान बन्छन्। गर्नेलाई नै धेरै फाइदा छ। धेरैको कल्याणको लागि नै हस्पिटल अथवा कलेज खोलिन्छन्। यो पनि यस्तै हो बाहिर बोर्ड लगाइदेऊ– २१ जन्मको स्वास्थ्य र सम्पत्तिको लागि क्लिनिक। हिन्दीमा १०० प्रतिशत पवित्रता, सुख शान्तिको चिकित्सालय। तर बच्चाहरूमा सेवा गर्ने सोख छैन। कुटुम्ब आदिको जाललाई माकुराको जाल भनिन्छ, जालमा स्वयं फँस्छन्। बाबा आएर रावणरूपी माकुराको जालबाट निकाल्नुहुन्छ। सत्ययुगमा यस्तो भनिदैन। यहाँ पनि आफैं आफ्नै जालमा फँसेर मर्छन्। यो हो नै रावणको राज्य। कति ठूला-ठूला रावणका जाल छन्, सारा सृष्टिमा। सबै शोक वाटिकामा बसेका छन्। यस रावणको जालमा सबै साधू सन्त आदि फँसेका छन्। अहिले बाबा भन्नुहुन्छ– यी सबैलाई भुलेर आफूलाई आत्मा निश्चय गर र सबैलाई यही मार्ग बताइराख। यो सृष्टि चक्रको रहस्य अरू कसैले बताउन सक्दैन। बाबा भन्नुहुन्छ– यी सबैलाई छोडेर म एकलाई याद गर। यादबाट नै तिम्रो सबै पाप मेटिएर जान्छ। शुभ कार्यमा ढिलो गर्नु हुँदैन। उदाहरण पनि दिन्छन्, ढिलो गर्दा गर्दै मर्छन्। फेरि भोगमा जब त्यो आत्मा आउँछ अनि फेरि धेरै रुन्छ। फेरि भनिन्छ– हेर तिमीले ढिलो गर्यौि। आज भोलि गर्दा गर्दै कालले खायो। अब ज्ञान त लिन सक्दैनन्। यस्तै-‌यस्तै सिकायत दिन्छन्। धेरै बच्चाहरू विचार गर्छन्– ठीक छ भोलि यो गर्नेछु, फेरि मरेर जान्छन्। त्यसैले सम्झाइन्छ ममत्व छोडिदिऊ। लौकिक सम्बन्धीले तिम्रो कुनै कल्याण गर्दैनन्। उहाँ शिवबाबा अहिले तिमीहरूको बच्चा बन्नुहुन्छ। भन्नुहुन्छ– तिमीले मलाई वारिस बनायौ भने म तिम्रो धेरै सेवा गर्नेछु त्यसैले बाबा सोध्नुहुन्छ पनि–‌ तिम्रा कति बच्चाहरू छन्? म शिवलाई आफ्नो बच्चा बनायौ भने मालामाल हुन्छौ, २१ जन्मको लागि। कन्या त आफ्नो घर जान्छन्। छोराको लागि कति हैरान हुन्छन्। छोरो भएन भने दोस्रो तेस्रो बिवाह पनि गर्छन्। बाबा भन्नुहुन्छ– ती लौकिक बच्चाहरूले त तिम्रो केही पनि सेवा गर्दैनन्। यिनै एक सबैका बच्चा बन्छन्, एकदम सबैको जीवन आबाद गर्छन्। तर कति डराउँछन्, सबै कुरा दिनुपर्योए भने के होला! बाबा भन्नुहुन्छ– आफ्ना बच्चा आदिको पालना त गर्नु नै छ। तर याद यस बच्चालाई गर। यिनले त तिमीलाई सम्पन्न बनाइदिन्छन्। काशीको मन्दिरमा गएर बलि चढ्छन्। सम्झन्छन्– शिवमाथि बलि चढ्नाले जीवनमुक्ति मिल्छ। वास्तवमा कुरा यहाँको हो। कहाँको कुरा कहाँ लिएर गएका छन्। यदि तिमी शिव बच्चामाथि बलि चढ्यौ भने उनले तिम्रो धेरै सेवा गर्छन्, स्वर्गमा महल दिन्छन्। ती बच्चाले त केही पनि गर्दैनन्, ब्राह्मण आदि खुवाउँछन्। मनुष्यले दान पुण्य आदि जे गर्छन्, त्यो आफ्नै लागि गर्छन्। त्यसैले यो हस्पिटल खोल्नु कति पुण्यको काम हो। साहुकारहरूले त १०-‌१५ हस्पिटल खोल्न सक्छन्। यो पैसा आदि त सबै खत्तम भएर जान्छ। तिमीले भाडामा भवन लिएर ५० हजारमा ५० हस्पिटल खोलेर देऊ। फेरि उनीहरू आफ्नै पाउमा खडा हुन्छन्। बाबा कति सहज सेवाको युक्ति बताउनुहुन्छ। गंगाको किनारमा गएर सेवा गर। आफ्नो पीठमा बाबाको परिचयको चित्र लगाइदेऊ। आफैं पढिरहन्छन्। देह-‌अभिमान छोड्नु छ। कोही साहुकारले यस्तो गर्ने हो भने सबैले भन्नेछन् यसलाई देह-अभिमान बिलकुल छैन। बाबाको परिचय दिनु छ। बाबा स्वर्गको रचयिता हुनुहुन्छ फेरि हामी नर्कमा किन पर्ने। अहिले बाबा आउनु भएको छ, भन्नुहुन्छ– देहका सबै सम्बन्ध छोडेर मलाई याद गर। दुनियाँ स्वर्गबाट नर्क कसरी बन्यो? लक्ष्मी-नारायणले ८४ जन्म कसरी लिए, आउनुभयो भने हामी कथा सुनाउँछौं। धेरै जम्मा हुन्छन्। पतित पावनी गंगालाई पनि भन्छन्, त्यस्तै जमुनालाई पनि भन्छन्। ठीक छ, गंगा पतित पावनी हो भने एउटालाई मात्र समाते भयो नि। 

    अहिले तिमी बच्चाहरूले ड्रामालाई जानेका छौ, त्यसैले फेरि सम्झाउनु छ। यदि अरूलाई दिएनौ भने कसले भन्छ– यसको बुद्धिमा ज्ञान छ। सर्जनले इन्जेक्सन लगाउन सकेन भने उसलाई सर्जन कसले भन्छ? तिमी बच्चाहरूलाई सारा ज्ञान मिलेको छ। ८४ जन्मको रहस्य बुद्धिमा छ। तिमीले यस ड्रामालाई तथा एक्टरको एक्टलाई जान्दछौ। सबैभन्दा उच्च एक्ट बाबाको छ। बच्चाहरूको साथमा पार्ट खेल्नुहुन्छ। तिमीले विश्वलाई स्वर्ग बनाउँछौ। तर गुप्त छौ– अज्ञात, अहिंसक शिवशक्ति सेना। उनीहरूका सबै कुरा दैहिक हुन्। कति कुम्भको मेलामा जान्छन्। यहाँ दैहिक कुनै कुरा छैन। तिमी उठ्दा बस्दा, चल्दा पनि यात्रामा छौ, यादद्वारा पावन बन्छौ। बाबा भन्नुहुन्छ– तिमीले कर्म गर्दा पनि शिवबाबालाई याद गर। उनीहरूले फेरि भनिदिन्छन्– सबैमा परमात्मा हुनुहुन्छ। फरक भयो नि। बाबा भन्नुहुन्छ– जहाँ बसे पनि मलाई याद गर। फेरि सेवा पनि गर्नुपर्छ। मन्दिरमा धेरै भक्त जान्छन्। यो चित्र पीठमा लगाइदेऊ, बाबाको परिचय दिइराख। युक्तिहरू त धेरै बताउनुहुन्छ। स्मशानमा गएर सम्झाऊ– निराकार बाबाको महिमा र श्रीकृष्णको महिमा। अब बताउनुहोस् गीताको भगवान् को? साथमा चित्र पनि होस्। तिमीले धेरै सेवा गर्न सक्छौ। कुनै स्त्री वा कुनै कुमारीले गर्ने हो भने अहो सौभाग्य। कन्या त सबैभन्दा उत्तम छन्। कन्याहरूका कन्हैया बाबा हुनुहुन्छ निराकार। कन्हैया कृष्ण थिएनन्, बाबा हुनुहुन्छ। बाबालाई ख्याल आउँछ– बच्चाहरूलाई कसरी सिकाऊँ, कल्प पहिले पनि ड्रामा अनुसार यसरी नै सम्झाइएको थियो, आज पनि सम्झाउँछु। त्यसैले तिमी पनि अन्धाको लठ्ठी बन्नुपर्छ। जुन बच्चाहरूलाई परिचय मिल्छ उनीहरूले फेरि अरूलाई लिएर आउँछन्। त्यसको पनि पुण्य हुन्छ। आफू सँग हिसाब राख। जति गर्छौ, फल त मिल्छ नि। कसैलाई लिएर आयौ भने उसको पनि धेरै कल्याण हुन्छ। यस धन्धामा बच्चाहरूको धेरै ध्यान जानुपर्छ। सेवा गरेनन् भने के मिल्छ? सेवा, सेवा अनि सेवा। तिमीले भन्छौ पनि– हामी भगवान्‌को सेवामा छौं। ठीकै छ, घरको सेवा पनि गर। 

    बाबा शिक्षा दिनुहुन्छ– बच्चाहरूलाई कहिल्यै विकारमा जान नदेऊ। यदि उनीहरूले तिम्रो भनेको मानेनन् भने त आज्ञाकारी ठहरिएनन्। यदि उसलाई धन दियौ, उसले त्यसबाट पाप गर्योो भने त्यसको दण्ड तिम्रो शिरमा आउँछ। बाबाले त राय दिनुहुन्छ नि। तर धेरै छन् जो गरेर पछि बताउँछन्। त्यसैले बच्चाहरूलाई सेवाको लागि अनेक प्रकारका युक्तिहरू बताउनुहुन्छ। तिमी बच्चाहरूले यही धन्धा गर्नु छ। ट्रेनमा पनि यही सेवा गरिरह्यौ भने बाबा पनि खुशी हुनुहुन्छ र भविष्य २१ जन्मको लागि सदा सुखको वर्सा मिल्छ। अच्छा! 

    मीठे-‌‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मायाले जुन धेरै ठूलो जाल बिछ्याएको छ, अब बाबाको यादद्वारा त्यस जालबाट निकाल्नु छ। शुभ कार्यमा लागिहाल्नु छ। कुनै देहधारीको जालमा फँस्नु हुँदैन, सबैबाट ममत्व निकालिदेऊ।

    २) ज्ञानको जुन प्रकाश मिलेको छ, त्यो सबैलाई दिनु छ। देह अभिमानलाई छोडेर भिन्न-भिन्न युक्तिले सेवा गर्नु छ। अन्धाहरूको लठ्ठी बन्नु छ।

    वरदान:

    राम्रो संकल्परूपी बीजद्वारा राम्रो फल प्राप्त गर्ने सिद्धि स्वरूप आत्मा भव:-  

    सिद्धिस्वरूप आत्माको हर संकल्प आफ्नो वा अन्यप्रति सिद्ध हुनेवाला हुन्छन्। उनलाई हर कर्ममा सिद्धि प्राप्त हुन्छ। उनीहरूले जे बोल्छन् त्यो सिद्ध हुन्छ। त्यसैले सत् वचन भनिन्छ। सिद्धि स्वरूप आत्माको हर संकल्प, बोली र कर्म सिद्धि प्राप्त गराउनेवाला हुन्छ, व्यर्थ जाँदैन। यदि संकल्परूपी बीज धेरै राम्रो छ तर फल राम्रो निस्किएन भने दृढ धारणाको धर्ती ठीक छैन वा अटेन्सनको परहेजमा कमी छ।

    स्लोगन:

    दु:खको लहरबाट मुक्त हुनको लागि कर्मयोगी बनेर हर कर्म गर।   



    ***OM SHANTI***