BK Murli 16 December 2017 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 December 2017 Nepali

    २०७४ पौष १ शनिबार १६-१२-२०१७ ओम् शान्ति प्रात: मुरली “बापदादा” मधुबन


    “मीठे बच्चे– तिमीलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ, तिमीले जान्दछौ– हर ५ हजार वर्षपछि भोलानाथ बाबाद्वारा हामी यो ज्ञान सुनेर मनुष्यबाट देवता बन्छौं।”  

    प्रश्न:

    ज्ञानको धारणा नहुनुको मुख्य कारण के हो?

    उत्तर:

    बुद्धि भड्किन्छ, एक बाबा सँग पूरा योग हुँदैन। देही-‌अभिमानी बनेका छैनन् त्यसैले धारणा हुँदैन। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! दैहिक आकर्षणमा नआऊ। एक अर्काको नाम रूपलाई याद नगर। एक बाबा दोस्रो न कोही– यो पाठ पक्का गर, अरूको पछि नपर। बाबाबाट राय लिइराख, यसद्वारा तिमी दुःखबाट मुक्त हुन्छौ। धारणा पनि राम्रो हुन्छ।

    गीत:–

    भोलेनाथ से निराला‌…‌

    ओम् शान्ति।

    ओम् शान्ति। भोलानाथ दिनेवाला हुनुहुन्छ। भोलानाथ शिवबाबालाई त भनिन्छ नै। भोलानाथ आएर जानु भएको हो र वास्तवमा बिग्रिएकोलाई बनाएर जानु भएको हो। आदि-‌मध्य-‌अन्त्यको रहस्य बताएर जानु भएको हो, त्यसैले भक्तहरूले गाउँछन्। तिमी बच्चाहरूले जान्दछौ– जुन भोलानाथको गायन छ, जो बिग्रिएकोलाई बनाउने वाला…, उहाँ हाम्रो सम्मुख बस्नु भएको छ। भक्तले भगवान्‌लाई याद गर्छन्, उहाँको महिमा गाउँछन् अनि बाबाले आफ्नो पार्ट खेलिरहनु भएको छ। बाबाले नै आएर आफ्नो परिचय दिनु भएको छ, बच्चाहरूलाई। बच्चाहरूको बुद्धिमा बसेको छ बाबाले जे सम्झाउनुहुन्छ, त्यो वास्तवमा कल्प-‌कल्प सम्झाउनुहुन्छ। कल्प-‌कल्प आएर पतित दुनियाँलाई पावन दुनियाँ बनाउनुहुन्छ। अहिले बनाइरहनु भएको छ। धेरैलाई अहिले थाहा भएको छ। अहिले धेरैलाई थाहा छैन– वर्सा लिनेवाला छन् भने कल्प पहिले जसरी नै आएर वर्सा लिन्छन्। तिमीलाई पहिले कहाँ यो थाहा थियो र– बाबा आएर वर्सा दिनुहुन्छ। अहिले थाहा भएको छ। वास्तवमा भक्तहरूको रक्षक हुनुहुन्छ। आदि-‌मध्य-‌अन्त्यको ज्ञान सुनाउनुहुन्छ। उहाँलाई ज्ञानको सागर भनिन्छ। दिलमा लाग्छ– वास्तवमा उहाँ उही हुनुहुन्छ जो यहाँ आएर जन्म लिनुहुन्छ। उहाँको अलौकिक जन्म गायन गरिएको छ। आएर पतितबाट पावन बनाउनुहुन्छ। पतित मनुष्य जसले बोलाउँछन् उनीहरूले अवश्य सम्झन्छन्– हामी पावन थियौं, अहिले पतित बनेका छौं, फेरि पावन बन्नु छ। 

    अहिले बाबाद्वारा तेस्रो नेत्र मिलेपछि तिमीले यो सबै कुरा बुझेका छौ। तिमी बच्चाहरूको सारा दिन विचार सागर मन्थन चलिरहन्छ। सत्ययुगमा पावन को थियो? वास्तवमा देवी-‌देवता नै थिए। त्यतिबेला अरू कुनै धर्म थिएन। देवताहरूका चित्र पनि छन्, अरू कुनै नाम लिँदैनन्। यस्तो भन्दैनन् चित्र मात्र हुन्– श्री लक्ष्मी देवी, श्री नारायण देवता। अहिले उनीहरू छैनन्। जब उनीहरू थिए, तब अरू कुनै धर्म थिएन। तिमी बच्चाहरूको बुद्धिमा छ– बाबाले हामीलाई सत्य कथा सुनाउनुहुन्छ। त्यसैले मानिसहरूले भन्छन्– यो ज्ञान त हामीले सुनेका थिएनौं किनकि उनीहरूलाई ड्रामाको रहस्य त थाहा नै छैन। तिमीले भन्छौ– यो त कल्प-ल्प तपाईंले सुन्दै आउनु भएको छ। के ५ हजार वर्ष पहिले सुनाएका थिएनौ? फेरि यो किन भन्छौ– पहिले कहिल्यै सुनेका थिएनौं। कल्प पहिले जसले सुनाउनु भएको थियो उहाँद्वारा तिमीले अहिले पनि सुनिरहेका छौ। राम्रोसँग सम्झाउनु पर्छ। तिमीले त ५ हजार पहिले पनि यो ज्ञान सुनेका थियौ। देवताहरूको ५ हजार वर्ष भएको छ। उनीहरूलाई मनुष्यबाट देवता कसले बनायो? अहिले पनि उहाँ बाबाले फेरि बनाउनुहुन्छ। ५ हजार वर्षपछि फेरि बाबा आउनु पर्छ। रावणद्वारा पतित बनेकालाई पावन बनाउन। इतिहास-भूगोल अवश्य दोहोरिन्छ। यो पनि समझमा आउँछ, इतिहास दोहोरिन्छ। सत्ययुगपछि त्रेता... चक्कर लगाउँछन्। अहिले कलियुगको अन्त्य छ। एकातर्फ विनाश ज्वाला खडा छ– अर्कोतिर बाबा यहाँ आउनु भएको छ, नयाँ दुनियाँ स्थापना गर्नको लागि। यो त्यही महाभारत लडाईं हो। सम्झन्छन्– यसबाट विनाश हुनेछ मनुष्य दुनियाँको। यो सबैको समझमा आउँछ। पुरानो दुनियाँको विनाश देखिन्छ। यो महाभारी महाभारत लडाईं ५ हजार वर्ष पहिले पनि लागेको थियो। कुनै लाखौं वर्षको कुरा होइन। यहाँ नै स्वर्ग थियो। यी देवताहरूको राज्य थियो। यी सत्ययुगका मालिक थिए। चित्रमा पनि राम्रोसँग सम्झाउनुपर्छ। त्यसैले यी लक्ष्मी-‌नारायण आदिका चित्र बनाइएका हुन्। हुन त लक्ष्मी-नारायणका चित्र त यहाँ धेरै छन्, फेरि हामी बनाउँछौं, किन? हामी अर्थसहित बनाउँछौं। यिनीहरूमा पूरा ज्ञान छ। मनुष्य त अलमलिएका छन् त्यसैले सम्झाइन्छ– सत्ययुगमा यिनीहरूको राज्य थियो। धेरै कम मनुष्य थिए जो यहाँ थिए, उनीहरू नै फेरि पुनर्जन्म लिएर पावनबाट पतित बन्छन्। यो दुनियाँ नै तमोप्रधान छ फेरि पावन बन्नु छ। सम्झाउन त धेरै सहज छ। बाबा भन्नुहुन्छ– म तिमीलाई ५ हजार पर्ष पहिलेको कहानी सुनाउँछु। धेरै समय पहिले.... यहाँ यी लक्ष्मी-‌नारायणको राज्य थियो अथवा क्राइस्ट भन्दा ३ हजार वर्ष पहिले सत्ययुग थियो। स्वर्ग स्थापना गर्ने पिताले स्वर्ग स्थापना गर्नु भएको थियो। भारतलाई प्राचीन देश भन्छन्, यसमा देवी-‌देवताले राज्य गर्थे। कृष्ण भगवान्, राधा भगवती भन्छन्। राधा-‌कृष्ण, लक्ष्मी-‌नारायण सत्ययुगमा थिए, फेरि राम-सीता त्रेतामा ५ हजार वर्षको हिसाब-‌किताब स्पष्ट छ। जब उनीहरूको राज्य थियो तब बाँकी सबै आत्माहरू मुक्तिधाममा थिए। आत्मा त अविनाशी छ। आत्माको कहिल्यै विनाश हुँदैन। ड्रामा पनि अविनाशी छ। आत्मालाई ८४ जन्मको अविनाशी पार्ट मिलेको छ। यति सानो आत्मामा सारा पार्ट भरिएको छ। यो कति अचम्मको कुरा छ, यसलाई नै प्रकृतिको लीला भनिन्छ। यति सानो बिन्दीमा कति धेरै ८४ जन्मको पार्ट भरिएको छ। त्यो पनि अविनाशी, जसलाई अवश्य दोहोरिनु पर्छ। यो धेरै ठूलो लीला हो। परमात्मा पनि बिन्दी, आत्मा पनि बिन्दी। तर परमात्मा सुप्रिम हुनुहुन्छ। आत्माहरू त सबै उस्तै हुँदैनन्, नम्बरवार हुन्छन्। पहिले सुप्रिम शिवबाबा फेरि भनिन्छ लक्ष्मी-‌नारायण। ब्रह्मा-सरस्वतीलाई सुप्रिम भनिँदैन। सम्पूर्ण त लक्ष्मी-‌नारायण हुन् फेरि नम्बरवार एक पछि अर्को आउँछन्। मुख्य गायन हो देवताहरूको। सबैभन्दा सुप्रिम आत्मा शिवबाबाको हो फेरि सूक्ष्मवतनमा ब्रह्मा-‌विष्णु-‌शंकर फेरि लक्ष्मी-‌नारायण, राम-‌सीता सबै नम्बरवार छन्। नाटकमा पनि कलाकारहरू नम्बरवार हुन्छन्। सबै उस्तै हुँदैनन्। भन्छन्– यी सबै भन्दा श्रेष्ठ कलाकार हुन्, यो पाई पैसाको कलाकार हो। सबैभन्दा फस्टक्लास रचयिता, डाइरेक्टर को हुनुहुन्छ? गर्ने-गराउने एकै परमपिता परमात्मा हुनुहुन्छ। अब तिमीलाई सारा ड्रामाको बारेमा थाहा भएको छ। यो हो बेहदको ड्रामा, सारमा तिमीलाई बताइन्छ। यो वृक्षको आधार हो देवी-‌देवता धर्म। फेरि त्यसबाट शाखाहरू इस्लामी, बौद्धी, क्रिश्चियन निस्कन्छन्। यो मानौं फूलदान हो। वृक्षले शोभा दिन्छ नि। बाँकी एक-‌एक धर्मका पातलाई बसेर गणना गर्यौ् भने कति होलान्। इस्लामी, बौद्धी सबैको मठ पन्थ गनिन्छ। शिव भोलानाथले यो ज्ञान सुनाउनुहुन्छ। बाँकी कुनै डमरु आदि बजाउने कुरा होइन। शास्त्रमा त जे आयो लेखिदिएका छन्। वास्तवमा हो ज्ञानको डमरु, यसलाई शंखध्वनि पनि भनिन्छ। शंखध्वनि मुखबाट गरिन्छ। यो हो ज्ञानको मुरली। ड्रामाको आदि मध्य अन्त्यको रहस्य बसेर सुनाउनुहुन्छ। आत्मा बिन्दु जस्तै छ, जसमा सारा पार्ट भरिएको छ। उहाँ रचयिता हुनुहुन्छ। उहाँले कर्म पनि गर्नुहुन्छ। उहाँले राम्रो पार्ट लिनुहुन्छ। नम्बरवार त हुन्छन् नि। उहाँ हुनुहुन्छ नै एक बाबा, अरू सबै पुनर्जन्ममा आउनेवाला हुन्। बाबाले कहिल्यै पुनर्जन्म लिनुहुन्न, उहाँको अलौकिक जन्म हुन्छ। तिमीले जान्दछौ– कसरी आएर प्रवेश गर्नुभयो। अर्को आत्मा पनि प्रवेश गर्छ नि। मानौं कसैको स्त्रीको आत्मा आउँछ। बोल्न सक्छ– म सुखी छु। बाँकी उनको शरीरलाई अंकमाल गर्न सकिँदैन किनकि शरीर त अर्को छ नि। भावना छ– यो मेरी स्त्रीको आत्मा हो, यिनलाई बोलाइएको हो। यसरी धेरैलाई बोलाउँछन्। अहिले तमोगुणी भएका छन् त्यसैले एक्युरेट बताउँदैनन्। आत्मा के चीज हो, कसरी आउँछ-जान्छ। यो ड्रामामा पहिलेदेखि नै निश्चित छ। यस्तो होइन आत्मा निस्किएर यहाँ आउँछ। ऊ मर्छ, होइन। बाबा भन्नुहुन्छ– यो मनोकामना पूर्ण गर्नको लागि साक्षात्कार गराउँछु, जुन ड्रामामा निश्चित छ। सो हुन्छ। जो पास भयो, ड्रामामा निश्चित छ। यो बेहदको नाटक हो। बाबा बिन्दु हुनुहुन्छ। बिन्दुलाई भोलानाथ भनिन्छ। कति आश्चर्य छ। बाबा पनि भन्नुहुन्छ– म बिन्दुमा कति पार्ट छ। यो कुरा नयाँ कसैको बुद्धिमा बस्न सक्दैन। पुरानाको पनि कतिको समझमा आउँदैन। त्यसैले कसैलाई सम्झाउँदा अलमलिन्छन्, जसरी रेडियोमा कोही कुरा गर्दा अलमलिन्छन्। यसमा मुरली बडो फुर्ती सँग चलाउनु पर्छ। त्यो पढेर सुनाउँछन्। यो हो मौखिक। बाबाले पनि सबै कुरा मौखिक सुनाउनुहुन्छ। तिम्रो बुद्धिमा धारणा भइरहेको छ। कल्प पहिले पनि तिमीले धारणा गरेर धेरैलाई सुनाएका हौ। फेरि त्यो ज्ञान खत्तम भयो। अब दोहोरिनु छ। यो ज्ञान कुनै साधु-‌सन्तको बुद्धिमा छैन। उनीहरूले परमात्मालाई जान्दैनन्। उनीहरूले भनिदिन्छन्– आत्मा परमात्मामा मिल्छ। मिल्छ फेरि कसरी? अहिले तिमीहरूको आत्माले जान्दछ–हाम्रो बाबा आउनु भएको छ। हामीलाई ज्ञान दिइरहनु भएको छ। फेरि हामी बाबाको साथमा घर जान्छौं। यो तिमी बच्चाहरूलाई रूहानी नशा छ। यो हो तिमीहरूको प्रवृत्तिमार्ग। धेरैले भन्छन्– तिमी त कुमार अथवा कुमारी हौ। तिमीलाई विकारको अनुभव छैन। हामी त विकारी गृहस्थमा रहनेवाला हौं। तिमीले हामीलाई यो ज्ञान कसरी दिन सक्छौ? हामी युगल हौं, हामीलाई अविवाहितले कसरी सम्झाउन सक्छन्? हामीलाई त युगलले सम्झाऊन्, जो अनुभवी छन्। विकारमा गएको होस्, उसैले हामीलाई सम्झाउन सक्छ– मैले यसरी जितेँ। बाबाको पासमा यस्ता-‌यस्ता पत्र आउँछन्। कुरा त ठीकै हो, यस्ता अनुभवीबाट पत्र लेखाउनुपर्छ, जसले विवाह गरेको भए पनि पवित्र रहन्छ। कसैका बाल-बच्चा थिए, फेरि पवित्र बनेका छन्। यस्ता-‌यस्ताले हामीलाई सम्झाऊन्। ज्ञान त धेरै राम्रो छ। तर कुनै सम्झाउनेवाला तीक्ष्ण छैन भने हामी अलमलिन्छौं। धेरै कुरा सामुन्ने आउँछन्। त्यसैले सम्झाउने अनुभवी हुनुपर्छ। अब पत्रहरूद्वारा त कसैलाई यति सम्झाउन सकिँदैन। सम्मुख आएर मिले त बाबाले पनि सम्झाउनु हुन्थ्यो। यस्ता-‌यस्ता धेरै युगल छन् जसले आफ्नो अनुभव सुनाउन सक्छन्– म यसरी प्रवृत्तिमा रहेर श्रीमतको पूरा पालना गरिरहेको छु। खान-‌पानको पनि पूरा परहेज राख्छु। कुनै सम्झाउनेवाला ठीक छैन भने अलमलमा पर्छन्। सेवाको लागि बुद्धि चल्नुपर्छ। देही-‌अभिमानी पनि बन्नु छ। कुनै पनि दैहिक आकर्षणमा आउनु हुँदैन। मेहनत लाग्छ। मायाले घरी-‌घरी फँसाइदिन्छ। कर्मातीत अवस्था अहिले हुन सक्दैन। धेरै एक अर्काको नाम रूपमा फँस्छन्। फेरि बाबालाई यो तुफान आउँछ भनेर पनि लेख्दैनन्। सत्य बताउँदैनन्। बाबालाई लेख्ने हो भने बाबाले युक्ति पनि बताउनुहुन्छ। कसै-‌कसैले सत्य लेख्छन्। शिवबाबा त सबै जान्नुहुन्छ। सम्झाउनुहुन्छ– यदि यस्तो कुनै चलन चल्यो भने धर्मराजद्वारा धेरै दण्ड भोग्नुपर्छ। सारा दिन विचार चलिरहन्छ। सेवाकेन्र्यमा आउँछन्। भन्छन्– फलानीले धेरै राम्रो सम्झाउनु हुन्छ। तर भित्र सैतानी विचार भरिएको हुन्छ। यहाँ त एक सँग योग चाहिन्छ। बाबा सिवाय दोस्रो न कोही। किन अरूको पछि पर्ने। धारणा छैन भने अवश्य कहीँ बुद्धि भड्किन्छ फेरि सल्लाह पनि लिँदैनन्। डराउँछन्। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यस यादद्वारा नै तिम्रो विकर्म विनाश हुन्छ। दुःखबाट तिमी मुक्त भएर जानेछौ। मुक्ति त सबैले माग्छन्। मुक्ति हुन्छ दुःखबाट फेरि सुखमा आउँछन्। जीवनमुक्ति सबैको लागि हो। तर पहिले मुक्तिमा गएर फेरि जीवनमुक्तिमा आउनु छ। अच्छा!

    मीठे-‌‌मीठे सिकीलधे बच्चाहरूप्रति माता-‌पिता बापदादाको याद-‌‌प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबा समान ज्ञानको शंख ध्वनि गर। केवल पढेर सुनाउनु छैन। धारणा गरेर फेरि सम्झाउनु पर्छ।

    २) खानपानको धेरै परहेज राख्नु पर्छ। श्रीमतको पालना गरेर प्रवृत्तिमा रहेर कसरी पवित्र रहन सकिन्छ– यो अनुभव अरूलाई सुनाऊ।

    वरदान:

    संगमयुगको महत्त्वलाई जानेर स्नेहको अनुभूतिमा समाहित हुने सम्पूर्ण ज्ञानी योगी भव  

    संगमयुग परमात्मा स्नेहको युग हो। यस युगको महत्त्वलाई जानेर स्नेहको अनुभूतिमा समाहित होऊ। स्नेहको सागरले स्नेहको हीरा-मोतीको थाली भरेर दिइरहनु भएको छ, त्यसैले आफूलाई सदा भरपूर गर। थोरै अनुभवमा खुशी नहोऊ, सम्पन्न बन। यो परमात्मा प्यारको हीरा-‌मोती अनमोल छ, यसबाट सदा सजिसजाऊ भइराख किनकि यो स्नेह नै योग हो र स्नेहमा समाहित हुनु नै सम्पूर्ण ज्ञान हो। यस्ता रूहानी स्नेहको सदा अनुभव गर्नेहरू नै सम्पूर्ण ज्ञानी योगी हुन्।

    स्लोगन:

    जो व्यर्थको फिलिङ देखि टाढा रहन्छ, ऊ नै मायाजित बन्छ।   



    ***OM SHANTI***