BK Murli 25 February 2018 Nepali
२०७४ फागुन १३ आइतबार २५-०२-२०१८ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज ०४-०५-८३ मधुबन
सदा एक मत, एकै मार्गद्वारा एकरस स्थिति
आज बापदादा वतनमा सर्व बच्चाहरूप्रति रूहरिहान गर्दै मुस्कुराइरहनु भएको थियो। कुनचाहिँ कुरामा? सबै बच्चाले विश्वमा च्यालेन्ज गर्छन् मुक्ति जीवन मुक्तिको वर्सा सेकेन्डमा प्राप्त गर्न सकिन्छ। यो च्यालेन्ज गर्छौ होइन! त्यसै अनुभवले हेर दिव्य बुद्धि जुन हर ब्राह्मणलाई जन्मदिनको उपहार मिलेको छ, ब्राह्मण, नाम-संस्कार भयो र दिव्य बुद्धिको ईश्वरीय उपहार बापदादाद्वारा मिल्यो। त्यो दिव्य बुद्धिको आधारमा सोच ज्ञान पनि सेकेन्डको हो। रचयिता र रचना, अल्फ र बे। र योग पनि सेकेन्डको हो– म बाबाको, बाबा मेरो। दिव्यगुणधारी बन्नु, यो पनि सेकेन्डको कुरा हो किनकि जस्तो जन्म, जस्तो कुल त्यस्तै धारणा स्वत: र सहज हुन्छ! ईश्वरीय कुल छ भने गुण अर्थात् धारणाहरू पनि ईश्वरीय होलान् नि। ब्राह्मण जन्म उच्चभन्दा उच्च जन्म भयो भने धारणा पनि उच्च होला नि। त्यसैले धारणा पनि सेकेन्डको हो। जस्तो बुवा त्यस्तै बच्चा। र सेवा पनि सेकेन्डको कुरा हो। अनुभवी बनेर खजानाको अधिकारी बनेर बाबाको परिचय दिनु छ। जो आफू सँग छ त्यो अरूलाई दिनु सेकेन्ड र सहज कुरा हो। त्यसैले बापदादा देखिरहनु भएको थियो कि सेकेन्डको कुरामा यतिका समय चल्दै, चाहे दुई महिनाका ब्राह्मण हुन् वा धेरै समयका ब्राह्मण हुन्। ब्राह्मण अर्थात् सेकेन्डमा वर्साको अधिकारी। तब सेकेन्डको अधिकारी फेरि अधीन किन बन्न पुग्छन्। के आफ्नो अधिकारको स्थिति रूपी सीटमा सेट हुन आउँदैन। आरामको सीटलाई छोडेर हलचलको बिमारीमा किन आउँछन्। सीट छोड्छौ किन जुन बारम्बार सेट हुने मेहनत गर्ने। सीटबाट उत्रियौ र सर्वशक्तिहरूको प्राप्ति गयो। श्रेष्ठ सीट अर्थात् स्थितिमा सेट हुनाले अधिकारीपनको अथोरिटी हुन्छ। जब सीट छोडिदिएमा अथोरिटी कहाँबाट आयो! सीटबाट उत्रिएर आफ्नो शक्तिहरूलाई आदेश दिन्छौ त्यसैले उसले आदेश मान्दैन। फेरि सोच्छन्, हुँ त मास्टर सर्वशक्तिमान् तर शक्तिहरूले काम गर्दैनन्। के दासको आदेश दासले मान्छ वा मालिकको आदेश दासले मान्छ? र फेरि चेहेरा के बन्न जान्छ? जस्तो कमजोर शरीरवालाको चेहेरा पहेलो हुन जान्छ किनकि त्यो रगतको शक्ति छैन, त्यस्तै कमजोर आत्मा उदास बन्न पुग्छ। ज्ञान पनि सुन्नेछ, सेवा पनि गर्नेछ तर उदास रूपमा।
खुशीको शक्ति, सर्व प्राप्तिहरूको शक्ति समाप्त हुन जान्छ। दास सदा उदास नै रहनेछ। दास आत्माका अरू के विशेष हँसाउने कुरा हुन्छन्? सानोतिनो कुरामा भन्छन् कन्फ्यूज भयौं, अलमलियौं। जस्तो आँखाको दृष्टि कम हुन जान्छ नि, तब एउटा चीजको बदलामा दुई-दुई, तीन-तीन चीजहरू देखिनमा आउँछ र त्यसैमा कन्फ्यूज हुन जान्छन् कि यो ठीक हो कि त्यो ठीक हो। यस्तो कमजोर आत्माहरूले एउटा बाटोको सट्टा अर्को बाटो पनि देख्छन्। एक श्रीमतको साथ-साथ अरू मतहरू पनि देखिनमा आउँछ। फेरि सोच्छन् कि यो गर्ने कि त्यो गर्ने। यो यथार्थ हो वा त्यो यथार्थ हो! जब हो नै एक बाटो, एक श्रेष्ठ मत भने यो गरूँ, के गरूँ, यो प्रश्न नै छैन। अलमल किन नहुने, स्वयं नै दुई बनाएर द्विविधामा आउन पुग्छन्। त्यसैले यो विचित्र चाल देखेर बापदादा मुस्कुराई रहनु भएको थियो। बापदादा भन्नुहुन्छ सीटमा स्थित रहेमा एकरस रहनेछौ तर चंचल बच्चाको जस्तो बारम्बार चक्कर लगाउने अभ्यासी फेरि भन्छन् मायाको चक्र आइहाल्यो। कन्फ्यूज पर्ने कुनै आधार नै छैन्। तर व्यर्थ, कमजोर संकल्पहरूको आधार लिइहाल्छन्। जब हो नै व्यर्थ र कमजोर आधार भने रिजल्ट के होला! यहीँ अटकिन्छन्, यहीँ लट्किन्छन्, यहीँ तल खस्छन्। फेरि कराउँछन् बाबा म हजुरको हुँ, हजुर शक्ति दिनुहोस्। सीटमा सेट रहेमा ज्ञान सूर्यका शक्तिहरूको किरणहरू तिम्रो सीटको छत्रछायाँ स्वत: नै, सदा नै प्राप्त छ। सीटबाट तल ओर्लेर व्यर्थ वा कमजोरीका संकल्पहरूको पर्खाल खडा गरिदिन्छन्। व्यर्थ संकल्प एक मात्र आउँदैन। एक सेकेन्डमा एकबाट अनेक संकल्प जन्मन जान्छन् र उसैबाट अनेक ईटहरूको पर्खाल बन्न जान्छ त्यसैले ज्ञान सूर्यको शक्तिहरूको किरणहरू पुग्न सक्दैन र फेरि भन्छन् मद्दत मिल्दैन, शक्ति आउँदैन। खुशी आउँदैन वा याद रहँदैन। आउन नै कसरी सक्छ! त्यसैले बापदादा पुराना नयाँ जसले यस्तो खेल गर्छन् उनीहरूलाई देखेर मुस्कुराइरहनु भएको थियो। सेकेन्डको कुरालाई यतिका मुश्किल किन बनाइदियौ। एक मार्ग, एक मत त्यसलाई छोडेर मनमत, परमत त्यसलाई मिसाउँछौ किन! आफ्नो कमजोरीले बनाएको बाटो, यस्तो त हुन्छ नै, यस्तो त चल्छ नै– यी बाटोहरूलाई स्वयं नै बनाएर फेरि स्वयं नै भुल भुलैयाको खेलमा आउन जान्छन्। मंजिलबाट टाढा हुन पुग्छन्। यस्तो गर्छन् किन? वा सोचिरहेका छौ, हुन जान्छ, गर्दैनौ तर हुन जान्छ। हुन्छ पनि किन होला? बिमारी किन आउँछ? परहेज नगर्नाले वा कमजोरीले, वा यो भन्छौ कि बिमारी आइहाल्छ? न कमजोर बन, न मर्यादाहरूको परहेजबाट वा मर्यादाहरूको रेखाबाट बाहिर आऊ। के अहिलेसम्म यही खेल गर्नु छ? विश्व कल्याणका ठेकेदार यतिका ठूलो पेशा भएका र यो बच्चाहरूको खेल खेल्छन्, यो कहिलेसम्म? विश्वले तिम्रो प्रतीक्षा गरिरहेको छ– शान्तिका दूत आए कि आए। हाम्रो देव, हामी माथि शान्तिको आशीर्वाद वा कृपा गर्नको लागि आए कि आए। जोर-जोरले कराएर घण्टीहरू बजाउँछन्। कहिले त चिम्टा पनि बजाउँछन्, नगारा बजाउँछन्। आऊ, आऊ भनेर पुकार्छन्। यस्ता देव आत्माहरू यदि आफ्नो बचपनको खेलमा रहन्छौ भने उनीहरूको पुकार सुन्नेछौ कसरी, त्यसैले पुकार सुन र उपकार गर। बुझ्यौ के गर्नु छ। अच्छा– बाबा पनि समयको ख्याल राख्नुहुन्छ, तिमीहरूले राख्दैनौ।
यस्ता सदा श्रेष्ठ समझदार, सदा एक मत, एक मार्गमा चल्ने, एकरस स्थितिमा स्थित हुने, सदा सेकेन्डको अधिकारलाई स्मृतिमा राखेर समर्थ आत्मा रहने, व्यर्थ संकल्पहरूको खेललाई समाप्त गरेर विश्व कल्याणको श्रेष्ठ सेवाधारी– यस्ता महान् आत्माहरू सो देव आत्माहरूलाई बापदादाको याद-प्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बापदादालाई गुडमर्निङ्ग, नमस्ते।
कुमारीहरू सँग:– सबै कुमारीहरू आफूलाई शिव शक्तिहरू सम्झन्छौ? शक्तिहरू सदा कहाँ रहने गर्छन्? शिवको साथ रहन्छौ होइन! जो जसको साथ रहन्छ उसको संगको रंग त उनी माथि अवश्य लाग्नेछ नि! त्यसैले जे बाबाको गुण, जुन बाबाको कर्तव्य त्यही तिम्रो हो नि! बाबाको कर्तव्य हो सेवा, त्यसैले तिमी सबै सेवाधारी हौ नि! सेवा गर्छौ वा गर्नु छ, सदा यो लक्ष्य राख कि बाबा समान बन्नु छ। हरेक कुरामा चेक गर कि यो बाबाको कर्म वा बाबाको संकल्प, बोली हो। यदि हो भने गर। नत्र परिवर्तन गरिदेऊ किनकि साधारण कर्म आधाकल्प गर्यौ, अब त बाबा समान बन्नु छ। सबै बाबा समान विश्व सेवाधारी हौ नि? हदको होइन। हिम्मत राम्रो छ। हिम्मत र उमंगमा अगाडि बढिरहेका छौ। उमंग उल्लासले नै सदा अगाडि बढाइरहने छ।
सदा उमंग र उल्लासमा रहनेहरू हर कुरामा नम्बरवन हुन्छन्। यादमा पनि नम्बरवन, ज्ञान, धारणा, सेवा सबैमा नम्बरवन। यस्तो हौ? नम्बरवन उमंग उल्लास भएका घरमा कसरी बस्ने! निर्बन्धन हुन्छौ नि! सबै को हौ? पिंजडाको पंछी हौ वा स्वतन्त्र पंछी? पढाइको पिंजडा छ? माता-पिताको पिंजडा छ? यस्तो पिंजडामा बाँधिनेलाई नम्बरवन कसरी भन्ने? अहिले निर्बन्धन भइहाल। जो शक्तिशाली आत्माहरू हुन्छन् उनको अगाडि कसैले पनि केही गर्न सक्दैन। जस्तो रापिलो आगो लागिरहेको छ भने त्यसको अगाडि कोही पनि आउँदैनन्, टाढा भाग्नेछन्। तिमी पनि योग अग्निलाई यसरी जगाऊ जुन कुनै बन्धन हाल्नेवाला सम्मुख आउनै नसकोस्। जस्तो कुनै जनावरलाई भगाउनु छ भने आगो बालिदिन्छन्, आगोको अगाडि कुनै जनावर आउन सक्दैन। त्यस्तै लगनको अग्निलाई जलाऊ। यदि अहिलेसम्म बन्धन छन् भने लगन छ तर अग्नि बनेको छैन। लगन छ तब यहाँ पुग्यौ तर लगन अग्नि बनेमा निर्बन्धन हुन पुग्नेछौ। लगन फुल फोर्समा होस्। शक्तिहरू मैदानमा आऊ। यतिका ठूलो ग्रुप जुन आएको छ भने अवश्य कमाल गर्ला नि! यतिका हातहरू निस्केर आएमा वाह-वाह भइहाल्छ। अच्छा!
अव्यक्त महावाक्य
मनलाई कन्ट्रोल गरेर एकाग्रताको शक्तिलाई बढाऊ
मनको एकाग्रताले नै एकरस स्थितिको अनुभव गराउनेछ। एकाग्रताको शक्तिद्वारा अव्यक्त फरिश्ता स्थितिको सहज अनुभव गर्न सक्नेछौ। एकाग्रताको शक्ति, मालिकपनको शक्तिले सहज निर्विघ्न बनाइदिन्छ। एकाग्रता अर्थात् मनलाई जहाँ चाहियो, जसरी चाहियो, जति समय चाहियो त्यति समय एकाग्र गरिदेऊ। मन वशमा होस्। साकार रूपमा फरिश्ता स्थितिको अनुभव गर्नको लागि मनको एकाग्रतामा अटेन्शन देऊ, आदेशले मनलाई चलाऊ। मालिकपनको स्टेजको सीटमा, भिन्न-भिन्न श्रेष्ठ स्थितिहरूको सीटमा सेट होऊ। मनमा जब कुनै कमजोर संकल्प उत्पन्न भएमा त्यसलाई त्यहीँ समाप्त गरेर शक्तिशाली बन। संकल्प रूपी फाउण्डेशनलाई बलियो बनाऊ तब अव्यक्ति कशीश आउँछ। मनको एकाग्रताको लागि सेकेन्ड बाई सेकेन्ड ड्रामाको लिगमा चलिराख। जुन रीतिले, जस्तो ड्रामा चलिरहेको छ त्यसैको साथ-साथ मनको स्थिति चलिराखोस्। अलिकति पनि नहल्लियोस्। मन अर्थात् संकल्प शक्तिलाई ब्रेक लगाउने र मोड्ने पावर होस्। यसबाट बुद्धिको शक्ति व्यर्थ जाँदैन, इनर्जी जम्मा हुन्छ। जति मन-बुद्धिको शक्ति जम्मा हुन्छ त्यति परख गर्ने र निर्णय गर्ने शक्ति बढ्नेछ। मनलाई कन्ट्रोल गर्नाको लागि मनलाई अर्पण गरेर पूरा सरेण्डर भइहाल। फेरि मनमा आफ्नो अनुसार संकल्प उठन सक्दैन। जसले मन पनि बाबालाई दिए ती सहज मनमनाभव हुन जान्छन्। मनमनाभव हुनाले सहज मोहजित बन्छौ। मनलाई समर्पण गर्नु अर्थात् व्यर्थ संकल्प विकल्पहरूलाई समर्पण गर्नु। जब मनमा कुनै संकल्प उत्पन्न हुन्छ भने त्यसमा सच्चाई सफाई होस्। भित्र कुनै विकर्मको भाव स्वभाव पुरानो संस्कारहरूको पनि फोहर नहोस्। जो यस्तो सच्चा हुन्छ ऊ सबैको प्रिय हुन्छ। यस्तो सच्चा माथि साहब पनि राजी हुनुहुन्छ। जब जस्तो स्थिति बनाउन चाहन्छौ त्यस्तो स्थिति बनाउनको लागि मनलाई ड्रिल गराउनु पर्छ। एक सेकेन्डमा आवाजमा आउने एक सेकेन्डमा आवाजबाट पर हुन सक्ने। एक सेकेन्डमा कार्य प्रति शारीरिक भानमा आयो फेरि एक सेकेन्डमा अशरीरी हुन पुग्यो। जब यो ड्रिल पक्का हुन्छ तब हर परस्थितिको सामना गर्न सक्छौ।
समय अनुसार अब संकल्पहरूलाई समेटने शक्ति धारण गर संकल्पहरूको विस्तारलाई बन्द गर्दै जाऊ तब अरूको संकल्पलाई अध्ययन गर्न सक्नेछौ। नयनको इशाराहरूले पनि कसैको मनको भावलाई जान्नेछौ। जस्तो बापदादाको सम्मुख आउँदा नसुनाए तापनि तिमीले सबैको मनको संकल्प मनको भावहरूलाई जान्दथ्यौ। त्यस्तै तिमी बच्चाहरूलाई पनि यो अन्तिम कोर्स पढ्नु छ। मनलाई जहाँ लगाउन चाहन्छौ वहाँ लागिरहोस् अन्यत्र कहीँ प्रयोग नहोस्। मनको संकल्पमा पनि मायाबाट हार नहोस् यस्तो स्थिति बनाउनको लागि शुद्ध संकल्पहरूमा पहिले देखि मनलाई बिजी राख। यदि मन शुद्ध संकल्पहरूले भरिएको छ भने व्यर्थ संकल्प आउन सक्दैन हार हुन सक्दैन। शुद्ध र एकाग्र संकल्पहरूको शक्तिले जस्तोसुकै वायुमण्डललाई बदल्न सक्छौ। जस्तो कैयौं मान्छे आफ्नो घरलाई सजाउनको लागि आफ्नो बचपन देखि लिएर आफ्नो भिन्न भिन्न रूपहरूको यादगार राख्दछन्। त्यस्तै तिमी आफ्नो मन मन्दिरमा आफ्नो सम्पूर्ण स्वरूपको मूर्ति भविष्यको अनेक जन्महरूको मूर्तिहरू स्पष्ट रूपमा सम्मुख राख फेरि अरू कुनै तर्फ संकल्प जाँदैन स्वत: एकाग्र हुन जान्छ। जस्तो जब कुनै यस्तो दिन हुन्छ भने हिंड्दा डुल्दा ट्राफिकलाई रोकेर तीन मिनेट साइलेन्सको प्राक्टिस गराउनुहुन्छ। सारा चलिरहेको कार्यलाई रोकिदिन्छन्। त्यस्तै तिमी पनि कुनै कार्य गर्छौ वा कुराकानी गर्छौ भने बीच बीचमा यो संकल्पहरूको ट्राफिकलाई रोक्ने अभ्यास गर। एक मिनेटको लागि पनि मनको संकल्पहरूलाई चाहे शरीरद्वारा चलिरहेको कर्मलाई रोकेर पनि यो अभ्यास गरेमा संकल्प शक्तिशाली बन्न जान्छ।
पास विद अनर तिनै बन्छन् जो आफ्नो संकल्पहरूको उलझन वा सजायहरूबाट पर रहन्छन्। धर्मराजको सजायको त कुरा पछाडि छ। कतिपय बच्चाले आफ्नो गल्तीले स्वयं नै स्वयंलाई सजाय दिन्छन् व्यर्थ संकल्पहरूको रचना गरेर त्यसमा अल्झिन पुग्छन् फेरि पुकारा गर्छन् अलमलिन्छन् अब यसबाट पनि पर रहने प्रतिज्ञा गर। धेरैजसोको सम्पन्न बन्नमा व्यर्थ संकल्पहरूको तुफानले विघ्न हाल्छन्। यो गुनासो समाप्त तब हुन्छ जब हरदिन अमृतबेला सारा दिनको भेटघाटको डायरी बनाउनेछौ। जब आफ्नो मनलाई हर समय भेटघाटमा बिजी राख्यौ भने बीचमा व्यर्थ संकल्पले समय लिन सक्दैन। त्यसैले समयको बुकिंग गर्ने तरिका सिक। जति-जति बाबाको समानताको नजिक आउँदै जान्छौ तब सर्व आत्माहरूको मनका संकल्पहरूलाई क्याच गर्न सक्नेछौ। यसमा मात्र आफ्ना संकल्पहरूको मिसावट हुनुहुँदैन। संकल्पहरूको माथि कन्ट्रोलिंग पावर चाहिन्छ। जस्तो बाहिरको कारोबारलाई कन्ट्रोल गर्छौ त्यस्तै मनका संकल्पहरूको कारोबारलाई कन्ट्रोल गर। यसको लागि सदैव स्मृति राख कि १) म हर समय हर सेकेन्ड हर कर्म गर्दा स्टेजमा छु। २) मेरो वर्तमान र भविष्य पद के हो!
वर्तमान समय अनुसार अब मनसा महादानी बन तब मनका संकल्पहरू माथि सेकेन्डमा विजयी बन्न सक्नेछौ। कोही जतिसुकै चंचल संकल्प भएको होस् अर्थात् एक सेकेन्ड पनि उसको मन एक संकल्पमा टिक्न सक्दैन यस्तो चंचल संकल्प भएकालाई पनि आफ्नो विजयको शक्तिले अस्थायी समयको लागि पनि उसलाई शान्त वा चंचलबाट अचल बनाइदेऊ। जब तिम्रो संकल्पमा एकाग्रता आउँछ तब संकल्पले कसैलाई बोलाउन सक्छौ। कसैलाई संकल्पले कार्यको प्रेरणा दिन सक्नेछौ। जस्तो बटन दबाउनाले टेलिभिजनमा सारा दृश्य सम्मुख आउन जान्छ त्यस्तै तिमी पनि जुन संकल्प जसको लागि गर्नेछौ उसको बुद्धिमा त्यही क्लियर चित्र खिंचिन जान्छ। यसको लागि श्रीमतको आज्ञा जुन मिलेको छ त्यही संकल्पहरूमा चलिराखोस् अरू केही पनि नमिसियोस्। तिमी अलमाइटी सरकारको सन्देश वाहक हौ कसै सँग पनि वाद-विवादमा आफ्नो माइन्ड डिस्टर्ब नगर्नु। कुनै पनि कुराले आफ्नो चेहरा र मनको स्थितिमा अन्तर ल्याउनु हुँदैन। मन्त्र सदा याद राख्नु। जब कुनै यस्तो कुरा सम्मुख आएमा आफ्नो आत्मिक दृष्टिको नेत्र र मन्मनाभवको मन्त्र प्रयोग गर्नु तब ती कुरा समाप्त हुन जान्छ।
वरदान:
बाबा शब्दको डाइमण्ड “की” (चाबी) द्वारा सर्व खजाना प्राप्त गर्ने परमात्म स्नेही भव:-
जो परमात्म स्नेही बच्चा छन् उनीहरूलाई बापदादाले एक डाइमण्ड शब्दको धेरै राम्रो उपहार दिनुहुन्छ– त्यो शब्द हो “बाबा”। यो चाबीलाई सदा साथ राखेमा सर्व खजानाहरूको प्राप्ति हुन जान्छ। यो चाबीको की चेन हो– सदा सर्व सम्बन्धहरूले स्मृति स्वरूप रहनु। साथ-साथै प्रतिज्ञाको बाला र सर्व गुणहरूको शृङ्गारले सजिसजाऊ रहने गर, तब विश्वको अगाडि फरिश्ता रूप वा देव रूपमा प्राख्यात हुनेछौ।
स्लोगन:
पास्टलाई पास गरेर, बापदादाको पासमा बस्यौ भने पास विद अनर बन्छौ।
No comments
Say Om Shanti to all BKs