BK Murli 21 March 2018 Nepali
२०७४ चैत्र ७ बुधबार २१-०३-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन
“मीठे बच्चे– बेहद ड्रामाको आदि-मध्य-अन्तलाई बुझ्नु छ, जो बितेर गयो त्यही अहिले पुनः वर्तमान हुन्छ, अहिले वर्तमानमा संगमयुग छ र फेरि सत्ययुग आउँछ।”
प्रश्न:
श्रीमतमा चलेर आफूलाई सम्पूर्ण बनाउने विधि कुन हो?
उत्तर:
आफूले आफैलाई सम्पूर्ण बनाउनको लागि विचार सागर मन्थन गर। आफूले आफै सँग कुरा गर। बाबा हजुर कति मीठो हुनुहुन्छ, म पनि हजुर जस्तै मीठो बन्नेछु। म पनि हजुर समान मास्टर ज्ञान सागर बनेर सबैलाई ज्ञान दिनेछु। कसैलाई पनि रुष्ट गर्ने छैन। शान्ति हाम्रो स्वधर्म भएकाले सदा शान्त रहनेछु। अशरीरी बन्ने अभ्यास गर्नेछु। स्वयं सँग यस प्रकारका कुरा गरेर स्वयंलाई सम्पूर्ण बनाउनु छ।
गीत:–
माता ओ माता, जीवन की दाता......
ओम् शान्ति।
शिव भगवानुवाच। भगवानुवाच भनेर मात्र मनुष्यले केही पनि बुझ्दैनन्। नाम अवश्य पनि लिनु पर्छ। गीता सुनाउने जति पनि छन् उनले कृष्ण भगवानुवाच भन्दछन्। त्यो कुरा बितेर गइसक्यो। श्रीकृष्ण आउनु भएको थियो एवं गीता सुनाउनु भएको थियो वा राजयोग सिकाउनु भएको थियो भन्ने सम्झन्छन्। जो बितेर गएको थियो त्यो अवश्य पनि अहिले वर्तमान हुन्छ। जो वर्तमान छ त्यो पछि गएर अतीत वा भूतकाल हुन्छ। जो विगत हुन्छ त्यसलाई बितेर गयो भनिन्छ। त्यसैले अहिले शिवबाबा आउनु भएको छ, अवश्य पनि उहाँ पहिला पनि आएर जानु भएको हुनु पर्छ। शिव भगवानुवाच, जो सबैभन्दा उच्च हुनुहुन्छ, उहाँ सबैका पिता हुनुहुन्छ, जसलाई सर्वशक्तिमान भनिन्छ, उहाँ शिवबाबाले सामुन्ने बसेर सम्झाउनुहुन्छ। तिमीहरू उहाँका बच्चा शिव शक्तिहरू हौ। शिव शक्तिको महिमा गीतमा सुन्यौ हैन? शिव शक्ति जगत अम्बा एक पटक यहाँ थिइन्, जसको यो यादगार हो। यहाँ पहिला थिइन् र फेरि अवश्य पनि आउनेछिन्। जसरी सत्ययुग बितेर गयो, अहिले कलियुग हो, फेरि सत्ययुग आउने छ। अहिले पुरानो र नयाँ दुनियाँको संगम हो। अवश्य पनि पहिला नयाँ दुनियाँ थियो र अहिले यो पुरानो भएको छ। जो सत्ययुग बितेर गयो त्यही भविष्यमा आउँछ। यो बुझ्नु पर्ने कुरा हो। ज्ञान भनेकै समझ हो। त्यो भक्ति हो, यो हो ज्ञान। सृष्टि चक्र कसरी घुम्दछ त्यो सम्झनु छ। त्यसलाई नबुझिकन मानिसले केही पनि जान्न सक्दैनन्। ड्रामाको आदि-मध्य-अन्तलाई बुझाउनुछ। त्यो हदको आदि-मध्य-अन्तलाई त जानेका हुन्छन्। यो हो बेहदको ड्रामा। यसलाई मानिसले जान्न सक्दैनन्। बाबा जो बेहदको मालिक हुनुहुन्छ उहाँ स्वयं आएर सम्झाउनुहुन्छ। शिव भगवानुवाच हो नकि श्रीकृष्ण भगवानुवाच। कृष्णलाई पनि श्री भनिन्छ किनभने उहाँलाई श्रेष्ठ बनाउने पनि बाबा हुनुहुन्छ। विचरा कृष्ण नै नारायण बन्छन् भन्ने जानेकै छैनन्। हामी अहिले विचराहरू बेसमझ भएछन् भन्छौं। सबै गरिब दु:खी पतित छन्। हामी पनि त्यस्तै थियौं तर अहिले पावन बनिरहेका छौं। पतित पावन बाबालाई अहिले हामीले पाएका छौं। कृष्णलाई पतित पावन भनिदैन। नयाँ पावन दुनियाँ बनाउने त्यसका रचयिता बाबा नै हुनुहुन्छ, जसलाई परमपिता परमात्मा सर्वशक्तिमान भनिन्छ। उहाँ नै पतित दुनियाँलाई पावन बनाउनेवाला हुनुहुन्छ, पतित सृष्टिलाई पावन बनाउने पनि उहाँ नै हुनुहुन्छ। अहिले सारा सृष्टि पतित छ, रावणले यो सृष्टिलाई पतित बनाउँछ। पतित– पावन एक ईश्वर नै हुनुहुन्छ। मनुष्यले कुनै पनि हालतमा पतितलाई पावन बनाउन सक्दैन। यो त सारा दुनियाँको सवाल हो। मानौं एक दुई करोड संन्यासीहरू पावनै भए पनि ५– ६ सय करोड पतित छन् भने अवश्य पनि यस दुनियाँलाई पतित दुनियाँ नै भनिन्छ। वास्तवमा शिव भगवानुवाच यो पतित दुनियाँमा एकजना पनि पावन हुन सक्दैन। बाबा भन्नुहुन्छ तिमी बच्चाहरूलाई पावन बनाउनको लागि नै मैले सारा सृष्टिलाई पावन बनाउँछु। पतित– पावनको अर्थ नै विश्वलाई पावन बनाउनेवाला हो। शिवबाबा स्वयं भन्नुहुन्छ मैले पतितबाट पावन बनाइरहेको छु। तिमी नै पावन दुनियाँको मालिक बन्ने छौ। नयाँ दुनियाँमा आदि सनातन देवी देवता धर्म हुन्छ। यो कसैलाई पनि थाहा छैन। शिवबाबालाई पनि कसैले चिनेका छैनन्। सोध्न सक्छौ– तपाईं निराकार परमपिता परमात्मा शिवको जयन्ती त मनाउनुहुन्छ तर उहाँ कहिले आउनु भएको थियो? उहाँ निराकार कसरी आउनुभयो? अवश्य पनि निराकार भएकाले शरीरमै आउनु पर्छ, अनि मात्र कर्म गर्न सक्नुहुन्छ। आत्माले शरीर नभई कहाँ कर्म गर्न सक्छ र? परमात्मा आएर अवश्य पनि श्रेष्ठ बनाउने कर्म नै गर्नुहुन्छ। सारा विश्वलाई पावन बनाउने कार्य उहाँ एउटैको हातमा छ। मनुष्यलाई त दुःखै दु:ख छ। सबै भक्तहरूले भगवान्लाई बोलाउँछन् भने अवश्य पनि भगवान् एक हुनु पर्छ। भक्त त अनेक छन्। शिव भगवानुवाच, म शिव भगवान् तिमी बच्चाहरूलाई राजयोग एवं सृष्टि चक्रको ज्ञान सम्झाउँछु अर्थात् अहिले तिमी आत्मालाई सृष्टिचक्रको ज्ञान भएको छ। जसरी म तिम्रो पितालाई सृष्टिचक्रको ज्ञान छ र म तिमीलाई त्यही ज्ञान सिकाउन आएको हूँ। सृष्टि चक्र त अवश्य पनि घुम्छ। पतितबाट पावन बन्नु पर्छ। कोही त निमित्त बन्छ हैन। म ५ विकार रूपी जेलबाट उद्धार गर्न आउँछु। म शिव हूँ अहिले यस ब्रह्मा तनमा बसेको छु। तिमी पनि भन्दछौ– म आत्मा यो शरीरमा बसेको छु। मेरो शरीरको नाम फलानो हो। शिवबाबा भन्नुहुन्छ– म निराकारी हुँ, मेरो त शरीर छैन। म परमपिताको नाम शिव नै हो। म परमपिता परम आत्मा तारा जस्तै छु। मेरो एउटै नाम शिव हो। तिमी नै शालिग्राम हौ। तिम्रो नाम ८४ जन्ममा परिवर्तन भइरहन्छ। मेरो त एउटै नाम हुन्छ। मैले पुनर्जन्म लिन्न। गीतामा जसको नाम राखिदिएका छन् उनले त पूरा ८४ जन्म लिन्छन्। कृष्णले गीता सुनाएका भन्ने कुरा होइन। यो राम्ररी बुझ्नु पर्ने कुरा छ। मनुष्यका हातमा केही पनि छैन, जे जति गर्नुहुन्छ सबै परमपिता परमात्माले गर्नुहुन्छ। मनुष्यलाई सुख शान्ति दिने काम बाबाको नै हो। सदा महिमा एक बाबाको नै गर्नु पर्छ। अरू कसैको महिमा छँदै छैन। लक्ष्मी– नारायणको पनि महिमा छैन। फेरि पनि राज्य गरेर गएका हुनाले यिनी स्वर्गको मालिक थिए भन्ने सम्झन्छन्। अचम्मको कुरा त त्यो जडचित्र हो र यहाँ चैतन्यमा बसेका छन्। शिव भगवानुवाच– तिमी राजाहरूको पनि राजा पूज्य बन्छौ, अनि फेरि पुजारी बन्छौ। पूज्य लक्ष्मी– नारायण नै फेरि आफै पुजारी बन्छन्। त्यसैले जो बितेर गयो त्यसैको यादगार मन्दिर बनाएर पूजा गर्छन्। यो सिद्ध गरेर बताउनु छ, यस्तो होइन, ईश्वर आफै पूज्य आफै पुजारी बन्नुहुन्छ। होइन। मनुष्यलाई त म परमात्मा कहाँ निवास गर्छु, यो कुरा पनि थाहा छैन। मेरो जो बच्चा शालिग्राम हुन् तिनलाई पनि म कहाँ रहन्छु भन्ने थाहा छैन। आत्मा र परमात्माको एउटै निवास स्थान परमधाम (स्वीट होम) हो। केवल स्वीट फादर होम मात्रै भनिन्न। निर्वाणधाम हाम्रो घर हो भन्ने अहिले तिमीले जानेका छौ। त्यहाँ हाम्रो पिता हुनुहुन्छ। घरको मात्र याद गर्यो भने त ब्रह्म सँग योग भयो। त्यसबाट विकर्म विनाश हुन सक्दैन। ब्रह्म योगी तत्त्व योगी भए तापनि उनको विकर्म विनाश हुन सक्दैन। हो, भावनाको फलस्वरूप अल्पकालको सुख प्राप्त हुन्छ। जति याद गरिन्छ त्यति शान्ति प्राप्त हुन्छ। त्यसैले बाबा भन्नुहुन्छ– उनीहरूको योग गलत हो। तिमीले त एक बाबालाई याद गर्नु छ। बाबा भन्नुहुन्छ मलाई याद गर्नाले तिम्रो विकर्म विनाश हुन्छ। कृष्णले यस्तो भन्न सक्दैनन्, उनी वैकुण्ठको मालिक हुन्। उनले अशरीरी बनेर शिवबाबालाई याद गर वा मलाई याद गर कसरी भन्न सक्छन् र। सारा कुराको सार गीतालाई सच्याउनुमा नै छ। गीता खण्डन भएको हुनाले भगवानको अस्तित्व नै गुम भएको छ। ईश्वरको कुनै नाम रूप नै छैन भनिदिन्छन्। यथार्थमा नाम, रूप, काल त आत्माको पनि हुन्छ। आत्माको नाम आत्मा हो, उहाँ परमपिता परम आत्मा हुनुहुन्छ। परम अर्थात् सुप्रीम, सबैभन्दा उच्च। उहाँ जन्म-मरण रहित हुनुहुन्छ, अवतार लिनुहुन्छ। ड्रामामा जसको भूमिका छ उसमा नै प्रवेश गर्नुहुन्छ र उहाँको नाम ब्रह्मा राख्नुहुन्छ। ब्रह्मा नाम कहिल्यै पनि परिवर्तन हुन सक्दैन। परमात्माले ब्रह्माद्वारा नै स्थापना गराउनुहुन्छ। त्यसैले उहाँ कृष्णको तनमा कहाँ आउनु हुन्छ र? यदि उहाँ अरूको तनमा आउनुभयो भने त उनको नाम पनि ब्रह्मा राख्नु पर्ने हुन्छ। मनुष्यले अरू कसैको शरीरमा किन आउनुहुन्न पनि भन्दछन्। ओहो! त्यो पनि कसको शरीरमा आऊँ त? उहाँ त ज्ञान दिनको लागि आउनुहुन्छ। दिन– प्रतिदिन मनुष्यले यो कुरा बुझ्दै जान्छन्। तिम्रो संख्या बृद्धि हुँदै जान्छ। त्यसको लागि तिम्रो अवस्था धेरै राम्रो हुनु पर्छ। जसरी लौकिक नाटकका पात्रहरूलाई म घरबाट स्टेजमा नाटक खेल्न आएको हुँ भन्ने स्मृति रहन्छ, त्यस्तै हामी आत्माले पनि शरीर रूपी चोला लिएर भूमिका निर्वाह गरेपछि फर्केर जानु छ, शरीर छोड्नु पर्छ। तिमीलाई त खुशी हुनु पर्छ, डराउनु हुँदैन। तिमीले त अहिले अत्यधिक कमाई गरिरहेका छौ। शरीर छोड्नेले पनि मैले कति कमाई गरें भनेर स्वयं जान्न सक्ने छन्। तिमी जान्न सक्छौ– जसले शरीर छाडेर गए तिनमा कसको कति ठूलो पद होला, फलानाले धेरै सेवा गर्थ्यौ, गएर अर्को शरीर लियो आदि। पहिला नै गएको छ। उसको यति नै पार्ट थियो। हुन सक्छ पुनः धेरथोर ज्ञान लिनको लागि आओस्। वारिस त बन्यो हैन। जसका साथ हिसाब किताब चुक्ता गर्नु थियो होला, त्यही भुक्तान गर्न गएको होला। आत्मामा त ज्ञानको संस्कार हुन्छ। संस्कार आत्मामा नै रहन्छ। त्यो हराउन सक्दैन। कहीँ राम्रो स्थानमा सेवा गरिरहेको हुन सक्छ। ज्ञानको संस्कार लिएर गएको हुनाले गएर केही न केही सेवा गर्नेछ। यस्तो होइन, सबै जाने मात्रै हुन्छन्। होइन। अवश्य योगमा रहनाले आयु पनि बढ्दछ। चाल-चलन पनि धेरै राम्रो हुनु पर्छ। भन्दछन्– बाबा हजुर कति मीठो हुनुहुन्छ। म पनि हजुर जस्तै मीठो बन्नेछु। म पनि ज्ञान सागर बन्नेछु। बाबा भन्नुहुन्छ– आफूलाई जाँच गर्दै गर, म मास्टर ज्ञानसागर बनेको छु? माता पिताले जस्तै अरूलाई ज्ञान दिएको छु? म सँग कोही असन्तुष्ट त छैनन्? मैले शान्तिलाई धारण गरेको छु? शान्ति त हाम्रो स्वधर्म हो। आफूलाई अशरीरी आत्मा सम्झनु पर्छ, जाँच गर्नु पर्छ– म भित्र कुनै विकार त छैन? यदि कुनै विकार भयो भने त असफल भइन्छ। आफू सँग यस्ता प्रकारका कुरा गर्नु पर्छ। श्रीमतका आधारमा विचार सागर मन्थन गरेर आफूलाई सम्पूर्ण बनाउने तरिका भनेको यही हो। बाँकी सबै आसुरी मतबाट अपूर्ण बन्दै जान्छन्। हामी पनि कति अपूर्ण थियौं। कुनै गुण नै थिएन। मै निर्गुण हारे में कोई गुण नाही भनी गायन गर्थ्यौ हैन। शब्द कति राम्रा छन्। महिमा सारा परमपिता परमात्माको नै हो। गुरुनानकले पनि उहाँकै महिमा गर्थे। त्यसैले मनुष्यलाई पनि यो कुरा सम्झाउनुछ।
यो पनि तिमी बच्चाहरूले जानेका छौ– कल्प पहिला जसको कलमी लागेको थियो उही अहिले आउँछ र ज्ञानको धारण पनि गर्नेछ। नत्र त आउँछन् अनि नबुझिकन जान्छन्। यहाँ त तिमीलाई थाहा भएको छ– हामीलाई ज्ञानका सागर बाबाले जुन ज्ञान दिनु भएको छ, त्यो ज्ञान अरू कसै सँग पनि छैन। हामी गुप्त भेषमा छौं। पछि गएर हामी नै स्वर्गको मालिक बन्नेछौं। कर्म त सबैले गरिरहेका छन्। फेरि पनि मनुष्यका कर्म सबै विकर्म हुन्छन् किनभने रावणका मतमा गर्छन्। हामीले श्रीमतका आधारमा कर्म गर्छौं, श्रीमत दिने बाबा हुनुहुन्छ।
बाबाले सम्झाउनु भएको छ– तिमी मुक्ति सेना हौ। मुक्ति सेना त्यसैलाई भनिन्छ जसले कसैको डुबेको डुंगालाई पार लगाउँछ। दु:खीलाई सुखी बनाउँछ। अहिले तिमीले श्रीमतका आधारमा सबैको डुंगा पार लगाइरहेका छौ। बलिहारी त शिवबाबाको हो हैन। हामी त मूर्ख थियौं। बाबाको मत प्राप्त भएपछि अरूलाई पनि त्यो मत दिन्छौं। बाबाले सम्मुख बसेर श्रीमत दिनुहुन्छ। रावण त कुनै व्यक्ति वा वस्तु होइन जो आओस्। मायाले त विकार तिरै तान्दछ। जसरी विद्यालयमा शिक्षकले पढाउँछन् त्यसरी नै यहाँ पनि बाबाले मत दिनुहुन्छ। रावण त कुनै व्यक्ति होइन जसले उल्टो पढाओस्। बाबा त ज्ञानका सागर हुनुहुन्छ। रावणलाई सागर वा ज्ञानवान् भनिन्न। तिमी अहिले श्रीमतमा चलिरहेका छौ। तिमीले ब्राह्मण बनेर यज्ञको सेवा गर्छौ। तिमीले राजयोग एवं ज्ञान सिकाउनुछ। अरूले लौकिक यज्ञ आयोजना गर्दा शास्त्रहरू पनि राखेका हुन्छन्। रुद्र यज्ञ रचना गर्छन् तर रुद्र छन् कहाँ। यहाँ त यथार्थमा रुद्र शिवबाबा हुनुहुन्छ। वर्तमानमा रुद्र ज्ञान यज्ञ रचना गरिएको छ। जो बितेको थियो त्यही अहिले वर्तमान भएको छ। मनुष्यले विगतलाई नै याद गरिरहन्छन्। तिमीले अहिले यथार्थमा वर्सा लिइरहेका छौ। जो विगत थियो अहिले वर्तमान भएको छ फेरि विगत हुन्छ। कलियुग पनि बितेर सत्ययुग आउनु पर्छ। अहिले संगम युग वर्तमान हो। जो बितेर गयो त्यसैको यादगार हुन्छ, जसको जड यादगार छ त्यो अहिले वर्तमानमा चैतन्यमा छन्। जसले उँच पद पाउँछ माला पनि उसैको बनेको छ। रुद्रमाला छ हैन। यी सबै जड चित्र हुन्। केही गरेर गएका हुनाले नै रुद्रमाला भनेका हुन्। तिमीहरू पनि चैतन्यमा नम्बरवार शिवबाबाका माला बनिरहेका छौ। जति योग लगाइन्छ त्यति नजिक गएर रुद्रको गलाको हार बनिनेछ। अहिले हामी संगममा छौं। आफू सँग यस प्रकार कुरा गर्नु पर्छ। तिमीलाई त ज्ञान छ। तिम्रो मनमा वास्तवमा हामी शिवबाबाका बच्चा हौं भन्ने कुरा खेलिरहन्छ। हामी नै विश्वको मालिक बन्ने छौं र फेरि चक्रमा आउने छौं। यसलाई स्वदर्शन चक्र भनिन्छ। कतिपय मानिसहरूले भन्दछन्– तिमीले अरूको निन्दा किन गर्छौ। उनलाई भन, भगवानुवाच लेखिएको छ, हामीले कसैको निन्दा गर्दैनौ। अच्छा!
मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) श्रीमतमा रहेर हरेक कर्म श्रेष्ठ गर्र्नु छ। श्रीमतमा रहेर सबैका डुब्न लागेका डुंगा पार लगाउनु छ। दु:खीलाई सुख दिनु छ।
२) मनभित्र स्वदर्शन चक्र घुमाउँदै रुद्रमालामा नजिक आउनको लागि बाबाको यादमा रहनुछ। ज्ञानको मन्थन गर्नु छ, आफूले आफै सँग कुरा गर्नु छ।
वरदान:
कसै सँग टाढा हुनुको सट्टा सर्वको सहारा बन्नेवाला विश्व कल्याणकारी भव:-
सारा कल्पमा ब्रह्मा बाबा र ईश्वरीय परिवारको सम्बन्ध-सम्पर्कमा आउनेवाला तिमीहरू श्रेष्ठ आत्माहरू हौ, तिमी किनारा गर्नेवाला होइनौ तर विश्वको सहारा बन्नेवाला विश्व कल्याणकारी आत्माहरू हौ। परिवारको अविनाशी प्यारको धागाको बीचबाट निक्लन सक्दैनन्, यसैले कहिल्यै कुनै पनि कुरामा, कुनै स्थानबाट, कुनै सेवाबाट, कुनै साथीबाट किनारा गरेर आफ्नो अवस्था राम्रो बनाउनेको संकल्प नगर। यो आदत बस्यो भने कहीँ पनि टिक्न सक्दैनौ।
स्लोगन:
कर्मभोगको वर्णन गर्नुको सट्टा कर्मयोगको स्थितिको वर्णन गर।
No comments
Say Om Shanti to all BKs