BK Murli 25 May 2018 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 25 May 2018 Nepali


        २०७५ जेष्ठ ११ शुक्रबार २५-०५-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन


        “मीठे बच्चे– रातमा जागेर पनि परमप्रिय बाबालाई याद गर, देही-अभिमानी बन। श्रीमतले भन्दछ– बाबा समान निरहंकारी बन।” 

        प्रश्न:

        शिवबाबाको जस्तै ब्रह्माको मत पनि प्रख्यात छ, किन?

        उत्तर:

        किनभने ब्रह्माबाबा शिवबाबाको अति प्रिय बच्चा हुन्। उनलाई आफ्नो मतको अहंकार छैन। सदैव भन्छन्– यसलाई तिमीले सधैं बाबाको नै श्रीमत हो भन्ने सम्झ। यसैमा तिम्रो कल्याण छ। हेर बाबा कति निरहंकारी हुनुहुन्छ। माताहरूलाई वन्दे मातरम् भन्नुहुन्छ। माताहरू ज्ञानगंगा हुन्, शक्तिसेना हुन्, यिनीहरूलाई नै अगाडि बढाउनु छ र सम्मान पनि दिनु छ। यसमा देह अभिमान आउनु हुँदैन।

        गीत:–

        जो पिया के साथ है...

        ओम् शान्ति।

        गीतको पहिलो लाइन बच्चाहरूले सुन्यौ। भनिन्छ– जो पिया के साथ है...। तर साथमा सँगसँगै रहने भन्ने प्रश्नै उठ्दैन। जो बाबाको बनेका छन् ती त साथमा हुन्छन् नै। जो बाबाको बनेका छन् ती ब्राह्मणहरू जहाँसुकै रहे पनि तिनीहरूको लागि ज्ञानको बर्सातै बर्सात हुन्छ। जो शिवबाबाको नाति नातिना बनेर प्रतिज्ञा गर्छन्– बाबा, हामी सदा पवित्र रहन्छौं, ज्ञान अमृत पिउँछौं– तिनीहरूको लागि ज्ञानको बर्सात हुन्छ। अमृत कुनै पानी होइन, जहरका तुलनामा ज्ञानलाई अमृत भनिएको हो। तिमी त पाण्डव सम्प्रदायका हौ। यादव सम्प्रदाय एवं कौरव सम्प्रदायको महिमा छ नि– क्या करत भये। तिमी पाण्डवहरूको लागि ज्ञान अमृतको बर्सात हुन्छ। तर जो कौरव– यादव छन् तिनीहरूको लागि ज्ञान अमृतको बर्सात हुँदैन। यो पनि प्यारा बच्चाहरूले जानेका छौ– यादव-कौरव धेरै छन्। पाण्डव धेरै कम छन्। भनिन्छ पनि राम गयो, रावण गयो... जसका धेरै ठूला सम्प्रदाय थिए। रामका सम्प्रदाय पाण्डवहरू धेरै कम छन्। यो पाण्डव सरकार हो, श्रीमतमा चल्नेवाला। यो त भगवान्कै सरकार जस्तो हो। तर गुप्त छ। हामीले श्रीमतमा चलेर विश्वको डुङ्गा पार लगाइरहेका छौं भन्ने कुरा तिमीहरूलाई थाहा भएको छ। जो श्रीमत अनुसार चल्छ उसले आफ्नो डुङ्गा पार गराउँछ। यादव र कौरव सँग कति धेरै महलहरू छन्। तिमी बच्चाहरू सँग केही पनि छैन। तिम्रो त तीन पाइला पृथ्वी पनि छैन। सबै उनीहरूकै छ। जसले तीन पाइला पृथ्वी पनि पाउन सकेनन् तिनीहरूकै विजय भयो र तिनीहरू नै विश्वको मालिक भए भनी महिमा पनि गरिन्छ। पाण्डव शक्ति सेना गुप्त छ। शास्त्रमा जूवा खेलेको र पाण्डवको जुन राज्य थियो त्यो जूवामा हारे भन्ने देखाइएको छ। अहिले न त राज्य छ, न त जूवाको नै कुरा। यो सवै झुटा हो। वास्तवमा तिमी पाण्डव हौ। शिवबाबा रूहानी पण्डा हुनुहुन्छ। बच्चाहरूलाई रूहानी यात्रा सिकाउन आउनु भएको छ। यो ब्रह्मा तनको आधार लिएर श्रीमत दिनु हुन्छ। जसरी शिवबाबाको श्रीमतको महिमा गरिन्छ त्यसरी नै ब्रह्माको पनि महिमा गरिन्छ किनभने यी ब्रह्मा उहाँ शिवबाबाको अति प्रिय बच्चा हुन्। यिनैद्वारा कति धेरै मुख वंशावलीको रचना गर्नुहुन्छ। पवित्रताको कंगन बाँध्न लगाएर भन्नुहुन्छ– जति मेरो मतमा चल्नेछौ त्यति नै बाबाको परम-प्रिय बन्छौ। तिम्रो जीवन हीरा जस्तो बन्छ। शिवबाबा भन्नुहुन्छ– यिनको (ब्रह्माको) र तिम्रो सम्बन्ध म सँग छ। तिमीलाई हीरा जस्तो जीवन प्राप्त हुन्छ त्यसैले देही-अभिमानी बन। जति धेरै शिवबाबाको याद गर्छौ त्यति देही-अभिमानी बन्छौ त्यसपछि मायाले पनि आक्रमण गर्ने छैन।

        बापदादाको दृष्टि सदा बच्चाहरूमाथि परिरहन्छ। यदि बच्चाहरू कुनै बेकाइदामा चले भने बापदादाको नाम बदनाम गर्छन्। त्यसैले यस्तो गल्ती नगर्नु भनेर शिक्षा दिनु पर्छ। नाम बदनाम गराउनेलाई भनिन्छ– सतगुरुका निंदक ठौर न पाये। त्यस्तो कुनै उल्टो कर्म गर्नुहुँदैन। तिमी बच्चाहरूलाई थाहा भएको छ– जति धेरै बाबाको याद गरिन्छ त्यति नै विकर्म विनाश हुन्छ। यादमा रहनेलाई नै देही-अभिमानी भनिन्छ। देह-अभिमान आयो भने मायाले जोड सँग आक्रमण गर्छ। यो गन्तव्य धेरै महान् छ। छात्र-वृत्ति लिनु पर्छ। कति धेरै ब्राह्मण बन्नेवाला छन्। ३३ कोटी देवी– देवताको महिमा गरिन्छ। विजयमालामा उनीहरू आउँछन् जो देही-अभिमानी बन्छन्। देह-अभिमानी बन्नु भनेको मायाको आक्रमण हुनु हो। देही-अभिमानी बन्नु भनेको बाबाको बन्नु हो। यो कुरा अति सूक्ष्म छ। पुरुषार्थ गरेर बाबाको याद गर्नु छ। उहाँ पिता पनि हुनुहुन्छ र पति पनि हुनुहुन्छ। अपार सुख दिनेवाला हुनुहुन्छ। भन्नुहुन्छ, तिमी बच्चाहरूको लागि हत्केलामा स्वर्ग लिएर आएको छु। तिमी केवल श्रीमतमा चल। श्रीमत भन्दछ– देही अभिमानी भव। देह-अभिमानले तिम्रो डुङ्गालाई डुबाइदिएको छ। मायाले तिमीलाई देह– अभिमानी बनाउँछ। रूहानी बाबालाई सबैले भुलेका छन्। अहिले आएर बाबाले परिचय दिनु भएको छ। तिमी आफूलाई अशरीरी आत्मा सम्झ। मेरो त शिवबाबा र वर्सा, पुग्यो। देह-अभिमानमा आएर मेरो भन्यौ भने स्वर्गको राज्य लिन सक्दैनौ। म आत्मा हुँ भन्ने पक्का निश्चय गर। यो जो आत्मा नै परमात्मा भन्ने भूस दिमागमा भरिएको छ त्यसलाई निकालिदेऊ। अब देही– अभिमानी बन। बाबालाई याद गर्‍यौ भने तिम्रो डुङ्गा पार हुन्छ। श्रीमतमा चल। देही-अभिमानी बनेनौ भने मायाले डुङ्गा डुबाइ दिनेछ। यस्ता धेरै जनाको डुङ्गा मायाले डुबाइदिएको छ किनभने तिनीहरू श्रीमतमा चलेनन्। यो त युद्धको मैदान हो। तिमीले कुनै पनि कुरामा हार खानु हुँदैन। कामको भूतले त एकदमै छियाछिया पारिदिन्छ। दोस्रो नम्बरमा क्रोधको भूत आउँछ। क्रोधका कारण एक अर्कालाई मारेर समाप्त गरिदिन्छन्। यादवहरूको क्रोध बढ्नेछ। एकदमै असुर जस्तै बन्छन्। क्रोध पनि धेरै ठूलो शत्रु हो। काम विकारमाथि विजय प्राप्त गर्न सकिएन भने पवित्र दुनियाँको मालिक बन्न सकिंदैन। क्रोध दुश्मन पनि यस्तो छ जसले स्वयम्लाई र अरूलाई पनि दु:ख दिन्छ। यो पनि भावी हो। अहिले यादव, कौरव र पाण्डवहरूले के गर्छन्? यो तिमीले नै जान्दछौ। यो पाण्डव सरकार हो। तर तिमीले देखेका छौ पाण्डवहरूको त राज्य छैन। तीन पाइला पृथ्वी पनि मिल्दैन। उनीहरूको त हेर कति आडम्बर छ। तिमी बच्चाहरूमा थोरै बच्चाहरू मात्र छन् जो नारायणी नशामा रहन्छन्। अरू सबै प्रकारका नशाबाट हानि नै हुन्छ। देह– अभिमान आउनाले धेरै नोक्सान हुन्छ। त्यसैले बाबा सम्झाउनु हुन्छ– तिमीले सदैव शिवबाबालाई याद गर। यी ब्रह्माले ज्ञान दिन्छन् भनेर नसम्झ। सम्झाइन्छ– शिवबाबालाई याद गर। शिवबाबा भन्नुहुन्छ– म सँग योग लगाऊ। यी ब्रह्माले पनि म सँग योग लगाउँछन्। मलाई याद गर्‍यौ भने मैले तिमीलाई सहयोग गरिरहने छु। देह-अभिमानी भयौ भने मायाले आक्रमण गरिरहन्छ। त्यसपछि एक अर्कालाई दु:ख दिइरहन्छन्। यसमा पनि दुइटा ठूला दुश्मन छन्। नम्बरवार त हुन्छन् नै। काम-क्रोध प्रत्यक्ष विकार हुन्। मोह-लोभ आदि त गुप्त हुन्छन्। त्यसैले यी भूतहरू माथि विजय प्राप्त गर्नु छ।

        बाबा भन्नुहुन्छ– अहिले तिमीलाई तीन पाइला पृथ्वी पनि मिल्दैन, तर म तिमीलाई विश्वको मालिक बनाउँछु। पितालाई त जहिले पनि बच्चाहरूको नाम चलोस् भन्ने चाहना हुन्छ। तिमी कसका बच्चा हौ भनी कसैले सोध्यो भने तुरुन्तै जवाफे दिनु पर्छ। अहो बाबाले बच्चाहरूलाई धेरै उच्च बनाउनु भएको छ। लौकिक बच्चाहरू पनि कोही इन्जिनियर, कोही वकिल, कोही के बने भने लौकिक पिता खुशी हुन्छन्। कुनै कुनै बच्चाहरूले त पिताकै इज्जत गुमाउन बेर गर्दैनन्। तिमीहरूले त बाबाको इज्जत बढाउनु छ नि। कुल कलंकित बच्चाहरूलाई त लौकिक पिताले भन्छन्– यो त बरू नभएकै जाती। यहाँ बाबा पनि भन्नुहुन्छ– तिमी कामी, क्रोधी बन्यौ भने ईश्वरीय कुलमै कलंक लगाउँछौ। बाबाबाट त पूरा वर्सा लिनु पर्छ। देख्दछौ– यी मम्मा बाबा पहिलो नम्बरमा लक्ष्मी-नारायण बन्छन्। त्यसो भए किन हामी पनि उहाँहरूको तख्तमाथि जित प्राप्त नगर्ने? वास्तवमा तिमीहरू पनि माता-पिताको तख्तमाथि विजय प्राप्त गर्छौ नि। बच्चाहरू तख्तमा बसे भने उहाँहरू स्वयं तल आउनु हुन्छ। अहिले राजधानी स्थापना भइरहेको छ। बाबा भन्नुहुन्छ– राजाई प्राप्त गर। प्रजामा जाने होइन। नारायणी नशा रहनु पर्छ। हुन त प्रजामा पनि धेरै धनवान हुन्छन् तर भन्न त प्रजा नै भनिन्छ नि। राजाहरू भन्दा पनि प्रजा धनवान् हुन्छन्। यतिबेला सरकार कंगाल छ। सरकारले ऋण लिन्छ भने प्रजा धनवान् भए नि। तिमीलाई थाहा छ– सारा विश्वको सरकार यी लक्ष्मी-नारायण थिए र अहिले फेरि बनिरहेका छन्। बाबाको श्रीमतमा चल्नाले जीवनको डुङ्गा पार लाग्छ। श्रेष्ठ बन्छौ। नत्र मायाले खाइदिन्छ। धेरैलाई खाइदिएको छ। यहाँबाट निस्किएकाहरू कति ठूला लखपति भए। तरकारी बेच्ने पनि आज करोडपति बनेका छन्। तिनीहरू बाबा सँग आउँछन् र भन्छन् बाबा अहिले त धेरै पैसा कमाएका छौं। बाबा भन्नुहुन्छ– तिमी माथि ठूलो बोझ छ, शिवबाबा बाट तिमीले धेरै पालना लिएका छौ। त्यो त ऋण भयो नि। त्यसैले होसियार रहनु। अब उनीहरूले पनि सम्झन्छन्– बोझ उतारिदिऔं। यस्ता धेरै भेटिन्छन्। कराँचीमा तिमी बच्चीहरू भागेका थियौ। केही लिएर आएका थियौ र? केही पनि ल्याएका थिएनौ। शिवबाबाको खजानाबाट तिम्रो पालन-पोषण भयो। जो-जो शिवबाबामा समर्पण भए तिनीहरूबाटै तिम्रो पालना भयो। यसरी आपसमा मिलेर आउँछन् भन्ने यी बाबालाई पनि कहाँ थाहा थियो र! भट्ठी बन्नु थियो र शिवबाबाले उनीहरूको बुद्धिमा राखिदिनु भयो अनि सबै भागेर आए। त्यसैले पालन-पोषणको लागि पनि कोही बलि चढे। पछि तिनीहरू मध्येबाट पनि कोही भागे। मायाले हराइदियो। माया पनि कम समर्थ छैन। अब त्यसमाथि बाबाको यादबाट विजय प्राप्त गर्नु छ। योग शब्द नबोल। कति बच्चाहरू भन्छन्– योगमा बसाउनुहोस्। तर यो बानी बस्यो भने हिँड्दा डुल्दा तिमीले याद गर्न सक्दैनौ। नयाँ आउनेहरूलाई पनि योगमा बस्नुहोस् भनेर सिकाउनु हुँदैन। नयाँलाई तिमीले आफ्ना सामुन्ने बसायौ भने तिनीहरू नाम रूपमा फँस्छन्। यस्तो अनुभव भएको हुनाले निषेध गरिएको हो। माता पितालाई एक ठाउँमा मात्र बसेर याद गरिन्छ र? तिमी त उठ्दा-बस्दा, सेवा गर्दा बाबालाई याद गर। बाबाको जो अत्यन्तै प्रिय बच्चा हुन्छन् तिनीहरू त रातमा जागेर पनि याद गरिरहन्छन्। यस्ता परमप्रिय बाबाबाट विश्वको मालिक बनिन्छ भने उहाँलाई किन याद नगर्ने।

        पारलौकिक बाबाबाट अथाह सुखको वर्सा मिल्छ। तिमीले अहिलेबाटै पुरुषार्थ गर्छौ र मेहनत पनि गर्छौ जसद्वारा जन्म-जन्मान्तर ईश्वरीय प्रारब्ध भोग्दछौ। यस्तो होइन, तिमीले त्यहाँ सत्ययुगमा गरेको कर्मका आधारमा राजाई प्राप्त गर्छौ। होइन, यहाँकै पुरुषार्थद्वारा प्रारब्ध पाउँछौ। धेरै ठूलो पद छ। यस्ता धेरै आए पछि आश्चर्यवत, सुनन्ती, कथन्ती फेरि भागन्ती भएर गए। धेरै सेवा केन्द्र पनि स्थापना करन्ती, फेरि भागन्ती, गिरन्ती भएर गए... कोही सेवा केन्द्र स्थापना गरेर पनि बिस्तारै गिर्छन्। माया त अचम्मको छ नि। मायाले तुरुन्तै नाकमा समात्छ, त्यसैले बाबा भन्नुहुन्छ– निरन्तर याद गर। मानौं शिवबाबा सम्झाउनु हुन्छ। सबैमध्ये मम्मा तीक्ष्ण थिइन्। बाबा निराकार, निरहंकारी हुनुहुन्छ। तिमी बच्चाहरूले पनि बुझ्नु पर्छ– हामी निराकारी आत्मा हौं, निरहंकारी बन्नु छ तबमात्र वर्सा पाउनेछौं। देह-अभिमान आउनु हुँदैन। धेरै मीठो स्वभाव बनाउनु पर्छ। त्यहाँ माया हुँदैन। त्यसो भए किन बाबाबाट वर्सा नलिने। बाबाको दाहिने हात बनौं। त्यस्तो को बन्छ? जसले सेवाकेन्द्र स्थापना गर्छ। कमाल गर्छन्, कति धेरैको कल्याण गर्छन्। कोही त सेवा केन्द्र स्थापना गरेर फेरि छाडेर जान्छन्। तिनीहरूलाई पनि फेल प्राप्त हुन्छ। एकातिर जम्मा हुन्छ भने अर्कोतिर घाटा पर्छ। यो त बाबाले जान्नुहुन्छ। ब्रह्माले पनि जान्न सक्छन्। यी ब्रह्मा नै शिवबाबाको अति प्रिय बच्चा हुन्। तिमीहरू सबै नाति-नातिना हौ। तिमीलाई थाहा छ– मम्मा पहिलो नम्बरमा आउँछिन्। बाबा दोस्रो नम्बरमा आउँछन्। त्यसैले माताहरूको धेरै आदर गर्नु पर्छ। बाबा भन्नुहुन्छ वन्दे मातरम्। त्यसैले बच्चाहरूले पनि वन्दे मातरम् गर्नु पर्छ। माताविना उद्धार हुन सक्दैन। वास्तवमा आत्माहरू सब सीताहरू हुन्। सबै सजनीहरू हुन्– एक साजनका अथवा सबै एक बाबाको बच्चा हुन्। बाबा स्वयं भन्नुहुन्छ– वन्दे मातरम्। जस्तो कर्म म गर्छु मलाई हेरेर बच्चाहरूले पनि त्यस्तै गर्नेछन्। त्यसैले माताहरूको सम्भाल गर्नु छ। यिनीहरू माथि धेरै अत्याचार हुन्छ। कसैले विघ्न ल्यायो भने बिचरी माताहरू बाँधेली हुन्छन्। पापको घडा यसरी भरिन्छ, असुरहरूले पिटे भने पापात्मा बन्छन्। हुन त सबै ड्रामा अनुसार नै हुने हो, यसलाई कसैले पनि मेटाउन सक्दैन। कल्प पहिला जस्तै हरेकले आफ्नो वर्सा लिने छन्। साक्षात्कार हुन्छ– को राम्रा-राम्रा सहयोगी बन्छन्। शिवबाबा भन्नुहुन्छ– म त दाता हुँ, मैले केही पनि लिन्न। मैले केही दिएँ भन्ने ख्याल आयो र अहंकार आयो भने त मरेतुल्य भयो। शिवबाबा भन्नुहुन्छ– तिमीले ढुङ्गा-माटो दिएर त्यसको सट्टामा कति धेरै लिन्छौ! बाबा त सदा दाता हुनुहुन्छ। मैले शिवबाबालाई दिन्छु भन्ने कहिल्यै बुद्धिमा आउनु हुँदैन। मैले एक पैसा दिएर लाख लिन्छु, २१ जन्मको लागि राज्य भाग्य लिन्छु। बाबा हुनुहुन्छ सद्‌गतिदाता, झोली भरेर दिनेवाला। गुप्त दान गर्नु पर्छ, बाबा पनि गुप्त हुनुहुन्छ। अच्छा!

        मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

        धारणाको लागि मुख्य सारः

        १) देही-अभिमानी बनेर मायामाथि अवश्य विजय प्राप्त गर्नु छ। रातमा जागेर पनि परम प्रिय बाबालाई याद गर्नु छ।

        २) बाबा समान निराकारी, निरहंकारी बन्नु छ। शिवबाबालाई दिन्छु, यो त संकल्पमा पनि ल्याउनु हुँदैन।

        वरदान:

        अलौकिक रीतिको लेन-देनद्वारा सदा विशेषता सम्पन्न बन्ने फ्राकदिल भव:- 

        जसरी कुनै मेलामा जाँदा पैसा दिन्छौ र चीज किन्छौ। लिनु भन्दा पहिला दिनु पर्ने हुन्छ। त्यस्तै यस रूहानी मेलामा पनि बाबाबाट वा एक-आपसमा केही न केही लिन्छौ अर्थात् स्वयंमा धारण गर्छौ। जब कुनै गुण वा विशेषता धारण गर्छौ, साधारणता स्वत: समाप्त भएर जान्छ। गुणलाई धारण गरेमा कमजोरी स्वत: समाप्त हुन्छ। त्यसैले यही दिएको हुन जान्छ। हर सेकेन्ड यसरी लेन-देन गर्नमा फराकदिल बन्यौ भने विशेषताले सम्पन्न बन्छौ।

        स्लोगन:

        आफ्नो विशेषताहरूको प्रयोग गर्‍यौ भने हर कदममा प्रगतिको अनुभव हुन्छ।  

    ***OM SHANTI***
     

    No comments

    Say Om Shanti to all BKs