BK Murli Nepali 3 July 2018
२०७५ आषाढ १९ मंगलबार ३-०७-२०१८ प्रात: मुरली ओम् शान्ति “बापदादा” मधुबन
“मीठे बच्चे– अन्तर्मुखी बनेर पढाइमा तत्पर होऊ, श्रीमतमा सदा चलिरह्यौ भने तिम्रो तकदिर धेरै श्रेष्ठ बन्छ, यो समय हो आफ्नो तकदिर बनाउने।”
प्रश्न:
तिमी बच्चाहरूको कुनचाहिँ श्रेष्ठ तकदिर छ जसको आधारमा तिमीले सारा सृष्टिको तकदिरलाई जान्न सक्छौ?
उत्तर:
स्वदर्शन चक्रधारी बन्नु– यो हो सबैभन्दा श्रेष्ठ तकदिर। तिमी ब्राह्मण अहिले स्वदर्शन चक्रधारी बनेका छौ। तिमीले आफ्नो तकदिरलाई पनि जानेका छौ भने सारा सृष्टिको तकदिरलाई पनि जानेका छौ। बाबा आउनु भएको छ तिमी बच्चाहरूको तकदिर हीरा समान बनाउन। स्मृति रहोस्– स्वयं भगवान् हाम्रो तकदिर बनाउनको लागि पढाइरहनु भएको छ, जसबाट तकदिर बन्छ।
गीत:–
आने वाले कल की तुम...
ओम् शान्ति।
बच्चाहरूले गीतका दुई शब्द सुन्यौ। सुन्नेबित्तिकै आफ्नो तकदिरको नशा चढ्नु पर्छ। यो हो अविनाशी नशा, कम हुनु हुँदैन। कोही मनुष्य धनवान पदमपति छ भने उसलाई रात-दिन नशा रहन्छ– म ठूलो धनवान्, जागिरवान् हुँ। सम्पत्तिको नशा चढ्छ। बाबा हुनुहुन्छ तकदिर बनाउनेवाला। अहिले त तकदिर फुटेको छ। कौडी समान तकदिर हो वा हीरा समान, यो तिमी निर्णय गर्न सक्छौ। बेहदका बाबा सम्मुख बसेर तकदिर बनाउनुहुन्छ, जुन तिमी देख्दछौ, जान्दछौ। परमपिता परमात्मालाई देख्छौ वा जान्दछौ? बच्चाहरूले जान्दछन्, हामी आत्मा हौं। आत्मालाई देखिदैन, तर पनि निश्चय छ हामी हौं, स्टार जस्तै छौं। भृकुटीको बीचमा रहन्छौं। यस समय तिमी बच्चाहरूलाई आत्म-अभिमानी बन्नु छ। यस देहमा रहनेलाई आत्मा वा देही भनिन्छ। आत्मालाई अभिमान छ– हामीलाई परमपिता परमात्मा आएर मिल्नु भएको छ। बच्चाहरूले बाबाको पासमा जन्म लिन्छन्, त्यसपछि वारिस हुन्छन्। फेरि कसैले त पाई पैसाको तकदिर पाउँछन्, कसैले त केही पनि पाउँदैनन्। केवल जन्म मात्रै पाउँछन्। कसै-कसैका ५-६ बच्चाहरू हुन्छन्। तलब कम मिल्यो भने हाम्रो तकदिरमा यही थियो भन्ने सम्झन्छन्। अरूलाई देख्दछन्– उनीहरूको तकदिरमा कति घर-महल, ताज-तख्त छन्। मनुष्यको तकदिरको भेराइटी छ नि। अब तिमी आफ्नो तकदिरलाई जान्दछौ, कुनचाहिँ तकदिरको लागि हामी पुरुषार्थ गरिरहेका छौं भन्ने जानेका छौ। धनको लागि, सुखको लागि मानिसहरूले पुरुषार्थ त गर्छन् नै। धनवान् मनुष्य बिरामी भयो भने त राम्रो-राम्रो डाक्टरको दबाई लिन्छन्। सम्झन्छन्, धनबाट राम्रो उपचार हुन्छ। त्यसैले धनको कुरा छ नि। तिमी धेरै बेजोडको तकदिर बनाउँछौ श्रीमतद्वारा। बच्चाहरू जान्दछन्– बाबाले सबैभन्दा उच्च तकदिर बनाउनुहुन्छ किनकि स्वयं सबैभन्दा उच्च हुनुहुन्छ। अब तिमी उहाँको सम्मुख बसेका छौ नि। माता-पिताको घरमा बसेका छौ। कोही राजा-रानी छन् भने सम्झन्छन्, हामी यस्तो कर्म गरेका रहेछौं जसकारण राजाईको तकदिर मिलेको छ। अब तिमीलाई थाहा छ– हामी जो यो लक्ष्मी-नारायणको चित्र देख्दछौ, उनीहरूले पनि अवश्य पहिले जन्ममा तकदिर बनाएका थिए। तिमीलाई यो बुद्धि मिलेको छ। मनुष्यहरूको बुद्धिमा यो आउँदैन। यति धनवान् मानिस छन्, उनीहरूलाई यो तकदिर कसरी मिल्यो? भन्ने छन्, पूर्व जन्ममा यस्तो कर्म गरेका थिए यसकारण यति धनवान् बनेका छन्। कर्मको फल हो नि। गायन पनि छ– कर्मको गति गहन छ। मानिसले पूर्वको कर्म अनुसार नै भोग्छन्। अहिले तिमी सबैभन्दा उच्च लक्ष्मी-नारायणको तकदिर सँग तुलना गर्छौ। यिनीहरू जो सत्ययुगको मालिक बनेँ, उनको यस्तो कर्म गति कसले बनायो जसले गर्दा विश्वको मालिक बने? तिमीले सारा चक्रलाई बुझिसकेका छौ।
तिमी ब्राह्मण अहिले स्वदर्शन चक्रधारी बनेका छौ। अरू ब्राह्मण त स्वदर्शन चक्रधारी छैनन्। उनीहरू पनि ब्राह्मण, तिमी पनि ब्राह्मण हौ। तर तिमीलाई थाहा छ– हामी हौं सच्चा ब्राह्मण। ब्रह्माको मुख वंशावली। अवश्य ब्रह्मा पनि कसैका बच्चा होलान्। उनी हुन् शिवबाबाको बच्चा। शिवबाबा त रचयिता हुनुहुन्छ, उहाँको कोही पिता छैन। अहिले तिम्रो तकदिर परमपिता परमात्मा बनाउनुहुन्छ। बाबाबाट नै तकदिर बन्छ। काका, मामा आदिबाट बन्दैन। हो, कसै-कसैको बन्न सक्छ। यदि उनले एडाप्ट गरे भने। तिमी बच्चाहरूलाई पनि एडाप्ट गरिएको छ, ड्रामा अनुसार कल्प पहिले जसरी। उहाँभन्दा उच्च त कोही छैन। प्रजापिता ब्रह्माका यति धेरै बच्चा छन्। उनलाई बाबाबाट के वर्सा मिल्छ होला? तिमी सम्झन्छौ– शिवबाबा हुनुहुन्छ सबै आत्माहरूको पिता, अनि ब्रह्मा हुन् सबै जीव आत्माहरूको पिता। तिमी यसकारण भाइ-बहिनी हौ। बाबा त तिमी बच्चाहरूलाई भन्नुहुन्छ– देख्यौ, तिम्रो तकदिर कति श्रेष्ठ छ! मैले तिमीलाई पढाएर कति तकदिरवान् बनाउँछु। वास्तवमा सत्ययुग आदिमा श्री लक्ष्मी-नारायण वा यी स्वर्गवासीहरूको राजधानी थियो। उनीहरूको कति उच्च तकदिर बनाइएको छ। शिवबाबाले नै उनीहरूलाई उच्च तकदिर बनाउनु भएको थियो। यो रहस्य तिमी बच्चाहरूको बुद्धिमा छ। त्यो तकदिर भोगेर ८४ जन्म पूरा गरे। अब फेरि त्यही तकदिर बनाइरहेका छन्। यो कुरा तिम्रो बुद्धिमा छ। ज्ञान सागर शिवबाबा सिवाए कसैले पनि सम्झाउन सक्दैन। यस्ता बाबा कति प्यारा हुनुहुन्छ। बाबा पनि भन्नुहुन्छ– तिमीहरू पनि प्यारा बच्चा हौ। तिमीलाई मैले आदेश दिएको छु– निरन्तर मलाई याद गर्ने अभ्यास गर, तब तिम्रो विकर्म विनाश हुन्छ। तिमीलाई थाहा छ– शिवबाबा अहिले यी ब्रह्माको तनमा सम्मुख हुनुहुन्छ। बाबाले सम्झाउनु भएको छ– म त सदैव निराकार छु। मेरो नाम शिव नै हो। म साकारमा आएर पुनर्जन्म लिन्न। अहिले म आएको छु। तिमीलाई थाहा छ कसले कुरा गरिरहनु भएको छ! तिम्रो बुद्धि माथितिर जान्छ। उहाँ निराकार परमपिता परमात्मा ज्ञानका सागर हुनुहुन्छ। उहाँ नै तकदिर बनाउनेवाला हुनुहुन्छ। स्वर्गका रचयिताले स्वर्ग नै स्थापना गर्नुहुन्छ नि। तिमीलाई थाहा छ– बाबा कसरी ब्रह्मा तनमा सम्मुख कुरा गरिरहनु भएको छ। भन्नुहुन्छ– प्यारा बच्चाहरू, अब ड्रामा पूरा भयो। आत्माले सुन्दछ। यो यथार्थ कुरा हो भन्ने आत्माले नै जान्दछ। बाबा भन्नुहुन्छ– जति हुन सक्छ मलाई याद गर, सारा सृष्टि चक्रको ज्ञान तिमीलाई नै दिइएको छ। कसैलाई राम्रो सँग धारणा हुन्छ, कसैले भुलिहाल्छन्। अहिले तिमी सम्मुख बसेका छौ, तिमीलाई यो ज्ञान अमृत दिइरहेको छु अथवा ज्ञान पढाइरहेको छु। म जन्म-मरणमा आउँदिन। तिम्रो त जन्म बाई जन्म नाम, रूप, देश, काल बदलिँदै जान्छ। अनुहार सदैव फरक-फरक मिल्छ। यी कति गहन सूक्ष्म कुरा छन्। तिम्रो आत्माले घरी-घरी एक शरीर छोडेर अर्को लिन्छ। यतिबेला जुन तिम्रो रूप छ, अर्को जन्ममा यो रहँदैन। एक सँग अर्को मिल्दैन। आत्माले एक शरीर छोडेर अर्को लिन्छ भने उसको एक्टिभिटी, सोच-विचार आदि सबै बदलिन्छ। आत्मालाई कति भिन्न-भिन्न पार्ट बजाउनु पर्ने हुन्छ। भिन्न नाम, रूप, देश, काल एक्टिभिटीका साथ पार्ट खेल्छ। एक्टिभिटी पनि बदलिइरहन्छ– कहिले राजाको, कहिले रंकको। यस्तो होइन, कहिले कुकुर-बिरालो पनि बन्छ। होइन। अहिले तिमीलाई थाहा छ, हामी भविष्यमा राजकुमार-राजकुमारी बन्नको लागि पुरुषार्थ गरिरहेका छौं। मनुष्यबाट देवता बनिरहेका छौं। यी मम्मा-बाबा पनि पुरुषार्थ गरिरहेका छन्। फेरि भविष्यमा गएर लक्ष्मी-नारायण बन्छन्। हामी जति आफ्नो तकदिर बनाउनको लागि पुरुषार्थ गर्छौं, त्यति सुख मिल्छ। कति जबरदस्त कमाइ छ! उनीहरू त अल्पकाल सुखको लागि पढेर यसै जन्ममा वकिल आदि बन्छन्। अर्को जन्मको कुरै छैन। त्यो पनि बन्न पनि सक्छन् या नबन्न पनि सक्छन्। तिमी त सम्झन्छौ– हामी भविष्यमा स्वर्गमा अवश्य जानेछौं। फेरि त्यहाँ देवी-देवता कहलाउनेछौं। बाबाबाट स्वर्गको राजगद्दीको वर्सा लिएरै छोड्नेछु, सर्वश्रेष्ठ बनेरै देखाउनेछु– यो कहिल्यै भुल्नु छैन। गड फादर पढाउनुहुन्छ, यो पनि त बुद्धिमा आउँछ। हामी राम्रो सँग पढेर २१ जन्मको लागि आफ्नो प्रारब्ध बनाउँछौं। यस समयमा जति पुरुषार्थ गर्छौं, त्यति उच्च तकदिर बनाउनेछौं। त्यो तकदिर कल्प-कल्प कायम रहनेछ, त्यसैले यस समय तकदिरको लागि राम्रो पुरुषार्थ गर्नु पर्छ। धेरै ठूलो तकदिर छ। बहुत सुख छ। हुन सक्छ, यहाँ कसैको पासमा करोड होला, तर पाई पैसाको पनि सुख छैन। त्यहाँ त एकदम शान्तिसँग, आराम सँग प्रारब्ध भोग्नेछौ। यहाँ त कति आपतहरू आइरहन्छन्। एकैछिनमा कंगाल बनाइदिन्छ। मरिरहन्छन्। बीमा गरेको भए पनि कम्पनीले के गर्न सक्छ? हिरोशिमाको के हाल भयो! कति मानिस मरे! इन्श्योर कम्पनी पनि टाट पल्ट्यो। यहाँ पनि यस्तै हुन्छ। सबै खतम हुन्छन्। इन्श्योर कम्पनीवालाहरूले कसलाई पैसा दिने? कसले एक-अर्काको दियो जलाउने?
मानिसहरूमा कति धेरै अन्ध-विश्वास छ! ठूलो मानिस हुँ भन्ने देखाउँछन्। ऋषि-मुनिहरूलाई आफूभन्दा ठूलो सम्झन्छन्। धर्मलाई नमाने पनि संन्यासीहरूलाई नमन अवश्य गर्छन्। साधुहरूको अगाडि गएर दण्डवत प्रणाम गर्छन्। साधुहरू उनको अगाडि गर्दैनन् किनकि सम्झन्छन् हामी उच्च पवित्र हौं। यहाँ बाबा त भन्नुहुन्छ– मेरा प्यारा बच्चाहरू! म तिमी बच्चाहरूलाई नमस्ते गर्छु। तिमी त मेरो शिरको मयूर हौ। तिमी विश्वको मालिक बन्छौ। ब्रह्माण्डको पनि तिमी मालिक हौ। तिमी डबल मालिक हौ। म सिंगल, केवल ब्रह्माण्डको मालिक हुँ। यस्तो कुरा बाबा सिवाए अरू कसैले सम्झाउन सक्दैन। त्यसैले यस्तो बाबालाई कति याद गर्नु पर्छ, जसबाट यस्तो वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– हेर, कति बच्चाहरू यहाँ आएर जान्छन्। फेरि ६ महिनासम्म पनि बाबालाई पत्र लेख्दैनन्। अरे, प्राण दिनेवाला प्राणभन्दा प्यारा बाबालाई पत्र लेख्दैनन्। स्त्री-पुरुष एक-अर्कालाई चिट्ठी लेख्छन्। भन्दछन्– प्राणेश्वर, फलाना, वास्तवमा ऊ कुनै प्राणेश्वर त होइन। प्राणेश्वर त एकै बाबा हुनुहुन्छ। उहाँ भन्नुहुन्छ– प्राणेश्वर बच्चे अर्थात् प्राण बचाउनेवाला ईश्वरका बच्चा। बच्चाहरूले पनि भन्दछन्– प्राणेश्वर बाबा, हाम्रो प्राण बचाउनेवाला बाबा। यहाँबाट नै यो नाम निस्केको हो। यहाँ नै यसरी प्राणेश्वर, प्राणेश्वरी लेख्छन्। तर गल्ती हो। प्राणको दान त बाबाले नै दिनुहुन्छ। बाबा भन्नुहुन्छ– तिमी मेरो बनेका छौ, त्यसैले तिमीलाई कसैले दु:ख दिन सक्दैन। आत्मालाई नै दु:ख मिल्छ, आत्माले नै गर्छ। बाबा कति प्यार सँग सम्झाउनुहुन्छ। याद पनि उहाँलाई गर्छन्, महिमा गर्छन्। मम्मालाई कति याद गर्छन्। जसले धेरैको राम्रो सँग सेवा गर्छन्, उनलाई कति ठूलो पद मिल्छ। फेरि उनीपछि सेकेन्ड नम्बरमा जसले सेवामा बाबालाई फलो गर्छन्। तिमीलाई बहुत रहमदिल बन्नु छ। जसरी बाबाले हामीलाई बनाउनु भएको छ, हामी फेरि अरूलाई बनाऔं। कति ठूलो सम्पत्ति छ– स्वर्गको राजधानी! त्यहाँ हामी यति धनवान हुनेछौं जहाँ सुन-हीराहरूको महल बनाउँछौं। एक माया मछन्दरको खेल पनि देखाउँछन्। उसले सुनको ईंटहरू देख्यो, थोरै लिएर जाऊँ भन्ने सोच्यो। तिमीले साक्षात्कारमा स्वर्गमा हीरा-जुबारतको महल देख्छौ। सुनको खानी देख्यौ भने सम्झन्छौ– थोरै लिएर जाऊँ। सूक्ष्मवतनमा सुन मिल्दैन। सुन वैकुण्ठमा हुन्छ। तिमीलाई थाहा छ– त्यहाँ हामी विमानमा गएर खानीहरूबाट सुन भएर ल्याउँनेछौं। सुनका ठूला-ठूला ईंट पनि हुन्छन्। अहिले पनि ठूला-बडाहरूको पासमा सुन त छ नि। सुन-चाँदी त अवश्य राख्नु छ। सबैको पासमा ठूला-ठूला गुफाहरू बनाइएका हुन्छन्, जहाँबाट कसैले पनि लुट्न नसकोस्। आगोले जलाउन नसकोस्। ती सबै भविष्यमा तिम्रो हातमा आउँछ। जुन हवाईजहाज आदिद्वारा अहिले बम आदि खसाउँछन्, विनाशको लागि, तिनै चिज फेरि सुखको लागि निमित्त बन्छन्। सत्ययुगमा यी सबै थिए, फेरि प्राय: लोप भए। अब फेरि बनेका छन्। तिमीलाई थाहा छ– कसरी खानीहरूबाट ल्याइन्छ। खानीहरू सबै नयाँ हुन्छन्। अहिले त पुराना छन्। त्यसैले यस्तो तकदिर बनाउनेवाला बाबा सँग पूरा तकदिर लिनु पर्छ। यसमा लापर्बाही गर्नु हुँदैन। बाबा र वर्सालाई याद गर। बाबा भन्नुहुन्छ– एक सँग मोह राख। स्वर्गलाई याद गर। अच्छा!
मीठे-मीठे सिकिलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रूहानी बाबाको रूहानी बच्चाहरूलाई नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) आफ्नो श्रेष्ठ तकदिर बनाउनमा लापर्बाही गर्नु हुँदैन। श्रीमतमा राम्रो सँग चलेर पढाइको आधारबाट श्रेष्ठ तकदिर बनाउनु छ।
२) प्राणेश्वर बाबाको यादमा रहेर सबैलाई प्राण दान दिनु छ। सबैको प्राण बचाउनु छ। कसैलाई पनि दु:खी बनाउनु हुँदैन।
वरदान:
सदा सुरक्षित स्थानमा रहेर निर्भय र निश्चिन्त रहने बापदादाको दिलतख्तनशीन भव:-
बापदादाको दिलतख्त सर्वश्रेष्ठ स्थान हो। जो सदा बाबाको दिलतख्तनशीन रहन्छ, ऊ नै सेफ रहन्छ। उसको पासमा माया आउन सक्दैन। यस्तो दिलतख्तनशीन आत्मा निर्भय हुन्छ, निश्चिन्त हुन्छ– यो निश्चित छ, अटल छ। त्यसैले दिलतख्तमा बस। यसै नशामा रहने गर–अहिले हामी बापदादाको दिलतख्तनशीन हौं र अर्को जन्म राज्य तख्तनशीन बन्ने छौं। यस रूहानी नशामा रहनाले दु:खको लहर आउन सक्दैन।
स्लोगन:
बुद्धिमा कुनै पनि प्रकारको बोझ नहोस् तब भनिन्छ डबल लाइट फरिश्ता।
No comments
Say Om Shanti to all BKs