BK Murli 14 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 14 May 2016 Nepali

    १ जेष्ठ २०७३ शनिबार 14.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– आफ्नो सबै कुरा ईश्वरीय सेवामा सफल गरेर भविष्य बनाऊ किनकि मृत्यु शिरमाथि छ।”   

    प्रश्न:

    ज्ञान सुन्दा-सुन्दै पनि बच्चाहरूमा त्यसको धारणा किन हुँदैन?

    उत्तर:

    किनकि विचार सागर मन्थन गर्न आउँदैन। बुद्धियोग देह र देहका सम्बन्धमा अल्झिएको छ। पहिले जब बुद्धिबाट मोह निस्कन्छ, तब केही धारणा पनि हुन्छ। मोह यस्तो चीज हो, जसले एकदमै बाँदर बनाइदिन्छ त्यसैले बाबा बच्चाहरूलाई पहिलो प्रतिज्ञा याद दिलाउनुहुन्छ– देह सहित, देहका सबै सम्बन्धहरूलाई भुलेर मलाई याद गर।

    गीतः–

    भोलेनाथ से निराला.........

    ओम् शान्ति।

    बाबा बसेर सम्झाउनुहुन्छ– अब बच्चाहरूलाई यो त राम्रोसँग थाहा भयो– बेहदका बाबालाई नै बिग्रिएको बनाउनेवाला भनिन्छ। कृष्णले बिग्रिएकोलाई सुधार्न सक्दैनन्। गीताका भगवान कृष्ण होइन, शिव हुनुहुन्छ। शिवबाबा रचयिता हुनुहुन्छ, कृष्ण रचना हुन्। स्वर्गको वर्सा दिनेवाला, स्वर्गको रचयिता नै हुन सक्नुहुन्छ। यो नै सबैभन्दा ठूलो भूल हो। श्रीकृष्णलाई बाबा कसैले भन्न सक्दैन। वर्सा बाबाबाट नै मिल्छ, जुन पहिले मिलेको थियो। यहाँ नै श्रीकृष्ण शहजादा राधे शहजादी भनेर गायन गरिएको छ। महिमा उँच भन्दा उँच एक बाबाको हो। श्रीकृष्ण हुन् सर्वोच्च रचना, विश्वको मालिक। उनलाई भनिन्छ सूर्यवंशी दैवी घराना। गीता आदि सनातन देवी-देवता धर्मको शास्त्र हो। सत्ययुगमा त कसैलाई ज्ञान सुनाइएको होइन। संगममा नै बाबाले सुनाउनुभएको हो। चित्रमा पनि पहिले यो सिद्ध गर्नु छ। दुवैका चित्र देखाउँछन्, गीताका भगवान, उहाँ रचयिता हुनुहुन्छ, जो पुनर्जन्म रहित हुनुहुन्छ, न कि श्रीकृष्ण, रचना। तिमी जान्दछौ– शिवबाबाले नै हीरातुल्य बनाउनु हुन्छ। गायन गरिन्छ पनि– हीरातुल्य, कौडीतुल्य। बच्चाहरूको बुद्धिमा यो रहनुपर्छ– बाबाको आदेश छ– तिमीले मलाई याद गर अनि वर्सालाई याद गर। उहाँ हुनुहुन्छ बेहदका बाबा। कृष्ण त हुन् हदका मालिक। बन्न त विश्वको राजा बन्छन्, शिवबाबा त राजा हुनुहुन्न नि। गीताको वास्तवमा बडो महिमा छ। साथ-साथै भारतको पनि महिमा छ। भारत सबै धर्मावलम्बीहरूको ठूलो तीर्थ हो। केवल कृष्णको नाम राखेका कारण सारा महत्व उडेर गएको छ। यसैले नै भारत कौडीसमान बनेको छ। हुन त ड्रामा अनुसार हुन्छ तर सावधान गर्नुपर्ने हुन्छ। बाबाले धेरै राम्रोसँग सम्झाउनुहुन्छ। दिन-प्रतिदिन गहन कुरा सुनाइरहनुहुन्छ त्यसैले पुराना चित्रहरूलाई बदलेर अरु बनाउनुपर्छ। 

    यो त अन्त्यसम्म भइरहन्छ। बच्चाहरूले बुद्धिमा राम्रोसँग राख्नुपर्छ– शिवबाबाले हामीलाई वर्सा दिइरहनुभएको छ। भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। कृष्णलाई याद गर्नाले विकर्म विनाश हुँदैन। उनी सर्वशक्तिमान त होइनन्। सर्वशक्तिमान बाबा हुनुहुन्छ, वर्सा पनि उहाँले दिनुहुन्छ। मनुष्यले कृष्णलाई नै याद गरिरहन्छन्। ठीकै छ मानौं, कृष्णले भनेका हुन् भने पनि उनले भन्छन्– देहको सम्बन्धलाई छोड, म एकलाई याद गर। आत्माले त बाबालाई याद गर्छ नि। कृष्ण त सबै आत्माहरूका बाबा होइनन्। यो सबै विचार सागर मन्थन गरेर बुद्धिमा धारण गर्नुपर्छ। कोही कोही मोहमा फँस्ने भएका कारण धारणा गर्न सक्दैनन्। तिमी गाउँदै आएका छौ– अरु सँगत तोडेर हजुरसँग जोड्नेछु। मेरो त एक, दोस्रो न कोही। तर मोह फेरि यस्तो चीज हो, जसले एकदम बाँदर बनाइदिन्छ। बाँदरमा मोह र लोभ धेरै हुन्छ। धनवानहरूलाई पनि सम्झाइन्छ– अहिले मृत्यु सामुन्ने खडा छ। यो सबै ईश्वरीय सेवामा लगाउनुहोस्, भविष्य बनाउनुहोस्। तर बाँदरजस्तै अल्झिइरहन्छन्, छोड्दै छोड्दैनन्। बाबा भन्नुहुन्छ– जति पनि देह सहित, देहका सम्बन्ध छन् उनीहरूबाट बुद्धियोग हटाऊ। बाबाको श्रीमतमा चल। तिमीले भन्दछौ– यो धन, बाल-बच्चा आदि सबै ईश्वरले दिनुभएको हो। अहिले उहाँ स्वयं आउनुभएको छ, भन्नुहुन्छ– तिम्रो यो धन दौलत आदि सबै खत्तम भएर जानेवाला छ। किनकी दबी रही धूल में...... भूकम्प आदि हुन्छ, यो सबै समाप्त भएर जान्छ। हवाइजहाज गिर्छन् वा आगो आदि लाग्यो भने सबैभन्दा पहिले भित्र चोर घुस्छन्, जबसम्म पुलिस आइपुग्दैन। त्यसैले बाबा सम्झाउनुहुन्छ– प्यारा बच्चाहरू! देहधारीहरूबाट मोह निकाल। मोहजित बन्नु छ। देह-अभिमान हो सबैभन्दा पहिलो नम्बरको दुश्मन। 

    देवताहरू देही-अभिमानी हुन्छन् । देह-अभिमान आउनाले नै विकारमा फँस्छन्। तिमी आधाकल्प देह-अभिमानी रहन्छौ। अब देही-अभिमानी बन्ने अभ्यास गर्नु छ। जति पनि मनुष्य मात्र छन् बिलकुलै यी कुरालाई जान्दैनन्, न परमात्मालाई जान्दछन्। आत्मा के हो, परमात्मा को हुनुहुन्छ, आत्माले कति जन्म लिन्छ, कसरी पार्ट खेल्छ, हामी कलाकारहरू हौं, यो कसैलाई थाहा छैन, यसैले अनाथ भनिन्छ। उनीहरू त भन्दछन्– आत्मा ज्योतिमा लीन हुन्छ। तर आत्मा त अविनाशी छ। आत्मामा नै ८४ जन्मको पार्ट भरिएको छ। भनिन्छ पनि आत्मा तारा हो, फेरि पनि बुझ्दैनन्। आत्मा सो परमात्मा भनिदिन्छन्, बाबालाई बिलकुल जान्दैनन्। आत्माको लागि पनि भन्छन्– भृकुटीको बीचमा चम्किन्छ सितारा। परमात्माको लागि त केही बताउँदैनन्। उहाँलाई परम आत्मा भनिन्छ, उहाँ पनि परमधाममा रहनुहुन्छ। उहाँ पनि बिन्दु हुनुहुन्छ। केवल पुनर्जन्म रहित हुनुहुन्छ। आत्माहरू पुनर्जन्ममा आउँछन्। परमात्माको लागि भनिन्छ ज्ञानका सागर, आनन्दका सागर, पवित्रताका सागर हुनुहुन्छ। देवताहरूलाई यो वर्सा कसले दियो? बाबाले। सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण.... यी देवताहरू जस्तो अहिले कोही छैनन्। उनीहरूलाई यो वर्सा कसरी मिल्यो, यो कसैलाई थाहा छैन। बाबा नै आएर सम्झाउनुहुन्छ– उहाँलाई नै ज्ञानका सागर भनिन्छ। यस समयमा नै आएर ज्ञान दिनुहुन्छ फेरि प्रायः लोप भएर जान्छ। फेरि हुन्छ भक्ति, त्यसलाई ज्ञान भन्न सकिँदैन। ज्ञानबाट त सद्गति हुन्छ। जब दुर्गति हुन्छ, तब सर्वका सद्गति दाता, ज्ञानका सागर आउनुहुन्छ। बाबा नै आएर ज्ञान स्नान गराउनुहुन्छ। त्यो त पानीको स्नान हो, त्यसबाट सद्गति हुन सक्दैन। यो थोरै कुरा पनि धारणा गर्नुपर्ने हुन्छ। मुख्य जुन राम्रा-राम्रा चित्रहरू छन्, ती ठूला हुनुपर्छ जसद्वारा कसैले राम्रोसँग बुझ्न पाऊन्। शब्द बडो राम्रा हुनुपर्छ। 

    चित्र बनाउनेलाई यो बुद्धिमा राख्नुपर्छ। कसैलाई पनि बोलाउनु छ– निमन्त्रणा दिएर, आएर परमपिता परमात्माको परिचय लिनुहोस् र भविष्य २१ जन्मको लागि बाबाबाट वर्सा लिनुहोस्। आदरणीय दाजु-भाइ÷दिदी-बहिनीहरू! पारलौकिक बाबाबाट बेहद सुखको स्वराज्य कसरी मिल्छ, यो आएर बुझ्नुहोस्। बेहदका बाबाबाट वर्सा पाउन सिक्नुहोस्, यसमा डराउनुपर्ने त कुरै छैन। बोलाइरहन्छन् हे पतित-पावन आउनुहोस्। बाबा पनि भन्नुहुन्छ– काम महाशत्रु हो। पावन दुनियाँमा जानु छ भने पवित्र अवश्य बन्नु छ। पतित उनीहरूलाई भनिन्छ जो विकारबाट जन्म लिन्छन्। सत्ययुग, त्रेतामा विष हुँदैन, त्यसलाई भनिन्छ सम्पूर्ण निर्विकारी दुनियाँ। विकार नै हुँदैन। फेरि यो तिमी किन सोध्दछौ– बच्चा कसरी पैदा हुन्छ? तिमी निर्विकारी त बन। बच्चा जस्तो हुनु छ त्यस्तै हुन्छ। यो तिमी सोध्छौ नै किन? तिमीले बाबालाई याद गर्यौ भने जन्म-जन्मान्तरको विकर्म विनाश भएर जान्छ। यो हो नै पाप आत्माहरूको दुनियाँ। त्यो हो पुण्य आत्माहरूको दुनियाँ। यो राम्रोसँग बुद्धिमा बसाउनु छ। भक्तिको फल भगवान आएर दिनुहुन्छ, बाबाले नै सबैको सद्गति गरेर स्वर्गको मालिक बनाउनुहुन्छ। बाबा भन्नुहुन्छ– अब पवित्र बन, म एकलाई याद गर। यो हो महामन्त्र। बाबाबाट वर्सा अवश्य मिल्छ। बाबा भन्नुहुन्छ– तिमीले मलाई याद गर्यौ भने तिमी सतोप्रधान बन्दै जान्छौ। सिँढीमा सम्झाउनु छ। दिन-प्रतिदिन हर चीज सुध्रिदै जान्छ। यसमा स्पष्ट गरेर लेख्नुपर्छ। ब्रह्माद्वारा आदि सनातन देवी-देवता धर्मको स्थापना। जब आदि सनातन देवी-देवता धर्म थियो तब अरु कुनै धर्म थिएन। जो पवित्र बन्छन्, उनीहरू नै पवित्र दुनियाँमा आउनेछन्। जति तागत तिमीमा भरिदै जान्छ, त्यति अगाडि आउँछौ। सबै एकैसाथ त आउँदैनन्। यो पनि जान्दछौ– सत्ययुग-त्रेतामा देवी-देवताहरू धेरै कम हुन्छन्, पछि वृद्धि हुन्छ। प्रजा त धेरै हुन्छन्। सम्झाउनेवाला पनि बडो राम्रो चाहिन्छ। भन, बेहदका बाबाबाट आएर वर्सा लिनुहोस्, जसलाई पुकार्नुहुन्छ हे बाबा भनेर, वास्तवमा उहाँको नाम शिव हो। ईश्वर वा प्रभु, भगवान भन्नाले यो बुझिँदैन– उहाँ बाबा हुनुहुन्छ, उहाँबाट वर्सा मिल्नुपर्छ। 

    शिवबाबा बोल्दा वर्सा याद आउँछ। उहाँलाई भन्दछन्– शिव परमात्माए नमः, परमात्माको नाम त बताउनुहोस्। नाम-रुपबाट अलग कोही छैन। उहाँको त शिव नाम हो। केवल शिवाय नमः पनि भनिदैन, शिव परमात्माय नमः। हरेक शब्दलाई धेरै राम्रोसँग स्पष्ट गरेर सम्झाउनुपर्छ। शिवाय नमः भन्दा पनि पिताको सम्बन्धको मजा आउँदैन। मनुष्यहरूले त सबै नाम आफूमाथि राखिदिएका छन्। तिमीले जान्दछौ– मनुष्यलाई कहिल्यै भगवान भनिदैन। ब्रह्मा, विष्णु, शंकरलाई पनि देवता भनिन्छ। बाबा रचयिता त एकै निराकार हुनुहुन्छ। जसरी लौकिक पिताले बच्चाहरूलाई रच्दछन् नि, वर्सा दिन्छन्। त्यस्तै बेहदका बाबाले पनि वर्सा दिनुहुन्छ। विश्वको मालिक बनाउनुहुन्छ। सारा दुनियाँका पतित-पावन एकै बाबा हुनुहुन्छ। यो कहाँ कसले जान्दछन् र– हाम्रो धर्म स्थापक पनि यस समय पतित छन्, कब्रदाखिल छन्। अब सबैको विनाशको समय छ। बाबा नै आएर सबैलाई उठाउनुहुन्छ। विनाशको समयमा नै खुदा, भगवान आउनुहुन्छ। उहाँ नै ज्ञानका सागर हुनुहुन्छ। लेखिएको छ– सागरका बच्चा भस्मीभूत भएर गएका थिए अर्थात् काम चितामा बसेर काला, कलियुगी बनेका थिए, फेरि सुन्दर कसरी बने? बाबा भन्नुहुन्छ– यादको यात्राद्वारा। योग शब्द भन्दा मनुष्य अलमलिन्छन्। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने अन्त्य मति सो गति हुन्छ। कति सहज सम्झाउनुहुन्छ– फेरि पनि यी कुरा बुद्धिमा किन बस्दैन? देह-अभिमान धेरै छ यसैले धारणा हुँदैन। बाबाले बडो राम्रो युक्ति बताउनुहुन्छ। बेहदका बाबा, जसलाई याद गर्छन् उहाँले आएर के गर्नुभएको छ? यसलाई स्वर्ग बनाउनुभएको थियो। हदको वर्सा त जन्म-जन्मान्तर लिँदै आयौ। अब बेहदका बाबाबाट २१ जन्मको लागि बेहदको वर्सा लेऊ। सत्ययुग त्रेतामा देवताहरूले राज्य गर्थे। सूर्यवंशी फेरि चन्द्रवंशी सो वैश्य वंशी फेरि शूद्र वंशी.... सो शब्द राख्नाले सिद्ध हुन्छ– उनले पुनर्जन्म लिन्छन्, वर्णमा आउँछन्। बाबा सम्झाउन त सबैलाई सम्झाउनुहुन्छ– तिमी सम्मुख बसेको छौ त्यसैले खुशी हुन्छौ। कसै-कसैको तकदिरमा नै छैन भने सेवा गर्दैनन्। सेवा गर्यौ भने नाम हुन्छ। भन्नेछन्– बाबाका बच्चीहरू कति होसियार छन्, सबै काम गर्छन्। हामीलाई स्वर्गको बादशाहीको वर्सा दिन्छन्, उनीहरूले माल पनि दिन्छन्। यी चित्रहरू हुन्– अन्धाहरूको अगाडि ऐना, यसमा जादू आदिको कुरा नै छैन। पवित्रता नै मुख्य कुरा छ। सम्झन्छन्– यो अन्तिम जन्म हो, स्वर्गमा जानु छ भने पवित्र अवश्य बन्नु छ। विनाश सामुन्ने खडा छ। पावन अवश्य बन्नुपर्छ। संन्यासीहरूले घरबार छोड्छन् पावन बन्नको लागि। बाबा भन्नुहुन्छ– विनाश सामुन्ने खडा छ, मलाई याद गर्यौ भने बेडा पार भएर जान्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) विनाश भन्दा पहिले आफ्नो सबै कुरा सफल गर्नु छ। यो विनाशको समय हो त्यसैले पावन अवश्य बन्नु छ।

    २) देहधारीहरूबाट मोह निकालेर मोहजित बन्नु छ। देह-अभिमान, जुन पहिलो नम्बरको दुश्मन हो, त्यसमाथि विजय पाउनु छ। अरु सबै संगत तोडेर, बाबासँग बुद्धियोग जोड्नु छ।

    वरदान:

    सदा उमंग, उत्साहमा रहेर चढ्ती कलाको अनुभव गर्ने महावीर भव:-  

    महावीर बच्चाहरूले हर सेकेन्ड, हर संकल्पमा चढ्ती कलाको अनुभव गर्छन्। उनीहरूको उड्ती कला सबैप्रति भला अर्थात् कल्याण गर्ने निमित्त बनाइदिन्छ। उनीहरूलाई रोकिने वा थाक्ने अनुभूति हुँदैन। उनीहरू सदा अथक, सदा उमंग उत्साहमा रहन्छन्। रोकिनेहरूलाई घोडसवार, थाक्नेहरूलाई पैदल सेना र जो सदा चलिरहन्छन् उनीहरूलाई महावीर भनिन्छ। मायाको कुनै पनि रुपमा उनीहरूको आँखा डुब्दैन।

    स्लोगन:

    शक्तिशाली उनीहरू हुन्, जो आफ्नो साधनाद्वारा जब चाह्यो शीतल स्वरुप र जब चाह्यो ज्वाला रुप धारण गर्छन्।   



    ***OM SHANTI***