BK Murli 19 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 May 2016 Nepali

     ६ जेष्ठ २०७३ बिहिबार 19.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– अब विनाशको समय धेरै समीप छ त्यसैले एक बाबासँग सच्चा प्रीत राख, कुनै देहधारीसँग होइन।”

    प्रश्न:

    जुन बच्चाहरूको सच्चा प्रीत एक बाबासँग छ, उनीहरूको लक्षण कस्तो हुन्छ?

    उत्तर:

    (१) उनीहरूको बुद्धियोग कुनै पनि देहधारी तर्फ जान सक्दैन। उनीहरू आपसमा एक अर्काको आशिक-माशूक बन्दैनन्। (२) जसको सच्चा प्रीत छ, उनीहरू सदा विजयी बन्छन्। विजयी बन्नु अर्थात् सत्ययुगको महाराजा-महारानी बन्नु। (३) प्रीत बुद्धि सदा बाबासँग सच्चा रहन्छन्। केही पनि लुकाउँदैनन्। (४) सधैं अमृतबेला उठेर प्रेमसँग बाबालाई याद गर्छन्। (५) दधीचि ऋषिले जस्तै सेवामा हड्डी दिन्छन्। (६) उनीहरूको बुद्धि दुनियाँको कुरामा भट्किन सक्दैन।

    गीतः–

    न वह हमसे जुदा होंगे...

    ओम् शान्ति।

    यो ब्रह्मा मुख वंशावली, ब्राह्मण कुल भूषण बच्चाहरूले प्रतिज्ञा गर्छन् किनकि यिनीहरूको प्रीति एक बाबासँग जुटेको छ। तिमीलाई थाहा छ– यो विनाशको समय हो। बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– विनाश त हुनु नै छ। विनाश कालमा जसको प्रीत बाबासँग छ, उसैले विजय प्राप्त गर्छ अर्थात् सत्ययुगको मालिक बन्छ। शिवबाबाले सम्झाउनुभएको छ– विश्वको मालिक त राजा पनि बन्छन्, प्रजा पनि बन्छन्, तर पोजिशनमा धेरै फरक छ। जति बाबासँग प्रीत राख्छौ, यादमा रहन्छौ, उति उच्च पद पाउँछौ। बाबाले सम्झाउनुभएको छ– बाबाको यादद्वारा नै तिम्रा विकर्महरूको बोझ भस्म हुन्छ। तिमीले लेख्न सक्छौ– विनाशकाले विपरीत बुद्धि... यो लेख्नलाई कुनै डरको कुरा छैन। बाबा भन्नुहुन्छ– म स्वयं भन्छु उनीहरूको विनाश हुन्छ र प्रीत बुद्धि हुनेको विजय हुन्छ। बाबाले एकदम स्पष्ट भनिदिनुहुन्छ। यस दुनियाँमा प्रीत त कसैको छँदै छैन। तिम्रो नै प्रीत छ। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! परमात्मा र श्रीकृष्णको महिमा अलग-अलग लेख्यौ भने सिद्ध हुन्छ– गीताका भगवान को? यो त आवश्यक छ नि। दोस्रो कुरा बाबाले सम्झाउनुहुन्छ– ज्ञानका सागर, पतित-पावन परमपिता हुनुहुन्छ या पानीका नदीहरू? ज्ञान गंगा हो वा पानीको गंगा? यो त धेरै सहज छ। दोस्रो कुरा– जब प्रदर्शनी गर्छौ, शुरुमा निमन्त्रणा दिनुपर्छ, गीता पाठ गर्नेहरूलाई। उनीहरू त धेरै छन्। उनीहरूलाई खास निमन्त्रणा दिनुपर्छ। जसले श्रीमत भगवत गीताको अभ्यास गर्छन्, उनलाई पहिले निमन्त्रण दिनुपर्छ किनकि उनैले भुलेका छन् र सबैलाई भुलाइरहेका छन्। उनलाई बोलाउनुपर्छ, अब आएर निर्णय गर्नुहोस् फेरि जो समझमा आयो त्यो गर्नुहोला। अनि मनुष्यले पनि बुझ्नेछन्– यिनले गीता पढ्नेलाई पनि बोलाउँछन्। सायद यिनीहरूको गीतामा नै प्रचार छ। गीताद्वारा नै स्वर्गको स्थापना भएको हो। गीताको धेरै महिमा छ तर भक्ति मार्गको गीता होइन। बाबा भन्नुहुन्छ– म तिमीलाई सत्य नै सत्य बताउँछु। मनुष्य जो अर्थ गर्छन्, त्यो बिल्कुल गलत छ। कसैले पनि सत्य भन्दैनन्, मैले नै सत्य बताउँछु। परमात्मालाई सर्वव्यापी भन्नु पनि सत्य होइन। यो सबै विनाश हुनेछ, कल्प-कल्प विनाश हुन्छ । तिमीलाई मुख्य कुरा यो बुझाइन्छ। बाबा भन्नुहुन्छ– यूरोपवासी यादवहरूको छ विनाशकाले विपरीत बुद्धि। विनाशको लागि राम्रोसँग तयारी गरिरहेका छन् तर पत्थरबुद्धिले बुझ्न सक्दैनन्। तिमी पनि पत्थरबुद्धि थियौ, अब पारसबुद्धि बन्नु छ। पारसबुद्धि थियौ फेरि पत्थरबुद्धि कसरी बन्यौ! यो पनि आश्चर्य छ। बाबालाई भनिन्छ नै ज्ञानका सागर, दयालु। बाँकी जसले आफ्नै कल्याण गर्न जान्दैनन्, उनले अरुको कल्याण कसरी गर्न सक्छन्! जसले ज्ञान नै धारण गर्दैनन् भने पद पनि त्यस्तै पाउँछन्। जो सेवाधारी छन्, उनैले उच्च पद पाउँछन्। उनलाई नै बाबा प्रेम गर्नुहुन्छ। नम्बरवार पुरूषार्थ अनुसार छन्। कतिले त यो पनि बुझ्दैनन्– मेरो बाबासँग प्रीत छैन त्यसैले पद पनि मिल्दैन। चाहे सहोदर बनून् या सौतेनी बनून्, विनाशकाले प्रीत बुद्धि हुँदैनन्, बाबालाई फलो गर्दैनन् भने गएर कम पद पाउँछन्। दैवी गुण पनि हुनुपर्छ। कहिल्यै झुटो बोल्नु हुँदैन। बाबा भन्नुहुन्छ– म सत्य भन्छु, जसले मसँग प्रीत गर्दैनन्, पद पनि मिल्दैन। कोसिस गरेर २१ जन्मको पूरा वर्सा लिनु छ। प्रदर्शनी, मेलामा पहिला गीता पाठ गर्नेलाई निमन्त्रणा दिनु छ किनकि ती भक्त हुन् नि। गीता-पाठीले अवश्य कृष्णलाई याद गर्छन् तर केही पनि बुझ्दैनन्। कृष्णले मुरली बजाए, राधे फेरि कहाँ गइन्? सरस्वतीलाई सितार दिएका छन्, मुरली फेरि कृष्णलाई दिएका छन्। मनुष्य भन्छन्– हामीलाई अल्लाहले पैदा गर्नुभयो, तर अल्लाहलाई चिनेकै छैनन्। यहाँको नै कुरा हो। यहाँ नै देवताहरूको राज्य थियो, उनीहरूका चित्र मन्दिरहरूमा पुजिन्छन्। बाँकी राजा आदिका सालिक बाहिर राख्छन्, जसमा पंक्षी आदिले फोहोर गरिदिन्छन्। लक्ष्मी-नारायण, राधे-कृष्ण आदिलाई कति फस्टक्लास ठाउँमा राख्छन्। उनलाई महाराजा-महारानी भनिन्छ, किङ्ग अंग्रेजी शब्द हो। कति लाखौं रूपैंया खर्च गरेर मन्दिर बनाउँछन् किनकि ती महाराजा पवित्र थिए। यथा राजा-रानी तथा प्रजा सबै पूज्य हुन्छन्। तिमी नै पूज्य फेरि पुजारी बन्छौ। त्यसैले पहिलो कुरा हो, बाबालाई याद गर्नु। बाबालाई याद गर्ने अभ्यास गर्नाले धारणा हुन्छ। एकसँग प्रीत छैन भने फेरि अरु-अरुसँग लाग्छ। यस्ता-यस्ता बच्चीहरू छन्, जो एक अर्कालाई यति प्रेम गर्छन्, यति शिवबाबालाई पनि गर्दैनन्। शिवबाबा भन्नुहुन्छ– तिमीले बुद्धियोग मसँग लगाउनु छ या एक अर्कामा आशिक-माशूक बन्नु छ? मलाई बिल्कुलै भुल्छौ। तिमीले त बुद्धियोग मसँग जोड्नु छ, यसमा मेहनत लाग्छ। बुद्धि टुट्दैन। शिवबाबाको साटो दिन-रात एक अर्कालाई नै याद गरिरहन्छन्। बाबाले नाम सुनाउनुभयो भने विश्वासघाती बन्छन्, फेरि गाली गर्न पनि बेर लगाउँदैनन्। यी बाबालाई गाली गरेमा शिवबाबाले पनि झट्ट सुन्नुहुन्छ। ब्रह्माद्वारा पढेनन् भने शिवबाबासँग पनि पढ्न सक्दैनन्। ब्रह्मा विना त शिवबाबाले पनि सुन्न सक्नुहुन्न, त्यसैले भन्नुहुन्छ– साकारसँग गएर सोध। कति राम्रा-राम्रा बच्चाहरू छन्, जसले साकारलाई मान्दैनन्। सम्झन्छन्– यी त पुरूषार्थी हुन्। पुरूषार्थी त सबै हुन् तर तिमीले अनुसरण त माता-पितालाई नै गर्नु छ। कसैले त सम्झाएपछि बुझ्छन्, कसैको तकदिरमा छैन भने बुझ्दैनन्। सेवाधारी बन्दैनन्। तर बुद्धि एक बाबासँग राख्नुपर्ने हुन्छ। आजकल धेरै निस्केका छन्, जसले भन्छन्– म भित्र मम्मा, शिवबाबा आउनुहुन्छ। यसमा बडो सम्हाल हुनुपर्छ। मायाको धेरै प्रवेशता हुन्छ, जसमा पहिले श्री नारायण आदि आउँथे, उनीहरू पनि आज छैनन्। केवल प्रवेशताद्वारा केही हुँदैन। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। बाँकी म भित्र यो आउँछ, त्यो आउँछ... यो सबै माया हो। मेरो याद नै हुँदैन भने प्राप्ति के हुन्छ? जबसम्म बाबासँग सीधा योग राख्दैनौ भने पद कसरी पाउँछौ? धारणा कसरी हुन सक्छ?

    बाबा भन्नुहुन्छ– तिमीले म एकलाई याद गर। ब्रह्माद्वारा नै मैले सम्झाउँछु, ब्रह्माद्वारा नै स्थापना भएको हो। त्रिमूर्ति पनि अवश्य हुनुपर्छ। कोही त ब्रह्माको चित्र देखेर रिसाउँछन्। कति फेरि कृष्णको ८४ जन्म सुनेर रिसाउँछन्। चित्र च्याति पनि दिन्छन्। अरे! यी चित्र त बाबाले बनाउनुभएको हो। त्यसैले बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ– नभुल, केवल बाबालाई याद गर्दै गर। बाँधेलीले पनि पुकार गर्र्नु पर्दैन। घरमा बसेर बाबालाई याद गरिराख। बाँधेलीलाई त झन् उच्च पद मिल्न सक्छ। तिमी बच्चाहरूलाई ज्ञान दिनेवाला हुनुहुन्छ नै एक ज्ञानसागर। आध्यात्मिक ज्ञान एक बाबा सिवाय अरु कसैमा छँदै छैन। ज्ञानका सागर एक परमपिता परमात्मा नै हुनुहुन्छ, उहाँलाई नै मुक्तिदाता भनिन्छ, यसमा डराउनुपर्ने के कुरा छ? बाबाले बच्चाहरूलाई सम्झाउनुहुन्छ, बच्चाहरूले फेरि अरुलाई सम्झाउनु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने सद्गति पाउँछौ। सत्ययुगमा हुन्छ रामराज्य, कलियुगमा छैन। सत्ययुगमा त एकै राज्य हुन्छ। यी सबै कुरा तिमीहरूमा पनि नम्बरवार हुन्छ, जसको बुद्धिमा धारणा भएको छ। जसलाई धारणा हुँदैन, विनाशकाले विपरीत बुद्धि भनिन्छ, पद पाउन सक्दैनन्। विनाश त सबैको हुनु छ। यो शब्द कम छ र! शिवबाबा भन्नुहुन्छ– विनाशकाले प्रीत बुद्धि बन। यो तिम्रो अन्तिम जन्म हो, यसमा यदि तिमीले प्रीत राख्दैनौ भने पद पनि मिल्दैन। सच्चा दिलमा साहेब राजी हुनुहुन्छ। दधीचि ऋषिले जस्तै सेवामा हड्डी दिनु छ। कहिले कुनैमा ग्रहचारी बस्छ भने नशा नै उड्छ, फेरि अनेक प्रकारका तुफान आइरहन्छन्। मुखबाट भन्छन् यस भन्दा त लौकिकको पासमा जाऊँ, यहाँ त कुनै मजा छैन। वहाँ त नाटक, फिल्म आदि खुब छन्, जो यी कुरामा बानी परेका छन्, उनीहरू यहाँ टिक्न सक्दैनन्, बडो मुश्किल छ। हो, पुरूषार्थद्वारा उच्च पद पनि पाउन सक्छन्, खुशीमा रहनुपर्छ। बाबा स्वयं भन्छन्– सबेरै उठेर बसिनँ भने आनन्द नै आउँदैन। पल्टिरहँदा कहिलेकाहीँ निद्रा आउँछ। उठेर बस्दा राम्रा प्वाइन्टहरू निस्किन्छन्, बडो आनन्द आउँछ।

    अब बाँकी थोरै दिन छ, हामीले विश्वको बादशाही लिइरहेका छौं, बाबाद्वारा। यो कुरा बसेर याद गरियो भने पनि खुशीको पारा चढिरहन्छ। सबेरै चिन्तन चल्छ भने दिनमा पनि खुशी रहन्छ। यदि खुशी रहँदैन भने अवश्य बाबासँग प्रीत बुद्धि छैन। अमृतबेला एकान्त राम्रो हुन्छ। जति बाबालाई याद गर्छौ, उति खुशीको पारा चढ्छ। यस पढाइमा ग्रहचारी बस्छ किनकि बाबालाई बिर्सिन्छन्। बाबाबाट वर्सा लिनु छ भने मनसा-वाचा-कर्मणा सेवा गर्नु छ। यस सेवामा नै यो अन्तिम जन्म व्यतीत गर्नु छ। यदि अरु दुनियाँको कुरामा लाग्यौ भने फेरि यो सेवा कहिले गर्छौ! भोलि-भोलि गर्दागर्दै मर्छौ। बाबा आउनुभएको हो नै स्वर्गमा लैजानको लागि। यहाँ त लडाईंमा कति मर्छन्, कतिलाई दुःख हुन्छ। वहाँ त लडाईं आदि हुँदैन। यो सबै पछाडिको हो, सबै समाप्त हुनु छ। अनाथ यसरी मर्छन्, सनाथ जो छन् उनले राज्य भाग्य पाउँछन्। प्रदर्शनीमा पनि सम्झाउनु छ– हामीले आफ्नो कमाईद्वारा, आफ्नै तन-मन-धनद्वारा आफ्नो राज्य स्थापना गरिरहेका छौं। हामीले भीख माग्दैनौं, आवश्यकता नै छैन। धेरै भाइ-बहिनीहरू मिलेर राजधानी स्थापना गर्छौं। उनीहरूले करोड जम्मा गरेर आफ्नै विनाश गर्छन्, हामीले पाई-पाई जम्मा गरेर विश्वको मालिक बन्छौं। कति अद्भुत कुरा छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    धारणाको लागि मुख्य सारः

    १) अमृतबेला एकान्तमा बसेर बाबालाई प्रेमसँग याद गर्नु छ। सांसारिक कुरालाई छोडेर ईश्वरीय सेवामा लाग्नु छ।

    २) बाबासँग सच्चा दिल राख्नु छ। आपसमा एक-अर्काको आशिक-माशूक बन्नु छैन। प्रीत एक बाबासँग जोड्नु छ, देहधारीहरूसँग होइन।

    वरदान:

    यस हीरा-तुल्य युगमा हीरा देख्ने र हीरो पार्ट खेल्ने तीव्र पुरूषार्थी भव:-

    जसरी जुहारीको नजर सदा हीरामा रहन्छ, तिमीहरू पनि सबै जुहारी हौ, तिम्रो नजर पत्थरतर्फ नजाओस्, हीरालाई हेर। हरेकको विशेषतामा नै नजर जाओस्। संगमयुग हो पनि हीरातुल्य युग। पार्ट पनि हीरो, युग पनि हीरातुल्य, त्यसैले हीरा नै हेर तब आफ्नो शुभ भावनाका किरणहरू सबैतर्फ फैलाउन सक्छौ। वर्तमान समय यसै कुराको विशेष ख्याल हुनुपर्छ। यस्तो पुरूषार्थीलाई नै तीव्र पुरूषार्थी भनिन्छ।

    स्लोगन:

    वायुमण्डल वा विश्वलाई परिवर्तन गर्नु भन्दा पहिले स्व-परिवर्तन गर।

    ***OM SHANTI***