BK Murli 27 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 27 May 2016 Nepali

    १४ जेष्ठ २०७३ शुक्रबार 27.05.2016 बापदादा मधुबन

    “मीठे बच्चे– आफूले आफैंसँग सोध, म कति समय बाबाको यादमा रहन्छु? देही-अभिमानी स्थिति कति समय रहन्छ?”   

    प्रश्न:

    तकदिरवान बच्चाले नै बाबाको कुनचाहिँ निर्देशन पालन गर्छ?

    उत्तर:

    बाबाको निर्देशन छ– मीठे बच्चे! आत्म-अभिमानी भव। तिमी सबै आत्माहरू पुरूष हौ, स्त्री होइनौ। तिम्रो आत्मामा नै सारा पार्ट भरिएको छ। अब यही मेहनत वा अभ्यास गर– म कसरी देही-अभिमानी रहन सक्छु? यही उच्च लक्ष्य हो।

    गीतः–

    तकदीर जगाकर आई हूँ....

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले गीत सुन्यौ। रुहानी बच्चा अर्थात् जीवका आत्माहरूले भने– हामीले नयाँ दुनियाँको तकदिर अर्थात् स्वर्गको तकदिर बनाएर रुहानी बाबासँग बसेका छौं। अब बच्चाहरूले रुहानी-अभिमानी अर्थात् आत्म-अभिमानी बन्नु छ। ठूलो भन्दा ठूलो मेहनत यो हो। आफूलाई आत्मा सम्झ र यस्तो सम्झ– म आत्माले ८४ जन्म लिएको हुँ। कहिले बेरिस्टर, कहिले के, कहिले के बनेको हुँ। आत्मा पुरूष हो, सबै भाइ-भाइ हुन्, नकि दिदी-बहिनी। आत्माले भन्छ– यो मेरो शरीर हो त्यसैले यस हिसाबले आत्मा पुरूष, यो शरीर स्त्री भयो। हरेक कुरालाई राम्रोसँग बुझ्नु छ। बाबाले बडो विशाल, महिन बुद्धि बनाउनुहुन्छ। अहिले तिमीले जानेका छौ– म आत्माले ८४ जन्म लिएको छु। संस्कार राम्रो वा नराम्रो आत्मामा रहन्छ। ती संस्कारहरू अनुसार शरीर पनि यस्तो मिल्छ। सारा हिसाब आत्मामाथि छ। यसमा धेरै ठूलो मेहनत छ। जन्म-जन्मान्तर लौकिक बाबालाई याद गर्यौ, अब पारलौकिक बाबालाई याद गर्नु छ। आफूलाई घरी-घरी आत्मा सम्झिनु छ। हामी आत्माले यो शरीर लिन्छौ। अहिले हामी आत्माहरूलाई बाबाले पढाउनुहुन्छ। यो हो रुहानी ज्ञान, जुन रुहानी बाबाले दिनुहुन्छ। पहिलो मुख्य कुरा हो बच्चाहरू देही-अभिमानी भएर रहनु छ। देही-अभिमानी भएर रहनु– यो बडो उच्च लक्ष्य हो, ज्ञान उच्च होइन। ज्ञानमा मेहनत छैन। सृष्टिचक्रलाई जान्नु– यो हो इतिहास-भूगोल। उच्च भन्दा उच्च बाबा हुनुहुन्छ, फेरि छन् सूक्ष्मवतनका देवताहरू। विश्वको इतिहास-भूगोल त मनुष्य सृष्टिमा हुन्छ। मूलवतन, सूक्ष्मवतनमा कुनै इतिहास-भूगोल हुँदैन। त्यो हो नै शान्तिधाम। सत्ययुग हो सुखधाम, कलियुग हो दुःखधाम। यहाँ रावण राज्यमा कसैलाई शान्ति मिल्न सक्दैन। अब तिमी बच्चाहरूलाई ज्ञान मिलेको छ– हामी आत्माहरू हौं नै शान्तिधाममा रहनेवाला। यी अंगहरू कर्म गर्नका लागि हुन्। चाहे कर्म गरुन्, चाहे नगरुन्। हामी त आत्मा हौं, हाम्रो स्वधर्म शान्ति हो। कर्मयोगी हौं नि। कर्म पनि अवश्य गर्नु छ। कर्म-संन्यासी कहिल्यै हुन सकिँदैन। यो पनि यी संन्यासीहरूको पार्ट हो। घरबार छोडेर जान्छन्, खाना पकाउँदैनन्, गृहस्थीहरूसँग भिक्षा माग्छन्। फेरि पनि ती गृहस्थीहरू कहाँ खान्छन्। घरबार छोडेर, कर्म त फेरि पनि गर्छन्। कर्म-संन्यास त हुन सक्दैन। कर्म-संन्यास तब हुन्छ, जब आत्मा शान्तिधाममा रहन्छ। वहाँ कर्मन्द्रियहरू नै हुँदैनन् भने कर्म कसरी गर्ने? यसलाई कर्म क्षेत्र भनिन्छ। कर्म क्षेत्रमा सबै आउनुपर्छ। त्यो हो शान्तिधाम अथवा मूलवतन। यस्तो होइन, ब्रह्ममा आत्मालाई लीन हुनु छ। आत्माहरू शान्तिधामको निवासी हुन् फेरि यहाँ कर्मक्षेत्रमा पार्ट खेल्न आउँछन्। यो हो विस्तृत कुरा। छोटकरीमा त भनिन्छ, आफूलाई आत्मा निश्चय गर अनि बाबालाई याद गर, तब विकर्म विनाश हुन्छ। यसैलाई नै भारतको प्राचीन योग भनिन्छ। वास्तवमा यसलाई योग पनि होइन, याद भन्नुपर्छ। यसमा मेहनत छ। योगी धेरै कम बन्छन्। योगको शिक्षा पहिला चाहिन्छ, पछि ज्ञान। पहिला मुख्य हो बाबाको याद। 

    बाबा भन्नुहुन्छ– देही-अभिमानी बन, यो हो रुहानी यादको यात्रा। ज्ञानको यात्रा होइन, यसमा धेरै मेहनत गर्नुपर्छ। कोही त बी.के. कहलाउँछन् तर बाबालाई याद गर्दैनन्। बाबा आएर ब्रह्माद्वारा तिमी बच्चाहरूलाई देही-अभिमानी बनाउनुहुन्छ। यिनी देह-अभिमानी थिए। अहिले देही-अभिमानी बन्ने पुरूषार्थ चलिरहेको छ। ब्रह्मा कुनै भगवान होइनन्। यहाँ त सबै मनुष्य मात्र पतित छन्। पावन श्रेष्ठाचारी एउटा पनि छैनन्। आत्माको लागि नै भनिन्छ पुण्य-आत्मा, पाप-आत्मा। मनुष्यले पनि भन्छन् मेरो आत्मालाई हैरान नगर। तर बुझ्दैनन् म को हुँ? सोध्ने गरिन्छ– हे जीवका आत्मा! तिमीले के धन्दा गर्छौ? भन्छन्– म आत्माले यो शरीरद्वारा फलानो धन्दा गर्छु। सबैभन्दा पहिला यो निश्चय गरेर बाबालाई याद गर। यो रुहानी ज्ञान सिवाय बाबाको कसैले दिन सक्दैन। बाबा आएर देही-अभिमानी बनाउनुहुन्छ। यस्तो होइन, ज्ञानमा कोही अगाडि जान्छ भने ऊ पक्का देही-अभिमानी बनेको हुन्छ। देही-अभिमानी जो हुन्छ, उसले ज्ञानलाई राम्रोसँग धारणा गरेको हुन्छ। बाँकी त धेरै छन् जसले ज्ञानलाई राम्रोसँग बुझेका छन्, तर शिवबाबाको याद भुल्छन्। घरी-घरी आफूलाई आत्मा सम्झिएर बाबालाई याद गर्नु छ, यसमा जिन्न जस्तो हुनुपर्छ। जिन्नको कथा छ। बाबाले पनि यो काम दिनुहुन्छ– मलाई याद गर, नत्र मायाले तिमीलाई खाइदिन्छ। माया हो जिन्न। जति बाबालाई याद गरिन्छ, उति विकर्म विनाश हुन्छ र तिमीलाई धेरै आकर्षण हुन्छ। मायाले उल्टो बनाएर तिमीलाई धेरै तूफानमा ल्याउँछ। बुद्धिमा यही याद रहोस्– म आत्मा बाबाको बच्चा हुँ। यो खुशीमा रहनु छ। 

    देह-अभिमानमा आउनाले मायाले थप्पड लगाउँछ। हातमताईको खेल पनि देखाउँछन्। मुहलरा राखेपछि हराउँछ। तिमीलाई पनि मायाले हैरान गर्दैन, यदि बाबाको यादमा बस्छौ भने। यसैमा नै युद्घ चल्छ। तिमीले पुरूषार्थ गर्छौ याद गर्ने तर मायाले यसरी नाकलाई समात्छ, जसकारण याद गर्न दिँदैन। तिमी हैरान भएर सुत्छौ। यति मायासँग युद्घ चल्छ। बाँकी विश्वको इतिहास-भूगोल त धैरै सरल छ। तिमीलाई घरी-घरी भनिन्छ– हमेसा सम्झ अब हाम्रो ८४ जन्म पूरा भयो, अब हामी जान्छौं बाबासँग मिलन गर्न। यो याद रहन मुश्किल छ। बाँकी कसैलाई सम्झाउन कुनै मुश्किल हुँदैन। यस्तो होइन, मैले त धेरै राम्रो सम्झाउँछु। पहिलो मुख्य कुरा नै छ यादको। प्रदर्शनीमा धेरै आउँछन्। सबैभन्दा पहिला यो पाठ सिकाउनु छ– आफूलाई आत्मा निश्चय गरेर बाबालाई याद गर, तब तमोप्रधानबाट सतोप्रधान बन्छौ। पहिलो पाठ नै यो दिनु छ। भारतको प्राचीन योग कसैले सिकाउन सक्दैन। बाबा जब आएर सिकाउनुहुन्छ, तब सिक्न सकिन्छ। मनुष्यले मनुष्यलाई राजयोग सिकाउन सक्दैन, असम्भव छ। सत्ययुगमा त हुन्छ नै पावन, वहाँ त प्रारब्ध भोग्छन्। वहाँ ज्ञान-अज्ञानको कुरै हुँदैन। भक्तिमार्गमा नै बाबालाई पुकार्छन्– आएर दुःख हरेर सुख दिनुहोस्। सत्ययुग त्रेतामा कुनै गुरू गोसाइँ हुँदैनन्। वहाँ त सद्गति पाइसकेका हुन्छन्। सद्गतिको वर्सा २१ जन्मको लागि तिमीले पाउन सक्छौ। २१ पिँढी, भन्छन् ब्रह्माकुमारी त्यो हो जसले २१ पिँढीको उद्घार गरोस्। यो यहाँ नै गायन गरिन्छ। यहाँ नै तिमीलाई २१ पिँढीको वर्सा मिल्छ। वहाँ तिमी एउटै देवी-देवता धर्मका हुन्छौ, अरु कुनै धर्म हुँदैन। बाबा आएर तिमीलाई मनुष्यबाट देवता बनाउनुहुन्छ। पवित्र नभएसम्म हामी फर्केर जान कसरी सक्छौं? यहाँ त सबै विकारी, पतित छन्। जो-जो धर्म स्थापक छन्, उनीहरूले फेरि पालना गर्छन्। उनीहरूको धर्मको वृद्घि हुँदै जान्छ। फर्केर कोही पनि जान सक्दैन। एउटा पनि कलाकार फर्केर जान सक्दैन। सबैलाई सतोप्रधान, सतो-रजो-तमोमा आउनु नै छ। ब्रह्माको लागि पनि भन्छन्– ब्रह्माको दिन, ब्रह्माको रात। के सृष्टिमा एक्लै ब्रह्मा मात्र होलान् त? अहिले तिमी ब्राह्मण कुलको बनिरहेका छौ। तिमी रातमा थियौ, अब दिनमा गइरहेका छौ।

    तिमीलाई सम्झाइएको छ– कति समय पूज्यपनमा रहन्छौ, कति जन्म पुजारी बन्छौ। जबसम्म बाबा आउनुहुन्न, तबसम्म कोही भ्रष्टाचारीबाट श्रेष्ठाचारी बन्न सक्दैन। भ्रष्टाचारी उसलाई भनिन्छ, जो विकारबाट पैदा हुन्छन्। त्यसैले यसलाई नर्क भनिन्छ। स्वर्ग र नर्क दुवैमा यदि दुःख भयो भने फेरि त उसलाई स्वर्ग नै नभनौं। जबसम्म पूरा बुझेको हुँदैनन्, उल्टो-सुल्टो प्रश्न गर्छन्। तिमीले सम्झाउनु छ– भारतवर्ष धेरै उच्च थियो। जसरी ईश्वरको महिमा अपरमअपार छ, त्यसैगरी भारतको पनि महिमा अपरमअपार छ। भारत के थियो, यस्तो कसले बनायो? बाबाले, जसको महिमा गाउँछन्। बाबा नै आएर बच्चाहरूलाई विश्वको मालिक बनाउनुहुन्छ। मनुष्य मात्रलाई दुर्गतिबाट सद्गतिमा लैजानुहुन्छ। शान्तिधाममा लिएर जानुहुन्छ, जसको लागि नै मनुष्यहरूले पुरूषार्थ गर्छन्। त्यसलाई अटल सुख, अटल शान्ति, अटल पवित्रता भनिन्छ। वहाँ तिमी सुखमा पनि हुन्छौं, शान्तिमा पनि हुन्छौं र बाँकी आत्माहरू शान्तिमा रहन्छन्। सबैभन्दा बढी जन्म तिमीले लिन्छौ। बाँकी कमवाला अटल शान्तिमा रहन्छन्। उनीहरू मानौं लामखुट्टे सरह आएर एक-आधा जन्म पार्ट खेल्छन्, त्यसको के महत्व? त्यसको कुनै महत्व हुँदैन। लामखुट्टेको के महत्व छ? रातमा नै जन्म लिन्छन्, रातमा नै मर्छन्। यस समयमा धेरै जसोले शान्ति नै चाहन्छन् किनकि यस समयका गुरूहरू हुन्, शान्तिमा जानेवाला। 

    तिमी यहाँ आएका छौ– स्वर्गवासी बन्नको लागि। स्वर्गवासीलाई शान्तिवासी भनिँदैन। शान्तिवासी निराकारी दुनियाँलाई भनिन्छ। मुक्ति शब्द गुरूहरूबाट सिक्छन्। माताहरूले व्रतमा नियम राख्छन्–वैकुण्ठ पुरीमा जानको लागि। कोही मर्यो भने पनि भन्छन्– स्वर्गवासी भयो। कुनै हुने होइन तर यस्तो मान्छन्। सम्झन्छन्– दुनियाँ वैकुण्ठ थियो। शिवबाबा यहाँ नै आएर स्वर्गको रचना रच्नुहुन्छ। अवश्य यहीँ नै रच्नुहुन्छ। स्वर्गमा त आउनुहुन्न। भन्नुहुन्छ– म आउँछु स्वर्ग र नर्कको संगममा। कल्प-कल्पको संगममा आउनुहुन्छ। उनीहरूले फेरि युगे-युगे लेखिदिएका छन्। कल्प शब्द भुलेका छन्। यो पनि खेल बनेको छ, फेरि त्यहीँ दोहोरिन्छ। यस अन्तिम जन्ममा तिमीले बाबालाई र सृष्टिचक्रलाई जानेका छौ। कसरी स्थापना हुन्छ नम्बरवार, सो अहिले तिमीले जान्दछौ। यो सारा खेल तिमीहरूको नै बनेको छ। अहिले तिमीले बाबाद्वारा राजयोग सिक्छौ। बाबाको यादबाट नै राज्य पाउँछौ। चित्रहरू पनि छन् नि। यी सबै चित्र कसले बनायो? यिनका कोही गुरू गोसाइँ त छैनन्। यदि कोही गुरू हुन्थे भने पनि गुरूका एउटै शिष्य मात्र कहाँ हुन्थे र। अनेक हुन्थे नि। यो ज्ञान सिवाय एक बाबाको अरु कसैले जान्न सक्दैन। धेरैले सोध्छन्– यी चित्र तिम्रो दादाले बनाउन लगाएका हुन्? यो त बाबाले दिव्य दृष्टिले साक्षात्कार गराउनुभएको हो। वैकुण्ठको पनि साक्षात्कार गराउनुभएको छ। वहाँ कसरी विद्यालय चल्छ, के भाषा हुन्छ, सबै साक्षात्कार गरेका छन्। बच्चाहरू भट्ठीमा थिए, तब बाबाले बच्चाहरूलाई बहलाउनुहुन्थ्यो। कराचीमा केवल तिमी नै अलग रहेका थियौ, मानौं आफ्नै राजाई थियो। आफ्नो तात, आफ्नो बात... अरु कसैले बुझ्नै सक्दैनथ्यो। सम्झिन्थे– यी खुदाप्रस्त हुन्। बाबाले सम्झाउनुभएको छ– तिमी हौ नन्स। एक बाबा, दोस्रो न कोही (नन बट वन)। एक बाबा सिवाय अरु कसैको याद गर्नु छैन। ती नन्सले क्राइस्टलाई मात्र जानेका हुन्छन्, उनी सिवाय कसैलाई होइन।

    तिमीलाई थाहा छ– वर्सा एक शिवबाबाबाट मिल्छ। शिवबाबा त हुनुहुन्छ नै बिन्दु। उहाँले पनि कोहीद्वारा नै सम्झाउनुहुन्छ नि। प्रजापिता ब्रह्मा त अवश्य यहाँ हुनुहुन्छ। बाबा भन्नुहुन्छ– यिनको धेरै जन्मको अन्त्यको जन्ममा पतित शरीरमा प्रवेश गर्छु। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) ज्ञानलाई राम्रोसँग धारण गरेर देही-अभिमानी बन्नु छ। यही मेहनत गर्नु छ। यो नै उच्च लक्ष्य हो। यही मेहनतले आत्मालाई सतोप्रधान बनाउनु छ।

    २) जिन्न बनेर यादको यात्रा गर्नु छ। मायाले जति सुकै विघ्न पारोस् तर मुखमा मुलहरा राख्नु छ। मायाबाट हैरान हुनु छैन। एकको यादमा रहेर तूफान हटाउनु छ।

    वरदान:

    बाबा समान आफ्नो हरेक बोल र कर्मलाई यादगार बनाउने दिलतख्तनशीन सो राज्य तख्तनशीन भव:-   

    जसरी बाबाद्वारा जुन बोली निस्किन्छ त्यो यादगार बन्छ, त्यसैगरी जो बाबा समान हुन्छ उसले जे बोल्छ, त्यो सबैको दिलमा बस्छ अर्थात् यादगार बन्न पुग्छ। उसले जुन आत्मा प्रति संकल्प गर्छ, उसको दिललाई लाग्छ। उसका दुई शब्द पनि दिललाई राहत दिनेवाला हुन्छन्, उससँग समीपताको अनुभव हुन्छ। त्यसैले उसलाई सबैले आफ्नो सम्झन्छन्। यस्ता समान बच्चा नै दिल तख्तनशीन सो राज्य तख्तनशीन बन्छन्।

    स्लोगन:

    आफ्नो उड्ती कलाद्वारा हर समस्यालाई विना कुनै अवरोध पार गर्ने उड्ता पंक्षी बन।  



    ***OM SHANTI***