BK Murli 29 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 29 May 2016 Nepali

    १६ जेष्ठ २०७३ आइतबार 29.05.2016 बापदादा मधुबन

    संकल्प शक्तिको महत्व


    बापदादा सबै बच्चाहरूको अन्तिम अवस्था अर्थात् सम्पन्न र सम्पूर्ण अवस्था– यही शक्तिशाली स्थितिको अनुभव गराउनुहुन्छ। यस स्थितिमा सदा मास्टर सर्वशक्तिमान, मास्टर ज्ञान सागर, सर्व गुणहरूले सम्पन्न, हर संकल्पमा, हर श्वासमा, हर सेकेण्ड सदा साक्षी द्रष्टा र सदा बाबाको साथीपनको, सर्व ब्राह्मण परिवारको श्रेष्ठ आत्माहरूको स्नेह, सहयोगको साथीपनको सदा अनुभव हुन्छ। यस्तो अनुभूति हुन्छ, जस्तै विज्ञानको साधनहरूद्वारा टाढाको वस्तु नजिक अनुभव गर्छौ। यस्तै दिव्य बुद्धिद्वारा जतिसुकै टाढा रहने आत्माहरूलाई पनि समीप अनुभव गर्छौ। जस्तै स्थूलमा साथ रहने आत्मालाई स्पष्ट देख्छौ, बोल्छौ, सहयोग दिन्छौ र लिन्छौ, यस्तै चाहे अमेरिकामा बसेको आत्मा होस् तर दिव्य-दृष्टि, दिव्य दृष्टि, ट्रान्स होइन, रुहानियत भरिएको दिव्य दृष्टि– जुन दृष्टिद्वारा स्वाभाविक रुपमा आत्मा र आत्माहरूका पिता देखिन्छ। आत्मालाई देखुँ– यो मेहनत गर्नु पर्दैन, पुरूषार्थ गर्नु पर्दैन। हुँ नै आत्मा, सबै आत्माहरू हुन्। शरीरको भान यसरी बिर्सिन्छौ, जसरी द्वापरबाट आत्माको भान बिर्सिएका थियौ। आत्मा बाहेक केही देखिँदैन। आत्मा चलिरहेको छ, आत्माले गरिरहेको छ। सदा मस्तक मणि तर्फ नै तनको आँखा वा मनको आँखा जान्छ। बाबा र आत्माहरू– यही स्मृति निरन्तर, स्वाभाविक हुन्छ। त्यस समयको भाषा के हुन्छ? श्रेष्ठ संकल्पको भाषा हुन्छ। भाषण गर्नेवाला होइन, आत्मिक आकर्षण गर्नेवाला हुन्छ। बोलेर होइन, स्थितिद्वारा, श्रेष्ठ जीवनको दर्पणद्वारा सहज नै स्वरुपको अनुभव गराउँछौ। मुखले नभएर नयन नै स्वरुप अनुभव गराउने साधन बन्न जान्छ। नयनको भाषा संकल्पको भाषा हो। संकल्प शक्तिले तिम्रो मुखको आवाजको गति भन्दा पनि तीव्र गतिले कार्य गर्छ। त्यसैले श्रेष्ठ संकल्पको शक्तिलाई यस्तो स्वच्छ बनाऊ, अलिकति पनि व्यर्थको अस्वच्छता नहोस्। यसलाई भनिन्छ लाइन क्लीयर।

    यस संकल्प शक्तिद्वारा धेरै कार्य सफल हुने सिद्धिको अनुभव गर्नेछौ। जुन आत्माहरूलाई, जे स्थूल कार्य वा सम्बन्ध सम्पर्कमा आउने आत्माहरूको संस्कारलाई, मुखद्वारा वा अन्य साधनहरूद्वारा परिवर्तन गर्दा पनि सम्पूर्ण सफलताको अनुभव गर्दैनौ, ती सबै आशाहरू संकल्प शक्तिद्वारा सम्पूर्ण सफल यसरी हुन पुग्छ, मानौं पहिले नै भइसकेको थियो। चारैतर्फ जसरी स्थूल आकाशमा भिन्न-भिन्न सितारा देख्छौ, त्यस्तै विश्वको वायुमण्डलको आकाशमा चारैतर्फ सफलताको सितारा चम्किरहेको देख्नेछौ। वर्तमान समय आशाको तारा र सफलताको तारा दुवै रुपमा देखिन्छौ तर अन्तिम समय, अन्तिम स्थिति, बाबाको अन्त्यमा डुबेको श्रेष्ठ स्थितिमा सफलताको सितारा नै हुनेछौ। यी रुहानी नयन, यी रुहानीमूर्त यस्तो दिव्य दर्पण बन्नेछ, जुन दर्पणमा हर आत्मा विना मेहनत आत्मिक स्वरुप नै देखिनेछ। सेकेण्डमा यस दर्पणद्वारा आत्मिक स्वरुपको अनुभव गर्ने भएकाले बाबा तर्फ आकर्षित हुँदै अहो प्रभु! को गीत गाउँदै, देहभानबाट सहज अर्पण हुन्छन्। अहो तपाईंको भाग्य! अहो मेरो भाग्य! यस भाग्यको अनुभूतिको कारण देह र देहको सम्बन्धको स्मृतिको त्याग गरिदिनेछौ किनकि भाग्यको अगाडि त्याग गर्न अति सहज छ।

    तिमीहरू सबै पनि यस सहज त्याग र भाग्यलाई लिन चाहन्छौ वा दिनेवाला बन्न चाहन्छौ? यो त सोच्दैनौ– यतिका वर्षहरूको मेहनत भन्दा त अन्त्य समयको सहज त्याग र भाग्यवाला बनौं, के मन पर्छ? अन्त्यमा सहज अनुभव अवश्य गनेछौ तर कति समयको अनुभव हुन्छ? जति कम समयको पहिचान, उति नै थोरै समयको लागि प्राप्ति। तिमीहरू सबै धेरै समयका साथी हौ, धेरै समयको राज्य अधिकारी हौ। अन्तिमम समयका कमजोर आत्माहरूलाई महादानी वरदानी बनेर अनुभवको दान र पुण्य गर। यही सेकेण्डको शक्तिशाली स्थितिद्वारा गरेको पुण्य आधाकल्पको लागि पूजनीय र गायन योग्य बनाइदिन्छ किनकि अन्तिम कालमा आत्माहरूको अन्तिम समयमा तिमी सम्पूर्ण आत्माहरूद्वारा प्राप्तिको अनुभव र सम्पूर्ण स्वरुपको प्रत्यक्षताको सम्पन्न स्वरुप– यही अन्तिम अनुभवको संस्कार लिएर आत्माहरू आधाकल्पको लागि आफ्नो घरमा विश्रामी हुन्छन्। केही प्रजा बन्छन्, केही भक्त बन्छन्। त्यसैले अन्त्यकाल जो अन्त मती सो द्वापरमा भक्तपनको गतिमा अर्थात् श्रेष्ठ भक्त मालाको शिरोमणि आत्मा बन्छन्। कोही विश्व अधिकारीको रुपमा देखिन्छन्, कोही प्रजा बन्ने संस्कारको कारण तिम्रो राज्यमा प्रजा बन्छन्। कोही अति पूज्य स्वरुपमा देखे भने भक्त आत्माहरू बन्छन्। यस्तो श्रेष्ठ स्थिति, जसद्वारा यति धेरै सिद्धि पाउँछौ, यस्तो श्रेष्ठताको अनुभव गरिरहेका छौ? संकल्पको खजानाको महत्वलाई जान्दै श्रेष्ठ संकल्पको शक्ति जम्मा गरिरहेका छौ? बुझ्यौ– अन्तिम स्थिति के हो?

    बापदादा पनि आवाज भन्दा पर जानुहुन्छ वा आवाजमा नै आउनुहुन्छ? अभ्यास गर– आवाजमा कम आउने तब आवाजबाट परको स्थितिले स्वतः नै आकर्षण गर्नेछ। पहिलो गेट त आवाजभन्दा पर जानेको नै खुल्छ नि। त्यसैले गेट खोल्ने उद्घाटन कहिले गर्छौ? अरु उद्घाटन त धेरै गर्छौ नि– मधुबनमा? यसको उद्घाटन बापदादा एक्लैले गर्नुहुन्छ वा साथमा गर्छौ? तयार छौ? अच्छा– फेरि अर्को पटक यसको हिसाब लिनेछु। हिसाब त लिनु पर्छ नि। अच्छा!

    यस्ता सर्व सिद्धि स्वरुप आत्माहरूलाई, संकल्प शक्तिद्वारा सबैको श्रेष्ठ कामनाहरूलाई पूर्ण गर्ने, स्वको सम्पन्न दर्पणद्वारा सर्व आत्माहरूलाई निजी स्वरुप देखाउने, बाबालाई प्रत्यक्ष गरेर सर्व शक्तिहरूको वरदानी स्वरुप पुण्य आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    टीचरहरूसँगः– यो सेवाधारी ग्रुप हो। टीचर्स होइनौ, सेवाधारी हौ। बाबा पनि सबैभन्दा पहिला सेवाधारी बनेर आउनुहुन्छ। सबैभन्दा ठूलो टाइटल बाबाले आफूमाथि विश्व सेवाधारीको नै राख्नु हुन्छ। जस्तो बाबाको टाइटल छ, त्यस्तै बच्चाहरूको पनि हो। सेवाधारी सम्झिनाले स्वतः नै निर्विघ्न हुन्छौ किनकि सेवाधारी अर्थात् त्यागी र तपस्वी। जहाँ त्याग र तपस्या छ, वहाँ भाग्य त उनको अगाडि दासी समान आउँछ नै। सबै सेवाधारी हौ नि। टिचर बनेर बस्नु छैन, सेवाधारी बनेर रहनु छ। नत्र के हुन्छ? यदि तिमीले आफूलाई टिचर सम्झन्छौ भने नयाँ आउनेले पनि अलिकति अगाडि बढेपछि आफूलाई टिचर सम्झिन थाल्छन्। टिचर सम्झिनाले नै सूक्ष्म यो कामना उत्पन्न हुन्छ– कुनै गद्दी मिलोस्, कुनै स्थान मिलोस्। यो पनि मायाको धेरै ठूलो विघ्न हो। टिचर हुँ त्यसैले सीट चाहियो, मान चाहियो, शान चाहियो। सेवाधारी दिनेवाला हुन्छन्, लिनेवाला होइन। त्यसैले जस्तो तिमी निमित्त आत्मा हुन्छौ, त्यस्तै अरुले पनि तिमीलाई देखेर सेवाधारी सदा रहन्छन्। फेरि चारैतर्फ त्याग र तपस्याको वातावरण रहन्छ। जहाँ त्याग र तपस्याको वातावरण छ, वहाँ सदा विघ्न विनाशकको स्थिति हुन्छ। त्यसैले सबै सेवाधारी हौ नि। टिचर सम्झियौ भने विद्यार्थीले भन्छन्– हामी पनि कम छैनौं। सेवाधारी सम्झिनाले सबै नम्बरवन पनि हुन्छन् भने एक अर्को भन्दा कम पनि हुँदैनन्। त्यसैले नाम पनि आफ्नो सेवाधारी सम्झ र सेवाधारी सम्झेर चल। सारा विघ्नहरूको जड हो– आफूलाई टिचर सम्झिएर स्टेज लिनु। फेरि फलो टिचर गर्छन्, फलो फादर गर्दैनन्।

    वृद्धि त गरिरहेका छौ, अब वृद्धिको साथसाथै विधिपूर्वक वृद्धि गर्दै जाऊ। विधि कम हुन्छ, त्यसैले वृद्धिमा विघ्न धेरै हुन्छ। त्यसैले विधि सम्पन्न वृद्धि प्राप्त गर्नेवाला बन। मेहनत राम्रो गरिरहेका छौ।

    पार्टीहरूसँगः– सबै सदा सुखका सागर बाबाको स्मृतिमा रहँदै सुख स्वरुपको अनुभव गर्छौ? किनकि सुखका सागरका बच्चा हौ। जसरी बाबा सुखका सागर हुनुहुन्छ, त्यस्तै बच्चा पनि सुख स्वरुप हौ। मास्टर हौ नि। त्यसैले सदा दुःखको दुनियाँमा रहेर पनि सुख स्वरुप। मास्टर हौ नि। कहिल्यै पनि दुःखको लहर त आउँदैन? चाहे दुनियाँमा जतिसुकै दुःख अशान्तिको प्रभाव होस् तर तिमी न्यारा र प्यारा छौ किनकि तिमी सुखका सागरको साथमा छौ। यस्तो सदा सुखी, सदा सुखको झुलामा झुल्ने आफूलाई अनुभव गर्छौ? संकल्पमा पनि दुःख नहोस्। दुःखको संकल्प आउनु, यो पनि मास्टर सुखको सागरका बच्चाहरूलाई नहोस् किनकि आत्मा दुःखको दुनियाँबाट किनारा गरेर संगममा पुगिसक्यो। किनारा छोडिसक्यौ हैन? छोडेका छौ वा अझै पनि दुःखको दुनियाँमा छौ? कुनै धागो बाँधिएको त छैन नि? सबै धागो चुँडिसकेका छन्? जब सबै धागाहरू चुँडिसकेका छन् भने सुखको सागरमा लहराइराख।

    २) नम्बरवन तकदिरवान आत्माको निशानीहरू

    १. नम्बरवन तकदिरवान आत्मा सर्व प्राप्ति स्वरुप हुन्छन्।

    २. सर्व गुण, सर्व खजाना, सर्व शक्तिमा सदा प्राप्तिहरूको झुलामा झुलिरहन्छन्।

    ३. अहिले देखि नै उनको जीवनमा कुनै पनि अप्राप्त वस्तु हुँदैन। हर सेकेण्ड, हर श्वास, हर संकल्प अखुट खजाना प्राप्त गर्नेवाला हुन्छन्।

    ४. उनलाई जीवनको हर कदममा चढ्ती कलाको अनुभूति हुन्छ।

    ५. उनलाई चारैतर्फ अनेक प्रकारका खजानै खजाना देख्नमा आउँछ।

    ६. उनलाई हर आत्मा अति स्नेही अनादि सम्बन्ध (भाइ-भाइ) को स्वरुपबाट आफ्नो लाग्छ।

    ७. उनको मनमा हर आत्मा प्रति यही शुभ भावना, शुभ कामना इमर्ज रुपमा रहन्छ– यी सबै आत्माहरू सदा सुखी र शान्त बनून्।

    ८. उनीहरू बेहदमा रहन्छन् यसैले बेहदको सम्बन्ध, बेहदको ज्ञान, बेहदको वृत्ति, बेहदको रुहानी स्नेह हुनाका कारण सुख स्वरुप हुन्छन्।

    ९. रुहानी ज्ञानको कारण हर आत्माको कर्म कहानीको पार्टको संस्कारहरूको लाइट र माइट हुनाको कारण जे पनि देख्छन्, सुन्छन्, सम्पर्क-सम्बन्धमा आउँछन्, हर कर्ममा अति न्यारा र अति प्यारा हुन्छन्।

    १०. हरेकसँग रुहानी सम्बन्ध हुनाका कारण बुद्धिको एकाग्रता हुन्छ र एकाग्रताको कारण निर्णय शक्ति, समाहित गर्ने शक्ति, सामना गर्ने शक्ति हुन्छ। यसैले आत्माको पार्ट र आफ्नो पार्टलाई राम्रोसँग जानेर पार्टमा आउँछन्। उनको स्थिति अचल र साक्षी हुन्छ।

    ११. यस्ता तकदिरवान आत्मा हर संकल्प वा कर्मलाई, हर कुरालाई त्रिकालदर्शी स्थितिमा स्थित भएर हेर्छन्, यसैले प्रश्न चिन्ह हुँदैन। सधैं फुलस्टप हुन्छ। 

    १२. उनलाई कुनै कुरामा आश्चर्य लाग्दैन– के भयो! किन भयो! यस्तो हुँदैन। सदा नथिंगन्यू। यी हुन् नम्बरवन तकदिरवान आत्माको निशानीहरू।

    ३) महावीरहरूको श्रेष्ठ सेवाको स्वरुप र उनको विशेष सेवा

    महावीरहरूको विशेष सेवा हो– संकल्प शक्तिद्वारा सेवा। जस्तै पहिले पंक्षीहरूद्वारा सन्देश पठाउँथे, तिमीले संकल्प शक्तिद्वारा कुनै पनि आत्माको सेवा गर्न सक्छौ। संकल्पको बटन दबायो, सन्देश पुग्यो। जसरी अन्तःवाहक शरीरद्वारा सहयोग दिन सक्छौ, त्यस्तै संकल्पको शक्तिद्वारा अनेक आत्माहरूको समस्यालाई हल गर्न सक्छौ। आफ्नो श्रेष्ठ संकल्पको आधारमा अरुको व्यर्थ वा कमजोर संकल्प परिवर्तन गर्न सक्छौ। यो विशेष सेवा समय अनुसार बढ्दै जान्छ। 


    वरदान:

    मास्टर सर्वशक्तिमान्को स्मृतिद्वारा मायाजित सो जगतजित, विजयी भव:-  

    जो बच्चाहरूले धेरै सोच्छन्– थाहा छैन माया किन आउँछ? मायाले पनि डराएको देखेर अझ आक्रमण गर्छ। त्यसैले सोच्नुको सट्टा सदा मास्टर सर्वशक्तिमान्को स्मृतिमा रह्यौ भने विजयी बन्छौ। विजयी रत्न बनाउने निमित्त नै यी मायाका साना-साना रुप हुन्। त्यसैले स्वयंलाई मायाजित, जगतजित सम्झिएर माया माथि विजय प्राप्त गर, कमजोर नबन। चुनौती दिनेवाला बन।

    स्लोगन:

    हर आत्माबाट शुभ आशीर्वाद प्राप्त गर्नु छ भने बेहदको शुभ भावना र शुभ कामनामा स्थित होऊ।  

     

    ***OM SHANTI***