BK Murli 3 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 3 May 2016 Nepali

    2073 वैशाख 21 मंगलबार

    “मीठे बच्चे– सुख-शान्तिको वरदान एक बाबाबाट नै मिल्छ, कुनै देहधारीबाट मिल्दैन। बाबा आउनुभएको छ, तिमीलाई मुक्ति-जीवनमुक्तिको मार्ग देखाउन।”   

    प्रश्न:

    बाबाको साथमा जाने र सत्ययुगको आदिमा आउने पुरूषार्थ के हो?

    उत्तर:

    बाबाको साथमा जानु छ भने पूरा पवित्र बन्नुपर्छ। सत्ययुगको आदिमा आउनको लागि अरुसँग बुद्धियोग तोडेर एक बाबाको यादमा रहनु छ। आत्म-अभिमानी अवश्य बन्नु छ। एक बाबाको मतमा चल्यो भने उच्च पदको अधिकार प्राप्त हुन्छ।

    गीतः

    नयन हीन को राह दिखाओ.............

    ओम् शान्ति।

    यो गीत कसले गाए? बच्चाहरूले, किनकि बाबा त एकै हुनुहुन्छ, उहाँलाई नै रचयिता भनिन्छ। रचनाले रचयितालाई पुकार्छ। बाबाले सम्झाउनुभएको छ– भक्तिमार्गमा त तिम्रा दुई पिता हुन्छन्। एक लौकिक, अर्को पारलौकिक। सबै आत्माहरूका बाबा एकै हुनुहुन्छ। एक बाबा हुनाले सबै आत्माहरूले आफूलाई भाइ-भाइ भन्छन्। उहाँ बाबालाई पुकार्छन् हे ईश्वर, ओ परमपिता दया गर्नुहोस्, क्षमा गर्नुहोस्। भक्तहरूका रक्षक एक भगवान नै हुनुहुन्छ। सबैभन्दा पहिले त यो सम्झाउनुपर्छ– हाम्रा दुई पिता छन्। अब पारलौकिक बाबा त सबैका एक हुनुहुन्छ, बाँकी लौकिक पिता हरेकका बेग्ला-बेग्लै छन्। अब लौकिक पिता ठूला हुन् वा पारलौकिक पिता ठूला? लौकिक पितालाई त कहिल्यै भगवान वा परमपिता भनिदैन। आत्माका बाबा एकै परमपिता परमात्मा हुनुहुन्छ। आत्माको नाम कहिल्यै बदलिँदैन। शरीरको नाम बदलिन्छ। आत्माले विभिन्न शरीर लिएर पार्ट खेल्छ अर्थात् पुनर्जन्म लिन्छ। आखिर कति जन्म मिल्छ, यो कुरा त बाबाले आएर सम्झाउनुहुन्छ। प्यारा बच्चाहरू! तिमीले आफ्नो जन्मलाई जान्दैनौ। बाबा आउनुहुन्छ नै यहाँ, उहाँको नाम शिव हो। सम्झन्छन् पनि– शिव परमात्मा हुनुहुन्छ। शिवजयन्ती वा शिवरात्रि पनि मनाउँछन्। उहाँ निराकार हुनुहुन्छ। जसरी आत्मा पनि निराकार छ, निराकारबाट साकारमा आउँछ पार्ट खेल्न। अब निराकार शिवले त शरीर विना पार्ट खेल्न सक्नुहुन्न। मनुष्यहरूले यी कुरालाई केही पनि बुझ्दैनन्, नयनहीन छन्। यो शरीरका दुई नेत्र त सबैका छन्। तेस्रो ज्ञानको नेत्र आत्मालाई छैन, जसलाई दिव्य-चक्षु पनि भनिन्छ। आत्माले आफ्ना बाबालाई भुलेको छ, त्यसैले पुकार्छन्– नयनहीनलाई मार्ग बताऊ। कहाँको मार्ग? शान्तिधाम र सुखधामको। सर्वका सद्गति दाता, सद्गुरू एउटै हुनुहुन्छ। मनुष्यले, मनुष्यका गुरू बनेर सद्गति दिन सक्दैनन्। न त स्वयंले सद्गति पाउँछन्, न अरुलाई दिन्छन्। एक बाबाले नै सबैलाई सद्गति दिनुहुन्छ। उहाँ अल्फ बाबालाई नै याद गर्नु छ। बाबाले सम्झाउनुहुन्छ– कुनै पनि मनुष्य मात्रले मुक्ति-जीवनमुक्ति, शान्ति र सुख सदाकालको लागि दिन सक्दैनन्। सुख-शान्तिको वरदान त एक बाबाले नै दिन सक्नुहुन्छ। मनुष्यले मनुष्यलाई दिन सक्दैनन्। मनुष्य जब सतोप्रधान थिए, सत्ययुगी स्वर्गवासी थिए। आत्मा पवित्र थियो। स्वर्ग भनिन्थ्यो जब आत्माहरू पवित्र, सतोप्रधान थिए। 

    तिमी जान्दछौ– अवश्य आजभन्दा ५ हजार वर्ष पहिले विश्व स्वर्ग, सतोप्रधान थियो। यी लक्ष्मी-नारायणको राज्य थियो। अहिले कलियुगको पनि अन्त्य छ, यसलाई नर्क भनिन्छ। यही विश्व जब स्वर्ग थियो तब धेरै धनवान थियो। हीरा-जुहारतका महल थिए। बाबाले बच्चाहरूलाई याद दिलाउनुहुन्छ। सत्ययुग आदिमा यी लक्ष्मी-नारायणको राजधानी थियो। त्यसलाई स्वर्ग, वैकुण्ठ भनिन्छ। अहिले त स्वर्ग छैन, यो बाबाले सम्झाउनुहुन्छ। बाबा यहाँ नै आउनुहुन्छ। निराकार शिवको जयन्ती पनि मनाउँछन्, तर उहाँले के गर्नुहुन्छ? यो कुरा कसैले पनि जान्दैनन्। हामी आत्माहरूका बाबा शिव हुनुहुन्छ, उहाँको हामी जयन्ती मनाउँछौं। बाबाको जीवनीलाई पनि जान्दैनन्। गायन पनि छ– दुःख में सिमरण सब करे। पुकार्छन्– ओ गड फादर दया गर्नुहोस्। हामी धेरै दुःखी छौं किनकि यो रावण राज्य हो। हरेक वर्ष रावणलाई जलाउँछन् नि। तर यो कसैलाई थाहा छैन १० शिर भएको रावण के चीज हो? हामी उसलाई किन जलाउँछौं, त्यो कुनचाहिँ दुश्मन हो, जसको पुतला बनाएर जलाउँछन्। यो बिलकुल जान्दैनन् किनकि ज्ञानको तेस्रो नेत्र छैन तब त रामराज्य माग्छन्। ५ विकार स्त्रीमा, ५ विकार पुरूषमा छन् त्यसैले यिनलाई रावण सम्प्रदाय भनिन्छ। यो रावण ५ विकार नै सबैभन्दा ठूलो दुश्मन हो, जसको पुतला बनाएर जलाउँछन्। यो कसैलाई थाहा छैन रावण को हो, जसलाई जलाइन्छ? रावण राज्य, ५ विकार कहिलेदेखि शुरु भयो, यो पनि कसैलाई थाहा छैन। बाबाले सम्झाउनुहुन्छ– रामराज्य सत्ययुग, त्रेता। रावण राज्य द्वापर, कलियुग। सत्ययुगमा यी लक्ष्मी-नारायणको राज्य थियो, यिनीहरूलाई यो राज्य कहाँबाट, कसरी मिल्यो, यो कसैले जान्दैनन्। यो बुझ्नुपर्ने कुरा हो। यसमा ध्यान दिनुपर्छ। अति प्यारा बाबा हुनुहुन्छ तब त उहाँलाई भक्तिमार्गमा पनि पुकार्छन्। यहाँ जब यिनीहरूको राज्य थियो तब दुःखको नाम थिएन। अहिले दुःखधाम छ, कति अनेक धर्म छन्। सत्ययुगमा एक धर्म थियो, यतिका सबै आत्माहरू कहाँ जान्छन्, कसैलाई थाहा छैन किनकि नयनहीन छन्। शास्त्रबाट ज्ञानको तेस्रो नेत्र कसैलाई पनि मिल्दैन। ज्ञान नेत्र ज्ञानसागर परमपिता परमात्माले नै दिनुहुन्छ। आत्मालाई तेस्रो नेत्र मिल्छ। मैले कति जन्म लिएको छु भन्ने कुरा आत्माले भुलिसकेको छ। सत्ययुगमा जुन देवी-देवताको राज्य थियो, त्यो कहाँ गयो? गायन पनि छ– मनुष्यले ८४ जन्म लिन्छन्। ८४ को चक्र भनिन्छ। तर कुनचाहिँ आत्माले ८४ जन्म लिन्छन्? जो पहिला यहाँ आउँछन् ती थिए देवी-देवता। फेरि ८४ जन्म भोगेर अन्त्यमा पतित बन्छन्। गायन पनि छ– हे पतित-पावन, यसबाट सिद्ध हुन्छ हामी पतित छौं, त्यसैले पुकार्छन्– हे पतित-पावन हामीलाई पावन बनाउन आउनुहोस्। जो स्वयं नै पतित छन्, उनीहरूले फेरि अरुलाई पावन कसरी बनाउन सक्छन्? बाबाले सम्झाउनुहुन्छ– आधाकल्प भक्तिमार्गमा रावणराज्य, ५ विकार हुने भएकाले यति दुःख भएको हो। ८४ जन्म त लिन्छन् नै। त्यसको पनि हिसाब सम्झाउनुपर्छ। सबैभन्दा पहिला सत्ययुगमा हुन्छन् सतोप्रधान, फेरि त्रेतामा हुन्छन् सतो..... आत्मामा मैला पर्छ। बाबा आउनु हुन्छ नै यहाँ। शिवजयन्ती हुन्छ नि। अरु सबै आत्माहरूले त गर्भमा जन्म लिन्छन्। बाबा भन्नुहुन्छ– म साधारण वृद्ध तनमा प्रवेश गर्छु, जसको यो धेरै जन्मको अन्त्यको जन्म हो। यो ज्ञान कुनै एक दुई जनालाई मात्र दिइँदैन। यो गीतापाठशाला हो। मनुष्यलाई देवता बनाउनको लागि यो राजयोग सिकाइन्छ। तिमी यहाँ आएका छौ स्वर्गको बादशाही प्राप्त गर्न जो बाबाले नै दिन सक्नुहुन्छ। गीता पढ्नाले कोही राजा बन्दैनन्, अझै रंक बन्छन्। बाबाले गीताको ज्ञान सुनाएर राजा बनाउनुहुन्छ, अरुद्वारा गीता सुन्नाले रंक बनेका छन्। यहाँ जब यी लक्ष्मी-नारायणको राज्य थियो तब सुख-शान्ति-पवित्रता थियो, पवित्र गृहस्थ आश्रम थियो। वहाँ हिंसाको नाम थिएन फेरि द्वापरदेखि लिएर हिंसा शुरु भएको हो। काम कटारी चलाउँदा-चलाउँदा आएर तिम्रो यो हालत भएको हो। सत्ययुगमा १०० प्रतिशत सम्पन्न थिए, सतोप्रधान थिए। यो रहस्य कुनै पनि मनुष्य अथवा साधु-सन्त आदिले जान्दैनन्। बाबा जो ज्ञानका सागर, पतित-पावन हुनुहुन्छ, उहाँले नै आएर सतोप्रधान बन्ने युक्ति बताउनुहुन्छ। रावणको मतमा मनुष्यको हेर के हालत भएको छ। अहिलेका राजाहरू पनि, जो पवित्र राजा थिए, उनीहरूको चरण पर्छन् र महिमा गाउँछन्– हजुर सर्व गुण सम्पन्न, हामी नीच पापी हौं। हामीमा कुनै गुण छैन फेरि भन्छन्– हजुरले नै दया गर्नुहोस्। हामीलाई आएर मन्दिर लायक बनाउनुहोस्। कसैको पनि समझमा आउँदैन, बाबाले कसरी आएर फेरि देवी-देवता धर्मको स्थापना गराउनुहुन्छ। अब तिमीले बुझेका छौ– हामी नै देवी-देवता धर्मका थियौं। हामी नै क्षत्रिय, वैश्य, शूद्र बन्यौं, यतिका जन्म लियौं अब ८४ जन्म पूरा भए। फेरि दुनियाँको चक्र घुम्छ। त्यसैले तिमी यहाँ नै पावन बन्नु छ। पतित त सुखधाम, शान्तिधाममा जान सक्दैनन्। बाबाले सम्झाउनुहुन्छ– तिमी जो सतोप्रधान थियौ, तिमी नै तमोप्रधान बनेका छौ। सत्ययुगबाट फेरि कलियुगमा आएका छौ फेरि सत्ययुगी बन्नु छ तब नै मुक्तिधाम र सुखधाममा जान सक्छौ। पहिले सुखधाम थियो। अहिले दुःखधाम छ। गीतमा पनि सुन्यौ– हामी नयनहीनलाई राह बताऊ.....हामी आफ्नो शान्तिधाममा कसरी जाऔं? उनीहरूले त भन्दछन्– परमात्मा सर्वव्यापी छन्, फलानो अवतार हो, परशुराम अवतार हो। तर बाबा परशुराम बनेर कसैलाई मार्नुहुन्छ र? हुनै सक्दैन। बाबाले सम्झाउनुहुन्छ– तिमीले यस चक्रमा कसरी ८४ जन्म लिन्छौ। अब म अल्फलाई याद गर। हे आत्माहरू देही-अभिमानी बन। देह-अभिमानी बनेर तिमी बिलकुल दुःखी, कंगाल, नर्कवासी बनेका छौ। यदि स्वर्गवासी बन्नु छ भने आत्म-अभिमानी अवश्य बन्नु छ। आत्माले नै एक शरीर छोडेर अर्को लिन्छ। अहिले ८४ जन्म पूरा भएको छ फेरि सत्ययुग आदिमा जानु छ। अब मलाई याद गर, अरुसँग बुद्धियोग तोड। ठीकै छ, गृहस्थ व्यवहारमा बस, आफूलाई आत्मा निश्चय गर। आत्माले एक शरीर छोडेर अर्को लिन्छ। अब देही-अभिमानी बन्नु छ, मलाई याद गर्यौ भने सबै मैला जल्छ। तिमी पवित्र बन्छौ, फेरि म सबै बच्चाहरूलाई लिएर जान्छु। यदि मेरो मतमा चलेनौ भने त्यति उच्च पद पाउँदैनौ। यी लक्ष्मी-नारायणको उच्च पद छ। जब यिनीहरूको राज्य थियो, त्यतिबेला अरु कुनै धर्म थिएन। द्वापरदेखि फेरि अरु धर्म आउँछन्। सत्ययुगमा मनुष्य पनि थोरै हुन्छन्। अहिले त धेरै धर्म हुनाले कति दुःखी भएका छन्। उनै देवता धर्मकाहरू अहिले पतित हुनाले आफूलाई देवता भन्दैनन्। हिन्दू नाम राखेका छन्। हिन्दू त कुनै धर्म होइन। बाबाले सम्झाउनुहुन्छ– रावणले तिमीलाई यस्तो बनाइदियो। तिमी जब लायक देवी-देवता थियौ, तब सारा विश्वमा राज्य थियो, सबै सुखी थिए। अहिले दुःखी बनेका छन्। पहिले स्वर्ग थियो, त्यो अहिले नर्क बनेको छ फेरि नर्कलाई स्वर्ग बाबा बाहेक कसैले बनाउन सक्दैन। देवताहरूलाई सम्पूर्ण निर्विकारी भनिन्छ। यहाँका मनुष्य त सम्पूर्ण विकारी छन्, यिनलाई भनिन्छ पतित। पहिले शिवालय थियो, शिवबाबाले स्थापना गर्नुभएको थियो। बाबाले स्वर्ग बनाउनुहुन्छ फेरि रावणले नर्क बनाउँछ। रावणले श्राप दिन्छ, बाबाले २१ जन्मको लागि वर्सा दिनुहुन्छ। अब तिमी हरेकले बाबालाई नै याद गर, कुनै पनि देहधारीलाई होइन। देहधारीलाई भगवान भनिदैन। भगवान त एकै हुनुहुन्छ। बाबाले त बेहदको वर्सा दिनुहुन्छ फेरि रावणले श्रापित गरिदिन्छ। यस समय भारतवर्ष श्रापित छ, धेरै दुःखी छ। अब यस रावण माथि विजय प्राप्त गर्नु छ। गायन पनि छ– दे दान तो छुटे ग्रहण। त्यो ग्रहण जुन लाग्छ, त्यो त पृथ्वीको छायाँ हो। अब बाबाले भन्नुहुन्छ– तिमीहरू माथि ५ विकाररुपी रावणको ग्रहण छ। यी ५ विकार दान गरेर दिनुपर्छ। पहिले यो दान देऊ– म कहिल्यै विकारमा जाने छैन। यो काम-कटारीले नै मनुष्यलाई पतित बनाउँछ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबाले जुन ज्ञान दिनुहुन्छ त्यसलाई पूरा ध्यान दिएर पढ्नु छ। ज्ञानको तेस्रो नेत्रबाट आफ्नो ८४ जन्मलाई जानेर अब अन्तिम जन्ममा पावन बन्नु छ।

    २) रावणको श्रापबाट बच्नको लागि एक बाबाको यादमा रहनु छ। ५ विकारको दान दिनु छ। एक बाबाको मतमा चल्नु छ।

    वरदान:

    रुहानी एक्सरसाइज र स्व-नियन्त्रणद्वारा महीनताको अनुभव गर्ने फरिश्ता भव   

    बुद्धिको महीनता र हल्कापन ब्राह्मण जीवनको व्यक्तित्व हो। महीनता नै महानता हो। यसको लागि सधैं अमृतबेला अशरीरीपनको रुहानी एक्सरसाइज गर र व्यर्थ संकल्पको भोजनको परहेज राख। परहेजको लागि आत्मसंयम हुनुपर्छ। जुन समयमा जुन संकल्प रुपी भोजन स्वीकार गर्नु छ, त्यस समय त्यही गर। व्यर्थ संकल्पको अतिरिक्त भोजन नगर तब महीन बुद्धि बनेर फरिश्ता स्वरुपको लक्ष्यलाई प्राप्त गर्न सक्छौ।

    स्लोगन:

    महान् आत्मा त्यो हो, जो हर सेकेण्ड, हर कदम श्रीमतमा यथार्थ रुपमा चल्दछ।   


    ***OM SHANTI***