BK Murli 8 May 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 8 May 2016 Nepali

    2073 वैशाख 26 आइतबार

    सत्यताको शक्तिबाट विश्व परिवर्तन


    आजको यो सभा कुनचाहिँ सभा हो? यो हो विधि-विधाताहरूको सभा, सिद्धि-दाताहरूको सभा। आफूलाई यस्तो विधि-विधाता वा सिद्धि दाता सम्झन्छौ? यस सभाका विशेषताहरूलाई जान्दछौ? विधि-विधाताहरूको विशेष शक्ति कुनचाहिँ हो, जुनद्वारा सेकेण्डमा सबैलाई विधिद्वारा सिद्धि स्वरुप बनाउन सक्छौ। त्यसलाई जान्दछौ? त्यो हो सत्यता अर्थात् रियालिटी। सत्यता नै महानता हो। सत्यताको नै मान्यता छ। त्यो सत्यता अर्थात् महानता स्पष्ट रुपबाट जान्दछौ! विशेष विधि हो– सत्यताको आधारमा। पहिलो फाउण्डेशन आफ्नो ज्ञान अर्थात् आफ्नो स्वरुपमा सत्यतालाई हेर। सत्य स्वरुप के हो र मानेका के थियौ? पहिलो सत्य भयो आत्मा स्वरुपको। जहिलेसम्म यो सत्य जानेका थिएनौ त महानता थियो? महान् थियौ वा महान्का पुजारी थियौ? जब आफूले आफैलाई जान्यौ अनि के बन्यौ? महान् आत्मा बन्यौ। सत्यताको अथोरिटी साथ अरुलाई पनि भन्छौ– हामी आत्मा हौं। यस प्रकार सत्य बाबाको सत्य परिचय मिल्नाले अथोरिटी साथ भन्छौ– परमात्मा हाम्रो बाबा हुनुहुन्छ। वर्साको अधिकारको शक्तिले भन्छौ– बाबा हाम्रो र हामी बाबाका। यसरी आफ्नो रचनाको वा सृष्टि चक्रको सत्य परिचयलाई अथोरिटी साथ सुनाउँछौ– अब यो सृष्टि चक्र समाप्त भएर फेरि दोहोरिनु छ। अहिले संगमको युग हो, नकि कलियुग। चाहे सारा विश्वका विद्वान्, पण्डित र अनेक आत्माहरू शास्त्र प्रमाण कलियुग नै मान्छन् तर तिमी ५ पाण्डव अर्थात् करोडौंमा कोही थोरै आत्माहरूले च्यालेन्ज गर्छौ– अहिले कलियुग होइन, संगमयुग हो। यो कुन अथोरिटीबाट भन्छौ? सत्यताको महानताको कारण। विश्वमा सन्देश दिन्छौ– आउनुहोस्, आएर बुझ्नुहोस्। सुतेका कुम्भकर्णहरूलाई जगाएर भन्छौ– समय आयो। यही सत्य बाबा, सत्य शिक्षक, सत्य गुरूद्वारा सत्यताको शक्ति मिलेको छ। अनुभव गर्छौ– यही सत्यता हो। 

    सत् को दुई अर्थ हुन्छ। एक सत् अर्थात् सत्य, दोस्रो सत् अर्थात् अविनाशी। बाबा सत्य पनि हुनुहुन्छ र अविनाशी पनि हुनुहुन्छ त्यसैले बाबाद्वारा जुन परिचय मिलेको छ, ती सबै सत् अर्थात् सत्य र अविनाशी छन्। भक्तहरूले पनि बाबाको महिमा गाउँछन्– सत्यम् शिवम् सुन्दरम्। सत्य पनि मान्छन् र अविनाशी पनि मान्छन्। गड इज ट्रुथ पनि मान्छन्। बाबाद्वारा सत्यताको अथोरिटी प्राप्त भएको छ। यो पनि वर्सा मिलेको छ नि। सत्यताको अथोरिटीवालाको गायन पनि सुनेका छौ, त्यसको निशानी के हुन्छ? सिन्धीमा कहावत छ– सच तो बिठो नच। अरु पनि कहावत छ– “सत्यताको नाउ हल्लिन्छ तर डुब्न सक्दैन”। तिमीलाई पनि हल्लाउने कोसिस त धेरै गर्छन् नि। यो झूठो हो, कल्पना हो। तर सच तो बिठो नच। तिमी सत्यताको महानताको नशामा सदा खुशीको झूलामा सदा झुलिरहन्छौ। खुशीमा नाँच्दै रहन्छौ नि। जति उनीहरू हल्लाउने कोसिस गर्छन्, त्यति नै के हुन्छ? तिम्रो झूलालाई हल्लाउनाले अझै बढी झुल्छौ। तिमीलाई हल्लाउँदैनन् तर झूलालाई हल्लाउँछन्। उसलाई त झन् धन्यवाद देऊ– हामी बाबाको साथ झुलौं, तपाईं झुलाउनुहोस्। यो हल्लाएको होइन तर झुलाएको हो। यस्तो अनुभव गर्छौ? हल्लिदैनौ, झुल्छौ नि! सत्यताको शक्तिले सारा प्रकृतिलाई नै सतोप्रधान बनाइदिन्छ। युगलाई सत्ययुग बनाइदिन्छ। सर्व आत्माहरूको सत्गतिको तकदिर बनाइदिन्छ। हर आत्मा तिम्रो सत्यताको शक्तिद्वारा आ-आफ्नो यथाशक्ति आफ्नो धर्ममा, आफ्नो समयमा गति पछि सत्गतिमा नै अवतरित हुन्छन् किनकि विधि-विधाताहरूद्वारा संगमयुगमा अन्त्यसम्म पनि बाबालाई याद गर्ने विधिको सन्देश अवश्य मिल्नु छ। फेरि कसैलाई वाणीद्वारा, कसैलाई चित्रहरूद्वारा, कसैलाई समाचारद्वारा, कसैलाई तिमी सबैको पावरफुल भायब्रेशनद्वारा, कसैलाई अन्तिम विनाश लीलाको हलचलद्वारा, वैराग्य वृत्तिको वायुमण्डलद्वारा– यी सबै साइन्सका साधन तिम्रो यस सन्देश दिने कार्यमा सहयोगी हुनेछन्। 

    संगममा नै प्रकृति सहयोगी बन्ने आफ्नो पार्ट आरम्भ गर्नेछ। सबै तर्फबाट प्रकृतिपतिको र मास्टर प्रकृतिपतिको रुपमा स्वागत गर्नेछन्। सबै तर्फबाट अफरीन (धन्यबाद) र अफर (अर्पण) हुन्छ। फेरि के गर्छौ? यो जुन भक्तिमा गायन छ, हर प्रकृतिको तत्वलाई देवताको रुपमा देखाएका छन्। देवता अर्थात् दिनेवाला। अन्तमा यी सबै प्रकृतिका तत्व तिमीलाई सहयोग दिने दाता बन्छन्। यो सागरले पनि तिमीलाई सहयोग दिन्छ। चारैतर्फका सामग्री भारतको भूमिमा ल्याउनमा सहयोगी हुन्छ त्यसैले भनिन्छ सागरले रत्नका थाली दियो। यसरी नै धर्तीको हलचलले सारा महत्वपूर्ण वस्तु तिमी श्रेष्ठ आत्माहरूको लागि एक स्थान भारतमा जम्मा गर्नमा सहयोगी हुन्छ। इन्द्र देवता भन्छन् नि। बर्सात पनि धर्तीको सफाइको सहयोगमा हाजिर हुनेछ। यतिका सारा फोहरमैला तिमीले त सफा गर्दैनौ। यो सारा प्रकृतिको सहयोग मिल्छ। केही वायुले उडाउँछ, केही बर्सातले साथ लिएर जान्छ। अग्निलाई त जान्दछौ नै। अन्त्यमा यी सबै तत्व तिमी श्रेष्ठ आत्माहरूलाई सहयोग दिनेवाला देवता बन्छन्। सर्व आत्माहरू अनुभव गर्नेछन्। फेरि भक्तिमा जो अब सहयोग दिने कर्तव्यको कारण देवता बने, त्यस कर्तव्यको अर्थ भुलेर तत्वहरूलाई मनुष्य रुप दिन्छन्। जस्तै सूर्य हो तत्व तर मनुष्य रुप दिएका छन्। बुझ्यौ– विधि-विधाता बनेर के कार्य गर्नु छ!

    उनीहरूको हुन्छ विधान सभा र यो हो विधि-विधाताहरूको सभा। वहाँ सभाका मेम्बर हुन्छन्। यहाँ अधिकारी महान् आत्माहरू छौ। बुझ्यौ सत्यताको महानता कति छ! सत्यता पारसको समान छ। जसरी पारसले फलामलाई पनि पारस बनाइदिन्छ। तिम्रो सत्यताको शक्तिले आत्मालाई, प्रकृतिलाई, समयलाई, सर्व सामग्रीलाई, सर्व सम्बन्धलाई, संस्कारहरूलाई, आहारलाई, व्यवहारलाई, सबैलाई सतोप्रधान बनाइदिन्छ। तमोगुणको नाम निशान समाप्त गरिदिन्छ। सत्यताको शक्तिले तिम्रो नामलाई, रुपलाई सत् अर्थात् अविनाशी बनाइदिन्छ। आधाकल्प चैतन्य रुप, आधाकल्प चित्र रुप। आधाकल्प प्रजा तिम्रो नाम गाउँछन्, आधाकल्प भक्त तिम्रो नाम गाउँछन्। तिम्रो बोली सत् वचनको रुपमा गाइन्छ। अहिलेसम्म पनि एक वचन लिँदा पनि आफूलाई महान् अनुभव गर्छन्। तिम्रो सत्यताको शक्तिले तिम्रो देश पनि अविनाशी बन्न जान्छ। भेष पनि अविनाशी बन्न जान्छ। आधाकल्प दैवी भेषमा रहन्छौ, आधाकल्प दैवी भेषको यादगार चल्छ। अहिले अन्त्यसम्म पनि भक्तहरू तिम्रा चित्रहरूलाई ड्रेसले सजाइरहन्छन्। कर्तव्य र चरित्र यी सबै सत् हुन गए। कर्तव्यको यादगार भागवत बनाइदिएका छन्। चरित्रहरूको अनेक कहानीहरू बनाइदिएका छन्। यी सबै सत्य हुन गए। कुन कारण? सत्यताको शक्तिका कारण। तिम्रो दिनचर्या पनि सत् हुन गएको छ। भोजन खानु, अमृत पिउनु सबै सत्य भएको छ। तिम्रा चित्रहरूलाई पनि उठाउँछन्, बसाल्छन्, परिक्रमा गराउँछन्, भोग लगाउँछन्, अमृत राख्छन् र पिउँछन्। हर कर्तव्य वा हर कर्मको यादगार बनेको छ। यतिका शक्तिलाई जान्दछौ? यति अथरिटी साथ सबैलाई च्यालेन्ज गर्छौ वा सेवा गर्छौ? नयाँ-नयाँ आएका छौ नि। यस्तो त सम्झँदैनौ– हामी थोरै छौं तर सर्वशक्तिमान तिम्रो साथी हुनुहुन्छ। सत्यताको 

    शक्तिवाला हौ। पाँच होइनौ तर विश्वको रचयिता तिम्रो साथी हुनुहुन्छ। यसै नशासँग बोल। मान्छन्, मान्दैनन्, भनौं, कसरी भनौं– यी संकल्प त आउँदैनन्? जहाँ सत्यता हुन्छ, सत् बाबा हुनुहुन्छ वहाँ सदा विजय हुन्छ। निश्चयको आधारमा अनुभवीमूर्त बनेर बोल्यौ भने सफलता सदा तिम्रो साथ छ। 

    तिमीहरू सबै आएका छौ त्यसैले बापदादा पनि आउनुभएको छ। तिमीलाई पनि आउनुपर्छ भने बापदादालाई आउनुपर्छ। बाबालाई पनि परकायामा बस्नुपर्छ नि। तिमीलाई ट्रेनमा बस्नुपर्छ, बाबालाई परकायामा बस्नुपर्छ। दुःख महसुस हुन्छ र? अब त तिम्रा नाती-नातिना सबै आउने वाला छन्। भक्त पनि आउने वाला छन्, फेरि के गर्छौ! भक्तहरूले त तिमीलाई बस्नै दिंदैनन्। अहिले त फेरि पनि आरामसँग बसेका छौ, फेरि आराम दिनुपर्छ। फेरि पनि तीन पाउ पृथ्वी त मिलेको छ नि। भक्तले त खडा-खडा तपस्या गर्छन्। तिम्रा चित्रहरू हेर्नको लागि भक्तले क्यू लगाउँछन्। तिमी पनि अनुभव त गर। सीजनको फल खान आएका छौ नि। नयाँ-नयाँ बच्चाहरूलाई बापदादा विशेष स्नेह दिइरहनुभएको छ किनकि बापदादा जान्नुहुन्छ– यी लास्टवाला पनि फास्ट जान्छन्। सदा लगनद्वारा विघ्न-विनाशक बनेर विजयी रत्न बन्नेछन्। जसरी लौकिक रुपमा पनि ठूला भन्दा साना दौड लगाउनमा होशियार हुन्छन्। तिमी सबै पनि रेसमा खुब दौड लगाएर नम्बरवनमा आऊ। बापदादा यस्ता उमंग-उत्साह राख्नेवाला बच्चाहरूको सदा सहयोगी हुनुहुन्छ। तिम्रो योग बाबाको सहयोग। दुवैबाट जति चाहन्छौ त्यति अगाडि बढ्न सक्छौ। अहिले चान्स छ, फेरि यो समय पनि समाप्त हुन जान्छ। 

    यसरी सदा सत्यताको महानतामा रहने, सर्व आत्माहरूको विधि-विधाता, सद्गति दाता, विश्वलाई स्वको सत्यताको शक्तिद्वारा सतोप्रधान बनाउने, यस्ता बापदादाको सदा स्नेही र सहयोगी बच्चाहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई, नमस्ते। 

    पार्टीहरूको साथः– 

    १) सदा स्वयंलाई शक्तिशाली आत्मा अनुभव गर्छौ? शक्तिशाली आत्माको हर संकल्प शक्तिशाली हुन्छ। हर संकल्पमा सेवा समाहित भएको होस्। हर बोलीमा बाबाको याद समाहित भएको होस्। हर कर्ममा बाबाको जस्तै चरित्र समाहित भएको होस्। यस्तो शक्तिशाली आत्मा आफूलाई अनुभव गर्छौ? मुखमा पनि बाबा, स्मृतिमा पनि बाबा र कर्ममा पनि बाबाको चरित्र– यसलाई भनिन्छ बाबा समान शक्तिशाली। यस्ता छौ? एक शब्द बाबा तर यो एक शब्द नै जादूको शब्द हो। जसरी जादूमा स्वरुप परिवर्तन हुन जान्छ, त्यसैगरी एक बाबा शब्दले समर्थ स्वरुप बनाइदिन्छ। गुण बदलिन्छ, कर्म बदलिन्छ, बोली बदलिन्छ। यो एक शब्द नै जादूको शब्द हो। सबै जादूगर बनेका छौ नि। जादू लगाउन आउँछ नि! बाबा भन्यो अनि बाबाको बनायो, यो हो जादू। 

    २) वरदान भूमिमा आएर वरदाताद्वारा वरदान पाउने भाग्य बनाएका छौ? जो गायन छ भाग्य विधाता बाबाद्वारा जो चाह्यो त्यो आफ्नो भाग्यको रेखा खिच्न सक्छौ। यो यस समयको वरदान हो। वरदानको समयलाई, वरदानको स्थानलाई कार्यमा ल्यायौ? के वरदान लियौ? जसरी बाबा सम्पन्न हुनुहुन्छ। बाबा समान बन्ने दृढ संकल्प गर्यौ? बच्चाहरूको लागि गाइन्छ– “बालक नै मालिक”। बालक पिताको मालिक हुन्छ। मालिकपनको नशामा रहनको लागि बाबा समान स्वयंलाई सम्पन्न बनाउनुपर्छ। बाबाको विशेषता हो सर्वशक्तिमान अर्थात् सर्व शक्तिहरूको विशेषता छ। जो बालक नै मालिक छन् उनमा पनि सर्वशक्तिहरू हुन्छन्। एक शक्तिको पनि कमी होइन। यदि एक शक्ति कम रह्यो भने पनि शक्तिमान भनिन्छ, सर्वशक्तिमान होइन। कुनचाहिँ हौ? सर्वशक्तिमान अर्थात् जो चाह्यो त्यो गर्न सकोस्, हरेक कर्मेन्द्रिय आफ्नो कन्ट्रोलमा होस्। संकल्प गर्यो कि भयो किनकि मास्टर हौ नि। तिमी सबै स्वराज्य अधिकारी हौ नि। पहिला स्वराज्य फेरि विश्वको राज्य। 

    दिल्ली राजधानीमा रहनेवाला स्व राज्यधारी हौ नि? यो त धेरै समयको संस्कार हुनुपर्छ। यदि अन्त्यमा बन्छौ भने विश्वको राज्य पनि कहिले मिल्छ? यदि विश्वको राज्य आदिमा लिने हो भने आदिकालदेखि यो पनि संस्कार हुनपर्छ। धेरै समयको राज्य, धेरै समयको संस्कार। मास्टर सर्वशक्तिमान्को अगाडि कुनै पनि ठूलो कुरा छैन। दिल्ली निवासी अहिले के सोचिरहेका छौ? सोचेका छौ होला महायज्ञ गर्यौं, पुग्यो। चढ्ती कला तर्फ गइरहेका छौ नि। जे गर्यौ त्यस भन्दा अझ अगाडि। अगाडि बढ्दै-बढ्दै आफ्नो राज्य हुन्छ। अहिले त अर्काको राज्यमा आफ्नो कार्य गर्नुपर्छ, फेरि आफ्नो राज्य हुनेछ। प्रकृतिले पनि तिमीलाई अर्पण गर्नेछ। प्रकृतिले जब अफर गर्छ भने आत्माहरू के गर्नेछन्? आत्माहरू त शिर झुकाउँछन्। के गर्छौ अहिले? फेरि पनि जे गर्यौ ड्रामा अनुसार हिम्मत-उल्लासबाट कार्य सफल गर्यौ। त्यसको लागि बापदादा हिम्मतको लागि खुशी हुनुहुन्छ। मेहनत जे गर्यौ त्यो त जम्मा भयो। वर्तमान पनि बन्यो र भविष्य पनि बन्यो। 

    सेवाको बीज अविनाशी हुनाको कारण केही आवाज निक्ल्यो र केही निक्लँदै रहन्छ। बीज पर्नाले अनेक आत्माहरूलाई गुप्त रुपबाट सन्देश मिल्यो। सबैको थकावट त समाप्त भयो नि। फेरि पनि बापदादाको स्नेह-सहयोग सदा मिल्नाले अगाडि बढ्दै रहनेछौ। दिल्लीलाई पनि यो वरदान मिलेको छ। श्रेष्ठ कर्मको निमित्त बन्ने। फेरि पनि सेवाको जन्मभूमि हो नि। सेवाको हिस्ट्रीमा नाम त जान्छ नि। अहिले त अनेकलाई सेवाको साधन मिल्छ। सेवाको भूमिमा रहनेवाला त वरदानी भयौ नि। मेहनत धेरै राम्रो गर्यौ। अच्छा! 


    वरदान:

    आफ्नो दिव्य, अलौकिक जन्मको स्मृतिद्वारा मर्यादाको रेखा भित्र रहने मर्यादा पुरूषोत्तम भव   

    जसरी हर कुलको मर्यादाको रेखा हुन्छ, यसैगरी ब्राह्मण कुलको मर्यादाहरूको रेखा छ, ब्राह्मण अर्थात् दिव्य र अलौकिक जन्मवाला मर्यादा पुरूषोत्तम। उनीहरूले संकल्पमा पनि कुनै आकर्षणवश मर्यादाहरूको उल्लंघन गर्न सक्दैनन्। जसले मर्यादाको रेखालाई संकल्पमा पनि उल्लंघन गर्छन् उनले बाबाको सहाराको अनुभव गर्न पाउँदैनन्। बच्चाको बदला माग्नेवाला भक्त बन्न पुग्छन्। ब्राह्मण अर्थात् पुकार्न, माग्न बन्द। कहिल्यै पनि प्रकृति वा मायाको मोहताज होइन। ऊ सदा बाबाको शिरताज रहन्छ।

    स्लोगन:

    शान्तिदूत बनेर आफ्नो तपस्याद्वारा विश्वमा शान्तिका किरणहरू फैलाऊ।  



    ***OM SHANTI***