BK Murli 16 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 16 June 2016 Nepali

    ०२ आषाढ बिहिबार 16.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमी हौ रुहानी पण्डा, तिमीले गृहस्थ व्यवहार सम्हाल्दै कमल फूल समान बनेर यादको यात्रा गर्नु र गराउनु छ।”  

    प्रश्न:

    बाबाले बच्चाहरूको कुनचाहिँ शृङ्गार गर्नुहुन्छ? कुन शृङ्गारको लागि मनाही गर्नुहुन्छ?

    उत्तर:

    बाबा भन्नुहुन्छ– मीठे बच्चे, म तिम्रो रुहानी शृङ्गार गर्न आएको हुँ, तिमीले कहिल्यै पनि शारीरिक शृङ्गार गर्नु छैन। तिमी भिखारी हौ, तिमीमा फेशनको सोख हुनु हुँदैन। दुनियाँ धेरै खराब छ यसैले अलिकति पनि शरीरको फेशन नगर।

    गीतः–

    आखिर वह दिन आया आज....

    ओम् शान्ति।

    बेहदका बाबा बसेर बेहदका बच्चाहरूलाई सम्झाउनुहुन्छ। बेहद मतलब कुनै हद होइन। कति धेरै बच्चाहरू छन्। यति अनगिन्ती बच्चाहरूको एकै बाबा हुनुहुन्छ, जसलाई रचयिता भनिन्छ। ती हुन् हदका पिताहरू, यहाँ हुनुहुन्छ बेहदका आत्माहरूका पिता। ती हुन् हदका शारीरिक पिता, यहाँ हुनुहुन्छ बेहदका आत्माहरूका एउटै बाबा, जसलाई भक्तिमार्गमा सबै आत्माहरूले याद गर्छन्। तिमी बच्चाहरूले जान्दछौ– भक्तिमार्ग पनि छ, साथ-साथ रावण राज्य पनि छ। मनुष्यहरूले पुकार्छन्– हामीलाई रावण राज्यबाट रामराज्यमा लिएर जानुहोस्। बाबा सम्झाउनुहुन्छ– हेर, देवी-देवता जो विश्वको मालिक थिए, अहिले छैनन्। उनीहरू को थिए? यो पनि अहिले तिमीले जान्दछौ। हामी नै सत्ययुगी सूर्यवंशी घरानाका मालिक थियौं। राजा, रानी त हुन्छन् नि। तिमी बच्चाहरूलाई अब स्मृति आएको छ। बाबा आउनुभएको छ हामी बच्चाहरूलाई राज्य-भाग्यको वर्सा दिन, विश्वको मालिक बनाउन। बाबा भन्नुहुन्छ– अहिले सबै भक्तिमार्गमा छन्, भक्तिमार्गलाई नै रावण राज्य भनिन्छ। ज्ञानमार्ग केवल एक बाबाले नै सिकाउनुहुन्छ, तिमी बच्चाहरूलाई। उहाँ बेहदको बाबालाई भक्तिमार्गमा सबैले याद गर्छन्। अब तिमीलाई २१ जन्मको लागि ज्ञानको राजधानी मिल्छ। फेरि आधाकल्प तिमीले पुकार्दैनौ। हे राम... हे प्रभु! भन्नुपर्ने आवश्यकता नै रहँदैन। हे राम तब गर्छन्, जब दुःखी हुन्छन्। तिमीलाई वहाँ दुःख नै हुँदैन। अहिले तिमीले जान्दछौ– यो पनि खेल बनेको छ। आधाकल्प हुन्छ ज्ञानको दिन, आधाकल्प हुन्छ भक्तिको रात। भक्तिले हामीलाई तल झार्छ। तिमी बच्चाहरूको बुद्धिमा सिँढीको ज्ञान अवश्य हुनुपर्छ। बाबा सम्झाउनुहुन्छ– यो ८४ जन्मको चक्र हो, यस चक्रलाई जानेपछि तिमी चक्रवर्ती राजा बन्छौ। यसैले बाबाले चित्र पनि बनाउन लगाइरहनु भएको छ, जसबाट सिद्ध होस्– हामी यस चक्रलाई जानेपछि २१ जन्मको लागि राज्य भाग्य लिन्छौं। 

    अहिले तिमी धेरै भइसकेका छौ। ठूलो रुहानी शक्ति सेना बनेको छ। तिमी सबै पण्डा हौ। बाबा पनि पण्डा हुनुहुन्छ। उहाँलाई भनिन्छ– गाइड। पण्डा शब्द शुभ हुन्छ। यात्रामा लैजाने पण्डा हुन्छन्। यात्रीहरूलाई एक गाइड मिल्छ– यिनलाई यो सबै देखाऊ। तीर्थ यात्रामा पनि पण्डा मिल्छन्। बाबा भन्नुहुन्छ– जन्म-जन्मान्तर तीर्थ यात्रा गर्दै आयौ। अमरनाथमा जान्छन्, तीर्थहरूमा जान्छन्। परिक्रमा लगाउँछन्। वहाँ जाने समयमा उही याद रहन्छ। घरबार धन्दा आदि सबैबाट दिल हट्छ। यहाँ तिमीलाई सम्झाइन्छ– आफ्नो घर गृहस्थमा रहँदै धन्दा आदि पनि गरिराख, गुप्त यात्रामा रहने गर। यो कति राम्रो हुन्छ। जति ठूलो धन्दा गर्नु छ, गर। कसैलाई मनाही पनि छैन। ठीक छ, आफ्नो राजाई पनि सम्हाल। राजा जनकलाई पनि सेकण्डमा जीवनमुक्ति मिल्यो। तिमीलाई कुनै बाहिरको यात्रा आदि तर्फ धक्का खाने आवश्यकता छैन। आफ्नो घरबारको पनि पूरा सम्हाल गर्नुपर्छ। जो होशियार, राम्रा बच्चाहरू छन्, उनीहरूले बुझ्दछन्– हामी घर गृहस्थमा रहँदै कमल फूल समान रहनु छ। गृहस्थ व्यवहारमा दिक्क हुनु हुँदैन। कुमार, कुमारीहरू त संन्यासी जस्तै हुन्, उनीहरूमा विकार हुँदैन। ५ विकारदेखि टाढै छन्। अहिले तिमी बच्चाहरूले जान्दछौ– हाम्रो शृङ्गार नै बेग्लै प्रकारको छ, उनीहरूको बेग्लै छ। उनीहरूको हो तमोप्रधान शृङ्गार, तिम्रो हो सतोप्रधान शृङ्गार, जसबाट तिमी सतोप्रधान सूर्यवंशी राजाईमा जानु छ। बाबाले तिमी बच्चाहरूलाई सम्झाउनुहुन्छ– तमोप्रधान शारीरिक शृङ्गार अलिकति पनि नगर। दुनियाँ धेरै खराब छ। गृहस्थ व्यवहारमा फेशनेबुल नबन। फेशनले आकर्षण गर्छ। यस समय सुन्दरता पनि राम्रो होइन। कालो छौ भने राम्रो, कसैले पञ्जा मार्दैन। सुन्दरीको पछाडि त घुमिरहन्छन्। कृष्णलाई पनि कालो देखाउँछन्। तिमी गोरो बन्नु छ, शिवबाबाद्वारा। उनीहरू गोरो बन्छन् पाउडर आदिद्वारा। कति फेशन छ, कुरै नगर। धनवानहरूको त सत्यानाश छ। गरिब राम्रा छन्। गाउँमा गएर गरिबहरूको कल्याण गर्नु छ, तर आवाज फैलाउने ठूलो मानिस पनि हुनुपर्छ। तिमी सबै गरिब हौ नि। कोही धनवान छौ र? तिमी हेर! कसरी साधारण बसेका छौ। बम्बईमा फेशन हेर, के हालत छ। बाबाको पास मिलन गर्न आउँदा भन्दछु– तिमीले यो शारीरिक शृङ्गार गरेका छौ, अब आऊ तिमीलाई ज्ञान शृङ्गार गराउँछु, जसबाट तिमी स्वर्गको परी २१ जन्मको लागि बन्छौ। सदा सुखी बन्छौ। नत कहिल्यै रून्छौ, नत दुःख हुन्छ। अब यो शारीरिक शृङ्गार तिमीले छोडिदेऊ। तिमीलाई म ज्ञान रत्नहरूले यस्तो फस्टक्लास शृङ्गार गराउँछु, जसको कुरै नगर। यदि मेरो मतमा चल्यौ भने तिमीलाई पटरानी बनाउँछु। यो त राम्रो हो नि। तिमी सबैलाई यस तमोप्रधान आसुरी दुनियाँ नर्कबाट भगाएर स्वर्गको महारानी बनाउँछु। 

    तिमी बच्चाहरूले बुझेका छौ– आज हामी सेतो ड्रेसमा छौं, अर्को जन्ममा स्वर्गमा सुनको चम्चाले दूध पिउँछौं। यो त धेरै फोहोरी दुनियाँ हो। स्वर्ग त स्वर्ग नै हो, कुरै नगर। यहाँ तिमी भिखारी हौ। भारत भिखारी छ। भिखारीबाट राजकुमार भनी गायन छ। यहाँ नै फेरि जन्म लिन्छौं। बाबाले हामीलाई स्वर्गको मालिक बनाउनुभएको थियो, रात-दिनको फरक छ। महान् गरिब, जसलाई खानको लागि केही हुँदैन, उनलाई नै दान दिइन्छ। भारत नै महान् गरिब छ। बिचाराहरूलाई यो थाहा पनि छैन– यस समय सबै तमोप्रधान छन्। दिन-प्रतिदिन सिँढी तल नै झर्दै जान्छन्। अहिले कोही सिँढी चढ्न सक्दैनन्। १६ कलाबाट १४ कला फेरि १२ कला... तल झर्दै नै आउँछन्। यी लक्ष्मी-नारायण पनि पहिले १६ कला सम्पूर्ण थिए फेरि १४ कलामा झर्छन् नि। यो पनि राम्रोसँग याद गर्नु छ। सिँढी झर्दै-झर्दै बिल्कुलै पतित बनेका छौं। फेरि स्वर्गको मालिक कसले बनाउँछ? यो विश्वको इतिहास-भूगोल दोहोरिन्छ। यो पनि सबैले भन्छन् तर अब कुनचाहिँ इतिहास दोहोरिन्छ, यो कसैले जान्दैनन्। शास्त्रहरूमा त लेखिदिएका छन्– सत्ययुगको आयु लाखौं करोडौं वर्ष हो। सोध– सत्ययुग कहिले आउँछ? भन्छन्– अझै ४० हजार वर्ष बाँकी छ। तिमीले सिद्ध गरेर बताउँछौ– कल्पको आयु नै ५ हजार वर्ष हो। उनले फेरि केवल सत्ययुगलाई नै लाखौं वर्ष दिएका छन्। घोर अँध्यारो छ नि। त्यसैले मनुष्यले कसरी मानुन्– भगवान आउनुभएको छ? उनीहरूले सम्झन्छन्– भगवान तब आउनुहुन्छ, जब कलियुगको अन्त्य हुन्छ। अहिले तिमी बच्चाहरूले यी सबै कुरालाई बुझेका छौ। विनाश सामुन्ने खडा छ। बच्चाहरूलाई सम्झाइन्छ– विनाश भन्दा पहिले बाबाबाट वर्सा लिइहाल, तर कुम्भकर्णको निद्रामा सुतेका छन्। बिचाराहरू हाय-हाय गरेर मर्नेछन्। तिम्रो जयजयकार हुनेछ। विनाशमा हुन्छ नै हाय-हाय। विपरीत बुद्धि हाय-हाय नै गर्नेछन्। अहिले तिमी हौ सच्चा बाबाको सन्तान सच्चा। नर्कको विनाश नभएसम्म स्वर्ग कसरी बन्छ? तिमीले भन्छौ– यो त महाभारत लडाईं हो। यसबाट नै स्वर्गको द्वार खुल्छ। मनुष्यले त केही पनि जान्दैनन्। तिम्रो बुद्धिमा छ– हामीलाई अब दैवी स्वराज्यको मख्खन मिल्छ। उनीहरू आपसमा लडिरहन्छन्। हुन् उनीहरू पनि मनुष्य, तिमी पनि मनुष्य तर उनीहरू हुन् आसुरी सम्प्रदाय, तिमी हौ दैवी सम्प्रदाय। बाबा बच्चाहरूलाई सम्मुख सम्झाउनुहुन्छ। तिमी बच्चाहरूको मनमा खुशी रहन्छ। अनेक पटक तिमीले यस्तो राजाई लिएका छौ, जसरी अहिले तिमीले लिइरहेका छौ। उनीहरू आपसमा २ बिराला लड्छन्। मख्खन तिमीलाई मिल्छ– सारा विश्वको बादशाहीको। तिमी यहाँ आएका हौ नै विश्वको मालिक बन्न। तिमीले जान्दछौ– हामी बाबासँग योग लगाएर कर्मातीत अवस्था प्राप्त गर्छौं। उनीहरू आपसमा लड्छन्, हामी विश्वको बादशाही अवश्य प्राप्त गर्छौं। यो त सामान्य कुरा हो। उनीहरू बाहुबलवाला विश्वको बादशाही लिन सक्दैनन्। तिमी योगबलद्वारा विश्वको मालिक बन्छौ। तिम्रो हो नै अहिंसा परमो दैवी धर्म। दुवै हिंसा वहाँ हुँदैन। काम कटारीको हिंसा सबैभन्दा खराब हो, जसले तिमीलाई आदि-मध्य-अन्त्य दुःख दिन्छ। यो कसैलाई थाहा छैन– रावण राज्य कहिले हुन्छ? अहिले पुकार्छन्– आएर हामीलाई पावन बनाउनुहोस्। त्यसैले अवश्य कुनै समय पावन थिए नि। बच्चाहरूले नै पुकार्छन्– दुःखबाट मुक्त गर्नुहोस्, शान्तिधाम लैजानुहोस्। दुःख हरेर सुख दिनुहोस्। कृष्णलाई हरि पनि भन्दछन्। बाबा हामीलाई हरिको द्वार लैजानुहोस्। हरिको द्वार हो कृष्णपुरी। यो हो कंसपुरी। यो कंसपुरी हामीलाई मन पर्दैन। माया मच्छन्दरको खेल देखाउँछन्। यो त तिमीले जान्दछौ– रावणको राज्य द्वापरबाट शुरु हुन्छ। देवताहरू, जो पावन थिए, उनीहरू पतित हुन शुरु गर्छन्। यसको पनि निशानी जगन्नाथ पुरीमा छ। दुनियाँ बडो फोहोरी भएको छ। हामी त अब ती सबै कुराबाट निक्लेर परिस्तानमा जान्छौं। यसमा बडो हिम्मत, बहादुरी चाहिन्छ। बाबाको बनेर पतित कहाँ बन्नु छ र! उनीहरूले सम्झन्छन्– स्त्री-पुरूष सँगसँगै रहेर आगो नलागोस्, यो हुन सक्दैन। त्यसैले नै हंगामा गर्छन्– यहाँ स्त्री-पुरूषलाई भाइ-बहिनी बनाइन्छ। यस्तो त कहीँ लेखिएको छैन। थाहा छैन यहाँ कुनचाहिँ जादू छ। अरे, तिमी ब्रह्माकुमारीहरूको पास गयौ भने तिमीलाई वहाँ बाँधेर राख्छन्। यसरी-यसरी वहाँ बहकाउँछन्। यो पनि ड्रामामा निश्चित छ। जसको पार्ट छ, ऊ जसरी पनि आउँछ, यसमा डराउने कुरै छैन। शिवबाबा त ज्ञानका सागर, पतित-पावन, सर्वका सद्गति दाता हुनुहुन्छ। ब्रह्माद्वारा पतितबाट पावन बनाउनुहुन्छ। यो शब्द यस्तो ठूलो लेखिएको होस्, जसलाई कुनै पनि आएर पढ्न सकोस्। पवित्रतामा नै कति विघ्न पार्छन्। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! कुनै पनि देहधारीमा मोहको धागो हुनु हुँदैन। यदि कहीँ मोहको धागो छ भने फँस्छौ। यहाँ त मम्मा मरे पनि हलुआ खानु छ...। बाबाले सामुन्ने बसाएर सोध्नुहुन्छ– भोलि तिम्रो कोही मर्यो भने रून त रूँदैनौ! आँसु आयो भने फेल भयौ। एक शरीर छोडेर अर्को लियो, यसमा रूने कुरा के छ? अरु कसैले सुन्यो भने भन्छ– मुखबाट राम्रो त बोल। अरे! राम्रो नै बोल्छौं। सत्ययुगमा रूनै पर्दैन। तिम्रो यो जीवन, त्यो भन्दा पनि उच्च हो। तिमी हौ सबैलाई रूनबाट बचाउनेवाला, फेरि तिमी कसरी रून सक्छौ? हामीलाई पतिहरूको पति मिलेको छ, जसले हामीलाई स्वर्गमा लैजानु हुन्छ। फेरि नर्कमा गिराउनेको लागि हामी किन रूने! बाबा कति मीठो-मीठो कुरा सुनाउनुहुन्छ, वर्सा लिनको लागि। यस समय भारतको कति अकल्याण भएको छ। बाबा आएर कल्याण गर्नुहुन्छ। भारतलाई मगध देश भन्दछन्। सिन्ध जस्तो फेशनेबुल कुनै छैन। बेलायतबाट फेशन सिकेर आउँछन्। केश बनाउन आजकल केटीहरू कति खर्च गर्छन्। उनलाई भनिन्छ नर्ककी परी। बाबाले तिमीलाई स्वर्गको परी बनाउनुहुन्छ। भन्दछन्– हाम्रो लागि त यहाँ नै स्वर्ग छ, यो सुख त लिइहालौं। भोलि के हुन्छ? हामी के जानौं। यस्ता अनेक विचार भएका आउँछन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) सच्चा-सच्चा रुहानी पण्डा बनेर सबैलाई घरको बाटो बताउनु छ। शरीर निर्वाह अर्थ धन्दा गर्दै यादको यात्रामा रहनु छ। कार्य-व्यवहारमा दिक्क हुनु छैन।

    २) ज्ञान शृङ्गार गरेर स्वयंलाई स्वर्गको परी बनाउनु छ। यस तमोप्रधान दुनियाँमा शारीरिक शृङ्गार गर्नु छैन। कलियुगी फेशन छोडिदिनु छ।

    वरदान:

    त्याग, तपस्याद्वारा सेवामा सफलता प्राप्त गर्ने सर्वको कल्याणकारी भव:-  

    जसरी स्थूल अग्निले टाढैबाट आफ्नो अनुभव गराउँछ, यसैगरी तिम्रो तपस्या र त्यागको झलकले टाढैबाट सबैलाई आकर्षित गरोस्। सेवाधारीको साथ-साथ त्यागी, तपस्वीमूर्त बन, तब सेवाको प्रत्यक्षफल देखिन्छ। त्यागी अर्थात् कुनै पनि पुरानो संकल्प वा संस्कार नदेखियोस्। तपस्वी अर्थात् बुद्धिको स्मृति वा दृष्टिद्वारा आत्मिक स्वरुप सिवाय अरु केही पनि नदेखियोस्। जुन संकल्प उठ्छ, त्यसमा हर आत्माको कल्याण समाहित भएको होस्, तब भनिन्छ सर्वको कल्याणकारी।

    स्लोगन:

    देह-भानबाट पार जानको लागि चित्रलाई नहेर, चैतन्य र चरित्रलाई हेर।   



    ***OM SHANTI***