BK Murli 17 June 2016 Nepali
०३ आषाढ शुक्रबार 17.06.2016 बापदादा मधुवन
“मीठे बच्चे– यो सारा विश्व ईश्वरीय परिवार हो त्यसैले गायन छ– हजुर माता-पिता हामी बालक...। तिमी अहिले यथार्थमा ईश्वरीय परिवार भएका छौ।”
प्रश्न:
बाबाबाट २१ जन्मको पूरा वर्सा लिने सहज विधि कुनचाहिँ हो?
उत्तर:
संगममा शिवबाबालाई आफ्नो बच्चा बनाऊ। तन-मन-धनबाट बलिहार जाऊ, तब २१ जन्मको लागि पूरा वर्सा मिल्छ। बाबा भन्नुहुन्छ– जुन बच्चाले संगममा आफ्नो पुराना सबैथोक बिमा गर्छन्, उनलाई म बदलामा २१ जन्मसम्म दिन्छु।
गीतः–
नयन हीन को राह दिखाओ.......
ओम् शान्ति।
बच्चाहरूले गीत सुन्यौ। यसमा भगतले भगवान्लाई पुकारेका छन्। भगवान्लाई पूरा नजान्नाको कारणले मनुष्य कति दुःखी छन्। भक्तिमार्गमा कति मेहनत गरिरहन्छन्। केवल यो जीवनको कुरा होइन। जबदेखि भक्ति शुरु भयो, धक्का खाइरहेका छन्। यहाँ नै देवी-देवताहरूको राज्य थियो, जसलाई स्वर्ग, सचखण्ड भनिन्थ्यो। अहिले झुटखण्ड बनेको छ। भारतको महिमा धेरै छ किनकि भारत परमपिता परमात्माको जन्मस्थान हो। उहाँको वास्तविक नाम शिव हो। शिवजयन्ती मनाउँछन्। रूद्र वा सोमनाथ जयन्ती भनिँदैन। शिवजयन्ती वा शिवरात्रि भनिन्छ। स्वर्गको स्थापना गर्ने एकै हेविनली गड फादर हुनुहुन्छ। अब सबै भक्तहरूका भगवान त अवश्य एक हुनुपर्छ। सबै नहीनहीन छन् अर्थात् ज्ञानको आँखा वा दिव्य अन्तर्दृष्टि छैन। भगवानुवाच– मैले तिमीलाई राजयोग सिकाउँछु, श्रीमद्भागवत गीता हो मुख्य। श्री अर्थात् श्रेष्ठ मत। अब तिमीलाई बुद्घिवान बनाइन्छ। दिव्य चक्षु अर्थात् ज्ञानको तेस्रो नेत्र देखाउँछन्। वास्तवमा ज्ञानको तेस्रो नेत्र तिमी ब्राह्मणहरूलाई मिल्छ, जसबाट तिमीले बाबालाई र बाबाको रचनाको आदि-मध्य-अन्त्यलाई जान्दछौ। यतिबेला सबैमा देह-अभिमान वा ५ विकार छ त्यसैले घोर अँध्यारोमा छन्। तिमी बच्चाहरूसँग प्रकाश छ। तिम्रो आत्माले सारा विश्वको इतिहास-भूगोल जानिसकेको छ। पहिले तिमी सबै अज्ञानतामा थियौ। ज्ञान अंजन सद्गुरूले दिनुभयो, अज्ञान अँध्यारो विनाश भयो। जो पूज्य थिए, उनै फेरि पुजारी बनेका छन्। पूज्य हुन्छन् प्रकाशमा। पुजारी हुन्छन् अँध्यारोमा। परमात्मालाई आफै पूज्य, आफै पुजारी भन्न सकिँदैन। उहाँ त हुनुहुन्छ नै परमपूज्य। सबैलाई पूज्य बनाउनेवाला। उहाँलाई भनिन्छ परमपूज्य। परमपिता परम आत्मा अर्थात् परमात्मा। कृष्णलाई कहाँ यस्तो भनिन्छन् र! उनलाई सबैले परमपिता भन्दैनन्। निराकार भगवान्लाई नै सबैले परमपिता भन्छन्।
उहाँ पनि आत्मा नै हुनुहुन्छ, तर परम हुनुहुन्छ। त्यसैले उहाँलाई परमात्मा भनिन्छ। उहाँ परमात्मा सदैव परमधाममा रहनुहुन्छ। अंग्रेजीमा उहाँलाई सुप्रीम सोल भनिन्छ। बाबा भन्नुहुन्छ– तिमीले गाउँछौ पनि, आत्मा परमात्मा अलग रहे बहुकाल.....। यस्तो होइन परमात्मा, परमात्माबाट अलग रहे बहुकाल....। होइन, यो पहिलो नम्बरको अज्ञानता हो– आत्मा सो परमात्मा, परमात्मा सो आत्मा भन्नु। आत्मा त जन्म-मरणमा आउँछ। परमात्मा कहाँ पुनर्जन्ममा आउनुहुन्छ र! बाबा बसेर सम्झाउनुहुन्छ– तिमी स्वर्गवासी पूज्य थियौ। मानवताका पूज्य सबै देवी-देवताहरू थिएँ। यो सारा ईश्वरको परिवार हो। ईश्वर हुनुहुन्छ रचयिता। गाइएको छ– तिमी माता-पिता हामी बालक तिम्रा... त्यसैले परिवार भयो नि। ठीक छ, यो त बताऊ तिमीले माता पिता कसलाई भन्छौ? यो कसले भन्छ? आत्माले भन्छ– तिमी माता-पिता... तिम्रो कृपाले स्वर्गको अपार सुख हामीलाई मिलेको थियो। हजुर माता-पिता आएर स्वर्गको स्थापना गर्नुहुन्छ। त्यसैले हामी हजुरका बच्चा बन्छौ। बाबा भन्नुहुन्छ– म संगममा नै आएर राजयोग सिकाउँछु, नयाँ दुनियाँको लागि। मनुष्यको बुद्घि बिल्कुल भ्रष्ट बनेको छ। स्वर्गलाई नर्क सम्झन्छन्। भन्छन् वहाँ पनि कंस, जरासन्धी, हिरण्यकश्यप आदि थिए। बाबा आएर सम्झाउनुहुन्छ– के तिमीले बिर्सियौ? मेरो त शिवजयन्ती पनि तिमीले यहाँ नै मनाउँछौ। गाइएको पनि छ– शिवरात्रि। कुनचाहिँ रात्रि? यो ब्रह्माको बेहदको रात्रि। बाबा संगममा आएर रात्रिलाई दिन अर्थात् नर्कलाई स्वर्ग बनाउनुहुन्छ। शिवरात्रिको अर्थ पनि कसैलाई थाहा छैन। भगवान हुनुहुन्छ निराकार। मनुष्यको त जन्मै पिच्छे शरीरको नाम बदलिन्छ। परमात्मा भन्नुहुन्छ– मेरो कुनै शरीरको नाम छैन। मेरो नाम शिव नै हो। मैले केवल वृद्घ वानप्रस्थ तनको आधार लिन्छु। यी पूज्य थिए, अहिले पुजारी बनेका छन्। शिवबाबा आएर स्वर्ग रच्नुहुन्छ, हामी उहाँका बच्चा हौं त्यसैले अवश्य हामी स्वर्गको मालिक हुनुपर्छ नि। शिवबाबा हुनुहुन्छ उच्च भन्दा पनि उच्च।
ब्रह्मा-विष्णु-शंकरको आफ्नो-आफ्नो पार्ट छ। हरेक आत्मामा आफ्नो सुख-दुःखको पार्ट निश्चित छ। तिमीले जान्दछौ– हामी शिवबाबाका वारिस बनेका थियौं। शिवबाबाले स्वर्गवासी बनाउनुभएको थियो, त्यसैले उहाँलाई सबैले याद गर्छन्। हे भगवान! दया गर्नुहोस्। साधुले पनि साधना गर्छन् किनभने यहाँ दुःख छ त्यसैले निर्वाणधाम जान चाहन्छन्। आत्मा परमात्मामा लीन हुन्छ वा हामी आत्मा सो परमात्मा– यो सम्झनु गलत हो। अब तिमी भन्छौ– हामी आत्मा परमधामका निवासी हौं फेरि देवता कुलमा आउँछौ, फेरि ८४ जन्म लिन्छौं। हामी आत्मा वर्णहरूमा आउँछौं। शिवबाबा जन्म-मरणमा आउनुहुन्न। केवल नारायणको वंश थियो। जस्तै, क्रिश्चियन घरानामा एडवर्ड द फस्ट, सेकेण्ड, थर्ड चल्छ। त्यस्तै वहाँ पनि लक्ष्मी-नारायण द फस्ट, लक्ष्मी-नारायण द सेकेण्ड, थर्ड, यसरी ८ वंश चल्छ। अहिले तिमी ब्राह्मणहरूको तेस्रो नेत्र खुलेको छ। बाबा बसेर आत्माहरूसँग कुरा गर्नुहुन्छ। तिमीले यसरी ८४ को चक्कर लगाएर यति-यति जन्म लिँदै आएका हौं। वर्णहरूको पनि एउटा चित्र बनाउँछन् जसमा देवता, क्षत्रिय, वैश्य, शूद्र, ब्राह्मण बनाउँछन्। अहिले तिमीले जान्दछौ– हामी नै ब्राह्मण चोटी हौं। यस समयमा हामी हां ईश्वरीय सन्तान, यथार्थमा। यो सहज राजयोग र ज्ञानले हामीलाई अपार सुख मिल्छ। कसैले सूर्यवंशी राजधानीको वर्सा लिन्छन्, कसैले चन्द्रवंशीको। सारा राजधानी स्थापना भइरहेको छ। हरेकले आफ्नो पुरूषार्थले त्यो पद पाउँछन्। कसैले यदि सोध्यो– अहिले पढ्दा-पढ्दै हाम्रो शरीर छुट्यो भने के पद मिल्छ? बाबाले बताउन सक्नुहुन्छ। योगबाट नै आयु बढ्छ, विकर्म विनाश हुन्छ, पतितबाट पावन बन्ने अर्को कुनै उपाय छैन। पतित-पावन बोल्दा भगवान याद आउँछ। तर भगवान को हो? यो जान्दैनन्। बाबा भन्नुहुन्छ– म आउँछु नै यहाँ। यो मेरो जन्मस्थान हो। सोमनाथको मन्दिर कति भव्य छ! यो बाबा बसेर बच्चाहरूलाई सम्झाउनुहुन्छ। भक्तिमार्गमा फेरि यादगार बन्न शुरु हुन्छ। जब पुजारी बन्छन्, सबैभन्दा पहिला सोमनाथको मन्दिर बनाउँछन्। भारत त सत्ययुग-त्रेतामा धेरै धनवान थियो। मन्दिरहरूमा पनि प्रशस्त धन थियो। भारत हीरा-तुल्य थियो। अहिले त भारत कंगाल कौडी-तुल्य छ। फेरि बाबा आएर हीरा-तुल्य बनाउनुहुन्छ। कसैलाई पनि सोध्न सक्छौ– रचयिता को हुनुहुन्छ? भन्छन् परमात्मा। उहाँ कहाँ हुनुहुन्छ? उहाँ त सर्वव्यापी हुनुहुन्छ। बाबा भन्नुहुन्छ– यो सारा वृक्ष जीर्ण अवस्थामा पुगेको छ।
आफूलाई हेर्नु छ– म लायक बनेको छु ताकि बाबा मम्माको गद्दीको हकदार बन्न सकुँ? यो हो नै पतित दुनियाँ। पवित्रता हो मुख्य। अहिले त स्वास्थ्य पनि छैन, सम्पति पनि छैन, सुख पनि छैन। यो हो रुण्यको पानी जस्तो (मृगतृष्णा समान) राज्य। यस बारेमा पनि दुर्योधनको कथा शास्त्रमा लेखिएको छ। दुर्योधन विकारीलाई भनिन्छ। द्रौपदीले भन्छन्– हाम्रो लाज बचाइदिनुहोस्। सबै द्रौपदी हौ नि। यी बच्चीहरू स्वर्गका द्वार हुन्। बाबाले कति राम्रोसँग सम्झाउनुहुन्छ। जसको बुद्घियोग पूरा लागेको हुन्छ, धारणा पनि हुन्छ। पढाइ ब्रह्मचर्यमा नै पढ्ने गरिन्छ। बाबा भन्नुहुन्छ– गृहस्थ व्यवहारमा रहँदै कमलफूल समान रहनु छ। दुवै तर्फ सम्बन्ध निर्वाह गर्नु छ। मर्नु पनि अवश्य छ। मर्ने बेलामा मनुष्यलाई मन्त्र दिन्छन्। बाबा भन्नुहुन्छ– तिमीहरू सबै मर्नेवाला हौ। म कालहरूको पनि काल सबैलाई फर्काएर लैजानेवाला हुँ। त्यसैले खुशी हुनुपर्छ नि। फेरि जसले राम्रोसँग पढ्छ, त्यो स्वर्गको मालिक बन्छ। पढ्दैन भने प्रजाको पद पाउँछ। यहाँ तिमी आएका छौ राज्यपद पाउन। यो पढाइ हो। यसमा अन्धश्रद्घाको त कुरै छैन। यो पढाइ हो राजाईको लागि। जसरी पढाइको लक्ष्य हुन्छ– बेरिस्टर बन्ने, त्यसमा योग अवश्य पढाउनेवाला टिचरसँग राख्नुपर्छ। यहाँ तिमीलाई भगवान्ले पढाउनुहुन्छ त्यसैले योग उहासँग लगाउनु छ। बाबा भन्नुहुन्छ– म परमधाम, धेरै टाढाबाट आउँछु। परमधाम कति उच्च छ। सूक्ष्मवतन भन्दा पनि उँच, त्यहाँबाट आउन मलाई सेकेण्ड लाग्छ। त्यो भन्दा तीव्र अरु केही हुन सक्दैन। सेकेण्डमा जीवनमुक्ति दिन्छु। जनकको उदाहरण छ नि। अहिले त नर्क पुरानो दुनियाँ हो। नयाँ दुनियाँ स्वर्गलाई भनिन्छ। बाबाले नर्कको विनाश गराएर स्वर्गको मालिक बनाउनुहुन्छ। बाँकी सबै आत्माहरू शान्तिधाममा जान्छन्।
आत्मा अमर हुन्छ। उसलाई पार्ट पनि अमर मिलेको छ। फेरि आत्मा सानो-ठूलो कसरी हुन सक्छ अथवा जलेर मर्न कसरी सक्छ? हो नै तारा जस्तो। ठूलो-सानो हुन सक्दैन। अहिले तिमी हौ परमपिताका विद्यार्थी। परमपिता नलेजफुल, ब्लिसफुल हुनुहुन्छ। उहाँले तिमीलाई पढाइ रहनुभएको छ। तिमीले जान्दछौ– यो पढाइले हामी नै देवी-देवता बन्छौ। तिमीले विश्वको सेवा गरिरहेका छौ। सबैभन्दा पहिला त बाबाको बन्नु छ। अरु ठाउँमा त गुरूकहाँ जान्छन्, उनको बन्छन् अथवा उनलाई आफ्नो गुरू बनाउँछन्। यहाँ त हुनुहुन्छ बाबा। त्यसैले पहिला बाबाको बच्चा बन्नुपर्छ। पिताले बच्चालाई आफ्नो जायजेथा दिन्छन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! तिमीले सट्टिपट्टी गर। तिम्रो सबैथोक मेरो, मेरो सबै थोक तिम्रो। देह सहित जे जति छ, त्यो मलाई देऊ। मैले तिम्रो आत्मा र शरीर दुवैलाई पवित्र बनाइदिन्छु र फेरि राजाई पद पनि दिन्छु। तिमीसँग जे जति छ, बलि चढाइ देऊ, तब जीवनमुक्ति मिल्छ। बाबा यो सबै हजुरको हो! बाबा भन्नुहुन्छ– तिमीले मलाई वारिस बनाऊ, मैले २१ जन्म तिमीलाई वारिस बनाउँछु। केवल मेरो मतमा चल। ठीक छ, धन्दा आदि गर। बेलायत जाऊ, जे पनि गर। केवल मेरो मतमा चल। खबरदार बन, मायाले घरी-घरी पछार्छ। कुनै पनि विकर्म नगर। श्रीमतमा चल्यौ भने श्रेष्ठ बन्छौ। अच्छा!
मीठे-मीठे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।
धारणाको लागि मुख्य सारः
१) आत्मा र शरीर दुवैलाई पावन बनाउनको लागि देह सहित जे जति छ, त्यसलाई बाबाको अर्पण गरेर उहाँको श्रीमतमा चल्नु छ।
२) माता-पिताको गद्दीको हकदार बन्नको लागि स्वयंलाई लायक बनाउनु छ। लायक बन्नको लागि मुख्य पवित्रतालाई धारण गर्नु छ।
वरदान:
तपस्याद्वारा आफ्ना विकर्मलाई वा तमोगुणका संस्कारहरूलाई भस्म गर्ने तपस्वीमूर्त भव:-
जसरी अहिले ईश्वरीय पालनाको कर्तव्य चलिरहेको छ, त्यसैगरी अन्त्यमा तपस्याद्वारा आफ्ना विकर्म र हरेक आत्माको तमोगुणी संस्कार वा प्रकृतिको तमोगुणलाई भस्म गर्ने कर्तव्य चल्नेछ। यसको लागि सदा एकरस स्थितिको आसनमा स्थित भएर आफ्नो तपस्वी रुपलाई प्रत्यक्ष गर। तिम्रो हरेक कर्मेन्द्रियबाट देह-अभिमानको त्याग र आत्म-अभिमानी बन्ने तपस्या प्रत्यक्ष रुपमा देखियोस्।
स्लोगन:
संस्कारहरूको टक्करबाट बच्नको लागि बालक र मालिकपनको सन्तुलन राख।