BK Murli 19 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 19 June 2016 Nepali

    ०५ आषाढ आइतबार 19.06.2016 बापदादा मधुवन

    अन्तर्मुखी नै सदा बन्धनमुक्त र योगयुक्त


    आज बापदादा आफ्ना सदा सहयोगी, सदा शक्ति स्वरुप, सदा मुक्त र योगयुक्त– यस्ता विशेष बच्चाहरूलाई अमृतबेलादेखि विशेष रुपमा देखिरहनुभएको छ। बापदादाले हरेक बच्चाको दुई कुराको विशेषता देख्नुभयो। पहिलो कुरा– मुक्त कहाँसम्म भएका छन्! दोस्रो कुरा– जीवनमुक्त कहाँसम्म भएका छन्? जीवनमुक्त अर्थात् योगयुक्त। बापदादाको पासमा बच्चाहरूको मनको संकल्प हर सेकेण्डको रेखा स्पष्ट देखिन्छ। रेखाहरूलाई देखेर बापदादाले मुस्कुराउँदै विशेष एउटा कुराको चित्र देख्नुभयो, जुन चित्रमा दुई प्रकारको लक्षण देख्नुभयो। 

    एक– “सदा अन्तर्मुखी।” यसकारण स्वयं पनि सदा सुखको सागरमा समाहित हुन्छन् र अन्य आत्माहरूलाई पनि सदा सुखको संकल्प र भाइब्रेशनद्वारा, वृत्ति र बोलीद्वारा, सम्बन्ध र सम्पर्कद्वारा, सुखको अनुभूति गराउँछन्।

    दोस्रो– “बहिर्मुखी।” जो सदा बाह्यमुखताको कारण, बाह्य अर्थात् व्यक्त भाव, व्यक्तिको भाव-स्वभाव र व्यक्त भावको भाइब्रेशन, संकल्प, बोली र सम्बन्ध, सम्पर्कद्वारा अरुलाई व्यर्थ तर्फ उक्साउने, सदा अल्पकालको मुखको लड्डु खाने र अरुलाई पनि यही खुवाउने, सदा कुनै न कुनै प्रकारको चिन्तनमा रहने, आन्तरिक सुख-शान्ति र शक्तिबाट सदा टाढा रहने, कहिलेकाहीँ अलिकति झलक अनुभव गर्ने, यस्ता बहिर्मुमुखी पनि देख्नुभयो।

    दीपावली आइरहेको छ नि। व्यापारीले त आफ्नो खाता हेर्छन्। पुरानो खाता, नयाँ खाता हेर्छन्। त्यस्तै बाबाले के हेर्नुहुन्छ? बाबा पनि हर बच्चाको पुरानो खाता कहाँसम्म समाप्त भएका छन्, नयाँ खातामा के-के जम्मा छन्, यही खाता हेर्नुहुन्छ। आज यो अन्तर हेरिरहनु भएको थियो। हिजो पनि सुनाएँ– ब्रह्मा बाबालाई अब कुनचाहिँ कुराको प्रतीक्षा छ? (उद्घाटनको) यस उद्घाटनको लागि के तयारी गरिरहेका छौ? कसैद्वारा उद्घाटन गराउँछौ भने के गर्छौ? के-के चीज राख्छौ? उद्घाटन गर्नुभन्दा पहिले जुन रिबन बाँध्छौ वा फूल बाँध्छौ त्यो पहिला कैंचीले काट्छौ, तब उद्घाटन हुन्छ। र, कंचीलाई कहाँ राख्छौ? फूलले सजाइएको थालीमा। यसबाट के सिद्ध हुन्छ? बन्धनमुक्त हुनु भन्दा पहिले स्वयंलाई गुणहरूको फूलबाट सम्पन्न गर्नु छ अनि स्वतः बन्धनमुक्त भइहाल्छौ। उद्घाटनको तयारी के भयो? एकातिर स्वयंलाई सम्पन्न बनाउनु। तर सम्पन्न बन्नुभन्दा पहिले बाह्यमुखताको बन्धनबाट मुक्त हुनु। यस्तो तयार भएका छौ? बाह्यमुखताको रसले बाहिरबाट धेरै आकर्षित गर्छ, यसैले यसलाई कंची लगाऊ। यो रसले सूक्ष्म बन्धन बनेर सफलताको लक्ष्यदेखि टाढा गरिदिन्छ। प्रशंसा हुन जान्छ तर प्रत्यक्ष्यता र सफलता हुन सक्दैन। यसैले अब उद्घाटनको तयारी गर। उद्घाटनको लागि तयारी गर्नेहरू सदा फूलहरूको बगैंचामा बापदादाद्वारा लगाइएको फुलबारी, फूलहरूको विशेषताको सुवास लिनमा र त्यही सुवासलाई सुघ्नमा सदा तत्पर हुन्छन् अर्थात् उनको जीवन रुपी थालीमा सदा फूल नै फूल हुन्छन्। यस्तो तयार छौ? यसमा पहिलो नम्बर को जान्छ? मधुवनवाला वा दिल्लीवाला? धेरै मान मिल्छ। बापदादाको साथमा उद्घाटन गर्नु, यो भन्दा ठूलो भाग्य अरु के हुन सक्छ? समान आत्माहरूले नै साथमा उद्घाटन गर्नेछन्। यस्तो त सम्झदैनौ– उद्घाटन गर्नु अर्थात् सदाको लागि सूक्ष्म वतनवासी बन्नु वा मूल वतनवासी बन्नु। ब्रह्मा बाबाको साथमा मूलवतन निवासी सबै बन्छन् वा थोरै बन्छन्? के सम्झन्छौ? सबै सेवा स्थान छोडेर साथ जान्छौ? साथ जान्छौ वा बस्छौ? (साथ जान्छौं) सूक्ष्मवतनमा ब्रह्मा बाबा गए फेरि तिमी यहाँ किन बसेका छौ? त्यसोभए के गर्छौ? (दादीसँग) (साथ जान्छौं) ठीक छ, दिदी-दादी दुवै साथ जान्छौ? के होला? यो पनि विचित्र रहस्य छ। त्यसैले विशेष कुरा थियो– उद्घाटनको लागि तयार छौ? दिल्लीका तयार छौ? निमित्त सेवाधारी के सम्झन्छौ? कुनै आशा त बाँकी छैन? (संगम राम्रो लाग्छ) बापदादा नै जानुहुन्छ फेरि पनि रहन्छौ? कहिलेसम्म रहन्छौ? साथमा जानेले त धर्मराजलाई टाटा गर्नेछन्, धर्मराजको पासमा जानै पर्दैन। अच्छा– बाबा त खाता सफा देख्न चाहनुहुन्छ। अलिकति पनि पुरानो खाता अर्थात् बाह्यमुखताको खाता, संकल्प वा संस्कार रुपमा नरहोस्। सदा सर्व बन्धनमुक्त र योगयुक्त, यही बाह्यमुखताको वायुमण्डललाई समाप्त गर्नको लागि यस वर्ष विशेष इशारा दिइरहनुभएको छ। सेवा गर, खुब गर तर बाह्यमुखताबाट अन्तर्मुखी भएर गर। त्यो हुन्छ अन्तर्मुखताको अनुहारद्वारा। सेवामा बाह्यमुखतामा धेरै आउँछौ। त्यसैले सेवा राम्रो छ, सेवा धेरै गर्छन्, केवल यो नाम प्रसिद्ध हुन्छ। यिनीहरूको बाबा धेरै राम्रो हुनुहुन्छ, बाबा सर्वोच्च हुनुहुन्छ– यो प्रत्यक्षताको सफलता कम मिल्छ यसैले सुनाएँ– बाह्यमुखताको परिणाम– प्रशंसा गर्छन् तर प्रसन्नचित्त बन्दैनन्। “बाबाको बनिहालून्”, यो हो प्रसन्नचित्त बन्नु। 

    यस्ता सदा अन्तर्मुखी, सदा प्रसन्नचित्त, अन्य आत्माहरूलाई पनि सदा प्रसन्नचित्त बनाउने, सदा स्वयंलाई गुण सम्पन्न, बाबा समान, सदा सुखका सागरमा डुबेका, सदा एक बाबा दोस्रो न कोही, यही लगनमा मगन रहने– यस्ता श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    दिल्ली जोनः– बापदादालाई सबै बच्चाहरू अति प्रिय छन् किनकि बापदादाले विशेषताको आधारमा ड्रामा अनुसार चुनेर यस ब्राह्मण परिवारको गुलदस्तामा ल्याउनुभएको हो। यो चैतन्य फूलहरूको गुलदस्ता हो नि। हरेक फूलको विशेषता रंग-रुप आ-आफ्नो हुन्छ। कसैमा सुगन्ध धेरै हुन्छ, कसैको रंग, रुप गुलदस्तालाई सजाउनेवाला हुन्छ तर दुवै आवश्यकता छ। केवल गुलाबको फूलहरूको गुलदस्ता बनाऊ, अर्को भेराइटीको बनाऊ– सुन्दर कुन लाग्छ? भेराइटी पनि चाहिन्छ। गुलाबका फूलहरूलाई त सदा बीचमा राख्छौ, तर भेराइटी फूलहरूलाई छेउमा राख्छौ। यसमा म को हुँ? त्यो हरेकले आफूलाई जान्दछन्। बापदादाको बेहदको गुलदस्ता भित्र मेरो स्थान कहाँ छ, त्यो पनि जान्दछौ किनकि गुलदस्ता भित्र त छौ हैन? यो त पक्का छ, तब मधुवन भित्र आएका छौ।

    पाण्डव भवन (दिल्ली) का पाण्डव के गर्दैछौ? यादगारमा पनि यही समाचार सोधेँ नि! पाण्डव के गरिरहेका छौ? पाण्डव भवन हो अर्को मधुवन। त्यसैले पाण्डव भवन निवासी के सेवाको योजना बनाइरहेका छौ? यस्तो सेवा गर, सबैको दृष्टि सेवाको कारण पाण्डव भवन तर्फ जाओस्। यो हो नयाँ कुरा। यस्तो कुनै योजना बनाएका छौ? पाण्डव भवन हो नै विश्वमा विशेष भवन। त्यसैले विशेषमा भी.आई.पी स्थान हुन गयो त्यसैले जस्तो भी.आई.पी स्थान छ, त्यस्तै भी.आई.पी.को सेवा हुनुपर्छ नि। दिल्ली हो भी.आई.पीको नगरी र स्थान पनि भी.आई.पी र गर्नेवाला पनि राम्रा महावीर भी.आई.पी छौ। त्यसैले अब के गर्छौ? आफ्नो दिनचर्यालाई सेट गर। अहिले हेर यहाँ (मधुवनमा) यति ठूलो कार्य छ, दिनचर्या सेट हुनाका कारण चारैतर्फको कार्यमा सफलता पाइरहेका छन्। कार्य बढिरहेको छ तर दिनचर्या सेट हुनाको कारण कार्य ठीक हुन जान्छ, केवल यो अटेन्शन। बिहानदेखि रातसम्म आफ्नो फिक्स कार्यक्रमको दैनिक डायरी बनाऊ किनकि जिम्मेवार आत्माहरू हौ, साधारण आत्मा होइनौ। विश्व कल्याणकारी आत्मा हौ। जति ठूलो मानिस हुन्छ, उनको दिनचर्या सेट हुन्छ। ठूलो मानिसको निशानी हो एक्युरेट। एक्युरेटको साधन हो दिनचर्याको सेटिंग। एक व्यक्तिले १० व्यक्तिको कार्य गर्न सक्छ। सेटिंगले समय, शक्ति बच्न जान्छ। यसको कारण एकको बदलामा १० कार्य हुन जान्छ। अच्छा– सदा सन्तुष्ट आत्माहरू हौ नि? सदा बाबाको साथ अर्थात् सदा सन्तुष्ट। बाबा र तिमी सदा कम्बाइण्ड हौ त्यसैले कम्बाइण्डको शक्ति कति महान् छ! एक कार्यको सट्टा हजार कार्य गर्न सक्छौ किनकि हजार भुजावाला बाबा तिम्रो साथमा हुनुहुन्छ।

    २) सबै सहजयोगी हौ? बाबाको बन्नु अर्थात् सहजयोगी बन्नु किनकि बच्चा अर्थात् भाग्यशाली। बच्चाहरू बाहेक बाबाको अरु छ नै के? आमा भए पनि प्राप्तिको आधार पिता हुन्छन्। प्यारको सम्बन्धमा आमा याद आउँछ, प्राप्तिको सम्बन्धमा पिता याद आउँछ। योग लगाउनु नपरोस्, नचाहेर पनि एक बाबा सिवाय अरु कोही नजर नआओस्। बाबाको बन्नु अर्थात् सहजयोगी बन्नु। अच्छा, ओम् शान्ति।

    ३) सहज पुरूषार्थी वा सहजयोगी बच्चाहरूको मुख्य निशानीहरू 

    १) सहज पुरूषार्थी अर्थात् हिमालय पर्वत जस्तो समस्यालाई पनि उड्ती कलाको आधारमा सेकेण्डमा पार गरेर सहज सर्व प्राप्ति गराउनेवाला हुन्छन्।

    २) सदा वर्तमान र भविष्य प्रारब्ध पाउने अनुभवी, उनलाई प्रारब्ध सदा यस्तो स्पष्ट देखिनमा आउँछ, जसरी स्थूल नेत्रद्वारा स्थूल वस्तु स्पष्ट देखिनमा आउँछ।

    ३) सहज पुरूषार्थी हर कदममा पदम भन्दा पनि धेरै कमाईको अनुभव गर्छन्। कुनै पनि शक्तिबाट, कुनै पनि गुणको खजानाबाट, ज्ञानको प्वाइन्टको खजानाबाट, खुशीबाट, नशाबाट कहिल्यै खाली हुँदैनन्।

    ४) सहज पुरूषार्थी कहिल्यै चलिरहेको बाटोमा लड्दैनन् अथवा बाटोलाई बांगो भनेर गोडा मर्काउँदैनन्। ती गाइड वा पण्डा बनेर सहज बाटो पार गर्छन् र गराउँछन्।

    ५) ती केवल लवमा रहँदैनन्, लवलीन हुन्छन्। लीन रहनु अर्थात् समाहित हुनु। समाहित हुनु अर्थात् समान बन्नु। उनीहरू सहज नै चारैतर्फको भाइब्रेशनबाट, वायुमण्डलबाट टाढा रहन्छन्।

    ६) सहज पुरूषार्थी कहिल्यै अलबेला हुन सक्दैनन्। ती सदा हर समय बाबाको साथको अनुभव गर्छन्। यस्ता सहज पुरूषार्थी नै सहजयोगी जीवनको अनुभव गर्न सक्छन्। सहज पुरूषार्थ अर्थात् अलबेलापन हुँदैन।

    प्रश्नः– तिमी शक्ति अवतार आत्माहरूले कुनचाहिँ ठेक्का लिएका छौ? 

    उत्तरः– बांगो बाटोलाई सिधा बनाउने अर्थात् कलियुगलाई सत्ययुग बनाउने– यो तिम्रो ठेक्का हो। तिमीले यस्तो भन्न सक्दैनौ– के गर्ने बाटो बांगो छ। बाटोमा अचानक लडनु वा चोट लाग्नु यो पनि अटेन्शनको कमी हो।

    प्रश्नः– कुनचाहिँ बोली ब्राह्मणहरूको भाषामा हुन सक्दैन?

    उत्तरः– नचाहेर पनि हुन जान्छ। यो शब्द मास्टर सर्वशक्तिमान आत्माहरूले बोल्न सक्दैनन्। चाहना एक, कर्म अर्को भएमा शिव शक्ति भन्न सकिँदैन। शिव शक्ति अर्थात् अधिकारी, अधीन होइन। अधीनताको बोली ब्राह्मण भाषाको होइन।

    प्रश्नः– बाबाको यादको लगनले अग्निको काम गर्छ, कसरी?

    उत्तरः– जसरी अग्निमा कुनै चीज राख्यो भने नाम, रुप, गुण सबै परिवर्तन हुन जान्छ, त्यस्तै जब बाबाको यादको लगनको अग्निमा पर्छौ भने परिवर्तन हुन जान्छौ नि! मनुष्यबाट ब्राह्मण बन्छौ, फेरि ब्राह्मणबाट फरिश्ता अनि देवता बन्छौ। त्यसैले कसरी परिवर्तन भयौ? लगनको अग्निमा। आफ्नोपन केही पनि रहेन। मानव, मानव रहेन फरिश्ता बन्न पुग्यो। जस्तै काँचो माटोलाई साँचोमा ढालेर आगोमा हाल्छन् भने ईंट बन्छ, यस्तै यो पनि परिवर्तन हुन जान्छ। त्यसैले यस यादलाई नै ज्वालारुप भनिएको हो। ज्वालामुखी पनि प्रसिद्ध छ भने ज्वालादेवी वा देवताहरू पनि प्रसिद्ध छन्। अच्छा!


    वरदान:

    निर्विकारी वा फरिश्ता स्वरुपको स्थितिको अनुभव गर्ने आत्म-अभिमानी भव:-  

    जुन बच्चा आत्म-अभिमानी बन्छन् ती सहज नै निर्विकारी बन्छन्। आत्म-अभिमानी स्थितिद्वारा मनसामा पनि निर्विकारीपनको अवस्थाको अनुभव हुन्छ। यस्ता निर्विकारी, जसलाई कुनै पनि प्रकारको अपवित्रता वा ५ तत्वहरूको आकर्षणले आकर्षित गर्न सक्दैन– उनलाई नै फरिश्ता भनिन्छ। यसको लागि साकारमा रहँदै आफ्नो निराकारी आत्म-अभिमानी स्थितिमा स्थित होऊ।

    स्लोगन:

    जीवनमा अतीन्द्रिय सुखको अनुभव गर्नको लागि विशेष अमृतबेला एकान्तप्रिय बन।  



    ***OM SHANTI***