BK Murli 28 June 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 28 June 2016 Nepali

    १४ आषाढ मंगलबार 28.06.2016 बापदादा मधुवन

    “मीठे बच्चे– अमर बाबा आउनुभएको छ तिमीलाई ज्ञानको तेस्रो नेत्र दिन। अहिले तिमीले तीनै काल, तीनै लोकलाई जान्दछौ।”   

    प्रश्न:

    रुहानी बाबाले आत्माहरूलाई कुन आधारमा वर्सा दिनुहुन्छ?

    उत्तर:

    पढाइको आधारमा। जो बच्चाहरूले राम्ररी पढ्छन्, देह-अभिमानलाई छोडेर देही-अभिमानी रहने पुरूषार्थ गर्छन्, उनीहरूलाई नै बाबाको वर्सा मिल्छ। लौकिक पिताले केवल बच्चाहरूलाई वर्सा दिन्छन् तर पारलौकिक बाबाको सम्बन्ध आत्माहरूसँग छ, त्यसैले आत्माहरूलाई वर्सा दिनुहुन्छ।

    गीतः–

    भोलेनाथ से निराला..........

    ओम् शान्ति।

    रुहानी बच्चाहरूले रुहानी बाबासँग अमरकथा सुनिरहेका छन्– यस मृत्युलोकबाट अमरलोकमा जानको लागि। निर्वाणधामलाई अमरलोक भनिँदैन। अमरलोक, जहाँ तिम्रो अकालमा मृत्यु हुँदैन, त्यसलाई अमरलोक भनिन्छ। रुहानी बाबा, जसलाई अमरनाथ भनिन्छ। अवश्य अमरलोकमा लैजानको लागि मृत्युलोकमा कथा सुनाउनुहुन्छ। तीन कथा प्रख्यात छन्। अमरकथा, सत्यनारायणको कथा, तीजरीको कथा। भक्तिमार्गमा त तीजरीको अर्थ कसैले बुझ्दैनन्। ज्ञानको तेस्रो नेत्र ज्ञानसागर अमरबाबा बाहेक कसैले दिन सक्दैनन्। झुटो कथा सुनाउँछन्। मीठा-प्यारा बच्चाहरूले बुझिसकेका छौ– हामीलाई अब ज्ञानको तेस्रो नेत्र मिलिरहेको छ, जुन तेस्रो नेत्रबाट तीनै काल, तीनै लोकलाई तिमीले जानिसकेका छौ। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनको आदि-मध्य-अन्त्यलाई पनि जानिसकेका छौ। त्यसैले बच्चाहरूले आफूलाई त्रिकालदर्शी पनि सम्झन्छन्। तिमी मीठा-प्यारा बच्चाहरू बाहेक सृष्टिमा कोही पनि त्रिकालदर्शी छैनन्। तीनै काल अर्थात् सृष्टिको आदि-मध्य-अन्त्यलाई जान्दैनन्। मूलवतन, सूक्ष्मवतन, स्थूलवतनलाई धेरैले जान्दछन्। तर तीनै कालको आदि-मध्य-अन्त्यलाई कसैले जान्दैनन्। अहिले मीठा-प्यारा रुहानी बच्चाहरूले रुहानी बाबासँग सुनिरहेका छौ। हामी उहाँका बच्चा बनेका छौं। एकैपटक तिमी रुहानी बच्चाहरूलाई रुहानी बाबा मिल्नुभएको छ। आत्माहरूलाई पढाउनु हुन्छ र सबै देह-अभिमानी भएकाले भन्दछन्– म यो पढ्छु। म यो गर्छु। देह-अभिमान आउँछ। अहिले यस संगममा रुहानी बाबा आएर रुहानी बच्चाहरूलाई भन्नुहुन्छ– तिमीले राम्ररी पढ। बाबासँग हरेक बच्चा वर्सा लिनको लागि हकदार छन् किनकि सबै रुहानी बच्चाहरू हौ नि। लौकिक सम्बन्धमा केवल बच्चा वर्साको हकदार बन्छ। यस पारलौकिक सम्बन्धमा सबै बच्चाहरू, आत्माहरूलाई वर्सा मिल्छ। अमरनाथको पनि कथा सुनाउँछन्। भन्दछन्– पार्वतीलाई पहाडमा, कन्दरामा गएर कथा सुनाए। यो त गलत हो नि। अहिले तिमी बच्चाहरूले जान्दछौ– झुटो के हो, सत्य के हो। सत्य त अवश्य सत्य बाबाले नै सुनाउनुहुन्छ। बाबा एकै पटक सत्य सुनाएर सत्यखण्डको मालिक बनाउनु हुन्छ। तिमीले जान्दछौ– यस झुटो खण्डलाई आगो लाग्दैछ। यो जे जति देखेका छौ, यो रहँदैन। समय थोरै बाँकी छ। यो शिवबाबाको ज्ञान यज्ञ हो। जसरी लौकिक सम्बन्धमा पनि पिताले यज्ञ रच्छन्। कसैले रूद्र यज्ञ रच्छन्, कसैले गीता यज्ञ। कसैले रामायण यज्ञ रच्छन्। यो हो शिवबाबा वा रूद्र ज्ञान यज्ञ। यो अन्तिम यज्ञ हो। 

    तिमीले जान्दछौ– हामी अब अमरपुरीमा गइरहेका छौं। बाँकी अब केही मिनेटको बाटो छ। कोही पनि मनुष्यलाई यो कुरा थाहा छैन। उनीहरूले त भन्दछन्– मृत्युलोकबाट अमरलोकमा जानको लागि ४० हजार वर्ष अझै बाँकी छ। अमरलोक सत्ययुगलाई भनिन्छ। तिमी बच्चाहरूलाई अहिले बाबा सम्मुख बसेर अमरकथा, तीजरीको कथा, सत्य-नारायणको कथा सुनाइरहनु भएको छ। भक्तिमार्गमा के-के हुन्छ, त्यो त देख्यौ। भक्तिमार्गको कति विस्तार छ। जसरी वृक्षको ठूलो विस्तार हुन्छ, त्यस्तै भक्तिको पनि ठूलो कर्मकाण्डको वृक्ष छ। यज्ञ, व्रत, नियम, जप-तप आदि कति गर्छन्। यस जन्मका भक्त त धेरै बसेका छन्। मनुष्यको वृद्धि भइरहन्छ। तिमी भक्तिमार्गमा जब आयौ, तबदेखि अरु धर्महरू स्थापना भएका हुन्। हरेकको आफ्नो धर्मसँग सम्बन्ध हुन्छ। हरेकको रीति-रिवाज बेग्लै छ। दुनियाँ अमरपुरी थियो, अहिले मृत्युलोक छ। तिमी आदि सनातन देवी-देवता धर्मका थियौ। तर अहिले पतित भएकाले तिमीले आफूलाई देवता भन्न सक्दैनौ। तिमीले यो कुरा भुलिसकेका छौ– हामी नै देवता थियौं। जसरी प्राक्टिकलमा भन्न सकिन्छ, क्राइस्टले आफ्नो धर्मको स्थापना गरे, अनि क्रिश्चियन नाम चल्दै आयो। यस्तो होइन युरोपियन धर्मका हुन्। त्यस्तै तिमी हिन्दुस्थानमा रहने वा यहाँका रहने देवी-देवता धर्मका हौ। तर आफूलाई देवी-देवता भन्न सक्दैनन्। सम्झन्छन्– हामी त पापी, नीच, कंगाल, विकारी हौं। भक्तिमार्गमा मनुष्य दुःखी हुन्छन्, अनि बाबालाई पुकार्छन्। यो केवल तिमी बच्चाहरूले नै जान्दछौ– जो बाबालाई पुकार्दै आयौं, उहाँले हामीलाई बेहदको वर्सा दिनको लागि अमरकथा सुनाइरहनु भएको छ। हामी अमरपुरीको मालिक बन्नेवाला हौं। अमरपुरीलाई स्वर्ग भनिन्छ। तिमीले भन्दछौ– हामी स्वर्गवासी बन्नको लागि पुरूषार्थ गरिरहेका छौं। कलियुगमा मनुष्य मर्यो भने भन्छन् स्वर्गवासी भयो। तर उसले स्वर्गमा जानको लागि पुरूषार्थ कहाँ गरेको छ र? तिमीले त पुरूषार्थ गरिरहेका छौ अमरपुरी वैकुण्ठमा जानको लागि। पुरूषार्थ गराउने को हुनुहुन्छ? अमरबाबा, जसलाई अमरनाथ पनि भनिन्छ। यस यज्ञलाई पाठशाला पनि भनिन्छ। अरु कुनै पाठशालालाई यज्ञ भनिदैन। यज्ञ बेग्लै रचिन्छ, जसमा ब्राह्मणहरू बसेर मन्त्र पढ्छन्। बाबा भन्नुहुन्छ– यो तिम्रो कलेज पनि हो, यज्ञ पनि हो, दुवै एकसाथ छन्। तिमीलाई थाहा छ– यस ज्ञान यज्ञबाट विनाश ज्वाला प्रज्ज्वलित हुन्छ, यसमा सारा दुनियाँ स्वाहा हुन्छ। फेरि नयाँ दुनियाँ बन्नेछ। यसको नाम हो महाभारी महाभारत लडाईं। यो जस्तो लडाईं अरु कुनै हुँदैन। भन्दछन्– युद्धमा मुसलद्वारा लडाईं भयो। तिम्रो कसैसँग लडाईं त हुँदैन। यसलाई महाभारत लडाईं किन भनिन्छ? यहाँ त एउटै धर्म हुन्छ नि। विनाश त बाहिर हुन्छ। यहाँ लडाईंको त कुरै छैन। बाबा सम्झाउनु हुन्छ– तिम्रो लागि नयाँ दुनियाँ चाहिन्छ त्यसैले अवश्य पुरानो दुनियाँको विनाश हुन्छ। 

    तिमी बच्चाहरूको बुद्धिमा विराट् रुपको पनि सारा ज्ञान छ। यो पनि बुझेका छौ– जो कल्प पहिले आएका थिए, उनै आउँछन् देवता बन्नको लागि। बुद्धिको काम हो। हामी जति ब्राह्मण बनेका छौं, अब फेरि देवता बन्छौं। प्रजापिता ब्रह्माको पनि गायन छ। परमपिता परमात्मा ब्रह्माद्वारा मनुष्य सृष्टि रच्नुहुन्छ यसैले ब्रह्मालाई प्रजापिता भनिन्छ। तर कसरी, कहिले रच्नुहुन्छ? यो कसैले पनि जान्दैनन्। के शुरुमा मनुष्य थिएनन् जसकारण रचिन्छ? बोलाउँछन् पनि– पतित-पावन आउनुाहोस्। जब मनुष्य पतित हुन्छन्, तब त बाबा आउनुहुन्छ। दुनियाँ परिवर्तन गर्नुहुन्छ। तिमीलाई बाबाले नयाँ दुनियाँको लायक बनाउनु हुन्छ। अहिले सबै तमोप्रधान पुरानो दुनियाँमा छौ फेरि सतोप्रधान बन्नु छ। बाबाले सम्झाउनुभएको छ– हरेक मनुष्य, हरेक चीज सतो, रजो, तमोमा आउनुपर्छ। दुनियाँ नयाँबाट पुरानो अवश्य हुन्छ। कपडा पनि नयाँ लगाउँछन्, फेरि पुरानो हुन्छ। तिमीलाई ज्ञान मिलेको छ, सच्चा सत्य-नारायणको कथा अहिले तिमी सुनिरहेका छौ। गीता हो सर्वशास्त्रमयी शिरोमणि। बाँकी हुन् उनका बाल-बच्चाहरू। जसरी ब्रह्माको वंशावली, त्यस्तै गीता हो मुख्य। सबैभन्दा उच्च हुन् माता-पिता, बाँकी हुन् बाल-बच्चा अहिले माता-पिताबाट वर्सा मिल्न सक्छ। बाँकी जतिसुकै शास्त्र पढे पनि, जे गरे पनि वर्सा मिल्न सक्दैन। जसले थोरै शास्त्र पढ्छन्, उनको धेरै कमाई हुन्छ। त्यो त भयो अल्पकालको लागि। यहाँ तिमी बच्चाहरूले सुन्छौ भने कति कमाई गर्छौ– २१ जन्मको लागि, विचार गर। त्यहाँ एउटाले सुनाउँछ, सबैले उसलाई पैसा दिन्छन्। यहाँ बाबाले तिमी बच्चाहरूलाई सुनाउनुहुन्छ– तिमी २१ जन्मको लागि कति धनवान बन्छौ। वहाँ सुनाउनेको खल्ती भरिन्छ। भक्ति आदि गर्नु प्रवृत्ति मार्गको काम हो। तिमी हौ प्रवृत्ति मार्गवाला। तिमी जान्दछौ– स्वर्ग लोकमा हामी पूज्य थियौं। नत्र ८४ जन्मको हिसाब कहाँबाट आउँछ? यो हो रुहानी ज्ञान, जुन सुप्रीम रुह ज्ञानसागरबाट मिल्छ। पतित-पावन बाबा नै सबैका सद्गति दाता हुनुहुन्छ। हामी बच्चाहरूलाई अमरकथा सुनाइरहनु भएको छ। जन्म-जन्मान्तर झुटो कथा सुन्दै आयौ। अब सच्चा कथा सुनेर तिमी १६ कला सम्पूर्ण बन्छौ। चन्द्रमालाई १६ कला सम्पूर्ण भनिन्छ। सूर्यको लागि भनिँदैन। 

    तिमी जान्दछौ– हामी आत्माहरू भविष्यमा सर्वगुण सम्पन्न, १६ कला सम्पूर्ण बन्छौं। फेरि आधाकल्प पछि आत्मामा मैला पर्छ। अहिले तिमीले बुझेका छौ– हामी फेरि सर्वगुण सम्पन्न, १६ कला सम्पन्न देवता बनिरहेका छौं। हामी आत्माहरू पहिले आफ्नो घरमा जान्छौं, फेरि हामी शरीर धारण गरेर देवता बन्छौं, फेरि चन्द्रवंशी घरानामा आउँछौं। ८४ जन्मको हिसाब-किताब हुनुपर्छ– कुन युगमा, कुन वर्षमा कति जन्म भए? बाबाले ८४ जन्मको सच्चा-सच्चा कथा अहिले सुनाउनुभएको छ। तिमी बच्चाहरूलाई भनिन्छ– तिमीहरूले ८४ जन्म लिन्छौ। आफूलाई एक त ब्राह्मण सम्झिनुपर्छ। मम्मा-बाबा भन्छौ नि। वर्सा शिवबाबासँग लिन्छौ, ब्रह्मा बाबाद्वारा। ब्रह्मा पनि उहाँको भए। ब्रह्माबाट वर्सा पाउन सकिँदैन। यी पनि भाइ भए। यी शरीरधारी हुन् नि। तिमी सबै बच्चाहरूले वर्सा उहाँबाट लिन्छौ। यिनीबाट होइन। जसबाट वर्सा पाइँदैन, उनलाई याद गर्नु पनि छैन। एक शिवबाबालाई नै याद गर्नु छ। उहाँलाई नै भनिन्छ– तिमी माता-पिता हामी बालक तिम्रो। तिमी यिनको पासमा आउँछौ भने बुद्धिमा रहन्छ– हामी शिवबाबाको पासमा जान्छौं। याद शिवबाबालाई नै गर्नु छ। आत्मा बिन्दु हो, त्यसमा ८४ जन्मको पार्ट भरिएको छ। आत्मा भृकुटीको बीचमा रहन्छ। उड्छ पनि सेकेण्डमा, म आत्माले एक शरीर छोडेर अर्का लिन्छु। भृकुटीको बीचमा गएर विराजमान हुन्छु। बुद्धिमा समझ छ– हाम्रो आत्मा यस्तो छ। सत्ययुगमा त कुनै यस्तो चीज देख्ने आशा रहँदैन। आत्मालाई देख्न सकिन्छ, दिव्य दृष्टिबाट। यी आँखाबाट देख्ने कुरा होइन। भक्तिमार्गमा नै साक्षात्कार गर्छन्। जस्तै, रामकृष्णका शिष्य विवेकानन्द थिए, उनले बताए– म सामुन्ने बसेको थिएँ, उहाँको आत्मा निस्केर म भित्र प्रवेश भयो। यस्तो केही हुँदैन। आत्माले कसरी एक शरीर छोडेर अर्को शरीरमा प्रवेश गर्छ, यो सबै कुरा तिमी बच्चाहरूलाई सम्झाइन्छ। अहिले तिमीले बुझेका छौ– हामीले अमरलोकमा जानको लागि पुरूषार्थ गरिरहेका छौं, अमरलोकमा हामी जन्म लिन्छौं। वहाँ हामी गर्भ महलमा हुन्छौं। यहाँ त गर्भ जेलमा धेरै त्राहि-त्राहि गर्छन्। अब आधाकल्पको लागि बाबाले तिमीलाई सबै दुःखबाट छुटाउनु हुन्छ। त्यसैले कति प्यारले यस्ता बाबालाई याद गर्नुपर्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) स्वयंलाई रुह सम्झेर, रुहानी बाबाबाट पढेर पूरा वर्सा लिनु छ। सचखण्डको मालिक बन्नको लागि सच्चा कथा सुन्नु र सुनाउनु छ।

    २) जो बाबासँग बेहदको वर्सा मिल्छ, उहाँलाई नै याद गर्नु छ। कुनै देहधारीलाई होइन। यस पुरानो दुनियाँलाई आगो लाग्नु छ त्यसैले यसलाई देखेर पनि देख्नु छैन।

    वरदान:

    रुहाब र रहमको गुणद्वारा विश्व नव-निर्माण गर्ने विश्व कल्याणकारी भव:-  

    विश्व कल्याणकारी बन्नको लागि मुख्य दुई धारणा आवश्यक छ– एक ईश्वरीय रुहाब र दोस्रो– रहम। यदि रुहाब र रहम दुवै साथ-साथ र समान छन् भने रुहानियतको स्टेज बन्छ। जहिले पनि कुनै कर्तव्य गर्छौ वा मुखबाट शब्द वर्णन गर्छौ भने चेक गर– रहम र रुहाब दुवै समान रुपमा छन्? शक्तिहरूको चित्रमा यी दुवै गुणलाई समानता देखाइन्छ, यसैको आधारमा विश्व नव-निर्माणको लागि निमित्त बन्न सक्छौ।

    स्लोगन:

    बाबाको प्यारमा व्यर्थ संकल्प अर्पण गरिदेऊ– यही सच्चा कुर्बानी हो।   



    ***OM SHANTI***