BK Murli 27 July 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






     BK Murli 27 July 2016 Nepali

    १२ श्रावण वुधबार 27.07.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यस महाभारत लडाईंमा पुरानो वृक्ष खतम हुनु छ। त्यसैले लडाईं भन्दा पहिले बाबाबाट पूरा-पूरा वर्सा लेऊ।”  

    प्रश्न:

    बाबालाई माताहरूको संगठन चाहिन्छ, त्यस संगठनको विशेषता के हुनुपर्छ?

    उत्तर:

    यस्तो संगठन होस्, जसले देही-अभिमानी रहने पूरा-पूरा पुरूषार्थ गरोस्। जसलाई पक्का नशा रहोस्– पावन बनेर पावन दुनियाँ बनाउनु छ। पतित बन्नु छैन। नष्टोमोहा ग्रुप होस्, तब उसले कमाल गरेर देखाउँछ। कसैमा पनि आसक्ति हुनु हुँदैन। मोहको आसक्तिले धेरै नोक्सान पार्छ।

    ओम् शान्ति।

    मीठा-प्यारा बच्चाहरूले यो जान्दछन्– मीठा बाबा हामीलाई स्वर्गवासी बनाउन यहाँ आउनुभएको छ। यो बच्चाहरूको बुद्धिमा छ। हरेकलाई यो सम्झाउनु छ– हामी आत्मा यस यादको यात्राद्वारा पावन बन्छौं। कति सहज उपाय छ, केवल बाबालाई याद गर्नु छ। बच्चाहरूले जान्दछन्– बाबाले एक सेकेण्डमा मुक्ति-जीवनमुक्तिको वर्सा दिनुहुन्छ। अहिले सबै जीवनबन्धमा छन्, रावणराज्यको बन्धनमा छन्। यो कुरा कि बाबाले जान्नुहुन्छ, कि बच्चाहरूले जान्दछन्– अरु कसैले जान्दैनन्। तिमी बच्चाहरूलाई निश्चय छ– बेहदका बाबालाई याद गर्दा भित्र आत्मालाई धेरै खुशी हुन्छ। जुन बाबालाई आधाकल्पदेखि याद गर्दै आयौं, उहाँ बाबा मिल्नुभएको छ। दुःखमा बाबालाई स्मरण गरिरहन्छन्। तिमीले पनि स्मरण गथ्र्यौ, अहिले तिमी दुःखी भएर स्मरण गर्दैनौ। जसलाई सारा दुनियाँले स्मरण गर्छ, उहाँ बाबा आउनुभएको छ– यो तिमीले जान्दछौ। बाबाले पटक-पटक सम्झाउनु भएको छ– जब तिमी यहाँ बस्छौ यस्तो सम्झ कि म आत्मा हुँ। बाबा परमधामबाट आउनुभएको छ। कल्प-कल्प आफ्नो वचन अनुसार आउनुहुन्छ। बाबाको यो प्रतिज्ञा छ– तिमीले जब पुकार्छौ र आधाकल्प जब पूरा हुन्छ मलाई आउनुपर्छ। कलियुग पछि सत्ययुग हुनु छ त्यसैले म आउनुपर्छ। यो केवल तिमी बच्चाहरूलाई थाहा छ यो संगमयुग हो, बाबा आउनुभएको छ। तिमी बच्चाहरूले पनि सेवा गर्छौ, दिन-प्रतिदिन परिचय दिंदै जान्छौ, बाबाको पहिचान सबैलाई मिल्छ। यहाँ बसेका छौ, जान्दछौ– बेहदका बाबा शिवबाबा हामीलाई फेरि बेहदको वर्सा दिन आउनुभएको छ। तिमीले बाबा-बाबा भन्छौ नि। हामी शिवबाबाको पासमा आएका छौं। शिवबाबाले पनि भन्नुहुन्छ– म कल्प पहिले जस्तै साधारण तनमा आएको छु। यो भुल्नु छैन। मायाले यस्ता बाबाको याद भुलाइदिन्छ, जसले पतितबाट पावन बनाउनुहुन्छ। तिमीले जान्दछौ– सबैका सद्गतिदाता एक सतगुरू नै हुनुहुन्छ। सिक्खहरूले पनि गाउँछन् सत श्री अकाल, पतित-पावनलाई नै सतगुरू भनिन्छ। पुकार्छन् पनि हे पतित-पावन। आत्माले पुकार्छ। अहिले तिमीले जान्दछौ– हामी यहाँ सम्मुखमा बाबासँग मिल्न आएका छौं। ठूला-बडा मानिसहरू एक-अर्काको पासमा मिल्न जान्छन्। उनीहरूको कति महिमा हुन्छ। धूमधामसँग स्वागतको लागि खुशीमा बेण्डबाजा आदि बजाउँछन्। यहाँ गुप्त भेषमा को आउनुभएको छ– यो तिमीले मात्रै जान्दछौ। उहाँलाई भनिन्छ– दूरदेशका रहनेवाला मुसाफिर (यात्री)। 

    तिमीले जान्दछौ– हामी आत्माहरू परमधामका रहनेवाला हौं। यहाँ पार्ट खेल्न मुसाफिर भएर आएका छौं। एक-एक शब्द जुन बाबाले सम्झाउनुहुन्छ, दुनियाँमा अरु कसैले जान्दैनन्। तिमीले बाबासँग सुनिरहेका छौ। त्यो राम्रोसँग धारण गर्नुपर्छ। बाबा सम्झाउनुहुन्छ– तिमी सबै यस कर्मक्षेत्रका मुसाफिर हौ। हामी शान्तिधामका रहनेवाला हौं फेरि यहाँ आवाजको दुनियाँमा आउँछौं। हामी शान्तिधामका मुसाफिर हौं। ८४ जन्मको पार्ट यहाँ खेल्छौं। आखिर यो अन्त्यको समय हो। बाबा पुरानो सृष्टिलाई नयाँ बनाउन आउनुभएको छ। यो पनि तिमीले जान्दछौ। चित्र पनि स्पष्ट छ– शिवबाबाले ब्रह्माद्वारा नयाँ दुनियाँको स्थापना गर्नुहुन्छ। यस्तो त होइन कृष्णद्वारा, विष्णुद्वारा स्थापना गर्नुहुन्छ। बाबा आउनुहुन्छ नै ब्रह्माद्वारा स्वर्ग रच्न। बाबा आउनुभएको छ साधारण तनमा। यो हो नै पतित दुनियाँ, एउटा पनि पावन छैन। यहाँसम्म कि पहिलो नम्बरका लक्ष्मी-नारायण पनि पतित बन्छन्। जो पावन थिए, उनै सारा डिनायस्टी सहित पतित बनेका छन्। तिमीले जान्दछौ– हामी जो देवता धर्मका थियौं, अहिले शूद्र धर्मका बनेका छौं। अमेरिका आदिमा ठूला-ठूला धनवान रहन्छन् तर सत्ययुगको अगाडि अमेरिका केही पनि होइन। यी सबै पछि गएर बनेका हुन्। यो अल्पकालको प्रदर्शन हो। विनाश त हुनु नै छ। तिमी बच्चाहरूलाई धेरै नशा रहनुपर्छ। बाबा जसले हामीलाई स्वर्गको मालिक बनाउनुहुन्छ, उहाँलाई हामी बच्चाहरूले याद नगर्नु, कति आश्चर्य छ! मायाले याद गर्न दिँदैन। तिमी बच्चाहरूले अहिले यस्तो भन्छौ– बाबा मायाले याद गर्न दिदैन। अरे बाबा, जसले तिमीलाई २१ जन्मको लागि स्वर्गको मालिक बनाउनु हुन्छ, उहाँलाई तिमी याद गर्न सक्दैनौ? प्रजा पनि स्वर्गको मालिक बन्छन् नि। सबै सुखी रहन्छन्। अहिले त सबै दुःखी छन्। प्रधानमन्त्री, राष्ट्रपति आदिलाई त रात-दिन चिन्ता रहन्छ। लडाईं आदिमा कति मरिरहन्छन्। तिमीले जान्दछौ– महाभारत लडाईं पनि प्रख्यात छ, तर त्यसमा के भएको थियो? यो कसैको बुद्धिमा छैन। बाबाले त्यो कुरा तिम्रो बुद्धिमा बसाउनुभएको छ। महाभारतको लडाईंमा सबै मारिए! कति ठूलो मनुष्य सृष्टि छ। आत्माहरूको पनि वृक्ष छ। वृक्ष पहिला नयाँ हुन्छ भने धेरै सानो हुन्छ फेरि वृद्धि हुँदै जान्छ। तिमीले जान्दछौ– पहिले जब देवता धर्म थियो त कति सानो वृक्ष थियो। आदि सनातन देवता धर्म थियो। अहिले कति भेराइटी धर्म छन्। यस महाभारत लडाईंद्वारा यी सबैको विनाश हुनु छ। तर यो ज्ञान कसैमा छैन। त्यसैले भनिदिन्छन्– यो उही लडाईं हो तर यसबाट के हुनु छ, यो थाहा छैन। तिमी अहिले प्रकाशमा छौ। जान्दछौ– विनाश हुनु छ त्यसैले महाभारत लडार्इं भन्दा पहिले आफ्नो वर्सा त लेऊ। कुरा त धेरै सहज छ। पवित्र बन र बाबालाई याद गर। धेरै बच्चीहरूमाथि अत्याचार हुन्छ। तिमी माताहरूकोसंगठन हुनुपर्छ, एक-अर्कालाई बचाउनको लागि। तर यसको लागि देही-अभिमानी अवश्य हुनुपर्छ। हामी पावन त अवश्य बन्नु छ– यो पक्का नशा चाहिन्छ। यस्तो नशामा रहनेले नै सम्झाउन सक्छन्। हामीले बाबालाई याद गर्नु छ, पवित्र बन्नु छ। हामी स्वदर्शन चक्रधारी हौं– यो नशा त रहनुपर्छ। हामीले रचयिता बाबा र रचनाको चक्रलाई जान्दछौं। अब हामीलाई बाबाबाट नयाँ दुनियाँ सत्ययुगको वर्सा लिनु छ। हामीले ८४ जन्म कसरी लिन्छौं, यो सम्झाउँदै गर। बाबा भन्नुहुन्छ– मलाई याद गर्छौ भने तिम्रो पाप नष्ट हुन्छ। पावन त अवश्य बन्नु छ। पावन अर्थात् पवित्र। काम महाशत्रु हो। हामीले ८४ जन्मको चक्र पूरा गरेका छौं, अब बाबाबाट वर्सा लिनु छ। बाबा भन्नुहुन्छ– मलाई याद गर्छौ भने तिम्रा विकर्म विनाश हुन्छन्। यहाँ त आउँछौ नै रिफ्रेस हुन। म बाबालाई याद गर– २१ जन्मको वर्सा लिनु छ। कसैमा पनि मोहको आसक्ति हुनु हुँदैन। नष्टोमोहा बन्नु छ। यस शरीरमा पनि मोह नरहोस्। यो त पुरानो छाला हो। तर यसको सम्हाल राख्नु पर्ने हुन्छ, ताकि पढाइ पढ्न सकियोस्। कष्ट भएमा टाल-टुल गर्नुपर्ने हुन्छ। तिमीले जान्दछौ– यो पुरानो सडेको शरीर हो। यसलाई केही न केही भइरहन्छ। दुःख आत्मालाई हुन्छ। जान्दछौ– अब यो शरीरलाई छोड्नु छ। योगबलले यसलाई थमाउनु छ। बाबालाई याद गरिरहनु छ। आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्नु छ, भइहाल्यो। अरु कुनै लौकिक सम्बन्ध पनि याद नआओस्। म देह होइन आत्मा हुँ। बाबा भन्नुहुन्छ– म तिमी आत्माहरूलाई वर्सा दिन आएको छु। आत्मा पवित्र भएपछि शरीर पनि पवित्र मिल्नेछ। 

    तिमीले जान्दछौ– अहिले हाम्रो आत्मा पावन बन्नु छ। हामी यी लक्ष्मी-नारायण जस्तै पावन थियौं। यी लक्ष्मी-नारायणले ८४ जन्म लिएका छन्। सारा सूर्यवंशी डिनायस्टीले ८४ जन्म लिएका छन्। चन्द्रवंशीहरूले ८४ जन्म लिदैनन्। हो, जो सूर्यवंशीमा सबैभन्दा पहिले दास-दासी बन्छन्, उनीहरूले नै त्रेतामा केही न केही पद पाउँछन्, उनीहरूको ८४ जन्म हुन्छन्। राजा-रानी, प्रजा जति पनि दास-दासीहरू आदि सूर्यवंशीमा आउँछन्, उनीहरूले नै ८४ जन्म लिन्छन्। यसरी आफूसँग कुरा गर्नु छ। हामी ८४ जन्म कसरी लिन्छौं। विचार सागर मन्थन गर्नुपर्छ। जति हुन सक्छ बाबालाई र वर्सालाई याद गरिराख। हिँड्दा-डुल्दा सम्झ– म बाबाको बच्चा हुँ। जो मिले पनि उनलाई बाबाको परिचय दिनु छ। यी चित्रहरूका सारा ज्ञान छ। सबै बताउनु छ। बाबा आउनुभएको छ ब्रह्मा तनमा। हामी सबै ब्रह्माकुमार-कुमारी हौं। हामी बी.के. लाई स्वर्गको मालिक बनाउन बाबा आउनुभएको छ। सबै आत्माहरूका बाबा एउटै हुनुहुन्छ। हामी ब्रह्ममाकुमार-कुमारी हौं। आ-आफ्नो कार्ड पनि देखाउन सक्छौ। अफिस आदिमा पनि कार्ड देऊ, तर बुझ्न सक्दैनन् बी.के. को हुन्? अनेक प्रकारका विघ्न आउँछन्। सरकारलाई पनि सम्झाइन्छ– हाम्रो यो परिवार हो। हजुरबुवा र बाबा। हजुरबुवाद्वारा हामी वर्सा लिइरहेका छौं। यो याद राखेर खुशी हुनुपर्छ, सम्पत्ति त हजुरबुवाको हो। नातिहरूलाई हक हुन्छ, पूरा बाँडेर लिन्छन्। 

    तिमी पनि जान्दछौ– शिवबाबाबाट ब्रह्माद्वारा हामी वर्सा लिन्छौं। यो याद राख्नुपर्छ। पढ्नु छ र फेरि पढाउनु छ। पिताको कर्तव्य हो– बच्चाहरूको पालना गर्नु। जबसम्म कुमार-कुमारी बालिग बन्दैनन् पिताले तिनीहरूको सम्हाल गर्नुपर्छ। बच्चाहरूको काम हो पढ्नु। पढ्छन् आफ्नो खुट्टामा खडा हुनको लागि। तिमीले जान्दछौ– बाबाले हामीलाई पढाइरहनु भएको छ, २१ जन्मको लागि। फेरि हामी आफ्नो खुट्टामा खडा हुन्छौं। जति पढ्छौ, उति उच्च पद पाउँछौ। तिमीले स्वयं भन्छौ– हामी यहाँ श्री लक्ष्मी वा श्री नारायण बन्नको लागि आउँछौं। यो सत्यनारायणको कथा हो नि। कसैलाई थाहा छैन– यी लक्ष्मी-नारायणले ८४ जन्म कसरी लिन्छन्? राधेको भक्तहरूले भन्छन्– राधे हाजिराहजुर छिन्। जहाँ हेरे पनि राधे नै राधे छिन्, कृष्ण नै कृष्ण छन्, शिव नै शिव छन्। यसरी सबैलाई एक गरिदिएका छन्– ईश्वर, राधे, कृष्ण सबै सर्वव्यापी छन्। यी सबै ईश्वरका रुप हुन्। भगवानले यो रुप धारण गरेका छन्। जता हेर्यो उता तिमी नै तिमी छौ... बिल्कुलै बेसमझ बनेका छन्। यो हो विकारी पतित दुनियाँ। सत्ययुग हो निर्विकारी पावन दुनियाँ। निर्विकारी दुनियाँको अर्थ हो नै स्वर्ग। भन्छन् वहाँ बच्चा त हुन्छन् नि। ती कसरी पैदा हुन्छन्। यस्तो प्रश्न गर्छन्। भन्छन्– बच्चा पैदा भएन भने सृष्टि कसरी बढ्छ! हरेक वर्ष जनसंख्याको हिसाब निकाल्छन्– मनुष्य कति बढे। यो बताउँदैनन्– यति मरे। त्यसैले बच्चाहरूलाई सबैभन्दा पहिले त आफ्नो कल्याण गर्नु छ। म आत्मा हुँ– पहिले त यो निश्चय गर। बाबालाई याद गर्नु छ। अन्तकाल जो नारायण सिमरे... अब नारायण सिमरे– यो शब्द झूठो लेखेका छन्। अन्तकाल जो शिवबाबा सिमरे... उहाँकै चिन्तामा जो मर्छ, उही स्वर्गको नारायण बन्छ। अन्तकाल नारायण किन भन्छन्? सम्झन्छन्– कृष्णले ज्ञान दिएका थिए, त्यसैले उहाँको जप गरुँ। कृष्णलाई याद गर्छन्। नारायणको बारेमा कसैलाई थाहा छैन। कृष्णको जयन्ती मनाउँछन्, राधाको जयन्ती खोई त? कृष्णको जन्म मनाउँछन्, नारायणको कहाँ मनाउँछन्? विश्वको महाराजा-महारानीको बारेमा कसैलाई थाहा छैन। प्रजापिता ब्रह्माको मुख वंशावली हुन्छन् नि! कहाँ गए! भन्छन् ब्राह्मण देवी-देवता नमः। ब्रह्माको मुख वंशावली थियो नि। बच्चाहरूले बुझेका छन्– शिवबाबाले ब्रह्माद्वारा ब्राह्मण धर्म स्थापना गर्नुहुन्छ। ब्राह्मण धर्म ब्रह्माले रच्नुभएको होइन तर शिवबाबाले रच्नुभएको हो। यी त अहिले ब्रह्मा बनेका हुन्। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) यस पुरानो शरीरमा रहेर पढाइ पढेर २१ जन्मको लागि कमाई गर्नु छ। त्यसैले यसको सम्हाल गर्नु छ। बाँकी यसमा आसक्ति राख्नु छैन।

    २) यस्तो अभ्यास गर्नु छ, जसले गर्दा अन्तकालमा एक शिवबाबाको नै याद रहोस्। अरु कुनै पनि चिन्तनमा जानु छैन। आफ्नो कल्याण गर्नु छ।

    वरदान:

    आवाजभन्दा परको स्थितिमा स्थित भएर सबै गुणहरूको अनुभव गर्ने मास्टर बीजरुप भव:-  

    जसरी बीजमा सारा वृक्ष समाहित हुन्छ, त्यसैगरी आवाजभन्दा परको स्थितिमा संगमयुगका सबै विशेष गुणहरूको अनुभव हुन्छ। मास्टर बीजरुप बन्नु अर्थात् केवल शान्ति होइन तर शान्तिको साथमा ज्ञान, अतीन्द्रिय सुख, प्रेम, आनन्द, शक्ति आदि-आदि मुख्य गुणहरूको अनुभव गर्नु। यो अनुभव केवल आफूलाई मात्र हुँदैन, अन्य आत्माहरूले पनि उनको चेहराबाट सर्वगुणहरूको अनुभव गर्छन्। एक गुणमा सर्वगुण समाहित हुन्छन्।

    स्लोगन:

    विशेषता धारण गर तर विशेषतामा प्रभावित नहोऊ।   



    ***OM SHANTI***