BK 19 August 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK 19 August 2016 In Nepali

    ०३ भाद्र शुक्रबार 19.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यादमा रहनाले राम्रो दशा बस्छ, अहिले तिमीमाथि बृहस्पतिको दशा छ त्यसैले तिम्रो चढ्ती कला छ।”  

    प्रश्न:

    यदि योगमा पूरा ध्यान छैन भने त्यसको परिणाम के हुन्छ? निरन्तर यादमा रहने युक्ति के हो?

    उत्तर:

    १) यदि योगमा पूरा ध्यान छैन भने चल्दा-चल्दै मायाको प्रवेशता हुन्छ, अनि गिर्छन्। २) देह-अभिमानी बनेर अनेक भूलहरू गरिरहन्छन्। मायाले उल्टो कर्म गराइरहन्छ। पतित बनाइदिन्छ। निरन्तर यादमा रहनको लागि मौन रहने गर, क्रोध नगर। देह सहित सबैथोक बिर्सिएर म आत्मा परमात्माको बच्चा हुँ– यो अभ्यास गर। योगबलबाट के के प्राप्ति हुन्छ? त्यसलाई स्मृतिमा राख।

    गीतः–

    ओम् नमो शिवाए

    ओम् शान्ति।

    मीठा-प्यारा रुहानी बच्चाहरूले आफ्नो रुहानी बाबा शिवबाबाको महिमा सुन्यौ। जब पाप बढ्छ अर्थात् मनुष्य पाप आत्मा बन्छन् तब नै पतित-पावन बाबा आउनुहुन्छ, आएर पतितलाई पावन बनाउनुहुन्छ। उहाँ बेहदका बाबाको नै महिमा हो, उहाँलाई वृक्षपति पनि भनिन्छ। यस समयमा बेहदका बाबाद्वारा बृहस्पतिको बेहदको दशा, तिमी माथि बसेको छ। विशेष र सामान्य दुई शब्द छन् नि। त्यसको अर्थ यहाँ नै सिद्घ हुन्छ। बृहस्पतिको दशाले विशेष भारतवर्ष जीवनमुक्त बन्छ अर्थात् आफ्नो स्वराज्य पद पाउँछ किनकि सच्चा बाबा जो हुनुहुन्छ, जसलाई सत्य भनिन्छ, उहाँ आएर हामीलाई नरबाट नारायण बनाउनुहुन्छ। बाँकी जो छन्, उनीहरू नम्बरवार आ-आफ्नो धर्मको सेक्शनमा गएर बस्छन् र आउँछन् पनि नम्बरवार। कलियुगको अन्त्यसम्म आइरहन्छन्। हरेक आत्मालाई आ-आफ्नो धर्ममा आ-आफ्नो पार्ट मिलेको छ। राजाईमा राजादेखि लिएर प्रजासम्म सबैलाई आ-आफ्नो पार्ट मिलेको छ। नाटक हो नै राजादेखि प्रजासम्मको। सबैले आ-आफ्नो पार्ट खेल्नुपर्छ। बच्चाहरूले जान्दछन्– हामी माथि अहिले बृहस्पतिको दशा बसेको छ। यस्तो होइन, एक दिन मात्र बस्छ। तिम्रो बृहस्पतिको दशा चलिरहेको छ। अहिले तिम्रो चढ्ती कला हो। जति याद गर्छौ, त्यति चढ्ती कला हुन्छ। याद बिर्सिनाले मायाको विघ्न आउँछ। यादले दशा राम्रो बस्छ। राम्रोसँग याद गरेनौ भने अवश्य गिर्छौ। फेरि उनीहरूबाट केही न केही भूलहरू हुन्छन्। बाबाले सम्झाउनु भएको छ– ड्रामा अनुसार सबै धर्मका जति पनि छन्, एक-अर्को पछि पार्ट खेल्नको लागि आउँछन्। बच्चाहरूले जान्दछन्– स्वर्गको दशा अर्थात् जीवनमुक्तिको दशा अब हामी माथि बसेको छ। यो ड्रामाको चक्र कसरी घुम्छ? यसलाई पनि विस्तारमा बुझ्नु छ। यो सृष्टि ड्रामाको चक्र विशेष यहाँको बनेको हो। बाबा पनि यहाँ नै आउनुहुन्छ। गाइएको छ– आश्चर्यवत् सुनन्ति, कथन्ती, भागन्ती.... चल्दा-चल्दै मायाको प्रवेशता हुनाको कारणले गिर्छन्। पूरा ध्यान दिँदैनन् योगमा, फेरि बाबा आएर संजीवनी बुटी दिनुहुन्छ अर्थात् सुरजीत गर्ने बुटी दिनुहुन्छ। हनुमान पनि तिमी हौ। बाबाले सम्झाउनु भएको छ– यस समयमा रावणलाई भगाउनको लागि यो बुटी सुँघाइदिन्छु। बाबाले तिमीलाई सबै सत्य कुरा बताउनुहुन्छ। सत्य हुनुहुन्छ नै एक बाबा, जो आएर तिमीलाई सत्यनारायणको कथा सुनाएर सत्ययुगको स्थापना गर्नुहुन्छ। उहाँलाई भनिन्छ नै सत्य अर्थात् सत्य बताउनेवाला। तिमीलाई भन्छन्– तपाईंहरूले शास्त्रलाई मान्नुहुन्छ? भन– हो, हामीले शास्त्रहरूलाई किन मान्दैनौं? जान्दछां– यी सबै भक्तिमार्गका शास्त्र हुन्। 

    यो त हामी मान्छौं। ज्ञान र भक्ति दुई चीज हुन्। जब ज्ञान मिल्छ फेरि भक्तिको के आवश्यकता छ? भक्ति अर्थात् उत्रिनेकला। ज्ञान अर्थात् चढ्ती कला। यस समयमा भक्ति चलिरहेको छ। अहिले हामीलाई ज्ञान मिलेको छ, जसबाट सद्गति हुन्छ। भक्तहरूको रक्षा गर्ने एक मात्र भगवान हुनुहुन्छ। रक्षा शत्रुबाट गरिन्छ नि। बाबा भन्नुहुन्छ– म आएर रावणबाट तिम्रो रक्षा गर्छु। देख्छौ नि– रावणबाट कसरी रक्षा हुन्छ? यस रावणमाथि विजय प्राप्त गर्नु छ। बाबाले सम्झाउनुहुन्छ– मीठे बच्चे, यो रावणले तिमीलाई तमोप्रधान बनाएको छ। सत्ययुगलाई भनिन्छ सतोप्रधान, स्वर्ग। फेरि कला कम हुँदै जान्छ। अन्त्यमा जब बिलकुल नै देह-अभिमानमा आउँछन् अनि पतित बन्छन्। नयाँ घर बनेपछि महिना अथवा ६ महिनापछि केही न केही कला कम हुन्छ। हरेक वर्ष घरलाई पोत्ने गर्छन्। कला त कम हुँदै जान्छ नि। नयाँबाट पुरानो, पुरानोबाट नयाँ यो शुरुदेखि हरेक चीजको हुँदै आएको छ। अनुमान गरिन्छ– यो घर १००, १५० वर्षसम्म चल्छ। बाबाले सम्झाउनुहुन्छ– सत्ययुग भनिन्छ नयाँ दुनियाँलाई। फेरि त्रेतालाई २५ प्रतिशत कम भनिन्छ किनकि अलिकति पुरानो हुन्छ। ती हुन् चन्द्रवंशी। उनीहरूको निशानी दिएका छन् क्षत्रिय किनकि नयाँ दुनियाँको लायक बनेनन्। त्यसैले कम पद भयो। सबै चाहन्छन्– कृष्णपुरीमा जाऊँ। यस्तो कहिल्यै कहाँ भन्छन् र– रामपुरीमा जाऊँ। सबैले कृष्णपुरीको लागि भन्छन्। गाउँछन् पनि नि– चलो वृन्दावन भजो राधे-गोविन्दÒ वृन्दावनको कुरा हो। अयोध्याको लागि भन्दैनन्। श्रीकृष्णमा सबैको धेरै प्यार रहन्छ। कृष्णलाई धेरै प्यारले याद गर्छन्। कृष्णलाई देखे भने भन्छन्– यिनी जस्तो पति मिलोस्, यिनी जस्तो बच्चा मिलोस्, यिनी जस्तो भाइ मिलोस्। समझदार बच्चा अथवा बच्चीहरू जो हुन्छन्, उनीहरूले कृष्णको मूर्ति सामुन्ने राख्छन् ताकि यिनी जस्तो बच्चा मिलोस्। कृष्णको प्यारमा धेरै रहन्छन् नि। सबैले चाहन्छन् कृष्णपुरी। अहिले त छ कंसपुरी, रावणको पुरी। कृष्णपुरीको धेरै महत्व छ। कृष्णलाई सबैले याद गर्छन्। त्यसैले बाबा भन्नुहुन्छ– तिमीले यति समयदेखि याद गर्दै आएका छौ। अब कृष्णपुरीमा जाने पुरूषार्थ गर, यिनको घरानामा त जाऊ। सूर्यवंशी ८ घराना हुन्छन्। त्यसैले यति पुरूषार्थ गर, राजाईमा आएर राजकुमारसँग झुल। यो बुझ्ने कुरा हो नि। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! जति हुन सक्छ मनमनाभव रहने गर। यादमा नरहनाले गिर्न पुग्छौ। ज्ञानले कहिल्यै गिराउँदैन। यादमा रहँदैनन् भने गिर्न पुग्छन्। यसैमा अल्लाह अवलदीन, हातमताईको नाटक पनि बनेका छन्। यादमा रहनको लागि नै मुखमा मुहलरा राखिदिन्थे। कसैलाई क्रोध आयो भने भन्छन्– मुखमा केही राखिदेऊ। कुरा नगरेपछि क्रोध आउँदैन। बाबा भन्नुहुन्छ– कहिल्यै पनि कसैसँग क्रोध नगर। तर यो कुरालाई पूरा नबुझेर शास्त्रहरूमा केही न केही राखिदिएका छन्। बाबाले यथार्थ बसेर सम्झाउनुहुन्छ। बाबा जब आउनुहुन्छ तब त आएर सम्झाउनुहुन्छ। जो यहाँ आएर जान्छन्, उनीहरूको महिमा गाइन्छ। 

    टैगोर, झाँसीकी रानी आएर गए, उनीहरूको फेरि नाटक बनाउँछन्। ठीक छ, शिव पनि आएर जानुभएको हो त्यसैले त शिवजयन्ती मनाउँछन् नि। तर शिव कहिले आउनुभयो? आएर के गर्नुभयो? यो थाहा छैन। उहाँ त सारा सृष्टिका पिता हुनुहुन्छ। अवश्य आएर सबैलाई सद्गति दिनुभयो। इस्लामी, बौद्घी आदि जसले पनि धर्म स्थापना गरेर गएका छन्, उनीहरूको जयन्ती मनाउँछन्। तिथि-मिति सबैको छ, उहाँको कसैलाई थाहा छैन। भन्छन पनि– क्राइस्ट भन्दा यति वर्ष पहिले भारत वैकुण्ठ थियो। स्वस्तिका जब बनाउँछन्, त्यसमा पूरा ४ भाग गर्छन्। ४ युग छन्। आयु धेरै-थोरै हुन सक्दैन। जगन्नाथ पुरीमा चामलको हण्डा बनाउँछन्। पूरा ४ भाग हुन जान्छ। बाबा भन्नुहुन्छ– यो भक्ति मार्गमा जटिल बनाइदिएका छन्। अब बाबा भन्नुहुन्छ– देह सहित यो सबै भुल। म आत्मा हुँ, परमपिता परमात्माको बच्चा हुँ– यो अभ्यास गर। बाबा स्वर्गका रचयिता हुनुहुन्छ भने अवश्य हामीलाई स्वर्गमा पठाउनु भएको हुनुपर्छ। नर्कमा त पठाउनुहुन्न। बाबाले कसैलाई पनि नर्कमा पठाउनुहुन्न। पहिला सबैले सुख भोग्छन्। पहिला सुख पछि दुःख। बाबा त सबैका दुःख हर्ता सुख कर्ता हुनुहुन्छ नि। आत्माले पहिले सुख फेरि दुःख देख्छ। विवेकले पनि भन्छ– हामी पहिले सतोप्रधान फेरि सतो, रजो, तमोमा आउँछौं। मनुष्यले पनि सम्झन्छन्– बेलायतका समझदार छन्। वहाँ त बम यस्ता बनाउँछन् जसले तुरून्त खतम हुन्छन्। जसरी आजकल मुर्दालाई बिजुलीमा तुरून्त खतम गरिदिन्छन्, त्यस्तै बम फ्याँक्नाले आगो लाग्छ अनि मनुष्य पनि तुरून्त खतम हुन्छन्। दुःखधामलाई आगो लाग्नु छ। तुफान यस्तो आउँछ जसले गाउँका गाउँ खतम हुन्छन्। फेरि त्यसबेला यस्तो कुनै प्रबन्ध रहँदैन, जसले बचाऊ गर्न सकियोस्। विनाश त हुनु नै छ। पुरानो दुनियाँ खतम हुनु छ। गीतामा पनि वर्णन छ। बाबाले सम्झाउनु भयो– यूरोपवासीले बम यसरी छोड्छन्, जुन थाहा पनि हुने छैन। तिमी बच्चाहरूले जान्दछौ– कल्प पहिले पनि विनाश भएको थियो, अहिले पनि हुन्छ। तिमीले पनि कल्प पहिले जस्तै पढिरहेका छौ। बिस्तारै-बिस्तारै वृक्ष वृद्घि हुँदै जान्छ। वृद्घि हुँदै जान्छ फेरि स्थापना पनि हुन जान्छ। मायाको तुफानले धेरै राम्रा-राम्रा फूलहरूलाई पनि गिराइदिन्छ। योगमा पूरा रहँदैनन् भने फेरि मायाले विघ्न पार्छ। बाबाको बच्चा बनेर पवित्रताको प्रतिज्ञा गरेर फेरि विकारमा गिर्छन् भने नाम बदनाम गरिदिन्छन्। फेरि धेरै ठूलो असर पर्छ। बाबा भन्नुहुन्छ– यो कामको चोट कहिल्यै नखाऊ। बच्चाहरूले जान्दछन्– यहाँ रगतका नदी बग्नेछन्। सत्ययुगमा दूधका नदी बग्छन्। त्यो हो नयाँ दुनियाँ, यो हो पुरानो दुनियाँ। कलियुगमा हेर के छ, नयाँ दुनियाँको वैभव त हेर। यहाँ त केही पनि छैन। बच्चीहरू साक्षात्कारमा देखेर आउँछन्। सूक्ष्मवतनमा शूबीरस पिएँ, यो गरेँ– यो सबै साक्षात्कार हुन्छ। बताउँछन्– हामी मूलवतनमा जान्छौं। बाबाले वैकुण्ठमा पठाइदिनुहुन्छ। यो सबै साक्षात्कार आदिको ड्रामामा निश्चित छ। यसबाट केही मिल्दैन। धेरै बच्चीहरू सूक्ष्मवतनमा जान्थे, शूबीरस आदि पिउँथे। आज छैनन्। राम्रा-राम्रा फस्टक्लास बच्चाहरू हराए। धेरै ध्यानमा जानेहरूले गएर विवाह गरे। अचम्म लाग्छ। माया कस्तो छ। 

    भाग्य कसरी उल्टो फर्किन्छ। धेरैले राम्रो-राम्रो पार्ट खेले। धेरै मदत पनि गरे, अति आवश्यक समयमा। तर पनि आज छैनन्। त्यसैले बाबा भन्नुहुन्छ– माया तिमी बडो बलवान छौ। मायासँग तिम्रो युद्घ चल्छ। यसलाई भनिन्छ योगबलको लडाईं। योगबलद्वारा के मिल्छ– यो कसैलाई थाहा छैन। केवल भारतको प्राचीन योग भन्छन्। मीठा प्यारा बच्चाहरूलाई योगको लागि सम्झाइन्छ– प्राचीन राजयोगको गायन गरिएको छ। जति पनि दर्शनशास्त्री आदि छन्, यो आध्यात्मिक ज्ञान त कसैमा छैन। रुहानी बाबा नै ज्ञानका सागर हुनुहुन्छ। उहाँलाई नै शिवाय नमः भनेर गाउँछन्। उहाँको नै महिमा गाइएको छ। बाबा आएर तिमीलाई कति ज्ञान सम्झाउनुहुन्छ। यसलाई ज्ञानको तेस्रो नेत्र भनिन्छ र अरु कसैको तागत छैन जसले आफूलाई त्रिकालदर्शी भन्न सकोस्। त्रिकालदर्शी केवल ब्राह्मण नै हुन्छन्, जुन ब्राह्मणद्वारा यज्ञ रचिएको छ। रूद्र ज्ञान यज्ञ हो नि। रूद्र शिवलाई पनि भन्दछन्। अनेक नाम राखिदिएका छन्। हरेक देशमा नाम बेग्ला-बेग्लै धेरै छन्। एक बाबा सिवाय अरु कसैको यति नाम छैनन्। बबुलनाथ पनि उहाँलाई भनिन्छ। बबुल उसलाई भनिन्छ जसमा काँडा हुन्छन्। बाबा काँडालाई फूल बनाउनेवाला हुनुहुन्छ, त्यसैले उहाँको नाम बबुलनाथ राखिएको हो। मम्बईमा वहाँ धेरै मेला लाग्छ। अर्थ केही पनि बुझ्दैनन्। बाबा बसेर सम्झाउनु हुन्छ– उहाँको सही नाम हो शिव। व्यापारीहरूले पनि बिन्दुलाई शिव भन्छन्। एक, दुई-गन्ती जब गर्छन्, १० सम्म आएपछि भन्छन् शिव। बाबा पनि भन्नुहुन्छ– म बिन्दु हुँ, तारा। धेरैले यस्तो डबल तिलक पनि दिन्छन्। माता र पिता। ज्ञानसूर्य, ज्ञानचन्द्रमाको निशानी हो। उनीहरूले अर्थ जान्दैनन्। बाबाले योगको बारेमा सम्झाइरहनु भएको थियो। योग कति प्रसिद्घ छ। अहिले तिमी बच्चाहरूले योग शब्द छोडिदेऊ, याद गर। बाबा भन्नुहुन्छ– योग शब्द बुझ्दैनन्, याद बुझ्दछन्। बाबालाई धेरै याद गर्नु छ। उहाँलाई साजन पनि भनिन्छ। पटरानी बनाउनुहुन्छ नि। विश्वको राजधानीको वर्सा बाबाले दिनुहुन्छ। सत्ययुगमा एउटा बाबा हुनुहुन्छ। भक्तिमा दुई बाबा र ज्ञानमार्गमा अहिले तिमीलाई तीन बाबा हुन्छन्। कति अनौठो छ। तिमीले अर्थ सहित जान्दछौ– सत्ययुगमा हुन्छन् नै सबै सुखी त्यसैले पारलौकिक बाबालाई जान्दै-जान्दैनन्। अहिले तिमीले तीनै बाबालाई जान्दछौ। कति सहजै बुझ्ने कुरा छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) यादमा रहनको लागि केही पनि नबोल। मौन रह्यौ भने क्रोध खतम हुन्छ। कसैमाथि पनि क्रोध गर्नु हुँदैन।

    २) यो दुःखधामलाई अब आगो लाग्नु छ, त्यसैले यसलाई भुलेर नयाँ दुनियाँलाई याद गर्नु छ। बाबासँग जुन पवित्र रहने प्रतिज्ञा गरेका छौ, त्यसमा पक्का रहनु छ।

    वरदान:

    फरमानको पालनाद्वारा सर्व अरमानहरू समाप्त गर्ने माया प्रुफ भव:-  

    अमृतबेलादेखि लिएर रातीसम्म दिनचर्याको लागि जति पनि आदेश मिलेका छन्, सोही अनुरुप आफ्नो वृत्ति, दृष्टि, संकल्प, स्मृति, सेवा र सम्बन्धलाई चेक गर। जसले हर संकल्प हर कदममा आदेशको पालन गर्छन्, उनीहरूका सबै इच्छाहरू समाप्त हुन्छन्। यदि मनमा पुरूषार्थको वा सफलताको इच्छा रहेका छन् भने अवश्य कहीँ न कहीँ, कुनै न कुनै आदेशको पालना भइरहेको छैन। त्यसैले जब कुनै उल्झन आउँछ भने चारैतिरबाट चेक गर– यसबाट माया प्रुफ स्वतः बन्छौ।

    स्लोगन:

    आफ्ना सूक्ष्म कमजोरीहरूको चिन्तन गरेर तिनलाई मेटाइदिनु– यही स्वचिन्तन हो।  



    ***OM SHANTI***