BK Murli 20 August 2016 In Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 August 2016 In Nepali

    ०४ भाद्र शनिबार 20.08.2016 बापदादा मधुवन

    “मीठे बच्चे– बाबा आउनुभएको छ तिम्रो तकदिर जगाउन, पावन बनेपछि नै तकदिर जाग्दछ।”   

    प्रश्न:

    जुन बच्चाहरूको तकदिर जागेको छ, उनीहरूको निशानी के हुन्छ?

    उत्तर:

    १) उनीहरू सुखका देवता हुन्छन्। बेहदको बाबाबाट सुखको वर्सा लिएर सबैलाई सुख दिन्छन्। कहिल्यै पनि कसैलाई दुःख दिन सक्दैनन्। उनीहरू व्यासका बच्चाहरू सच्चा-सच्चा सुखदेव। २) उनीहरू ५ विकारको संन्यास गरेर सच्चा-सच्चा राजयोगी, राजऋषि कहलाउँछन्। ३) उनीहरूको अवस्था एकरस रहन्छ, उनीहरू कुनै पनि कुरामा रूँदैनन्। उनीहरूलाई नै मोहजित भनिन्छ।

    गीतः–

    तकदीर जगाकर आई हूँ

    ओम् शान्ति।

    गीतको एउटा लाइन सुनेर पनि मीठा-प्यारा बच्चाहरूको रोमाञ्च खडा हुनुपर्ने हुन्छ। हुन त सामान्य गीत हो, तर यसको सार अरु कसैले जान्दैनन्। बाबा नै आएर हर गीत, शास्त्रको अर्थ सम्झाउनु हुन्छ। मीठा-प्यारा बच्चाहरूले यो पनि जान्दछन्– कलियुगमा सबैको तकदिर सुतेको छ। सत्ययुगमा तकदिर जागेको हुन्छ। सुतेको तकदिरलाई जगाउने र मत दिने अथवा तकदिर बनाउनेवाला एकै बाबा हुनुहुन्छ। उहाँ नै बसेर बच्चाहरूको तकदिर जगाउनुहुन्छ। जब बच्चा पैदा हुन्छन्, तकदिर जाग्दछ। बच्चा जन्मिएपछि उनीहरूलाई यो थाहा हुन्छ– हामी वारिस हौं। यो हुबहु बेहदको कुरा हो। बच्चाहरूले जान्दछन्– कल्प-कल्प हाम्रो तकदिर जाग्दछ र सुत्दछ। पावन बनेपछि तकदिर जाग्दछ। पावन गृहस्थ आश्रम भनिन्छ। आश्रम शब्द पवित्र हुन्छ। पवित्र गृहस्थ आश्रम, त्यसको विपरीत हो अपवित्र पतित धर्म, आश्रम भनिदैन। गृहस्थ धर्म त सबैको हो नै। जनावरको पनि छ। बच्चा त सबैले पैदा गर्छन्। जनावरलाई पनि भनिन्छ गृहस्थ धर्ममा छन्। अब बच्चाहरूले जान्दछन्– हामी स्वर्गमा पवित्र गृहस्थ आश्रममा थियौं, देवी-देवता थियौं। उनीहरूको महिमा पनि गाइन्छ– सर्वगुण सम्पन्नÒ तिमी स्वयं पनि गाउँथ्यौ। अहिले सम्झन्छौ हामी मनुष्यबाट फेरि देवता बनिरहेका छौं। देवी देवताहरूको धर्म छ। फेरि ब्रह्मा-विष्णु-शंकरलाई पनि देवता भनिन्छ। ब्रह्मा देवताए नमः, विष्णु देवताए नमः। शिवको लागि भनिन्छ शिव परमात्माए नमः त्यसैले फरक भयो नि। शिव र शंकरलाई एउटै भन्न सकिँदैन। पत्थरबुद्धि थियौ, अब पारसबुद्धि बनिरहेका छौ। देवताहरूलाई त पत्थरबुद्धि भनिदैन। फेरि ड्रामा प्लान अनुसार रावण राज्य भएपछि उनीहरूलाई पनि सिँढी उत्रनु छ। पारसबुद्धिबाट पत्थरबुद्धि बन्नु छ। सबैभन्दा बुद्धिवान बनाउने त एकै बाबा हुनुहुन्छ। तिमीलाई पारसबुद्धि बनाउनु हुन्छ। तिमी यहाँ आउँछौ पारसबुद्धि बन्न। पारसनाथका पनि मन्दिर छन्। वहाँ मेला लाग्छ। तर यो कसैलाई थाहा छैन– पारसनाथ को हो। वास्तवमा पारस बनाउने त बाबा नै हुनुहुन्छ। उहाँ बुद्धिमानहरूको बुद्धि हुनुहुन्छ। यो हो तिमी बच्चाहरूको बुद्धिको लागि खुराक। बुद्धि कति परिवर्तन हुन्छ। जस्तै भनिन्छ– नराम्रो नहेरÒ अब बाँदरको कुरा त होइन। मनुष्य नै बाँदर जस्तै बन्छन्। वनमानुषलाई मानिससँग तुलना गर्छन्। यसलाई भनिन्छ नै काँडाको जंगल। कति एकले अर्कालाई दुःख दिइरहन्छन्। अहिले तिमी बच्चाहरूलाई बुद्धिको खुराक मिलिरहेको छ। बेहदको बाबाले खुराक दिइरहनु भएको छ। यो पढाइ हो, यसलाई ज्ञान अमृत पनि भनिन्छ। कुनै जल आदि होइन। आजकल सबै चीजलाई अमृत भनिदिन्छन्। गंगाजललाई पनि अमृत भन्छन्। देवताहरूको पाउ धोएर पिउँछन्, पानी राख्छन्, त्यसलाई पनि अमृतको अंचली सम्झन्छन्। जसले अंचली लिन्छ, उसलाई यसो भनिदैन– यो पतितलाई पावन बनाउनेवाला हो। गंगाजलको लागि भन्छन्– पतित-पावनी हो। भन्छन् पनि– मनुष्य मर्दा मुखमा गंगाजल होस्। देखाउँछन्– अर्जुनले बाण हाने फेरि अमृत जल पिलाए। तिमी बच्चाहरूले कुनै बाण आदि चलाएका होइनौ। एउटा गाउँ छ जहाँ बाणले लडाईं गर्छन्। त्यहाँका राजालाई ईश्वरको अवतार भन्छन्। बाबा भन्नुहुन्छ– यी सबै भक्ति मार्गका गुरू हुन्। सच्चा-सच्चा सद्गुरू एकै हुनुहुन्छ। सर्वका सद्गति दाता एक हुनुहुन्छ, जसले सबैलाई साथै लिएर जानुहुन्छ। बाबा सिवाय कसैले फर्केर लिएर जान सक्दैन। ब्रह्ममा लिन हुने पनि कुरा होइन। यो नाटक बनेको छ, जुन चक्र अनादि घुमिरहन्छ। विश्वको इतिहास भूगोल कसरी दोहोरिन्छ। यो अहिले तिमीले जान्दछौ। मनुष्य अर्थात् आत्माहरूले आफ्नो बाबा रचयितालाई पनि जान्दैनन्, जसलाई याद पनि गर्छन्– ओ गड फादर भनेर। हदको बुवालाई कहिल्यै गड फादर भनिदैन। गड फादर शब्द बडो इज्जतसँग भन्छन्। उहाँकै लागि भन्छन्– उहाँ पतित-पावन, दुःख हर्ता, सुख कर्ता हुनुहुन्छ। एकातर्फ भन्छन्– उहाँ दुःख हर्ता, सुख कर्ता हुनुहुन्छ, फेरि कुनै दुःख भयो भने वा बच्चा आदि मर्यो भने भनिदिन्छन्– ईश्वरले नै सुख दुःख दिनुहुन्छ। ईश्वरले हाम्रो बच्चा लिनुभयो, यो के गर्नुभएको होला! ईश्वरलाई फेरि गाली दिन्छन्। भन्छन् पनि– ईश्वरले बच्चा दिनुभयो फेरि यदि उहाँले फिर्ता लिनुभयो भने तिमी किन रून्छौ? ईश्वरको पासमा गयो नि। सत्ययुगमा कहिल्यै कोही पनि रूँदैनन्। बाबा सम्झाउनु हुन्छ– रूने त कुनै आवश्यकता नै छैन। आत्माले आफ्नो हिसाब किताब अनुसार गएर पार्ट खेल्नु छ। ज्ञान नभएका कारण मनुष्य कति रून्छन्। पागल जस्तै हुन्छन्, यहाँ त बाबा सम्झाउनु हुन्छ– मम्मा मरे पनि हलुवा खाऊÒ बुवा मरे पनि हलुवा खाऊÒ नष्टोमोहा हुनु छ। मेरो त एकै बेहदको बाबा हुनुहुन्छ, दोस्रो न कोही। बच्चाहरूको यस्तो अवस्था हुनुपर्छ। मोहजित राजाको कथा पनि सुनेका छौ नि। सत्ययुगमा कहिल्यै दुःखको कुरा हुँदैन। न कहिल्यै अकाले मृत्यु हुन्छ। बच्चाहरूले जान्दछन्– हामी कालमाथि जित पाउँछौं। बाबालाई महाकाल पनि भनिन्छ, कालहरूका काल। तिमीलाई कालमाथि जित पाउनु छ अर्थात् कालले कहिल्यै खाँदैन। कालले न आत्मालाई, न शरीरलाई खान सक्छ। आत्माले एउटा शरीर छोडेर अर्का लिन्छ। त्यसैलाई कालले खायो भन्छन्, बाँकी काल कुनै चीज होइन। मनुष्यले महिमा गाइरहन्छन्, केही बुझ्दैनन्। अच्युतम्, केशवम्Ò बाबा सम्झाउनु हुन्छ– यी ५ विकारले तिम्रो बुद्धिलाई कति खराब गरिदिन्छन्। यस समय कसैले पनि बाबालाई जान्दैनन्। यसैले यसलाई अनाथको दुनियाँ भनिन्छ। कति आपसमा लडाईं झगडा गरिरहन्छन्। यो सारा दुनियाँ बाबाको घर हो नि। बाबा सारा दुनियाँका बच्चाहरूलाई पतितबाट पावन बनाउन आउनुहुन्छ। आधाकल्प अवश्य पावन दुनियाँ थियो नि। गाउँछन् पनि– राम राजा राम प्रजाÒ वहाँ फेरि अधर्मको कुरा हुन कसरी सक्छ? भन्छन् पनि– वहाँ बाघ र बाख्रा एकसाथ जल पिउँछन्, फेरि वहाँ रावण आदि कहाँबाट आयो? बुझ्दैनन्, दुनियाँले त यस्ता कुरा सुनेर हाँस्छन्। बाबा आएर ज्ञान दिनुहुन्छ, यो पतित दनियाँ हो नि। प्रेरणाबाट कहाँ पतितलाई पावन बनाउनु हुन्छ र! बोलाउँछन्– पतित-पावन आउनुहोस्, अवश्य यहाँ नै आउनुभएको थियो। अहिले पनि भन्नुहुन्छ– म ज्ञानको सागर आएको छु, तिमीलाई आफूसमान मास्टर ज्ञान सागर बनाउन। बाबालाई नै सच्चा-सच्चा व्यास भनिन्छ। त्यसैले यी व्यास देव र तिमी उनका बच्चा सुखदेव, तिमी अहिले सुखका देवता बन्छौ। सुखको वर्सा लिइरहेका छौ व्यास, शिवाचार्यबाट। व्यासका बच्चा तिमीहरू हौ। तर मनुष्य नअलमलिऊन् यसैले भनिन्छ शिवका बच्चाहरू। उहाँको असली नाम हो शिव। आत्मालाई जानिन्छ, परमात्मालाई पनि जानिन्छ। उहाँ नै आएर पतितबाट पावन बन्ने मार्ग बताउनु हुन्छ। भन्नुहुन्छ– म तिमी आत्माहरूको बाबा हुँ। भन्दछन्– अंगुष्ठ जस्तै हुनुहुन्छ। यति ठूलो त यहाँ (भृकुटीमा) बस्न पनि सक्नुहुन्न। उहाँ त धेरै सूक्ष्म हुनुहुन्छ। डाक्टरहरू पनि आत्मालाई देख्नको लागि टाउको दुखाउँछन्। तर देख्न सक्दैनन्। आत्मालाई महसुस गरिन्छ। बाबा सोध्नुहुन्छ– अहिले तिमीले आत्माको अनुभूति गर्यौ? यति सानो आत्मामा अविनाशी पार्ट भरिएको छ। मानौं एउटा रेकर्ड हो। पहिले तिमी देह-अभिमानी थियौ, अहिले देही-अभिमानी बनेका छौ। तिमीले जान्दछौ– हाम्रो आत्माले ८४ जन्म कसरी लिइरहन्छ। त्यसको अन्त्य हुँदैन। कसै कसैले सोध्छन्– यो ड्रामा कहिलेबाट शुरु भएको हो? तर यो त अनादि हो, यसको कहिल्यै विनाश हुँदैन। यसलाई बनिबनाउ अविनाशी विश्व नाटक भनिन्छ। विश्वलाई पनि तिमीले जान्दछौ। जसरी नपढेका बच्चाहरूलाई पढाइन्छ, त्यसैगरी बाबा तिमी बच्चाहरूलाई पढाइरहनु भएको छ। आत्माले नै शरीरद्वारा पढ्छ। यो हो पत्थरबुद्धिको लागि भोजन। बुद्धिलाई समझ मिल्छ। तिमी बच्चाहरूको लागि नै बाबाले चित्र बनाउन लगाउनुभयो। धेरै सहज छ। त्रिमूर्ति ब्रह्मा, विष्णु, शंकर, अब ब्रह्मालाई त्रिमूर्ति किन भनिन्छ! देव-देव महादेवÒ एक अर्का भन्दा माथि राख्छन्। अर्थ केही पनि जान्दैनन्। अब ब्रह्मा कसरी हुन सक्छन्, जबकि ब्रह्मालाई प्रजापिता भनिन्छ। त्यसैले सूक्ष्मवतनमा ती देवता कसरी हुन सक्छन्? प्रजापिता ब्रह्मा त यहाँ हुनुपर्छ। यी कुरा कुनै पनि शास्त्रमा छैनन्। बाबा भन्नुहुन्छ– म यस शरीरमा प्रवेश गरेर यिनीद्वारा तिमीलाई सम्झाउँछु, यिनलाई आफ्नो रथ बनाउँछु। यिनको अनेक जन्मको अन्त्यमा म आउँछु। यिनले पनि ५ विकारको संन्यास गर्छन्। संन्यास गर्नेलाई योगी, ऋषि भनिन्छ। अहिले तिमी राजऋषि हौ। तिमीले प्रतिज्ञा गर्छौ। ती संन्यासीहरू त घरबार छोडेर जान्छन्। यहाँ त स्त्री-पुरूष एकसाथ रहन्छन्। भन्छन्– हामी विकारमा कहिल्यै जाने छैनौं। मूल कुरा हो नै विकारको। 

    तिमीले जान्दछौ– शिवबाबा रचयिता हुनुहुन्छ। उहाँले नयाँ रचना रच्नुहुन्छ। उहाँ बीजरुप सत् चित, आनन्दको सागर, ज्ञानको सागर हुनुहुन्छ। स्थापना, पालना, विनाश कसरी गर्नुहुन्छ– यो बाबाले नै जान्नुहुन्छ। यी कुरालाई मनुष्यले त जान्दैनन्। तिमी बच्चाहरूले अहिले यी सबै कुरालाई जान्दछौ, यसैले सबैलाई सम्झाउन सक्छौ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) हरेक आत्माको हिसाब-किताब आ-आफ्नो छ, त्यसैले कसैले शरीर छोड्यो भने रूनु छैन। पूरा नष्टोमोहा बन्नु छ। बुद्धिमा रहोस्– मेरो त एक बेहदको बाबा, दोस्रो न कोही।

    २) ५ विकार, जसले बुद्धिलाई खराब गर्छ, त्यसको त्याग गर्नु छ। सुखको देवता बनेर सबैलाई सुख दिनु छ। कसैलाई दुःख दिनु छैन।

    वरदान:

    सबै आत्माहरूको पतित संकल्प वा वृत्तिलाई भस्म गर्ने मास्टर ज्ञान सूर्य भव:-  

    जसरी सूर्यले आफ्नो किरणद्वारा किचडा, फोहोरका कीटाणुलाई भस्म गरिदिन्छ। यसैगरी जब तिमी मास्टर ज्ञान सूर्य बनेर कुनै पनि पतित आत्मालाई देख्छौ भने उसको पतित संकल्प, पतित वृत्ति वा दृष्टि भस्म भएर जान्छ। पतित-पावनी आत्मा माथि पतित संकल्पले युद्ध गर्न सक्दैन। पतित आत्माहरू पतित-पावनी माथि बलिहार जान्छन्। यसको लागि माइट हाउस अर्थात् मास्टर ज्ञान सूर्य स्थितिमा सदा स्थित होऊ।

    स्लोगन:

    आफ्नो धारणा स्वरुपद्वारा योगी जीवनको प्रभाव पार्नु यो धेरै ठूलो सेवा हो।   

     
     

    ***OM SHANTI***