BK Murli 9 September 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 9 September 2016 Nepali

    २०७३ भाद्र २४ गते शुक्रबार 09.09.2016 बापदादा मधुवन

    “मीठे बच्चे– नाम-रुपबाट अलग कुनै पनि चीज हुँदैन। आत्मा र परमात्मालाई पनि नाम-रुपबाट अलग भनिँदैन, दुवैमा अविनाशी पार्ट निश्चित छ।”  

    प्रश्न:

    शिवबाबालाई भोलानाथ भनेर याद गर्छन्, उहाँलाई भोला किन भनिएको हो?

    उत्तर:

    किनकि बाबाले नै अहिल्या, गणिका, कुब्जाहरूलाई उद्घार गर्नुहुन्छ। उनीहरूलाई विश्वको राजाईको वर्सा दिनुहुन्छ। मनुष्यले त बाबाको लागि भन्छन्– दुःख पनि उहाँले दिनुहुन्छ, सुख पनि उहाँले दिनुहुन्छ, तर बाबा भन्नुहुन्छ– मैले त तिमी बच्चाहरूको लागि सुखको राज्य स्थापना गर्छु। मलाई दुःख-हर्ता सुख-कर्ता भनिएको छ। विचार गर– म पिताले आफ्ना बच्चाहरूलाई दुःख कसरी दिन सक्छु?

    गीतः–

    दूर देश का रहने वाला.......

    ओम् शान्ति।

    रुहानी बच्चाहरूले गीत सुन्यौ अर्थात् आत्माले यस शरीरका कान रुपी कर्मेन्द्रियद्वारा गीत सुन्यौ– दूरदेशबाट यात्री आउनुभएको छ। तिमी सबै यात्री हौ नि। जति पनि सबै मनुष्य आत्माहरू छन्, उनीहरू सबै यात्री हुन्। आत्माहरूको कुनै पनि घर छैन। आत्मा निराकार हो। निराकारी दुनियाँमा रहने निराकारी आत्माहरू हुन्। त्यसलाई भनिन्छ– निराकारी आत्माहरूको घर, देश वा लोक। यसलाई जीव आत्माहरूको देश भनिन्छ। त्यो हो आत्माहरूको देश फेरि जब आत्मा यहाँ आएर शरीरमा प्रवेश गर्छ अनि निराकारबाट साकार बन्छ। यस्तो होइन– आत्माको कुनै रुप छैन। रुप पनि अवश्य छ, नाम पनि छ। यति सानो आत्माले कति पार्ट खेल्छ– यस शरीरद्वारा। हरेक आत्मामा पार्ट खेल्ने कति रेकर्ड भरिएको छ। रेकर्ड एक पटक भरिन्छ फेरि जति पनि दोहोर्याऊ, त्यही चल्छ। त्यसैगरी आत्मा यस शरीर भित्रको रेकर्ड हो, त्यसमा ८४ जन्मको सारा पार्ट भरिएको छ। जसरी आत्मा निराकार छ, त्यस्तै बाबा पनि निराकार हुनुहुन्छ। शास्त्रहरूमा कहीँ कहीँ लेखिदिएका छन्– उहाँ नाम-रुपबाट अलग हुनुहुन्छ। तर नाम-रुपबाट अलग कुनै वस्तु हुँदैन। आकाश पनि खाली छ, नाम-रुप त छ नि। विना नामको कुनै पनि चीज हुँदैन। मनुष्यले सम्झन्छन्– परमपिता नाम-रुपबाट अलग हुनुहुन्छ। यदि नाम हुँदैन भने रुप पनि हुँदैन, देश पनि हुँदैन। फेरि त केही पनि हुन सक्दैन। बोलाउँछन् पनि– दूरदेशमा रहने परमपिता परमात्मा। अब दूरदेशमा आत्माहरू रहन्छन्, यो साकार देश हो, यसमा दुईको राज्य चल्छ– रामराज्य र रावणराज्य। आधाकल्प हुन्छ रामराज्य आधा कल्प हुन्छ रावणराज्य। यो बच्चाहरूलाई सम्झाइएको छ– सत्ययुगदेखि ईश्वरीय राज्य सुरू हुन्छ, रामराज्य स्थापना गर्ने परमपिता परमात्मा हुनुहुन्छ। उहाँले कहिल्यै रावण राज्य स्थापना गर्न सक्नुहुन्न। बाबाले बच्चाहरूको लागि दुःखको राज्य कहाँ बनाउनु हुन्छ र? भन्दछन्– ईश्वरले नै दुःख सुख दिनुहुन्छ। बाबा भन्नुहुन्छ– मैले बच्चाहरूलाई दुःख कसरी दिन सक्छु? मेरो नाम नै छ दुःख-हर्ता सुख-कर्ता। यो त मनुष्यहरूको भूल हो। ईश्वरले कहिल्यै दुःख दिनुहुन्न। यस समयमा छ नै दुःखधाम। आधाकल्प रावण राज्यमा दुःख नै मिल्छ। सुख रत्ती पनि हुँदैन। सुखधाममा कहिल्यै दुःख हुँदैन। बाबा स्वर्गका रचयिता हुनुहुन्छ। अहिले तिमी छौ संगममा। यसलाई नयाँ दुनियाँ त कसैले पनि भन्दैन। नयाँ दुनियाँको नाम नै हो स्वर्ग। त्यही फेरि पुरानो दुनियाँ बन्छ। नयाँ चीज जब पुरानो, नराम्रो देखिएपछि पुरानोलाई खतम गरिन्छ। मनुष्यले विष (विकार)लाई नै सुख सम्झन्छन्। गायन पनि छ– अमृत छोडेर विष किन खाने? ग्रन्थमा गुरू नानकका पनि शब्द छन्। अशंख चोर... बाबाको महिमा गाउँछन्, हजुरले आएर जे गर्नुहुन्छ, त्यसबाट भलो नै हुन्छ। नत्र रावण राज्यमा मनुष्यहरूले खराब काम नै गर्छन्। बाबा नै आएर विकारी, फोहोरी कपडा धुनुहुन्छ। ग्रन्थमा धेरै लेखिएको छ। सिन्धीहरूले ग्रन्थ राख्छन्। अब उनीहरू त कुनै सिक्ख धर्मका होइनन्। यिनी त हुन् आदि सनातन देवी-देवता धर्मका। सिक्खहरूका हुन् गुरूनानक, उनको दाह्री, कपाल थिए। त्यसैले सबै सिक्खहरूका दाह्री, कपाल हुनुपर्छ। आजभोलि त दाह्री राख्दैनन्। धेरै फेशन गर्छन्। नत्र अनुसरण गर्नुपर्ने हो नि। गुरूनानकका शिष्य भएपछि त गुरूनानकलाई अनुसरण गर्नुपर्ने हो नि। यो त बच्चाहरूलाई अहिले थाहा भएको छ– गुरूनानक आएको ५०० वर्ष भयो फेरि कहिले आउँछन्? तिमीले तुरून्त बताउँछौ। कसैलाई पनि सोध, यो त भन्नुहोस्– गुरूनानक कहिले आउनुहुन्छ? भन्छन्– उनको आत्मा ज्योति महाज्योतिमा समाहित भयो। फेरि कसरी आउनुहुन्छ? तिमीले भन्छौ– अब ४५०० वर्ष पछि गुरूनानक फेरि आउँछन्। तिम्रो बुद्घिमा सारा विश्वको इतिहास-भूगोल घुमिरहन्छ। बुद्घ, क्राइस्ट आदि सबैको लागि भनिन्छ– यस समयमा तमोप्रधान छन्, कब्रदाखिल छन्। यसलाई कयामतको समय भनिन्छ। सबै मनुष्य मानौं मरेका छन्। सबैको ज्योति निभेको छ। बाबा आउनुहुन्छ सबैलाई जगाउन। बच्चाहरू जो काम-चितामा बसेर भस्म भएका छन्, उनीहरूलाई अमृत वर्षाद्वारा जगाएर साथमा लैजान्छु। मायाले काम-चितामा बसाएर चिहानमा पुर्याएको छ। सुतेका छन्। अब बाबाले अमृत छर्किनुहुन्छ। अमृतसर नाम त्यसैले राखिएको हो। बाबा आएर अमृत छर्किनुहुन्छ। अब कहाँ ज्ञान अमृत, कहाँ पानीको कुरा! सिक्खहरूको मुख्य दिन हुन्छ, जसमा बडो धुमधामसँग तलाउलाई सफा गर्छन्, माटो निकाल्छन् त्यसैले नाम नै राखेका छन्– अमृतसर। अमृतको तलाउ। अब गुरूनानक साहेब त कुनै ज्ञानसागर होइनन्, उनले पनि बाबाको महिमा गरेका छन्। स्वयं भन्छन्– एकोअंकार, सतनाम, उहाँ सदैव सत्य बोल्नेवाला हुनुहुन्छ। सत्य-नारायणको कथा छ नि। सिन्धीहरू बाहिर जाँदा सत्य-नारायणको कथा लगाउँछन्। सम्झन्छन्– सत्य नारायणको कथाले सुरक्षित पार भइन्छ। अमरकथा, तिजरीको कथा, कति भक्तिमार्गमा कथाहरू सुन्दै आएका छन्। भन्छन्– शंकरले पार्वतीलाई कथा सुनाउनुभयो। उनी त हुन् सूक्ष्मवतनका निवासी, वहाँ फेरि कथा कुनचाहिँ सुनाए? यी सबै कुरा बाबा बसेर सम्झाउनुहुन्छ। वास्तवमा तिमीलाई अमरकथा सुनाएर अमरलोकमा लैजान म आएको हुँ। मृत्युलोकबाट अमरलोकमा मैले लैजान्छु। बाँकी सूक्ष्मवतनमा पार्वतीले के गल्ती गरिन्, जसकारण उनलाई कथा सुनाउनुपर्यो! अहिले तिमीले जान्दछौ– हामी नरबाट नारायण, नारीबाट लक्ष्मी बन्छौं। यो हो अमरलोकमा जानको लागि सच्चा सत्य-नारायणको कथा, तीजरीको कथा। तिमी आत्माहरूलाई अहिले ज्ञानको तेस्रो नेत्र मिलेको छ।

    बाबा सम्झाउनुहुन्छ– तिमी नै सुन्दर फूल पूज्य थियौ फेरि ८४ जन्म पछि तिमी नै पुजारी बनेका छौ, त्यसैले गायन गरिएको छ– आफैं पूज्य, आफैं पुजारी। बाबा भन्नुहुन्छ– म त सदैव पूज्य हँ। तिमीलाई आएर पुजारीबाट पूज्य बनाउँछु। भन्दछन्– हे राम आएर हामीलाई पावन बनाउनुहोस्। सबै भक्तहरूले पुकार्छन्। आत्माले पुकार्छ नि– हे पतित-पावन। अहिले तिमीले बुझेका छौ– गीता कुनै कृष्णले सुनाएका होइनन्। पावन बनाउने एकै परमपिता परमात्मा हुनुहुन्छ। एउटै राम। बाबा सम्झाउनुहुन्छ– विचार लिइराख– ईश्वर सर्वव्यापी हुनुहुन्न। गीताका भगवान शिव हुनुहुन्छ, नकि कृष्ण। पहिला त सोध– भगवान कसलाई भनिन्छ, निराकारलाई वा साकारलाई? कृष्ण त हुन् साकार, शिव हुनुहुन्छ निराकार। उहाँले केवल यस तनलाई सापटी लिनुहुन्छ। बाँकी माताको गर्भबाट जन्म लिनुहुन्न। पहिला नम्बर गर्भमा आउनेवाला हो कृष्णको आत्मा। ब्रह्मा, विष्णु, शंकर पनि सूक्ष्म शरीरधारी हुन्। शिवको शरीर छैन। यहाँ यस लोकमा स्थूल शरीर हुन्छ। बाबाको महिमा छ– पतित-पावन, सर्वका सद्गतिदाता। सर्वका मुक्तिदाता, दुःख-हर्ता सुख-कर्ता। ठीक छ, सुख कहाँ हुन सक्छ? सुख मिल्छ अर्को जन्ममा। जब रावणको दुनियाँ खतम भएर स्वर्गको स्थापना हुन्छ। मुक्ति के बाट गर्नुहुन्छ? रावणको दुःखबाट। यो त दुःखधाम हो नि। फेरि गाइड पनि बन्नुहुन्छ। यो शरीर त यहाँ नै खतम हुन्छ। बाँकी आत्माहरूलाई लैजानुहुन्छ। सबैलाई दुःखबाट छुटाएर, पवित्र बनाएर घर लैजानुहुन्छ। मनुष्यले जब विवाह गराउँछन् भने पहिला पति, पछाडि पत्नी हुन्छिन्। फेरि जन्ती हुन्छन्। अब तिम्रो माला पनि यस्तै हो। माथि हुनुहुन्छ शिवबाबा फूल, पहिला फूललाई नमस्कार गरिन्छ। फेरि युगल दाना ब्रह्मा सरस्वती, फेरि हुन्छौ तिमी, जो बाबाका सहयोगी बच्चा हौ। फूल शिवबाबाको यादद्वारा नै सूर्यवंशी विष्णुको माला बनेको हो। ब्रह्मा-सरस्वती नै लक्ष्मी-नारायण बन्छन्। देवता, क्षत्रिय... फेरि शूद्रबाट ब्राह्मण बनेर यो ज्ञान लिएर लक्ष्मी-नारायण बन्छन्। यो माला उनीहरूको बनेको हो। यी ब्रह्मा-सरस्वती नै राजा-रानी बन्छन्। उनीहरूले मेहनत गरेका थिए, तब पुजिन्छ। कसैलाई थाहा छैन– माला के चीज हो? त्यसै माला जपिरहन्छन्। १६१०८ को पनि माला हुन्छ। ठूला-ठूला माला मन्दिरमा राखिन्छ। फेरि कसैले कहाँबाट जप्छन्, कसैले कहाँबाट। बाबा बम्बईमा लक्ष्मी-नारायणको मन्दिरमा जान्थे। गएर माला जप्दथे, राम-राम जप्दथे। फूल शिवबाबा हुनुहुन्छ नि। फूललाई नै राम-राम भन्छन् फेरि सारा मालालाई ढोग्छन्। ज्ञान त केही पनि छैन। पादरीहरूले पनि हातमा माला फेरिहन्छन्। कसको माला जप्नुभएको भनी सोधेमा भन्छन्– क्राइस्टको यादमा माला जप्छौं। उनीहरूका ठूला पोप पादरी हुन्छन्, त्यो फेरि पोपहरूको माला हो। उनीहरू सबैका चित्र छन्। पोपहरूको कति मान हुन्छ। उनीहरू स्वयंलाई थाहा छैन– क्राइस्टको आत्मा कहाँ छ! तिमीले जान्दछौ– क्राइस्टको आत्मा पनि अहिले भिखारी रुपमा छ। तिमी पनि अहिले भिखारीबाट राजकुमार बनिरहेका छौ। भारतवर्ष नै प्रिन्स थियो, अहिले बेगर छ फेरि प्रिन्स बन्छ। बनाउनेवाला हुनुहुन्छ एक रुहानी बाबा। भिखारीबाट राजकुमार बन्छौ। एउटा राजकुमार-राजकुमारीको कलेज पनि छ, जहाँ गएर उनीहरूले पढ्छन्। तिमीले यहाँ पढेर २१ जन्मको लागि राजकुमार-राजकुमारी स्वर्गमा बन्छौ। ज्ञानद्वारा तिमी मनुष्यबाट देवता बन्छौ। 

    अहिले तिमीले जान्दछौ– जो श्रीकृष्ण सत्ययुगका राजकुमार थिए, उनी ८४ जन्मपछि भिखारी बनेका छन्। ५ हजार वर्ष पहिले देवी-देवताहरू कति धनवान थिए। अहिले उनीहरू नै कंगाल भिखारी बनेका छन्। यो कुरा केवल तिमीले नै सुन्न सक्छौ। भगवानुवाच– उहाँ सबैका पिता हुनुहुन्छ। तिमीले भगवान पिताद्वारा सुन्छौ। गीतामा केवल यो भूल गरिदिएका छन्, जहाँ शिव भगवानुवाचको सट्टा कृष्ण भगवानुवाच नाम राखिदिएका छन्। त्यसैले गायन छ, झुटो दुनियाँ। यस समय सारा दुनियाँ काँडाको जंगल बनेको छ। बम्बईमा बबुलनाथको मन्दिर छ। बाबा आएर यी काँडाहरूलाई फूल बनाउनुहुन्छ। सबैले एक अर्कालाई काँडा लगाउँछन् अर्थात् काम कटारी चलाउँछन्, त्यसैले यसलाई काँडाको जंगल भनिन्छ। सत्ययुगलाई भगवान्को बगैँचा भनिन्छ। तिनै फूलहरू काँडा बन्छन् फेरि काँडाबाट फूल बन्छन्। सत्ययुगमा कहिल्यै रावणलाई जलाउँदैनन्। रावण पुरानो दुश्मन हो भारतको। तिम्रो लडार्ईं छ रावणसँग जसले आधा कल्प दुःख दिएको छ। अन्त्यमा ठूलो लडाईं पनि हुन्छ। सच्चा-सच्चा दशहरा हुनु छ। रावणराज्य नै खतम हुन्छ। तिमीलाई फेरि सुनको महल मिल्छ। अहिले तिमीले रावणमाथि विजय प्राप्त गरेर स्वर्गको मालिक बन्छौ। बाबाले सारा विश्वको राज्य भाग्य दिनुहुन्छ, त्यसैले उहाँलाई शिव भोला भण्डारी भनिन्छ। गणिका, अहिल्या, कुब्जा सबैलाई बाबाले विश्वको मालिक बनाउनुहुन्छ। कति भोला हुनुहुन्छ। आउनु पनि हुन्छ, पतित दुनियाँमा, पतित शरीरमा। बाँकी जो स्वर्गका लायक हुँदैनन्, उनीहरूले विकारलाई छोड्न सक्दैनन्। बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! अब यो अन्तिम जन्म तिमी पावन बन। यो विकार विष हो, जसले तिमीलाई आदि-मध्य-अन्त्य दुःखी बनाउँछ। के तिमीले यस अन्तिम एक जन्म यसलाई छोड्न सक्दैनौ? मैले तिमीलाई अमृत पिलाएर अमर बनाउँछु। फेरि पनि तिमी पवित्र बन्दैनौ। विकार विना, सिग्रेट विना, रक्सी विना रहन सक्दैनौ? म बेहदका बाबाले भन्छु– तिमी एक जन्म पवित्र बन्यौ भने म स्वर्गको मालिक बनाउँछु।

    तिमीले जान्दछौ– बाबा आउनुभएको छ सारा दुनियाँलाई दुःखबाट मुक्त गरेर सुखधाम, शान्तिधाममा लैजान। अब सबै धर्मको विनाश हुन्छ। एक आदि सनातन देवी-देवता धर्मको स्थापना हुन्छ। ग्रन्थमा पनि परमपिता परमात्मालाई अकालमूर्त भन्दछन्। बाबा हुनुहुन्छ महाकाल। त्यो कालले त एक दुई जनालाई लैजान्छ। मैले त सबै आत्माहरूलाई लिएर जान्छु, त्यसैले महाकाल भनिन्छ। अच्छा!

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) यस अन्तिम जन्ममा ज्ञान अमृत पिएर अमर बन्नु छ। स्वयंलाई स्वर्गमा जान लायक बनाउनु छ। खराब बानीहरूलाई छोडिदिनु छ।

    २) अहिले पढाइ पढेर २१ जन्मको लागि स्वर्गमा राजकुमार-राजकुमारी बन्नु छ। सच्चा-सच्चा सत्य-नारायणको कथा सुनेर नरबाट नारायण बन्ने पुरूषार्थ गर्नु छ।

    वरदान:

    मायाको ज्ञानदेखि अनविज्ञ र ज्ञानमा विज्ञ बन्ने सम्पूर्ण पवित्र भव:-  

    जसरी सत्ययुगी आत्माहरू विकारी कुराको ज्ञानदेखि अनविज्ञ हुन्छन्, त्यही संस्कार स्पष्ट स्मृतिमा रह्यो भने मायाको ज्ञानदेखि अनविज्ञ बन्छौ। तर भविष्य संस्कार स्मृतिमा स्पष्ट तब रहन्छ, जब आत्मिक स्वरुपको स्मृति सदाकाल र स्पष्ट हुन्छ। जसरी देह स्पष्ट देखिन्छ, त्यसैगरी आफ्नो आत्माको स्वरुप स्पष्ट देखियोस् अर्थात् अनुभवमा आओस् तब भनिन्छ मायाबाट अनविज्ञ र ज्ञानमा विज्ञ अर्थात् सम्पूर्ण पवित्र।

    स्लोगन:

    भित्रको अशुद्घिले नै सम्पूर्ण शुद्घ बन्नमा विघ्न पार्छ।  

     

    ***OM SHANTI***