BK Murli 11 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 October 2016 Nepali

    २०७३ आश्विन २५ गते मंगलबार 11.10.2016 वापदादा मधुवन

    “मीठे बच्चे– योगबलबाट विकाररुपी रावण माथि विजय प्राप्त गरेर सच्चा-सच्चा विजया दशमी मनाऊ।”   

    प्रश्न:

    रामायण र महाभारतको आपसमा के सम्बन्ध छ? विजया दशमीले कुन कुरालाई सिद्ध गर्छ?

    उत्तर:

    विजया दशमी मनाउनु भनेको रावण खतम हुनु र सीताहरूलाई छुट्कारा मिल्नु हो। तर विजया दशमी मनाएर मात्रै त रावणबाट छुट्कारा मिल्दैन। जब महाभारत हुन्छ, अनि सबै सीताहरूलाई छुट्कारा मिल्छ। महाभारत लडाईंबाट रावण राज्य खतम हुन्छ। त्यसैले रामायण, महाभारत र गीताको आपसमा धेरै गहिरो सम्बन्ध छ।

    गीतः–

    महफील में जल उठी शमा..........

    ओम् शान्ति।

    बाबाले आदेश गर्नुहुन्छ– तिमी हौ ब्राह्मण सम्प्रदाय, तिमीलाई अहिले दैवी सम्प्रदाय भन्न सकिँदैन। तिमी अहिले हौ ब्राह्मण सम्प्रदाय, पछि दैवी सम्प्रदाय बन्छौ। यो जो रामायण छ, आज विजया दशमीको दिन उनीहरूको रामायण पूरा हुँदैछ तर पूरा त हुँदैन। यदि रावण मरेको भए त रामायणको कथा पूरा हुनुपथ्र्यो, तर हुँदैन। छुट्कारा मिल्छ महाभारतबाट। अब यो पनि बुझ्नुपर्ने कुरा हो। रामायण के हो र महाभारत के हो? दुनियाँले त यी कुरालाई जान्दैनन्। रामायण र महाभारत दुवैको सम्बन्ध छ। महाभारत लडाईंबाट रावण राज्य खतम हुन्छ। फेरि यो विजया दशमी आदि मनाउनु पर्दैन। गीता अथवा महाभारत नै हुन् रावण राज्यलाई खतम गर्नेवाला। अझै समय छ, तयारी पनि भइरहेको छ– त्यो हो हिंसक, तिम्रो हो अहिंसक। तिम्रो हो गीता, तिमी गीताको ज्ञान सुन्छौ। यसबाट के हुन्छ? रावण राज्य खतम हुन्छ। उनीहरूले रावणलाई त मार्छन् तर रामराज्य त हुँदैन। अहिले रामायण र महाभारत छ नि। महाभारत हो रावणलाई खतम गर्नको लागि। यो बडो गहन बुझ्नुपर्ने कुरा हो, यसमा विशाल बुद्धि चाहिन्छ। बाबा सम्झाउनुहुन्छ– महाभारत लडाईंबाट रावण राज्य खतम हुन्छ। यस्तो होइन, केवल रावणलाई मारेर रावण राज्य खतम हुन्छ। त्यसको लागि त संगम चाहिन्छ। अहिले संगम हो। अहिले तिमीले तयारी गरिरहेका छौ, रावण माथि विजय प्राप्त गर्न। यसमा ज्ञानको अस्त्र-शस्त्र चाहिन्छ। त्यो छैन। जसरी देखाउँछन्– रावण र रामको युद्ध भयो। यी शास्त्र सबै हुन् भक्तिमार्गका। अहिले तिमीले रावण राज्य माथि विजय प्राप्त गर्छौ, योगबलद्वारा। यो भयो गुप्त कुरा। ५ विकाररुपी रावण माथि तिम्रो विजय हुन्छ। कसरी? गीताद्वारा। बाबाले तिमीलाई गीता सुनाइरहनु भएको छ। 

    भागवत त छैन। भागवतमा देखाउँछन् कृष्ण चरित्र। कृष्णको चरित्र त केही छैन। तिमीले जान्दछौ– जब विनाश हुन्छ, महाभारत लडाईं लाग्छ, त्यसबाट नै रावण राज्य खतम हुनेछ। सिँढीमा पनि देखाइएको छ– जबदेखि रावण राज्य सुरू भयो तबदेखि भक्तिमार्ग भयो। यो तिमीले नै जान्दछौ। गीताको सम्बन्ध महाभारत लडाईंसँग छ। तिमीले गीता सुनेर राज्य पाउँछौ अनि लडाईं सुरू हुन्छ, सफाईको लागि। बाँकी भागवतका चरित्र आदि फाल्तू हुन्। शिव पुराणमा केही पनि छैन। नत्र गीताको नाम हुनुपथ्र्यो शिव पुराण। शिवबाबा बसेर ज्ञान दिनुहुन्छ– सबैभन्दा उँच हो गीता। गीता सबै शास्त्रहरू भन्दा सानो छ। अरु सबै पुस्तक ठूला बनाएका छन्। मनुष्यको जीवन कहानी पनि ठूलो-ठूलो बनाएका छन्। नेहरूले शरीर छोडे, उनको कति ठूलो पुस्तक बनाउँछन्। यो गीता शिवबाबाको पुस्तक कति ठूलो हुनुपर्छ। तर गीता कति सानो छ किनकि बाबाले सुनाउनुहुन्छ एक कुरा, त्यो हो– मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ, अनि चक्रलाई बुझ। पुग्यो। त्यसैले गीता सानो बनाए। यो कण्ठ गर्ने ज्ञान हो। तिमीलाई थाहा छ– गीताको लकेट बनाउँछन्। त्यसमा साना अक्षर हुन्छन्। अब बाबाले पनि तिम्रो गलामा लकेट पहिराउनु हुन्छ– त्रिमूर्ति र राजाईको। बाबा भन्नुहुन्छ– गीतामा छन् दुई शब्द– अल्फ र बे। यो हो गुप्त मन्त्रको लकेट, मनमनाभव। मलाई याद गर्यौ भने विकर्म विनाश हुन्छ। तिम्रो काम हो योगबलबाट विजय पाउनु फेरि तिम्रो लागि सफाई पनि हुनुपर्छ। बाबाले सम्झाउनु हुन्छ– तिम्रो योगबलद्वारा नै रावण राज्यको विनाश हुनु छ। रावण राज्य कहिलेदेखि सुरू भयो, यो पनि जान्दैनन्। यो ज्ञान बडो सहज छ। सेकेण्डको कुरा हो नि। ८४ जन्मको सिँढीमा पनि छ, यति-यति जन्म लिन्छन्। कति सहज छ। बाबा हुनुहुन्छ ज्ञानको सागर। 

    ज्ञान सुनाउनको लागि नै आउनुहुन्छ। तिमीले मुरलीको कागज जम्मा गर्यौ भने थुप्रो हुन्छ। बाबाले विस्तारमा सम्झाउनु हुन्छ। सारमा त भन्नुहुन्छ– अल्फलाई याद गर। अब समय केमा लगाउँछौ? तिम्रो शिरमा पापको बोझ धेरै छ। त्यो यादबाट नै उत्रिन्छ, यसमा मेहनत लाग्छ। घरी-घरी भुल्छौ। तिमीले बाबालाई याद गरिरर्यौ भने कहिल्यै विघ्न पर्दैन। देह-अभिमानी बन्नाले विघ्न पर्छन्। देही-अभिमानी बन्छौ अन्त्यमा। फेरि आधा कल्प केही पनि विघ्न पर्दैन। यो कति गहन कुरा छ, बुझ्नुपर्ने। सुरूदेखि कति सुनाउँदै आएको छु, फेरि पनि भन्छु– केवल मलाई र वर्सालाई याद गर। पुग्यो। वृक्षको हुन्छ विस्तार। बीज त अति सानो हुन्छ। वृक्ष कति ठूलो हुन्छ। 

    आज विजया दशमी हो नि। अहिले बाबाले सम्झाउनु हुन्छ– रामायणको महाभारतसँग के सम्बन्ध छ? रामायण त भक्तिमार्गको हो। आधाकल्पदेखि चल्दै आउँछ। अर्थात् अहिले रावण राज्य चलिरहेको छ। फेरि महाभारत आएपछि रावण राज्य खतम भएर रामराज्य सुरू हुन्छ। रामायण र महाभारतमा के फरक छ? रामराज्यको स्थापना र रावण राज्यको विनाश हुनु छ। गीता सुनेर तिमी विश्वको मालिक बन्न लायक बन्छौ। गीता र महाभारत पनि हो अहिलेको लागि। रावणराज्य खतम हुनको लागि। बाँकी उनीहरूले जुन लडाईं देखाएका छन्, त्यो गलत हो। लडाईं हुन्छ ५ विकारमाथि विजय प्राप्त गर्नको लागि। तिमीलाई बाबाले गीताका दुई शब्द सुनाउनुहुन्छ– मनमनाभव, मध्याजी भव। गीताको सुरूमा र अन्त्यमा यी दुई शब्द आउँछन्। बच्चाहरूले बुझेका छन्– अहिले गीता अध्याय चलिरहेको छ। तर कसैलाई भन्यो भने भन्छन्– कृष्ण कहाँ हुनुहुन्छ? बाबाको शिक्षा र भक्तिमार्गको शास्त्रमा कति फरक छ। यो कसैले पनि जान्दैनन्– यो रामायण के हो? महाभारत के हो? महाभारत लडाईं पछि नै स्वर्गको द्वार खुल्छ। तर मनुष्यले यो बुझ्दैनन्। त्यसैले तिमीले बाबाको नै परिचय देऊ। बाबा भन्नुहुन्छ– म एकलाई याद गर। यो कुरा बाबाले सारा दुनियाँको लागि भन्नुहुन्छ। एक गीतालाई नै खण्डन गरेका छन्। गीताको सबै भाषामा प्रचार छ। तिम्रो राज्यमा भाषा पनि एक हुन्छ। वहाँ कुनै शास्त्र पुस्तक आदि हुँदैन। वहाँ भक्तिमार्गको कुनै कुरा रहँदैन। भारतवर्षको सम्बन्ध छ नै रामायण, महाभारत र गीतासँग। भगवान्ले त बच्चाहरूलाई गीता सुनाउनुहुन्छ, जसबाट तिमी स्वर्गको मालिक बन्छौ। महाभारत लडाईं अवश्य लाग्नुपर्छ, जसबाट पतित दुनियाँ खतम हुन्छ। गीताद्वारा तिमी पावन बन्छौ। पतित-पावन भगवान आउनुहुन्छ नै अन्त्यमा। भन्नुहुन्छ– काम महाशत्रु हो, यसमाथि विजय प्राप्त गर्नु छ। 

    काम विकारसँग कहिल्यै हार खानु हुँदैन, धेरै नोक्सान हुन्छ। विकारको पछि ठूला-ठूला प्रख्यात व्यक्ति, मन्त्री आदिले पनि आफ्नो नाम बदनाम गर्छन्। कामको पछि लागेर धेरै खराब बन्छन्। त्यसैले बाबा सम्झाउनु हुन्छ– बाबाको पासमा युवा बच्चाहरू आउँछन्। यस्ता धेरै छन्, जो ब्रह्मचर्यमा रहन्छन्। सारा जीवन विवाह गर्दैनन्। स्त्री पनि हुन्छन्। नन्स कहिल्यै विकारमा जाँदैनन्। तर त्यसबाट कुनै प्राप्ति हुँदैन। यहाँ त छ पवित्र बनेर जन्म-जन्मान्तर स्वर्गको मालिक बन्ने कुरा। जन्म-जन्मान्तरको पापको बोझ शिरमा छ। त्यो जब काटिन्छ अनि स्वर्गमा जान्छौ। यहाँ मनुष्यले पाप गरिरहन्छन्। धेरैजसो एक जन्म कोही संन्यासी बन्छन्, जन्म त विकारबाटै लिन्छन्। रावण राज्यमा विकार विना जन्म हुँदैन। सोध्छन्– वहाँ जन्म कसरी हुन्छ? योगबल केलाई भनिन्छ? यो सोध्नुपर्ने कुरा होइन। हो नै सम्पूर्ण निर्विकारी दुनियाँ। रावण राज्य नै हुँदैन भने प्रश्न उठ्न सक्दैन। सबै साक्षात्कार हुन्छ। जब वृद्ध हुन्छन् अनि साक्षात्कार हुन्छ– गएर बच्चा बन्छु। माताको गर्भमा जानेछु। यो थाहा हुँदैन फलानो घरमा जानेछु, केवल अब सानो बच्चा बन्नु छ। मयूर र डेलको उदाहरण छ नि। भनिन्छ– आँसुबाट गर्भ रहन्छ। मेवाको वृक्षमा पनि एक भाले, एक पोथी वृक्ष हुन्छ। सँगै भएपछि फल दिन्छन्। यो पनि आश्चर्य छ। जब जड चीजमा पनि यस्तो छ भने चैतन्यमा सत्ययुगमा के हुन सक्दैन! यो सबै विस्तारमा पछि गएर समझमा आउँछ। मुख्य कुरा हो तिमीले बाबालाई याद गरेर तमोप्रधानबाट सतोप्रधान बनेर वर्सा लिने। फेरि त्यहाँको जुन रीति-रिवाज हुन्छ, त्यो देख्नेछौ। तिमी योगबलबाट विश्वको मालिक बन्छौ भने बच्चा किन पैदा हुन सक्दैन? यस्ता-यस्ता प्रश्न धेरैले सोध्छन् तर कुनै कुरामा उत्तर पूरा मिलेन भने गिर्छन्। सानो कुरामा पनि संशय आउँछ। शास्त्रमा यस्ता कुनै कुरा छैनन्। शास्त्र हुन् भक्तिमार्गको। परमपिता परमात्मा आएर ब्राह्मण धर्म, सूर्यवंशी, चन्द्रवंशी धर्मको स्थापना गर्नुहुन्छ। ब्राह्मण हुन् संगमयुगी। बाबा संगमयुगमा आउनुपर्छ। पुकार पनि गर्छन्– हे पतित-पावन आउनुहोस्। अर्कोतिर भन्छन्– हे मुक्तिदाता दुःखबाट मुक्त गर्नुहोस्। दुःख कसले दिन्छ– यो पनि उनीहरूलाई थाहा छैन। तिमीले जान्दछौ– रावण राज्य खतम हुन्छ। तिमीलाई बाबाले राजयोग सिकाउनु हुन्छ। 

    जब पढाइ पूरा हुन्छ अनि विनाश हुन्छ, जसको नाम महाभारत राखिएको छ। महाभारतमा रावण राज्य खतम हुन्छ। दशैंमा एक रावणलाई खतम गर्छन्। त्यो हो हदको कुरा। यो हो बेहदको कुरा। यो सारा दुनियाँ खतम हुनेछ। यति साना-साना बच्चीहरूले कति ठूलो ज्ञान लिइरहेका छन्। यो लौकिक पढाइ तेल हो, यो हो सच्चा घ्यू। अहिले त तेल खानुपर्छ। त्यसैले दिन-रातको फरक छ नि। रावण राज्यमा तिमीले तेल खानुपर्छ। पहिले यति सस्तो-सस्तो घ्यू मिल्थ्यो, फेरि महंगो भयो अनि तेल खानु पर्यो। यी ग्याँस, बिजुली आदि पहिले केही पनि थिएनन्। केही वर्षमा कति फरक परेको छ। अहिले तिमीले जान्दछौ– सबै खतम हुनेछ। शिवबाबाले हामीलाई लक्ष्मी-नारायण जस्तो बन्नको लागि पढाइरहनु भएको छ। यो नशा यी बाबालाई धेरै रहन्छ। बच्चाहरूलाई मायाले भुलाइदिन्छ। जब भन्दछौ– हामी बाबासँग वर्सा लिनको लागि आएका हौं, फेरि त्यो नशा किन चढ्दैन? प्यारो घर, प्यारो राजधानी भुल्छौ। बाबाले जान्नुहुन्छ– जसले हड्डी सेवा गर्छन्, उनै महा-राजकुमार बन्छन्। तिमीलाई यो नशा किन रहँदैन? किनकि यादमा रहँदैनौ। सेवामा पूरा तत्पर रहँदैनौ। कहिले सेवाको उत्साहमा आउँछौ, कहिले ठण्डा हुन्छौ। यो हरेकले आफूसँग सोध, यस्तो हुन्छ नि? कहिलेकाहीँ भूल पनि हुन्छ, त्यसैले बाबा सम्झाउनु हुन्छ। बोली धेरै मीठो हुनुपर्छ, सबैलाई राजी गर्नुपर्छ। कसैसँग आवेश नआओस्। बाबा कति प्यारको सागर हुनुहुन्छ। अब गौ हिंसा बन्द गर्नको लागि कति मेहनत गर्छन्। बाबा भन्नुहुन्छ– सबैभन्दा ठूलो हिंसा हो काम कटारी चलाउनु। पहिले त यो बन्द गर। बाँकी त्यो बन्द हुनेवाला छैन, जति मेहनत गरे पनि। यो काम कटारी दुवैले चलाउनु हुँदैन। कहाँ मनुष्यको कुरा, कहाँ बाबाको कुरा। जसले काम विकारलाई जित्दछन्, उनै पवित्र दुनियाँको मालिक बन्छन्। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको यादप्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) बाबा समान प्यारको सागर बन्नु छ। कहिल्यै पनि आवेशमा आउनु हुँदैन। आफ्नो बोली धेरै मीठो राख्नुपर्छ। सबैलाई सन्तुष्ट गर्नु छ।

    २) हड्डी सेवा गर्नु छ। नशामा रहनु छ– अब यो पुरानो शरीर छोडेर प्रिन्स-प्रिन्सेज बन्छौं।

    वरदान:

    कर्मातीत स्थितिमा स्थित भएर चारैतिरको सेवालाई हेन्डल गर्ने सिद्धि स्वरुप भव:-  

    पछि गएर चारैतिरको सेवाको विस्तारलाई हेन्डल गर्नको लागि भिन्न-भिन्न साधन अपनाउनुपर्छ किनकि त्यस समय पत्र-व्यवहार वा टेलीग्राम, टेलीफोन आदिले काम गर्दैनन्। यस्तो समयमा वायरलेस सेट चाहिन्छ। यसको लागि भर्खरै कर्मयोगी, भर्खरै कर्मातीत स्थितिमा रहने अभ्यास गर अनि चारैतिर संकल्पको सिद्धिद्वारा सेवामा सहयोगी बन्न सकिन्छ।

    स्लोगन:

    परमात्मा पालनाको स्वरुप हो तिम्रो सहजयोगी जीवन।   



    ***OM SHANTI***