BK Murli 20 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 20 October 2016 Nepali

    २०७३ कात्तिक ०४ गते विहिबार 20.10.2016 बापदादा मधुवन

    “मीठे बच्चे– तिमी अब आवाजदेखि टाढा जानु छ, त्यसैले मुखबाट शिव-शिव भन्ने पनि आवश्यकता छैन।”  

    प्रश्न:

    एक बाबालाई नै सर्वशक्तिमान, ज्ञानको सागर भनिन्छ, अरुलाई भनिँदैन– किन?

    उत्तर:

    किनकि एक बाबालाई नै याद गर्नाले आत्मा पतितबाट पावन बन्छ। बाबा नै हुनुहुन्छ, जसले पतितहरूलाई पावन बनाउनु हुन्छ, बाँकी कुनै पनि देहधारी मनुष्यले पावन बनाउन सक्दैन। बाबाले तिमीलाई रावण राज्यबाट मुक्त गर्नुहुन्छ। तिमीले शिवबाबासँग शक्ति लिन्छौ, जति धेरै याद गर्छौ, त्यति शक्ति मिल्छ र मैला निक्लिदै जान्छ।

    गीतः–

    ओम् नमो शिवाए...

    ओम् शान्ति।

    मीठे-मीठे सिकीलधे बच्चाहरूले भक्तिको महिमा सुन्यौ। तिमीले पनि महिमा गाउँथ्यौ। अब महिमा गाउँदैनौं, नत तिम्रो लागि महिमाको आवश्यकता छ। जो भगतले गर्छन्, त्यो तिमी बच्चाहरूले गर्न सक्दैनौ। तिमी भगत थियौ, अहिले तिमीलाई भगवान मिल्नुभएको छ। सबैलाई एकैसाथ त मिल्न सकिँदैन। बाबाले सबैलाई एकसाथ कसरी पढाउने? यो त हुन सक्दैन। सबै भक्त पनि जम्मा हुन सक्दैनन्। हो, बाबाले अवश्य पढाउनु हुन्छ किनकि यो राजयोग हो। सूर्यवंशी, चन्द्रवंशी राज्य स्थापना हुनु छ। बच्चाहरूले प्रदर्शनीमा सम्झाउनुपर्छ। चाड-पर्वहरूमा तिमीले सेवा गर्छौ। तिमीले आफ्नो लागि नै राज्य स्थापना गर्नु छ। तिमी शिव शक्ति, महारथी सेना हौ, तर कुनै ड्रिल आदि तिमीले सिक्दैनौ। तिमीले रुहानी ड्रिल सिक्छौ। यो ड्रिल प्रसिद्ध छ। यो हो योगको ड्रिल। आत्माले परमपिता परमात्मासँग योग लगाउनु छ, उहाँबाट वर्सा लिनु छ। यसमा लडाईको कुनै कुरा छैन। तिमीले बाबाबाट वर्सा लिन्छौ, यसमा लडाईको कनेक्शन छैन। तिमी हौ बेहद बाबाको वारिस। त्यसैले बाबाको बनेर बाबाको श्रीमतमा चल्नु छ। बाबाको मत लडाई आदिको छैन। बाबाले केवल भन्नुहुन्छ– मीठा-प्यारा बच्चाहरू! तिमी सतोप्रधान थियौ, राज्य गथ्र्या, अब तिमीलाई स्मृति आएको छ। बाबा भन्नुहुन्छ– तिमीले आफ्नो जन्मलाई जान्दैनौ। गायन पनि छ– ८४ जन्म मनुष्यले लिन्छन्। ८४ लाख, यो त गफ हो। भक्ति मार्गमा जसलाई जे आयो सो पढिरहन्छन्। ड्रामा अनुसार यो भक्ति मार्गको सामग्री हो। सत्ययुग त्रेतामा भक्ति हुँदैन। भक्ति अलग हो, ज्ञान अलग हो। तिमी बच्चाहरू सिवाए अरु कुनै ऋषि मुनि आदिको बुद्धिमा यो ज्ञान छैन। उनीहरूलाई यो पनि थाहा छैन– सुख अलग हो, दुःख अलग हो। सुख बाबाले दिनुहुन्छ, दुःख रावणले दिन्छ। जो तिमी सूर्यवंशी चन्द्रवंशी थियौ, ८४ को चक्र लगाएर शूद्रवंशी बन्यौ। बाबाले स्मृति दिलाउनुहुन्छ– तिमी विश्वको मालिक थियौ। 

    तिमी ८४ जन्म भोगेर तल झर्दै, तुच्छ बुद्धि, तमोप्रधान बनेका छौ। सतोप्रधानलाई स्वच्छ, उच्च बुद्धि भनिन्छ। तमोप्रधान भएकालाई नीच बुद्धि भनिन्छ। नीच बुद्धिकाले उच्च बुद्धिकालाई नमस्ते गर्छन्। यो तिमीलाई पनि थाहा थिएन– हामी नै उच्च थियौं, अहिले हामी नै नीच बनेका छौं। बाबाले सम्झाउनु भएको छ– जसले पहिलो नम्बरमा जन्म लिए, उनै सतोप्रधान बन्छन्। ८४ जन्म पनि सूर्यवंशीले नै लिन्छन्। अब तिमीले बुझेका छौ– हामी विश्वको मालिक हुँदा पावन सतोप्रधान थियौं। पतित कहाँ विश्वको मालिक बन्न सक्छन् र। उनीहरूको महिमा हेर कति उच्च छ। सर्वगुण सम्पन्न... त्रेतामा १४ कला सम्पूर्ण भनिँदैन। सूर्यवंशीलाई १६ कला सम्पूर्ण भनिन्छ। १४ कलाको पछाडि सम्पूर्ण शब्द आउँदैन। सम्पूर्ण १६ कला हुनेलाई लेख्नु छ। अहिले तिमी बच्चाहरू १६ कला सम्पूर्ण बन्छौ। 

    यो पनि बच्चाहरूलाई सम्झाइएको छ– यो ज्ञान अति सहज छ, यो भन्दा सहज कुनै कुरा हुँदैन। बाबा रहमदिल हुनुहुन्छ नि। बाबाले जान्नुहुन्छ– बच्चाहरू भक्तिमा धक्का खाँदा-खाँदा थाकेका छन्, त्यसैले देखाइएको छ– द्रौपदीको पाउ दबाउनुभयो। बाबाको पासमा बूढी-बूढी माताहरू आउँछन्। बाबा भन्नुहुन्छ– तिमी भक्तिको धक्का खाएर थाकेका छौ, त्यसैले बाबाले अहिले तिम्रो थकान सबै मेटाइदिनुहुन्छ। भक्तिमा राम-राम जप्दै, माला फेरिरहन्छन्। बाबाको पादरीहरूसँग पनि सम्पर्क रह्यो। पादरी पनि बाइबिल लिएर बसेर सम्झाइरहन्छन्। धेरै क्रिश्चियन बन्छन्। यहाँ माला आदि फेर्ने कुरा छैन। बाबा भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर। शिव-शिव मुखबाट भन्नु पर्दैन। हामी त आवाज भन्दा टाढा जानेवाला हौं। बाबाले धेरै सहज युक्ति बताउनु हुन्छ– मलाई याद गर्यौ भने मैला निक्लेर जान्छ, गृहस्थ व्यवहारमा रहेर पवित्र बन्नु छ। कमलको फूल धेरै प्रसिद्ध छ। उसको ठूलो पंचायत हुन्छ, तर फेरि पनि न्यारा र प्यारा रहन्छ। तिमी पनि विषय सागरमा रहेर न्यारा प्यारा रहनु छ। यो विषय सागर हो, यसलाई नदी भनिँदैन। 

    तिमी बच्चाहरू अहिले कति समझदार बन्छौ, यसै समझद्वारा तिमी महाराजकुमार बन्छौ। तिमीलाई त धेरै खुशी हुनुपर्छ। पुरूषार्थ गर्नुपर्छ, बच्चा अथवा बच्ची दुवैको आत्माले पुरूषार्थ गर्नु छ। लौकिक सम्बन्धमा बाबाको वर्सा केवल छोरालाई मिल्छ, छोरीलाई मिल्दैन। यहाँ सबै आत्माहरूलाई वर्सा मिल्छ। बाबा सम्झाउनु हुन्छ– यादको यात्राद्वारा नै तिमीले उच्च पद पाउन सक्छौ। प्रदर्शनीमा पहिला सुरूमा बाबाको परिचय दिनु छ फेरि त्यसपछि बाबाको वर्सा। पहिला यो निश्चय बसाऊ– उहाँ हाम्रो बेहदको बाबा हुनुहुन्छ। उनलाई सम्झाउनु छ– भगवान एक हुनुहुन्छ– ब्रह्मा, विष्णु, शंकर पनि भगवान होइनन्, देवता हुन्। भगवान पतित-पावन निराकार बाबा हुनुहुन्छ। उहाँको महिमा नै अलग छ। आजकल प्रदर्शनीमा त्रिमूर्तिमा सम्झाउनु पर्ने हुन्छ। उहाँ बाबा, यी दादा। वर्सा उहाँबाट मिल्छ। उहाँ निराकार हुनुहुन्छ, उहाँबाट वर्सा कसरी मिल्छ! उहाँ हुनुहुन्छ सबैको रचयिता। ब्रह्मा, विष्णु, शंकर पनि रचना हुन्। रचनालाई रचयितासँग नै वर्सा मिल्न सक्छ। उहाँ निराकार बाबाले यिनीद्वारा वर्सा दिनुहुन्छ। रचयिता सबैको एक हुनुहुन्छ। त्यसैले गायन गरिन्छ– सर्वका सद्गति दाता एक। उहाँलाई ज्ञान सागर भनिन्छ। बाँकी ती सबै शास्त्रको अधिकारी हुन्। यहाँ हुनुहुन्छ ज्ञानसागर अधिकारी। विश्व सर्वशक्तिमान अधिकारीले स्वयं भन्नुहुन्छ– मैले वेद शास्त्रलाई जान्दछु र तिमीलाई सार सम्झाउँछु। यो सबै हो भक्ति मार्गको सामग्री, जुन सत्ययुग त्रेतामा हुँदैन। भक्तिबाट नै सिँढी तल झरिन्छ। सर्वशक्तिमान भनेर एक बाबालाई नै गायन गरिन्छ। उहाँसँग योग लगाएमा हामी पवित्र बन्छौं, त्यसैले सर्वशक्तिमान हुनुभयो नि। हामी सबैलाई पतितबाट पावन बनाइदिनुहुन्छ। रावण राज्यबाट मुक्त गरिदिनुहुन्छ। तिमीले अहिले शिवबाबासँग शक्ति लिइरहेका छौ। जति धेरै याद गर्छौ, त्यति शक्ति मिल्छ र मैला निक्लेर जान्छ। तिमीलाई दिन-रात यही फिक्र रहनुपर्छ– पतितबाट पावन, तमोप्रधानबाट सतोप्रधान बनौं। मायाको तुफान आउँछन्। 

    बाबा भन्नुहुन्छ– खबरदार रहनुपर्छ। तिम्रो मायासँग युद्ध हुन्छ। फाल्तू विकल्प धेरै आउँछन्। जो कहिल्यै अज्ञान कालमा आएन होला, त्यो पनि आउँछ। तिमी युद्धको मैदानमा छौ। मेहनत सारा यादको यात्रामा छ। भारतको योग प्रसिद्ध छ। योगको लागि नै बाबाले सम्झाउनु हुन्छ– तिमीले आफूलाई आत्मा सम्झेर मलाई याद गर। यस्तो अरु कुनै मनुष्यले सम्झाउन सक्दैन। उनले त भनिदिन्छन्– सबै भगवान्को रूप हुन्। जहाँ देखूँ– परमात्मा नै परमात्मा हुनुहुन्छ। बाबा सम्झाउनु हुन्छ– तिमी आत्मा हौ, ८४ जन्म भोग्छौ। यदि सबै परमात्मा भए त के परमात्मा जन्म-मरणको चक्रमा आउनुहुन्छ? आत्माले एक शरीर छोडेर अर्को लिन्छ। आत्मामा राम्रो नराम्रो संस्कार रहन्छन्। राम्रो संस्कार वालाको महिमा गाउँछन्। नराम्रो संस्कार हुनेलाई भनिन्छ पापी, नीच। बाबाले पवित्र बन्ने सहज युक्ति बताउनु हुन्छ। मनसा, वाचा, कर्मणा कसैलाई दुःख दिनु छैन। आफूलाई पनि दुःख दिनु छैन। कुनै पनि विकर्म, चोरी आदि गर्नु हुँदैन। यदि कहीँ झुटो बोल्नुपर्छ भने बाबासँग सल्लाह लेऊ। सबैभन्दा ठूलो पाप हो– काम कटारी चलाउनु, त्यो नचलाऊ। 

    बाबा भन्नुहुन्छ– प्यारा बच्चाहरू! हातद्वारा काम गर्दै बुद्धिको योग मसँग लगाऊ। बाबा सर्जन पनि हुनुहुन्छ। सबैको बिमारी उस्तै हुँदैन। कर्म पनि उस्तै हुन सक्दैन। त्यसैले कदम-कदममा सोध्नुपर्छ। लक्ष्य धेरै ठूलो छ। अमरनाथको यात्रामा जाँदा भन्छन्– अमरनाथकी जय, बद्रीनाथकी जय। हे बद्रीनाथ हाम्रो रक्षा गर्नुहोस्। अब तिमीले तीर्थ यात्रा आदि केही गर्नु छैन। यो ज्ञानको कुरा बाबाले नै सम्झाउनु हुन्छ। उनीहरूको नै पार्ट हो। तिमी पनि बाबाको साथमा पार्टधारी हौ। जति जसले पढ्छ, त्यति उच्च पद मिल्छ। यसमा कसैको बडार्इं छैन। बडाईं एकको नै छ, जसले सबै मनुष्यहरूलाई सद्गति दिनुहुन्छ। सबै बच्चाहरूलाई पतितबाट पावन बनाउनु हुन्छ। ड्रामामा मलाई पनि पार्ट मिलेको छ। ५ तत्वहरूको पनि आ-आफ्नो पार्ट मिलेको छ, त्यो खेल्नु नै छ। धर्ती हल्लिनु छ, विनाश हुनु छ। तिम्रो पनि ड्रामामा पार्ट छ, यसमा बडाईं के छ। राज्य गर्दै-गर्दै पतित बन्यौ। तिमी पनि पहिले के थियौ? कौडी समान, मूल्यहीन। अब तिमी विश्वको मालिक बन्छौ, यो तिम्रो पार्ट हो, फेरि पनि हामी यस्तो बन्नु नै छ। यसमा बडाईंको वा महिमाको कुनै कुरा छैन। यो ड्रामा बनेको छ। बाबा पनि आएर आफ्नो पार्ट खेल्नुहुन्छ। भगतहरूले बढार्इं गर्छन्, महिमा गाउँछन्, त्यो काम हामीले गर्न सक्दैनौं। यहाँ त बाबालाई याद गर्नु छ। बाबा यस ड्रामाको रहस्य त बडो अद्भुत छ! जो कसैलाई थाहा छैन। बाबा हामी सत्ययुगमा यो पनि बिर्सिन्छौं! बडो विचित्र ड्रामा छ। यसरी आफैंसँग कुरा गर। कुनै पार्टधारीले राम्रो पार्ट खेल्छ भने ताली बजाउँछन्। हामी पनि भन्छौं– मीठा बाबाको, शिवबाबाको धेरै राम्रो पार्ट छ। हामी पनि बाबासँगै राम्रो पार्ट खेल्दैछौं। कति राम्रोसँग सम्झाउनु हुन्छ, फेरि पनि कसैले बुझ्दैनन् भने बुझिन्छ– हाम्रो राजधानीमा उनलाई आउनु छैन। यो पनि जान्दछौ– जो ब्राह्मण बनेका थिए, उनै ब्राह्मण बनेर फेरि देवता बन्छन्। 

    देवताहरूमा पनि प्रजा आदि सबै बन्छन्। सबैलाई अनादि पार्ट मिलेको छ। सृष्टि पनि एउटै हो, चलिरहन्छ। गड इज वन, क्रिएशन इज वन। उही चक्र घुमिरहन्छ। मनुष्यले खोज गर्छन्, हेरौं चन्द्रमामा के है! त्यो भन्दा माथि के है! त्यो भन्दा माथि छ सूक्ष्मवतन। वहाँ के देख्छन्? लाइट नै लाइट। धेरै कोसिस गर्छन्– विज्ञानको पनि हद छ नि। मायाको पनि धेरै पम्प छ। विज्ञान सुखको लागि पनि हो भने दुःखको लागि पनि हो। वहाँ जहाज कहिल्यै खस्दैन। दुःखको कुरा हुँदैन। यहाँ त दुःख नै दुःख छ। चोरले लुटेर लैजान्छ, आगोले जलाइदिन्छ। वहाँ मकान धेरै ठूलो हुन्छन्। सारा आबू जति जमीन एक-एक राजाको हुन्छ। तिमी आएका छौ स्वर्गवासी बन्नको लागि। बाबालाई याद गर्यौ भने मैला निक्लिन्छ। तिमी सबै आशिक हौ, अहिले माशुकले तिमीलाई भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने अमरपुरीको मालिक बन्छौ। वहाँ अकालमा मृत्यु हुँदैन। सत्ययुगमा हुन्छ श्रेष्ठाचारी दुनियाँ, यो हो भ्रष्टाचारी दुनियाँ। कति बी.के. ले बाबासँग वर्सा लिइरहेका छन्। तिमीले पनि वर्सा लिइहाल। यदि श्रीमतमा चल्दैनौ भने उच्च पद पाउन सक्दैनौ। हर ५ हजार वर्षपछि बाबा स्वर्ग बनाउन आउनुहुन्छ। कलियुगमा धेरै मनुष्य, सत्ययुगमा थोरै हुन्छन्, त्यसैले विनाश अवश्य हुन्छ। त्यसैले महाभारत लडाई सामुन्ने खडा छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मनसा, वाचा, कर्मणा कसैलाई पनि दुःख दिनु छैन। नराम्रो संस्कारहरूलाई निकालेर अब राम्रो संस्कार धारण गर्नु छ। कुनै विकर्म नहोस्, यसको ध्यान राख्नु छ।

    २) यस विचित्र ड्रामामा आफ्नो श्रेष्ठ भाग्यलाई हेर्दै आफैंसँग कुरा गर्नु छ– म भगवान्को साथमा पार्टधारी हुँ। कति राम्रो मेरो पार्ट छ।

    वरदान:

    साकार र निराकार बाबाबाट हर संकल्पमा विजयी बन्ने सदा सफलतामूर्त भव:-  

    जसरी निराकार आत्मा र साकार शरीर दुवैको सम्बन्धबाट हर कार्य गर्न सक्छौ, त्यस्तै, निराकार र साकार बाबा दुवैलाई साथमा वा सामुन्ने राख्दै हर कर्म वा संकल्प गर्यौ भने सफलमूर्त बन्छौ किनकि बापदादा सम्मुख हुनुहुन्छ, त्यसैले अवश्य उहाँबाट भेरिफाय गराएर निश्चय र निर्भयतासँग गर। यसबाट समय र संकल्पको बचत हुन्छ। केही पनि व्यर्थ आउँदैन, हर कर्म स्वतः सफल हुन्छ।

    स्लोगन:

    रुहानी स्नेह सम्पत्ति भन्दा पनि अधिक मूल्यवान हो, त्यसैले मास्टर स्नेहको सागर बन।  



    ***OM SHANTI***