BK Murli 27 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 27 October 2016 Nepali

    २०७३ कात्तिक ११ गते विहिबार 27.10.2016 बापदादा मधुवन

    “मीठे बच्चे– यस पुरानो दुनियाँबाट बेहदको वैरागी बन किनकि बाबाले तिम्रो लागि नयाँ स्वर्ग रुपी घर बनाइरहनु भएको छ।”  

    प्रश्न:

    यस अविनाशी रूद्र यज्ञमा कुन कुराको कारणले नै विघ्न पर्छ?

    उत्तर:

    यो शिवबाबाले रच्नुभएको अविनाशी रूद्र यज्ञ हो, यसमा तिमी मनुष्यबाट देवता बन्नको लागि पवित्र बन्छौ, भक्ति आदि छोड्छौ, यसकारण विघ्न पर्छन्। मानिसहरूले भन्छन्– शान्ति होस्, विनाश नहोस् तर बाबाले यो रूद्र ज्ञान यज्ञ रच्नुभएको हो नै पुरानो दुनियाँको विनाशको लागि। त्यसपछि नै शान्तिको दुनियाँ आउँछ।

    ओम् शान्ति।

    ओम् शान्तिको अर्थ बाबाले बच्चाहरूलाई सम्झाउनु भएको छ। अहम् आत्माको स्वधर्म हो शान्ति। शान्तिधाममा जानको लागि कुनै पुरूषार्थ गर्नु पर्दैन। आत्मा स्वयं शान्त स्वरुप, शान्तिधाममा रहनेवाला हो। यहाँ थोरै समयको लागि शान्त रहन सक्छ। आत्माले भन्छ– मेरो कर्मेन्द्रियहरूको बाजा थाकेको छ। म आफ्नो स्वधर्ममा टिक्छु, शरीरदेखि अलग हुन्छु। तर कर्म त गर्नु नै छ। शान्तिमा कहाँसम्म बसिरहने? आत्माले भन्छ– म शान्ति देशको निवासी हुँ। केवल यहाँ शरीरमा आउनाले म टकी बनेको छु। अहम् आत्मा मम् शरीर हो। आत्मा नै पतित र पावन बन्छ। आत्मा पतित बनेपछि शरीर पनि पतित बन्छ किनकि सत्ययुगमा ५ तत्व पनि सतोप्रधान हुन्छन्। यहाँ ५ तत्व तमोप्रधान छन्। सुनमा मैला परेपछि सुन पतित बन्छ। फेरि त्यसलाई स्वच्छ बनाउनको लागि आगोमा हालिन्छ। त्यसलाई योग अग्नि भनिदैन। योग अग्नि पनि हो, जसबाट पाप जल्छन्। आत्मालाई पतितबाट पावन बनाउने परमात्मा हुनुहुन्छ। नाम नै एकको छ। बोलाउँछन्– हे पतित-पावन आउनुहोस्। ड्रामा प्लान अनुसार सबै पतित तमोप्रधान बन्नु नै छ। यो वृक्ष हो नि। त्यस वृक्षको बीज तल रहन्छ, यसको बीज माथि छ। बाबालाई जब बोलाउँछन्, बुद्धि माथि जान्छ, जसबाट तिमीले वर्सा लिइरहेका छौ। उहाँ अहिले तल आउनुभएको छ। भन्नुहुन्छ– मलाई आउनु पर्ने हुन्छ। यो जुन मनुष्य सृष्टिको वृक्ष छ, यो अनेक भेराइटी धर्महरूको हो। अब यो तमोप्रधान, पतित, जीर्ण अवस्था बनेको छ। बाबा बसेर बच्चाहरूलाई सम्झाउनु हुन्छ– सत्ययुगमा हुन्छन् देवी-देवताहरू। अहिले कलियुगमा छन् असुर। बाँकी असुर र देवताहरूको लडाई भएको होइन। तिमी यी आसुरी ५ विकारमाथि योगबलद्वारा जित प्राप्त गर्छौ। बाँकी कुनै हिंसक लडाईको कुरा होइन। तिमीले कुनै पनि प्रकारको हिंसा गर्न सक्दैनौ। तिमीले कसैलाई हात पनि लगाउँदैनौ। तिमी डबल अहिंसक हौ। काम कटारी चलाउनु, यो त सबैभन्दा ठूलो पाप हो। बाबा भन्नुहुन्छ– यो काम कटारीले आदि-मध्य-अन्त्य दुःख दिन्छ। विकारमा जानु हुँदैन। देवताहरूको अगाडि महिमा गाउँछन्– हजुर सर्वगुण सम्पन्न, सम्पूर्ण निर्विकारी। आत्माले यी अंगहरूद्वारा जान्दछ। भन्दछन्– हामी पतित बनेका छौं, त्यसैले अवश्य कुनै समय पावन थिए, जसकारण भन्छन् हामी पतित बनेका छौं। बोलाउँछन् पनि– हे पतित-पावन आउनुहोस्। जब पावन हुन्छन्, कसैले बोलाउँदैनन्। त्यसलाई स्वर्ग भनिन्छ। यहाँ त साधु-सन्त आदिले कति धुन लगाउँछन्– पतित-पावन सीताराम... जहाँ जाऊ, गाइरहन्छन्। बाबा सम्झाउनु हुन्छ– सारा दुनियाँ पतित छ। रावण राज्य हो नि, रावणलाई जलाउँछन्। तर उसको राज्य कहिलेदेखि भयो, कसैलाई थाहा छैन। अथाह भक्ति मार्गका सामग्री छन्। कुनैले के गर्छन्, कुनैले के गर्छन्। संन्यासीले पनि कतिथरी योग सिकाउँछन्। वास्तवमा योग केलाई भनिन्छ? यो कसैलाई थाहा छैन। यो पनि कसैको दोष छैन। यो ड्रामा बनिबनाउ छ। जबसम्म म आउँदिनँ, उनीहरूले आफ्नो पार्ट खेल्नु छ। ज्ञान र भक्ति। ज्ञान हो दिन सत्ययुग त्रेता, भक्ति हो रात द्वापर कलियुग फेरि हुन्छ वैराग्य। पुरानो दुनियाँबाट वैराग्य। यो हो बेहदको वैराग्य। उनीहरूको हो हदको वैराग्य। तिमीले जान्दछौ– यो पुरानो दुनियाँ अब खतम हुनेवाला छ। नयाँ घर बनाउँछन् भने पुरानोसँग वैराग्य आउँछ। 

    हेर, बेहदको बाबा कस्तो हुनुहुन्छ! तिमीलाई स्वर्ग रुपी घर बनाएर दिनुहुन्छ। स्वर्ग हो नयाँ दुनियाँ। नर्क हो पुरानो दुनियाँ। नयाँ सो पुरानो सो फेरि नयाँ बन्छ। नयाँ दुनियाँको आयु कति छ, यो कसैलाई थाहा छैन। अहिले पुरानो दुनियाँमा रहेर हामीले नयाँ बनाउँछौं। पुरानो कब्रिस्तानमा रहेर हामीले परिस्तान बनाउँछौं। यही जमुनाको किनार हुनेछ, यसमा महल बन्नेछन्। यही दिल्ली जमुना नदीको किनारमा हुनेछ। बाँकी यो जो देखाउँछन्– पाण्डवहरूको किल्ला थियो। यो सबै ड्रामा प्लान अनुसार अवश्य फेरि पनि बन्नेछन्। जसरी तिमीले यज्ञ तप दान आदि गरेका थियौ, यो फेरि पनि गर्नुपर्ने हुन्छ। पहिला शिवको भक्ति गर्छौ। फस्टक्लास मन्दिर बनाउँछौ, त्यसलाई अव्यभिचारी भक्ति भनिन्छ। अहिले तिमी ज्ञान मार्गमा छौ। यो हो अव्यभिचारी ज्ञान। एकै शिवबाबासँग तिमीले सुन्छौ, जसको पहिले तिमीले भक्ति गर्यौ, त्यतिबेला कुनै अरु धर्म हुँदैन। त्यतिबेला तिमी धेरै सुखी रहन्छौ। देवता धर्मले धेरै सुख दिन्छ। नाम लिनासाथ मुख मीठो हुन्छ। तिमीले एक बाबासँग नै ज्ञान सुन्छौ। बाबा भन्नुहुन्छ– अरु कसैसँग तिमीले नसुन। यो हो तिम्रो अव्यभिचारी ज्ञान। बेहद बाबाको तिमी बनेका छौ। बाबासँग नै वर्सा मिल्छ, नम्बरवार पुरूषार्थ अनुसार। बाबा थोरै समयको लागि साकारमा आउनुभएको छ। भन्नुहुन्छ– मैले तिमी बच्चाहरूलाई नै ज्ञान दिनु छ। मेरो यो स्थायी शरीर होइन, म यिनमा प्रवेश गर्छु। शिव जयन्तीपछि फेरि झट्ट गीता जयन्ती हुन्छ। ज्ञान दिन सुरू गर्नुहुन्छ। यो रुहानी विद्या सुप्रीम रूहले दिइरहनु भएको छ। पानीको कुरा होइन। पानीलाई कहाँ ज्ञान भनिन्छ र। पतितबाट पावन, ज्ञानद्वारा बनिन्छ। पानीले कहाँ पावन बनिन्छ। नदीहरू त सारा दुनियाँमा छन् नै। यहाँ त ज्ञानसागर बाबा आउनुहुन्छ, यिनमा प्रवेश गरेर ज्ञान सुनाउनुहुन्छ। उनीहरू गौमुखमा जान्छन्। वास्तवमा गौमुख तिमी चैतन्यमा छौ। तिम्रो मुखबाट ज्ञान अमृत निक्लिन्छ। गाईबाट त दूध मिल्छ। पानीको त कुरा नै होइन। यो सबै कुरा बाबा बसेर सम्झाउनु हुन्छ, जो सबैका सद्गति दाता हुनुहुन्छ। अहिले सबै दुर्गतिमा परेका छन्। पहिले तिमीले जान्दैनथ्यौ– रावणलाई किन जलाउँछौं? अहिले तिमीले जान्दछौ– बेहदको दशहरा हुनेवाला छ। यो सारा दुनियाँ टापू हो। रावणको राज्य सारा सृष्टिमा छ। जो शास्त्रहरूमा छन्, बाँदर सेना थिए, बाँदरहरूले पुल बनाए... यो सबै हुन् दन्त्य कथा। भक्ति आदि चल्छ, पहिला हुन्छ अव्यभिचारी भक्ति, फेरि व्यभिचारी भक्ति। दशैं, रक्षा-बन्धन सबै अहिलेका नै पर्वहरू हुन्। शिव जयन्तीपछि हुन्छ कृष्ण जयन्ती। अहिले कृष्णपुरी स्थापना भइरहेको छ। आज छ कंसपुरी, भोलि हुनेछ कृष्णपुरी। कंस आसुरी सम्प्रदायलाई भनिन्छ। पाण्डव र कौरवहरूको लडाई भएको हुँदै होइन। कृष्णको जन्म हुन्छ सत्ययुगमा, उनी हुन् प्रथम राजकुमार। विद्यालयमा पढ्न जान्छन्। जब ठूलो हुन्छन् अनि राजगद्दीमा बस्छन्। महिमा सारा शिवबाबाको हो, जो पतितहरूलाई पावन बनाउनेवाला हुनुहुन्छ। बाँकी यो रास लीला आदि यो त आपसमा खुशी मनाउँछन्। बाँकी कृष्णले कसैलाई ज्ञान सुनाऊन्, यो कसरी हुन सक्छ? बाबा भन्नुहुन्छ– भक्ति नगर भनेर कसैलाई मनाही गर्नु छैन। आफैं छुट्छ। भक्ति छोड्छौ, विकार छोड्छौ, यसमा नै हंगामा हुन्छ। बाबाले भन्नुभएको छ– म रूद्र यज्ञ रच्छु, यसमा आसुरी सम्प्रदायको विघ्न पर्छन्। यो हो शिवबाबाको बेहदको यज्ञ, जसबाट मनुष्य देवता बनिन्छ। गायन गरिएको छ– ज्ञान यज्ञबाट विनाश ज्वाला प्रकट भयो। जब पुरानो दुनियाँको विनाश हुन्छ, तब तिमीले नयाँ दुनियाँमा राज्य गर्नेछौ। मानिसहरू भन्छन्, हामी भन्छौं शान्ति होस्, यी बी.के. भन्छन् विनाश होस्। ज्ञान नबुझ्नाले यस्तो बोल्छन्। बाबा सम्झाउनु हुन्छ– यो सारा पुरानो दुनियाँ यस ज्ञान यज्ञमा स्वाहा हुनेछ। पुरानो दुनियाँलाई आगो लाग्नेवाला छ। प्राकृतिक प्रकोप आउँछन्, तोरी पिसिएजस्तै सबै पिसिएर खतम हुन्छन्। बाँकी केही आत्माहरू बच्नेछन्। आत्मा त अविनाशी हो। अब बेहदको होलिका हुनु छ, जसमा शरीर सबै खतम हुन्छन्। बाँकी आत्मा पवित्र बनेर जान्छ। आगोमा चीज शुद्ध हुन्छ। हवन गर्छन्, शुद्धताको लागि। ती सबै हुन् भौतिक कुरा। अब सारा दुनियाँ स्वाहा हुनेवाला छ। विनाश भन्दा पहिला अवश्य स्थापना हुनुपर्छ। अरुलाई सम्झाउँदा भन– पहिला स्थापना फेरि विनाश। ब्रह्माद्वारा स्थापना। प्रजापिता प्रख्यात छन् आदि देवको रुपमा। आदि देवी... जगत अम्बाको पनि लाखौं मन्दिर छन्। कति मेलाहरू लाग्छन्। तिमी हौ जगत अम्बाका बच्चाहरू ज्ञान-ज्ञानेश्वरी, फेरि बन्नेछौ राज-राजेश्वरी। तिमी धेरै धनवान बन्छौ। फेरि भक्ति मार्गमा लक्ष्मीसँग दीपावलीमा विनाशी धन माग्छन्। यहाँ तिमीलाई सबैथोक मिल्छ– आयुष्मान् भव, पुत्रवान भव। वहाँ १५० वर्ष आयु रहन्छ। यहाँ तिमी जति योग लगाउँछौ, त्यति आयु बढ्दै जान्छ। तिमीले ईश्वरसँग योग लगाएर योगेश्वर बन्छौ। 

    बाबा भन्नुहुन्छ– म धोबी हुँ। सबै विकारी पतित आत्माहरूलाई सफा गर्छु। फेरि शरीर पनि शुद्ध मिल्छ। म सेकेण्डमा दुनियाँको कपडा सफा गर्छु। केवल मनमनाभव हुनाले आत्मा र शरीर पवित्र बन्छ। छू मन्त्र भयो नि। सेकेण्डमा जीवनमुक्ति, कति सहज उपाय छ। हिँड्दा-डुल्दा केवल बाबालाई याद गर, अरु कुनै पनि मेहनत दिन्न। अब तिम्रो एक सेकेण्डमा चढ्ती कला हुन्छ। बाबा भन्नुहुन्छ– म तिमी बच्चाहरूको सेवक बनेर आएको छु। तिमीले बोलायौ– हे पतित-पावन आएर हामीलाई पावन बनाउनुहोस्, त्यसैले सेवक भएँ नि। जब तिमी धेरै पतित बन्छौ, जोडसँग चिल्लाउँछौ। अब म आएको छु। म कल्प-कल्प आएर बच्चाहरूलाई मन्त्र दिन्छु– मलाई याद गर। मनमनाभवको अर्थ पनि यही हो। फेरि विष्णुपुरीको मालिक बन्छौ। तिमी आएका छौ विष्णुपुरीको राज्य लिन, रावणपुरीपछि हुन्छ विष्णुपुरी, कंसपुरीपछि कृष्णपुरी। कति सहज सम्झाइन्छ। बाबा भन्नुहुन्छ– यस पुरानो दुनियाँबाट केवल ममत्व मेटाइदेऊ। अब हामीले ८४ जन्म पूरा गरिसक्यौं। यो पुरानो चोला छोडेर हामी जानेछौ नयाँ दुनियाँमा। यादद्वारा नै तिम्रो पाप काटिन्छ, यति हिम्मत गर्नुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) मुखबाट सदैव ज्ञान अमृत निकाल्नु छ। ज्ञानद्वारा नै सबैको सद्गति गर्नु छ। एक बाबासँग नै ज्ञान सुन्नु छ, अरुबाट होइन।

    २) चढ्ती कलामा जानको लागि हिँड्दा-डुल्दा बाबालाई याद गर्ने अभ्यास गर्नु छ। यस पुरानो दुनियाँ, पुरानो चोलासँग ममत्व मेटाइदिनु छ।

    वरदान:

    फलो फादर र सी फादरको महामन्त्रद्वारा एकरस स्थिति बनाउने श्रेष्ठ पुरूषार्थी भव:-   

    सी फादर-फालो फादर’ यस मन्त्रलाई सदा सामुन्ने राखेर चढ्ती कलामा बढ्दै जाऊ, उड्दै जाऊ। कहिल्यै पनि आत्माहरूलाई हेर्नु छैन किनकि आत्माहरू सबै पुरूषार्थी हुन्। पुरूषार्थीमा राम्रो पनि हुन्छ र केही कमी पनि हुन्छ, सम्पन्न हुँदैनन्, त्यसैले फलो फादर नकि ब्रदर सिस्टर। जसरी बाबा एकरस हुनुहुन्छ, यसैगरी अनुसरण गर्नेवाला एकरस स्वतः हुन्छन्।

    स्लोगन:

    परचिन्तनको प्रभावमा नआएर शुभचिन्तन गर्ने शुभचिन्तक मणि बन।   

     

    ***OM SHANTI***