BK Murli 28 October 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 28 October 2016 Nepali

    २०७३ कात्तिक १२ गते शुक्रबार 28.10.2016 बापदादा मधुवन

    “मीठे बच्चे– नराम्रो नसुन, एक बाबासँग नै सुन्नु छ, गृहस्थ व्यवहारमा रहेर कमलफूल समान रहनु छ।”  

    प्रश्न:

    कुन खेललाई यथार्थसँग जान्ने बच्चा कहिल्यै अन्योलमा पर्न सक्दैन?

    उत्तर:

    दुःख र सुख, भक्ति र ज्ञानको जुन खेल चल्छ, यसलाई यथार्थसँग जान्ने बच्चा कहिल्यै अन्योलमा पर्दैन। तिमीलाई थाहा छ– भगवान्ले कसैलाई दुःख दिनुहुन्न। उहाँ हुनुहुन्छ दुःख हर्ता सुख कर्ता। जब सबै दुःखी हुन्छन्, तब दुःखबाट छुटाउन उहाँ आउनुहुन्छ।

    गीतः–

    यह कौन आज आया सबेरे-सबेरे......

    ओम् शान्ति।

    बच्चाहरूले के सुन्यौ? भक्तिको गीत। भक्तिलाई अंगे्रजीमा फिलोसफी भनिन्छ। उपाधि पनि मिल्छ– डक्टर अफ फिलोसफी। अब भक्ति त साना ठूला सबैले जान्दछन्। कसैलाई पनि सोध– ईश्वर कहाँ रहनुहुन्छ? भनिदिन्छन् सर्वव्यापी हुनुहुन्छ। यो पनि फिलोसफी भयो नि? अब शास्त्रहरूको कुनै पनि कुरा बाबाले सुनाउनुहुन्न। कुनै पनि भगतलाई ज्ञान सागर भनिँदैन। न उनीहरूमा ज्ञान छ, न ज्ञान सागरका बच्चा हुन्। ज्ञान सागर बाबालाई कसैले पनि जान्दैनन्, न आफूलाई बच्चा सम्झन्छन्। उनीहरू सबैले भक्ति गर्छन् भगवान्सँग मिल्नको लागि। तर भगवान्लाई चिनेकै छैनन् भने भक्तिबाट के फाइदा हुन्छ? धेरैलाई यो डक्टर अफ फिलोसफीको उपाधि मिल्छ। उनीहरूको बुद्धिमा त एउटै कुरा छ– ईश्वर सर्वव्यापी हुनुहुन्छ। त्यसलाई फिलोसफी सम्झन्छन्, त्यसैले गिर्दै आएका छन्। यसैलाई भनिन्छ धर्मको ग्लानि। हामीले कुनै पनि मनुष्यसँग शास्त्रको वादविवाद गर्न सक्दैनौ। हामीले कुनै मनुष्यसँग पढेका होइनौं। अरु सबै मनुष्य मनुष्यद्वारा पढेका हुन्छन्। वेद शास्त्र आदि सबै मनुष्यद्वारा नै पढ्छन्। बनाएका पनि मनुष्यहरूले नै हुन्। तिमीलाई त यो ज्ञान सुनाउने हुनुहुन्छ एउटै रुहानी पिता। उहाँ एकै पटक आएर सम्झाउनु हुन्छ। अब हामीलाई कुनै मनुष्यद्वारा केही पनि सिक्नु छैन। तिमीलाई अब रुहानी बाबाबाट नै सुन्नु छ। सुन्नेवाला हो रुहानी बच्चा, आत्माहरू। त्यो सबै मनुष्यले मनुष्यलाई सुनाउँछन्। यो हो रुहानी पिताको ज्ञान। त्यो हो मनुष्यहरूको ज्ञान। यी बाबा पनि मनुष्य हुन् नि। भन, रुहानी पिताले यिनीद्वारा सुनाउनु हुन्छ। हामी आत्माहरूले सुन्छौं। हामी आत्माले फेरि शरीरद्वारा अरुलाई सुनाउँछौं। यो हो रुहानी ज्ञान। बाँकी सबै हुन् शारीरिक ज्ञान। भक्तिमा शरीरको पूजा गर्छन्। बाबा भन्नुहुन्छ– तिमीले आफूलाई मनुष्य वा भगत नसम्झ। आफूलाई आत्मा सम्झिएर म बाबालाई याद गर। तिमी आत्माहरू भाइ-भाइ हौ। गायन पनि गरिएको छ– आत्मा-परमात्मा अलग रहे बहुकाल....। हामीले कुनै पनि मनुष्यसँग सुन्नु छैन। कसैले प्रश्न सोध्यौ भने भन– हाम्रो कुनै शास्त्रको ज्ञान होइन। हामीले त्यसलाई फिलोसफी भन्छौं अर्थात् भक्ति मार्गको ज्ञान। सद्गति दिने ज्ञान केवल एक बाबाले नै दिनुहुन्छ। सर्वका सद्गतिदाता एकलाई नै गायन गरिएको छ। त्यसैले तिमी बच्चाहरूले कसैसँग वादविवाद गर्नु छैन। 

    बाबा भन्नुहुन्छ– ज्ञानको अधिकारी, ज्ञानसागर म हुँ। मैले तिमीलाई कुनै शास्त्र आदि सुनाउँदिन। हाम्रो यो हो रुहानी ज्ञान। बाँकी सबै हुन् शारीरिक ज्ञान। ती सत्सङ्ग आदि सबै हुन् भक्ति मार्गको लागि। यहाँ आत्माका पिता बसेर आत्माहरूलाई सम्झाउनु हुन्छ, त्यसैले देही-अभिमानी बन्न बच्चाहरूलाई मेहनत लाग्छ। हामी आत्माहरूले बाबासँग वर्सा लिन्छौं। बाबाको बच्चाहरू अवश्य बाबाको गद्दीका हकदार हुन्छन् नि। लक्ष्मी-नारायण पनि देहधारी हुन्। उनका बच्चाहरूले शारीरिक पिताबाट वर्सा पाउँछन्। यो कुरा नै बेग्लै छ। सत्ययुगमा पनि शारीरिक कुरा हुन्छ। वहाँ यो भनिँदैन– रुहानी पिताबाट वर्सा मिल्छ। देह-अभिमानलाई तोड्नु छ। हामी आत्मा हौं र बाबालाई याद गर्नु छ। यसलाई नै भारतवर्षको प्राचीन योग भनेर गायन गरिएको छ। याद शब्द हिन्दी (नेपाली) हो। यो ज्ञान अहिले तिमीलाई कसले दिएको छ? यो कुनै मनुष्यले जान्दैन। जन्म-जन्मान्तर मनुष्यले मनुष्यसँग कुरा गर्दै आएका छन्। अहिले रुहानी पिताले रुहानी बच्चाहरूसँग कुरा गर्नुहुन्छ। परमात्माले सुनाउनुहुन्छ त्यसैले यसलाई रुहानी आध्यात्मिक ज्ञान भनिन्छ। गीतालाई पनि उनीहरूले आध्यात्मिक ज्ञान सम्झन्छन्, तर त्यसमा नाम कृष्ण अर्थात् देहधारीको राखिदिएका छन्। बाबा भन्नुहुन्छ– कुनै पनि मनुष्यमा यो ज्ञान हुन सक्दैन। कहिल्यै पनि कसैले तिमीसँग वादविवाद गर्यो भने भन– यो हो भक्तिको ज्ञान। मनुष्यद्वारा बनाइएको शास्त्रहरूको ज्ञान। सत्य ज्ञान त एक ज्ञानसागर बाबासँग मात्र छ, उहाँ स्वयंले ज्ञान दिइरहनु भएको छ। उहाँलाई परमपिता भनिन्छ। पूजा पनि उहाँ निराकारको हुन्छ। यदि अरु निराकारीहरूको पूजा हुन्छ भने उनीहरू पनि उहाँका बच्चाहरू नै हुन्। माटोका शालिग्राम बनाएर पूजा गर्छन्। रूद्र यज्ञ रच्दछन्। तिमीले जान्दछौ– उहाँ परमपिता परमात्मा निराकारी दुनियाँमा रहनुहुन्छ। हामी आत्माहरू पनि वहाँ रहन्छौं। उहाँ ज्ञानको सागर आएर ज्ञान सुनाएर सबैको सद्गति गर्नुहुन्छ। उहाँ हुनुहुन्छ पर भन्दा पर रहनेवाला परमपिता परमात्मा। सबै आत्मा भाइहरूलाई पार्ट मिलेको छ, जसले फेरि शरीर धारण गरेर भाइ-बहिनी बन्छन्। आत्मा सबै एक बाबाका बच्चा हुन्। आत्माले जब शरीर धारण गर्छ, स्वर्गमा सुख नर्कमा दुःख पाउँछ। यस्तो किन हुन्छ? सम्झाइन्छ– ज्ञान र भक्ति। त्यो हो दिन, त्यो हो रात। ज्ञानद्वारा सुख, भक्तिद्वारा दुःख, यस्तो खेल बनेको छ। यस्तो होइन– दुःख सुख सबै भगवान्ले नै रच्नुहुन्छ। भगवान्लाई बोलाउँछन् नै तब, जब दुःखी हुन्छन्। सम्झन्छन् पनि– उहाँ सुख दिनेवाला हुनुहुन्छ। फेरि जब सुखको समय पूरा हुन्छ फेरि रावण ५ विकारका कारण दुःख सुरू हुन्छ। यही खेल हो, जसलाई यथार्थ रीति बुझ्नु छ। यसलाई नै रुहानी ज्ञान भनिन्छ। बाँकी हुन् सबै शारीरीक ज्ञान, जसलाई हामी सुन्न चाहँदैनौं। हामीलाई हुकुम मिलेको छ– केवल म निराकार बाबाबाट नै सुन। बाबा भन्नुहुन्छ– नराम्रो नसुन.... हामीले एक भगवान्सँग सुन्छौं। अरुले मनुष्यसँग सुन्छन्। रात-दिनको फरक छ। ठूला-ठूला विद्वानले शास्त्र आदि पढ्छन्। त्यो त हामीले पनि धेरै पढ्यौं। अब भगवान्ले भन्नुहुन्छ– तिमीले धेरै गुरू बनायौ, अब तिनलाई छोड, मैले जे सुनाउँछु, त्यो सुन। भगवान हुनुहुन्छ नै निराकार, उहाँको नाम हो शिव। अहिले हामीले उहाँद्वारा सुनिरहेका छौं। बाबाले स्वयं आफ्नो परिचय र आफ्नो रचनाको आदि, मध्य, अन्त्यको परिचय दिनुहुन्छ। फेरि हामीले तपार्इंसँग शास्त्र आदिको कुरा किन सुनौ! हामीले तपाईंलाई रुहानी ज्ञान सुनाउँछौं। सुन्ने भए सुन्नुहोस्। अन्योलमा पर्नु पर्ने त कुनै कुरा छैन। सारा दुनियाँ छ एकातिर, अर्कोतिर तिमी कति थोरै छौ। अहिले बाबा भन्नुहुन्छ– मलाई याद गर्यौ भने तिमीमाथि जुन पापको बोझ छ, त्यो उत्रिन्छ र तिमी पवित्र बन्छौ। जो पवित्र बन्छ, उनै पवित्र दुनियाँको मालिक बन्छ। अब पुरानो दुनियाँ बद्लिनु छ। कलियुगपछि सत्ययुग आउनु छ। सत्ययुग हो पावन दुनियाँ। कलियुगमा नै मलाई बोलाउँछन्– भन्छन्, आएर पावन दुनियाँ बनाउनुहोस्। त्यसैले म अहिले आएको छु, म एकलाई याद गर। अब दुनियाँ परिवर्तन भइरहेको छ। यो अन्तिम जन्म हो। यो पुरानो दुनियाँमा आसुरी राज्य खतम भएर रामराज्य स्थापना भइरहेको छ। त्यसैले अब यो अन्तिम जन्म गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन। यो विषय सागर हो नि। कमल फूल पानी माथि रहन्छ। अब तिमी गृहस्थ व्यवहारमा रहेर कमल फूल समान पवित्र बन। तिमी बच्चाहरूले जान्दछौ– हामीले राजाई स्थापना गरिरहेका छौं। अब सारा दुनियाँ परिवर्तन हुनेछ। ती धर्म स्थापकले केवल आ-आफ्नो धर्म स्थापना गर्छन्। पहिला ती पावन हुन्छन् फेरि पतित बन्छन्। सद्गुरू त एक मात्र सद्गतिदाता हुनुहुन्छ। मनुष्यले गुरू गर्छन् नै तब, जब सद्गतिमा जान चाहन्छन्। जब पाप धेरै हुन्छ, तब रुहानी बाबाले ज्ञान सुनाउनुहुन्छ। भक्तिको फल ज्ञान तिमीलाई भगवान्सँग मिल्छ। भगवान्ले कुनै भक्ति सिकाउनुहुन्न। उहाँले त ज्ञान दिनुहुन्छ। भन्नुहुन्छ– म एकलाई याद गर्यौ भने तिम्रो विकर्म विनाश हुन्छ। पावन बन्ने अरु कुनै बाटो छैन। नयाँ दुनियाँमा सबै स्वर्गवासी थिए। अहिले पुरानो दुनियाँमा सबै नर्कवासी छन्। त्यसैले बाबा भन्नुहुन्छ– म सबैको उद्धार गर्न आउँछु। म नै आएर रुहानी ज्ञान दिन्छु। बाबाले आफ्नो परिचय दिइरहनु भएको छ। म तिम्रो पिता हुँ। अहिले यो हो नर्क। नयाँ दुनियाँलाई स्वर्ग भनिन्छ। यस्तो कसरी भन्न सकिन्छ– यहाँ नै स्वर्ग, नर्क छ? जोसँग धेरै धन छ, ऊ स्वर्गमा छ। स्वर्ग त हुन्छ नै नयाँ दुनियाँमा। यहाँ स्वर्ग कहाँबाट आयो? त्यसैले हामीले कुनै मनुष्यको कुरा सुन्दैनौ। बाबा भन्नुहुन्छ– तिमी तमोप्रधानबाट सतोप्रधान बन्नु छ भने म एकलाई याद गर। सारा दिन यो ज्ञान बुद्धिमा रहनुपर्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।


    धारणाको लागि मुख्य सारः

    १) एक बाबासँग नै रुहानी कुरा सुन्नु छ। कसैसँग वाद-विवाद गर्नु छैन।

    २) देही-अभिमानी बन्ने मेहनत गर्नु छ। सतोप्रधान बन्नको लागि एक बाबाको यादमा रहनु छ।

    वरदान:

    रुहानी गुलाब बनेर टाढा-टाढासम्म रुहानी सुगन्ध फैलाउने रुहानी सेवाधारी भव:-  

    रुहानी गुलाबले आफ्नो रुहानी वृत्तिद्वारा रुहानियतको सुगन्ध टाढा-टाढासम्म फैलाउँछ। उसको दृष्टिमा सदा परमात्मा बसेको हुन्छ। उसले सदा आत्मालाई देख्छ, आत्मासँग बोल्छ। म आत्मा हुँ, सदा परमात्माको छत्रछायामा चलिरहेको छु, म आत्माको गराउनेवाला परमात्मा हुनुहुन्छ। यसरी हर सेकेण्ड हजुरलाई हाजिर अनुभव गर्नेवाला सदा रुहानी सुगन्धमा अविनाशी र एकरस रहन्छ। यही हो रुहानी सेवाधारीको नम्बरवन विशेषता।

    स्लोगन:

    निर्विघ्न बनेर सेवामा पहिलो नम्बर लिनु अर्थात् नम्बरवन भाग्यशाली बन्नु हो।  

     

    ***OM SHANTI***