BK Murli 6 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:








    BK Murli 6 November 2016 Nepali

    २०७३ कात्तिक २१ गते आइतबार 06.11.2016 बापदादा मधुवन

    तिमी पूर्वजहरूसँग सर्व आत्माहरूको आशा


    आज ग्रेट ग्रेट ग्रेन्ड फादर आफ्नो सारा वंशावलीसँग मिलिरहनु भएको छ। कति ठूलो वंशावली छ, यसलाई तिमी सबैले जान्दछौ। तिमी सबै यस वंशावलीको आदि फाउन्डेशन हौ वा वंशावलीको वृक्षको मूल हौ। तिमीहरूद्वारा वंशावली कसरी वृद्धि हुन्छ, यो सबै रहस्य राम्रोसँग जान्दछौ हैन? कुनै पनि आत्मालाई देख्दा वा सम्पर्कमा आउँदा यो स्मृतिमा आउँछ– सर्व आत्माहरूको हामी पूर्वज हौं वा सारा वृक्षको शाखा, उपशाखाहरू, सबैको मूल आधार हौं अर्थात् फाउन्डेशन हौं। यो स्मृति सदा इमर्ज रुपमा रहन्छ? यस श्रेष्ठ स्मृतिद्वारा स्वतः नै समर्थ स्वरुप हुन्छौ। यदि फेद अर्थात् मूल फाउन्डेशन कमजोर छ भने सारा वृक्ष कमजोर बन्छ। फेद शक्तिशाली छ भने वृक्ष पनि शक्तिशाली हुन्छ। सारा वृक्षको हर पातहरूको सम्बन्ध बीजको साथ-साथ फेदसँग पनि हुन्छ। बीजको शक्ति फेदद्वारा नै शाखा, उपशाखाहरूलाई पुग्छ। आज तिम्रो सर्व वंशावलीलाई तिमी पूर्वजहरूद्वारा वा मूल आधारद्वारा कुनचाहिँ शक्ति आवश्यक छ? सर्व आत्माहरूले तिमी पूर्वजहरूलाई कुन आशाले याद गरिरहेका छन्? कुनचाहिँ शुभ चाहना तिमी मास्टर दाता, वरदाताहरूसँग चाहन्छन्? सर्व आत्माहरूको अर्थात् आफ्नो बेहदको वंशावलीको शुभ संकल्प वा इच्छालाई जान्दछौ? 

    आज सर्व आत्माहरूको एकै आवाज सुनिइरहेको छ। सबैको एकै आवाज छ– दुई घडीको लागि भए पनि सुख र चैनसँग बाँच्न चाहन्छौं। बेचैन छौं। सम्पत्ति र साधन हुँदा हुँदै पनि सुख र चैनको निद्रा आँखामा छैन। आजकल धेरैजसो सच्चा सुख र शान्तिको वा सत्य खुशीको प्यासी हुनाले बाटो खोजिरहेका छन्। अनेक अल्पकालको मार्ग अनुभव गरेर, सन्तुष्टता नमिल्नाको कारण अब बिस्तारै-बिस्तारै ती अनेक मार्गहरूबाट फर्किरहेका छन्, यो पनि होइन, यो पनि होइन। अब नेती-नेतीको अनुभवमा आइरहेका छन्। अब “सही बाटो कुनै अर्को छ”, यस्तो अनुभूति गर्न लागेका छन्। यस्तो समयमा तिमी पूर्वजहरूको कार्य हो– यस्तो आत्माहरूलाई दीपक बनेर बाटो देखाउनु। अमर ज्योति बनेर अन्धकारबाट ठेगानामा ल्याउनु। यस्तो संकल्प आउँछ? यो स्मृति रहन्छ– हामी पूर्वज आत्माहरू सर्व वंशावलीको अगाडि जे गर्छौं, त्यो नै सारा वंशावलीसम्म पुग्छ? तिमी पूर्वजहरूको वृत्तिले विश्वको वातावरणलाई परिवर्तन गर्छ। तिमी पूर्वजहरूको दृष्टिले सर्व वंशावलीलाई भाइ-भाइको स्मृति दिलाउँछ। तिमी पूर्वजहरूको बाबाको स्मृतिले सर्व वंशावलीलाई स्मृति दिलाउँछ– हाम्रो बाबा आउनु भएको छ। तिमी पूर्वजहरूको श्रेष्ठ कर्मले वंशावलीलाई श्रेष्ठ चरित्र अर्थात् चरित्र निर्माणको शुभ आशा उत्पन्न गर्छ। 

    सबैको नजर तिमी पूर्वजहरूलाई खोजिरहेको छ। अब बेहदको स्मृति स्वरुप बन, अनि हदको व्यर्थ कुरा स्वतः नै समाप्त भएर जान्छ। उल्टो वृक्षको हिसाबले बीजको साथ फेद पनि माथि उँचा छ। डाइरेक्ट बीज र मुख्य दुई पात, त्रिमूर्तिको साथमा समीपको सम्बन्धवाला फेद हौ। कति उच्च स्टेज हुन गयो। यसै उच्च स्टेजमा स्थित रह्यो भने हदको कुरा के अनुभव होला! बचपनको अलबेलापनको कुरा अनुभव हुन्छ। आफ्नो बेहदको बुजुर्गपनमा आयौ भने सदा सर्व अनुभवीमूर्त हुन्छौ। जो बेहदको पूर्वज-पनको कर्तव्य हो, त्यसलाई सदा स्मृतिमा राख। अब कति कार्य बाँकी रहेको छ? सदा यो स्मृतिमा राख। तर यो सारा कार्य सहज सम्पन्न कसरी हुन्छ? जस्तै तिम्रो रचना वैज्ञानिकहरूले विस्तारलाई सारमा समेटिरहेका छन्। अति सूक्ष्म र शक्तिशाली साधन बनाइरहेका छन्, जसबाट समय, सम्पत्ति र शस्त्र कम से कम खर्च होस्। पहिले विनाशको कार्यमा कति सेना, कति शस्त्र र कति समय लाग्थ्यो। र, अब विस्तारलाई सारमा ल्याएका छन् नि! यसैगरी तिमीले मास्टर रचयिता बनेर स्थापनाको कार्यमा सूक्ष्मद्वारा निमित्त स्थूल साधन कार्यमा लगाऊ। नत्र स्थूल साधनहरूको विस्तारमा सूक्ष्म शक्ति गुप्त हुन्छ। स्थूल साधनको विस्तार, जसरी वृक्षको विस्तारले बीजलाई छिपाइदिन्छ, त्यस्तै सूक्ष्म शक्तिको प्रतिशत गुप्त हुन जान्छ। तिमी पूर्वज आत्माहरूको अलौकिकता– “सूक्ष्म शक्ति” हो। जुन सबैले अनुभव गरुन्– पूर्वजहरूद्वारा कुनै विशेष शक्ति उत्पन्न भइरहेको छ। वंशावलीले तिमी आत्माहरूद्वारा कुनै नवीनता चाहन्छन्। साधनहरूको शक्ति, वाणीको शक्ति– यो त सबैको पासमा छ। तर अप्राप्त शक्ति कुनचाहिँ हो? त्यो हो श्रेष्ठ संकल्पको शक्ति, शुभ वृत्तिको शक्ति। स्नेह र सहयोगको दृष्टि। यो कसैको पासमा छैन। त्यसैले हे पूर्वज आत्माहरू! आफ्नो वंशावलीको प्राप्तिको, आशाको दीपक बालेर यथार्थ लक्ष्यसम्म ल्याऊ। बुझ्यौ के गर्नु छ? जो अरुले गर्छन्, त्यो गर्यौ त के नै गर्यौ र? तिमी त भगवान्का हौ, भिन्नै हौ। अहिले वाणीको बम्ब फ्याँक्छौ तर यो त अब बेबी बम्ब हो। अब प्राप्तिको अनुभूतिको बम्ब चलाऊ, जसले सीधा जीवन परिवर्तन गरिदेओस्। दिमागसम्म तीर लगाएका छौ, दिललाई तीर लगाएका छैनौ। 

    भविष्यमा के गर्नु छ, त्यो प्लान त दिनुपर्छ नि। अहिले मुखको आवाज निक्लिन्छ– राम्रो कार्य गरिरहेका छन्। तर दिलदेखि आवाज निक्लियोस्– “यही एक मार्ग हो”। मुखको सौदा गर्नेहरू धेरै हुन्छन्, दिलदेखि सौदा गर्ने करोडौंमा कोही हुन्छन्। तर तिमी सबै दिलवालाका बच्चाहरू हौ, दिलदेखि सौदा गराउनेवाला हौ। त्यसैले अब के गर्छौ? यस्तो शक्तिशाली सेवाको चक्र चलाऊ, जसबाट सर्व आत्माहरूले आफ्नो पूर्वजहरूलाई चिनेर प्राप्तिको अधिकारलाई प्राप्त गरुन्। केही सुन्यौं, राम्रो सुन्यौं, यसको बदला केही मिल्यो– यस्तो अनुभूति गरुन्। बुझ्यौ? राम्रो सुनाउँछन्। होइन, राम्रो बनाउँछन्। कम खर्च, कम शक्ति, कम समय– यसै विधिद्वारा सिद्धि स्वरुप बन। 

    पंजाबको जोन हो नि, हैन? पंजाबलाई के बनाउँछौ? यस्तो केही नवीनता गरेर देखाऊ– अनुभव गराउनु अर्थात् वारिस बनाउनु। राम्रो सुन्नेवाला, राम्रो-राम्रो भन्नेवाला, त्यो भयो प्रजा। अब चाहिन्छ वारिस क्वालिटी। एक वारिसको पछाडि प्रजा त आफैं पनि आउँछन्। पंजाबले के गर्नेछौ? क्वान्टिटी बढ्दैन भने क्वालिटी त निकाल्न सक्छौ। के गर्नेछौ? अहिले वारिस क्वालिटी चारैतर्फ कम छ। त्यसैले पंजाब यसमा नम्बरवन बन। कुनै क्वान्टिटीमा नम्बरवन, कुनै क्वालिटीमा नम्बरवन बन। बुझ्यौ– पंजाबले के गर्नु छ? क्वालिटीवाला एक अनि क्वान्टिटी कति हुन्छन् किनकि एक क्वालिटी आत्माले क्वान्टिटीलाई स्वतः नै ल्याउँछ। उनको नामबाट तिम्रो काम हुनेछ। यो त सहज छ हैन? अच्छा! 

    आज पंजाब र मधुबनको टर्न हो। पंजाबवाला सबैलाई मधुबनमा आएर सरेन्डर गराउनेछु। पंजाबबाट नदीहरू निस्किनेछन् र मिल्छन् कहाँ? मधुबन हो नै सागरको किनार। पंजाब र मधुबनको मेल भयो। विशेष टर्न पंजाबको छ, त्यसैले पंजाबलाई भनिरहेको छु। बाँकी त यसमा सबै आयौ। मधुबनमा त सबै आयौ। सबै कहाँ मिल्नु छ? मधुबनमा! 

    अच्छा! चारैतर्फका सर्व पूर्वज आत्माहरूलाई, सदा सबैको आशा सदाकालको लागि पूर्ण गर्ने, अप्राप्त आत्माहरूलाई प्राप्तिको अंजुलीको अनुभूति गराउने, सबैलाई अनेक मार्गहरूबाट निकालेर एक मार्गमा ल्याउने– यस्ता सबै आत्माहरूको मूल आधार, सदा सबैलाई एक बाबाको वारिस बनाउने, यस्ता श्रेष्ठ पूर्वज आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    सुनेका त धेरै छौ, अब विशेषता हुनुपर्छ स्वरुप बनेर स्वरुप बनाउनु। जति स्वयं सर्व प्राप्ति स्वरुप हुन्छौ, त्यति सबैलाई प्राप्ति स्वरुप बनाउन सक्छौ। आजकल सबै आत्माहरूले प्राप्ति गर्न चाहन्छन्, नकि सुन्न। जब प्राप्त गर्छन्, तब नै खुशीले यो गीत गाउनेछन्– जे पाउनु थियो, त्यो पाएँ। जसरी तिमीले यो खुशीको गीत गाउँछौ नि! पाएँ। यस्तै अन्य आत्माहरूले पनि यो खुशीको गीत गाउनेछन्। वर्तमान समय आत्माहरूलाई यही आवश्यकता छ। जे आवश्यकता छ, त्यसलाई पूर्ण गर्नु, यही तिमी श्रेष्ठ आत्माहरूको कर्तव्य हो। यसै कर्तव्यमा सदा अनुभवीमूर्त बनेर अनुभव गराउँदै जाऊ। यही चाहन्छन् नि, यसै चाहनालाई पूर्ण गर्नेवाला अर्थात् सबैलाई तृप्त आत्मा बनाउनेवाला। त्यसैले सदा तृप्त आत्मा हौ? सदा सर्व खजानाहरूले सम्पन्न। जो सम्पन्न हुन्छ, उही तृप्त हुन्छ। जो स्वयंको पासमा हुन्छ, त्यही अरुलाई पनि अवश्य दिन्छ। त्यसैले सदा प्राप्ति स्वरुपको नशा र खुशीमा रहने गर– यही संगमयुगको जीवनको विशेषता हो। बाबालाई पायौ अर्थात् संगमयुगको प्रत्यक्षफल पायौ। प्रत्यक्षफल हो सर्व प्राप्ति। यसै स्थितिद्वारा सर्व सिद्धिहरू प्राप्त हुन्छन्। 

    मधुबन निवासी भाइ-बहिनीहरूसँगः– 

    मधुबन निवासी यति भाग्यवान छौ, जसलाई देखेर सबै खुशी भइरहेका छन्। यति आफ्नो तकदिरलाई जान्दछौ हैन! कति तकदिरवान छौ, जो सदा सागरको किनारमा रहन्छौ। सदा स्थूलमा पनि बाबा र श्रेष्ठ आत्माहरूको साथमा छौ भने कति ठूलो भाग्य भयो! सदा आफ्नो भाग्यको गुण गाइरहन्छौ? यही गुण गाउँदै खुशीको झूलामा झुलिराख। मधुबन निवासी अर्थात् सदा मधु समान मीठो। त्यसैले सदा मुख मीठो रहोस् र सदा सबैको मुख मीठो गर्नेवाला। सागरको किनारमा रहनेवाला होलीहंस हौ। हंसले के गर्छ? सदा मोती ग्रहण गर्छ। पत्थरलाई देख्दैन, रत्नहरूलाई देख्छ। सबै रत्नहरूलाई ग्रहण गर्नेवाला हौ नि! महान् तीर्थ स्थानमा रहने महान् आत्माहरू हौ। त्यसैले यो महात्माहरूको ग्रुप भयो नि! महात्मा अर्थात् जसले सदा महान् वस्तुलाई देखोस्। महान् वस्तु कुनचाहिँ हो? (आत्मा)। त्यसैले महात्माको नजर कहाँ जान्छ? महान् वस्तुमा। सदा महान् देख्ने, महान् बोल बोल्ने र महान् कर्म गर्ने– यसलाई भनिन्छ महात्मा। त्यसैले पाण्डव सबै महात्मा हौ! बापदादाको सबैभन्दा बढी आशा कसमा छ? मधुबन निवासीहरूमा। मधुबन निवासीलाई आशाको दीपक बाल्न आउँछ हैन? सदा मधुबनमा दीपावली छ हैन? सदा शुभ आशाको दीप बलिरहेको छ, त्यसैले सधैं दीपावली भयो। मधुबनमा कहिल्यै अन्धकार हुन सक्दैन। मधुबनवाला मास्टर शिक्षक हौ। तिमीले सिकाऊ नसिकाऊ, तिम्रो हर कर्मले हरेक आत्मालाई शिक्षा दिइरहन्छ। चाहे साधारण गर्छौ, तापनि सिकेर जान्छन् र श्रेष्ठ गर्छौ तापनि सिकेर जान्छन्। शिक्षा दिँदैनौ, तर मधुबन निवासी बन्नु अर्थात् मास्टर शिक्षक बन्नु। त्यसैले सदा याद राख– म मास्टर शिक्षक हुँ। हर कर्म, हर बोलद्वारा शिक्षा दिनेवाला होस्। तिमीले अरुलाई खास तख्तमा बसेर सिकाउन आवश्यक छैन। हिँड्दा-डुल्दा पनि शिक्षक हौ। जस्तै आजकल मोबाइल लाइब्रेरी हुन्छ नि! तिमी पनि मोबाइल मास्टर शिक्षक हौ। तिम्रो विद्यालय राम्रो छ नि! सदा आफ्नो सामुन्ने विद्यार्थीलाई देख, एक्लो छैनौ, सदा विद्यार्थीहरूको सामुन्ने छौ। सदा अध्ययन पनि गरिरहेका छौ र गराइ पनि रहेका छौ। योग्य शिक्षक कहिले पनि विद्यार्थीको अगाडि अलबेला हुँदैनन्, ध्यान दिन्छन्। तिमी सुत्दा पनि, उठ्दा पनि, हिँड्दा पनि, खाँदा पनि, हर समय सम्झ– हामी ठूलो कलेजमा बसेका छौं, विद्यार्थीले देखिरहेका छन्। त्यसैले अद्भुत शिक्षक भयो नि! 

    तिमीहरू सबैको के महिमा गरुँ? मधुबनवालाको जति पनि महिमा छ, त्यो सबै छ। यस्तो महान् सम्झेर सदा अगाडि बढ। बाबाले जति महिमा गर्नुहुन्छ, त्यति फेरि पालन पनि गर्नुपर्छ। त्यसैले पालन गर्नमा पनि होसियार छौ हैन! मधुबनको नक्शा सारा विश्वमा गएको छ। सबैको बुद्धिमा सदा के याद रहन्छ? मधुबनमा के भइरहेको छ? त्यसैले सबैको बुद्धिमा स्मृति स्वरुप हौ। मधुबन निवासी हरेक लाइट, माइटको गोला बन। लाइट र माइट भित्र स्वयं नै सबै आकर्षित भएर आउँछन्। अहिले त बाबाको कर्तव्य चलिरहेको छ। त्यसकारण बाबाको बन्नेवाला बच्चाहरू सहज नै अनुभव गरिरहेका छन् र गरिरहनेछन्। तिम्रो कर्तव्य अहिले गुप्त छ। तिमीले अब आफ्नो शक्ति स्वरुपद्वारा वायुमण्डल बनाऊ। यो त ड्रामा अनुसार हुनु नै छ, बढ्नु नै छ, चल्नु नै छ। त्यसैले चलानेवाला चलाइरहनु भएको छ। अब यसरी नै फलो फादर गर। अब हर आत्मा शक्ति स्वरुप बनून्। जसको पनि सम्पर्कमा आउँछौ, उसले अलौकिकताको अनुभव गरोस्। अब त्यो पार्ट चल्नु छ। सुनाएँ नि– अहिले राम्रो राम्रो भन्छन्, तर राम्रो बन्नु छ– यो प्रेरणा मिलिरहेको छैन। त्यसको एउटै साधन हो– सँगठित रुपमा ज्वाला स्वरुप बन। एक-एक चैतन्य लाइट हाउस बन। सेवाधारी हौ, स्नेही हौ, एक बल एक भरोसावाला हौ, यो त सबै ठीक छ, तर मास्टर सर्वशक्तिवान्को स्टेज, स्टेजमा आयो भने सबै तिम्रो अगाडि पुतली समान चक्र लगाउन थाल्नेछन्। अहिले केवल बाबा महाज्योतिको आर्कषण छ, अरु सबै दीपकको आकर्षण भएपछि के होला? दीपक त हौ तर अहिले स्टेजमा आएका छैनौ। स्टेजमा आयौ भने देख्नेछौ– आबूवाला कसरी तिम्रो पछि-पछि दौडिनेछन्। तिमीलाई जाने आवश्यकता पर्ने छैन, उनीहरू स्वयं आएर भन्नेछन्– जी हजुर, कुनै सेवा! 

    अहिले प्यारो बच्चा बनेका छौ, यसमा त ठीक छ, बच्चा र बाबासँग प्यारो, सम्बन्ध निर्वाह गर्नमा ठीक छौ तर अब मास्टर शिक्षक बनेर, मास्टर सतगुरू बनेर स्टेजमा आऊ। अब यो दुई पार्ट बाँकी रहेको छ। बुझ्यौ? अच्छा! 

    मधुबन निवासीहरूलाई बापदादा सदा विशेष आत्माको रुपमा देख्नुहुन्छ। सदा बाबाको आशाको दीपक मधुबन निवासी हौ। सबै सन्तुष्ट त सदा छौ नि? सन्तुष्ट रहनु र सन्तुष्ट गर्नु– यही तिमीहरू सबैको सदाको स्लोगन होस्। सदा तिम्रो बोर्डमा कुनचाहिँ स्लोगन लेखिएको छ? सन्तुष्ट रहनु पनि छ र गर्नु पनि छ। यसै सर्टिफिकेटवाला भविष्यमा पनि राज्य भाग्यको सर्टिफिकेट लिनेछ। मधुबनवासीले यो सर्टिफिकेट त लिएका छौ, हैन? सदा अमृतबेला यस स्लोगनलाई स्मृतिमा ल्याऊ। जसरी बोर्डमा स्लोगन लेख्छौ, त्यसैगरी सदा आफ्नो मस्तकको बोर्डमा यो स्लोगन दौडाऊ, अनि सबै सन्तुष्ट मूर्ती हुनेछौ। अच्छा! 


    वरदान:

    परिवर्तन शक्तिद्वारा सबैको धन्यबादको पात्र बन्ने विघ्नजित भव:-  

    यदि तिम्रो कसैले अपकार गर्छ भने तिमीले एक सेकण्डमा अपकारलाई उपकारमा परिवर्तित गरिदेऊ, कुनै आफ्नो संस्कार-स्वभावको रुपमा परीक्षा बनेर सामुन्ने आयो भने तिमीले एकको स्मृतिद्वारा यस्तो आत्माप्रति पनि रहमदिलको श्रेष्ठ संस्कार-स्वभाव धारण गर। कुनै देहधारी दृष्टिद्वारा सामुन्ने आयो भने उसको दृष्टिलाई आत्मिक दृष्टिमा परिवर्तित गरिदेऊ। यस्तो परिवर्तन गर्ने युक्ति आयो भने विघ्नजित बन्छौ। फेरि सम्पर्कमा आउने सबै आत्माहरू तिमीप्रति आभारी हुनेछन्।

    स्लोगन:

    अनुभवहरूको स्वरुप बन्यौ भने अनुहारबाट भाग्यशालीको झलक देखिन्छ।  


    ***OM SHANTI***