BK Murli 8 November 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 8 November 2016 Nepali

    २०७३ कार्तिक २३ गते 08.11.2016 मंगलबार बापदादा मधुवन

    “मीठे बच्चे– अहिले तिमी संगमयुगमा छौ, तिमीलाई यस पुरानो कलियुगी दुनियाँको कुनै पनि विचार आउनु हुँदैन।”  

    प्रश्न:

    बाबाले बच्चाहरूलाई श्रेष्ठ कर्म गर्ने वा कर्मलाई सुधार्ने विधि के बताउनु भएको छ?

    उत्तर:

    आफ्नो कर्मलाई सुधार्नको लागि सच्चा बाबासँग सदा सच्चा रहने गर। यदि कहिलेकाहीँ भुलेर पनि कुनै उल्टो कर्म भयो भने बाबालाई तुरून्तै लेखेर देऊ। सच्चाईसँग बाबालाई सुनायौ भने त्यसको असर कम हुनेछ। नत्र वृद्धि भइरहन्छ। बाबाको पासमा समाचार आयो भने बाबाले उसलाई सुधार्ने श्रीमत दिनुहुन्छ।

    ओम् शान्ति।

    शिवबाबाले ब्रह्माद्वारा बच्चाहरूसँग सोधिरहनु भएको छ– प्यारा बच्चाहरू! तिमी यहाँ बिहानैदेखि बसेर के गरिरहेका छौ? तिमी विद्यार्थी त हौ नै। यहाँ बस्दा अवश्य यो सोचेका छौ– हामीलाई शिवबाबा पढाउन आउनुभएको छ। यस पढाइबाट हामी सूर्यवंशी बन्छां किनकि तिमीले राजयोग सिकिरहेका छौ। विष्णुपुरीको मालिक बन्नको लागि यस ख्यालमा बसेका छौ या कसैलाई जिम्मेवारी, बाल-बच्चा, धन्दा आदि याद आउँछ? बुद्धिमा यो रहनुपर्छ– यो हो गीता पाठशाला, हामीलाई भगवान्ले पढाउनु हुन्छ। हामी लक्ष्मी-नारायण अथवा उनका कुटुम्ब बन्छौं। यो हो राजयोग। बच्चाहरूको बुद्धिमा रहनुपर्छ– हामी बाबासँग डाइरेक्ट सुनेर सूर्यवंशी घरानाको बन्छौं। लक्ष्मी-नारायणको चित्र सामुन्ने छ, हाम्रो राज्य हुन्छ। जस्तै नेताहरूले पनि सम्झन्छन्। ब्राह्मणहरूमा पनि कसैलाई थाहा छैन– स्वर्ग केलाई भनिन्छ? तिमी बच्चाहरूले बुझेका छौ– हामी बाबासँग स्वराज्य विद्या, स्वर्गको लागि सिकिरहेका छौं। हामी नै स्वर्गको मालिक बन्छौं। यो भित्र याद गर्नु छ। जस्तै विद्यालयमा विद्यार्थीको बुद्धिमा रहन्छ– हामी बेरिस्टर-इन्जीनियर आदि बन्नको लागि पढिरहेका छौं। तिमीलाई यति पनि याद रहन्छ वा बिर्सिन्छौ? तिमी सर्वोच्च भगवान्का विद्यार्थी हौ। तिमीलाई सर्वश्रेष्ठ देवता बनाउनको लागि बाबाले पढाइरहनु भएको छ। तिमी उहाँका बच्चा हौ। आत्माले यस शरीरद्वारा आफ्नो भविष्य पदलाई याद गरिरहेको छ या शरीरका सम्बन्धी, भौतिक सम्पत्ति, धन्दा-आदि याद गर्छ? यहाँ जब आउँछौ, यो सम्झनुपर्छ– हामीलाई बेहदका बाबा पढाउन आउनुहुन्छ, बेहदका मालिक बनाउन। फेरि राजा-रानी बन या प्रजा! मालिक त बन्छौ नि। नयाँ दुनियाँमा हुन्छ नै सूर्यवंशी घराना। यो त बुझेका छौ नि– हामीले आफ्नो राज्य गर्नेछौ। 

    बाबालाई थाहा छ– बच्चाहरूलाई बाहिर रहँदा, घरबार, खेतीबारीमा रहँदा यति बाबाको याद रहँदैन। त्यसैले यहाँ आउँदा सबै ख्याल छोडेर आऊ। तिमी अहिले त्यस कलियुगी दुनियाँमा छैनौ, अब तिमी संगममा छौ। कलियुगलाई छोडिदिएका छौ, बाहिर कलियुग छ। विशेष मधुबन हो संगम, त्यसैले मधुबनको गायन छ। यहाँ यस मुरलीको नै स्मरण गर्नु छ। जे सुन्छौ, त्यो रिपीट गरेर विचार सागर मन्थन गर। जति समय मिल्छ, चित्रहरूको अगाडि आएर बस। यिनलाई हेर्दै अनि पढ्दै गर। ब्राह्मणीहरूले जसलाई लिएर आउँछन्, उनीहरूमाथि धेरै जिम्मेवारी छ। धेरै ध्यान दिनुपर्छ। जसरी टिचरहरूलाई ख्याल रहन्छ– हाम्रो विद्यालयबाट यदि कम पास भएमा इज्जत जान्छ। जब विद्यालयबाट धेरै पास हुन्छन्, त्यो टिचर राम्रो मानिन्छ। ब्राह्मणीले विद्यार्थीमा ध्यान दिनुपर्छ। यहाँ तिमी मानौं संगममा आएका छौ, जहाँ डाइरेक्ट बाबाले सुनाउनुहुन्छ। यहाँको प्रभाव धेरै राम्रो पर्छ। यदि यहाँ घरबार, धन्दा याद आयो भने बाबा सम्झनुहुन्छ– यो साधारण प्रजा बन्नेछ। आएको थियो राजा बन्नको लागि, तर.... बच्चाहरूलाई भित्र धेरै खुशी हुनुपर्छ। चित्रहरूले पनि तिमीलाई धेरै मदत गर्छन्। मनुष्यले अष्ट देवताको र गुरूको चित्रहरू घरमा राख्छन्, यादको लागि। तर उनलाई याद गरेर केही पनि मिल्दैन। भक्ति मार्गमा जे जति गर्छन्, तल नै झर्दै आउँछन्। तिमी बच्चाहरूले उच्च जाने पुरूषार्थ गर्नु छ। घरमा शिवबाबाको चित्र राखिदियौ भने घरी-घरी याद आउँछ। पहिले तिमीले हनुमानलाई, कृष्णलाई, रामलाई याद गथ्र्यौ। अहिले शिवबाबा सम्मुख भन्नुहुन्छ– मलाई याद गर। त्रिमूर्तिको चित्र बडो राम्रो छ, यो चित्र सदैव पकेटमा राख। घरी-घरी हेरिराख, अनि याद रहन्छ। बाबा भगत थिए, त्यतिबेला लक्ष्मी-नारायणको फोटो पकेटमा राख्थे। गद्दीको तल सँगसँगै राख्थे, त्यसबाट केही मिलेन। अहिले बाबासँग धेरै प्राप्ति भइरहेको छ। उहाँलाई नै याद गर्नु छ। यसमा मायाले सामना गर्छ। ज्ञान त धेरै सुन्छौ, सुनाउँछौ। यसमा अगाडि जान्छौ, यस्तो भन्नुहुन्न– ८४ को चक्र बिर्सिन्छौ। यस्तो पनि होइन– यहाँ रहनेले धेरै याद गर्छन्। होइन, यहाँ रहेर पनि कति छन्, जसले व्यर्थ कुरा याद गरिरहन्छन्। जो बाबासँग गोरो बन्न आएका छन्, उहाँलाई चिनेकै छैनन्। 

    मायाको छायाँ धेरै पर्छ। मूल कुरा हो यादको। बाबालाई थाहा छ– धेरै राम्रा-राम्रा बच्चाहरू पनि यादमा रहँदैनन्। योगमा रहनाले नै देह-अभिमान कम हुन्छ, धेरै मीठो रहन्छन्। देह-अभिमान भएमा मीठो बन्दैनन्, रिसाइरहन्छन्। बाबाले सबैको लागि भन्नुहुन्न। कुनै सपूत पनि छन्, सपूत उनलाई मानिन्छ जो योगमा रहन्छन्। उनीहरूबाट कुनै पनि उल्टो-सुल्टो कुरा हुँदैन। मित्र सम्बन्धी आदि सबैलाई बिर्सिन्छन्। हामी नाङ्गै (अशरीरी) आएका थियौं, अब अशरीरी बनेर घर जानु छ। अहिले तिमी बच्चाहरूलाई ज्ञानको तेस्रो नेत्र मिलेको छ, जसबाट तिमी आफ्नो घरलाई जान्दछौ, राजधानीलाई पनि जान्दछौ। यो पनि तिमी बच्चाहरूलाई थाहा छ– शिवबाबा कुनै कालो लिंग हुनुहुन्न, जस्तो उनीहरूले देखाउँछन्। उहाँ त बिन्दु जस्तै हुनुहुन्छ। यो पनि तिमीले बुझेका छौ– अब हामी घर जान्छौं, वहाँ हामी अशरीरी रहन्छौं। अब हामी अशरीरी बन्नु छ। आफूलाई आत्मा सम्झेर पतित-पावन बाबालाई याद गर्नु छ। यो त सम्झाइएको छ– आत्मा अविनाशी हो। उसमा ८४ जन्मको पार्ट भरिएको छ, त्यसको अन्त्य हुँदैन। थोरै समय मुक्तिधाममा गएर फेरि पार्टमा आउनुपर्छ। तिमीले अलराउन्ड पार्ट खेल्छौ। यो सदैव याद रहनुपर्छ– अब हामी घर जानु छ। बाबालाई याद गर्नाले हामी तमोप्रधानबाट सतोप्रधान बन्छौं। यहाँ धन्दा आदिलाई याद गर्नु छैन। यहाँ तिमी पूरा सगंमयुगमा छौ। अहिले तिमी नाउमा बसेका छौ। कोही बीचैमा उत्रियो भने फेरि फँसेर मर्छन्। यसको पनि शास्त्रहरूमा एक कहानी छ। अहिले तिमीलाई थाहा छ– त्यस पार गइरहेका छौं, खिवैया शिवबाबा हुनुहुन्छ। कृष्णलाई खिवैया वा बागवान भनिँदैन। शिव भगवानुवाच हो। पतित-पावन शिवबाबा हुनुहुन्छ। कृष्णतिर बुद्धि जान सक्दैन। मनुष्यहरूको बुद्धि त भड्किइरहन्छ। बाबा आएर भड्कनबाट छुटाउनु हुन्छ। केवल भन्नुहुन्छ– आफूलाई आत्मा सम्झेर बाबालाई याद गर्यौ भने मात्र तिमी स्वर्गको मालिक बन्छौ। यो कुरा बिर्सिनु हुँदैन। यहाँबाट तिमी धेरै रिफ्रेश भएर जान्छौ। अनुभव पनि सुनाउँछौ– बाबा, हामी फेरि जस्ताको त्यस्तै हुन्छौं। मित्र सम्बन्धी आदिको मुख देख्छौ, अनि आकर्षित हुन्छौ। तिमी बच्चाहरू आशिक हौ, कामकाज गर्दै माशूकलाई याद गर, तब उच्च पद पाउँछौ। यदि अहिले पुरूषार्थ गर्दैनौ भने सिँगल ताज पनि मिल्दैन। यहाँ बच्चाहरू आउँदा समय खेर फाल्नु हुँदैन। अरु त केही यहाँ छैन। 

    केवल देलवाडा मन्दिर तिम्रो यादगार हो, त्यो तिमी देख्न सक्छौ। माथि बैकुण्ठ छ। वृक्ष पनि तिम्रो स्पष्ट छ। तल राजयोगमा बसेका छौ, माथि राजाई देखाइएको छ। हुबहु जसरी दिलवाला मन्दिर बनेको छ। तिमीलाई थाहा छ– शिवबाबाले हामीलाई ज्ञान दिएर फेरि स्वर्गको मालिक बनाइरहनु भएको छ। यस कलियुगको विनाश हुनु छ। यो आदिदेव, आदिनाथ को हुन्? तिमीले सबैको कर्तव्यलाई जान्दछौ। यस समयको चर्चा फेरि भक्ति मार्गमा चल्छ। चाडपर्व, व्रत सबै यस समयका हुन्। सच्चा व्रत हो मन्मनाभव। बाँकी निर्जल राख्नु, खाना नखानु– यो कुनै व्रत होइन। यस समय दुनियाँमा मायाको पम्प धेरै छ। पहिले यो बिजुली, ग्याँस आदि थिएन फेरि निक्लेका छन्। १०० वर्ष भएको छ। यसमा मनुष्य फँसेका छन्। भन्छन्– हाम्रो लागि स्वर्ग यहाँ नै छ। मायाको यति जोड छ, जसकारण बाबालाई बिल्कुलै याद गर्दैनन्। भन्छन्, तपाईं आएर त हेर्नुहोस्– हामी कसरी स्वर्गमा बसेका छौं! स्वर्गको अगाडि यो त केही पनि होइन। कहाँ स्वर्ग, कहाँ नर्क। स्वर्गको एउटा पनि चीज यहाँ हुन सक्दैन। वहाँ हर चीज सतोप्रधान हुन्छन्। गाई पनि फस्टक्लास हुन्छन्। तिमी पनि फस्टक्लास बन्छौ। तिम्रो फर्निचर, खानपान आदि सबै फस्टक्लास हुन्छ। सूक्ष्मवतनमा फल आदि देखेर आउँछौ नि। नाम नै राखिएको छ शूबीरस। दुनियाँलाई यो पनि थाहा छैन– स्वर्ग छ कहाँ? वहाँ सबैथोक सतोप्रधान हुन्छन्। यस्तो फोहोर आदि वहाँ हुँदैन। दुःखको कुनै कुरा नै हुँदैन। तर बच्चाहरूलाई यो नशा अझै चढेको छैन– बाबाले हामीलाई स्वर्गको मालिक बनाउनको लागि यो पढाइ पढाइरहनु भएको छ। चित्र कति स्पष्ट छन्। चित्र बनाउन समय त लाग्छ। बाबाले सबैथोक सेवा अर्थ बनाउन लगाइरहनु हुन्छ। तर कुनै त आफ्नो काम-धन्दामा यति फँसेका छन्, जसकारण बाबालाई याद पनि गर्दैनन्। प्रदर्शनीको चित्रहरूको पत्रिका पनि छ, त्यो पनि पढ्नुपर्छ। गीताको जो अभ्यासी हुन्छन्, उनीहरू जहाँ जाँदा पनि गीता अवश्य पढ्छन्। अब तिमीलाई सत्य गीता चित्रहरू सहित मिलेको छ। अब राम्रोसँग मेहनत गर्नुपर्छ। नत्र उच्च पद पाउन सक्दैनौ। फेरि त्राहि-त्राहि गर्नु पर्नेछ, जब साक्षात्कार हुन्छ। परीक्षा पूरा भयो फेरि अर्को क्लासमा नम्बरवार बस्छन्। यहाँ पनि जब साक्षात्कार हुनेछ, अनि नम्बरवार रूद्र माला फेरि विजय मालामा जान्छन्। विद्यालयमा कुनै बच्चाहरू फेल भए भने कति दुःखी हुन्छन्। तिम्रो छ कल्प कल्पान्तरको बाजी। 

    कति बच्चाहरू पूरा पत्रिका पढ्दैनन्। बच्चाहरूले पत्रिका पढेर सेवा गर्नुपर्छ। लेख्छन्– बाबा फलानीलाई बदली गरिदिनुहोस्। राम्रो ब्राह्मणी पठाइदिनुहोस्। कुनै-कुनै ब्राह्मणीसँग यति प्यार हुन्छ, ब्राह्मणी बदली भएमा गिर्छन्। सेन्टरमा आउनै छोडिदिन्छन्। कुनै उल्टो काम भएमा सच्चाईसँग तुरून्तै बाबालाई लेख्नुपर्छ। अनि पापको असर कम हुन्छ। नत्र वृद्धि हुँदै जान्छ। बाबा सुधार्नको लागि भन्नुहुन्छ, तर कसैलाई सुध्रिनु छैन भने पाप कर्म गर्न छोड्दैनन्। तकदिरमा छैन भने बाबालाई सत्य समाचार दिँदैनन्। बाबाको पासमा रिपोर्ट आयो भने सुधार्ने कोसिस गर्नुहुन्छ। अच्छा! 

    मीठे-मीठे सिकीलधे बच्चाहरूप्रति माता-पिता बापदादाको याद-प्यार एवं गुडमर्निङ्ग। रुहानी बाबाको रुहानी बच्चाहरूलाई नमस्ते। रुहानी बच्चाहरूको रुहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते। 


    धारणाको लागि मुख्य सारः

    १) अशरीरी बन्ने पूरा-पूरा अभ्यास गर्नु छ। कुनै पनि उल्टो-सुल्टो कुरा गर्नु छैन। धेरै मीठो बन्नु छ। कुनै कुरामा पनि रिसाउनु हुँदैन।

    २) मुरलीको स्ममरण गर्नु छ। जे सुन्छौ, त्यसमा विचार सागर मन्थन गर्नु छ। मन्मनाभवको व्रत राख्नु छ।

    वरदान:

    स्वयंलाई जिम्मेवार सम्झेर हर कर्म यथार्थ विधिले गर्ने सम्पूर्ण सिद्धि स्वरुप भव:-  

    यस समय तिमी संगमयुगी श्रेष्ठ आत्माहरूको हरेक श्रेष्ठ कर्म सारा कल्पको लागि विधान बनिरहेको छ। त्यसैले स्वयंलाई विधानको रचयिता सम्झेर हर कर्म गर, यसबाट अलबेलापन स्वतः समाप्त हुनेछ। संगमयुगमा हामी विधानको रचयिता, जिम्मेवार आत्मा हौं– यस निश्चयपूर्वक हर कर्म गर्यौ भने यथार्थ विधिद्वारा गरिएको कर्मको सम्पूर्ण सिद्धि अवश्य मिल्छ।

    स्लोगन:

    सर्वशक्तिमान बाबा साथ भएमा माया पेपर-टाइगर बन्छ।   

     
    ***OM SHANTI***