BK Murli 11 December 2016 Nepali

bk murli today

Posted by: BK Prerana

BK Prerana is executive editor at bkmurlis.net and covers daily updates from Brahma Kumaris Spiritual University. Prerana updates murlis in English and Hindi everyday.
Twitter: @bkprerana | Facebook: @bkkumarisprerana
Share:






    BK Murli 11 December 2016 Nepali

    २०७३ मंसिर २६ आइतबार ११-१२-२०१६ ओम् शान्ति “अव्यक्त बापदादा” रिभाइज १५.०४.८१ मधुबन

    नम्बरवन तकदिरवानको विशेषताहरू


    आज भाग्य विधाता बाबाले आफ्ना श्रेष्ठ भाग्यशाली आत्माहरूलाई देखिरहनुभएको छ। हरेकले आ-आफ्नो पुरुषार्थद्वारा कसरी तकदिरको रेखा खिचिरहेका छन्! नम्बरवार पुरुषार्थ अनुसार कसैले नम्बरवन तकदिर बनाएका छन्, कसैले सेकेन्ड नम्बर बनाएका छन्। पहिलो नम्बरको तकदिर जसमा सर्व प्राप्ति स्वरूप छन्– चाहे सर्वगुणहरूमा, चाहे ज्ञान खजानामा, चाहे सर्व शक्तिमा सदा प्राप्तिहरूको झूलामा झूल्छन्। अहिले देखि नै अप्राप्त कुनै वस्तु हुँदैन यस्तो तकदिरवानको जीवनमा। हर सेकेन्ड, हर श्वास, हर संकल्प अखुट खजाना प्राप्त गर्नेवाला। यस्तो आत्मालाई जीवनको हर कदममा चढ्ती कलाको अनुभूति हुन्छ। चारैतिर अनेक प्रकारका खजाना नै खजाना देखिन्छन्। हर आत्मा आफ्नो अति स्नेही अनादि सम्बन्धको स्वरूपले आफ्नो लाग्छ। हर आत्मा एक बाबाको सन्तान हुनाले भाइ-भाइ लाग्छ। हर आत्माप्रति यही शुभ-भावना, शुभ-कामना इमर्ज रूपमा रहन्छ– यी सबै आत्माहरू सदा सुखी र शान्त बनून्। बेहदको परिवार र बेहदको स्नेह हुन्छ। हदमा दुःख हुन्छ, बेहदमा दुःख हुँदैन। किनकि बेहदमा आउनाले बेहदको सम्बन्ध, बेहदको ज्ञान, बेहदको वृत्ति, बेहदको रूहानी स्नेहले दुःखलाई समाप्त गरेर सुख स्वरूप बनाइदिन्छ। रूहानी ज्ञानको कारणले हर आत्माको कर्म कहानीको पार्टको संस्कारहरूको लाइट र माइट हुनाले जे देख्छौ, सुन्छौ, सम्पर्कमा, सम्बन्धमा आउँछौ, हर कर्ममा अति न्यारा र अति प्यारा रहन्छौ। न्यारा र प्यारा बन्ने समानता रहन्छ। कुन समय प्यारा बन्ने, कुन समय न्यारा बन्ने– यो पार्ट खेल्ने विशेषताले आत्मालाई सदा सुखी र शान्त बनाइदिन्छ। रूहानी सम्बन्ध भएकोले बुद्धि एकाग्र हुनुको कारण निर्णय शक्ति, समाहित गर्ने शक्ति, सामना गर्ने शक्ति, सर्व शक्ति हर आत्माको पार्ट र आफ्नो पार्टलाई राम्रोसँग जानेर पार्टमा आउँछन्। त्यसैले अचल र साक्षी रहन्छन्। यस्तो तकदिरवान आत्माले हर संकल्प र कर्मलाई, हर कुरालाई त्रिकालदर्शीको स्थितिमा स्थित भएर हेर्छन्। त्यसैले प्रश्न चिन्ह समाप्त हुन्छ। यस्तो किन? यो के भएको? यी प्रश्नहरू हुँदैनन्। सदा पूर्ण विराम। सबैलाई तीन बिन्दुको तिलक लागेको छ हैन? त्यसैले आश्चर्य लाग्दैन। नथिंग न्यू। के भयो? होइन, के गर्नु छ। यो हो नम्बरवन तकदिरवान। 

    तिमीहरू सबै नम्बरवन तकदिरवानको लिस्टमा छौ हैन? सबैलाई फस्टक्लास नै राम्रो लाग्छ नि। सबै आएका छौ बाबासँग पूरा वर्सा लिनको लागि। चन्द्रवंशी बन्नको लागि तयार छौ? सूर्यवंशी अर्थात् फस्टक्लास भयौ। सदा आफ्नो श्रेष्ठ तकदिरलाई स्मृतिमा राखेर समर्थ स्वरूपमा रहने गर। जो बाबाको गुण त्यो हाम्रो गुण, यस्तो अनुभव गर्छौ हैन। सदा आफ्नो अनादि असली स्वरूप स्मृतिमा रहन्छ हैन? मायाको नक्कली स्वरूपको रूप त बन्दैनौ। जस्तै ड्रामा गर्नेलाई नक्कली फेस लगाइदिन्छन् नि। जस्तो गुण, जस्तो कर्तव्य त्यस्तै नै फेस लगाइदिन्छन्। नक्कली स्वरूपमा हाँसो लाग्छ नि। त्यसैगरी मायाले पनि नक्कली गुण र कर्तव्यको स्वरूप बनाइदिन्छ। कसैलाई क्रोधी, कसैलाई लोभी बनाइदिन्छ। कसैलाई दुःखी, कसैलाई अशान्त। तर असली स्वरूप यी कुराहरूदेखि टाढा छ। सदा त्यसै स्वरूपमा स्थित रहने गर। अच्छा! जस्तै भक्तिमा अन्तिम डुबुल्की हुन्छ नि। त्यसको पनि महत्व हुन्छ। यहाँ पनि सबै सागरमा डुबुल्की लगाउन आएका छौ वा समाहित हुनको लागि आएका छौ। सबै रीति रसम अहिलेदेखि नै सुरू गरिरहेका छौ। संगम हो नै मिलनको युग, आज बेहदको दिन हो। 

    हरेक जोनको आ-आफ्नो महिमा छ। गुजरात अर्थात् जहाँ रात गुज्रियो अर्थात् बित्यो, सदा दिन छ। सदा प्रकाशै प्रकाश छ। अन्धकार मेटियो। यू. पी. को विशेषता, वहाँ चिनी धेरै बन्छ। यू. पी.मा सदा चारैतिर स्थूल र सूक्ष्म मिठासै मिठास छ। 

    राजस्थान त हो नै विश्वको नयाँ राज्यको जग लगाउनेवाला। राजस्थानमा नै महान् तीर्थ छन्। राजस्थानको विशेषता छ किनकि राजस्थान नै बापदादाको कर्म भूमि, चरित्र भूमि हो। राजस्थानको महिमा सदा सर्वश्रेष्ठ छ। 

    पंजाबवाला सदा अकाल तख्तनशीन छन्। पंजाबवालाले अकालतख्त कहिल्यै बिर्सिदैनन्। सदा अकालमूर्त बाबासँग अकाल स्वरूप रहन्छन्। दिल्ली हुन् दिलारामको दिल लिनेवाला। नाम पनि दिल्ली छ– दिल ली। बापदादाको दिलमा के छ? विश्वमा सदाको लागि सुख र शान्तिको झण्डा लहराओस्। सदा चैनको बाँसुरी बजिरहोस्। दिल्लीवालाले यस लक्ष्यलाई लिएर महायज्ञको महा कर्तव्य पनि गरे। सदा सबैको सहयोगको अंगुलीद्वारा– हामी सबै एक हौं– यही नारा विश्वलाई बुलन्द आवाजद्वारा सुनाए। दिल्लीमा सबैको हक छ। किनकि सबै राज्य अधिकारी बनिरहेका छौ नि। त्यसैले सेवाको नयाँ-नयाँ कार्यमा दिल लिनेवाला। बम्बईलाई सरकारले पनि सुन्दर बनाइरहेको छ, विस्तार गरिरहेको छ। त्यसैगरी पाण्डवहरूको सेवामा पनि सेवाको विस्तार राम्रो भयो, सहयोगी र अधिकारी दुवै प्रकारका आत्माहरू सेवाको विस्तारको लागि राम्रो निमित्त बनेका छन्। वरदान मिलेको छ नि। 

    मध्य प्रदेशमा एक निराकार बाबाको यादगार राम्रो छ। त्यसैगरी ब्राह्मण आत्माहरूमा पनि एक बाबासँग लगन लगाउने, एक नम्बरमा आउने, यस लगनमा रहनेहरूको राम्रो रेस चलिरहेको छ। विधि पनि छ र वृद्धि पनि छ। अहिले त सबैको विशेषता सुन्यौ नि हैन? सबैको एकैसाथ डुब्की भयो नि। ज्ञान सागर र नदीहरूको मिलन भयो। मिलन मनाउनु अर्थात् लिनु। खजाना लियौ हैन? श्रेष्ठ तकदिरको रेखा खिचियो नि। 

    बापदादाको सदा एक स्लोगन याद राख– “सदा खुशी रहनु छ र सबैलाई सदा खुशी राख्नु छ। चारैतिर अब खुशीको बाजा बजाऊ किनकि हौ नै भाग्यवान आत्माहरू।” 

    यस्ता श्रेष्ठ तकदिरवान, सदा सर्व खुशीहरूको खजानाले सम्पन्न सबैलाई सुखको बाटो बताउने, मास्टर सुख दाता, सदा सबैको संकटमोचन, विघ्नविनाशक– यस्ता श्रेष्ठ आत्माहरूलाई बापदादाको यादप्यार एवं नमस्ते। रूहानी बच्चाहरूको रूहानी बाबालाई गुडमर्निङ्ग, नमस्ते।

    दीदीसँगः– महावीरहरूको श्रेष्ठ सेवाको स्वरूप कुनचाहिँ हो? जसरी अरू सबै शक्तिहरू चित्रमा पनि देखाइएको छ। यी सबै शक्तिहरूमा विशेष शक्ति सेवा अर्थ कुनचाहिँ छ? सबै वाणीद्वारा, भिन्न-भिन्न साधनहरूद्वारा, कार्यक्रमद्वारा त सेवा गरिरहेका छौ। तिमीहरूको विशेष सेवा, कुनचाहिँ हो? जसरी यही पुरानो सृष्टि र इतिहासमा छ– पहिले जमानामा पंछीहरूद्वारा सन्देश पठाउँथे। सन्देश दिएर फेरि फर्केर आउँथे। तिम्रो सेवा कुनचाहिँ हो। उनले पंछीद्वारा सन्देश पठाउँथे, तिमीले संकल्प शक्तिद्वारा कुनै पनि आत्माप्रति सेवा गर्न सक्छौ। संकल्पको बटन दबायो, वहाँ सन्देश पुग्यो। जसरी अन्तःवाहक शरीरद्वारा सहयोग दिन सकिन्छ, त्यसैगरी संकल्पको शक्तिद्वारा अनेक आत्माहरूको समस्या हल गर्न सक्छौ। आफ्नो श्रेष्ठ संकल्पको आधारमा उनीहरूको व्यर्थ वा कमजोर संकल्प परिवर्तन गर्न सक्छौ। यो विशेष सेवा समय प्रमाण बढ्दै जानेछ। समस्याहरू यस्तो आउनेछन्, स्थूल साधन समाप्त हुनेछन्। फेरि के गर्नुपर्छ? त्यति नै स्वयंको संकल्पलाई शक्तिशाली बनाउनु छ, जसद्वारा त्यसको प्रभाव टाढासम्म पुग्न सकोस्। जति शक्ति धेरै हुन्छ, त्यति टाढासम्म फैलिन्छ। त्यसैले संकल्पमा पनि यति शक्ति आउनेछ, तिमीले यहाँ संकल्प गर्नासाथ वहाँ फल मिल्छ। जसरी बाबाले भक्तिको फल दिनुहुन्छ, त्यसैगरी तिमी श्रेष्ठ आत्माहरूले परिवारमा सहयोगको फल दिनेछौ र त्यस फलको भिन्न-भिन्न अनुभव गर्नेछौ। यो पनि सेवा आरम्भ हुनेछ। 

    नयाँ-नयाँलाई देखेर, परिवारको वृद्धि देखेर, सेवाको सिद्धि देखेर खुशी हुन्छ नि। यो पनि आफ्नो राजधानी बनाइरहेका छौ। राजधानीमा त सबै प्रकारका आत्माहरू चाहिन्छ। सम्पर्कवाला पनि चाहिन्छ। सेवाधारी पनि चाहिन्छ, सम्बन्धी पनि चाहिन्छ र अधिकारी पनि चाहिन्छ। अहिले त आवाज बुलन्द भइरहेको छ। अहिले सबैले यता उता हेरेर कोसिस गरिरहेका छन्– यो कहाँको आवाज हो! सुनिन्छ तर अहिले स्पष्ट सुनिदैन। कहाँबाट आवाज आइरहेको छ, कतातिर जाने हो? उनले बुझ्दैनन्। स्पष्ट तब हुनेछ, जब वाणीको साथ-साथै श्रेष्ठ संकल्पको शक्ति उनीहरूसम्म पुग्नेछ। अब अटेन्शन सुरू भयो। 

    हर सिजनको आ-आफ्नो रौनक पार्ट छ। बापदादाको लागि त सबै सिकीलधे हुन्, सबै कार्य सहज, स्वतः नै वृद्धि भइरहनेछ। कति ठूलो परिवार छ। 

    सत्ययुगको आदिको संख्या आफ्नो आँखाले देखिरहेका छौ वा छैनौ! वा सपनामा देख्नेछौ वा समाचार पत्रहरूमा सुन्नेछौ– के होला? अहिले त एक हजारलाई पनि राख्न सक्दैनौ, फेरि कहाँ राख्छौ! सबै ब्राह्मण परिवार हुन्। जुन दिन सबै मधुबन भूमिमा जम्मा हुनेछन्, त्यसपछि त हलचल सुरू हुन्छ। संगठनको चित्र त देखाएका छौ नि– सबैले अंगुली दिए। सूक्ष्ममा त दिन्छौ नै तर यति ठूलो परिवार छ, परिवारलाई देख्नु त पर्छ नि। यसको योजना बनाएका छौ? सत्ययुगमा त केवल तिम्रो प्रजा हुन्छन्, यहाँ त तिम्रो भक्त पनि आउनेछन्। डबल वंशावली हुन्छ। जब भक्तहरूलाई थाहा हुनेछ– हाम्रो इष्ट जम्मा भएका छन्, तब के गर्नेछन्? उनले सोध्दै नसोधी आइपुग्छन्। जस्तै अहिले पनि कति आउँछन् नि। भक्त त हुन्छन् नै चात्रक। 

    बापदादा शक्तिको नाम प्रत्यक्ष देखेर हर्षित भइरहनुभएको छ। सर्वशक्तिवान गुप्त हुनुहुन्छ र शक्ति प्रत्यक्ष रूपमा छन्। त्यसैले शिव, शक्तिलाई देखेर हर्षित हुनुहुन्छ। बापदादाले वतनबाट पनि देखिरहनु हुन्छ, कति क्यू लाग्नेछ! यो पनि देखिरहनु हुन्छ। हरेक चैतन्य मूर्तीहरूको मन्दिर बाहिर क्यू त सुरू भएको छ नि। 

    बच्चाहरूको सेवा देखेर बापदादा पनि हर्षित हुनुहुन्छ। बाबा भन्दा पनि लाख गुणा ज्यादा प्रत्यक्ष रूपमा सेवाको मैदानमा आएका छौ, अझै आउनेछौ। 

    पार्टीहरूसँग– (यू.पी. जोन) सदा आफूलाई विश्वको अगाडि एक यथार्थ बाटो देखाउनेवाला रूहानी पण्डा सम्झन्छौ? पण्डाको नाम के हो? यू.पी. मा पण्डा धेरै हुन्छन् नि। ती पण्डाहरूले के गर्छन् र तिमीले के गर्छौ? उनले कुनचाहिँ यात्रा गराउँछन् र तिमीले कुनचाहिँ यात्रा गराउँछौ? तिमीले यस्तो यात्रा गराउँछौ, जसबाट जन्म-जन्मको लागि यात्रा गर्न छुट्छन् र उनले पटक-पटक यात्रा गरिरहन्छन्। सदाको लागि मुक्ति र जीवनमुक्तिको लक्ष्यमा पुर्यानउनेवाला पण्डा हौ। बीचैमा छोड्ने, भड्किनेवाला होइनौ। लक्ष्यमा पुर्याजउनेवाला हौ। जस्तै बाबाको कार्य छ, बाबाले बाटो देखाउनुभयो नि, त्यस्तै बच्चाहरूको पनि उही कार्य हो। मार्ग पनि उसैले देखाउन सक्छ, जो स्वयंले जान्दछ। मार्ग कुन हो? ज्ञान र योग, यसै मार्गद्वारा नै मुक्ति र जीवनमुक्तिको लक्ष्यमा पुगिरहेका छौ। मार्गको बीच-बीचमा जुन साइडसीन आउँछ, त्यसमा त रोकिदैनौ? किनकि मायाले साइडसीनको रूपमा रोक्ने कोसिस गर्छ, कुनै-न-कुनै परिस्थिति वा कुरा यस्तो आउँछ, जसले रोक्ने कोसिस गर्छ तर पक्का यात्रीहरू रोकिँदैनन्, लक्ष्यमा पुर्या उनेवाला हौ नि। यदि यतिका सबै पण्डा तयार भयौ भने अनेक आत्माहरूलाई बाटो देखाउन सक्छौ। विश्वमा कति आत्माहरू छन्, सबैलाई बाटो देखाउनु छ नि। 

    अलग-अलग ग्रुपसँग 

    १) सबै सदा साक्षी स्थितिमा स्थित भएर हरेक पार्ट खेलिरहेका छौ? साक्षीपनको स्टेज कायम रहन्छ? कहिलेकाहीँ साक्षीको सट्टा पार्ट खेल्दै-खेल्दै पार्टमा साक्षीपनको स्टेजलाई त बिर्सिदैनौ? जो साक्षी हुन्छ, ऊ कहिले पनि कसैको पार्टमा चलायमान हुँदैन। न्यारा हुन्छ, प्यारा पनि हुन्छ। राम्रोसँग राम्रो, नराम्रोसँग नराम्रो– यस्तो हुँदैन। साक्षी अर्थात् सदा हर कार्य गर्दै कल्याणको वृत्तिमा रहनेवाला। जे भइरहेको छ, त्यसमा कल्याण भरिएको छ। यदि कुनै मायाको विघ्न आउँछ भने पनि त्यसमा लाभ उठाएर, शिक्षा लिएर अगाडि बढ्छ, रोकिँदैन। यस्तो छौ हैन? सीटमा बसेर खेल हेर्छौ। साक्षीपन हो सीट। यस सीटमा बसेर ड्रामा हेर्यौ भने धेरै मज्जा आउँछ। सदा आफूलाई साक्षीको सीटमा सेट राख, त्यसपछि वाह ड्रामा वाह! यही गीत गाइरहनेछौ। 

    २) सबै तीव्र पुरुषार्थी हौ हैन? नयाँ सो कल्प-कल्पको पुरानो, पुरानो सम्झियौ भने आफ्नो अधिकार लिनेछौ। यस्तो सम्झन्छौ– हामी कल्प-कल्पको अधिकारी हौं। लास्ट आएर पनि फास्ट जानु छ, त्यसको लागि सहज साधन हो– निरन्तर याद। यादमा अन्तर आउनु हुँदैन। सदा कर्मयोगी। कर्म गर्दा पनि यादमा रहने गर। जो सदा कर्मयोगीको स्टेजमा रहन्छ, ऊ सहजै कर्मातीत हुन सक्छ। जब चाह्यो कर्ममा आउने र जब चाह्यो न्यारा। 

    ३) सदा सेवाको उमंग-उत्साहमा रहँदै विश्व कल्याणको वृत्तिमा रहन्छौ? सदा विश्व-कल्याणकारी हुँ र सबैको कल्याण गर्नु छ, यही वृत्ति रहन्छ? सदैव यही वृत्ति रहोस्। यसै वृत्तिद्वारा विश्वको कल्याण गर्न सक्छौ। चाहे वाणीद्वारा, चाहे वृत्तिद्वारा सदा कल्याणकारीको स्मृतिमा रहने गर। जति यो वृत्ति रहन्छ, त्यति नै अगाडि बढ्दै जानेछौ। जसले जति सेवा गर्छ, त्यति अरूलाई खुशीको रिटर्न स्वयंमा पनि खुशीको प्राप्तिको अनुभव हुन्छ, अरूको सेवा होइन। सदा चढ्ती कलातिर जानेवाला, रोकिने समय अब छैन। यदि रोकिइरहन्छौ भने लक्ष्यमा कसरी पुग्न सक्छौ? हर घडी हर सेकेन्डमा चढ्ती कला। अटेन्शनलाई अन्डरलाइन गर्यौ् भने सदा चढ्ती कला भइरहन्छ। अच्छा!


    वरदान:

    हदको जिम्मेवारीलाई बेहदमा परिवर्तन गर्ने, स्मृति स्वरूप नष्टोमोहा भव:-  

    नष्टोमोहा बन्नको लागि केवल आफ्नो स्मृति स्वरूपलाई परिवर्तन गर। मोह तब आउँछ, जब यो स्मृति रहन्छ– हामी गृहस्थी हौं, हाम्रो घर, हाम्रो सम्बन्ध हो। अब यस हदको जिम्मेवारीलाई बेहदको जिम्मेवारीमा परिवर्तन गरिदेऊ। बेहदको जिम्मेवारी निभायौ भने हदको स्वतः पूरा हुन्छ। तर यदि बेहदको जिम्मेवारीलाई बिर्सेर केवल हदको जिम्मेवारी निभाउँछौ भने त्यसलाई अझै बिगार्छौ किनकि त्यो कर्तव्य मोह हुन जान्छ। त्यसैले आफ्नो स्मृति स्वरूपलाई परिवर्तन गरेर नष्टोमोहा बन।

    स्लोगन:

    यस्तो तीव्र उडान भर, जसले गर्दा कुरा रूपी बादल सेकेन्डमा पार हुन सकोस्।   



    ***OM SHANTI***